क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

६ कार्तिक, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।

अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् ।

सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने भएका हुन् । क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन् ।

हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप आगामी पुस ४ गतेदेखि शुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् । यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन डिस्ट्रिक क्लबबाट २०१६–१७ मा प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए । सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए ।

यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडी बनेका सन्दीपले इन्डियन प्रिमियर लिगमा (आइपिएल) दिल्ली डेयरडेभिल्सबाट यसै सिजनमा खेलेका थिए ।

अष्ट्रेलियन लिगमा आबद्ध भएपछि सन्दीपले यो नेपाल र नेपालीका लागि गौरबको कुरा भएको प्रतिक्रिया दिएको उक्त वेबसाइटले जनाएको छ । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत आबद्ध भइसकेका छन् ।

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

५ कार्तिक, विदुर । दशैँ पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुदाँ नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् ।

फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा बढी भाडा र क्षमताभन्दा बढी यात्रु भएर यात्रा गर्न बाध्य भएका हुन् ।

यातायात व्यवसायीले दशैँ पर्वमा पर्याप्त सङ्ख्यामा गाडी सञ्चालनमा रहेको दाबी गरे पनि यात्रुको सङ्ख्यामा वृद्धि र गाडी नियमितभन्दा निकै कम सञ्चालन भएको जिल्ला प्रहरी प्रमुख (एसपी) वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्द रहेका टिकट काउन्टर अझै सञ्चालन नहुँदा जिल्लामा सञ्चालित नियमित गाडी निकै कम चलेको र ती गाडीले तोकिएको भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल गरेको सूचनाको आधारमा आइतबार एकैदिन २४९ सवारी साधन कारवाहीमा परेका छन् ।

ती सवारीबाट रु एक लाख ८१ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । सामान्य समयको भन्दा निकै कम सङ्ख्यामा गाडी चलेको अवस्थामा राजश्व सङ्कलन भने धेरै गुणा बढी भएको उहाँको भनाइ छ ।

दशैँको समयमा यात्रुको सङ्ख्या वृद्धि हुने भएकाले यातायात व्यवसायीसँग समन्वय गरी पर्याप्त सङ्ख्यामा गाडी सञ्चालन गराउन प्रशासनले पहल नगर्दा यात्रुले क्षमताभन्दा बढी यात्रु भएर आवतजावत गर्न र बढी भाडा तिर्न बाध्य भएको बेलकोटगढी नपा–६ का नवराज पनेरुले गुनासो गर्नुभयो ।

रसुवागढीमा झण्डोत्तोलन

५ कार्तिक, रसुवा । नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने उद्देश्यले झण्डाको स्तम्भ निर्माण गरी नेपाली सेना, मध्यपृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथी सुवर्णबहादुर शाहले झण्डोत्तोलन गर्नुभयो ।

नेपाली सेना ६ नं बाहिनी अड्डाको निर्देशनमा स्तम्भ निर्माण गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा कालीजङ्ग गणका सैनिक श्रमबाट स्तम्भ निर्माण भएको गणपति शीतल बानियाँले जानकारी दिनुभयो ।

साढे २८ फिट अग्लो झण्डाको स्तम्भका साथै नेपाल तिब्बत युद्धका बेला १९१२ मा भएको ऐतिहासिक विषयवस्तुसमेत स्तम्भको शिलामा राखिएको बताइएको छ । मल्लकालमै साधारण किल्लाको रुप दिइएको सो गढी बहादुर शाहका पालामा विसं १८४५ र १८४९ भोट र चीनसँगको लडाइँमा पनि प्रयोग भएको र विसं १९१२ मा जङ्गबहादुर राणाका पालामा फर्म बेसका रुपमा दुई महीना १३ दिन लगाएर निर्माण गरिएको बताइएको छ । नेपालले १८४५ को नेपाल भोट युद्ध, १८४९ को भोट चीन युद्ध र विसं १९१२÷१३ को अन्तिम युद्ध हुँदा सो गढीबाट आक्रमण र सुरक्षा गरिएको व्यहोरा नवस्थापित शिलापत्रमा उल्लेख गरिएको छ ।

