नुवाकोट । नेपाली काँग्रेसका शीर्ष नेताहरुले पार्टीभित्रको गुटबन्दीले कमजोर भएको भन्दै पार्टी एक ढिक्का भएर अघिबढ्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस नुवाकोटले यही कार्तिक २५ गते बिहीबार विदुरमा आयोजना गरेको दशै, तिहार र छठ पर्वको अवशरमा शुभकामना आदान प्रदानको लागी आयोजना गरेको कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेसको आन्तरिक गुटको कारण कमजोर हुदाँ त्यसको फाइदा कम्युनिष्टको नाममा खोल ओढेका नेपाल कम्यनिष्ट पार्टीले उठाएको बताउनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका सिंहले पछिल्लो निर्वाचनको परिणामबाट काग्रेसलाई केही कामजोर देखाएर ठूलो मतको साथ नेकपा सरकारको नेतृत्वमा पुगेपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आफ्नो पार्टीमा एकताको आवश्यकता र नेकपाको सरकार निकम्बा अबस्थमा पुगेको टिप्पणी गर्नुभएको छ ।
यस्तै, कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले गएको निर्वाचनबाट काँग्रेसले सिक्नपर्ने पाठको रुपमा आन्तरिक गुटको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले पाटीको कार्यकर्तामा विश्वासको वातावरण बनाएर पार्टीको संगठन मजबुद बनाउन सके ठूलो पार्टी हुने अवशर नेकपाको अहिलेको चित्तबुझ्दो गतिविधि नहुदाँ अझै कायम रहेको बताउनुभएको छ ।

यस्तै, काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दशै पर्वको शुभकामना बाढ्ने समयमा पार्टी भित्रको कमजोरी बाहिर ल्याएर टिकाटिप्पणी गर्नुभन्दा पनि वर्तमानको समयमा देखिएको चुनौती अन्त्य गर्न पाटी एकता मुख्य आवश्यकता रहेको बताउनुभएको छ । पूर्वमन्त्री एवम् पार्टीका प्रभावशाली नेता केसीले काँग्रेसको इतिहास लामो समयदेखि र विभिन्न राजनीतिक सक्रमणकाल पूरा गरेकाले पछिल्लो निर्वाचनको परिणामबाट कमजोर भएपनि पाटी एक भएमा कुनै अर्को शक्तिले पछि पार्न नसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा काँग्र्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, युवा नेता रमेशकुमार महत, सचिवद्धय सुरेन्द्रराज अधिकारी र शिव दाहाल, कोषाध्यक्ष महेन्द्र थिङ्ग, पार्टी निर्वर्तमान सभापति धुव्र अधिकारी, क्षेत्रीय सभापति जगत तामाङ, जिसस नुवाकोट प्रमुख सन्तमान तामाङ, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ लगायतले नुवाकोटमा काँग्रेसको संगठन बजबुद भएपनि शीर्ष नेतामा रहेको गुटबन्दीको कारण पछिल्लो चुनावमा कमजोर बन्न पुगेको बताएका छन् ।

उनीहरुले काँग्रेस कमजोर हुदाँको फाइदामा नेकपाको नेताहरुले जनप्रतिनिधिको भूमिका प्रभावकारी रुपमा चलाउन नसकेको भन्दै काँग्रेस सच्चिएर अघि बढेमा पुनः ठूलो पार्टीको रुपमा हैसियत राख्न सक्ने बताएका छन् ।

नुवाकोट । दुई ठूला बामपार्टी मिलेर एकता भएको नेपाल कम्युनिट पार्टी नेकपाको जिल्ला पार्टी कार्यालय विदुर स्थित साविक एमालेको पार्टी कार्यालयमा स्थापना गरिएको छ ।
गएको जेठ ३ गते पाटी एक भएको करिब ६ महिनाको अवधि पश्चात एमाले पार्टी कार्यालयमा स्थापना भएको नेकपाको जिल्ला कार्यालयको उद्घाटन कार्तिक २५ गते बिहीबार नेकपा प्रदेस नं ३ का इञ्चार्ज अष्टलक्ष्मी शाक्यले गर्नुभएको हो । नेकपा जिल्ला कार्यालयको अनावरण गर्दै प्रदेस इञ्चार्ज शाक्यले कार्यालय स्थापनाले मात्र संगठन बलियो नहुने भन्दै कार्यकर्तालाई पार्टी जनताको भावना बुझेर सेवा पु-याउन निर्देशन दिनुभएको छ । उहाँले कार्यालयलाई जनप्रिय बनाएर कार्यकर्ताको अपेक्षा पूरा गर्ने थलोको रुपमा जिल्ला कार्यालय स्थापित हुनसक्नुपर्ने बताउनुभएको छ । .

