३ कार्तिक, काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारेकी छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता लिनपनि सकिन्छ । हाम्रा मागहरुपनि छन्, यदि ती पूरा भएनन् भने हामी छठपछि हामी निर्णय लिन्छौं ।’

संविधानलाई लिएर एउटै देशमा कतै दिपावली र कतै कालो दिवस मनाउँदा मुलुक समृद्ध हुन नसक्ने उनको ठोकुवा छ । उनले भनिन्, ‘संविधानमा अहिलेपनि हाम्रो असहमति छ । संविधान संशोधनको लागि मधेशमा विद्रोह भयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ । एउटै देशमा संविधान दिवसको दिनमा कतै दिपावली मनाउने र कतै कालो दिवस मनाईएको छ । यसले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपाली भन्ने उद्देश्य पनि पूरा हुँदैन् । मुलुकको विकासको लागि सबैलाई समेट्नुपर्छ ।’

मधेश आन्दोलनका क्रममा सहिद भएका, घाईते, अपांग भएकाहरुलाई अहिलेसम्मपनि सरकारले केही नगरेको उनले गुनासो पोखिन् । उनले भनिन्, ‘आन्दोलनको क्रममा सयौं हाम्रा नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाईएको छ । अहिलेसम्म खारेजी गरिएको छैन् । सरकारसँग हामीले बारम्बार यही कुरा उठाउँदै आएका छौं । संविधान संशोधन गर्न र झुठा मुद्दा फिर्तालगायत अन्य मागहरु पूरा गराउनको लागि सरकारलाई समर्थन दिएका हौं । र, जुन अहिलेपनि जारी छ ।’

उनले बहुमत प्राप्त सरकार भएकोले उसले गरेका निर्णयहरु आफूहरुलाई मान्य भएको सुनाईन् । यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हैकमीवादी रुपमा अगाडि बढेको पनि आरोप लगाईन् । उनले भनिन्, ‘विद्येयक ल्याउँदापनि नामको लागि छलफल गरियो, तर बहुमतको दम्भका आधारमा पारित गरियो ।’

२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी रहेको सुनाउँदै उनले भनिन्, ‘२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी छ । जनसंख्याको आधारमा बजेटको वर्गीकरण गरियोस भन्यौं तर त्यो पनि भएन । विगतमा जे हुन्थ्यो त्यही भयो ।’

त्यस्तै उनले मुलुकमा पछिल्लो समय दिनहुँ महिला हिंसा, हत्या र बलात्कारजस्तो सामाजिक अपराधका घट्नाहरु बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘सरकारले अहिलेसम्म बलात्कारीजस्ता अपराधीहरुलाई पत्ता लगाउन सकेको छैन् । ठूलाबडाको मान्छेहरु बचाउने, संरक्षण गर्ने काम भएकोे अहिलेसम्म हिंसामा संलग्न व्यक्तिहरु सार्वजनिक हुन सकेका छैनन् । यसमा गृह मन्त्रालयको असफलता छ । प्रधानमन्त्रीजस्तो मान्छे संयुक्त राष्ट्रसंघमा गएर बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन १२ वर्षपनि लाग्न सक्छ भन्नुभयो । १२ वर्ष किन लाग्छ ? हामी १२ दिनमा खोजौं न । यसरी हेर्दा सरकारले यसमा विशेष ध्यान दिएको छैनजस्तो मलाई लागेको छ ।’

सरकार कुनैपनि हालतमा सफल नभएको उनको दाबी छ । उनले भनिन्, ‘अहिले कुनै चिजको निश्कर्ष सकारात्मक आएको छैन् । सरकार अहिले बहुमतले सफल छ । तर, काम र परिणामको हिसाबले पूर्ण असफल देखिरहेको छ । सरकारको गतिवधि र कामहरु हेर्दा असफलताको दिशातर्फ उन्मुख छ ।’

देशमा अहिले मधेशको मुद्दामात्रै नभएर आम जनतापनि सुरक्षित नरहेको उनले गुनासो पोखिन् । उनले भनिन्, ‘आम जनतापनि अहिले सुरक्षित छैनन् । सुरक्षा निकाय कमजोर भैरहेको छ। म्हिला तथा युवतीहरु सुरक्षित छैनन् । मुलुकमा रोजगारी छैन । अहिलेसम्म बृद्धबृद्धाहरुलाई केही राहत भएन् । भक्ता पनि बढाईएन् । सहायतापनि दिईएन् । एसिड प्रहार गरेर महिलाहरु मारिएका छन, त्यहाँ क्षतिपूर्ति पुगेको छैन् ।’

३ कार्तिक, महोत्तरी । आठ (८) महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । घटना लगत्तै पहिचान भइसकेका भनिएका अभियुक्तलाई पक्राउ गर्न नसकेपछि प्रहरी प्रशासनको आलोचना हुँदै आएको थियो । ८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त साह प्रदेश नम्बर १ स्थित मोरङको भण्टाबारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

