आयो चौक दाउको मेरो मायाँ कतारमा… (भिडियो सहित)

कार्तिक १६, २०७५ मा प्रकाशित | 6319 views

काठमाडौं । चलचित्र ‘चौका दाऊ’को नयाँ गीत मेरो मायाँ कतारमा सँधै हतारमा…को भिडियो बिहिबार साँझ रिलिज गरिएको छ ।
निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको  भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरेको हो ।

आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो ।

चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले
यो गीतको संगीत गरेका हुन् । श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई
शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।

यो आईटम गीतमा सोनीका
केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको
कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव
शाह, श्याम राई लगायतलठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन
बसन्त श्रेष्ठले गरेका हुन् ।

गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षसँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ ।

यो
चलचित्रमा वर्ष राउत, अजश्र ढुँगाना,  विल्सन विक्रम राई, सन्तोष पन्त,
रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसीलगायतको अभिनय
छ ।

दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रमा मित्रदेव
गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ । चलचित्रलाई सौर्यजीत
बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web