कालीजङ्ग गणका गणपति बानियाँलगायत गण परिवारबाट धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण भएको र रसुवागढीमा स्तम्भसहितको झण्डा फहराइएको जस्ता महत्वपूर्ण योगदान भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

रसुवागढी प्रदेश नं ३ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा समुद्र सतहदेखि एक हजार ८१४ मिटरको उचाइमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लिन्दे र केरुङ खोलाको सङ्गम नजीक पर्छ । नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचोङ गम्पोसँग गरिँदा जन्ती जाने आउने क्रममा यही बाटो प्रयोग गरिएको थियो ।
विसं २०७२ वैशाखको गोरखा भूकम्पबाट क्षति पुगेको रसुवागढीका पूरै पर्खाल पुनःनिर्माण करीब ७० प्रतिशत सकिएको छ ।

जुवाडे छुटाउन नुवाकोटका सिडियो रातीसम्म कार्यालयमा

५ कार्तिक, विदुर । विदुर नगरपालिका वडा नं. ६ मान्द्रेढुङ्गामा जुवा (तास र कौडा) खेल्ने १३ जना जुवाडेलाई छुटाउन नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा सोमबार साँझ ६ : ३० बजेसम्म कार्यालयमा बस्नुभएको छ । उहाँ नुवाकोटमा प्रजिअ भएर आएको आधा वर्षको अवधिमा ५ बजेसम्म अर्थात अबेर साँझसम्म कार्यालयमा बसेर सेवा पुर्याएको यो पहिलो पटक हो ।

गत असोज २९ गते राती सोमबार तास खेलिरहेको समयमा पक्राउ परेका वडासदस्य सहितका १३ जनालाई नुवाकोट प्रहरीले थुनामा राखेर अनुसन्धान गर्नुको सट्टा त्यही समयमा जिम्मा जमानीमा छोडेर नुवाकोट प्रहरीको उच्च रहेको भूमिकाको बदनाम गरी सुरु गरेको घटनाक्रमलाई प्रमुख जिल्ला अधिकारी थापाले सोमबार साँझ साढे ६ बजेसम्म कार्यालयमा बसेर तास खेल्न संलग्नलाई घरधनीलाई ८ हजार र अन्य १२ जनालाई जनही चार हजार जरिवाना तिराएर छाड्नुभएको हो ।
यस सम्बन्धमा उहाँले दिउसो ३ बजेबाट नै मुद्धा हेर्न थालेकाले अबेर भएपनि फैसला गरेर छाडेको प्रतिक्रिया दिनुभयो । उहाँले मुद्धा हेर्दाहेर्दै राती भएको जनाएपनि सोमबार अपरान्ह उहाँको कार्यकक्षमा नेकपाबाट बिजयी भएका प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडा र विदुरमा प्रमुख सञ्जु पण्डितले उनीहरुलाई तत्काल छाड्न दबाब दिन पुग्नुभएको थियो ।

त्यसैको दबाब अथवा अन्य कुनै प्रलोभवनको फरक कारणको स्वार्थमा उहाँ अबेरसम्म कार्यालयमा बसेर जुवाडेलाई छुटाउनुभएको हो । सलग्नहरुलाई तास खेलेको स्वीकार्न लगाई मुद्धाको अनुसन्धान छिट्टोबाटोबाट सक्काएर जुवाडेको रुपमा जरिवाना तिराएर चाडै छुटाइएको हो ।

