लागु औषधबाट छुटेको ६ महिना नपुग्दै किशोरी समाउन पुगेपछि…

८ कार्तिक, नुवाकोट । यहाँको एक किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका वडा नं. ९ का प्रदिप बिसुन्केलाई पक्राउ गरेको छ ।

यही कार्तिक १ गते साथीको घरमा गएर फर्कदै गरेकी किशोरीलाई बाटोमा दुब्र्यबहार गरी जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा २२ वर्षका बिसुन्केलाई बिहीबार जिल्ला अदालतमा मुद्धा दर्ता गरी थुनामा राख्न तीन दिनको म्याद लिएको छ ।

दशै पर्वको समयमा अदालत बिदा भएकाले ‘तत्काल पक्राउ पूर्जी’ दिएर नियन्त्रणमा लिएको उनलाई कारबाहीको लागी अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले जानकारी दिनुभएको छ ।

स्थानीयबासीको सहयोगमा करणी हुनबाट उम्किएकी पीडित किशोरीले दिएको उजुरीको आधारमा बिसुन्केलाई जबरजस्ती करणी उद्योग अभियोगमा घटनाभए लगत्तै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार बिसुन्के छ महिना अघिमात्रै लागु औषध ओसारपसार अभियोगमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए । उक्त अभियोगको मुद्धामा उनी जिल्ला अदालत नुवाकोटबाट धरौटीमा छुटेर तारिख धाउदै आएका थिए ।

दशैको समयमा नुवाकोटमा १८३३ गाडी कारबाहीमा, १४ लाख राजश्व संकलन

८ असोज, नुवाकोट । दशै पर्वको समयमा नुवाकोटमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका एक हजार ८०० भन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका ती सवारीका चालकबाट करीब रु १४ लाख जरिवाना (राजश्व) संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दशै पर्व सुरु भएको घटस्थापना (असोज २४ गते) देखि कोजाग्रत पूर्णिमा (कार्तिक ७ गते)सम्मको अवधिमा नुवाकोटको विभिन्न स्थानमा गरिएको चेकजाँच तथा निरीक्षणमा एक हजार ८३३ वटा सवारी र त्यसको चालक कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शम्भुबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार ती सवारी साधनका चालकलाई रु ५०० देखि रु एक हजार ५०० सम्म गरिएको जरिवानाबाट रु १३ लाख ९५ हजार राजश्व संकलन भएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन भने त्यसपछि बस रहेका छन् ।

जिल्लाको विभिन्न स्थानमा दशै पर्वको समयमा गरिएको चेकजाँचको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने, सवारी चालक अनुमतिपत्र र बिलबुक नभएको, क्षमताभन्दा बढी यात्रु राखेर ओहोरदोहोर गर्ने, मादक पदार्थ सेवन गर्ने, तोकिएको भन्दाबढी भाडा असुल गर्ने, तिव्र गतिमा सवारी चलाउने लगायतको ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीको अनुसार चाडपर्वको समयमा विभिन्न स्थानमा बसेर सवारी सञ्चालन सम्बन्धि नियम तथा जनचेतना मूलक कार्यक्रम मार्फत चालक, सहचालक र यात्रुहरुलाई सजग समेत गराइएको छ ।

दशै पर्वमा जिल्लामा सवारी दुर्घटना लिखु–३ सूर्यमतीमा माइक्रो दुर्घटना हुदाँ पाँचजना सामान्य घाइते भएपनि अन्य अप्रिय घटना केही नभएको प्रहरीले जनाएको छ ।

कुर्दिस्तानका नेपालीहरुले शुभकामना, नाचगान र नेपाली खाना सहित एकसाथ मनाए बडा दसैं

काठमाडौं ।

बैदेशिक रोजगारिको क्रममा कुर्दिस्तानमा रहेका नेपालीहरुले सामुहिक रुपमा भेला भएर बडा दशैंको शुभकामना आदानप्रदान सहित नाचगान र नेपाली परिकार सहित बडा दसैं मनाएका छन् ।

प्रवासी नेपाली एकता समाज कुर्दिस्तानको आयोजनामा भएको बिजया दशमी तथा शुभदिपावली कार्यक्रम २०७५ भव्यताका साथ सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