महोत्तरीको भंगहा प्रहरी चौकीमा केहि महिना अघि इन्चार्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरी चोकीमा कार्यरत रहेको र उनकै टोलीले भरत साहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगि बलात्कारपछि हत्या गरेर आप बगैचामा फालेका थिए ।

उनले शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजको आधारबाट हत्यारा साह नै रहेको पहिचान भएको थियो । तर घटना अभियुक्त साह लुकिछिपी भाग्दै आएका थिए ।

घटना पश्चात हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै औरही स्थित व्यवसायीले आन्दोलन समेत गरेका थिए ।

नुवाकोट । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ।

विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलाबाट ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको हो।

धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका–५ घर भएकी होमकुमारी ओझाबाट ६० लाख रुपियाँभन्दा बढी ठगी गरेको खुलेको छ।

धर्मप्रति लगावका कारण १०८ ठाउँमा महायज्ञ लगाउने चाहना बोकेर हिँडेकी ओझाको त्यही क्रममा उत्तम भट्टसँग चिनजान हुन पुग्यो।

धादिङको परेवाटारमा धाम बनाउने उद्देश्यका साथ शुरू भएको महायज्ञमा लगानी गर्दै ओझाले घरखेतसमेत बन्दकी राखेर लगानी गरिन्। तर, धाम बनाउन कुनै ध्यान नै नदिएपछि निर्माण गर्नका लागि दबाब दिँदा आफूलाई निकालिएको उनको भनाई छ।

‘धाम बनाउने नाममा कमाइखाने भाँडो बनाइयो, पवित्र उद्देश्य राखी घरखेत नै बन्दकी राखेर पैसा लगानी गरें, तर धर्मको नाममा ठगीको व्यापार भएको थाहा पाएपछि मैले पैसा फिर्ता मागेकी हुँ,’ ओझाले भनिन्। यो खबर समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्।

२०७० सालमा गुरु भट्टराईले व्यक्तिगत प्रयोजनका लागि भन्दै १२ लाख रुपियाँ ऋण लिएका थिए। पटक–पटक पैसा माग्दा नदिएपछि २०७४ पुस ३० गते असार मसान्तभित्र पैसा दिने तमसुक गरेका थिए। तर, उक्त पैसा अझैसम्म नपाएको पीडित ओझाले बताइन्।

पैसा माग्दा उल्टै ज्यान मार्ने धम्की आएको आरोप लगाउँदै ओझाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी छन्।

भिडियो दियो पोष्ट अनलाइन मार्फत लिइएको हो ।

नुवाकोट । समुदायमा उत्पन्न विवाद समाधानको लागी गाँउगाँउमा स्थापना भएका सामुदायिक मेलमिलाप केन्द्रको भूमिका प्रभावकारी हुदै आएको नुवाकोटमा विभिन्न स्थानीयतहमा रहेका न्यायिक समितिका पदाधिकारीले बताएका छन् ।

देवानी प्रकृतिका कानूनले मेलमिलाप गर्न सक्ने भनेर निर्धारण भएका विवाद समाधानको लागी क्रियाशिल रहेको प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालको आयोजनामा आइतबार लिखु गाँउपालिकाको वडा नं. ४ वडा कार्यालयमा आयोजित मेलमिलाप सम्बन्धि सरोकारावालाहरुको अनुभव आदान–प्रदान कार्यक्रममा सहभागीले साुमदायिक मेलमिलाप केन्द्रको भूमिका मार्फत विवाद समाधानमा महत्वपूर्ण योगदान पुगेको बताएका छन् ।

कार्यक्रममा लिखु गाँउपालिकाको उपाध्यक्ष एव्म न्यायिक समितिका संयोजक रोजिना राईले मेलमिलाप केन्द्रको भूमिका प्रभावकारी भएकाले यसलाई निरन्तर सञ्चालन र क्रियाशिल बनाउन सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।
उहाले सामुदायिक मेलमिलाप केन्द्रमा आबद्ध रहेका सामुदायिक मेलमिलापकर्ताको क्षमता अभिबृद्धि, कार्यालय स्थापना तथा मेलमिलापमा भूमिका अर्थपूर्ण बनाएर अघि बढ्ने बताउनुभएको छ ।

‘दिगो शान्तिको लागी उन्नत सम्बन्ध’ भन्ने मूख्य नाराको साथ २०७२ सालको भूकम्प पश्चात नुवाकोटमा कार्यरत रहेको प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपाल मार्फत नुवाकोटका साविक सबै स्थानीयनिकायमा रहेका समुदायिक मेलमिलाप केन्द्रलाई अहिले वडा अन्तरगत रहने गरी सञ्चालन भइरहेको केन्द्रका जिल्ला संयोजक सिताराम पौडेलले जानकारी दिनुभएको छ ।

स्वय सेवकको रुपमा सेवा पु-याउदै आएका सामुदायिकम मेलमिलापकर्ताहरुले गाँउघरमा उत्पन्न स–साना विवाद एवम् बैमनस्थतालाई स्थानीयस्तरमा दुवै पक्षको जीत–जीत हुनेगरी समाधान गरी दिगो शान्ति स्थापनाको प्रयास जारी रहेको केन्द्र संयोजक पौडेलले बताउनुभएको छ ।
कार्यक्रममा जिल्लाको लिखु, तादी, पञ्चकन्याँ र दुप्चेश्वर गाउपालिकामा गठन भएका न्यायिक समितिका पदाधिकारी, प्रहरी युटिनका प्रतिनिधि, सामुदायिक मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।

