कुर्दिस्तान ।

कुर्दिस्तानमा रहेका नेपालीहरुले सामुहिक रुपमा जमघट गरेर सांगितिक कार्यक्रम, नेपाली परिकार सहित यसपटक नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं र तिहार मनाउने भएका छन् ।

यहाँको सबैभन्दा बृहत संस्था प्रवासी नेपाली एकता समाज कुर्दिस्तानको आयोजनामा विगतका बर्षहरुमा जस्तै यसबर्षपनि नेपाली कलाकारहरु सहित ईराक तथा कुर्दिस्तानमा रहेर नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायक गायिका लगायत कलाकारहरुको प्रस्तुती सहित दशैं तिहार विशेष कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष नबिन कुमार लामाले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

आयोजक संस्थाले अक्टोबर १९ तारिक अर्थात बडा दशैंको टिकाकै दिन पारेर परदेशमा रहेका नेपालीहरुको दशैंलाई रमाईलो बनाउने उदेश्य सहित नेपाली खाना, सांगितिक प्रस्तुती सहित चिट्ठा कार्यक्रम समेत आयोजना गरेको छ ।

कुर्दिस्तानको होली नवरज हलमा हुने कार्यक्रम बिहान १० बजेबाट सुरुभई साँझ ७ बजेसम्म जारी रहने बताईएको छ ।

सिटि एक्सप्रेस र मकवानपुर समृद्धि शिखर समाज कार्यक्रमको सह प्रायोजक रहेका छन् । कार्यक्रममा हुने दशैं तिहार विशेष कार्यक्रमको चिट्ठामा प्रथम उपहार स्कुटर राखिएको छ भने ल्यापटप, मोबाइल, साईकल सहित १० वटा घडी सान्त्वना उपहार राखिएको छ ।

कार्यक्रम स्थलसम्म पुग्न सहभागीहरुको लागि स्थानिय समी अब्दुलरहमान पार्कमा निशुल्क यातायातको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । कुर्दिस्तानमा रहेका सबै संघसंस्थालाई उपस्थितिको लागि निमन्त्रणा गरिनुका साथै सबै नेपालीहरुको उपस्थिति रहने विश्वास सहित कार्यक्रम आयोजक समाजका अध्यक्ष लामाले दशैं तिहार शुभकामना आदान प्रदान सहित रमाईलो गर्न लागिएको कार्यक्रममा सबैको साथ र सहयोग पाउने विश्वास समेत व्यक्त गरे ।

वि.सं. २०७२ सालमा स्थापित प्रवासी नेपाली एकता कुर्दिस्तानले ईराक तथा कुर्दिस्तानमा समस्यामा परेका नेपालीहरुलाई सहयोग सहित यहाँका नेपालीबिचको एकता र भातृत्वको लागि काम गर्दै आएको छ ।

नेपालमा विभिन्न सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आएको समाज कुर्दिस्तान क्षेत्रमा रहेका नेपालीहरुबिच सक्रिय संस्थाको रुपमा परिचित छ ।

२२ असोज, शिवपुरी । यहाँको शिवपुरी गाउँपालिकाको वडा नं ३ लिखुको काउलेमा रहेको महेन्द्र माध्यामिक विद्यालयलाई मण्डेला अर्रगनाईजेशन माफत विद्यालयलाई १५ थान कम्प्युटर प्रदान गरिएको छ । उपसभामुख राधिका तामाङको विषेश पहलमा प्राप्त भएको ती कम्युटरहरु एक कार्यक्रमको विच आइतबार विद्यालयका प्रध्यानध्यापक शिवलाल राईलाई हस्तान्तरण गरिएको छ । उपसभामुख तामाङले आफूले अध्ययन गरेको विद्यालयको लागी सहयोग अन्तरगत दाताबाट जुटाएर कम्युटर प्रदान गरेकाले त्ससको सही रुपमा सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

उहाँले प्रदेस सरकारले प्राविधिक शिक्षालाई निति बनायर लागिरहेको र अब स्थानिय तहमा प्राविधिक शिक्षा आबश्यक रहेकोले स्थानिय सरकारले यसमा जोड दिनु र्पने र शिक्षा क्षेत्रको विकासको लागि सधै लागिपरिरहने बताउनुभयो। कार्यक्रममा विषेस अतिथि शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले शिक्षाको गुणस्तर सुधारहुदै गईरहेको र अहिले गाउँपालिकाले सबै विधालयमा विधुतिय हाजिरको जडान भएको र शिक्षाको विकासको लागि गाउँपालिका सधै लागिरहेको कम्प्युटर प्रदान गर्न सस्थालाई धन्यवाद दिनु भयो ।

वडा अध्यक्ष रामहरी थापाले समाज विकासको मुख्य आधार शिक्षा भएको र शिक्षाको विकासको लागिसधै लागिरहने बताउनु भयो । कार्यक्रममा शिवपुरीका समाजसेवि तथा नेकपा नेता पदम उप्रेतिले विकासको आधार नै शिक्षा भएकोले अब विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन र्गन आबश्यक रहेको बताउनुभयो ।

कम्युटर उपलब्ध गराउने मण्डेला अरर्गनाईजेसनका महासचिब मिलन लामाले शिक्षाको विकासमा टेवा पुयाउन सस्थाले सक्ने सहयोग गरीरहने बताउनु भयो । कार्यक्रम मा विधालयका विर्धाथिले स्वागत गित नाटक प्रस्तुत गरीइको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कालि बहादुर तामाङले शैक्षिक सुधारको लागी पछिल्लो समय विभिन्न प्रयासहरु भइरहेकाले सबैको सहयोगले सुधार हुदै आएको बताउनुभयो ।

२२ असोज, काठमाडौ । केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आजदेखि आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन ।

भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले उक्त कार्यालयको आज उद्घाटन गर्दै सेवाग्राहीको अधिकारलाई प्राथमिकतामा राखेर यातायातसम्बन्धी विधेयक चाँडो प्रादेशिक संसदमा पेश गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवस्था कार्यालयमा अब पूरानै ढर्रामा कार्य सम्पादन गर्नु हुँदैन, सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर गुणात्मक फड्को मार्नुपर्छ ।”

कार्यालय प्रमुख श्यामकुमार सिंहले सवारी चालक अनुमतिपत्र प्रदान गर्ने, नवीकरण गर्ने र प्रतिलिपिको व्यवस्थापनमा सक्रिय रहेको कार्यालयले अहिले दशैँको समयमा यात्रुलाई सहजरुपमा यातायात सुविधा प्रदान गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