ईराक तथा कुर्दिस्तानमा रहेर नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायक गायिका सहित चर्चित मेन्दोमाया गायक लगायत सेलो गायिकाहरु र राष्ट्रिय स्तरका लोक गायकहरुको उपस्थितिमा कार्यक्रम नाचगान सहित सम्पन्न भएको हो । सहभागीहरुलाई नेपाली डिजे नरेश तामागंले आधुनिक गितसंगितको संयोजन सहित नचाएका थिए ।

बडा दशैंको टिकाको दिन भएको कार्यक्रम कुर्दिस्तानको होली नवरज हलमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सिटि एक्सप्रेस र मकवानपुर समृद्धि शिखर समाजले सह प्रायोजन गरेको थियो ।

कार्यक्रमको अध्यक्ष आयोजक संस्थाका अध्यक्ष समेत रहेका नविन कुमार लामा, सभापतिमा सलाम सिंह लामा र प्रमुख अतिथिमा नेपाल तामागं घेदुगं कुर्दिस्तानका अध्यक्ष नुरी लामा रहनुभएको थियो ।

यसैगरि कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव रञ्जिब कुमार लामाले गर्नुभएको थियो भने कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विभिन्न संस्थाका पदाधिकारी सहित विभिन्न कम्पनी तथा सुभेच्छुकहरुको सहभागीता रहेको थियो ।

भव्य रुपमा सम्पन्न कार्यक्रमलाई सफल बनाउन उपस्थिति तथा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिंदै आयोजक संस्था प्रवासी नेपाली एकता समाज कुर्दिस्तानका अध्यक्ष नविन कुमार लामाले आगामी दिनमा समेत सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रमको थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

तुप्चेमा साँकृतिक कार्यक्रम आयोजना, स्वदेश तथा विदेशका कलाकार सहभागि हुने

७ कार्तिक, नुवाकोट । तिहार पर्वलाई लक्षित गर्दै यो वर्ष पनि नुवाकोटको विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा बृहत्त सास्कृतिक कार्यक्रम हुने भएको छ ।

तुप्चेमा लामो समयदेखि क्रियाशिल रहेको न्यू तुप्चे युवा क्लबको आयोजनामा हुन लागेको साँकृतिक कार्यक्रम यो चौथो पटक हो ।

साँस्कृतिक पर्वको रुपमा समेत मनाइने तिहार पर्वलाई लक्षित गरी सञ्चालन गर्न लागिएको चौथो बृहत्त सास्कृतिक कार्यक्रम आगामी कार्तिक १९ गते काग तिहारको दिन सोमबार अपरान्ह १ बजेबाट सुरु गरी राती अबेरसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष दिनेश बोगटीले जानकारी दिनुभयो ।

सामाजिक क्षेत्रमा क्रियाशिल भएर विभिन्न सेवा पुर्याउदै आएको उक्त क्लबले यसअघि तिहार पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको साँस्कृतिक कार्यक्रमले पाएको सफलताको कारण यो पटक पनि नेपालमा चर्चित रहेका कलाकार, गायक, डान्सर मार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

यो पटकको कार्यक्रममा प्रथम नेपाल आइडललका सेकेन्ड रनरअप्रताप दास, लोक गायन क्षेत्रमा चर्चित कलाकारहरु प्रकाश सपुत, प्रिति आले, चर्चित मोडल पुसन लामा, भारतीय टेलिभिजन स्टार प्लस मार्फत प्रशारण हुने डान्स प्लसको दोश्रो सत्रको सेकेन्ड रनरअप वाइल्ड रिपर्स समूह लगायतको सहभागिता हुने आयोजक क्लबका सहसचिव आश्विन खड्काले जानकारी दिनुभयो । यसैगरी, कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुतलाई समावेश गरिएको छ ।

नुवाकोटमा अन्तराष्ट्रियस्तरका (भारत) कलाकार सहभागी भएर कार्यक्रम गर्न
लागेको निकै कम रहेकोमा न्यू तुप्चे युवा क्लबको आयोजनाको कार्यक्रमलाई
उत्कृष्ट मानिएको छ । साँस्कृतिक कार्यक्रमको सञ्चालन चर्चित आरजे राज
न्यौपानेले गर्ने तय भएको छ ।

यो कार्यक्रममा टपनेपाल न्यूज डटकम परिवार मिडिया पार्टनरको रुपमा रहेको छ ।

चुप्चेको अक्करे स्थित चण्डेश्वरी
माध्यामिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रम पूर्ण रुपमा परिवारिक
सहितको निकै मनोरञ्जनात्मक रहेको र अवलोकनको लागी निःशुल्क व्यबस्था
मिलाएकाले सहभागि हुन सबैलाई आह्वान गरिएको क्लबका सचिव सुदिप बोगटीले
बताउनुभयो ।

