‘साईकलमन्त्री’सँग निवासदेखि सचिवालयसम्म गाडीको लस्कर,कार्यकर्तासम्मलाई सरकारी गाडी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् ।

उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक छन् । उनी मन्त्रालयले उपलब्ध गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् ।  यसबाहेक गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ ।, कान्तिपुरमा खबर छ ।

तिहारको दोस्रो दिन : कुकुरको पूजा गरी मनाइँदै

काठमाडौं ।  नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।

नरक चतुर्दशी
आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ ।

लगातार १२६ घण्टा नृत्य गरेर बन्दना नेपाल विश्व रेकर्डको तयारीमा

१९ कात्तिक, काठमाडौ ।  नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफु तयार रहेको विश्वास दिलाईन् ।
नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जनाईन् ।

उनले भनिन्,‘म सानैदेखि नृत्यकर्ममा रुचि राख्ने माान्छे हुँ, आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु, हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ, यसलाई हामीले रोक्नुपर्छ, हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ, त्यो कर्तव्य हाम्रै हो, हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ, म आँफैमा ढुक्क छु, तरपनि सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर यस कर्ममा होमिन चाहन्छु र मलाई यो उद्देश्य पूरा गर्नको लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा पनि गर्न चाहन्छु ।’

विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरमा अवस्थित् चेल्सी ईन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले आफमाू सानैदेखि गीत, संगीत र नृत्यमा विषेश रुची रहेको पनि सुनाईन् । बन्दनाले थपिन्,‘जसको फलस्वरुप मैले विद्यालय तहमा नृत्य सिकें, अहिले नृत्य कक्षा खोलेर बसेकी छु, मैले प्रयास गरेकी छु, म सफल हुन्छु ।’

बन्दनाले भनिन्,‘यूवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक तथा दोहोरी गीत एवम् नेपाली लोक संगीतप्रतिको बितृष्णाप्रति मेरो यो प्रयास योग्य सावित हुने आशा लिएकी छु, नेपाली लोक संस्कृतिलाई विश्वमा चिनाउने र नेपाललाई विश्वमा परिचित गराउने एउटा भगिरगथ प्रयासमा साथ, सहयोग, हौसला र माया गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु ।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल र नेपाली संस्कृतिलाई विश्वमा चिनाउने बन्दना नेपालको प्रयास सफल भएरै छोड्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘हामीले जुन कामहरु गर्न खोज्छौं त्यो काम सफल भएका छन्, नेपाललाई विश्वमा चिनाउनको लागि १७ वर्षीया बन्दना बहिनीले जुन साहस गर्नुभयो, आँट गर्नुभएको छ यो निक्कै प्रसंशा गर्नलायक छ, सम्पूर्ण नेपालीले बन्दनालाई सफलताको शूभकामना दिनुपर्छ ।’
आगामी मंसिर ७ गतेदेखि १२ गतेसम्म राजधानीको बत्तिसपुतलीस्थित् बिग फुडल्याण्डमा सम्पन्न हुने कार्यक्रममा बन्दना नेपालले पूर्वको मारुनी, नौमती बाजादेखि पश्चिमको देउडा गीतहरुमा समेत नृत्य प्रस्तुत गर्ने छिन् ।
कार्यक्रममा बन्दना नेपालका बुबा राम नेपाल, त्यस्तै समाजसेवी विवेक शर्मा र उक्त कार्यक्रम आयोजनाका सह–संयोजक सन्तोष लामालगायतले शुभकामना दिएका थिए ।

प्रेस विज्ञप्ती
बन्दना नेपालद्वारा लगातार १२६ घण्टा नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनेसम्बन्धी
नेपाली कला, संस्कृति र गीत, संगीतको धनी देश हो । यहाँ सयौँ प्रकारका लोक गीत, लोक संगीत तथा लोकसंस्कृतिहरु रहेका छन् । जसले नेपाल र नेपालीलाई पहिचानदिन सफल छन् । सांस्कृतिक विविधता नेपालको विशेषता पनि हो । यसको संरक्षण र संवद्र्धन गर्दै विश्वसामु पु¥याउनु आजको आवश्यकता हो ।

नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने प्रयास स्वरुप मबन्दना नेपालले लगातार १२६ घण्टा नेपाली लोक नृत्य प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमानाम लेखाउने तयारी गरेकि छु । जसका लागि गिनिजबुकले अनुमति पनि दिइसकेको छ । जस अनुसार गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिको समुपस्थितिमा यही मिति२०७५ साल मङ्सीर ७गते शुक्रबार बिहान ७ बजेबाट काठमाडौँको बत्तिस पुतली स्थित बिग फुडल्याण्डमा रेकर्ड राख्ने कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा नेपालका विभिन्न मौलिक पहिरन र भेष भुषामा नृत्य प्रस्तुत गर्नेछु । सो अवसरमा पूर्वको मारुनी, नौमती बाजा देखि सुदुरपश्चिमको देउडा गीत समेतमा नृत्य प्रस्तुत गर्नेछु । सो समारोहलाई देशका विशिष्ट व्यक्तित्वहरुले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नृत्यमा विश्व रेकर्ड राख्ने प्रकृयामा यस अघि भारतको केरलाकी कलामण्डलम हेमलथाले लगातार १ सय २३ घण्टा १५ मिनेट शास्त्रीय संगीतमा नृत्य गरेर विश्वकै सबैभन्दा लामो नृत्यको रेकर्ड राखेकी छिन् । सोही रेकर्डलाई तोड्ने र नयाँ रेकर्ड राख्ने प्रयास स्वरुप नेपाली लोक सांस्कृतिक नृत्यमा मैले तयारी गरेकिहुँ । हालसम्म सांस्कृतिक नृत्यमा विश्वमा कसैले पनि रेकर्ड नराखेकोले मेरो ‘सांस्कृतिक नृत्यमा विश्व कै पहिलो’ रेकर्ड पनिहुनेछ ।
मेरो बारेमा

म धनकुटा जिल्लाको साविक मूर्तिढुङ्गा गा.वि.स. हालको महालक्ष्मी नगरपालिका वडा नं. ९ मावि.सं. २०५८ सालमा जन्मिएकी हुँ । विगत १५ वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आएकिछु । महाल चेल्सी इन्टरनेशनलकलेज, नयाँ बानेश्वरमा कक्षा १२ मा अध्ययनरत छु । सानैदेखि गीत, संगीत र नृत्यमामलाई विशेष रुची थियो । जसको फलस्वरुप मैले विद्यालयतहमा नृत्य सिकेँ ।

२०७३ सालमाशिव कैलाश कलाकेन्द्रबाट १ महिनाको नृत्य प्रशिक्षण लिएकी छुभने भारतको बैङ्गलोरबाट पनि२ महिनाको प्रशिक्षण कक्षा लिएकिछु । हाल म आफ्नै घरमा नृत्य प्रशिक्षण केन्द्र खोलेर अरुलाई नृत्य सिकाइ रहेकिछु । नृत्य प्रतिको सानै उमेरदेखिको लगाव, रुची र मेहनतले मअहिले विश्व रेकर्ड राख्न उत्साहीत भएकीहुँ ।

युवा पुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक गीत तथा लोक संगीत प्रतिको वितृष्णा प्रति मेरो यो प्रयास सराहना योग्य हुनेछ भन्ने अपेक्षा लिइएकी छु । यो प्रयासबाट युवा पुस्तामा नेपाली मौलिक लोक संस्कृति प्रतिको हेर्ने दृष्टिकोणमा केही हदसम्म भएपनि परिवर्तन आओस् भन्ने अपेक्षा गरेकी छु । साथै नेपाली लोकसंस्कृति र लोकनृत्यलाई विश्वमा चिनाउने र नेपाल र नेपालीको नाम विश्वमा पु¥याउने यो प्रयासलाई सबैले साथ र सहयोग दिनु हुनेछ भन्ने अपेक्षा गरेकि छु । धन्यवाद !

बन्दना नेपाल
मोबाइल ९८८०३५९६५१
इमेलः nepalram2038@gmail.com

Province-3 collects inputs for periodic plan

5 November, Nuwakot : The Province-3 Policy and Planning Commission on Sunday
collected inputs and deliberations from the people’s representatives of
Nuwakot, Rasuwa and Dhading districts in course of formulating a
periodic plan with a comprehensive working paper.

At a programme organized at Battar of Nuwakot, the
Province Planning Commission collected base papers of the periodic plan
of respective working area from the representatives of local level and
district coordination committee and members of federal and provincial
parliaments of three districts.

Province-3 Planning Commission Vice-Chair Dr Khimlal
Devkota shared inputs were collected on the plans and programmes of
three districts to be included in the periodic planning document through
workshop.