मोटरसाइकल व्यवस्थापन शाखाका प्रमुख गणेश अर्यालले दक्ष जनशक्तिको अभावमा दैनिक कार्य सम्पादनमा समस्या भइरहेको बताउनुभयो । सोही स्थानमा रहेको यातायात व्यवस्था कार्यालयअन्तर्गत साना÷ठूला सवारीको भवनमा पनि प्रदेश सरकारको नयाँ बोर्ड राखिएको छ । चालक अनुमतिपत्र कार्यालयबाट रु ३२ करोड ७३ लाख तथा यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारीबाट रु सात अर्ब १४ करोड राजश्व सङ्कलन गरिएको छ ।

नारायण ढुङ्गाना
२२ असोज, काठमाडौ । नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो ।

परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराईले गत भदौदेखि अनुसन्धान शुरु गरिएको जानकारी दिँदै उच्च रक्तचाप, नूनको मात्रा, चिल्लो पदार्थलगायत कुन तत्वले नसर्ने रोगलाई बढी प्रभाव पारेको छ भनेर अनुसन्धान हुने जानकारी दिनुभयो ।

प्रारम्भिक चरणमा अहिले घरधुरी सर्वेक्षणका लागि २४ समूहमा टोली परिचालन गरिएको छ । सन् २०१३ को अनुसन्धानमा नसर्ने रोग बढ्दै गएको पाइएको थियो । तथ्याङ्कले उच्च रक्तचाप, मोटोपन, मादकपदार्थ, सुर्तीजन्य पदार्थको प्रयोग, नूनको मात्रा बढ्नुलगायतका कारणले हृदयाघात, मुटुरोग, क्यान्सरजस्ता नसर्ने रोग बढ्न सहयोग गरेको देखिएको थियो ।

फेरिँदो जीवनशैली, लापरवाहीपूर्ण खानपिन तथा शारीरिक अभ्यासको कमीले नसर्ने रोगलाई बढाउन मद्दत गर्ने क्यान्सर रोग विशेषज्ञ डा अनील कार्की बताउनुहुन्छ । अस्वस्थकर खानपिन पनि अर्काे महत्वपूर्ण कारक तत्व हो । यस्तै वंशाणुगत तथा विभिन्न विषादीले पनि नसर्ने रोगलाई बढाउन मद्दत गर्ने डा कार्की बताउनुहुन्छ ।

सन् २०१३ कोभन्दा अहिलेको अवस्था के छ भनेर यसपटक अध्ययन हुनेछ । यसबाट आएको प्रतिवेदन सरकारलाई बुझाइने परिषद्ले जनाएको छ । अनुसन्धानले रोगको जोखिम घटाउन नीति निर्माणका लागि सरकारलाई सहयोगी भूमिका खेल्ने विश्वास लिइएको छ ।

देशका सबै क्षेत्रलाई प्रतिनिधित्व गर्दै झण्डै ५० हजार घरघुरी प्रारम्भिक सर्वेक्षणबाट छानिएको छ हजार २४७ घर छनोट गरी अनुसन्धान हुने अर्का अनुसन्धान अधिकृत अच्यूतराज पाण्डेले बताउनुभयो । यसमा १५ देखि ६९ वर्षका व्यक्ति सहभागी हुँदैछन् ।

शुरुमा भौगोलिक अवस्थाको पहिचान हुने त्यसमा पनि शारीरिक अवस्था र अभ्यास गरे नगरेको अनुसन्धान हुनेछ भने तेस्रो चरणमा रगत र पिसाब सङ्कलन गरेर ल्याब परीक्षण हुनेछ । रगतमा चिनी र चिल्लो पदार्थको मात्रा र पिसाबबाट नूनलगायतको मात्रा पत्ता लगाइनेछ ।

गएको दुई महिनामा ३१ हजारको घरधुरीमा प्रारम्भिक सर्वेक्षणको काम सकिएको पाण्डे बताउनुहुन्छ । सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा नसर्ने रोगका कारण करीब ६० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले समेत नसर्ने रोगको जोखिम विश्वमै बढ्दै गएको भन्दै हरेक राष्ट्रलाई ध्यानाकर्षण गराउने र अनुसन्धानमा समेत सहयोग गर्दै आएको छ । नेपालमा पनि हरेक पाँच वर्षमा नसर्ने रोगको अनुसन्धान हुन्छ ।

गत भदौबाट शुरु भएको अध्ययनअनुसार सन् २०१८ भित्रमा घरधुरी सर्वेक्षण सकेर दोस्रो चरणको अनुसन्धान थाल्ने बताउँदै अनुसन्धान अधिकृत सरोज भट्टराईले अर्काे दशैँमा प्रतिवेदन सार्वजनिक हुने जानकारी दिनुभयो ।

परिषद्का उपमुख प्रशासकीय अधिकृत निर्भयकुमार शर्मा अनियमित खानपिन, चेतनाको कमी, शारीरिक अभ्यास नहुँदा नसर्ने रोग बढ्दै गएको दाबी गर्नुहुन्छ । “अल्छीपन छ, आधा घण्टा लाग्ने बाटो हिँड्न छाडेर आधा घण्टै कुरेर पनि गाडी चढ्ने बानी छ, यसले नसर्ने रोगलाई स्वभाविकै सहयोग गर्छ”, शर्मा भन्नुहुन्छ । वातावरण प्रदूषण र अव्यवस्थित शहरीकरण पनि अर्काे कारक तत्व हुनसक्ने भन्दै यसतर्फ पनि अनुसन्धान केन्द्रित गर्नुपर्ने अनुसन्धानकर्मीको भनाइ छ ।

बढ्दो छ नसर्ने रोगको जोखिम

नेपालमा सन् २००३ बाट नसर्ने रोगको अध्ययन शुरु भएको थियो । सन् २०१३ देखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा अनुगमन भएको थियो । सन् २०१३ को तथ्याङ्कमा नेपालमा २२ दशमलव ४ प्रतिशतमा मोटोपन पाइएको थियो । यस्तै २१ दशमलब ६ प्रतिशतमा बढी तौल र ४ प्रतिशतमा अत्यधिक मोटोपन रहेको थियो ।

औषधि नलिने ८३ दशमलब ३ प्रतिशतमा उच्च रक्तचाप, ९१ दशमलब ५ प्रतिशतमा चिनी रोग र कोलेस्टोरल २२ दशमलब ७ प्रतिशतमा थियो । अनुसन्धानमा ध्रुमपान गर्ने १८ दशमलब ५ प्रतिशत, फलफूल तरकारी तथा सागसब्जीको मात्रा कम खाने झण्डै ९९ प्रतिशत रहेको छ । यी विभिन्न कारणले नसर्ने रोगलाई बढावा दिन सहयोग गर्ने चिकित्सक बताउँछन् ।