सहभागी हुने कलाकारहरु निम्न छन् अहिले नै परिचित बनौ ।

किस्पाङ गाँउपालिकास्तरीय फुटबल उपाधि गोङ्गा जनसेवा युवा क्लबलाई

कृष्णप्रसाद भट्ट
४ कार्तिक, भाल्चे । दशै पर्वको अवशरमा किस्पाङ गाँउपालिकामा सञ्चालित किस्पाङ गाँउपालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधी आयोजक गोङ्गा जनसेवा युवा क्लब नुचेतले जितेको छ । जल्जुखोला माविको प्राङ्गणमा आइतबार भएको फाइनलमा आयोजक गोङ्गा जनसेवा युवा क्लबले जल्जुखोला युथ क्लबलाई ३–१ गोलअन्तरले हराएको हो ।

प्रतियोगिताको बिजेत भएको गोङ्गा जनसेवाले नगद ५० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ भने दोश्रो भएको जल्जुखोला युथ क्लबले २५ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा तेश्रो भएको मानेगाँउ युथ क्लबले दश हजार नगद सहित प्रमाणपत्र पाएको छ । उत्कृष्ट भएको क्बललाई पुरस्कार प्रदान गर्दै गाँउपालिकाको अध्यक्ष छत्रबहादुर लामाले धार्मिक एवम् पर्यटकीय बस्ती किस्पाङमा फुटबल लगायतका खेलको माध्यमबाट खेल पर्यटनको समेत सम्भावना प्रयाप्त रहेको बताउनुभएको छ ।

उहाँले किस्पाङमा रहेको फुङफुङ झरना, सिङ्ला हिमाल, घुँगा भञ्याङ चउर, फिकुरी महादेव मन्दिर, पानसय खोला भेडा फार्म, विभिन्न जडिबुटी, कृषि उब्जनीले किस्पाङको पहिचान कायम गर्दै पर्यटकलाई आकर्षित गराउदै आएकोमा लगातार तेश्रोपटकसम्म गोङ्गा जनसेवा युवा क्लबले दशै पर्वको समयमा शुभकामना आदानप्रदान सहित खेलको माध्यमबाट पर्यटक प्रबद्धनमा पुर्याएको सहयोगका प्रशंसा गर्नुभएको छ ।

कार्यक्रममा आयोजक गोङ्गा जनसेवा युवा क्लबका अध्यक्ष वीरबहादुर वाइवाले हरेक वर्ष दशै पर्वको समयमा गाँउपालिकास्तरीय क्लब फुटबल प्रतिस्पर्धा गराउदै आएकाले प्रतियोगितालाई आगामी दिनमा अझ बृहत्त बनाएर सञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ ।

कार्यक्रममा किस्पाङ गाँउपालिका वडा नं. १ का वडाध्यक्ष आइते घले, वडा न . ३ का वडाध्यक्ष अमृतबहादुर तामाङ, वडा नं. ४ का वडाध्यक्ष एकराज घले, जल्जुखोला माविका प्रअ चिनिमायाँ तामाङ, आयोजक गोङ्गा जनसेवा युवा क्लबका प्रतियोगिता संयोजक बिजय घले, टिम व्यवस्थापक उत्तम तामाङ र दिलिप तामाङ लगायतको सहभागिता रहेको थियो ।

नवस्टार युवा क्लबलाई उपाधि

७ कार्तिक, सामरी । कन्यास्थान युवा क्लबको आयोजनामा म्यागङ गाँउपालिका वडा नं. ६ सामरीको भङ्गेरीडाँडामा सञ्चालन भएको फुटबल प्रतियोगिताको उपाधी नवस्टार युवा क्लब पोखरीले जितेको छ ।

मंगलबार भएको फाइनलमा खेलमा नवोबुद्ध युवा क्लब बैखुण्डेलाई २–० गोल अन्तरले हराउदै नवस्टार युवा क्लबले उपाधि जितेको हो । बिजेता नवस्टार युवा क्बललाई खेल समापन कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङले नगद ५० हजार रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

