सरकारको निर्णयमा सर्वोच्वको अवरोध : महाप्रबन्धक नहटाउन आदेश

१४ कार्तिक, काठमाडौ । सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट वसन्तप्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज उपाध्यायलाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषद्को गत आइतबारको बैठकले उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले यसअघि पनि उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध पनि उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सो निवेदनको सुनुवाइ गर्दै अदालतले गत असार २९ गते सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उपाध्याय संस्थानको महाप्रबन्धकको जिम्मेवारी लिएर फर्कनुभएको थियो ।

उपाध्यायलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७४ मङ्सिर २५ गतेको मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य बन्दै

१४ कार्तिक, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उहाँको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँडडुल गर्नुभएको र सामान्य खाना थाल्नुभएको छ ।

प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा सङ्क्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । उहाँको उपचारका क्रममा नसाबाट दिइएका विभिन्न औषधि बिहीबारदेखि बन्द गरिने र मुखबाट खुवाइनेछ । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित हुनुहुन्छ ।

प्रदेश नं ३ मा प्रदेशस्तरीय प्रोजेक्ट बैंक सञ्चालन हुने

१४ कार्तिक, हेटौँडा । प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले प्रदेशको १३ जिल्लाको भूगोल र जनताको आवश्यकता अनुसारको योजनालाई तत्काल फेरबदल नगरी कार्यान्वयनमा ल्याउन आगामी आव २०७५-७६ देखि ३ नं प्रदेशमा प्रोजेक्ट बैंकको स्थापना गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

उपाध्यक्ष डा देवकोटाले राष्ट्रिय समाचार समितिसँग आज सङ्क्षिप्त कुराकानी गर्दै राष्ट्रिय गौरवको आयोजना तथा जिल्लाका आवश्यकताअनुरुप विकास योजनाको छनोट गर्न आगामी मङ्सिर महीनाभित्र पाँचवर्षे आवधिक योजनाको आधारपत्रको मस्यौदा तयार गरिसक्ने जानकारी दिनुभयो ।

उहाँले प्रोजेक्ट योजनाअन्तर्गत ऊर्जा उत्पादन, पर्यटन, कृषि उत्पादन र बहुर्राष्ट्रिय कम्पनी स्थापनाका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई प्रदेश सरकारले सहज सुविधायुक्त सेवा उपलब्ध गराउन नीति योजना आयोगले समन्वय कर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

डा देवकोटाले एक प्रश्नको उत्तरमा जिल्लाको भौगोलिक र आवश्यकताअनुसार स्थानीय निकायबाट सिफारिश भई आएका योजनालाई यदाकदा राजनीतिक दलको नेता, प्राविधिक कार्यालय र उच्च प्रशासनका पदाधिकारीबाट फेरबदल गर्ने प्रक्रिया चलेकाले स्थानीय भेगमा निर्माण हुने विकास आयोजनाले मूर्तरुप पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले जनताले प्रत्यक्ष लाभ पाउने योजनालाई फेरबदल नगरिकन ती योजनालाई कार्यान्वयन गर्ने प्रक्रियालाई अब निरन्तरता दिनुपर्नेमा जोड दिँदैै प्रोजेक्ट बैंकबाट योजनाको निष्पक्ष छनोट र स्थलगतरुपमा कार्यान्यवन गर्ने र त्यसको प्रत्यक्ष अनुगमन गर्ने नीति योजना आयोगले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सो प्रदेश नीति योजना आयोगले आवधिक योजनाको आधारपत्र तयार गर्न कात्तिक १७ गते चितवनको भरतपुर, १८ गते नुवाकोट र २० गते ललितपुरमा योजना समीक्षा गोष्ठीको आयोजना गर्न लागेको एवं सो गोष्ठीबाट प्राप्त सुझावअनुसार योजनालाई समष्टिगतरुपमा अवधारणापत्र तयार गरी क्रमशः चालू आर्थिक वर्षभित्रै १३ जिल्ला योजना कार्यान्वयन गर्ने नीति योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताउनुभएको छ ।

उहाँका अनुसार सो आयोगले प्रभावकारीरुपमा कार्यक्रमको तर्जुमाका साथै अनुगमन गर्ने कार्यका लागि आवश्यक जनशक्ति, कर्मचारीको दरबन्दी २२ जना भएको भए पनि हाल एक जना उपसचिव र एक जना प्रशासकीय अधिकृत कार्यरत हुनुभएकाले आफ्नो भूमिकालाई गतिशील बनाउन कठिनाइ उत्पन्न भएको जानकारी दिनुभएको छ ।

यसरी टुंगिँदै नेकपामा कार्यविभाजन, कहाँ-कहाँ जिम्मेवारी ?