२२ असोज, कञ्चनपुर । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन ।

गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको नेतृत्वमा रहेको अनुसन्धान टोली पनि लामो समयदेखि घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी घटना अनुसन्धानकै लागि सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली केही साताअघि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेका छन् । तर घटना भएको अढाइ महिना बितिसक्दा पनि प्रहरी अनुसन्धान उपलब्धिबिहीन रहेको प्रहरी स्रोतले जनाएको छ ।

सिआइबीले घटनामा संलग्न हुनसक्ने आशङ्का भएका करीब एक दर्जन व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ । त्यसका साथै राष्ट्रिय अनुसन्धानलगायत प्रहरीभित्रै विभिन्न टोली बनाएर केन्द्रबाट परिचालनसमेत गरिएको छ ।

“घटनाको सुरुवातमै कञ्चनपुर प्रहरी नेतृत्वबाट भएको गम्भीर लापरवाहीकै कारण अहिलेसम्म हत्यारासम्म पुग्न सकस भएको हो ।” प्रहरी स्रोतले भन्यो, “शव भेटिएका बेला गम्भीरताका साथ अुनसन्धान थालेको भए अहिले यस्तो अवस्था नै आउने थिएन ।”

सुरुवातकै त्रूटीका कारण अहिले अनुसन्धानमा समस्या भएको अनुसन्धान अधिकारीको भनाइ छ । घटनाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमै झिकाएर प्रहरी नायब महानिरीक्षक धिरु बस्नेत नेतृत्वको टोलीले घटनाबारे छानबिन गरिरहेको छ । केही समयअघि प्रहरी प्रधान कार्यालयबाटै घटना अनुसन्धानको समन्वयकारी भूमिका निभाउन प्रहरी उपरीक्षक दुर्गासिंह चन्द भीमदत्तनगर आइपुग्नुभएको छ ।

कञ्चनपुरमा महिला तथा विभिन्न दवाव समूहले निर्मलाको हत्यारा सार्वजनिक गर्न दिनहुँ प्रर्दशन गरिरहेका छन् । आन्दोलनरत यहाँका महिला अधिकारकर्मीलाई आइतबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले पनि ऐक्यवद्धता जनाउनुभयो । उहाँले निर्मलाले न्याय नपाएसम्म दवाव दिनुपर्ने आवश्यकता औँल्याउँदै आफू र आफ्नो पार्टी त्यसका निम्ति लागिरहने बताउनुभयो ।

घटनामा संलग्न भन्दै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (हाल निलम्वित) प्रहरी उपरीक्षक डिल्लीराज विष्टले सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका थिए । घटनामा संलग्नताको आरोप स्थानीयवासीले लगाएपछि केही समयअघि प्रहरी उपरीक्षक विष्ट, उहाँका छोरा किरणराज विष्ट र भीमदत्तनगरकै युवा आयुश विष्टको समेत डीएनए परीक्षण गरिएको थियो । तीनै जनाको रिपोर्ट नमिलेपछि घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउँदै केही तथ्य फेला नपरेको बताउनुभयो । “हामी सुक्ष्म रूपमा दिनरात खटिएर लागेका छौँ ।” कडायतले भन्नुभयो, “अनुसन्धानमा केही नयाँ तथ्य आएको छैन ।”

नुवाकोट । काठमाडौ उपत्यकाकाको फोहर विसर्जन गरिदै आएको नुवाकोटको ककनी गाँउपालिकाको प्रभावित बासिन्दालाई सेवा पु-याउन काठमाडौ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ ।

फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमति अनुसार आइतबार महानगरपालिकको मेयर विद्यासुन्दर शाक्यले ककनी गाँउपालिकाको अध्यक्ष मानबहादुर लामालाई प्रदान गर्नुभयो ।

फोहर प्रभावित बासिन्दा बिरामी हुदाँ अस्पताल लैजान हुदै आएको कठिनाईको समाधानको लागी उक्त एम्बुलेन्स प्रदान गरेको र पूर्वसहमतिहरु आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै अघिबढ्ने मेयर शाक्यले बताउनुभयो ।

कार्यक्रममा ककनीका अध्यक्ष तामाङले दुई वर्षको लागी भनेर फोहर फाल्न थालिएको सिसडोलमा निरन्तर १३ वर्षसम्म फालिदै आएकाले पूर्वाधार सुधार एवम् विकल्पमा पहिचान गरिएको स्थान बञ्चरेडाँडामा लैजानको लागी तयारी थाल्न आग्रह गर्नुभयो ।
विसं २०६२ जेठ २२ गतेदेखि काठमाडौ उपत्यकाको फोहर बिसर्जन गर्न थालिएको यहाँको ककनी गाँउपालिकाको वडा नं. १ र २ मा पर्ने ओखरपौवाको सिसडोलमा हाल दैनिक करिब एक हजार मेट्रिक टन फोहर फालिदै आएको छ ।
सिसडोल भरिन अब दुई महिना मात्र बाँकी भएपनि विकल्पको स्थानमा पूवार्धार तयार गर्न ढिलाई भइरहेको छ ।

सिसडोलदेखि करिब दुई किलोमिटर दुरीमा पर्ने ओखरपौवाको बञ्चरेडाँडा २५ वर्षसम्म फोहर फाल्न सकिने विकल्प देखिएपनि पूर्वाधार निर्माण अन्यौल छ ।

२२ असोज, काठमाडौ । सुदुर–पश्चिम प्रशंसा संरक्षण समुहले निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न दोषी पत्ता लगाई कारवाहीको लागि सरकारसमक्ष जोडदार माग गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा समूहले बृहत्त अन्तरक्रिया आयोजना गरेर निर्मलाको निर्ममतापूर्वक हत्या गरिएको र जघन्य अपराधको सम्बन्धमा पीडीत परिवारको सम्वेदनशीलताकोसमेत बेवास्ता गरिएको भन्दै आपत्ती जनाउँदै हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको हो ।

७५ दिनसम्म पनि दोषी पत्ता लाग्न नसकेको र पीडित पक्षले न्याय पाउन नसकेकोे भन्दै सुदूर–पश्चिमका काठमाण्डौबासीहरुको प्रतिनिधित्व गर्ने सामाजिक संस्थाहरु र नागरिक समाजहरुले संयुक्त रुपमा आज गम्भिर ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले चाँडोभन्दा चाँडो घट्नाको छानबिन गर्दे दोषीलाई सार्वजनिक गर्नुपर्ने माग गरे ।