जुवाडेलाई नुवाकोट प्रहरीको पनि संरक्षण :
जुवाको खालबाट तास र कौडा सहित समातिएका १३ जना व्यक्तिबाट प्रहरीले तीन लाख ७१ हजार ५०० रुपैयाँ बरामद गरेको जनाएपनि को व्यक्तिको साथबाट कति रकम बरामद भएको भनेर उल्लेख गरेको छैन् । कानूनतः प्रहरीले घटनास्थलमा बरामद भएको रकम र साथबाट लिएको रकम को व्यक्तिको कति भनेर प्रष्ट रुपमा उल्लेख गर्नुपर्नेमा त्यो उल्लेख नगरी बरामद भएको रकम ठूलो परिणामको भएपनि त्यो अस्पष्ट छ । प्रहरीले भदौ १ देखि कार्यान्वयनमा आएको फौजदारी कानून अनुसार अभियुक्तलाई थुनामा नै राखेर अनुसन्धान गर्नु नपर्ने बुदाँमा टेकेर थुनामा नराखी राजनीतिक दबाब अथवा अरु कुनै स्वार्थमा जिम्मा जमानीमा छुटाएको थियो ।

असोज २९ गते राती पक्राउ परेकालाई प्रहरीले त्यसको भोलिपल्टै ३० गते जिम्मा जमानीमा छाडेको थियो भने सोही घटनामा संलग्न रहेका एक अभियुक्तले नुवाकोटका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बसन्तबहादुर कुंवरको हातबाट दशै टिका समेत लगाएको पाइएको छ । अभियुक्तलाई टिका लगाएर प्रहरी प्रमुख कुंवरले जुवाडेको संरक्षण मात्रै गरेनन् यही असोज ४ गते आइतबार र ५ गते सोमबार मुद्धाको अनुसन्धान मिसिल बुझाउन जिल्ला प्रशासन कार्यालय लैजादा जुवामुद्धाका अभियुक्तलाई प्रहरीले बिना हतकडी लगेका थिए ।

यसअघिका सबैजसो जुवा मुद्धाका अभियुक्तलाई प्रशासन तथा अदालतमा लैजादा हतकडी लगाएर लैजाने प्रहरीले यस घटनामा संल्गन १३ जना अभियुक्तलाई प्रशासनमा उपस्थित गराउदा हतकडी नलगाई खुला लैजानु अपराधीको संरक्षण र प्रश्रय गरेको बुझ्न सकिन्छ । यसैगरी प्रहरीले पक्राउ गरेको व्यक्तिको नाम समेत पत्रकारलाई विवरण दिने क्रममा गलत दिएको छ । व्यक्तिको परिचय र पहिचान बाहिर आएपछि बदनाम हुने भन्दै प्रहरीबाट नै पत्रकारलाई पक्राउ परेका जुवाडेको बास्तविक नाम नदिई फर्जी नाम दिएको पाइएको छ ।

पक्राउ पर्ने को को थिए :
गत असोज २९ गते राती विनपा–६ मान्द्रेढुङ्गका २९ वर्षीय श्यामबहादुर तामाङको घरमा तास खेल्ने क्रममा पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं. ६ का वडासदस्य समेत रहेका ३३ वर्षीय श्यामकृष्ण चालिसे लगायत रहेका छन् । पक्राउ पर्नेहरुको विवरण जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार निम्न रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पत्रकारलाई उपलब्ध गराएको विवरण जस्ताको तस्तै ।
१.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.६ बस्ने वर्ष २९ को श्याम बहादुर तामाङ (घर धनी )
२.जिल्ला रौतहट जिगडिया गा.पा.वडा नं.३ बस्ने वर्ष २३ को शेख अफराम ।
३. जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.२ बस्ने वर्ष ४१ को दिपक थापा मगर ।
४.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.५ बस्ने वर्ष ४१ को रुद्र बहादुर पौडेल ।
५.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.२ बस्ने वर्ष ३४ को पवनमान श्रेष्ठ ।
६.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.३४ को सुरज गिरी ।
७.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.१२ बस्ने वर्ष २८ को दिपक तामाङ ।
८.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.३७ को सफि खान ।
९.जिल्ला नुवाकोट लिखु गा.पा.वडा नं.४ बस्ने वर्ष ३७ को सन्तोष शाह ।
१०.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.२ बस्ने वर्ष ४९ को हरिकृष्ण अधिकारी ।
११.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.६ को बस्ने वर्ष ३३ को श्याममकृष्ण चालिसे ।
१२. जिल्ला नुवाकोट लिखु गा.पा.वडा नं.४ बस्ने वर्ष ४३ को राम शाह ।
१३.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.१२ बस्ने वर्ष ४६ को बिष्णु बहादुर तामाङ ।

