१७ कात्तिक, काठमाडौ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल अब अल्झाएर राख्न नहुने धारणा राखे ।

उनले भने,‘पप्पु एक्लैले प्रस्ताव हालेको होईन, उसले चिनीयाँ कम्पनी मुख्य साझेदार राखेर प्रस्ताव हालेको हो । तर, अहिले पप्पुको नाम अगाडि आएको छ । सार्वजनिक खरिद ऐन र मौजुदा नियमानुसार पप्पुको प्रस्ताव स्विकृत भैसकेको छ । अब उसले नै ठेक्का पाउनुपर्छ । नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुले नै पाउनुपर्छ । कुनै नियम र कानुनले अब उसलाई रोक्दैन् । पप्पु कालोसुचीमा परेको कम्पनी होइन । कालोसुचीमा परेको भए त उ ठेक्का प्रक्रियामा सहभागी नै हुन पाउँदैन थियो ।’

फरक प्रसँगमा उनले निर्माण व्यवसायीहरुको समस्यालाई सरकारले पनि आफ्नो समस्या ठान्नुपर्ने धारणा राखे । उनले भने,‘ठेकेदारहरु २० प्रतिशत खराबी छ भने सरकारको ८० प्रतिशत खराबी छ । सरकारको नियम नै खराब छ। सरकार जवाफदेही बन्नुपर्छ । अहिलेको चलन चल्तीअनुसार सरकार चल्नुपर्छ ।’

मिडिया पप्पुको पछि लाग्नुको कारण आफूले नबुझेको उनले बताए । उनले भने,‘पप्पुले गलत गरेको छ भने कारबाही गर्नुपर्छ । समयमै काम गर्न सक्दैन भने कारबाही गर्नुपर्छ ?’

राष्ट्र बैंकको भवन निर्माणको यो ठेक्कामा पप्पुले २ अर्ब ६ करोड रुपैयाँ प्रस्ताव हालेको छ भने अच्युत खरेलको समानान्तरले २ अर्ब ८ करोड रुपैयाँको हालेको छ ।

काठमाडौं । चलचित्र ‘चौका दाऊ’को नयाँ गीत मेरो मायाँ कतारमा सँधै हतारमा…को भिडियो बिहिबार साँझ रिलिज गरिएको छ ।
निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरेको हो ।

आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो ।

चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले
यो गीतको संगीत गरेका हुन् । श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई
शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।

यो आईटम गीतमा सोनीका
केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको
कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव
शाह, श्याम राई लगायतलठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन
बसन्त श्रेष्ठले गरेका हुन् ।

गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षसँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ ।

यो
चलचित्रमा वर्ष राउत, अजश्र ढुँगाना, विल्सन विक्रम राई, सन्तोष पन्त,
रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसीलगायतको अभिनय
छ ।

दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रमा मित्रदेव
गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ । चलचित्रलाई सौर्यजीत
बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् ।

काठमाडौं । गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ सार्वजनिक गरिएको छ ।
शुक्रबार रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ र सांसदसमेत रहेकी उनकी धर्मपत्नी उषाकला राईले गीत सार्वजनिक गरेका हुन् ।

मोडर्न स्टार टिभीको प्रस्तुतीमा निर्माण गरिएको उक्त गीतको भिडियो सार्वजनिक गर्दै पूर्वमन्त्री तामाङ्ले गीतमा पूर्वदेखि पश्चिमसम्मको मौलिकपनलाई उतारिएको बताए ।

उनले गीत उत्कृष्ट हुने विश्वाससमेत व्यक्त गरे ।
उनले भने,‘कलाकारहरु आत्तिनुहुँदैन, सयौं गीतहरु गाउँदापनि क्लिक नभएको भन्दै हतार गर्नुहुँदैन, कुनै दिन त अबश्यपनि आफ्ना सिर्जनाहरु उत्कृष्ट हुन्छन् भन्ने भरोषामा बस्नुपर्छ, राष्ट्र र जनताका आवाजहरु समावेश गर्ने चिन्ता गर्नुपर्छ भन्ने आवाज त सुनिन्छन् तर नेपाली मौलिकपनलाई यस गीतमाजस्तै समावेश गरेर गीतको टिपिकल पक्षलाई पनि सबै कलाकारहरुले ध्यान दिनुपर्छ ।’