नागरिकको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको हनन् भएको भन्दै उनले भने,‘घट्नाको प्रकृतिमाथि केही बिसंगतिहरु देखिएका छन्, त्यो सत्यपनि हो तर प्रमाण मेटाउने कामपनि भएको हुँदा अपराधीले संरक्षण पाईरहेको छ ।’

निर्दोष मानिषहरुलाई अनाहकमा अपराधीको ट्याग लागेको बताउदै उनले यो सामाजिक न्यायको मुद्दा भएको कारण यसमा कसैले राजनीती गर्न नहुने बताए । सरकारसंग न्याय माग्दा राजनिती हुन्छ भने कोसंग न्याय माग्ने भन्दै लेखकले प्रतिप्रश्न गरेका छन। उनले घाईतेहरुको स्थिती अत्यन्त जटिल रहेको बताउँदै त्यतापतर्फ समेत सरकारको ध्यानाकर्षण गराए ।

उनले भने,‘राज्यको कति सम्पति नोक्सान हुने खतरामा थियो र गोली चलाएर नागरिकले ज्यान गुमाउनुपर्यो, जिन्दगीभरिको पीडा बोकेर बाँच्नुपर्ने ?’ उनले काङग्रेसलाईमात्र न्याय चाहिएको नभएर सबैले निर्मलाको लागि न्यायको माग गरिरहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका सांसद डा.दिपकप्रकाश भट्टले यो घट्नाका बारेमा आफूहरुले संसददेखि सडकसम्म नै जानकारी गराईसकेको जनाए । पाँच महिना यता १७० बलत्कारका घट्ना घटिसकेको जनाउनदै उनले अपराधी जतिनै शक्तिशाली भएपनि राज्यले सार्वजनिक गर्नुपर्ने धारणा राखे ।
डि.एन.ए टेस्टको रिपोर्ट नेगेटिभ आईसकेपछि वास्तविक अपराधि को हो ? भनेर सत्य तथ्य पत्ता लगाउनु राज्यको दायित्व भएकोपनि उनले बताए । आजको भोलिनै पत्ता नलागेपनि अपराधी कानुनको कठघरामा आउनुपर्नेमा उनले जोड दिएका छन् ।

घट्ना घटेको यतिका दिन बितिसक्दापनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु यो राज्यको लागि लाजमर्दाे बिषय भएको उनको भनाई थियो । उनले भने,‘अब राज्य यसमा चुक्न हुँदैन् ।’

कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पञ्चायतको बेलाकोजस्तै लाश भेटिने तर अपराधी भेटिने आशा नरहेको बताएका छन । उनले कनञ्चनपुरको घट्नापछि पाँच महिनामा अन्य यस्ता धेरै घट्नाहरु घटिसकेको जानकारी गराएका छन ।

दुई तिहाईको बहुमतको सरकारमा दुई तिहाईकै दरले अपराधको घट्ना बढेको उनले आरोप लगाए ।

त्यस्तै अनेरास्ववियुका महासचिव ऐन महरले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अपराधीलाई हदैैसम्मको कारवाहीको माग गरे ।

घट्नाको निश्पक्ष छानविन गराई अपराधमाथि राजनीति गर्न नहुने उनले बताए । अहिले आएर आफ्ना आफन्तबाटै अपराध बढिरहेका कारणपनि नेपाल प्रहरीले सम्पुर्ण सयन्त्रको प्रयोग गरि छानबिन गर्नुपर्ने बताए ।

अनेरास्ववियुको उक्त घट्नाप्रति आपत्ति रहेको जनाउँदै सरकारको घट्नामा कुनै दोष नरहेको स्पष्ट पारे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्ने भनेर बोलेको नभई यस्ता कयौं घट्नाहरु छन जो छानबिन हुन नसकेको भनेरमात्रै स्मरणमात्र गराएको भन्दै ओलीको बचाउ गरे ।

महिला अधिकारकर्मी शारदा चन्दले निर्मला पन्तको बलात्कारपछिको हत्याको घट्नामा अनुुुसन्धानको लागि पक्ष र विपक्ष दुबैको उत्तिकै महत्वपूर्ण भुमिका रहेका बताईन् ।

उनले आफु प्रधानमन्त्री कार्यालयमा घट्नाको बारेमा जानकारी गराउन जाँदा अपमानित भएको गुनासो पोखिन् । चन्दले भनिन्,‘प्रहरीको आदेशबिनै कसरी परिचालन भयो ? क–कसको घट्नामा दोष रहेको छ सबै सार्वजनिक गरियोस् । सर्कसकोजस्तै हामीलाई न ननचाईयोस।’

अहिलेसम्म पाँच वटा छानबिन समिति बनिसक्दापनि वास्तविक अपराधी पत्ता नलागेकोमा उनले आक्रोश समेत पोखिन् ।

उक्त कार्यक्रममा अनेरास्ववियू (कान्तिकारी) का केन्दिय सचिव डि.बि. साउद, नेता हर्केश कठायतलगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बितरण गरिएको प्रेस विज्ञप्तीको पूर्णपाठ

मितिः २०७५।०६।२१
प्रेस बिज्ञप्ती
कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका उल्टाखाम बस्ने १३ बर्षिया निर्मला पन्तको योजनाबद्घ रुपमा मिति २०७५ साल साउन १० गतेका दिन बलात्कार पछि निर्ममता पूर्वक हत्या गरिएको र जघन्य अपराधको सम्बन्धमा पिडीत परिवारको सम्वेदनशीलताको समेत बेवास्ता गरी नेपाल प्रहरीका केहि कर्मचारीहरुले कानुनी रुपमा चुस्त दुरुस्त ढंगले खोज अनुसन्धान नै नगरेको र उल्टै घटनाको प्रमाण नष्ट गराउने तथा वास्तविक अपराधी लुकाउने एवं बनावटी अपराधी सार्वजनिक गर्ने जस्ता गैर कानुनी र गैरजिम्मेवारी कार्यले बलात्कार र हत्या जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधको वास्तविक अपराधिको पहिचान हुन नसकेको कुरा सर्वबिदितै छ ।

अनुसन्धानमा गैह्र जिम्मेवारीपूर्ण तरिकाले कार्य गरि प्रमाण नष्ट गर्ने प्रहरी कर्मचारीहरुबाटनै सत्य–तथ्य पत्ता लगाउन सकिने अवस्था भएकोले नेपाल सरकारले तत्काल उक्त कुरालाई गम्भिरता पूर्वक लिई आवश्यक कार्य अगाडी वढाएमा जनताले थप आन्दोलन गर्नु नपर्ने, राज्यको श्रोत र समय पनि खर्च नभइ वास्तविक दोषी पत्ता लगाउन सकिने सम्भावना देखिएकोले त्यस तर्फ समेत ध्यान आकर्षण गराउँद छौ । आज ७५ दिनसम्म पनि दोषी पत्ता लाग्न नसकि पिडित पक्षले न्याय पाउन नसकेकोेले हामी सुदूर–पश्चिमका काठमाण्डौबासीहरुको प्रतिनिधित्व गर्ने सामाजिक संस्थाहरु र नागरिक समाजहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।