नुवाकोट । नेपाल सरकारले बडादशैं पर्वको अवसरमा कैदीको बाँकी कैद मिनाहा गर्ने गरेपनि यो वर्ष कानूनी अड्चनको कारण त्यो सुविधा अन्योल भएको छ ।

नेपालको नयाँ संबिधान अनुसार यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको फौजदारी संहिता ऐन र फौजदारी संहिता कार्यविधि अनुसार कानूनको अभावले यो वर्षको दशैमा कोही पनि केदीले मिनाहा नपाएको जिल्ला कारागार नुवाकोटका प्रमुख टंकराज चिमोरियाले जानकारी दिनुभयो ।

अहिले कार्यान्वयनमा रहेको कारागार ऐन २०२०, संशोधित २०४९ र कारागार व्यवस्था नियमावली २०५० एवम् सोही अनुसार निर्माण भएको कार्यविधिले न्यायलयबाट तोकिएको कैद सजाँयको ४० प्रतिशत कैद भुक्तानी गरेको र चालचलनमा सुधार भएको भनी जिल्लाबाट सिफारिस भए अनुसार नेपाल सरकारबाट स्वीकृत भएर मिनाह पाउने सुविधा यो वर्षको दशै र यसअघि असोज ३ गतेको संबिधान दिवसमा कोही पनि कैदीले मिनाहाको सुविधा नपाएको उहाँले बताउनुभयो ।

यसअघिको कानून अनुसार गम्भीर अपराधमा संलग्न रहेको बाहेकका कैदीलाई मिनाह दिनेसक्ने व्यवस्था भएपनि समयमै नयाँ कानून जारी गर्न नेपाल सरकारले नसक्दा संबिधान दिवस र दशै पर्वमा कैदीहरुले पाउने सुविधाबाट बञ्चित भएका छन् ।

नुवाकोट । भौतिक शरीरको निश्चित आयु हुन्छ । तर, सिर्जनाको कुनै आयु हुँदैन, युगौंयुग रहन्छ । स्वर्गीय उमेशचन्द्र घिमिरेको शब्द–सिर्जना रहेको ‘आजदेखि साथी मैले’ बोलको गीतको अडियो र भिडियो आज काठमाडौमा पत्रकार सम्मेलन गरी एकैपटक सार्वजनिक गरिएको छ ।
गीतमा ख्यातीप्राप्त सङ्गीतकार लक्ष्मण शेषले स्वर दिएका छन् । लामो समयदेखि गीत नगाएका शेषले एक दशकपछि चक्रपाणि तिमल्सिनाले सङ्गीत गरेको गीत गाएका हुन् ।

घिमिरे जीवित छँदा सदैव गीत गुनगुनाइरहने र गीत रेकर्ड गराउने इच्छा रहेता पनि उनको असामयिक निधन भएकाले गीत रेकर्ड हुन सकेको थिएन । ‘उमेश यो गीत बारम्वार गाएर मलाई सुनाउँथे, यो गीत उनलाई निकै मन पर्थ्यो । त्यसैले मैले साथीको चाहना अनुरुप सङ्गीत भरेर उनको गीत रेकर्ड गर्ने जमर्को गरेको हुँ।’ सङ्गीतकार तिमल्सिना बताउँछन् । तिमल्सिनाका अनुसार उमेश अन्तर्मुखी स्वभावका थिए । उनी आफूले गरेको रचना कमै व्यक्तिलाई मात्रै सुनाउँथे । स्व. उमेशको गीत बजारमा ल्याएका तिमल्सिनाले असल साथीको भूमिका निभाएका छन्।

गीतको म्युजिक भिडियोमा उमेशकी श्रीमती सुनिता, छोरा र उनै साथी चक्रपाणिलाई देख्न सकिन्छ । गीतमा योगेश काजीको सङ्गीत संयोजन र प्रकाश खरेलको मिक्सिङ रहेको छ भने मञ्जुश्री रेकर्डिङ स्टिुडियो पुतलिसडकमा रेकर्ड गरिएको यो गीत नारायण राज आचार्य र अनिल अधिकारीले रेकर्ड गरेका हुन् । जीवन भट्टराईको निर्देशनमा निर्माण भएको यस गीतको म्युजिक भिडियोमा छायाकार मनोज महर्जन, मेकअपमा शम्शेर लामा रहेका छन् भने भिडियोको सम्पादन किशोर खनालले गरेका हुन् ।

उमेशकी श्रीमती सुनिताका अनुसार उनी जीवनका हरेक परिस्थितिलाई शब्दमा अभिव्यक्त गर्न सक्थे । सुनिता सम्झन्छिन्- यो गीत उनले विशेष परिस्थितिमा लेखेका हुन्।‘आजदेखि साथी मैले’ उनले आफ्नो