निर्मला पन्त बलत्कार र हत्या प्रकरण : त्याहाँका एसपी र इन्स्पेक्टर बर्खास्त

४ कार्तिक, काठमाडौ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशन गर्न सिफारिस गरेको छ । सिफारिस कार्यान्वयन नै हुने कानूनी ब्यवस्था भएकाले उनी हट्ने अब निश्चित भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता उहाँले गृहमन्त्रालयले उक्त सिफारिशउपर आजै निर्णय हुने उहाँले बताउनुभयो ।

दशै चलचित्र : छक्का पञ्जा–३ र जयभोले सर्वाधिक रोजाइमा (भिडियो सहित)

-प्रकाश सिलवाल

‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाँही पढाइ पनि हुन्छ…’

सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न सक्छ तर यस्तै संवाद र कथावस्तुको सो चलचित्रले यसपटकको दशैँमा दर्शकको मन जित्न सफल भएको हो ।
यही अवधिमा प्रदर्शन भइरहेको अर्काे नेपाली चलचित्र ‘जयभोले’ ले पनि बजार पाएको छ । दुई घण्टा पच्चीस मिनेटको ‘छक्कापञ्जा–३’ र एक घण्टा ५५ मिटेनको ‘जयभोले’ले को टिकट काट्न राजधानी उपत्यकाका चलचित्र घरमा आज पनि दर्शकको लाइन देखिन्छ ।

सामाजिक यथार्थलाई जीवन्त र हास्य रससहित प्रस्तुत ‘छक्कापञ्जा–३’ प्रदर्शन शुरु भएदेखि १३औँ दिनसम्म पनि ‘हाउसफूल’ भइरहेको छ । हरेक दिन तीन पटक लाग्ने काठमाडौँ उपत्यकाका विभिन्न २० हल (मल)मा यी दुई चलचित्र हेर्नेको भीड देखिन्थ्यो । दुवै चलचित्रका कतिपय कलाकार उही भएपनि कथावस्तु र प्रस्तुतिमा भिन्नताका कारण दर्शकले दुबै चलचित्र हेर्न छोडेनन् । विदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम चलचित्र भएकाले पनि यी दुई चलचित्र चलेका देखिन्छन् ।

यस बीचमा चलेका कतिपय हिन्दी चलचित्रलाई भन्दा यी दुई नेपाली चलचित्रलाई दर्शकले रुचाएको पाइएको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले बताउनुभयो । ‘‘विगत चार वर्षदेखि दशैँका समयमा नेपाली चलचित्रको बजार बढ्न थालेको र यो क्रम यसपटक पनि जारी छ ।’’ पौडेलले भन्नुभयो ।

‘बक्स अफिस प्रणाली’का परामर्शदाता मनिष पण्डितका अनुसार ‘छक्कापञ्जा–३’ ले यसबीचमा राम्रो बजार लिएको छ ‘जयभोले’ले पनि यसलाई पछ्याइरहेको छ । सामाजिक सन्देशभित्र पनि ‘हे हे माधुरी पहिलो नम्बरमा, हाइ हाइ औँठी बैन्हा मारे मैले पहिलो नम्बरमा..’जस्ता मनोरञ्जनात्मक गीतसमेत यो चलचित्रमा समावेश छ । बक्स अफिस प्रणाली लागू भएपछि कुन चलचित्रले हालसम्म कति व्यापार गरेको छ भन्ने यकिन विवरण वितगमा जस्तो सार्वजनिक हुँदैन । निर्माता र निर्देशकले आफूखुशी धेरै व्यापार भएको प्रचार गर्ने तर चलचित्रको कर छली हुने सम्भावना रोक्न गत वैशाख १ गतेदेखि हरेक चलचित्र घरमा बक्स अफिसको सफ्टवेयर जडान गरेर ‘इ–टिकट’ अनिवार्य गरी एकीकृत सूचना सङ्कलन गरिन्छ ।