On the occasion, expert members, Dr Pitambar Sharma,
Dr Govinda Nepal, Dr Dinesh Bhuju, Purna Chandra Bhattarai, Mahendra
Subba, Shova Lama and Jagannath Adhikari, among others had presented
working papers on infrastructure development, social development, forest
and environment, economic development and production area, good
governance and institutional development.

हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक शुरु,आज काग तिहार

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।

यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

पहिलो दिन काग तिहार
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

कात्तिक २० गते मङ्गलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

काग र कुकुरलाई मीठा खानेकुरा खान दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।

कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् । शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा गौतमले बताउनुभयो ।

कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको अध्यक्ष गौतमले बताउनुभयो । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष गौतमले राससलाई जानकारी दिनुभयो । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । कात्तिक २३ गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ ।

आवधिक योजनाका लागि सुझाव सङ्कलन

१९ कात्तिक, नुवाकोट ।  राज्य पुनःसंरचनासँगै प्रदेशस्तरमा स्थापना भएको ‘प्रदेश नीति तथा योजना आयोग’ले ३ नं. प्रदेशको ‘विस्तृत कार्यपत्रसहितको आवधिक योजना’ बनाउन नुवाकोट, रसुवा र धादिङका जनप्रतिनिधिसँग आइतबार सुझाव सङ्कलन गरेको छ ।

प्रदेश योजना आयोगले नुवाकोटको बट्टारमा आयोजना गरेको कार्यक्रममा तीन जिल्लाका स्थानीयतह, जिल्ला समन्वय समिति, प्रदेश र प्रतिनिधिसभा सदस्यसँग आ–आफ्नो कार्य क्षेत्रभित्रको आवधिक योजनाको आधारपत्र सङ्कलन गरेको हो ।

विज्ञ समूहमार्फत प्रदेशको वस्तुगत विषयको जानकारीपश्चात् समूह तथा कार्यशालामार्फत तीन जिल्लामा योजना तर्जुमा गर्नुपर्ने विषयवस्तु एवं समावेश गर्नुपर्ने कार्यक्रमको सुझाव लिइएको प्रदेश योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले बताउनुभयो ।

छलफलमा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडाले अन्तरस्थानीय तहदेखि अन्तरजिल्लालाई लाभ पुग्ने गरी विकासका योजना ल्याएर प्रदेश सरकारको उपस्थित बलियो बनाउन सकेमा सङ्घीयताको उपलब्धि देखिने सुझाव दिनुभयो ।

छलफलमा विज्ञ डा पीताम्बर शर्मा, डा गोविन्द नेपाल, डा दिनेश भुजु, पूर्णचन्द्र भट्टराई, महेन्द्र सुब्बा, शोभा लामा, जगन्नाथ अधिकारीलगायतले प्रदेशभित्र पर्ने पूर्वाधार विकास, सामाजिक विकास, वन तथा वातावरण, आर्थिक विकास एवं उत्पादन क्षेत्र, सुशासन तथा संस्थागत विकाससम्बन्धी कार्यपत्र पेश गरेका थिए ।

सङ्घीयता कार्यान्वयनको सिलसिलामा स्थापना भएको आयोगले प्राप्त सुझावको आधारमा त्यसलाई कार्यान्वयनतर्फ लैजाने आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो ।

आधारपत्र सङ्कलन गरी विस्तृत कार्यपत्रसहित आवधिक योजना निर्माणको लागि प्रदेशका १३ जिल्लामध्ये अब उपत्यकाको तीन जिल्ला बाँकी रहेको आयोगका सदस्य श्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।

अलविदा पद्मरत्न तुलाधर ! को हुन् एमालेलाई सूर्य दिने तुलाधर ?

काठमाडौं । मानवअधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा निधन भएको हो । तुलाधरलाई अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल भर्ना गरिएको थियो। ७८ वर्षीय तुलाधरको पौने एक बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। तुलाधरका श्रीमती निलशोभा तुलाधर, दुई छोरीरदुई छोरा छन्।

को हुन् तुलाधर ?