यस्तै, नेकपा प्रदेस नं. ३ का सहइञ्चार्ज हितबहादुर तामाङले दुई पार्टी एक भएसगै नुवाकोटमा बाम बर्चश्व स्थापना गर्न सफल भएकाले चुनावी प्रतिबद्धता अनुसार निर्वाचित भएका जनप्रतिधिले सेवा पु-याएर बाम किल्लालाई कायमै राख्न सक्नुपर्ने बताउनुभएको छ । उहाँले ठूलो पार्टीको हैसियतमा सरकार सञ्चालन र पार्टी एकता एकैसाथ चलाउदाँ उत्पन्न समस्याले केही तल्लोस्तरसम्म एकता ढिलाई भएपनि आगामी दिनमा पनि गति लिएर कार्यकर्ताको चाहना अनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । .

पार्टी कार्यालय स्थापनाको अवशरमा नेकपाको नेता नारायाण प्रसाद खतिवडाले मुलुकमा शक्तिशाली पार्टीको रुपमा नेकपा भएकाले यहाँका जनताको सेवा तथा आवश्यकता अनुसार विकासको गतिविधि सञ्चालन गर्न आफूहरु क्रियाशिल हुने बताउनुभएको छ ।

नेकपा गठन भएको करिब ६ महिनापछि स्थापना भएको जिल्ला पार्टी कार्याल साविक एमालेको पार्टी कार्यालयलाई बनाइएको छ भने साविक माओवादी पार्टी कार्यालय रहेको बान्द्र स्थित सहित प्रतिष्ठानलाई भने पाटीको बैठक कार्यालयको रुपमा प्रयोग गर्ने नेकपा जिल्ला अध्यक्ष पुष्प लामिछानेले जानकारी दिनुभएको छ । नेकपाको जिल्ला पार्टी कार्यालय स्थापनामा नेकपाका प्रदेस तथा जिल्ला नेताहरुको सहभागिता रहेको थियो । नुवाकोटपछि रसुवाको जिल्ला कार्यालय स्थापनाको लागी प्रदेस इञ्चार्ज अष्टलक्ष्मी शाक्य सहितको टोली धुञ्चे पुगेको छ ।

नुवाकोट । नेपाल प्रहरीले ६३औँ स्थापना दिवस, बिहीबार विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइएको छ ।

प्रहरी प्रधान कार्यालय, प्रदेस प्रहरी कार्यालय र जिल्ला स्थित जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी युनिटहरुले विभिन्न कार्यक्रम गरी प्रहरी संगठन स्थापनाको ६३ औँ दिवस उत्सवको रुपमा कार्तिक २५ गते बिहीबार मनाइएको छ । जहानीय राणा शासनको समयदेखि नै नेपालमा प्रहरी संगठन कार्यरत रहेपनि विक्रम सम्वत २०१२ साल असोज ३० मा प्रहरी ऐन जारी भएपछि मात्र औपचारिक रुपमा प्रहरी संगठन स्थापना भएको स्मरणमा दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न रचनात्मक कार्य एवम् सरोकारवालाहरुबीच प्रवचन कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अबसरमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले अपराध न्युनिकरण गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गराउन जारी रहेको विभिन्न अबरोध हटाउदै प्रहरीले पाउदै आएको सफलताको प्रशंसा गर्नुभएको छ ।

उहाँले साधन र श्रोतको अभाव, कानुनी अड्चनको समयमा पूरा गर्नुपर्ने कर्तव्यलाई उच्च प्रथामिकता दिदै आएको प्रहरीलाई समयअनुकुल दक्ष बनाएर अगाडी बढाउनमा जोड दिनुपर्ने बताउनुभएको छ । जिसस प्रमुख तामाङले अपराधमा देखिएको विविधता र सुरक्षाको बढ्दो चुनौतीको बीच प्रहरीको पहुँच समेत बृद्धि गरेर जनतालाई सेवा दिन नुवाकोट प्रहरी तल्लिन हुनुपर्ने बताउनुभएको छ ।

यस्तै, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले थोरै जनशक्ति भएको नुवाकोटमा नेपाल प्रहरीबाट शान्ति सुरक्षाको क्षेत्रमा धेरै सफलता हासिल गरेको भन्दै प्रभावकारी रुपमा पु¥याउदै आएको शान्ति–सुरक्षाको प्रशंसा गर्नुभएको छ ।

जिल्ला सुरक्षा समितिको अध्यक्ष समेत रहनुभएका थापाले जिल्लामा अबैध गतिविधि, तस्कर तथा दलाली नियन्त्रण लगायतका सामान्यदेखि सांगठानिक आपराधिक गतिविधि विरुद्ध कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