शव बरामददेखि अन्त्यष्टीसम्म बिभिन्न बेलामा भएको प्रमाणहरु मेटाउने ( कपडा पखाल्ने देखि जलाउने) काम प्रहरीबाट नै भएको कुरा छानबिन आयोगबाट स्पष्ट भएको छ र सोही कारण प्रहरीहरुलाई निलम्बन पनि गरिएको छ । छानबिन आयोगका सदस्यले कुनै पक्षको धम्कीका कारण ज्यु–ज्यान जोगाउन समितिबाट राजिनामा दिन्छन, संयुक्त राष्ट्रसंघलाई समेत जानकारी दिन्छन अनि सरकारले सम्झाए पछि उनि आयोगमा फर्कन्छन, प्रतिबेदन बुझाएको दिन छानबिन आयोगका सदस्यको गाडी समेत तोडफोड हुन्छ । घटनाक्रमले अपराधि प्रहरी र आयोगको बरीपरी नै देखिन्छ तर पनि पत्ता लाग्दैन ।

के हत्यारा सरकार भन्दा पनि वढी शक्तिशाली हो ? सरकारले हत्यारा पत्ता लगाउन नसकेको हो ? सुदूर पश्चिमलाई बेवास्ता गरेको हो ? बुझ्न सकेका छैनौ हामी सुदूर पश्चिम बासीहरुले । एक मानसिक संन्तुलन बिग्रेको मानिसलाई नक्कली हत्यारा बनाएर किन सार्वजनिक गरिन्छ ? आवश्यक नै नभएको बेला सम्वन्धित अधिकारीको आदेश बिना नै किन गोली चलाएर निर्दोष जनतालाई मारिन्छ ? किन घाइते बनाइन्छ ? प्रहरीको जिम्मेवारीता र जवाफदेहिता खै ? कसले प्रमाण मेटाउन लगायो ? कस्ले धम्की दियो ? नेपाल सरकारले हत्यारा पत्ता लगाउन नसक्ने हो त ? न्याय पाउन आफ्नो सरकारप्रति बिश्वस्त नभएर बिकल्प खोज्नु पर्ने हो त ? प्रतिवेदन किन सार्वजनिक नभएको ? के चुनौती आईप¥यो सरकारलाई ? यि र यस्तै प्रश्नहरुको जवाफ हामीले खोजिरहेका छौं ।

एक अबोध बालिकाको बलात्कार र हत्या भएको छ यस्तो अवस्थामा घटनामाथि राजनिति गर्ने, राजनैतिक दृष्टिकोणले हेर्न गरेर छानबिन प्रकृयालाई कमजोर पारी अपराधि पत्तालगाउने काम प्रभावित भएको देखिन्छ । अतः आयोगको प्रतिवेदन अनुसार वा आवश्यक परे निश्पक्ष छानबिन गर्ने न्यायिक आयोग समेत गठन गरि छिटो भन्दा छिटो अभियुक्तको पहिचानगरि दोषीलाई सार्वजनिक गर्न तथा पिडितपक्षलाई न्याय दिलाउन भइरहेका जनदबावमूलक कार्यमा स्वतन्त्र नागरिक समाज, सरोकारवाला र जिम्मेवार संस्थाको हैसियतले ऐकवद्धता जनाउँदै सुदूर–पश्चिम प्रदेशका काठमाण्डौमा बसोवास गरेका नागरिकहरुको प्रतिनिधित्व गर्ने सामाजिक संस्थाहरुको तर्फबाट दवाव दिन बाध्य भई यो प्रेस बिज्ञप्तीमा हस्ताक्षर गरेका छौ । यो दवाव अपराधिलाई सार्वजनिक नगरे सम्म कायम रहने कुरा समेत सबैलाई जानकारी गराउन चहान्छौ ।

क्र.सं. संस्था नाम हस्ताक्षर
१ प्रसंसा संरक्षण समूह श्री अम्बादत्त भट्ट

२ सुदूर पश्चिम सरोकार मंच श्री लक्ष्मी शाह

३ सुदूर पश्चिम समाज श्री लाल बहादुर बोहरा

४ डेउडा समाज श्री नन्दकृष्ण जोशी

५ पश्चिम महिला जागरण समूह
श्री करुणा शाही
६ डोट्याली समाज श्री जगदिश के.सी.

७ अछाम सेवा समाज श्री यज्ञराज उपाध्याय

८ बैतडी सेवा समाज श्री दमनबहादुर चन्द

९ सुदूरपश्चिमाञ्चल लोकसंस्कृति संरक्षण मन्च नेपाल श्री चाँदनी मल्ल

१० सिर्जनशील प्रसंसा महिला समाज श्री बिशेश्वरी उप्रेती

११ बझाङ्गी समाज
श्री उमाशंकर जोशी

१२ दार्चुला सेवा समाज
श्री हरिप्रसाद अवस्थी
१३ डडेल्धुरा सेवा समाज
श्री मुकुन्दराज जोशी

१४ अछाम टीकाथली समाज
श्री डि.बि. साउद

२२ असोज, काठमाडौ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामाग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् । उनले भने,‘बजारमा चिनीको कुनै अभाव छैन । र, बजार भाउ पनि बढेको छैन् ।’
क्लबका सभापति ऋषि धमलालको सभापतत्विमा आयोजित साक्षात्कारमा मन्त्री यादवले पत्रकारहरुले चिनीको अभाव भयो भनेर समाचार लेखेकोप्रति कडा आपत्ति जनाए । उनले आक्रोश पोख्दै भने,‘चिनीको अभाव छ भनेर समाचार लेख्नेहरुलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौं । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन् । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन् ।’ ‘बजारमा कालोबजारी भए सिधै ९८२३–२३७५८८ मा डिजीलाई फोन गर्नुहोस्’

यादवले बजारमा कुनै मुल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलई आग्रह गरे । उनले भने,‘हामी अहिले अनुगमन गरिरहेका छौं । बजार अनुगमन गरिएन भनेर भनिएको छ ।

भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ । हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होईन, पुरै देशमा बजार अनुगमन गर्छौं।’ यद्धपी उनले भन्नेबित्तिकै छु मन्तर नहुने स्पष्ट पारे । यादवले भने,‘विगतमा सरकार थिएन, तर अहिले हामी बजारमा पुगिरहेका छौं । बजार अनुगमन गर्न हाम्रो निरन्तर प्रयास छ।’

उनले आफूले अहिले आपुर्ति सहज गर्ने, बजार भाउ नियन्त्रण गर्ने र कालोबजारी हटाउन कोशिश गरिरहेको सुनाए । त्यस्तै उनले चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको भनेर आरोप लगाउँदै हल्ला भएको सुनाउँदै भने,‘अहिलेको जमानामा त्यति सजिलो छ र ? यत्रो पैसा चलखेल गर्नलाई, ट्रकबिना त्यत्रो पैसा चल्दैन् । जीपमा बोकेर हुँदैन् । एउटा ट्रकलेमात्रै पनि हुँदैन् । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ। अर्बोंको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि। यसमा निश्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्रपनि लेखेको छु।’

उनले पत्रकारहरुलाई न्युज लेख्दा आफ्नो भ्युज नघुसाउन समेत आग्रह गरे । यादवले भने,‘या त प्रमाणित गर्नुपर्यो । या त जसले भ्रष्टाचार गर्छ, उ जेल जान्छ । आफ्नो कुरा लेख्नै मन लागे आर्टिकल लेखे हुन्छ । भ्रष्टाचार गर्यो भनेर ठूलो ब्यानर बनाएर न्यूज लेख्छ, तर त्यही न्यूजको खण्डन पठायो भने कुनामा यत्रो सानो अक्षरमा लेख्छ । मातृका आएपछि खानी बेच्यो भनेर समाचार लेख्यो । तर मातृकाले कुनै खानी बेचेको छैन ।

त्यो समाचार लेख्ने नै अपाराधी हो । या त त्यसले कसैको पैसा खाएर लेखेको हो ।’
त्यस्तै उनले फरक प्रसँगमा चिनीको मुल्य सार्वजनिक लेखा समितिले निर्धारण गरेको विषयप्रति टिप्पणी गर्दै भने,‘यो सार्वजनिक लेखा समितिको अधिकार कतिको हो ? मलाई थाहा छैन । लेखा समितिले सबै वस्तुको भाउ लेखेर दिए हामीलाई धेरै मेहनत गर्नुपर्ने थिएन । यो रेटमा बेच्नुहोला भनेर हामी माईकीङ गराउँछौं ।’

यादवले संविधान, कानून र ऐनले दिएको अधिकार सबैले प्रयोग गर्नुपर्ने सुझाए । यद्धपी उनले आफू र समितिबीच कुनै झगडा नरहेको पनि स्पष्ट पारे । उनले भने,‘समितिले हाम्रो मन्त्रालयलाई सहयोग गरिरहेको छ।’ ६३ रुपैयाँमै चिनी पाए त उपभोक्ताको लागि खुशीको विषय हुने उनले बताए ।

जनताका चाहनाहरु पूरा गर्न सरकार सचेत रहेको उनले स्पष्ट पारे । नेपालमा चिनी उत्पादन १ लाख ८० हजार मेट्रिक टन रहेको र अहिले आवश्यकत्ता २ लाख ३० हजार मेट्रिक रहेको पनि यादवले बताए । उनले भने,‘चिनीका मालिकहरुले उखु किसानका पैसाहरु दिएका थिएनन् । तर, म आएपछि अहिले दिन थालेका छन् । सुरुमा मैले पनि हात जोडेर किसानलाई पैसा दिन आग्रह गर्दा दिएनन् । तर, अलिक कडा रुपमा प्रस्तुत हुँदा दिए । अझै सबा अर्ब जति पैसा किसानलाई दिन बाँकी नै छ ।’

देशको अर्थतन्त्रलाई मजबुद बनाउनको लागि आफ्नो उत्पादनलाई सुरक्षित गर्नुपर्ने मन्त्री यादवको भनाई छ । उनले भने,‘मागेर खाएर अर्थतन्त्र मजबुद हुँदैन् ।’ चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मुल्य वृद्धि गरेको थाहा पाए तुरुन्त आफूहरुलाई सम्पर्क गर्न आग्रह गर्दै डिजी योगेन्द्र गौचनको मोवाईल नम्बर ९८२३–२३७५८८ पत्रकारहरुलाई टिपाएका थिए ।

२२ असोज, काठमाडौ । संघीय लिम्बुवान राज्य परिषदले आफूहरुले सरकारबाट वार्ताको लागि पठाईएको पत्र पाएको सुनाउँदै सरकारसँग वार्ता गर्न तयार रहेको स्पष्ट पारेको छ ।

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मलेन गरेर परिषदले यस्तो जानकारी गराएको हो । यद्धपी सरकारसमक्ष विभिन्न मागहरु तेर्साएको छ । परिषदले अघि सारेका मागको पहिलो नम्बरमाभनिएको छ,‘ऐतिहाँसिक पृष्ठभूमिको आधार मान्दै वि.सं. १८३१ अगाडि हालको अरुण÷कोशी, पारीकानौ जिल्लालिम्बुवानभनिएकोले २०६४ चैत्र ६ को सम्झौताबमोजिम आत्मनिर्णयको अधिकारसहित स्वायत्त लिम्बुवान राज्यको घोषणा गरियोस्।’

परिषदका तर्फबाट वार्ता टोलीका संयोजक सञ्जुहाङ पालुङ्वाले गणतन्त्र नेपालको औपनिवेशक चरित्र अन्त्य गर्न लिम्बुवानलगायत आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम उत्पीडित जनताको अनौपचारिक सत्तालाई ईन्ट्रिगेट गर्न संविधान पूनर्लेखन गर्नुपर्ने माग गरे । उनले आफूहरुसँग राज्यले यसअघि गरेका सम्पूर्ण सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने पनि माग गरे ।

परिषदले वस्तुगत रुपले नेपालको यथार्थता भनेको वहुल राष्ट्रियता भएको बताएको छ । उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘संघीय लिम्बुवान राज्य परिषदले बहुलराष्ट्रिय लोकतन्त्रको वकालत गर्दै आएकोले नेपाललाई बहुल राष्ट्रिय राज्यको रुपमा रुपान्तरण गरियोस ।’

त्यस्तै निरन्तर आन्दोलनको क्रममा घाईते, गिरफ्तारी तथा झुठा मुद्दा र राजनीतिक पूर्वाग्रही मुद्दाहरु लगाईएका तात्कालिन् संघीय लिम्बुवान राज्य परिषद र हाल बहुल राष्ट्रिय मोर्चा, संघीय लिम्बुवान पार्टी, नेपालका कार्यकर्ताहरुको विनाशर्त क्षतिपूर्ति, रिहाई तथा मुद्दा फिर्ता लिने काम हुनुपर्ने पनि परिषदले जोडदार माग गरेको छ।