तुलाधार पछिल्लो पटक २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका हुनु भएको थियो । नेपाली राजनैतिक सामाजिक आन्दोलनका आगुवा मानिनुहुन्थ्यो । उहा ६२/६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता पनि हुनुहुन्थ्यो । उहाको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो तुलाधारका परिवारले गर्दै आएको थिए ।

२०४६ सालमा कांग्रेस र तत्कालीन वाममोर्चालाई एक ठाउँमा ल्याउन उहाको महत्वपूर्ण भूमिका थियो। नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना गर्ने अभियानमा लामो समय खर्चिएका तुलाधर २०४२ मा नेकपा (माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुग्नु भएको थियो ।

तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन्।

स्वर्गीय तुलाधर मानवअधिकारवादी तथा वामपन्थी नेता हुन् । तुलाधरसँग ‘नेपाल भाषा’ पत्रिकाका सम्पादक भई लामो समयसम्म पत्रकारिता गरेको पनि अनुभव छ । त्यस्तै नेपाल संवतलाई राष्ट्रिय संवत् तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणाको मान्यता दिलाउन पनि उनले सङ्घर्ष गरे । र, सफल भए ।

उनका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफनो जीवनको लामो समय खर्चिएका तुलाधर वि.सं २०४२ मा नेकपा (माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए । उनी राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेताका रूपमा चिनिन्छन् । तुलाधर २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका थिए । काठमाडौंबाट तुलाधरजस्तै झापाबाट द्रोणचार्य क्षेत्री, मकवानपुरबाट रुपचन्द्र विष्ट, चितवनबाट जागृतप्रसाद भेटवाललगायतले निर्वाचन जितेका थिए ।

तत्कालीन नेकपा एमालेको समर्थनमा वि.सं २०४८ र विस २०५१ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर एमाले सरकारको पालामा वि.सं २०५१ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा सूर्य चिह्न लिएका तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा(एमाले) र हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लिएको छ ।

तुलाधरले तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । काठमाडौंका रैथाने तुलाधर चालीसको दशकअघि भाषिक अधिकारकर्मीका रुपमा परिचित थिए । पछि एमाले नजिक भए । त्यसपछि माओवादीनिकट भनेर चिनिए । त्यससँगै उनले पहिचानवादी आन्दोलनका अभियन्ताको दह्रिलो पहिचान बनाए ।

नेपालमा मदन भण्डारीपछि भाषण कला भएका नेताका रुपमा पनि तुलाधर परिचित थिए । यद्यपी, भाषणकै कारण उनी स्वास्थ्य मन्त्री हुँदा ०५१ सलामा विवादमा मुछिएका थिए । निकै चर्को भाषण गर्ने तुलाधार भाषणकै क्रममा पटक–पटक भावुक पनि बन्थे । यति भावुक कि, कतिपय बेलामा उनी भाषण गर्दागर्दै रोइदिन्थे ।

उनलाई भाषणका वक्ताका रुपमा ठाउँ ठाउँ बोलाइन्थ्यो । ०४८ सालमा मनमोहन अधिकारी, मदन भण्डारी, साहना प्रधान, केपी शर्मा ओली र उपनिर्वाचनमा विद्या भण्डारीको निर्वाचन क्षेत्रमा गएर तुलाधरले भाषण गरेका थिए । ओलीलाई जिताउन झापाको दमकमा गएर पनि भाषण गरेका थिए ।

आधिकारिक रुपमा कुनै पनि दलको सदस्य नबनेका उनी लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा सक्रियतापूर्वक लागे । ०४६ सालमा उनी पञ्चायतविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र बाममोर्चालाई एक ठाउँमा ल्याउने सूत्रधारमध्ये एक थिए ।

तुलाधरले २०४३ सालको निर्वाचनमा पञ्चायत सरकारका गृहमन्त्रीसमेत रहेका जोगमेहर श्रेष्ठलाई हराएका थिए । सूर्य चिन्ह लिएर राष्ट्रिय पञ्चायतमा उठेका तुलाधरलाई वामपन्थी र प्रजातन्त्रवादीहरुको समर्थन थियो । बहुदलकालमा उनी मानवअधिकारवादी र २०६२/६३ को आन्दोलनताका उनी नागरिक समाजको अगुवाका रूपमा परिचित थिए । २०६३/६४ पछि उनी पहिचानको आन्दोलनमा सक्रिय थिए ।