प्रहरीको स्थापना दिवसको अवशरमा नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले नेपाल प्रहरीले स्थापनाको समयदेखि नै राष्ट्रिय अखण्डताको रक्षाको लागी क्रियाशिल रहेकाले आगामी दिनमा पनि लगनशील भइराख्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रहरी उपरीक्षक कुंवरले विक्रम सम्वत १९९५ सालमा अमिनी प्रहरीको रुपमा स्थापना भएर २०१२ सालदेखि अहिलेको नेपाल प्रहरीको रुपमा पाएको स्वरुपको इतिहास गौरवपूर्ण रहेकाले यसको रक्षा गर्न सकल दर्जाको प्रहरी सक्षम रहदै आएको बताउनुभएको छ ।

उहाँले राज्यको अङ्गको रुपमा अग्रभागमा रहेर कानून कार्यान्वय गराउने, समाजमा शान्ति सुरक्षा कार्यान्वय गराउने, आपराधिक नियन्त्रण र प्रभावकारी अनुसन्धान गरी समाजमा अमनचयन कायम राखेर विकाशील वातावरण बनाउने जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध रहेकाले त्यसमा सरोकारवालाहरुको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल प्रहरीको स्थापना दिवसको अवशरमा आयोजित विशेष कार्यक्रममा नुवाकोटमा वीरगति प्राप्त गर्ने १३ जना र नुवाकोट घर भएर जिल्ला बाहिर वीरगती प्राप्त गर्ने १२ जना गरी २५ जना अमर प्रहरी प्रति सलामी र माल्यापण, नुवाकोटका जेष्ठ पूर्वप्रहरी दुप्चेश्वर गाँउपालिका वडा नं. ७ शिखरवेशी स्थित सिम्टाङका ८६ वर्षका भक्तबहादुर लामालाई सम्मान, जिल्ला प्रहरी कार्यालय नुवाकोटमा रहेर उत्कृष्ट काम गर्ने प्रहरीहरु र प्रहरी दिवसको अवशरमा आयोजित विभिन्न रचनात्मक प्रतिस्पर्धामा उत्कृष्ट भएका प्रहरीलाई सम्मान गरिएको छ ।

नुवाकोट प्रहरीले आफ्नो स्थापना दिवसको अवशर बनाएर यसअघि जिल्लाको मुख्य मुख्य शक्तिपीठ, धर्मशाला, गुम्बा एवम् पाटीपौवाहरुको सरसफाई, प्रहरी कार्यालयमा खुला रक्तदान कार्यक्रम लगातयका रचनात्मक क्रियाकलाप सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नुवाकोटका सरोकारवालाहरुले नुवाकोट प्रहरीको अहिलेको भूमिका प्रभावकारी भएकाले जिल्लामा शान्ति सुरक्षा चुस्त रहेको र आपराधिक गतिविधिमा कमी आएको भन्दै प्रशंसा गरेका थिए ।

‘सत्य, सेवा र सुरक्षणम्’ मुख्य नारा बनाएर जनताको सेवामा अहोरात्र तल्लिन रहेको नेपाल प्रहरीको स्थापना भएको ६३ वर्ष भएमा यात्रारहत भएपनि अझै अभाव, प्रभाव र दबाबबाट भने मुक्त हुन सङ्घर्षरत नै रहेको छ ।

नुवाकोटमा जिल्ला प्रहरी कार्यालय एक, इलाका प्रहरी कार्यालय पाँच, प्रहरी चौकी १५, अस्थायी प्रहरी चौकी आठ सहित कारागार, अदालत, प्रमुख जिल्ला अधिकारीको निवास र प्रशासन कार्यालय लगायतको सुरक्षा नेपाल प्रहरीले नै गर्दै आएको छ । नुवाकोटमा प्रहरीको दरबन्दी ४६७ जना रहेपनि ३२५ जना मात्र कार्यरत रहेको छ भने बाँकी रिक्त रहेको छ ।

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी स्थापनाको ६३ औँ वर्ष प्रवेश गरेको अवशरमा जिल्लामा रहेका ११ जना प्रहरीलाई उत्कृष्ट सेवा गरेबापत सम्मान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा हिजो आयोजना गरेको प्रहरी स्थापना दिवसको अवशरमा बिहीबार आयोजित विशेष कार्यक्रमको बीच उत्कृष्ट भएका विभिन्न दर्जाका प्रहरीलाई विशेष समारोहकको बीच, जिल्ला समन्यव समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नगद रुपैयाँ सहित सम्मान गर्नुभएको हो ।

सम्मानित हुने प्रहरीहरुमा प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई, प्रहरी नायव निरीक्षक बाबुराम ढकाल, प्रहरी सहायक निरीक्षकहरु राजु लामिछाने र भोजराज थापा र प्रहरी हबल्दारहरु टिका सापकोटा, रामबाबु प्रसाद यादव र ईवक गिरी रहेका छन् ।