काठमाडौं । केन्द्रीय नेता कामविहीन बनेपछि नेकपाले कार्यविभाजनको गृहकार्य थालेको छ। सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदलले कार्यविभाजनको खाका तयार पारेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

४ सय ४१ केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीसम्म परिचालन गर्ने गरी पार्टीले जिम्मेवारी दिने तयारी छ। केन्द्रीय सदस्यलाई दिइने जिम्मेवारीको प्रारुप तयार पारी सुझाव पेस गर्न प्रदेश पदाधिकारीलाई कार्यदलले निर्देशन दिएको छ।

स्थायी समिति बैठकबाट सबै केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने गरी गृहकार्य गरिएको कार्यदल सदस्य थापाले बताए। ‘कार्यविभाजन ढिलो गर्नुहुन्न भनेर गृहकार्यलाई तीव्र पारेका छौं’, उनले भने।

नेकपाले केन्द्रीय तहमा बनाउनुपर्ने केन्द्रीय निकायका रूपमा सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मन्चलगायत विभाग गठन गरेको छैन। पोलिटब्युरो पनि चयन गरेको छैन। केन्द्रीय समितिको एकतिहाइ (१ सय ४६) सदस्यीय पोलिटब्युरो पनि गठन गर्न बाँकी छ। केन्द्रीय सदस्यको कार्यविभाजनपछि पोलिटब्युरो र केन्द्रीय विभाग गठन गर्ने तयारी छ।

कहाँकहाँ जिम्मेवारी ?

केन्द्रीय समितिमा ९ सदस्यीय सचिवालय छ। त्यसमध्ये ६ पदाधिकारी र थप ३ जना सचिवालय सदस्य छन्। संगठन विभाग, विदेश मामिला विभाग, प्रचार तथा प्रकाशन र पार्टी स्कुलिङ जस्ता महत्वपूर्ण विभागको नेतृत्व केन्द्रीय सचिवालयका नेतालाई दिने तयारी नेकपाको छ।

सचिवालयका सबै नेताले कुनै न कुनै रूपमा कार्यकारी जिम्मेवारी पाउनेछन्। स्थायी समितिमा सचिवालयका ९ सहित ४५ जना नेता छन्। त्यसमध्ये पार्टीका ६ पदाधिकारीसहित २५ जना नेता सरकार तथा संसदीय कार्यकारी जिम्मेवारीमा छन्। स्थायी समितिका २० नेतालाई काम दिनुपर्नेछ।

स्थायी समितिका ६ जना केन्द्रीय पदाधिकारी, ११ जना मन्त्री, ५ जना प्रदेश इन्चार्ज, २ जना संघीय संसद्को जिम्मेवारी र एक जनाले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा छन्। सरकारमा रहेका, संस्दमा, संसदीय समिति सभापतिका जिम्मेवारीमा रहेका केन्द्रीय समिति सदस्यलाई सोही कार्यक्षेत्रकै जिम्मेवारी तोक्ने गरी गृहकार्य छ।

स्थायी समिति सदस्यलाई प्रदेश, पोलिटब्युरोलाई जिल्ला र केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी दिने नीति छ। स्थायी समिति सदस्यले सबै प्रदेशका इन्चार्जको जिम्मेवारी पाएका छन्। जिम्मेवारी नपाएका २० नेतालाई भने विभागीय जिम्मेवारी दिने तयारी छ।