गायिका साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा सुशिल सिलवालले स्वरमा साथ दिएका छन् ।

म्युजिक भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् भने गीतका सुन्दर दृश्यहरु उत्तम हुमागाँईले क्यामेरामा कैद गरेका हुन् ।

गीतको भिडियोमा चर्चित मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय रहेको छ । त्यस्तै उत्तम विक्रम केसीले बजार व्यवस्थापन गरेका छन् । भिडियो सम्पादन ललितसिंह साउदले गरेका हुन ।

काठमाडौ । गायक प्रविन शाहीले गाउनु भएको आज सवै बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रमा प्रसिद्ध संगीतकमी देव रानाले उहाँले गाउनु भएको म्यूजिक भिडियो सार्वजनिक गर्नु भएको हो ।
एक दशक पछि सांगतिक फाँटमा पुनरागमन गर्नु भएको गायक प्रविन शाहीले गाउँनु भएको यो गितमा संगीत गौरव शर्माको रहेको छ । त्यसैगरी स्र्वगीय बाबु राम रिमाले लेख्नु भएको यो गितमा प्रमोद परियारले एरेन्जरको भुमिका निर्वाह गर्नु भएको छ । यो गितको भिडियो सम्पादनमा टेकेन्द्र शाह , छायांकनमा प्रेम लामा हुनुहुन्छ । त्यसैगरी यो भिडियोमा मोडल विशाल थापा र मनिसा सापकोटाले अभिनय गर्नु भएको छ भने निर्देशन सुभाष प्रधानको रहेको छ ।
सार्वजनिक कार्यक्रममा गायक प्रविन शाहीले प्रत्यक्ष रुपमा दर्शक माझ यो गित पनि गाउनु भएको थियो । त्यसैगरी कार्यक्रममा अन्य पुराना कलाकारहरुले आ आफ्नो सांगेतिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा गितकार सुभाषचन्द्र ढुंगेल ,रमेश प्रसाद कोईराला, राजेशमान के.सी, कपिल कस्पाल, . त्यसैगरी पुराना गायक एवंम क्लासीक एफ.एम.का संस्थापक प्रस्तोता मुकुन्द खड्का माईक , गायक एवंम गितारिष्ट ज्योति घिमिरे , गायक एवंम गितारिष्ट पेम्बा लेप्चाको उपस्थीती रहेको थियो । उहाहरुले गायक प्रविन शाहीलाई पुन गायन क्षेत्रमा सक्रिय हुन लागेकोमा बधाई दिनु भएको थियो ।

गायक प्रविन शाहीले २०५१ सालमा सहिदको सपना बोलको पहिलो गित रेर्कड गराउनु भएको हो । समाज शास्त्रमा स्नातकोतर सम्म अध्ययन गर्नु भएका गायक प्रविनले कलानिधि संगीत महाविद्यालय पटनाबाट ४ वर्ष शास्त्रिय संगीत गायनमा अध्ययन गर्नु भएको छ । भक्तपुरका प्रविन भक्तुर सांगीतिक समाजको संस्थापक अध्यक्ष समेत हुनु हुन्छ ।
सार्वजनिक कार्यक्रमा बोल्दै अव निरन्तर संगीतमा लागेर आफ्नो सांगेतिक जिवनलाई अगाडि बढाउने गायक प्रविन शाहीले जानकारी भयो ।