यसैगरी, प्रहरी जवानहरु कमलेशप्रसाद यादव, श्यामबाबु राय यादव, चेतन महत्तरा र सुनिता केसी रहनुभएको छ । उहाँहरुले जिल्ला प्रहरी कार्यालय र माहतमा रहेका युनिट मार्फत परिचालन भएर यहाँको शान्ति सुरक्षा चुस्त बनाउन, विपद्को समयमा परिचालन भएर प्रहरी संगठनको भूमिकाको महत्वपूर्ण योगदान पु¥याएको लगायतको निर्णायक मण्डल मार्फत छनोटको आधारमा सम्मान गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

२४ असोज, नुवाकोट । दशैपर्वको अवशरमा नुवाकोटको बेलकोटगढीमा १३८ परिवारले बुधबार घटस्थापना गरी सामूहिक रुपमा जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका वडा नंं १० स्थित निरञ्जना भगवति मन्दिरमा रहेको कोटघरमा बडादशैं पर्वको लागि ब्राम्हण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा विक्रम सम्वत १८०१ मा नुवाकोट माथी बिजयी हासिल गरे पश्चात सुरु भएको सामूहिक जमरा राख्ने परम्परा अन्तरगत निरञ्जना भगवति मन्दिरमा यो वर्षपनि निरन्तरता दिइएको मन्दिरका पूजारी नरनाथ पौडेलले जानकारी दिनुभएको छ । उहाँको अनुसार बेलकोटगढी आसपासका ब्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको दिन बुधबारको शुभ साइतको अवशरमा एकै स्थानमा जमरा राखेका छन् ।

बेलकोटगढीको आसपासमा रहेका १८ घर परिवार दलित सहित १३८ परिवारले राखेको सामूहिक जमरा आगामी कार्तिक २ गते परेको बिजया दशमीको दिनमा शीरमा लगाउनु अघिसम्म जमरामा दैनिक पूजा, आरधना र जल समेत जमरा राखेका सबै परिवारले आलोपालो रुपमा चढाउने गरेको वडा नं. १० का वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले जानकारी दिनुभएको छ । उहाँको अनुसार बडादशैं पर्वको अवशरमा काठमाडौं हनुमानढोकाको बैद्धिक विधि अनुसार नुवाकोटको बेलकोटगढीमा पनि पूजा गरेर जमराराख्ने परम्परालाई यो वर्षपनि यहाँका बासिन्दाले सामूहिक रुपमा निरन्तरता दिइएको छ ।

निरञ्जना भगवती मन्दिर पौराणिक शक्तिपीठको रुपमा समेत नेपालमा प्रसिद्ध शक्तिपीठको रुपमा पुजिने गरिएको छ । बेलकोटको पाण्डेगाँउ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउं, मैदानटोल, गैरीगाउंका अधिकांश घरको जमरा सामूहिक रुपमा मन्दिरमा नै राख्ने गरिएको छ ।

सामूहिक जमरा राख्ने परम्पराले समाजमा छुवाछुत जस्तो अमानवीय कुप्रथा बिरुद्धको अभियानदेखि सामाजिक रुपमा समेत एकताबद्ध समेत बनाउन सहयोग पुगेको केशव नेपालीले बताउनुभएको छ ।

बेलकोटमा बसोबास गर्दै आएका स्थानीय विश्वकर्मा, मिजार, नेपाली लगायतका १८ दलित परिवार सहित ब्राम्हण र क्षेत्री समुदायले निरञ्जना भगवति मन्दिर परिसर स्थित कोटघरको एकै स्थानमा जमरा राख्ने परम्पराले समाजमा समेत जातीय विभेदको अन्त्य गर्दै सबै धर्म र जातीलाई एकै स्थानमा उभ्याएको छ ।

स्थानीय भीमबहादुर नेपालीले सबै जाती समूहले एकै स्थानमा जमरा राख्ने परम्पराले बेलकोटगढी आसपासमा जातीय विभेद अन्त्य गर्न सहयोग र पारस्पारिक एका कायम गर्न सहयोग पुगेको बताउनुभएको छ ।
निरञ्जना भगवति मन्दिरमा सामूहिक जमरा राख्न र पूजा सञ्चालनको लागी गुठीको ब्यवस्था भएपनि मन्दिरको गुठी जग्गाबाट कुतवाली उठ्न छाडेपछि धार्मिक परम्परा निरन्तरता दिन समस्या भएपछि स्थानीय सरकारले आर्थिक सहयोग पु-याएको छ ।