विवाह हुनुपूर्व नै लेखिसेकेका थिए । पछि सुनितालाई पनि सुनाएका थिए । कथा, उपन्यासमा पनि कलम चलाउने उमेशका कुनैपनि रचनाहरु कृतिका रुपमा आजसम्म प्रकाशनमा आएका थिएनन् । आगामी दिनमा उनका सबै रचनाहरुलाई संकलन गरेर प्रकाशन गर्ने परिवारको योजना रहेको छ।

सङ्गीतकार चक्रपाणि तिमल्सिनालाई स्व. घिमिरेले २०६३ सालताका नै ‘यो गीतलाई तपाईले नै सङ्गीत भरेर गाउनुपर्छ है’ भनि आग्रह गरेकाले मरणोपरान्त पनि साथीलाई अमर राख्ने ध्येयका साथ चक्रपाणिले गीत रेकर्ड गरेका हुन् । यो गीतको शब्द उमेशको जीवनको वास्तविक घटनासँग जोडिएको थियो, त्यसो भएर उनी आफ्नै सुरमा प्राय: यो गीत गाइरहन्थे ।

सुनिताका अनुसार यो भन्दा निकै सशक्त

गीतहरु पनि उमेशको डायरीमा रहेका छन् । यो गीतको प्रतिक्रियाका आधारमा अन्य गीत रेकर्ड गर्ने नगर्ने निर्णयमा पुग्ने परिवारले बताएको छ।

उमेश सुनितालाई पनि सिर्जना गर्न उत्साहित गर्थे । तर उमेशको अनुपस्थितिमा उनले सिर्जना गर्न सकिनन् । हुन त बिहे हुनुअघि नै सुनितालाई सम्झिएर उमेशले डायरीभरि कविता लेखेका थिए । तर सुनिता आएपछि उनको कविता ‘सम्बन्धमा’ बदलियो । तर, गीत लेख्न र गुनगुनाउन भने उनले छाडेनन् ।

उमेश सुनसान वा एकान्त ठाउँमा मात्र सिर्जना गर्थे । उनलाई हल्ला मन पर्दैन थियो । लेखेका रचना सबैजसो सुनितालाई सुनाउँथे । सङ्गीतकार तिमल्सिनाले साथीकै नाताले यो गीत गाउन आग्रह गरेपछि एक दशकपछि गायन क्षेत्रमा पुनरागमन हुन पुगेको बरिष्ठ सङ्गीतकार लक्ष्मण शेष बताउँछन् । उनी प्रष्ट्याउँछन्– ‘गीत पनि साथीको सम्झनामा रहेको र साथीले नै आग्रह गरेकाले पन्छन सकिनँ।’ विगतमा प्लेब्याक सिंगरका रुपमा केही गीत गाएका शेषले यसका अलावा पनि गीतहरु गाएका छन् । शेष भन्छन्– ‘यो गीतबाट गायनमा मेरो पुनरागमन भएको छ ।’ उनी थप्छन्- ‘साथीको साथ छुट्दा हर कोहीको मनमा पीडा हुन्छ, सङ्गीतकार तिमल्सिनाले पनि आफ्नो असल साथी उमेशलाई गुमाए

र एक्लो हुँदाको पीडा मनन गरेरै मलाई यो गीत गाउन प्रस्ताव गर्नुभएकोले सहजै स्वीकार गरेको हुँ । सबै मानिसलाई कहीँ न कहीँ यो कथाले छुन्छ । यो गीत तमाम साथी छुटेकाहरुको प्रतिनिधि भाव हो ।’

२०३३ साल बैशाख १४ गते सोमबारका दिन जन्मिएर २०७३ पौष ११ गते स्वर्गारहोण भएका उमेशचन्द्र घिमिरेको गीत सङ्गीतकार चक्रपाणि तिमल्सिना र उमेशकी श्रीमती सुनिता खनालको संयुक्त प्रयासमा बजारमा आएको हो । यसअघि पनि करिव १६ वटाजति गीतमा सङ्गीत भरिसकेका तिमल्सिनाले साथीको सम्झना स्वरुप ल्याएको यो गीत सरल र मुखैमा झुन्डिने खालको छ ।

उमेश, चक्रपाणिको नजरमा

उमेश र चक्रपाणिको चिनजान २०६० सालमा भएको थियो । उमेश चक्रपाणिका भान्जा पुष्कर आचार्यका मन मिल्ने साथी थिए । पुष्करले चक्रपाणिका अगाडि उमेशको नाम लिइरहन्थे, धेरै तारिफ गर्थे । भान्जाको कुरा सुन्दा चक्रपाणिलाई कहिले भेटुँ झै भयो । जब पहिलोपटक भेट भयो, चक्रलाई पनि उनी सरल, शिष्ट र शान्त स्वभावको लाग्यो । उनको शालीनताबाट चक्र निक्कै प्रभावित भए । चक्रपाणि भन्छन्- ‘उनी प्रेरणका खानी थिए। पुष्करको असामयिक निधन पश्चात उमेश नै मेरो जीवनका मागदर्शक बने । उनी नेपाल बैंक लि.का प्रबन्धक थिए। पढाइमा अब्बल उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । मलाई लाग्थ्यो, कस्तो दार्शनिक व्यक्तित्व !यस्तै बन्न पाए हुने । जागीरको सिलसिलामा २०६१