पार्टीले सात प्रदेशमा सहइन्चार्ज, अध्यक्ष र सचिवका रूपमा थप २१ केन्द्रीय सदस्यलाई जिम्मेवारी दिइसकेको छ। संघीय संसद्मा स्थायी समिति सदस्यबाहेक राष्ट्रियसभामा केन्द्रीय सदस्य दिनानाथ शर्मा र खिमलाल भट्टराईलाई क्रमशः दल नेता र प्रमुख सचेतकको जिम्मेवारी दिएको छ। प्रतिनिधिसभातर्फ केन्द्रीय सदस्य शान्ता चौधरीलाई सचेतकको जिम्मा छ। प्रतिनिधिसभा तथा राष्ट्रियसभातर्फका समिति सभापतिमा ६ जना केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन्।

पार्टी पदाधिकारी, सरकार, संसदीय समिति, प्रदेश मन्त्रीलगायतमा गरी ६७ केन्द्रीय नेता परेका छन्। त्यसमध्ये प्रदेशका दलीय जिम्मेवारी र समिति सभापतिका जिम्मेवारीमा अन्य केही नेता छन्। ३ सय २ जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने ठाउँ तोकिएको छ। जिल्ला इन्चार्जका रूपमा ७७ नेता, सम्पर्क समन्वय कमिटी र विशेष जिल्ला कमिटीमा ६, केन्द्रीय विभागमा ३२, जनसंगठन इन्चार्जमा २२ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीमा १ सय ६५ नेतालाई प्रत्यक्ष इन्चार्जको जिम्मेवारी दिइँदै छ। केही सामारिक महत्वका जिल्लामा केन्द्रीय समितिबाटै सहइन्चार्जसम्म पनि बनाउन सकिनेमा पनि छलफल चलेको प्रदेश १ का सचिव तथा केन्द्रीय सदस्य सुरेशकुमार राईले बताए।

केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखापरीक्षण आयोगमा भने ४ सय ४१ बाहेक आठ नेतालाई जिम्मेवारी दिइनेछ। अमिक शेरचन, अमृत बोहोरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा, सोमनाथ अधिकारी, टंक राई र निर्मला देवकोटालाई तिनमा परेका छन्। यसमध्ये राई र देवकोटालाई भने तीन वटा आयोगबाटै सचिव बनाउने तयारी छ।

तोकिएको कार्यविभाजन

– ६ जना पदाधिकारी

– २३ जना मन्त्री (२ मुख्यमन्त्रीसहित)०

– ५ जना प्रदेश इन्चार्ज

– संघीय संसद् जिम्मेवारी – ११ जना (दुवै सभाका समिति सभापतिसहित)

प्रधानमन्त्री सचिवालयमा – २ जना (प्रमुख सल्लाहकार र जनसम्पर्क सल्लाहकार)

– प्रदेश पदाधिकारी – २१ जना (सहइन्चार्ज, अध्यक्ष र सचिव)

– प्रदेश मन्त्री– २० जना (प्रदेश समिति सभापतिबाहेक)

जिम्मेवारी दिन खोजिएका ठाउँ

– जिल्ला संगठन समिति इन्चार्जमा– ७७

सम्पर्क समन्वय कमिटी र विशेष जिल्ला कमिटीमा – ६

केन्द्रीय विभागमा – ३२

जनसंगठन इन्चार्जमा – २२

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीमा – १ सय ६५

– बाँकी नेतालाई पनि जिल्ला सहइन्चार्ज, केन्द्रीय विभागतिर जिम्मेवारी दिने तयारी

निर्मला हत्या प्रकरण: थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाडाैं पठाइयो

महेन्द्रनगर । निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ ।
अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए । नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । अाजकाे  नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

स्थानियहरुले आफै मर्मत गर्न थाले दोधारा चाँदनीको झोलुंगे पुल

पप्पु गुरुङ्ग, दोधारा । पर्यटकीय क्षेत्रका रुपमा रहेको एसियाकै दोस्रो लामो महाकाली नदीको  झोलुंगे पुल उचित मर्मत सम्भार नहुदा जीर्ण बन्दै गएको छ । पुलमा आवतजावत गर्न असहज हुन थालेको स्थानियहरुले बताएका छन् । पुलको पुलको दाँया,बाँया    लगाइएका जाली निकै कमजोर भई च्यात्तिएका छन् भने पुलको चारैतिर लगाइएका फलामे डोरी चुडिनुको साथै प्लेट फुस्कीन थालेका छन् । पुलको बीच भागमा बिछ्याइएका फलामे पाता समेत ठाँउ–ठाँउमा भाचिएका छन् ।

