१३ कार्तिक, पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सयुंक्त आयोजनामा सवारी दुर्घटना न्युनिकरण एवम् ट्राफिक ब्यबस्थापन सम्बन्धी नागरीक सचेतना कार्यक्रम सोमबार स्याङ्जामा सम्पन्न भएको छ ।

प्रहरी चौकीगल्याङ्को कार्यालय परिसरबाट र्याली शुरु गरी बजार परिक्रमा पश्चात कालिगण्डकी यातयात ब्यबसायी संघको हलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले नागरीक सचेतना सम्बन्धि प्रशिक्षण प्रवचन दिनुभएको थियो । उहाँले ट्राफिक प्रहरीको सक्रिय भूमिकाले पछिल्लो समय दुर्घटना न्युनिकरण र यात्रुहरुले सार्वजनिक यातायातमा सहज रुपमा यात्रा गर्न पाएको अनुभव आफूले गरेको बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट चालक छनोट गरी लु १ज ३१७४ का चालक दुर्गाप्रसाद अर्याल र ग१ज ३१९६ का चालक दिनेश प्रसाद चालागाईलाई सम्मान गरिएको ४ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्की कार्यालय प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिनुभएको छ । उहाँले प्रदेसको नेतृत्व लिएर जिम्मेवारी बहन गर्न सुरु गरेपछि समग्र प्रदेसको ट्राफिक व्यवस्थापनमा देखिएको सुधार, यात्रुमैत्री सार्वजनिक यातायात, दुर्घटना न्यूनिकरण र नागरिक प्रहरी समन्वय पनि प्रभावकारी हुदै आएको कार्यक्रममा सहभागिले बताएका थिए ।

कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ४ का प्रमुख प्र उपरीक्षक बिरेन्द्रकुमार बश्याल, स्याङ्जाका प्रहरी प्रमुख प्र उपरीक्षक जयराज सापकोटा सहित शसस्त्र प्रहरी बलका प्रनाउ राष्टिय अनुशन्धान बिभाग स्याङ्जाका प्रनाउ, उद्योग बाणिज्य संघ गल्याङ्का अध्यक्ष, कालिगण्डकी यातायात ब्यबसायी संघको अध्यक्ष,जिल्ला सहकारी संघका अध्यक्ष केशब लम्साल गल्याङ् नपा३ र १० का वडा अधयक्ष पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्ले बिभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधी संचारकर्मी, आमा समुह स्थानिय बुद्धिजिबी समाजसेबि भद्र भलादमि, भानुभक्त माबि गल्याङ् र शार्वजनिक माबि गल्याङ्का शिक्षक,शिक्षिका तथा छात्र,छात्रा सवारी धनि चालक तथा सर्वसाधारण गरी दुई सय भन्दा बढीको सहभागिता रहेको थियो ।

र्यालीमा सहभागीले ट्राफिक ब्यबस्थापन सम्बन्धि बोर्डहरु,पर्चा,ब्यानर ,बेल्ट छपाईका सामाग्रि प्रदर्शन गरेका थिए ।

१२ कार्तिक, नुवाकोट । यहाँको ककनी गाउँपालिकाले असाहय गर्भवती महिलालाई उद्धार गरेर उपचार गर्नलाई वीर अस्पताल काठमाडौसम्म पुर्याएको छ ।

ककनी गाउँपालिका वडा नम्बर ७ चतुरालेका बुङ्गी तामाङलाई गाउँपालिकाले १५ हजार रुपैयाँ उपलव्ध गराई एम्बुलेन्स मार्फत अस्पताल पुराइएको गाउँपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाले जानाकरी दिनुभयो । माइतीमा नै बस्दै आउनुभएको उहाँलाई विभिन्न रोगले सताएको र आर्थिक स्थिति कमजोर भएका कारण उहाँलाई आर्थिक सहयोग गरिएको वडा अध्यक्ष पुष्कर बोगटीले बताउनुभयो ।

वडा नंं ७ का कार्यालय सहायक अरुणराज पाठकको अनुसार वडा कार्यालयले वडाभित्र रहेका असहाय, अशक्त तथा आर्थिक स्थितिले कमजोर भएकाहरुलाई आर्थिक सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ भने त्यसमा गाँउपालिकाको अध्यक्ष मानबादुर लामा, उपाध्यक्ष सिता खतिवडा लगायतले समेत उल्लेख्य रुपमा सहयोग पुर्याउदै आएका छन् ।

१२ कार्तिक, धुञ्चे । रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा आइतबार राति टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।

बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्डा गाँउपालिका–३ का ४० वर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।

घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका–३ का २१ वर्षीय जिवराम थोक्रर, ट्रिपरमा सवार ३५ वर्षीय सार्की लामा र उनका ११ वर्षीय छोरा अदित तामाङलाई उपचारको लागि काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पताल लगिएको छ । घाइते मध्ये सार्की लामाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ ।

१२ कार्तिक, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे आज साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्रा डा सायमीले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री ओलीलाई भेटेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । उहाँलाई छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा आज बिहान ०४ः३० बजे भर्ना गरिएको थियो ।

१२ कार्तिक, नुवाकोट । जिल्लाव्यापी खुला क्रिकेट प्रतियोगिताको उपाधि देवीघाट क्लबले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा आज विदुर नपा–६ सिंचाइ चौरमा भएको फाइनलमा देवीघाटले नक्षत्र क्लब पीपलटारलाई २७ रनले पराजित गरी उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको देवीघाटले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३४ रन बनायो । देवीघाटका तर्फबाट विकास चित्रकारले नकआउट १८ रन, दिनेश चित्रकारले नटआउट १५ रन, राजेश रिमालले १५ रन र भेषराज रिमालले १३ रन बनाए । बलिङतर्फ नक्षत्रका प्रसिद्ध खड्का र राजन अधिकारीले २–२ विकेट र अभियान बस्नेत र सौरभ कुँवरले १–१ विकेट लिए ।

एक सय ३५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नक्षत्र १९ ओभरमा अलआउट हुँदै १०७ रन बनाउँदा २७ रनले पराजय भोग्न बाध्य भयो । नक्षत्रका तर्फबाट अभियान बस्नेतले ३२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ देवीघाटका विकास चित्रकारले ३ विकेट र विकास लामिछानेले २ विकेट लिए ।

प्रतियोगितामा खेलमा देवीघाटका विकास चित्रकार म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको बेष्ट बलर युनिक ब्वाइज ढुङ्गेका जीवन सिलवाल, बेष्ट ब्याट्सम्यान नक्षत्रका सुशान्त तिमिल्सिना र म्यान अफ दि सिरिज देवीघाटका विकास चित्रकार घोषित भए ।

प्रतियोगिता कात्तिक १० गतेदेखि शुरु भएको थियो । प्रतियोगिताका विजयीलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगद र ट्रफी वितरण गर्नुभयो । प्रतियोगितालाई पहिलो हुनेलाई रु १० हजार र दोस्रो हुनेलाई रु ४ हजार पुरस्कार प्रदान गरिएको थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई अाइतबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
डाक्टर अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको सीसीयूमा राखेर उपचार भइरहेको छ । आइतबार रातिको तुलनामा अहिले स्वास्थ्यमा केही सुधार आएको पनि डाक्टर सायमीले बताउनुभयो । छातीमा नै संक्रमण देखिएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गरिने उहाँले बताउनुभयो ।

बिहान ९ बजे पछि प्रधानमन्त्री ओलीको फेरि स्वास्थ्य जाँच गरेर स्वास्थ्य अवस्थाबारे जानकारी गराउने अस्पतालको तयारी छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति निकालेर सार्वजनिक गरिने पनि अस्पतालले जनाएको छ । डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीको निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास प्रधानमन्त्री ओलीको उपचारमा हुनुहुन्छ ।

काठमाडौ । पाँचौँ पण्डित सम्मेलनले ९३ प्रतिशतभन्दा बढी ॐ कार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ ।

सम्मेलनले शनिबार ११ बुँदे घोषणापत्र जारी गर्दै आन्दोलनको माग नभए पनि छलफल नभई नेपाललाई धर्म निरपेक्ष बनाइएकाले पुनःस्थापना गर्न ध्यानाकर्षण गराएको हो । सम्मेलनले दशैँमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा काग तिहारदेखि भाइटीकासम्म, रामनवमी, जनैपूर्णिमा र तीजमा दर खानेदिनदेखि ऋषिपञ्चमीसम्म बिदा दिन माग गरेको छ ।

सडकमा छोडीएका गाईको अपमान र हत्या रोक्न, नाटक, चलचित्र, टेलिचलचित्र एवं सञ्चारमाध्यममा धार्मिक कृत्य तथा पण्डितप्रति अनादर फैल्याउने गरी निर्माण हुने सामग्रीको प्रसारण रोक्न पनि जोडदार माग गरेको छ ।