देखि वीरगंज रहँदा हामी दुबै सँगसँगै थियौं । ५ बर्ष म वीरगंज बस्दा उनीसँग सबैभन्दा बढी साङ्गीतिक सामिप्यता रहयो।

घिमिरे सादा जीवन उच्च विचारका मानिस थिए । परिवारमा पनि भरपर्दो छोरा थिए उनी । वीरगंजपछि उनको झापामा जागिर सरुवा हुँदा आमाबुवालाई आफैसँग राखेर बसेका थिए । साधारण लाग्थे तर सहयोगी मनका थिए उनी । म त्यतिबेला जागीरको सिलसिलामा मध्यपश्चिमको नेपालगञ्ज पुगेको थिएँ । रचना गर्न उनलाई पन पर्थ्यो । आफूले लेखेका गीत मसँगको भेटमा सुनाउँथे । मैले सङ्गीत भरेका धेरै गीतहरु पनि उनलाई सुनाउँथें । अत्यन्त मिलनसार थिए उमेश । मलाई उनीजस्तै असल भएको बोध गराइरहन्थे । अरुको सेवा गर्दा

उनी वास्तवमै खुसी हुन्थे । उदार भावनाका कारण उनी धेरैको मनमा बसेका थिए। मेरो मनमा पनि उनी अमर भएर बसिरहेका छन् । हुन त उनका म भन्दा धेरै अब्बल साथीहरु पनि थिए, धेरैजसो कुशल प्रशासक र कुशल व्यवस्थापक थिए । त्यसैको प्रेरणाले मेरो मनमा कुनैबेला सरकारी अधिकृत बनेर प्रमुख जिल्ला अधिकारी हुँदै मुख्य सचिव बन्ने सपना पनि पलायो । तर हिंड्दै जाँदा बाटोमा हराएछु कि ! तरपनि त्यस्तै व्यक्तिहरु सँगसँगै कामगर्ने अवसर पाएँ । यी सबै उमेशकै प्रेरणाका देन थिए । उमेशले वित्नुभन्दा करिव १ महिना अगाडि मसँग टेलिफोनमा करिव १ घण्टा सम्बाद गरेका थिए । उनले त्यो बेला ‘मेरो गीत कहिले रेकर्ड गर्ने ?’ भनि सोधेका थिए । उनलाई अमर बनाउन मैले यो गीतलाई राम्रो बनाउनु थियो । लक्ष्मण दाइको साथ पाएँ । अब लाग्छ, उनको आत्माले शान्ति पाउने छ ।

ससुराका नजरमा उमेश

उमेश महाप्रसाद खनालका ज्वाईं हुन् । खनालका अनुसार उमेश मानिसलाई छिट्टै विश्वास गर्थे । कसैलाई दुःख परेको छ भने त्यहाँ उनको उपस्थिति हुन्थ्यो । विलासी जीवन उनलाई कहिल्यै मन परेन । सङ्गीत निकै मन पराउथे, तर गाउन लजाउँथे । कहिलेकाहिँ उनलाई सजिलो पार्न ससुरा आफैं गाइदिन्थे । ‘बुवालाई यो गीत आउँछ ? भनेर सोध्नुहुन्थ्यो । म पनि आउँछ भनेर गाउँथे’ महाप्रसाद सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ- ‘घिमिरे अन्तरमुखी स्वभावका थिए । कुशल रचनाकार हुँदाहुँदै कुशल प्रशासक पनि थिए । उनको मानवीयतालाई मानिसले दुरुपयोग गरिदिए । जुनकुरा भन्नु हुँदैन । व्यक्तिभित्र लुकेको व्यक्तित्वलाई साथी चक्रपाणि तिमल्सिनाले चिन्नुभएको रहेछ । उमेशभित्र रहेको प्रतिभा साथीले नै जीवन्त राख्न बाहिर ल्याउनुभएको छ । उनी सहयोगी भावनाका थिए । हरेक दुःखमा उनी मुसुक्क हाँस्थे। ‘यात्रामा दुःख-सुख त आउँदै गर्छ आत्तिनु हुन्न’ भनेर सबैलाई सम्झाउंथे । हाम्रो नजिक दुर्घटना बसिरहेको उनी अन्दाज गर्थे । त्यसको शिकार हुनुपर्छ पनि भन्थे । मानसिक रुपले तयार हुनपर्छ भनेर जीवनका कुरा गर्दै उनी गहिरो चिन्तनमा पर्थे । म उनलाई झस्काउँथे । कुशल प्रशासक हुनुको सत्य अगाडि ल्याइदिन्थेँ । उनी धेरै क्षेत्रमा दख्खल राख्ने मानिस थिए।