बेलाबखत दुर्घटना हुदै गरेको भन्दै स्थानिय र प्रहरीले आज पुलमा प्लेटका नट कस्ने तथा नयाँहरु थप्ने गरेको हो । झण्डै डेढ किलोमिटर लामो झोलुंगे पुल संरक्षणको अभावमा जोखिमपूर्ण बन्दै गएको छ । करिब १४ वर्ष अघि महाकाली नदी पारीका दुई गाविस दोधारा र चाँदनीका जनतालाई सदरमुकाम संंग जोड्न महाकाली नदीमा निर्माण भएको झोलुंगे पुल अहिले जिर्ण र भत्कने अबस्थामा पुगेको छ ।

स्थानिय र प्रहरीको एक टोलीले पुलका नट बोल्ट तथा प्लेट फुस्कीएको भन्दै  एक घण्टा पुलको आवत जावतमा रोक लगाएर पुलको मर्मत गरेको स्थानिबासी गगन बहादुर सिंहले जानकारी दिएका छन् । ‘पुलको संरक्षणमा कसैले ध्यान नदिएको कारण सुरक्षाकर्मी र स्थानियहरु आज पुलको मर्मत गरेका हौं’ स्थानिबासी गगन बहादुर सिंहले भने– ‘पुल कमजोर भएको कारण देनिक जसो दुर्घटना हुने गरेको छ् ।’ पुल मर्मतमा कसैको ध्यान नगएको भन्दै माहाकाली नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, स्थानियबासी गगन बहादुर सिंह, पुल वारी र पारीका सुरक्षाकर्मीहरुले आज अपरान्हमा पुलको टुटेको भागहरुमा प्लेट थप्ने तथा नटबोल्ट कस्ने काम गरेको बताईएको छ् ।

पुलको अवस्था जिर्ण भएको कारण बेलबखत हुदै दुर्घटनालाई रोक्न पुलको प्लेट थप्ने तथा नटबोल्ट कस्ने काम गरेको स्थानियबासी गगन बहादुर सिंहको भनाई रहेको छ् । पुल बनेपछि राहत पाएका स्थानीयबासी सरकारी पक्षको उदाशीनताका कारण झोलुङ्गे पुल जिर्ण बन्दै गए पछि  निराश बनेका छन् । महाकाली नगरपालिकाका स्थानियलाई आवतजावतमा सहज मात्रै नभइ पुल पर्यटकीय महत्वको समेत रहेको छ । एशियाकै दोश्रो लामो झोलुंगे महाकालीको उक्त पुलको अबलोकन गर्न नेपालका विभिन्न जिल्ला र भारतीय पर्यटकहरु आउने गरेका थिए । मर्मत सम्भारमा सरकारी निकायको उदासिनताका कारण पुल अहिले भत्कने अबस्थामा पुगेको छ । कतिपय स्थानमा पोल जोडिएको भागमा पनि क्षति पुगेको छ् । पुल एक दुई वर्षमै भाचिने हो कि भन्ने खतरा बढेको छ् । पुल मर्मतका लागि भन्दै जिल्ला समन्वय समिति कञ्चनपुरले वर्षेनी कर उठाउदै आएको छ् ।

जिल्ला समन्वय समितिले कर उठाउदै आए पनि मर्मतमा लगानी शून्य भए पछि पर्यटकीय महत्वको पुल दिनहु जिर्ण बन्दै गएको छ् । अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गदै आएको स्थानियहरु बताउछन् । करिब १० करोड लागतमा निर्माण गरिएको यो पुल बनेपछि सात नम्बर प्रदेशका लाखौं नागरीक प्रत्यक्ष लाभान्बित छन् । तर पुल जिर्ण बन्दै गएपछि यसबाट निम्तिने खतराको जिम्मेवारी कस्ले लिने रु समयमै स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनु पर्ने स्थानिबासीको भनाई रहेको छ् ।