‘छक्कापञ्जा’ चलचित्रको शृङ्खलावद्ध प्रस्तुति भएकाले पनि दीपाश्री निरौलाको निर्देशन र कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का र दीपिका प्रसाईँलगायत कलाकार अभिनित ‘छक्कापञ्जा–३’ ले अहिलेको बजार लिएको देखिन्छ । घटस्थापनाका दिनदेखि चालू यो चलचित्रले बजार पाएको र दर्शकले माया गरेकामा प्रसन्न हुँदै निर्देशक निरौलाले भन्नुभयो, ‘सामाजिक चेतनाप्रधान विषयको नेपाली चलचित्रलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने देखिएको छ, यसबाट हामी उत्साहित छौँ ।’

फूलपातीका दिनदेखि चल्न शुरु गरेको अशोक शर्माको ‘जयभोले’ले युवाका विकृति, प्रेम र मनोरञ्जनका साथै जातीय विभेदविरुद्धका विषयवस्तुलाई समेटेको छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धी तामाङलगायत कलाकार रहेको यो चलचित्रमा प्रेमका लागि युवाहरुको आपसी द्वन्द्व र त्यसले निम्त्याएका गलत प्रवृत्ति उजगार गरेको छ ।

हुम्लामा गोलि चल्यो, एक जनाको मृत्यु

४ कार्तिक, सिमिकोट ।  बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

महतारालाई उक्त भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिनुभयो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भीरकोट नगरपालिकालाई चार रोपनी जग्गादान

४ कार्तिक, स्याङ्जा ।  स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् ।

भिरकोट नगरपालिकाको भवन निर्माणमा भिरकोट नपा–१ दार्सिङ भर्लाकुनामा रहेको जग्गा स्थानीय समाजसेवी भीमलाल कर्माचार्य, गोविन्दकुमार कर्माचार्य, फत्तबहादुर केसी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले संयुक्तरुपमा दिनुभएको हो ।

भिरकोट नगरपालिका–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता दीपेन्द्र केसीका अनुसार भीमलाल कर्माचार्यले एक रोपनी छ आना, गोविन्दकुमार कर्माचार्यले एक रोपनी छ आना, फत्तबहादुर केसीले एक रोपनी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले एक÷एक आना जग्गा उपलब्ध गराउनुभएको हो ।

स्थानीयवासीले निःशुल्करुपमा उपलब्ध गराउनुभएको उक्त जग्गा चलनचल्तीअनुसार दुई करोडभन्दा बढी मूल्य पर्ने नगर प्रवक्ता केसीले बताउनुभयो । “नगरपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्ति भएसँगै अब हामी भवन निर्माणतर्फ अघि बढेका छौँ,” प्रवक्ता केसीले भन्नुभयो, “चार रोपनी क्षेत्रफलमा फैलने उक्त भवन अत्याधुनिक किसिमको ३२ कोठाको हुनेछ ।”

निर्माण थालिएको दुई वर्षमा सक्ने गरी कूल नौ करोड ७७ लाखको लागतमा ठेक्का सम्झौता भई कामको थालनी भएको छ ।

बस दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

४ कार्तिक, मध्यविन्दु । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो । आज बिहान सोदुर्घटना हुँदा दुर्घटनास्थलमा पाँचजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन् । मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छ जना उपचारपछि घर फर्किएका छन् ।