श्रीमती सुनिताको नजरमा उमेश

उनी निश्छल मनका थिए । सबैलाई सहयोग गरौं भन्ने भावना थियो । कहिल्यै पनि ठूलो स्वरमा कुरा गर्दैन थिए । रिस के हो उनलाई थाहा नै थिएन । रचना गर्ने अद्भुत क्षमता थियो । जुनसुकै परिस्थितिलाई पनि आधार बनाएर शब्दमा उतार्न सक्ने क्षमता राख्थे उनी । तर आफूले लेखेका कुरा व्यवस्थित ढंगले संग्रह गरेर राख्ने बानी थिएन उनको । शब्दमा उतारेपछि सायद मन हाल्का हुन्थ्यो । उनी एकान्तप्रेमी थिए । आफूलाई समस्या परेका बेला धेरै रचना गर्थे । उनका रचनाहरुमा कविता, गीत, गजल, निबन्ध, कथा, उपन्यास सबै छन् । तर ती कुनैपनि प्रकाशनमा आएका छैनन् ।

नुवाकोट । चर्चित लोक गायक एवम् श्रजग लेखनाथ आचार्यको स्वरमा रहेको मार्मिक गीत बाँचे घर आम्ला बजारमा आएको छ । गित मार्फत उहाँले नेपालको ग्रामीण परिवेशको कारण धन कमाउन विदेशिन परेको युवाको जीवनलाई भिडियो सहित बजारमा ल्याउनुभएको हो ।

कुशल बेलबासेको शब्द तथा संगीतमा बजारमा ल्याएको गितमा परदेशमा धन कमाउन गएको युवाको मार्मिक वेदना, घरमा लगाएको खरको छानामा परेको प्वाल, आमाको च्चात्तिएको फरिया, घरमा ढिडो समेत प्रयाप्त खान नपाउदाको पीडा, शुल्क बुझाउन नसक्दा घरको भाइले परीक्षा दिन नपाएको वेदनालाई चित्रण गरी श्रव्यदृष्यमा उतारिएको छ ।

विदेशमा काम गर्ने क्रममा कम्पनीको मेसिनमा परेर देब्रे हातको कान्छी अम्ला चुडिदा टुक्रा समेत देख्न नपाएको र रगत चुहिएर मात्र थाहा भएको दुःखदायी बेदनालाई 'बाचे घर आम्ला' एल्बम मार्फत कलाकार आचार्यले उतार्नुभएको छ । जुन हाम्रो समाजमा धेरैले भोग्दै आएको बास्तविक यथार्थता पनि हो ।

हालै बजारमा आएको 'बाचे घर आम्ला' एल्बम बिनोद बाजुरालीको संगीत संयोजनमा रहेको छ भने भिडियोको निर्देशन प्रकाश भट्टले गर्नुभएको छ । उक्त भिडियोको राजेश घिमिरेले छायांकन गर्नुभएको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित कलाकारहरु सुरवीर पण्डित, रमा थपलिया,कुशल बेलबासे,प्रत्यूष भट्ट र प्रशंशा भट्टले एउटा युवाले विदेशमा भोगको पीडा र तीनै युवाको घरमा रहेका बुबा आमा भूमिकामा अभिनय गरेका छन् ।

नेपालको पश्चिमी जिल्ला अर्घाखाचीमा जन्मेर नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक भएर देश र जनताको लागी सेवारत रहनुभएका गायक आचार्यले यसअघि पश्चिमा शैलीको ‘हान्यौ मनमा तिर, मिठो बनकेरा, मायाँ गर्छु धेरै, कहिले फर्कन्छौ लगायतमा दिनुभएको आवाजको गित बजारमा सर्वाधिक लोकप्रिय रहेको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत रहदाँ उहाँले भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणमा जुट्न पाठ सिकाउदै बजारमा ल्याएको “गयो भूइचालो” र त्यसपछि मनोरञ्जनात्मक एवम् सचेतनात्मक गित “हातमा तिन्टा एक्का” बजारमा ल्याउनुभएको थियो । जुन गित लामो समयसम्म विभिन्न सञ्चारमाध्यममा अडियन्सको सर्वाधिक छनोटमा समेत परेको थियो ।

यसैगरी उहाँले पत्रकार एंव गीतकार स्वर्गीय सूर्यकुमार क्षेत्रीको शब्दमा रहेको रातो डोली बोलको गितमा समेत आवाज दिएर बजारमा ल्याउनुभएको थियो । विसं २०७३ साल बैशाख १६ गते ब्रेन ट्युमरको कारण निधन भएका स्वर्गिय क्षेत्रीको शव्दमा रहेको दोहोरी गित रातो डोलीमा कलाकार आचार्य सहित पूजा गुरुङले स्वर दिएर बजारमा ल्याएको गितले स्व.क्षेत्रीलाई जिवन्त बनाउन महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

प्रस्तुत छ चर्चित कलाकार लेखनाथ आचार्यको स्वरमा रहेको गित 'बाचे घर आम्ला'

रामहरि न्यौपाने
२७ असोज, बेत्रावती (रसुवा) । विनाशकारी भूकम्प र पहिरोका कारण रसुवाको विभिन्न बस्तीबाट विस्थापित भएका व्यक्तिको पुनःस्थापनामा ढिलाइ हँुदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।