नुवाकोट, रसुवा र धादिङमा पर्ने नौ वटा कोटमध्येको एक कोटको रुपमा परिचित बेलकोटगढी धार्मिक, राजनीतिक तथा सामारिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिने गरिएको छ । सामूहिक रुपमा जमरा राख्ने परम्परालाई झण्डै तीनसय वर्षसम्म दिएको धार्मिक निरन्तरतासँगै अब सामाजिक रुपमा समेत एकताबद्ध भएर समाज विकासको नयाँ उदाहरण समेत दिनको लागी आफूहरु तल्लिन रहेको वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताउनुभएको छ ।

२४ असोज, नुवाकोट । दुप्चेश्वर गाँउपालिकाको वडा नं .१ घ्याङफेदीको चेताङमा गएको पहिरोबाट विस्थापित भएका पीडितलाई दुप्चेश्वर गाँउपालिकाको समन्वयनमा आज खाना पकाउने ग्याँस सहितको चुल्हो र चामल वितरण गरिएको छ ।

गाँउपालिकाको पहलमा आज नेपाल बुद्धिष्ट तामाङ सुधार समिति र नेपाल तामाङ समाज जापानको तर्फबाट सयुक्त रुपमा चेताङमा गएको पहिरोबाट विस्थापित भएर घ्यावरचउरमा बस्दै आएका पीडितलाई दशै पर्वलाई लक्षित गरी राहत वितरण गरिएको गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । उहाँको अनुसार चेताङबाट विस्थापित भएका ४४ घरधुरी सबैलाई बुद्धिष्ट तामाङ सुधार समिति र नेपाल तामाङ समाज जापानले सयुक्त रुपमा एक–एक सिलिण्डर ग्याँस उपलब्ध गराएको छ भने घरको पूर्ण क्षति बेहोरेका ११ परिवारलाई एक–एक बोरा चामल उपलब्ध गराइएको छ ।

ती सँस्थाले दिएको राहतबाट समावेश नभएका बाँकी ३३ परिवारको लागी एक–एक बोरा चामल र एक–एक थान ग्याँस चुल्हो गाँउपालिकाले उपलब्ध गराएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभएको छ । पीडितलाई राहत वितरणको लागी नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका अध्यक्ष कमानसिंह तामाङ, संरक्षकहरु नरेश तामाङ र राजेन्द्र वाइवा, महासचिव गिरीबहादुर तामाङ लगायतको टोली समेत गाँउपालिकाको प्रतिनिधि र कर्मचारीसगै विस्थापितहरु बसोबास गर्दै आएको स्थानमा पुगेका थिए ।

चेताङमा गएको पहिरोलाई लक्षित गर्दै स्थापना गरिएको गाँउपालिका दैवी प्रकोप उद्धार राहत कोष मार्फत गाँउपालिकामा रहेका जनप्रतिनिधि र कर्मचारीहरुले सहयोग रकम जुटाएर पहिरोबाट विस्थापित भएकालाई दशै पर्वको समयमा खाद्यान्न र खाना पकाउन सहज बनाउनको लागी ग्याँस चुल्हो र चामल उपलब्ध गराएको उहाँले बताउनुभएको छ । गाँउपालिकाले स्थापना गरेको कोषमा समुन्द्रटारमा रहेको रुक्मिणी माध्यामिक विद्यालयले पनि दश हजार रुपैयाँ सहयोग पु¥याएको प्रधानध्यापक होमबहादुर डंगोलले जानकारी दिनुभएको छ ।

गएको भदौ २६ गते गएको पहिरोको कारण घ्याङफेदीको चेताङमा ११ घर पूर्ण रुपमा क्षति पुगेको थियो भने त्यहाँ रहेका अन्य ३३ घर उच्च जोखिममा पुगेपछि विस्थापित भएकालाई गाँउपालिकाले तत्कालको लागी घ्यावर चउरमा घर भाडामा लिएर सुरक्षित पुर्नवासको व्यवस्था मिलाएको छ । पहिरोबाट पीडित भएकालाई राहत स्वरुप यसअघि विस्थापितहरुलाई नै भेटेर गाँउपालिका र जिल्ला प्रशासन कार्यालयले दश–दश हजार रुपैयाँ उपलब्ध गराएको थियो भने रेडक्रस समुन्द्रटार उपशाखा र नेकपाको प्रदेस नं. ३ का सहइञ्चार्ज हितबहादुर तामाङ, प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङ सहितले खाद्यान्न तथा लत्तकपडा राहत उपलब्ध गराएका थिए ।

विभिन्न सँस्थाले उपलब्ध गराएको राहत सकिने अबस्था भएको र लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले दाउरा कटानमा समस्या भोग्दै आएका विस्थापितलाई गाँउपालिकाले विभिन्न सस्थासंग समन्वयन गरी उपलब्ध गराएको चामल र सिलिण्डर सहितको ग्याँसचुल्होले दशै पर्व मनाउनको लागी सहज भएको बताएका छन् ।