दुवै आँखा नदेख्ने व्यक्तिलाई विदुरका मेयरबाट मासिक दुई हजार उपलब्ध

३ कार्तिक, नुवाकोट । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजारका दरले रु ३० हजार उपलब्ध गराउनुभएको छ ।

आफू प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट उहाँले विदुर नगरपालिका–९ लामाटारका न्यून दृष्टियुक्त व्यक्ति ९दुवै आँखा नदेख्ने० कृष्णबहादुर नेपालीलाई उक्त रकम उपलब्ध गराउनुभएको हो ।

“यो सेवा आफू जनप्रतिनिधि रहुञ्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु”, प्रमुख पण्डितले भन्नुभयो, “अब निरन्तर मासिकरुपमा रकम उपलब्ध गराउनेछु ।”

जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुवा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आउनुभएको छ ।

“सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो”, नेपालीले भन्नुभयो, “प्रमुखले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।”

नुवाकोटमा जुवा खेल्ने वडासदस्य सहित १३ जना पक्राउ (प्रहरीको विवरण सहित)

असोज, नुवाकोट । नुवाकोटको बट्टार बजारमा जुवा (तास र कौडा) खेलिरहेका तेह्र जना जुवाडेलाई करिब रु चार लाख सहित यही सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विदुर नगरपालिका–२ बट्टार स्थित २९ वर्षीय श्यामबहादुर तामाङ घरधनी सहित सोही स्थानका ४१ वर्षको दीपक थापामगर, ३४ वर्षीय पवनमान श्रेष्ठ, ४९ वर्षीय हरिकृष्ण अधिकारी, वडा नं. ४ का ३४ वर्षीय सुरज गिरी र ३७ वर्षीय सोफी खान, वडा नं. ५ का रुद्रबहादुर पौडेल रहेको जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो ।

यसैगरी पक्राउ पर्ने अन्यमा विदुर नगरपालिका वडा नं. ६ का वडासदस्य समेत रहेका ३३ वर्षीय श्यामकृष्ण चालिसे, वडा नं. १२ का ४६ वर्षीय विष्णुबहादुर तामाङ, लिखु गाँउपालिका–४ का ३७ वर्षीय सन्तोष शाह, ४३ वर्षीय राम शाह र रौतहटको परोह नगरपालिका–२ का २३ वर्षीय शेख अफराह रहेका छन् ।

उनीहरुलाई बट्टारबजार स्थित एक घरमा दुई समूहमा जुवाको रुपमा कौडा र तास खेलिरहेको अबस्थामा नगद तीन लाख ७१ हजार ५०० सहित नियन्त्रणमा लिएर जुवा ऐन अनुसार कारबाहीको लागी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तो छ प्रहरीको विवरण ।
मिति २०७५/६/२९ गते अ.२३:३० बजेको समयमा जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.६ स्थितमा ऐ.ऐ.बस्ने वर्ष २९ को श्याम बहादुर तामाङ समेतले निजकै आफनै घरमा खालमाबाजी थापी बाजीमा हारजित हुने गरी जुवा कौवडा र तास खेली खेलाई रहेको छ भन्ने ब्यहोराको प्राप्त सुचना अनुसार यस कार्यालयबाट प्र.नि.राजाराम खड्का समेतको कमाण्डमा आवश्यक प्रहरी टोली उक्त स्थानमा खटी गई निम्न स्थान बस्ने निम्न मानिसहरुले खालमा बाजी थापी बाजीमा हारजित हुने गरी जुवा कौवडा र तास खेली रहेको अवस्थामा निजहरुको साथबाट रु,३,७१,८०० ।-तिन लाख एखतर हजार आठ सय रुपैया नगद,कौवडा र तास समेत निम्न अनुसारको दशी तथा मानिसहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याई अनुसन्धान कार्य भई रहेको ब्यहोरा सादर जाहेर ।
निम्न :-
१.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.६ बस्ने वर्ष २९ को श्याम बहादुर तामाङ (घर धनी )
२.जिल्ला रौतहट जिगडिया गा.पा.वडा नं.३ बस्ने वर्ष २३ को शेख अफराम ।
३. जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.२ बस्ने वर्ष ४१ को दिपक थापा मगर ।
४.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.५ बस्ने वर्ष ४१ को रुद्र बहादुर पौडेल ।
५.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.२ बस्ने वर्ष ३४ को पवनमान श्रेष्ठ ।
६.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.३४ को सुरज गिरी ।
७.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.१२ बस्ने वर्ष २८ को दिपक तामाङ ।
८.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.३७ को सफि खान ।
९.जिल्ला नुवाकोट लिखु गा.पा.वडा नं.४ बस्ने वर्ष ३७ को सन्तोष शाह ।
१०.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.२ बस्ने वर्ष ४९ को हरिकृष्ण अधिकारी ।
११.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.६ को बस्ने वर्ष ३३ को श्याममकृष्ण चालिसे ।
१२. जिल्ला नुवाकोट लिखु गा.पा.वडा नं.४ बस्ने वर्ष ४३ को राम शाह ।
१३.जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.१२ बस्ने वर्ष ४६ को बिष्णु बहादुर तामाङ ।