धनगढी । भाग मिलाउन सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। नेकपाले एकजना मन्त्री र दुई जना राज्यमन्त्री थप्दै छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन्। प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ। यो हिसाबले ११ जना मन्त्री बनाउन सकिन्छ। अहिले मुख्यमन्त्रीसहित सात मन्त्री र एक राज्यमन्त्री छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपाको दुई तिहाइको सरकार छ। नेकपाको तल्लो तहको एकीकरण मिलाउन असन्तुष्टहरूलाई मन्त्रिपरिषद्मा लैजान लागिएको हो।

११ सदस्यीय मन्त्रिपरिषद् पुर्याउन नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावल र अर्का नेता लेखराज भट्टबीच छलफल भएको छ। सकेसम्म तीन मन्त्री थपेर ११ पुर्याउने, नभए कम्तीमा दुई राज्यमन्त्री थप्न मोटामोटी सहमति भएको नेकपा स्रोतले बताएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सदस्यले २०७४ माघ ७ गते सपथ लिएका थिए। दसैंअघि मात्रै प्रदेश मन्त्रिपरिषद्मा तत्कालीन एमालेका तर्फबाट कञ्चनपुरका प्रकाश रावल वन, वातावरण, उद्योग तथा पर्यटन राज्यमन्त्री नियुक्त भएका थिए। यसप्रति सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको तीव्र आलोचना गरेका थिए।

सरकार गठनको १० महिना बित्दा पनि प्रदेश सरकारले सुविधा लिनेबाहेक काम नगरेको गुनासो बढेको छ। मन्त्रिपरिषद् विस्तारको चर्चासँगै प्रदेशसभा सदस्यहरू नेता रावल र भट्टलाई प्रभावमा पार्न दौडधुप गर्दै छन्। मन्त्रीमा तत्कालीन माओवादी केन्द्रकी बझाङकी देवकी मल्लको नाम अग्रपंक्तिमा छ। प्रमुख सचेतक तारा लामा तामाङको नाम पनि चर्चामा छ।

साविक एमालेबाटै दार्चुलाबाट गेल्बुसिंह बोहरा, डोटीबाट पूर्णा जोशी, कैलालीबाट नन्दबहादुर साउद र रतन थापाको नाम चर्चामा छ। ‘मन्त्रिपरिषद्मा दार्चुला र बझाङको प्रतिनिधित्व छैन। ती जिल्लाले प्राथमिकता पाउँछन्’, नेकपा स्रोतले भन्यो। फुलमन्त्रीका लागि कुन मन्त्रालय तोड्ने भन्नेमा दुई नेताबीच सहमति हुन नसकेको स्रोतले जनाएको छ। ‘संविधानले नै ११ सदस्यीय मन्त्री बनाउन दिएको अधिकार उपभोग गर्न नेकपाभित्र आकांक्षीले दबाब दिएका छन्’, स्रोतले भन्यो। ‘तर, दुई नेता रावल र भट्टले राज्यमन्त्री थप्दा आलोचना खेप्नुपर्ने भेउ राम्रैसँग पाएकाले विस्तार भइहाल्छ भन्ने पनि छैन’, ती नेताले भने।

यता नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भने सरकार विस्तारको कुरा हल्ला मात्रै भएको बताएका छन्। उनले विस्तारबारे सल्लाह नै नभएको दाबी गरे। ‘अहिले प्रदेश सरकार राम्ररी ‘फङ्सन’मै आएको छैन। यतिबेला कहाँ मन्त्रिपरिषद् विस्तार हुन्छ ?’, अध्यक्ष थापाले भने।

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको राजधानीका खाल्डाखुल्टी पुर्ने काम अन्तिम चरणमा पुगेको दावी गरेको छ । धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण राजधानीम दुर्घटना बढेपछि आलोचना खेप्दै आएको कामपाले मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा बनेको सडकको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको जनाएको हो ।