रसुवा । भूकम्पले क्षति गरेको रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ मा ‘सिस्नेरी मुहान गरी गुम्बाडाँडा तथा मुख्यटोल खानेपानी योजना’ नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाको सहयोगमा सञ्चालनमा ल्याइएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिका वडा नंं ५ भोर्लेमा २६ घरधुरीको लागि खानेपानी योजना निर्माण पूरा भएर समुदायलाई हस्तान्तरण गरिएको रेडक्रस रसुवाले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटी रसुवा शाखामा सञ्चालित भूकम्पप्रतिकार्य कार्यक्रमको सहयोगमा १६ लाख १९ हजार ८२३ रुपयाँको लगानीमा सिस्नेरी मुहान गरी गुम्बाडाँडा तथा मुख्यटोल खानेपानी योजना पुर्ननिर्माण गरिएको हो । आयोजना अन्र्तगत १७ वटा धारा निर्माण गरिएको रेडक्रसले जनाएको छ । खानेपानी योजना अन्र्तगत सात घनमिटर क्षमताको १ वटा टयाङ्की निर्माण गरिएको छ ।

एक हजार ४१८ ट्रान्समिसन लाइनर एक हजार ६९९ मिटर वितरण लाइन बनाइएको छ । रेडक्रसको आर्थिक तथा प्राबिधिक सहयोगमा सिस्नेरी मुहान गरी गुम्बाडाँडा तथा मुख्यटोल खानेपानी आयोजना उपभोक्ता समिति मार्फत निर्माण कार्य गरेको अध्यक्ष चन्द्रबहादुर ग्लानले जानकारी दिनुभएको छ । उहाँको अनुसार रेडक्रसले १४ लाख ११ हजार ५ सय ८७ र समुदायको २ लाख ८ हजार २ सय ३६ रुपयाँखर्च गरेर खानेपानी योजनानिर्माण गरिएको हो ।

खानेपानी आयोजनाबाट प्रत्यक्ष रुपमा २६ परिवारका १६७ सदस्यहरु लाभान्वित भएका छन् । खानेपानी आयोजना गएको वर्षको फागु्न १० गतेबाट निर्माण सुरु भएको थियो । नवनिर्मित खानेपानी आयोजना उपभोक्ता तथा समुदायलाई रसुवा रेडक्रस सभापति बाबुलाल तामाङ्गले हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रम नौकुण्ड गाउपलिका वडा नं. ५ का वडा अध्यक्ष घम्टे गम्जन लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी रसुवाबाट सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमको खानेपानी, सरसफाई तथा स्वच्छता गतिबिधि अन्र्तगत खानेपानी आयोजना निर्माण गरिएको कार्यक्रम संयोजक मधुसुदन थापाले जानकारी दिनुभएको छ ।
कार्यक्रमबाट सिस्नेरी मुहान गरी गुम्बाडाँडा तथा मुख्यटोल खानेपानी योजना सहित ६ वटा खानेपानी आयोजना गएको आर्थिक बर्षदेखि निर्माण सुरु गरी अहिले सबै सञ्चालनमा आएका छन् ।

रेडक्रस रसुवाका कार्यक्रम संयोजक संयोजक थापाको अनुसार भूकम्पबाट पीडित भएका समुदायलाई स्वच्छ खानेपानी आयोजना उपलब्ध गराउने उद्देष्यले अनुरुप कार्यक्रम लागू भएको साविकका गाविसमा रेडक्रसले खानेपानी आयोजना निर्माण गरिएको छ ।

काठमाडौ । डोजर, ट्रिपरसहित मजदूर यही असोज २२ गते सोमबारको दिन मध्यरातमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्डको काममा व्यस्त देखिन्थे । सडक चौडा गर्ने, ‘ग्राबेल’ ओसार्ने, बिछ्याउने, पेल्ने काम चलिरहेको थियो । नजिकिएका चाडपर्व, सयममै काम सक्नुपर्ने दबाब आदि कारणले ठेकेदार कम्पनी काममा कस्सिएको हो ।

तेह्र किमिको उक्त खण्ड ‘सिद्धिसाई प्रकाश कन्सट्रक्सन’ को जिम्मामा छ । चाडबाडमा यात्रुको सहजताका लागि दिनरात नभनी काम गरिएको साइट इञ्जार्च पुष्पकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार अहिले साढे दुई सय मजदूर काममा खटिएका छन् । सडक चलाउने, नाली, पर्खाल निर्माण र ‘ग्राबेल’को काम तीव्र गतिमा भइरहेको छ ।