भीमदत्त नगरपालिकामा समुदाय प्रहरी साझेदारी नगर समिति गठन

पप्पु गुरुङ्ग, महेन्द्रनगर । भीमदत्त नगरपालिकामा समुदाय प्रहरी साझेदारी नगर स्तरीय समिति गठन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयमा गरिएको कार्यक्रममा नगर स्तरीय समिति गठन गरिएको छ । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा गठन गरिएको समितिमा नगर प्रमुख सुशिला चन्द सिह उप संयोजक छन् । भीनपा वडा नं. १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेय, राधिका पन्त, बिमल खडायत, मदन चन्द, खडक बहादुर विष्ट, लक्ष्मी बोहरा, चन्द्रकला पन्त, बीर बहादुर चन्द, मोहन विष्ट, प्रभुनिधि पन्त, अमिर तिरुवा, ऋषि सुवेदी, हेलेन श्रेष्ठ, नरेश सिलाल, प्रितिधिर भण्डारी, भीम नाथ, गणेश बोहरा, भुवनेश्वरी जोशी, भोजराज भट्ट सदस्य छन् । जिल्ला प्रहरी कार्यालयको सबै स्थानीय तहमा समिति गठन गर्ने कार्यक्रम अनुसार मंगलबार भीमदत्त नगरपालिकामा सरकारी तथा गैर सरकारी संस्था सहितको सहभागितामा कार्यक्रम गरी समिति गठन गरिएको छ । कार्यक्रममा प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक मेख बहादुर खत्रीले समुदाय प्रहरी साझेदारीको औचित्यबारे जानकारी गराएका थिए । समिति गठनपछि समितिका संयोजक नगर प्रमुख विष्टको अध्यक्षतामा बैठक बसेको छ ।

बैठकले हरेक शनिबार बजार क्षेत्रमा सरसफाई कार्यक्रम गर्ने, ट्राफिक व्यवस्थापनका लागि छलफल गर्ने, कार्यक्रमको खाका तयार गर्ने लगायतका निर्णय गरेको छ । समितिका संयोजक नगर प्रमुख विष्टले शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहयोग र नगर समृद्ध बनाउन सबै सरोकारवालाकासित सहकार्य गर्दै आएको बताए ।‘नगरको समृद्ध सबैको चाहना हो, विकास र सुशासन सबै चाहन्छौ, शान्ति सुरक्षा सबैका लागि अपरिहार्य छ, नगरलाई शान्त बनाउन यो समितिले सबै सरोकारवालासित हातेमालो गर्छ’ उनले भने । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले गृह मन्त्रालयको कार्यक्रम अनुसार देशभर स्थानीय तह सहित विभिन्न निकायसित सहकार्य कार्यक्रम सुरु गरिएको बताए ।

‘आज नगर स्तरीय समिति गठन गरिएको छ, अरु पनि समिति गठन गर्नु पर्नेछ, वडा, टोल, विद्यालय स्तरीय समिति गठन गर्छौ’ प्रहरी उपरीक्षक कडायतले भने । कार्यक्रममा सहभागीहरुले प्रहरीले जनतासित बलियो सम्बन्ध बनाउनु पर्ने सुझाव दिए । धुमपान निषेधका अभियन्ता मदन चन्दले शान्ति सुरक्षाका लागि सबैले सहयोग गर्न पर्ने उल्लेख गर्दै समितिलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए ।‘यो समिति गठन गरेर मात्रै हुँदैन, केही गरेर पनि देखाउनु पर्छ’ उनले भने,‘सुरक्षा निकाय र मेयरसापले एक भएर जानु पर्छ, त्यसमा पूर्ण सहयोग गर्छौ ।’बुद्धिजीवि उत्तम विष्टले नगर स्तरीय समितिले जनचेतना मुलक सामग्री समेटिएको श्रव्यदृष्य सामग्री प्रकाशन, ट्राफिक व्यवस्थापन, सडक नाटक लगायतका कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सह सचिव मोहन विष्टले समाजका विकृति, विसंगति हटाउन समितिको भूमिका प्रभावकारी हुने बताए ।अधिकारकर्मी अमिर तिरुवाले समितिले समुदाय स्तरमा रचनात्मक कार्य गर्नु पर्ने, परामर्श सेवा सञ्चालन गर्नु पर्ने, सडक नाटक प्रदर्शन, दलित समुदायका कार्यक्रममा सहभागी हुनु पर्ने लगायतका कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिए ।महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकला पन्तले समाज सुधारका लागि विद्यार्थी मात्रै नभएर अभिभावकलाई समेत शिक्षा दिनु पर्ने आवश्यकता औल्याइन । गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलालले समितिले वादविवाद, होर्डिङ्ग बोर्ड, प्रहरी कार्यालयको १०० नम्बरको प्रचार, बालबालिका सुरक्षा, सामाजिक अभियान लगायतका कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव दिए ।