कामपाले गएको भदौ लगत्तै ३२ वटै वडामा परेका खाल्डाखुल्डी पुर्न थालेको थियो । कामपा शहरी पुर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले मंसिर अन्त्य सम्ममा कामपाको स्वामित्वमा रहेको सबै सडकको खाल्डाखुल्डी पुरी सक्ने जानकारी दिए । १ हजार ४ सय किमि सडक मध्य सडक विभागको स्वामित्वमा ४ सय किमि ठुला सडक छन् । उनले अधिकांस मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम सडक विभागको रहेको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सयदिन पूरा भएको छ । तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ ।

‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन ।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले भने, ‘केन्द्रदेखि जिल्लासम्म थुप्रै टोली अनुसन्धानमा खटिएका छौं ।’ ‘अनुसन्धानका थुप्रै पाटा हुन्छन्, ती सबै प्रयोग गरिएको छ’, उनले भने, ‘ प्रहरीले सम्पूर्ण शक्ति लगाएको छ ।’

निर्मलाका आमाबुवा न्यायका लागि भौंतारिरहेका छन् । हत्यारा पक्राउ पर्लान् र न्याय पाइएला भन्ने उनीहरूको आशा मर्दै जान थालेको छ । ‘न्याय मागिरहेका छौं’, निर्मलाका बुवा यज्ञराजले भने, ‘सरकारले उल्टै पीडा दियो ।’ सरकार हत्यारा पत्ता लगाउनभन्दा अन्य विषयतर्फ केन्द्रित भएको उनको आरोप छ। ‘न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा उल्टै गोली हाने। दुःख मात्रै भयो’, उनले थपे, ‘न्याय नपाएसम्म निरन्तर लडिरहन्छौं।’ आन्दोलनका घाइतेको उपचारमा समेत सरकारले लापरबाही गरेको उनले बताए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

काठमाण्डाै ।

व्यावसायी योग्यश्वर उप्रेती(योगेश) एक कुशल गीतकार एव गायक पनि हुन् । केहि समय अघि नम्बरी सुन बोलको गीत बजारमा ल्याएका उप्रेतीले तिहारको मुखमा देउसि गीत बजारमा ल्याएका छन् । मखमलि फूल्यो बोलको तिहार बिषेश गीतको लिरिकल भिडियो सहित गीत बजारमा ल्याएका छन् । गीतमा उप्रेती आफ्नै शब्द एव आवाज रहेको छ भने संगीत बिकाश चौधरीले दिएका छन् ।

बिगतमा आफू पनि परदेशमा हुँदा तिहारको बेला आफूले भोगेको पिडालाइ गीतमा प्रस्तुत गरिएको उनको भनाइ रहेको छ । आफ्नो गीत सम्पूर्ण बिदेशमा रहने र तिहारको बेला चेलीका हात बाट सप्तरंगी टिका लगाउन नपाउने दाजुभाइहरु प्रति समर्पित रहेको उनि बताउछन् ।

हेरौ तिहार गीत मखमलि फूल्यो

१५ कात्तिक, तुप्चे । न्यू तुप्चे युवा क्बलको आयोजनामा विदुर नगरपालिका
वडा नं। ७ मा रहेका अन्तरविद्यालयस्तरीय फूटबल प्रतियोगिता आजदेखि सुरु
भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बच्छला माविलाई चण्डेश्वरी
माविले १ को विरुद्ध ८ गोल अन्तरले हराएको छ । यसैगरी, पायोनियर बोर्डिङ
स्कुललाई उत्तरगया अग्रेजी बोर्डिङ स्कुलले १ को विरुद्ध २ गोल अन्तरले
हराएको छ । प्रतियोगितामा सहभागी भएका चारवटा विद्यालयबीच लिग चरणमा खेलाएर
उत्कृष्ट विद्यालय छनोछ गर्ने क्लबका सदस्य निराजन बोगटीले जानकारी
दिनुभएको छ ।