अब नेपाली नागरिकताको विवरण हेर्न सकिने

३ कार्तिक, काठमाडौ । सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ ।

गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालयको केन्द्रीय सर्भरमा रहेको नागरिकताको विवरणमा हेर्नमा पहुँच प्रदान गरिएको हो ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०४४ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६४ को व्यवस्था बमोजिम गृह मन्त्रालयले तयार पारेको उक्त कार्यविधि गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गर्नुभएको हो ।

नागरिकता प्रमाणपत्रको आधारमा सेवा प्रवाह गर्दा नागरिकता प्रमाणपत्रको प्रमाणीकरण गर्नुपर्ने भएमा केन्द्रीय डेटावेस सर्भरमा भएको विवरण हेर्न सकिने छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको केन्द्रीय सर्भरको विवरणमा नागरिकता, राहदानी, यात्रा, दस्तावेज र घरजग्गालगायत भूमि व्यवस्थापन बैंकिङ तथा वित्तीय कारोवार, पञ्जिकरण÷व्यक्तिगत घटना दर्ता गर्ने निकायलाई मात्र हेर्ने पहुँच प्रदान गरिएको छ ।

निर्देशिका अनुसार सम्बन्धित निकायका प्रमुखको सिफारिसमा मात्र नागरिकताको विवरण हेर्न पाइनेछ । पहुँच आवश्यक पर्नुको कारण पनि स्पष्ट खुल्नुपर्नेछ ।

त्यसैगरी प्रमाणीकरण तथा सिफारिस, उद्योग, व्यवसाय र रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका अत्यावश्यक क्षेत्र, न्यायिक निरुपण, अनुसन्धानका क्षेत्र, नागरिकताको प्रमाणपत्र र आवश्यक पर्ने अन्य क्षेत्रलाई पनि विवरण हेर्ने मात्र अनुमति हुनेछ ।

सेवा प्रदायक निकायलाई हेर्नेमात्र पहुँच एक आर्थिक वर्षका लागि मात्र प्रदान गरिने र अर्को आव सुरु भएको तीन महिनाभित्र म्याद थपको आवेदन भएमा मात्र पुनःपहुँच प्रदान गरिने निर्देशिकामा उल्लेख छ ।
नागरिकताको विवरण संवेदनशील विषय भएकाले त्यसको दुरुपयोग हुन नदिन गृह मन्त्रालयले नियमित अनुगमन गर्नुका साथै त्यसो गरेको पाइए तत्काल पहुँच अन्त्य गरी कानूनी कारवाही गर्ने प्रावधान पनि निर्देशिकामा समावेश गरिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web