समुन्द्रा माविमा नयाँ भवन निर्माण

१८ कात्तिक, खोलेखर्क  । भूकम्पले क्षति पु-याएपछि अस्थायी संरचनामा अध्ययन गराउदै आएको शिवपुरी गाँउपालिका वडा नं. ६ खोलेगाँउमा रहेको समुन्द्रा माध्यामिक विद्यालयमा आठ कोठे नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सामाजिक सँस्था न्यू स्याडलले नेदरल्याण्ड्सको डेल्टा फाउन्डेशनको आर्थिक सहयोगमा  ७१ लाख रुपैयाँ लगानीमा निर्माण गरेको पक्कि भवन आज विद्यालयलाई हस्तान्तरण गरेको हो । नयाँ भवन विद्याललाई हस्तान्तरण गर्दै शिवपुरी गाँउपालिकाको अध्यक्ष रामकृष्ण थापाले भूकम्पले क्षति पुगेका संरचनाको पुर्ननिर्माणमा भइरहेको ढिलाईले अध्ययनमा पुगेको प्रभाव नयाँ भवन निर्माणले सहज हुने बताउनुभएको छ ।

उहाँले गाँउपालिकाकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको माध्यमबाट समृद्धि बनाउनको लागी त्यस क्षेत्रमा बजेट बिनियोजन र सेवालाई गुणस्तर बनाउन प्रयास भइहरेकाले शिक्षाका लगनी बढाउदै लैजाने बताउनुभएको छ । भूकम्पले क्षति पुगेका संरचनाको पुर्ननिर्माणमा भइरहेको ढिलाईले जनप्रतिनिधिहरुको भूमिका पनि प्रभावकारी नभएकाले पुर्ननिर्माणमा सबैले प्रथामिकता दिएर बाँकी रहेका काम पुर्ननिर्माण प्राधिकरणले तोकेको समयमा सम्पन्न गर्न उहाँले आग्रह गर्नुभएको छ ।

यस्तै, वडा नं. ६ का वडाध्यक्ष लालबहादुर तामाङले भूकम्पले क्षति पुगेका संरचनाको पुर्ननिर्माणको लागी सामाजिक सँस्था र सरकारी निकायको साथसाथै स्थानीयबासीको पनि सहकार्य आवश्यक रहेको बताउनुभएको छ । उहाँले भूकम्पले क्षति पुगेका निजी निवासको पुर्ननिर्माणले अहिले उल्लेख्य गति लिदै आएकाले सार्वजनिक संरचनाको निर्माणमा पनि पुर्ननिर्माण प्राधिकरण गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

विद्यालयको भवन निर्माण गर्ने सस्था न्यू स्याडलका महासचिव चित्रबहादुर केसीले विदेशी दाताको सहयोगमा समुन्द्रा माविमा प्रारम्भिक कक्षाको लागी पाठ्यपुस्तक, कम्युटर लगायत सहित निर्माण गरेको भवनले  ग्रामीण क्षेत्रको शिक्षाको स्तरउन्नती गर्ने लक्ष्य पूरा गर्न शैक्षिक गुणस्तरमा बृद्धि हुनुपर्ने बताउनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र विष्टले भूकम्पले विद्यालयको भवन क्षति पुगेपछि अस्थायी टहरामा सञ्चालन हुदै आएको कक्षाकोठा ८ वटा रहेका नयाँ भवनले अझै अभाव रहेको बताउनुभएको छ । अहिले अक्समार्फ मार्फत बनाइरहेको ८ कोठे भवन सम्पन्न हुन अझै समय लाग्ने भएकाले विद्यार्थीलाई सुरक्षित स्थानमा राख्न किठनाई भएपनि सिकाईको गुणस्तर भने खस्कन नदिन आफूहरु क्रियाशिल भएको बताउनुभएको छ ।

भूकम्पले विद्यालयमा रहेका सबै भवनहरु क्षति पुगेपछि अस्थायी कोठामा अध्ययन गर्दै आएका विद्याथीले नयाँ भवन पाएसगै उत्साहित र दङ्ग देखिएका छन् । १२ कक्षासम्म अध्ययन हुदै आएको विद्यालयमा निर्माणाधीन रहेको भवन सम्पन्न पछि कक्षाकोठा अभाव हट्ने भएकाले त्यसपछि पनि पुस्तकालय, खेलमैदान सहित विदालयको प्राङ्गणमा पर्खाल लगाउन कठिनाई भएको प्रधानध्यापक गणेशप्रसाद सिटौलाले बताउनुभएको छ ।