सम्मेलनले माध्यमिक तहसम्मको शिक्षामा सरल संस्कृत र नैतिक शिक्षाका पाठ्यक्रमको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । सम्मेलनले पण्डितलाई पनि आचार एवं निष्ठाका साथ विधिपूर्वक आफ्ना कर्म गर्न आह्वान गरेको छ । श्रीमद्भागवत सप्ताह, चातुर्मास पुराणजस्ता धार्मिक कृत्यलाई अर्थोपार्जनका रुपमा प्रयोग गरी विधिविधानलाई बेवास्ता नगर्नसमेत पण्डितलाई सचेत गराएको छ ।

सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रा डा माधव भट्टराई, कार्यक्रम संयोजक पवित्रबहादुर खड्का, प्राध्यापक श्रीकृष्ण अधिकारी लगायतले पण्डितले राष्ट्र र समाजको नेतृत्व गर्ने गरी आफ्नो ज्ञान र क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा पूर्व राज्यमन्त्री कान्ता भट्टराईले ‘वर्तमान कानूनमा व्यवस्था भएका धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ‘धार्मिक क्षेत्रमा देखिएका समस्या’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । दुवै कार्यपत्रमाथि छलफल गरी आज घोषणापत्र जारी गरिएको हो ।

यसअघिका चार वटा सम्मेलनले पारित गरेका घोषणा पत्रको कार्यान्वयनका विषयमा धर्मसभाका अध्यक्ष भट्टराईले पनि आज कार्यपत्र प्रस्तुत गर्नुभयो । सहभागीले उठाउनुभएका धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम लगायतले जवाफ दिनुभएको थियो ।

सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढीको सहभागिता थियो । सम्मेलनमा भाग लिन भारतबाट ३० जना पण्डितको समूहसमेत आएका थिए । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । काजकिरिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा सहभागीले जोड दिएका थिए ।

बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनले यसअघि नै जारी गरेको पण्डितको आचारसंहिता पालनाका लागि सरकारीस्तरबाट नीतिगत व्यवस्था गर्न पनि सहभागीले माग गरेका छन् ।

अच्युत रेग्मी, काठमाडौ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आइतबारदेखि देशभर सञ्चालन हुने भएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा भोलिदेखि उक्त अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन हुन लागेको हो ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ । यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन ।

अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरी प्रवक्ता सुवेदीको भनाइ छ । विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास नेपाल प्रहरीले लिएको छ ।

सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पुरा गर्न समेत यो अभियानले सहयोग पुग्ने प्रवक्ता सुवेदीले बताउनुभयो ।

कार्यक्रम ७५३ स्थानीय तहसम्म लैजाने गरी अगाडि बढाइएको छ । १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न हुने प्रहरीले जनाएको छ । प्रहरीले परिणाममुखी काम गर्ने योजनाका साथ नयाँ अवधारणा ल्याएकाले सम्बन्धित मन्त्रालय र स्थानीय तहबाट आवश्यक सहयोगको लागि अनुरोध समेत गरेको छ ।

अभियान सफल बनाउन टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम सँगसँगै जानेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने योजना प्रहरीले अगाडि सारेको छ ।

कार्यक्रम शुरु गर्न रु एक करोड ९२ लाख तथा एक वर्षको कार्यक्रम सञ्चालन गर्न रु १७ करोड बजेट लाग्ने अनुमान गरिएको छ । यस्तै दीर्घकालीन योजनानुसार रु ४३ करोड बजेट लाग्ने अनुमान प्रहरीको छ ।

यस्तै प्रहरीले अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले राष्ट्रिय संयोजन र व्यवस्थापनको काम गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति निर्माण हुनेछ । यस्तै समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति निर्माण हुनेछ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्व रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहने छन् । उक्त संयन्त्रमा विभिन्न सामाजिक सङ्घसंस्था रहनेछन् ।

अभियानलाई देशभर सञ्चालन गर्न तथा पु-याउन सञ्चार माध्यमको ठूलो भूमिका रहेको भन्दै नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय समाचार समिति (रासस) मिडिया साझेदारको रुपमा समावेश गरिएको छ ।

लागू हुन लागेको कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्नेछ । प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान गर्नेछ ।

त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई सफल पार्न पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर जानकारी गराइने छ । प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरेर सचेतना बढाइनेछ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा, गृहसचिवलगायत विभिन्न मन्त्रालयका सचिव एवं सरोकारवाला निकायसमक्ष असोज २७ गते नै अवधारणापत्र प्रस्तुत गरिसक्नुभएको छ । उक्त अवधारणापत्रअनुसार कात्तिक ११ अर्थात् भोलिदेखि सञ्चालन गर्न लागिएको हो ।