परिषदले अघि सारेको अर्को मागमा भनिएको छ,‘अन्तरिम संविधान २०६३ ले आत्मसाथ गरेको सहमतीय लोकतन्त्र वर्तमान संविधानमा औचित्यहिन सावित गर्न खोजेको कारण समाज रुपान्तरण हुन सकेन । साथै, लिम्बुवानको ऐतिहाँसिक निरन्तरता र वर्तमान राज्यको बीचमा दोषी रेखा (फल्ट लाईन) खिंचिएको कारण त्यसलाई अन्त्य नगरेसम्म दिगो शान्तिको परिकल्पना गर्न असम्भव छ । यसैको आधारमा राज्यपूर्नसंरचना गरि अन्तरविरोध अन्त्य गरियोस।’
त्यस्तै परिषदले नेपालको संविधानद्धारा संरक्षित हिन्दु एकल सांस्कृतिक राष्ट्रवाद अन्त्य गर्न नेपाली राष्ट्रियता पूनः परिभाषित गर्नसमेत माग गरेको छ ।

देशमा महँगी, भ्रष्टाचार, ठगी, कर बृद्धि, कालाबजारीजस्ता अवाञ्छित गतिविधि र बलात्कार, हत्या हिंसालगायतका अपराध निरन्तर बृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै परिषदले यस प्रकारको गतिविधि तत्काल नियन्त्रण गर्नपनि सरकारसमक्ष माग गरेको छ । शिक्षा तथा स्वास्थ्यमा हुने गरेको बढ्दो व्यापारीकरण तत्काल बन्द गरी सहज र सुलभ रुपले शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने परिषदको माग छ ।

त्यस्तै परिषदले निर्मला पन्त, राममनोहर यादव, सम्झना दासलगायत अन्य घट्नासँग सम्बन्धित दोषीहरु उपर सक्त कारवाही गर्नपनि सरकारसमक्ष माग गरेको छ ।

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । समितिले विभिन्न कोणबाट सम्बन्धित घटनाबारे तथ्य, सूचना, जानकारी संकलन गर्नुका साथै सो सूचना सुक्ष्म ढंगले अध्ययन, मूल्यांकन एवम् विश्लेषण गरेर निश्कर्षमा पुगिएको आइवार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनमा पोस्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या घाँटी थिचेर भएको भनिएको छ ।

महाकाली अञ्चल अस्पतालका डा. हरीकुरमा श्रेष्ठसहित ३ जनाको टोलीले निर्मलाको शवको पोस्टमार्टम गरेको प्रतिवेदनमा उल्लेख छ । पोस्टमार्टम रिपोर्ट अनुसार निर्मलाको हत्याको कारण ९कस अफ डेथ० मा ‘थ्रोटिङ्क लिडिङ्ग टु इसफेक्सिया’ उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निर्मलाको घाँटीको अगाडिपट्टीको किलकिले हड्डी भाँचिएको समेत उल्लेख गरिएको छ ।

निर्मलाको योनाङ्गको भेजिन स्वाब (यौनाङ्गमा भेटिएको पदार्थ) लिँदा उक्त स्वाबमा वीर्य नदेखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । छानबिन प्रतिवेदनमा प्रहरीको पर्याप्त कमजोरी औंल्याइँदै तत्कालिन एसपी (हाल निलम्बित) डिल्लीराज विष्टका छोरा किरणराज विष्टको बर्डथे पार्टीलाई शंकाको घेरामा राखिएको छ ।

प्रतिवेदनमा किरणले साउन १० गते होटल ओपेरामा आफ्नो जन्मदिन मनाउनुका साथै फोटो सुट समेत गरेको भनिएको छ र त्यहाँ सहभागी युवतीहरुको पनि प्रसंग उल्लेख गरिएको छ । यद्यपी ती युवतीहरु को थिए भन्नेबारे केही खुलाइएको छैन ।
प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका वडा नं ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरेको हो ।

यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।

फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी, गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशिल एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन् ।

काठमाडौ । सपना आफैमा ठूलो वा सानो हुँदैन । मानिसले सोच्छ कसरी त्यसैमा भर पर्छ सपनाको आकार । गम्भीरतापूर्वक लिए त्यही जीवन हुन्छ, सामान्यतया लिए घटनामै सीमित हुन्छ सपना । त्यही घटनामा नै सीमित हुने सपना पनि कसैले चुडिदियो भने के होला जीवन ?

एउटा सपना थियो इराकी बालिका नदिया मुरादको पनि । सके इतिहासको शिक्षिका बन्ने, नसके ब्युटी पार्लर खोल्ने । तर, त्यही सपनाको संसारलाई पनि इराकको एउटा सानो गाउँमा मध्यपूर्वमा चलेको धार्मिक सशस्त्र युद्धले खरानी पारिदियो । त्यही युद्धमा सपनासँगै मुरादको सिँगो परिवार र व्यक्तिगत जीवन जलेर सकिए । अनि, सुरु भयो उनको जीवनको नयाँ अध्याय ।

दक्षिणी इराकको सानो गाउँ कोचोको एउटा गोठाले किसान परिवारमा जन्मिएर हुर्किन्, नदिया मुराद । याजिदी धार्मिक समुदायको त्यो परिवारमा भाइबहिनीसँग सुख सयलको जिन्दगी चलिरहेको थियो उनको ।

मध्यपूर्वमा धार्मिक द्वन्द्व चलिरहेको थियो । नदिया भर्खर २१ वर्ष पुगेकी थिइन् । १५ अगस्ट २०१४ को एक दिन, विद्रोही पक्ष ‘इस्लामिक स्टेट’का लडाकुहरुले गाउँ पसे । बस्ती नै सखाप हुने गरी आम नरसंहार मच्चाए । उनीहरुले वृद्ध मान्छेहरुलाई धर्म परिवर्तन गर्न जबर्जस्ती गरे । नमान्नेको जीवनलिला समाप्त पारिदिए । युवालाई आफ्नो युद्धमा सँगै हिडाले र युवतीलाई ‘यौन दाष’ बन्न बाध्य पारे । उनीहरुले नरसंहारमा नदियाका ६ जना दाजुभाइ मारिदिए र आमाको पनि कत्लेआम गरे । तर, नदियालाई मारेनन् । उनी मात्रै होइन, अरु हजारौँ युवती पनि बाँचे । उनीहरु बाँचेनन् मात्रै जीवनको नयाँ यात्रा पनि त्यहीँबाट सुरु गरे । नदिया र अरु हजारौँ याजिदी युवतीहरु युद्धरत क्षेत्र मोसुल लगिए र यौन दाष बन्न बाध्य पारिए ।