प्रतियोगितोका उद्घाटन सयुक्त रुपमा क्लका अध्यक्ष
दिनेश बोगटी र निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष सुमन अधिकारीले
गर्नुभएको थियो । निर्माण व्यवसायी संघका अध्यक्ष अधिकारीले खेलको
माध्यमबाट विद्यार्थीहरुमा अनुशासन, क्षमता अभिबृद्धि, शारीरीक रुपमा
स्फूर्ति बढ्ने भएकाले प्रतिस्पर्धाका क्रियाकलापलाई निरन्तर सञ्चालन
गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै, क्लबका अध्यक्ष दिनेश बोगटीले
क्बलले विभिन्न रचनात्मक कार्यक्रम अन्तरगत विद्यालयस्तरीय प्रतियोगिता
आयोजना गरेको र उत्कृष्ट हुनेलाई यही कात्तिक १९ गते अक्करेमा आयोजित विबिध
सास्कृतिक कार्यक्रममा पुरस्कार प्रदान गरिने बताउनुभएको छ ।

१५ कात्तिक, काठमाडौ । अन्तर्राष्ट्रिय तामाङ परिषदले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ ।

बिहीबार परिषदले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । ‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित महाधिवेशन गर्न लागिएको परिषदले जनाएको छ ।

परिषदले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विश्वभरि छरिएर रहेका तामाङ समूदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्ले भारतको दाजलिङ मिरिकमा आगामी २०१८ डिसेम्बर १४, १५ र १६ तारिख या २०७५ मङ्सिर २८, २९ र पुस १ गते ‘चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन’ को तयारी गरिरहेको सहर्ष जानकारी गराउन चाहन्छौं । पहिलो दिन विशेष समारोहसहित भारत सरकारका पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ भने दुई दिन बन्दसत्रको कार्यक्रम रहेको छ ।’

परिषदका अध्यक्ष महेन्द्रजंग तामाङले विज्ञप्ती वाचन गर्दै चौथो महाधिवेशनबाट प्रगतिशिल नेतृत्व छनोट गर्ने बताए । तामाङले विज्ञप्ती वाचन गर्दै आगामी मंसिर २८ देखि पुस १ गतेसम्म चल्ने महाधिवेशनबाट प्रगतिशील नेतृत्व छनोट गर्ने बताए ।

उनले भने,‘विश्वभरका तामाङहरुको एउटै साझा संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषदलाई नयाँ उचाईमा पुर्याउनको लागि हामी प्रतिवद्ध भएर लागिरहेका छौं, आगामी नेतृत्वले पनि आफ्नो भूमिकालाई अझ सशक्त बनाएर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा दक्षिण कोरियाका लागि पूर्वराजदुत कर्मासिंह लामाले आगामी पाँच वर्षपछि प्रदेश नम्वर ३ लाई नेवाः तामसालिङ प्रदेशको रुपमा स्थापना गरेरै छोड्ने दाबी गरेका छन् ।
उनले भने,‘संविधान कुनै धर्मग्रन्थ होईन, आजको दिनमा हाम्रो माग असफल भएपनि आगामी पाँच वर्षपछि पूरा हुन्छ, हाम्रो माग यथावत छ, नेवार र तामाङ समुदायको हकअधिकार सुरक्षित गर्नको लागि हामी निरन्तर लागिरहन्छौं।’

त्यस्तै कार्यक्रममा परिषदका संस्थापक सदस्य पर्शुराम तामाङ्ले आगामी परिषदको नेतृत्व भारतीय नागरिकले लिने स्पष्ट पारेका छन् ।

उनले भने,‘हाम्रो आफ्नै प्रकारको विधान र नीतिहरु छन्, वर्तमान विधान पनि केही रुपमा परिवर्तन हुनेछ, विधान बमोजिम नै अबको नेतृत्व भारतले पाउने हो, सम्मेलनमा नेपालसहित भारत, कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, यूएई, हङकङ, ओमान, बेल्जियम, साउदी, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराईन, मकाउ, भाईल्याण्ड, बर्मा, भुटानलगायतका देशहरु छन् ।’

