असहाय गर्भवतीलाई ककनी गाँउपालिकाको सहयोग

कार्तिक १२, २०७५ मा प्रकाशित | 4039 views

१२ कार्तिक, नुवाकोट । यहाँको ककनी गाउँपालिकाले असाहय गर्भवती महिलालाई उद्धार गरेर उपचार गर्नलाई वीर अस्पताल काठमाडौसम्म  पुर्याएको छ ।

ककनी गाउँपालिका वडा नम्बर ७ चतुरालेका बुङ्गी तामाङलाई गाउँपालिकाले १५ हजार रुपैयाँ उपलव्ध गराई एम्बुलेन्स मार्फत अस्पताल पुराइएको गाउँपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाले जानाकरी दिनुभयो । माइतीमा नै बस्दै आउनुभएको उहाँलाई विभिन्न रोगले सताएको र आर्थिक स्थिति कमजोर भएका कारण उहाँलाई आर्थिक सहयोग गरिएको वडा अध्यक्ष पुष्कर बोगटीले बताउनुभयो ।

वडा नंं ७ का कार्यालय सहायक अरुणराज पाठकको अनुसार वडा कार्यालयले वडाभित्र रहेका असहाय, अशक्त तथा आर्थिक स्थितिले कमजोर भएकाहरुलाई आर्थिक सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ भने त्यसमा गाँउपालिकाको अध्यक्ष मानबादुर लामा, उपाध्यक्ष सिता खतिवडा लगायतले समेत उल्लेख्य रुपमा सहयोग पुर्याउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web