कार्यक्रमको केन्द्रमा गृहमन्त्रीको प्रमुख आतिथ्य, प्रदेशमा मुख्यमन्त्रीको प्रमुख आतिथ्य र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको प्रमुख आतिथ्यतामा एकैपटक सुरु हुनेछ र विस्तारै स्थानीय तह, वडा र विद्यालयसम्म जानेछ । प्रहरीले कार्यक्रम सञ्चालनका लागि स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग सम्झौता गरिसकेको जनाएको छ ।

१० कार्तिक, काठमाडौँ । दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ ।

हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिनुभयो । मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए ।

नुवाकोट । तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’ गर्न भएको समझदारीअनुसार कृषि क्षेत्रको विज्ञ सम्मिलित पाँच जनाको टोली नुवाकोट आएको हो ।

टोलीमा कृषि प्रविधि सहयोग परियोजना, नेपाल उत्तरी हिमाली क्षेत्र तिब्बत कृषि योजना प्रतिष्ठानका प्राध्यापक गेसाङ डुञ्चुसहित तरकारी, बाख्रा, ट्राउट माछा र घाँसका विज्ञ सम्मिलित छन् ।

टोलीले यहाँको कृषि ज्ञान केन्द्र, पशु सेवा केन्द्र, उपोष्ण प्रदेशीय बागवानी फार्म, भेडा अनुवांशिक श्रोतकेन्द्र, मस्य अनुसन्धान केन्द्र लगायतबाट प्रवाह हुँदै आएको सेवा र जिल्लामा सञ्चालनमा रहेका कृषि र कृषि सहायतासम्बन्धी कार्यक्रमको बारेमा चासो लिएका छन् ।

टोलीले नेपाल सरकारसँग भएको समझदारी एवं सम्झौताअनुसार यहाँको कृषि क्षेत्रको अध्ययन र अनुसन्धान गरी तरकारी, फलफूल, ट्राउट माछा, बाख्रा, कुखुरालगायतको प्रवद्र्धनमा जोड दिन चासो देखाएको कृषि ज्ञान केन्द्रका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।

उहाँको अनुसार टोलीले सञ्चालन गर्न लागेको कार्यक्रमका लागि अध्ययनपश्चात बजेट र सञ्चालित योजनालाई अन्तिमरुप दिने जानकारी गराएका छन् । “सन् २०१९ जनावरीदेखि सञ्चालन गर्न लागेको कार्यक्रम नेपाल सरकारसँग साझेदारी गरी यहाँको हावापानीअनुसार चीनमा उत्पादन हुँदै आएको कृषि, पक्षी र माछा खेतीमा लगानी गर्न चासो देखाएका छन्”–उहाँले भन्नुभयो, “उन्नत जातको बीउ, व्यावसायिक किसानलाई तालीम, प्रविधि प्रदानलगायतमा सहयोग गर्ने स्वरुपका कार्यक्रम सञ्चालन हुने चिनियाँ टोलीले बताएका छन् ।”

यहाँ उत्पादन हुने कृषि उब्जनी चीनमा निर्यात गर्न चाहेकाले उत्पादनको दर र गुणस्तर वृद्धि गराउन किसानलाई प्राविधिक सहयोग कार्यक्रमलाई उनीहरुले प्रथामिकता दिने अध्ययनको क्रममा बताएका छन् ।

चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीसँग जोडिएको रसुवा जिल्ला र यसको आसपासमा पर्ने नुवाकोट र सिन्धुपाल्चोकमा एकैसाथ सञ्चालन गर्न लागिएको कार्यक्रम किसानको मागअनुसार अघि बढाउने र त्यो पहिलो चरणमा तीन वर्षसम्मको लागी तय गरिएको चिनियाँ प्रतिनिधि मण्डलको टोली संयोजक एवं कृषि प्रविधि सहयोग परियोजनाका प्रतिनिधि प्रा गेसाङले बताउनुभयो । टोलीले नुवाकोटपछि रसुवा र सिन्धुपाल्चोकमा अध्ययन गर्ने जनाएको छ ।

काठमाडौं । निर्मला पन्त बलात्कारपछिको हत्या प्रकारणमा निलम्बित कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट तथा निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा निर्मला पन्त बलात्कारपछिको हत्या प्रकारणमा निलम्बित कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट तथा निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो । गएको साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए । पछिल्लो पटक सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुबैले लापरवाही नभएको दाबी गरेका थिए ।

तर, दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घटनमा प्रहरीबाट चरम लापरवाही, गैर व्यवसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार गरी अनुसन्धानमा पालना गर्नुपर्ने सामान्य कानुनी व्यवस्थासमेत पालाना नभएको पाइएको छ ।