१५ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने,‘ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । हाम्रो पार्टीले मुलुकको पछिल्लो समग्र परिस्थितिको बारेमा मुल्यांकन गर्नेछ । सरकारका कारण पैदा भएको निराशालाई जनताको बीचमा लिएर जान्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै महतले आफूहरुले सरकारका गलत क्रियाकलापबारे अहिले खबरदारी गरिरहेको जनाए । यद्धपी उनले आवश्यक पर्यो भने छठपछि सरकारविरुद्ध सशक्त रुपमा सडक र सदनमा संघर्ष गर्ने बताए ।

उनले भने,‘चाडबाड सकिएलगत्तै हामी सरकारविरुद्ध आन्दोलन छेड्छौं । केही समय दिउँ भनेर नै हामी माइल्ड विरोध गरेका हौं । अब सदन र सडकमा सरकारका गलत क्रियाकलापबारे सशक्त रुपमा उत्रिन्छौं ।’ उनले पार्टीको अब बस्ने केन्द्रिय कार्य समिति र महासमिति बैठकमा समेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्नेबारे बृहत्त छलफल गर्ने जानकारी दिए ।

महतले भने,‘सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाईसेन्स पाएको ठानेको छ । यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होईन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ । सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिईएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।’

ओली सरकारले आफूलाई भोट नहाल्नेजतिलाई विभेद गरिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकार उदासिन बनेको छ । चरम महँगी भएको छ । यस्तो मुल्यवृद्धि यसअघि भएकै थिएन् । सरकारले मिलेमतोको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ । कानूनलाई होईन, हामीलाई फलो गर भन्ने उद्देश्यले उहाँहरुले जनतालाई व्यवहार गरिरहनुभएको छ ।’
स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले भने,‘यसले गर्दा मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्रिने कुरा निरुत्साहित बनेको छ । यसअघिका सरकारको तुलनामा अहिले लगानी स्वात्तै घटेको छ।’
मुलुकमा पछिल्लो समय व्यापार तथा व्यवसाय गर्ने वातावरणसमेत नबनेको उनको गुनासो छ । उनले भने,‘अहिले रुल बेस्ड प्रणाली छैन । जनतामा करको मार अत्यधिक परेको छ । यसले मुलुकमा रोजगारीको अवसर सिर्जना हुन सकेन। यो पाराले कसरी मुलुक समृद्ध हुन्छ ?’
उनले पछिल्लो समय सरकारका कारण मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएकोपनि आरोप लगाए । महतले थपे,‘वाईड बडी खरिदमा पनि ठूलो भ्रष्टाचार भएको छ । बुढीगण्डकी जलविद्युत परियोजनामा त्यस्तै भएको छ । चिनी काण्डपनि त्यस्तै छ । सरकारमा बसेकाहरुले राष्ट्रलाई होईन, व्यक्तिको फाईदा हेरेर आँखा चिम्लिएर भ्रष्टाचार गरिरहेका छन्।’
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले वर्तमान ओली नेतृत्वको सरकारको क्रियाकलापबाट उत्पन्न अहिलेको परिस्थितबाट जनताले चाँडोभन्दा चाँडो मुक्ति चाहेको बताए । उनले भने,‘ओलीजीले भनेजस्तो अब समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा हुने कुनै छाँटकाँट छैन् । अब मुलुक समृद्ध र जनता सुखी हुने होईन, यही पाराले त जनता झन–झन दुःखी हुनेछन् ।’

सरकारको पछिल्ला गतिविधिहरुलाई आफूहरुले गम्भिरताका साथ हेरिरहेको उनले स्पष्ट पारे । उनले भने,‘जनताका आवाज, पीर, मर्कामा हामी सशक्त भूमिका निर्वाह गर्छौं । चुप लागेर बस्दैनौं ।’ आउने निर्वाचनमा आफ्नो पार्टी एक्लैले सरकार बनाउने पनि उनले घोषणा गरे ।
फरक प्रसँगमा उनले कञ्चनपुरमा अहिले सरकारले नाटक देखाईरहेको पनि आरोप लगाए । उनले भने,‘१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यत्रो दिन बित्यो, तर रक्षक नै भक्षक भएको पाईयो । प्रहरी पनि सरकारकै संयन्त्र हो नि । सरकारकै छत्रछायाँमा यो भैरहेको छ ।’