भूकम्पका कारण विस्थापित भएकालाई राहत वितरण र जीविकोपार्जनलगायत कार्यमा सहयोग पु¥याउने संस्था बाहिरिएको र सरकारी सहयोग नहुँदा उनीहरुलाई दैनिकी चलाउन कठिनाइ भएको हो ।

रसुवाको हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत स्थानबाट विस्थापित ३०० भन्दा बढी भूकम्प पीडित विभिन्न स्थान हुँदै पछिल्लो एक वर्षदेखि खाल्टे बगरमा बस्दै आएका छन् । उनीहरूलाई बिहान–बेलुकाको गुजारा चलाउन कठिन भइरहेको भूकम्पपीडित पुनःस्थापनाका लागि सङ्घर्ष समितिका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो ।

“जन्मस्थल र आफ्नो सम्पत्ति छाडेर टहरामा बिताएको ४१ महीना भइसक्यो” तामाङले भन्नुभयो, “चाडपर्व आउँदा खुशीभन्दा पनि खिन्न हुनुपरेको छ ।” जोखिम क्षेत्र हाकु, डाँडागाउँ र ठूलोगाँउबाट विस्थापित ३१६ परिवार बसोबास गर्दै आएको बस्ती खाल्टेबगर पनि त्रिशूली नदीका कारण जोखिम स्थल रहेको भूगर्भविद्को सर्वेक्षणमा उल्लेख छ । उनीहरु त्यहाँ टहरा बनाएर एक वर्षदेखि बस्दै आएका छन् ।

“आर्थिक जोहो र दैनिक गुजाराका लागि गिट्टी कुटेर बस्न बाध्य छौँ,” खाल्टेमा विस्थापित ५६ वर्षीया ठूलीकान्छी तामाङले भन्नुभयो, “खेती गरेर खाने आफ्नो जग्गा भूकम्पसँगै आएको पहिरोले बगायो।” भूकम्पमा एक छोरी र बुहारी गुमाउनु भएका उहाँ अहिले गलगाँडबाट समेत पीडित हुनुहुन्छ । हाकुबाट विस्थापित भएपछि तामाको श्रीमान्को पनि मृत्यु भएकाले उहाँलाई थप बज्रपात परेको छ ।

साढे तीन वर्षअघि २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण रसुवाको विभिन्न स्थानका घरमा क्षति पु-याएकामा पछि सुख्खा पहिरोले बस्ती नै बगाएपछि ८४४ घरधुरी परिवार विस्थापित भएको सरकारी तथ्याङ्क छ । विस्थापित भएकालाई पुनःस्थापनाका लागि घडेरी खरीद गर्न सरकारले रु दुई लाखसम्म उपलब्ध गराउने र आवास निर्माणमा थप रु तीन लाख अनुदान दिने बताए पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा पीडित अझैसम्म टहरामै जीविका चलाउन बाध्य छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालका अनुसार विस्थापित भएकामध्ये अहिलेसम्म ३५७ परिवारलाई पुनःस्थापना गराउन उनीहरुलाई घडेरी खरीदका लागि रकम उपलब्ध गराइएको छ ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार रसुवाको उत्तरगयामा गाउँपालिकामा ४४० मध्ये १८२, कालिका गाँउपालिकामा २६ मध्ये १४, नौकुण्ड गाउँपालिकामा १२६ मध्ये १९, गोसाइँकुण्ड गाउँपालिकामा २० मध्ये १३ र आमाछोदिङ्मो गाउँपालिकामा २०२ मध्ये १२४ परिवारलाई सरकारले सुरक्षित स्थानमा घडेरी खरीद गरी स्थानान्तरण गराइ सकेको छ । बाँकी परिवारको स्थान्तरणका लागि घडेरी खरीद प्रक्रियामा रहेको उपाध्यायले बताउनुभयो ।

रसुवामा भिरालो जमीन र बस्ती बसाल्न योग्य सुरक्षित जग्गा पाउन कठिनाइले स्थान्तरणमा ढिलाइ भएको कार्यालयले जनाएको छ ।

२७ असोज, पाल्पा । नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म पीङ हालेर खेलिने चलन अहिले लोप हँुदै गएको हो ।

दशैँका बेला बस्तीका टोलमा पीङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पीङप्रति चासो नै छैन । युवा पुस्ता पीङप्रति आकर्षित हुन नसक्दा पीङ खेल्ने संस्कृति नै हराउन थालेको हो ।

वर्षको एक पटक धर्ती छोड्नु पर्छ भन्ने मान्यताका कारणले पीङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । किशोर, युवादेखि वयस्क उमेर समूहका मानिस पीङ खेलप्रति निकै आकर्षित हुने गर्दथे । आधुनिक जीवनशैलीका कारण मानिस पीङप्रति रुचि देखाउन छाडेका छन् ।

व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढुङ्गका पीङ खेल्न पाइने भएपछि पीङप्रतिको रुचि कमजोर हँुदा दशैँ तिहारमा खेलिने पीङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो ।