अधिकारकर्मी प्रभुनिधि पन्तले प्रहरी र जनताबीच दुरी बढ्न राम्रो नहुने उल्लेख गर्र्दै आपशी सहकार्य र समन्वय गरी जानु पर्नेमा जोड दिए । कार्यक्रममा भीम नाथ, भोजराज भट्ट, गणेश बोहरा लगायतले नगर वासिन्दा र अन्य गैर सरकारी संस्थाहरुसित सहकार्य गरी जानु पर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले सञ्चालन गरेको कार्यक्रममा भीनपाका जनप्रतिनिधि, प्रहरी अधिकारी, अधिकारकर्मी लगायतका सहभागी भएका छन्

काठमाडौ दुर्घटना : नुवाकोटका दुई जनाको ज्यान गयो

१३ कर्तिक, काठमाडौ । काठमाडौँको लैनचौरमा भएको मोटरसाइकल दुर्घटनामा नुवाकोट घर भएका  प्रकाश तामाङको मृत्यु भएको काठमाडौ प्रहरीले जनाएको छ ।

लैनचौरको खानी विभाग अगाडि मंगलबार बिहान ६ बजे बा. २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको प्रहरीले जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जीतेश दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको र मोटरसाइकलको पछाडि रहेका अर्का घाइते सुरज थापाको ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ । दुर्घटनामा परेको सवारी साधनसहित माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, मंगलबार नै काठमाडौको बसुन्धरामा भएको मोटरसाइकल दुर्घटना हुदाँ नुवाकोटको बालकुमारी घर भएका नवराज रिजालको मृत्यु भएको छ ।

२५ वर्षका रिजालले चलाएको बा.६८ प ७४७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किन पुग्दा गम्भीर घाइते भएपनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका रिजाललाई उपचारको लागी शिक्षण अस्पताल महाराजगंजमा पु¥याएको केही समयमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डा.श्रेष्ठ भ्रष्टचारको मुद्दामा दोषी ठहर

१३ कार्तिक,  काठमाडौँ । विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले आज उहाँलाई एक वर्ष कैद र रु एक करोड १८ लाख ६६ हजार ७७६ जरिवानाको फैसला गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

डा श्रेष्ठ अस्पतालको अध्यक्ष हुँदा रु एक करोड ६७ लाख ५७ हजार ११३ स्रोत नखुलेको ९अवैध० सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ फागुन २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अदालतले रु ४८ लाख ९० हजार ३३७ बैध सम्पत्ति कमाएको ठहर गरेको छ । बाँकी रु एक करोड १८ लाख ६६ हजार ७७६ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले यो बराबर डा श्रेष्ठको सम्पति जफत हुने फैसलो गरेको हो । अदालतले डा श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ ।

डा श्रेष्ठ विशेषज्ञ चिकित्सकका रूपमा सो अस्पतालमा २०५४ सालमा सेवा प्रवेश गरी २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हुनुभएको थियो ।

स्क्रब टाइफस रोग नेपालमा पनि सक्रिय, दुई जनाको ज्यानै गयो

१३ कार्तिक, काठमाडौ । नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ ।

पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरुमा अन्य जिल्लामा पनि देखा पर्न थालेको हो । प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १३० जनाको जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको उपक्षेत्रीय अस्पतालको तथ्याङ्कमा उल्लेख छ । हालसम्म सो रोगबाट दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलङ्गाकी ९ वर्षीया बालिका गङ्गा पन्त रहेकी छिन् ।