उहाँको अनुसार अहिले ३०० भन्दा बढी विद्यार्थी रहेकाले उनीहरुको सिकाईलाई प्रभावकारी बनाउन अग्रेजी माध्यमा अध्यापन, कम्युटर कक्षा, प्रयोगात्मक एवम् रचनात्मक पठनपाठनमा जोड दिइएको छ ।

वाम बुद्धिजीवी तुलाधर रहनुभएन

१८ कात्तिक, काठमाडौ ।  वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ ।

मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले राससलाई जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो ।

उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताउनुभयो । प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ । मानवाधिकारवादी, लेखक तथा वरिष्ठ वामपन्थी नेता तुलाधरको आज अपराह्न ७८ वर्षका उमेरमा निधन भएको हो ।

यसैबीच,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उहाँको योगदान स्मरणीय रहेको बताउनुभएको छ ।

आज अपराह्न दिवङ्गत हुनुभएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा उहाँले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।” नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उहाँले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उहाँले गर्नुभएको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताउनुभयो । यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उहाँले राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्यष्टि गर्न पहल गरिने बताउनुभयो । नेकपाका अर्का नेता अमिक शेरचनले तुलाधर मानवाधिकार र राजनीतिक अधिकारको अगुवा रहेको भन्दै उहाँले राष्ट्रलाई दिएको योगदान अविस्मरणीय रहेको प्रतिक्रिया दिनुभयो ।

यसअघि नर्भिक अस्पतालमा श्रद्धाञ्जलिका लागि पुग्नुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका बिर्सन नसकिने उल्लेख गर्नुभयो । नेकपाका महासचिव विष्णु पौडेलले राजनीतिक तथा मानवाधिकार संरक्षणका क्षेत्रमा उहाँले गर्नुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

नेत्री हिसिला यमीसहित अस्पताल पुग्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार आदर्शवान् र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिँदै भन्नुभयो, “लोकतान्त्रिक आन्दोलन र पञ्चायती शासनविरुद्धको खम्बा हुनुहुन्थ्यो ।” उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुग्नुभएको थियो ।

मानवाधिकारकर्मी सुबोध प्याकुरेलले तुलाधर सामाजिक न्याय र लोकतन्त्रलाई दृढतापूर्वक पक्रिएर अघि बढ्ने मूर्धन्य व्यक्तिका रुपमा स्मरण गर्दै मानवाधिकार अनुकूल शासन व्यवस्था हुनुपर्छ भन्ने पक्षका अभियानकर्मीका रुपमा सम्झनुभयो ।

अधिकारकर्मी दमननाथ ढुङ्गानाले जिन्दगीभर निष्ठाको लडाइँ लड्ने तथा वामपन्थी राजनीति, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रुपमा सम्झनुभयो । उहाँले तुलाधरको अवसानपछि शान्तिप्रक्रियाको बाँकी कामलाई सम्पन्न गर्न सरकारले गम्भीरताका साथ पूरा गर्नुपर्नेमा बताउनुभयो ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ अधिकारकर्मी मल्ल के सुन्दर, संस्कृतिविद् डा चुन्दा बज्राचार्य, बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्य, दुर्गालाल श्रेष्ठलगायत विभिन्न व्यक्तिले अस्पताल पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । श्रद्धाञ्जलिका लागि अस्पतालमा तुलाधरका शुभेच्छुक तथा शुभचिन्तकको भीड लागेको थियो ।

नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरको पार्थिव शरीरलाई घरमा लगेर आज रातभरि पूजा तथा परित्राण पाठ गरिने जानकारी दिनुभयो । मस्तिष्काघात भएर उहाँलाई अघिल्लो शुक्रबार अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । गत बिहीबार छाती र मूत्रनलीमा सङ्क्रमण भएपछि नर्भिकमा ल्याइएको उहाँका ज्वाइँ गौरी प्रधानले जानकारी दिनुभयो । गए राति ३ बजेदेखि भने उहाँको अवस्था जटिल हुँदै गएको उहाँले बताउनुभयो ।

छातीको गम्भीर सङ्क्रमणबाट आज दिउँसो १२ः४५ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेरमा तुलाधरको निधन भएको हो । पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो ।

उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई अहिले अस्पतालबाट लाजिम्पाटस्थित घरमा लगिएको छ । उहाँको सोमबार बिहान शोभाभगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।

यसैबीच, वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ ।

उहाँको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२.४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।”