यसैगरी, दोश्रो भएको नबोबुद्ध युवा क्बलले नगद २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको तेश्रो स्थान नेत्रावती–डब्जङ्ग गाँउपालिका धादिङको चौतारा युवा क्लब भएको छ । तेश्रो भएको चौतार युवा क्बलले नगद दश हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र पाएको प्रतियोगिताको व्यबस्थापन वीरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी नवस्टार युवा क्लबका चतुरमान तामाङ, उत्कृष्ट गोलकिपर नवस्टार युवा क्लबका राजकुमार तामाङ, सर्वाधिक गोलकर्ता नवोबुद्ध युवा क्बलका डेभिड तामाङ घोषित हुनुभएको छ ।

सातौ खुल्ला नकआउट प्रतियोगिताको रुपमा गएको असोज २७ गतेदेखि सुरु भएको प्रतियोगितामा नुवाकोट र धादिङका विभिन्न २६ समूहको सहभागिता रहेको थियो ।

पत्रकारमाथि तेजाब प्रहार

७ कार्तिक, काठमाडौ । वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि मंगलबार  अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन् ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उहाँमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

७ कार्तिक, काठमाडौ ।  स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो । शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ ।

घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो । राई स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

त्रिशूली–काठमाडौँ २२० केभी प्रशारण लाइनको तार विस्तारको काम सुरु

७ कार्तिक, नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनमा विद्युतीय तार विस्तारको काम आजदेखि सुरु गर्न लागिएको छ । त्यसको लागी नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्म पर्ने १७ वटा खम्बामा कामगर्न लागिएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँको अनुसार पहिलो चरणमा विद्युतीय तार विस्तारको काम सूर्यमतीबाट चतुरालेहुदै थानसिंहसम्मको खम्बा नं. २४.१ देखि २९ नं. सम्म तार विस्तार गर्न प्राविधिकहरु ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)ले कार्यक्षेत्रमा पठाएको छ ।
नुवाकोट र रसुवामा उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाईनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडान गर्न लागिएको हो ।

२२० केभीको ‘डबल’ सर्किट प्रसारण लाइनमा पर्ने १४० वटा खम्बामध्ये अधिकांशको निर्माण भइसकेका छन् । बाँकी केहीको फाउण्डेशन तयार भइसकेकाले टावर ठड्याउन मात्र बाँकी रहेको निर्माणको समन्वयन र ब्यवस्थापनको जिम्मेवारी पाएको थ्री ‘ए’ आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिनुभयो ।

उहाँको अनुसार प्रशारण लाइनमा मुख्य जटिल र कठिनाई मानिने खम्बा निर्माणको काम पूरा भएकाले अब विद्युतीय प्रशारण लाइन विस्तारलाई तिव्रता दिन लागिएको छ ।
“प्रशारण लाइन निर्माणमा स्थानीयबासीको अबरोध, मुआब्जा निर्धारणमा ढिलाई र सामुदायिक वनक्षेत्र उपभोग गर्न उत्पन्न कठिनाईका समस्याका समाधान भएसँगै तोकिएको मितिमा प्रशारण लाइन पूरा हुने निश्चित बनेको छ ।” ज्याख्वाले भन्नुभयो “त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्नको लागी विद्युत प्रशारण लाइन निर्माणको काम तोकिएको समयमा पूरा गर्नुपर्ने बाध्यता भएकाले ठेकेदारलाई काम छिटो गर्न दबाब दिइरहेका छौ ।”

प्रशारण लाइन निर्माणको काम अगामी पुस १५ गतेभित्र सक्नुपर्ने जिम्मेवारी ठेकेदारलाई कम्पनी सिडब्लुईलाई दिइएको छ । उक्त मितिमा काम सम्पन्न गर्न सक्नेगरी निर्माणको हालको प्रगति सन्तोषजनक छ ।
माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाबाट सन् २०१९ फेब्रुअरी ९ तारिख ( विसं २०७५ माघ २६) मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादनको योजना बनाइएकाले सो अवधि अगावै त्रिशूली–काठमाडौँ प्रशारण लाइन पूरा गर्नुपर्ने बाध्यकारी अबस्था छ ।

नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत त्रिशूली–काठमाडौँ प्रशारण लाइनको एकै ‘हब’ मार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमि प्रसारण लाइन निर्माण कार्यलाई महत्वको रुपमा लिइएको छ ।
प्रशारण लाइन निर्माणमा यही आयोजना अन्तरगत नेपालमा पहिलो पटक काठमाडौको मातातिर्थदेखि केन्द्रीय प्रशारण लाइनको स्टेशनसम्म एक किमि दुरीको विद्युतीय तार विस्तारको काम भूमिगत (अन्डरग्राउण्ड)  रुपमा बिछ्याउन लागिएको छ ।