‘समयमै कामको लक्ष्य पूरा गर्ने गरी अघि बढेका छौं,’ इञ्चार्ज शाहीले भन्नुभयो, “चाडपर्वको बेला पनि काम रोकिन्न ।” ठेक्का सम्झौतामा सडक कालोपत्रेको लागि २०७६ माघ १४ सम्मको म्याद तोकिएको छ । विवादित जग्गा, खानेपानीका पाइप र विद्युत्का खम्बा समयमै नहटाउँदा काममा बाधा पुगेको ठेकेदार कम्पनीको गुनासो छ ।

जिल्लाको पश्चिम क्षेत्रमा लोकमार्ग कालोपत्रे भइसक्दा पनि सदरमुकामसँग जोडिएको खण्ड अझै कच्ची छ । मार्ग खोल्न शुरु भएको २० वर्षपछि बल्ल कालोपत्रेको तयारी अघि बढेको हो । वर्षामा हिलो र हिउँदमा धुलोको सकस व्यहोरेका स्थानीयवासी आयोजना व्यवस्थापनसँग रुष्ट बन्दै आएका थिए । अहिले देखिएको कामको गतिले भने आशा जगाएको छ ।

बागलुङ–बिहुँ खण्डसँगै बिहुँ–घोडाबाँधेसम्मको १२ किलोमिटर सडक पनि कालोपत्रे हुन बाँकी छ । उक्त खण्डमा पनि कालोपत्रेको लागि काम अघि बढेको छ । त्यस्तै पश्चिम बूर्तिवाङदेखि पूर्वी रुकुमको सीमा पातीहाल्नेसम्म ४५ किमि कालोपत्रे हुन बाँकी छ । घोडाबाँधे–बूर्तिवाङ ६४ किमि कालोपत्रे भइसकेको छ । कालोपत्रे हुन बाँकी खण्डमा पूर्वाधार तयारीको काम धमाधम भइरहेको छ ।

यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा लोकमार्गको बागलुङ खण्ड पूरै कालोपत्रे हुने आयोजनाले जनाएको छ । ‘वर्षायाम हटेसँगै कामले गति लिएको छ’ लोकमार्गको बागलुङ खण्डका इञ्जिनीयर सुरज महर्जनले भन्नुभयो ।

बिहुँ–घोडाबाँधेसम्मको १२ किमि निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ । त्यस्तै बूर्तिवाङदेखि पूर्वी रुकुम सीमा पाती हाल्नेसम्मको ४५ किमि ‘कालिका प्यासेफिक’ र ‘इसिआर÷कन्काई’ ठेकेदार कम्पनीको जिम्मामा छ । उक्त खण्डको २४ किमिमा ‘ग्राबेल’ भइसकेकाले कालोपत्रे छिटो हुने भएको छ । सदरमुकाम तर्फको खण्डमा पनि केही वर्षअघि नै कालोपत्रे भइसक्नुपर्नेमा ठेकेदार कम्पनीकै लापरवाहीले ढिलो भएको हो ।

लोकमार्ग आयोजनाले ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी हटाएर नयाँलाई जिम्मा दिएको हो । जिल्लाको मेरुदण्ड मानिएको लोकमार्ग कालोपत्रे हुँदासाथ यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने ठानिएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गले बागलुङको सबैभन्दा बढी १४२ किमि दुरी समेटेको छ ।

काठमाडौ । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज असोज २३ गते निधन भएको छ ।
बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनुभयो । अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिनुभयो । बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी हुनुभएको थियो. ।

नारायण ढुङ्गाना
२३ असोज, काठमाडौ । कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन ।

प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्र सूचना र प्रविधिको माध्यम परिवर्तन भएकाले सेवा आधुनिकीकरण गर्नसके अझै हुलाकको आवश्यकता छ भन्नुहुन्छ । आज १४४औँ विश्व हुलाकदिवस मनाइएको छ । दिवस मनाइरहँदा यसको सेवा चुस्त हुन नसकेकामा चिन्ता प्रकट गरिएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष हुलाकमा चिठीपत्र आदानप्रदान ३ दशमलव ४ प्रतिशतले घटेको गोश्वारा हुलाक कार्यालय काठमाडाँैका प्रमुख हुलाक अधिकृत वेदप्रसाद भण्डारीले बताउनुभयो । नेपालमा विभिन्न चुनौतीका बीच काम गर्नुपरेकाले सेवा प्रभावकारी बनाउन नसकेको भण्डारी बताउनुहुन्छ । यद्यपि चुनौतीका बीचमै हुलाकको पार्र्सल ९पुलिन्दा० तथा व्यावसायिक सेवामा आकर्षण बढेको भण्डारी दाबी गर्नुहुन्छ ।