नेतृ हिसिला यमीसहित अस्पताल पुग्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, तथासबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया राससलाई दिनुभयो । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुग्नुभएको थियो ।

मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो ।
उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

सुन्दारादेवी सन्देश सातौ वर्षमा, पत्रकारलाई जिम्मेबार बन्न काग्रेस नेता केसीको आग्रह

१८ कात्तिक, नुवाकोट । नेपाली काँँग्रेसका प्रभावशाली नेता अजुर्ननरसिंह केसीले पत्रकारिता पेशामा इमान्दार र निष्पक्षताको अभाव भएकाले पेशाप्रति जिम्मेवार बन्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

नुवाकोटबाट प्रकाशनमा रहेको सुन्दरादेवी सन्देश साप्ताहिकको सातौ बार्षिक उत्सव तथा सुन्दरादेवीन्यूज डटकम अनलाइनको विदुरमा शुभारम्भ गर्दै पूर्व मन्त्री समेत रहनुभएका केसीले पत्रकारिता पेशा जोखिम र समाजसेवाको भावलाई शिरोपर गरेर गर्नुपर्ने भएपनि पछिल्लो समय त्यो नभएको भन्दै पेशामा इमान्दार र समाचारमा सन्तुलित बनाउन सुझाब दिनुभएको छ । उहाँले पत्रकारमा भएको विचार र पूर्वाग्राहीको कारण सत्य सूचनाको सम्प्रेषणको अभाव सिजर्ना हुदै आएपनि स्वतन्त्र पत्रकारिताको विकासको लागी आफ्नो सहयोग भने कायमै रहेको बताउनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति
जगदिश्वर नरसिंह केसी, युवा नेता रमेशकुमार महत लगायतका बक्ताहरुले
सुन्दरादेवी सन्देश लगायत जिल्लाको सञ्चारमाध्यमको भूमिका सकारात्मक रहदै
आएकाले आगामी दिनमा थप जिम्मेवार र प्रभावकारही बनाएर लोकहितको पक्षमा
क्रियाशिल हुनुपर्ने सुझाब दिनुभएको छ ।

पत्रिकाको
अध्यक्ष शशी अधिकारी र प्रकाशक किरण अधिकारीले नुवाकोट र आसपासको स्थानलाई
केन्द्र समाजिक तथा रङ्ग विषयवस्तुलाई केन्द्रबिन्दु बनाएर सञ्चालनमा
रहेको पत्रिकालाई क्रमशः प्रदेस नं. ३ को सबै स्थानमा पहुँच जमाउने र
पत्रिका मार्फत सञ्चालनमा आएको सुन्दरादेवी न्यूज डटकम मार्फत सबै बिधाका
समाचारलाई समावेश गरी प्रकाशन गर्ने बताउनुभएको छ ।

चियापानमा आएका रक्षामन्त्रीको हेलिकोप्टर ल्याण्ड गर्न क्रिकेट प्रतियोगिता स्थगित

बारा । पार्टीको चियापानमा सहभागी हुन शनिबार हेलिकोप्टरमा सदरमुकाम आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका कारण जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए । रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्दा प्रतियोगिता रोकिएको बारे शनिबार मात्र जानकारी पाएको बताए । ‘प्रतियोगिताका आयोजकले खेल भइरहेको नभनेकाले रक्षामन्त्रीज्यूको हेलिकोप्टर रोक्नका लागि उक्त स्थान तय गरिएको हो’, प्रजिअ भट्टराईले भने ।

कलैयामा अन्यत्र पनि हेलिकोप्टर ल्याण्ड गर्नका लागि पर्याप्त स्थान रहेको प्रजिअ भट्टराईले बताए । ‘त्यस बाहेकका ठाउँमा पनि रोक्न सकिन्थ्यो तर खेलका बारेमा हामीलाई जानकारी थिएन’ प्रजिअ भट्टराईले भने ।

बाराको आधाभर स्थित नेपाली सेनाको जङ्गल वारफेयर शिक्षालयको नीरिक्षणका लागि बारा आएका रक्षामन्त्री पोखरेल नेकपा बाराले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन जिल्ला सदरमुकाम कलैया पुगेका हुन् ।

मोडल तथा डान्सर विनु शाक्यको यस्ता छन हट तस्विरहरु…

मोडल तथा डान्सर विनु शाक्यको यस्ता छन हट तस्विरहरु…

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web