प्रसारण लाइनमार्फत नुवाकोट र रसुवाका दुई जिल्मा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’, मध्ये त्रिशूली गंगा, गल्छी–त्रिशूलीसहित सानाठूला गरी तीन दर्जन भन्दाबढी आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत प्राधिकरणको योजना छ ।
उक्त प्रशारण लाइन निर्माणको लागी रु दुई अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ ।

पाँच दिन विद्युत अबरुद्ध हुने :
आजदेखि सुरु गर्न लागिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रशारण लाइनको विद्युतीय तार विस्तारको काम सहज बनाउन नुवाकोटको विभिन्न स्थानमा पाँचदिन दिनभर विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण शाखाको अनुसार त्रिशूली–काठमाडौँ प्रशारण लाइनको विद्युतीय तार विस्तारको कार्य सञ्चालन अवधि आजदेखि आगामी आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

वितरण शाखाले जारी गरेको सूचना अनुसार देवीघाट जलविद्युत केन्द्र मार्फत वितरणहुदै आएको फिडर नं. ३ अन्तरगत पर्ने विदुर नगरपालिका वडा नं. २ शेरादेखि चतुराले, मदानपुर, ककनीहुदै ओखरपौवासम्मका एक हजार भन्दा बढी ग्राहकले उपभोग गर्ने विद्युत सेवा पाच दिन दैनिक नौ घण्टा बन्द हुनेछ ।

निशान घिमिरेको निर्देशनमा दर्शनाको यस्तो गीत (भिडियो)

७ कार्तिक , काठमाण्डौ  ।

१५ बर्षको उमेर सम्म आइ पुग्दा ५ दर्जन गीत मा आवाज दिइसकेकि गायीका दर्शना महर्जनले फरक स्वादको मसप गीत सार्वजनिक गरेकि छिन् । अंग्रेजी , हिन्दी र नेपाली हिट गीतहरु मिक्स गरी तयार गरिएको मसप गीतको भिडियो पनि निर्माण गरेर आफ्नै यूटुव च्यानल बाट सार्वजनीन गरेकि छिन् । ज्ञानेन्द्र शर्माको छायांकन एवं निशान घिमिरेको निर्देशन रहेको यो भिडियोलाइ सुरेन्द्र बसेलले कोरियोग्राफि गरेका छन् । यस्तै ७ वटा गीतलाइ एउटै गीतमा मसप बनाउन डिजेएलएक्स पौडेलले सहयोग गरेका छन् ।

मिठो श्वरकि धनि दर्शना भिडियोमा पनि आफै प्रस्तुत भएकि छिन् । सानै देखि बाल गीत गाउदै आएकि दर्शनाले आफ्नो सोलो एल्वम आमा नेपाल पनि सार्वजनिक गरिसकेकि छिन् । राष्ट्रकबि माधब प्रसाद घिमिरेको एल्वम मै मिरिमिचे मा समेत ४ वटा गीत मा आवाज दिएकि थिइन् ।

आफूलाइ मन पर्ने गीतहरु लाइ मसप गीतमा समेटेको दर्शना बताउछिन् । आफ्ना पिता नरेन्द्र महर्जनको प्रेरणाले गीत गायनमा आएकि दर्शनालाइ उनका बुबाले गायनमा सपोर्ट गरेका छन् । छोरीको रुचि र चाहना बुझेर उनको गायनलाइ अगाडि ल्याउन चाहन्छु महर्जन भन्छन् ।

हेरौ दर्शनाको यो मसप गीतको भिडियो ।

मन्त्री पद्मा अर्याललाई मातृ शोक

६ कार्तिक, काठमाडौ ।  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ ।

मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो । केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहनुभएकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो ।

स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्व अर्यालको आज रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मध्येबिन्दु बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

६ कार्तिक, काठमाडौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ ।

यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्ट, जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी र भारत विहार बस्ने विद्यानन्द यादव रहेका थिए ।

दुर्घटनामा घाइते भएका बाँकी ३५ मध्ये १५ जनालाई उपचारपश्चात् घर फर्काइएको र बाँकी २० को भरतपुरमा थप उपचार जारी रहेकोे प्रहरीको भनाइ छ । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस आइतबार बिहान करीब ५ बजेको समयमा दुर्घटनामा परेको थियो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web