चर्चित गायक लेखनाथ आचार्यको अर्को प्रस्तुती ‘बाँचे घर आम्ला’ (भिडियो सहित)

अशोज २७, २०७५ मा प्रकाशित | 8218 views

नुवाकोट । चर्चित लोक गायक एवम् श्रजग लेखनाथ आचार्यको स्वरमा रहेको मार्मिक गीत बाँचे घर आम्ला बजारमा आएको छ । गित मार्फत उहाँले नेपालको ग्रामीण परिवेशको कारण धन कमाउन विदेशिन परेको युवाको जीवनलाई भिडियो सहित बजारमा ल्याउनुभएको हो ।

कुशल बेलबासेको शब्द तथा संगीतमा बजारमा ल्याएको गितमा परदेशमा धन कमाउन गएको युवाको मार्मिक वेदना, घरमा लगाएको खरको छानामा परेको प्वाल, आमाको च्चात्तिएको फरिया, घरमा ढिडो समेत प्रयाप्त खान नपाउदाको पीडा, शुल्क बुझाउन नसक्दा घरको भाइले परीक्षा दिन नपाएको वेदनालाई चित्रण गरी श्रव्यदृष्यमा उतारिएको छ ।

विदेशमा काम गर्ने क्रममा कम्पनीको मेसिनमा परेर देब्रे हातको कान्छी अम्ला चुडिदा टुक्रा समेत देख्न नपाएको र रगत चुहिएर मात्र थाहा भएको दुःखदायी बेदनालाई 'बाचे घर आम्ला' एल्बम मार्फत कलाकार आचार्यले उतार्नुभएको छ । जुन हाम्रो समाजमा धेरैले भोग्दै आएको बास्तविक यथार्थता पनि हो ।

हालै बजारमा आएको 'बाचे घर आम्ला' एल्बम बिनोद बाजुरालीको संगीत संयोजनमा रहेको छ भने भिडियोको निर्देशन प्रकाश भट्टले गर्नुभएको छ । उक्त भिडियोको राजेश घिमिरेले छायांकन गर्नुभएको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित कलाकारहरु सुरवीर पण्डित, रमा थपलिया,कुशल बेलबासे,प्रत्यूष भट्ट र प्रशंशा भट्टले एउटा युवाले विदेशमा भोगको पीडा र तीनै युवाको घरमा रहेका बुबा आमा भूमिकामा अभिनय  गरेका छन् ।

नेपालको पश्चिमी जिल्ला अर्घाखाचीमा जन्मेर नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक भएर देश र जनताको लागी सेवारत रहनुभएका गायक आचार्यले यसअघि पश्चिमा शैलीको ‘हान्यौ मनमा तिर, मिठो बनकेरा, मायाँ गर्छु धेरै, कहिले फर्कन्छौ लगायतमा दिनुभएको आवाजको गित बजारमा सर्वाधिक लोकप्रिय रहेको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत रहदाँ उहाँले भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणमा जुट्न पाठ सिकाउदै बजारमा ल्याएको “गयो भूइचालो” र त्यसपछि मनोरञ्जनात्मक एवम् सचेतनात्मक गित  “हातमा तिन्टा एक्का” बजारमा ल्याउनुभएको थियो । जुन गित लामो समयसम्म विभिन्न सञ्चारमाध्यममा अडियन्सको सर्वाधिक छनोटमा समेत परेको थियो ।

यसैगरी उहाँले पत्रकार एंव गीतकार स्वर्गीय सूर्यकुमार क्षेत्रीको शब्दमा रहेको रातो डोली बोलको गितमा समेत आवाज दिएर बजारमा ल्याउनुभएको थियो । विसं २०७३ साल बैशाख १६ गते ब्रेन ट्युमरको कारण निधन भएका स्वर्गिय क्षेत्रीको शव्दमा रहेको दोहोरी गित रातो डोलीमा कलाकार आचार्य सहित पूजा गुरुङले स्वर दिएर बजारमा ल्याएको गितले स्व.क्षेत्रीलाई जिवन्त बनाउन महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

प्रस्तुत छ चर्चित कलाकार लेखनाथ आचार्यको स्वरमा रहेको गित 'बाचे घर आम्ला'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web