सर्लाहीमा आफ्नो पार्टीका कार्यकर्ता रामविलाष महतोको हत्या गरिएको घट्ना कोट्याउँदै उनले भने,‘त्यहाँ हामीले जितेको क्षेत्र हो । अब यतातिर लाग्छौं कि लाग्दैनौं भनेर जबरजस्ती गरियो । होईन भने, तिमीहरु सबैलाई ठीक पार्छौं भन्दै हत्या नै भयो । ठाडै कसले गर्यो, के गर्यो भन्ने थाहा छ । सरकारले नै अहिले अपराधीलाई संरक्षण गरिरहेको छ । कांग्रेस सरकारमा हुँदा कहिल्यै विपक्षीलाई यस्तो गर्यो त ?’

फरक प्रसँगमा उनले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्नुको कारण निर्वाचनपछि पार्टीको परिणाम कमजोर भएकोले यही मौका छोपेर नेतृत्वको आलोचना गरौं भन्ने हिसाबले भएको भएपनि त्यसलाई आम कार्यकर्ताको पंक्तीले नरुचाएको स्पष्ट पारे ।

उनले भने,‘हाम्रा नेता तथा कार्यकर्ताहरुले अहिले तपाईहरु एक भएर अघि बढ्नुहोस, आँफैभित्र विवाद गर्ने बेला होईन भनेर भन्नुभएको छ । उहाँहरुले नेताहरुलाई आफ्ना कुराको चर्चा, बहस तथा छलफल केन्द्रिय समितिमा राख्न आग्रह गर्नुभएको छ । त्यतिमात्रै होईन, व्यक्तिलाई होईन पार्टीलाई केन्द्रविन्दु राखौं भन्ने आवाज बुलन्द भएको छ ।’
पार्टीका क्रियाशिल सदस्य हटाएर साधरण सदस्यहरुले नै महासमिति, महाधिवेशन प्रतिनिधि र केन्द्रिय सदस्य चयन गर्नेगरि विद्यान मस्यौदा तयार पार्न लाग्नुभएको छ अरे नि भनेर सोधिएको प्रश्नमा उनले भने,‘यो विषय विधान मस्यौदा समितिले टुँगो लगाएको छैन् । अहिलेपनि हामी छलफलमै छौं । के गर्दा राम्रो हुन्छ, त्यही गर्छौं । गुण र दोषको आधारमा हामी निश्कर्षमा पुग्छौं ।’

त्यस्तै उनले सभापतिलाई असिमित अधिकार दिन लागिएको छ भनेर हल्ला चलाएपनि त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनले भने,‘अहिले जति अधिकार प्राप्त भएको छ, त्यो अधिकार त प्रयोग गर्न दिईएको छैन् । न त सभापतिले नै अधिकार माँग्नुभएको छ । न त उहाँ सँधै सभापति नै हुनुहुन्छ । किन असिमित अधिकार चाहियो ?’

काठमाडौँ । नेपाली सांगितक क्षेत्रमा निकै रुचाइएका गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

प्रेम पछाडीको विछोडको कालो पर्दालाई गीतमा समेटिएको छ । सुरज रसायलीको शब्द तथा कमल घोसालीको संगीत संयोजन गीतमा रहेको छ ।

आफनी प्रेमीकालाई गुमाउनु पर्दाको पिडालाई गीतमा सवोकृष्ट रुपमा समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

‘ रुँदा सगैँ रुन्छु ’ गीतमा बुद्धविर थापा र सुशिला देवकोटाको लोभलाग्दो अभिनय रहेको छ ।