भट्टको धनगढी र पन्तको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

यसको सङ्क्रमण बढ्दै जानथालेपछि बिरामी उपक्षेत्रीय अस्पताल पुगेर जाँच गराइरहेका छन् । पछिल्लो समय पहाडी जिल्लामा रोगको सङ्क्रमण बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

गल्छी–रसुवागढी सडकको कालोपत्रे सुरु

१३ कार्तिक, नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको कालोपत्रेको काम थालिएको छ ।

विदुर नगरपालिका वडा नं. ५ पिपलटारदेखि गटेबजारसम्मको करीब चार किलोमिटर सडकमा मंगलबारदेखि कालोपत्रेको काम सुरु गरिएको हो । मुआब्जा वितरण गरेर मात्र सडक विस्तारको काम अघि बढाउनुपर्ने भन्दै स्थानीयबासीले पु¥याएको अबरोधको बीच आयोजनाले प्रहरीको सुरक्षाघेरामा  काम अघि बढाएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्सन प्रालीका इञ्जिनियर सुरजकुमार गौतमले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार सडकमा कालोपत्रे अन्तरगतको अहिले करीब ३ इञ्च हुने ६ सेन्टिमिटर बाक्लो पहिलो तह अर्थात डिबिएस सुरु गरिएको हो । ११ मिटर चौडामा डिबिएस गर्ने र त्यसपछि मुख्य कालोपत्रे भने सात मिटरमा गर्ने इञ्जिनियर गौतमले जानकारी दिनुभएको छ ।

विदुर गगरपालिका वडा नं. ५ पिपलटारका स्थानीयबासीले सडकमा पर्ने जग्गाको मुआब्जा  नदिई कालोपत्रेको काम अघि बढाएको भन्दै बिरोध गरेका छन् ।
संघर्ष समिति नै गठन गरी स्थानीयबासीले सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारण नगरेको र पासाङ ल्यामु राजमार्गमा  क्षेत्रमा पर्ने जग्गाको दायाँबायाँ निर्धारण २०३४ सालमा नै सडक संरचना कायम भएकाले अहिले विस्तार हुने सडकमा पर्ने जग्गाको मुआब्जा अन्योल बनाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

संघर्ष समितिका संयोजक लिलानाथ न्यौपानले सडक विस्तार गर्नु राम्रो भएपनि पासाङ ल्यामु सडकमा पर्ने जग्गाको मुआब्जा नदिने र अन्य  स्थानको भने दिनु  न्यायोचित नभएको भन्दै आफूहरु बिरोधमा उत्रन बाध्य भएको बताउनुभएको छ ।
गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामा पर्ने जग्गा अन्तरगत   अन्तरगत सडकको दाँयाबाँया १५–१५ मिटर भित्रपर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा निर्धारण  गरी रकम वितरण भइरहेको छ ।

मुआब्जा निर्धारण समितिले दोश्रो चरणमा अब साविक गेर्खु गाविसको बान्द्रेदेखि वेत्रावती हुदै मनकामनाको नयाँपुलदेखि मैलुङसम्मको जग्गाको मुल्य निर्धारण गर्ने जनाएको छ । पासाङ ल्यामु राजमार्ग अन्तरगत पर्ने पिपलटारदेखि ढुङ्गेसम्मको सडक आसापासमा पर्ने जग्गाको मुआब्जा प्रक्रिया भने अन्योल रहेको छ । यसअघि २०३४ सालमा नै सडक विस्तार भएर राजमार्ग कायम भएकाले राजमार्गको विस्तारको क्रममा आसापासमा पर्ने सडकको मुआब्जा दिने कानूनी व्यवस्था नभएको अन्योल हुदाँ स्थानीयबासीले मुआब्जा पाउने आधार कमजोर देखिएको छ ।

‘गल्छी–रसुवागढी’ सडक पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढीहुदै चीनको केरुङ प्रवेशद्धारसम्म जोड्न सडक ८२ किलोमिटर दुरीको निर्माणको काम भइरहेको छ ।
चीनसंगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना मार्फत तीन खण्डमा निर्माणको लागी नौ अर्ब ५० करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । गल्छीबाट सुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किलोमिटर सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकार मार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटर सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सन मार्फत सडक निर्माण भइरहेको छ ।

रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किलोमिटिर सडक नेपाली सेना मार्फत निर्माण भएर गएको चैत ३० मा नै ट्रयाक खोलर आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ भने स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकार मार्फत निर्माण अघि बढाइएको छ ।

युगेन र सकुर दोश्रो चरणमा

१३ कार्तिक, काठमाडौ । चाकुपाटका युगेन महर्जन र नागबहालका सकुर शाक्य “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता–२०७५”मा बिजयी सुरुवातका साथै दोश्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । महर्जनले दथुलंका सौरेन ब्यञ्जनकारलाई २१–१२ र २१– ७ ले तथा शाक्यले भिन्छेबहालका विशोन बज्राचार्यलाई २१–१०, २१–१८ले पराजित गरे ।
यस्तै, प्रयाग पोखरीका पुजन चित्रकारले नागबहालका सम्यक शाक्यलाई २१–९, २१–१५ले, नागबहालका पुजन शाक्यले दथुलंका अमोघ शाक्यलाई २१–७, २१–११ले, ओकुबहालका सम्यक शाक्यले दथुलंका रहिस बज्राचार्यलाई २१–३, २ज्ञ–८ ले तथा नागबहालका परास्कृत शाक्यले दथुलंका रिभास बज्राचार्यलाई २१–१७, २१–१९ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरे ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ प्रयाग पोखरीका बिक्रम महर्जन र मिलन महर्जनको जोडीले दोश्रो जित निकालेका छन् । महर्जन जोडीले चाकुपाटका संजय धाख्वा र मनिल शाक्यको जोडीलाई २१–१०, २१–१५ ले पराजित गर्न सफल भए । यस्तै भिन्छेबहालका मनिष बज्राचार्य र सुजीत बज्राचार्यको जोडी कोबहालका बिदुर शाक्य र राकेश शाक्यको जोडी माथी हाबी भयो । बज्राचार्यको जोडीले शाक्यको जोडीलाई २१–९, २१–८ले हार चखाए । सुबहालका राजा बाबु महर्जन र राजेन्द्र महर्जनको जोडीले ओकुबहालका सुवोध शाक्य र संजय शाक्यको जोडीलाई २७–२५, २१–१० ले, गुईटोलका करिण महर्जन र ज्ञानेन्द्र महर्जनको जोडीले चाकुपाटका अरविन्द तण्डुकार र रोशन तण्डुकारको जोडीलाई २१–११, २१–१०ले, ओकुबहालका सुदेश शाक्य र बिक्रम शाक्यको जोडीले हखाका प्रतिक शाक्य र अमन शाक्यको जोडीलाई २१–१६, २१–११ ले, गुईटोलका सुमन डङ्गोल र कपिल महर्जनको जोडीले कोबहालका बुद्ध रत्न महर्जन र रमेश महर्जनको जोडीलाई १७–२१, २१–१५ र २१–१३ले, चाकुपाटका राजन शाक्य र राजेश मलेगोको जोडीले पिन्छेका सुरेन्द्र महर्जन र रुशाल महर्जनलाई २१–१८, २१–९ ले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गरे ।

यसैगरि नागबहालका बिभुषण शाक्य र सन्त शाक्यको जोडीले इकालाकुका किरण चित्रकार र रोशन बज्राचार्यको जोडीलाई २१–१९ र २१–१९ को समान अन्तरले पराजित गरे । जित निकाल्ने क्रममा दथुलंका सन्नि डङ्गोल र सचिन डङ्गोलको जोडीले नागबहालका सहज शाक्य र सुजल शाक्यको जोडीमाथी १८–२१, २२–२० र २२–२० को कठिन जित हात पारे । भुबहालका बाबुराजा बज्राचार्य र उमङ्ग डङ्गोलको जोडीले ओकुबहालका निशेष शाक्य र राजु महर्जनको जोडीलाई २१–१७, २१–१९ले तथा दथुलंका शैलेन्द्र डङ्गोल र राजेश महर्जनको जोडीले चाकुपाटका सुमेश शाक्य र सुजन शाक्यको जोडीलाई २१–१९, ७–२१ र २१–१३ ले पाखा लगाउंदै अर्को चरण प्रवेश गरे ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web