गएको वर्ष पार्सल १२ दशमलव ५ प्रतिशतले बढेको थियो । हुलाकको कूल रु ५० करोड राजश्व मध्ये पहिलो नम्बरमा द्रुतडाँक सेवा, त्यसपछि पार्सल र चिठीपत्रबाट न्यून आउने गरेको छ ।

“चिठीपत्र घट्दो छ, पार्सल र व्यावसायिक सेवाको माग बढ्दो छ, भण्डारीले भन्नुभयो, “व्यावसायिक सेवा दिने हो भने अझै हुलाकको प्रभावकारिता रहन्छ, अब व्यावसायिकतामा जानुको विकलप छैन ।” जापानमा दूधलगायत खाद्यसेवा हुलाकबाटै उपलब्ध हुन्छ । भुटानमा हुलाक बस सेवा छ जुन कोलकत्तासम्म जान्छ । नेपालमा पनि यस्ता व्यावसायिक सेवा ल्याउनु जरुरी देखिन्छ । नेपालमा उपत्यकाको तीन जिल्लामा शुरु भएको घुम्ती सेवासमेत देशव्यापी बनाउन सकिएको छैन ।

हुलाक सेवा विभागका महानिर्देशक आनन्दराम रेग्मी हुलाकको गरिमा र महत्व कायम राख्न कर्मचारी एकजुट भएर लाग्नुपर्ने बताउनुहुन्छ । स्थिर सरकार भएकाले पनि सेवा प्रभावकारी हुने आशा उहाँको छ ।

गोश्वारा हुलाकका अनुसार ३० प्रतिशत दरबन्दी रिक्त हुनु, प्रविधिलाई आत्मसात् गर्न नसक्नु, सेवा रुपान्तरण गर्न नसक्नु, बजेटको अभाव तथा हुलाकप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक हुँदा समस्या परिरहेको छ । सेवा विस्तार गर्न सरकारले बनाएको हुलाक सुधार कार्यदलका संयोजक राजेन्द्रप्रसाद शर्मा सञ्चार क्षेत्रको पुरानो सेवा दयनीय बन्दै गएकाले स्वायत्त संस्थाका रुपमा विकास गरी सेवा समयानुकूल बनाउनुपर्ने बताउनुभयो । कार्यदल यसैमा केन्द्रित रहेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे हुलाक सेवा सरकारको प्राथमिकतामा नपरेको बताउनुहुन्छ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका अध्यक्ष टङ्क हुमागाई प्रविधिमैत्री बनाउँदै अन्य देशका हुलाकले झै सेवा दिनु जरुरी रहेको आँैल्याउनुभयो । तथ्याङ्कअनुसार विश्वमा १९२ देशको छ लाख कार्यालयमा ५३ लाख हुलाककर्मी छन् । कुनै समय चीन र इजिप्टमा हुलाक सेवाको संरचना बनेको थियो । आधुनिक हुलाक सेवाको शुरुआत सन् १६३५ बाट भएको हो । सन् १८७८ मा विश्व हुलाक संघ स्थापना भएको थियो ।

नेपालमा भने १९३५ बाट हुलाक सेवा शुरु भएको हो । सन् १९५६ मा नेपालले विश्व हुलाक संघको सदस्यता लिएको थियो । हाल ७० जिल्लामा ८४२ इलाका र ३ हजार बढी अतिरिक्त हुलाक कार्यालय छ । त्यस्तै १७ हजार जनशक्ति परिचालित छन् । नेपालबाट ३९ देशमा द्रुत डाँकसेवा सञ्चालनमा छ ।

विभिन्न कार्यक्रम गरी दिवस मनाईयो

राजधानीमा आज १४४औं विश्व हुलाक दिवस हुलाकसेवा विभाग र गोश्वारा हुलाक कार्यालयले विभिन्न कार्यक्रम गरी मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले चिठीमा टाँचा लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सोही सन्दर्भमा आज काठमाडौमा हुलाकमा उत्कृष्ट सेवा पु¥याउने कर्मचारीलाई सम्मान गरियो । पुरस्कृत हुने कर्मचारीमा जुजुकाजी डंगोल, नन्दा पौडेल, दिपक घिमिरे छन् ।

२३ असोज, काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ ।

ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन सक्दैन भन्नुभयो ।

२३ असोज, कलैया । गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले आज बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरिएको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिनुभयो ।

अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा पल्सर, गेयरमा समेत सिल नभएको हुँदा बाध्य भई नोजल सिल गरिएको प्रमुख यादवले जानकारी दिनुभयो ।

त्यसैगरी विजय आयलको डिजलमासमेत घटी भएको पाइएकाले त्यसलाई सिल गरिएको उहाँले भन्नुभयो । के–कति कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान भइरहेको क्षेत्रीय प्रमुख यादवले जानकारी दिनुभयो ।