पाल्पा बगनाकाली गाउँपालिका–९ का कृष्ण भुसालले बाल्यकालमा लिङ्गे पीङ निकै खेलिने र रमाइलो हुने गरेको अुनभव सुनाउनुभयो । उहाँले काठे पीङभन्दा लुठे पीङ खेल्दा रमाइलो हुने र सबै पीङ खेल्न आतुर हुने गर्दथे । भुषालले भन्नुभयो, “पहिला एउटा बस्तीमा एउटा पीङ देखिए पनि अहिले एउटा पनि देखिएको छैन ।”

बगनाकाली गाउँपालिका–६ यम्घाका रामप्रसाद दर्मले १५ वर्षदेखि पीङ खेल्न नपाएको बताउनुभयो । पीङ बनाउने मानिस गाउँमा नभएपछि धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन् । खरले बाटेर लिङ्गे पीङ बनाउने गरिएको अुनभव उहाँले सुनाउनुभयो ।

पूर्वी पाल्पाको रामपुर नगरपालिका–७ बागमतीका यमबहादुर सुनारले काठको पीङ देखिनै छाडे पनि लिङ्गे पीङ रामपुर क्षेत्रमा अझै देखिन्छ, पहिलाको तुलनामा विस्तारै हराउन थालेको सुनारले बताउनुभयो । युवा पुस्ताको पीङप्रति आकर्षित छैनन्, जसका कारण पीङ नै पहिलाभन्दा कम हालिने सुनारको भनाइ छ । काठ अभावमा काठे पीङ बनाउन सम्भावना नै नभएपछि लिङ्गे पीङ खेलेर मनोरञ्जन लिन रुचाउँछन् ।

सार्वजनिक स्थलमा भेटिने पीङहरू मानिसको मनोरञ्जनको साधनका रूपमा लिइने चलन रहेको थियो । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू विस्तारै कमी हुँदा पीङ खेल्न संस्कृति नै हराउँदै गएकामा बुढापाकाहरु चिन्तित छन् ।

युवाहरू रोजगारीका लागि शहर तथा विदेश पलायन भएपछि पीङ खेल्ने संस्कृति नै हराउँदै गएको होइन, बाटो, मन्दिर, पाटीपौवालगायतका सार्वजनिकस्थलसमेत सरसफाइ हुनसकेको छैन ।

काठमाडौ । मोडल सृष्टी खड्का फिचर म्यजिक भिडियो सिम सिम पानी सार्वजनिक भएको छ । भिडीयोमा उनलाई सागर लोप्चनले साथ दिएका छन ।

कृष्णभक्त महर्जनको स्वर संगीत र शब्द रहेको गीतको म्युजिक भिडियोमा उत्कृस्ट निर्त्य देख्न सकिन्छ भने गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

गायक महर्जनले यस अघि पनि बिभीन्न गीतहरु बजारमा ल्याइसकेका छन । सोनम पाख्रिनले निर्देशन गरेका भिडियोमा विकास दाहालको सम्पादन ,उत्सव दाहाल छायाँकन समाबेस रहेको छ । भिडियो काठमाडौँ आसपासका स्थानमा खिचिएको हो ।

२७ असोज, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।
गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ ।

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ ।

“अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारवाही गछौं ।” आज बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातले भन्नुभयो,“छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ ।”

संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गर्नुभएको छ । शुक्रबार यहाँ पुगेलगत्तै निर्मला पन्तका पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ ।

त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ । छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारवाहीको माग समेत यहाँ गरिएको छ ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

६ असोज, नुवाकोट । नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ र ५९ वर्षीय भगवान कडेंल तथा चितवन स्थित मुग्लिङका ५६ वर्षका बलराम तिवारी रहेका छन् । नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरको अनुसार तामाङ र तिवारीको घटनास्थलमा नै मृत्यु भएको र कंडेलको उपचारको क्रममा काठमाडौ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी ५५ जना घाइते भएका छन । दुर्घाटनामा परी गम्भीर घाइते भएका मध्ये ३३ जनालाई थप उपचारको लागी काठमाडौ पठाइएको छ भने २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका मध्ये चार जनालाई हेलिकोप्टर मार्फत र बाँकीलाई एम्बुलेन्स मार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाँउपालिका–३ राउतवेशीको झगरेबाट त्रिशूलीतर्फ छुटेको बा.१ ख ६३५६ नं. को बस बिहान करिब दश बजे गणशस्थानको छेरीखोला भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । पुरानो गाडीमा क्षमताभन्दा बढी यात्रु राखेर तिव्र गतिमा रहेको बसले सन्तुलन गुमाएर दुर्घटना हुदाँ सडकबाट एकसय मिटर तल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाको क्रममा बसको अगाडीतर्फको दुवै पाङ्ग्रा सडकमा रहेको थियो भने बस दुई फन्को लगाएर सिचाई नहरमा पुगेर अड्किएको दुर्घटनामा घाइते हुनुभएका तादी–२ रालुकादेवीका रामकुमार अधिकारीले बताउनुभयो ।