८ कार्तिक, नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनमा विद्युतीय तार विस्तारको काम अघि बढाएको छ । त्यसको लागी नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्म पर्ने १७ वटा खम्बामा बुधबार देखि काम अघि बढाएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाका सहायक निर्देशक नारायण आचार्यले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पहिलो चरणमा यही बुधबारदेखि विद्युतीय तार विस्तारको काम सूर्यमतीबाट चतुरालेहुदै थानसिंहसम्मको खम्बा नं. २४ दशमलव १ देखि ३० नं. सम्म तार विस्तारको अघि बढाइएको छ । चिनियाँ प्राविधिकहरु ल्याएर ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)ले कार्यक्षेत्रमा काम जारी राखेको छ । कम्पनीले सूर्यमतिको पाण्डेगाँउ र ककनीको लामागाँउबाट एकैसाथ १७ वटा खम्बारमा उपकरणको सहायताले र प्राविधिक मार्फत काम जारी राखेको छ ।

नुवाकोट र रसुवामा उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाईनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडानको काम थालिएको हो ।

२२० केभीको ‘डबल’ सर्किट प्रसारण लाइनमा पर्ने १४० वटा खम्बामध्ये अधिकांशको निर्माण भइसकेको र बाँकी केहीको फाउण्डेशन तयार भइसकेकाले टावर ठड्याउन मात्र बाँकी रहेको निर्माणको समन्वयन र ब्यवस्थापनको जिम्मेवारी पाएको थ्री ‘ए’ आयोजनाका सहायक निर्देशक आचार्यले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार प्रशारण लाइनमा मुख्य जटिल र कठिनाई मानिने खम्बा निर्माणको काम पूरा भएकाले अब विद्युतीय प्रशारण लाइनलाई पनि जतिसक्दो तोकिएको समयभित्र पूरा गर्नको लागी तिव्र बनाइएको छ ।
प्रशारण लाइन निर्माणमा स्थानीयबासीको अबरोध, मुआब्जा निर्धारणमा ढिलाई र सामुदायिक वनक्षेत्र उपभोग गर्न उत्पन्न कठिनाईका समस्याका समाधान भएसँगै तोकिएको मितिमा प्रशारण लाइन पूरा हुने निश्चित बनेको उहाँले बताउनुभएके छ । त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्नको लागी विद्युत प्रशारण लाइन निर्माणको काम तोकिएको समयमा पूरा गर्नुपर्ने बाध्यता भएकाले ठेकेदारलाई काम छिटो गर्न दबाब दिइरहेको र अहिलेसम्मको काम पनि सन्तोषजनक रहेको उहाँले बताउनुभएको छ ।

प्रशारण लाइन निर्माणको काम अगामी पुस १५ गतेभित्र सक्नुपर्ने जिम्मेवारी ठेकेदारलाई कम्पनी सिडब्लुईलाई दिइएको र त्यो मितिमा काम सम्पन्न गर्न सक्नेगरी निर्माणको काम भइरहेको माथिल्लो त्रिशूली थ्रि ए आयोजनाका सहायक निर्देशक आचार्यले बताउनुभएको छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाबाट सन् २०१९ फेब्रुअरी ९ तारिख अर्थात २०७५ माघ २६ मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादनको योजना बनाइएकाले त्यो अवधि अगावै त्रिशूली–काठमाडौँ प्रशारण लाइन पूरा गर्नुपर्ने बाध्यकारी अबस्था रहेका छ । नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत त्रिशूली–काठमाडौँ प्रशारण लाइनको एकै ‘हब’ मार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किलोमिटर प्रसारण लाइन निर्माण कार्यलाई महत्वको रुपमा लिइएको छ ।

प्रशारण लाइन निर्माणमा यही आयोजना अन्तरगत नेपालमा पहिलो पटक काठमाडौको मातातिर्थदेखि केन्द्रीय प्रशारण लाइनको स्टेशनसम्म एह हजार ३०० मिटर दुरीको विद्युतीय तार विस्तारको काम भूमिगत अर्थात अन्डरग्राउण्ड बनाएर बिछ्याउन लागिएको छ ।

प्रसारण लाइनमार्फत नुवाकोट र रसुवाका दुई जिल्मा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’, मध्ये त्रिशूली गंगा, गल्छी–त्रिशूलीसहित सानाठूला गरी तीन दर्जन भन्दाबढी आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत प्राधिकरणको योजना छ ।

प्रशारण लाइन निर्माणको लागी रु दुई अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।