उनलाई लडाकुहरुले बन्दी बनाए । कुटपीट गरे । पटकपटक बलात्कार गरे । उनका अरु साथीसंगीलाई त्यस्तै व्यवहार मोसुलमा भइरहेको थियो । हरेकलाई आफ्नो जीवनको आघात माया थियो । घर र परिवार त सखाप भइसकेको थियो तर, जीवनको आशा भने बाँकी नै थियो । जलेर खरानी भइसकेको पारिवारिक संसारलाई बिर्सिएर नदियाले एक दिन इस्लामिक लडाकुहरुबाट स्वतन्त्र हुने योजना बनाइन् । नदिया इस्लामिक स्टेटको कब्जाबाट भागेर सहरको एउटा सुन्नी मुस्लिम परिवारको शरणमा पुगिन् । त्यही मुस्लिम परिवारको जेठो छोराले उनको जीवन रक्षाका लागि खतरा मोले । र उनी बाच्न सफल भइन् । यसको बारेमा नदियाले आफ्नो पुस्तक ‘द लास्ट गर्ल’मा प्रशस्तै उल्लेख गरेकी छन् ।

आज, नदियाको कहानी ‘इस्लामकि स्टेट’को क्रुरताको साक्षी बनेको छ । बलात्कारबाट बाँचेको एउटा शरणार्थी जीवनले सारा दुनियाँलाई याजिदी बस्तीमा चलेको नरसंहारप्रति ध्यान आकर्षण गर्न बाध्य पारिदिएको छ । नदियाको कहानीले यतीबेला मध्यपूर्वको द्वन्द्वमा हराएको एउटा देशप्रतिको प्रेम, त्यो देशका कमजोर समुदायको अवस्था र युद्धले छुटिएको परिवारको वास्तविकतालाई प्रतिबिम्बित गरेको छ । नदिया भने यतीबेला द्वन्द्वमा यौन हिंसाको सिकार भएका महिलाको अधिकारको पक्षमा लडिरहेकी छन् ।

दयाले बनेका डाक्टर

मध्य अफ्रिकी मुलुक कङ्गो वर्षौँदेखि गृहयुद्धको चपेटामा छ । डा. डेनिस मुकवेगेका पिता प्रोटेस्टेन्ट समुदायका पादरी थिए । मुकवेगे बालापनमा पितासँगै टोलटोलमा बिरामी भेट्न जान्थे । भेट्न गएका बिरामीहरुको अवस्था देखेपछि उनलाई लाग्थ्यो ‘म डाक्टर बन्छु ।’

नभन्दै पछि उनले चाहेको मेडिकल शिक्षा लिन उनकै स्विडीश पेन्टेकोस्टल मिसनले सहयोग गर्यो । उनले चिकित्सा पढ्ने अवसर पाएपछि स्त्री रोगका बारेमा अध्ययन गर्ने निर्णय गरे । उनको संस्था पान्जी फाउन्डेसनको वेबसाइटमा लेखिएको छ ‘त्यो निर्णय पनि उनले स्थानीय लेमेरा अस्पतालमा अपर्याप्त औषधोपचारका कारण बच्चा जन्माउन नसकेका महिलाहरुको खराब हालत देखेपछि लिएका थिए ।’

उनले स्त्री रोगको बारेमा अध्ययन सकाएपछि सन १९९९ मा स्त्री रोग तथा प्रसुतीसम्बन्धि उपचार गर्नुका साथै मातृ शिसु हेरचाह गर्ने उद्देश्यले एउटा क्लिनिक खोले । त्यही क्लिनिकबाट डाक्टर मुकवेगे र उनको टिमले अहिलेसम्म करिब ५० हजारभन्दा बढी यौन हिंसामा परेका महिलाहरुको उद्धार गरेको छ । उनको अस्पतालले बलात्कारपछि आवश्यक शारीरिक उपचार मात्रै होइन कानुनी, र सामाजिक तथा मनोवैज्ञानिक सेवा समेत निःशुल्क उपलब्ध गराइरहेको पान्जिको वेबसाइटमा उल्लेख गरिएको छ ।

‘डाक्टर मुकवेगेलाई गृहयुद्धले थिलथिलो बनेको कङ्गोका राज्य र विद्रोही कुनै पनि पक्षसँग डर थिएन । किनभने, उनले दुवै पक्षका द्वन्द्वका यौन हिंसा पीडितलाई उत्तिकै समान व्यवहार गरेका थिए’ भन्ने उनको संस्थाको दाबी छ ।

तर, सन २०१२ को अक्टोबरमा डा. मुकवेगे र उनको परिवारमाथि हत्या प्रयास भयो । उक्त घटनामा जोसेफ बिजिमाना नामका उनका एक जना विश्वसनिय साथी र सुरक्षा गार्डको गोली हानी हत्या भयो ।

त्यो घटना उनले देशमा जारी १६ वर्ष लामो गृहयुद्धको निन्दा गरेर संयुक्त राष्ट्र संघको एउटा कार्यक्रममा भाषण गरेको केही हप्तापछि भएको थियो । कङ्गोमा असुरक्षा बढ्दै गएपछि डा. मुकवेगे र उनको परिवारले देश छोड्ने निर्णय ग¥यो । तर, उनले उपचार गरेका हजारौँ बिरामी र सहयोगीहरुले उनलाई फेरि कङ्गो फर्केर जीवन बचाउने कार्यमा लाग्न आग्रह गरे । सन २०१३ मा वातावरण सहज बनेपछि उनलाई कङ्गोमा हजारौँ समर्थकहरुले भव्य स्वागत गरे ।

उनले देश छोडेको कठिन समयमा पनि मानव अधिकारकर्मी चिकित्सकहरुसँग मिलेर कङ्गोको गृहयुद्धमा यौन हिंसा पीडितलाई सेवा दिइरहे । डाक्डर मुकवेगे अहिले पनि ‘द्वन्द्वमा लैंगिक हिंसा र बलात्कार रोक्ने अन्तर्राष्ट्रिय अभियान’को सल्लाहकार समितिमा छन् । उनले ‘सशस्त्र द्वन्द्वमा यौन हिंसालाई हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्यका लागि गरेको प्रयत्न’का लागि धेरै अवार्डहरु प्राप्त गरिसकेका छन् ।

नोबेल शान्ति पुरस्कार वर्ष २०१८

वर्ष २०१८ को नोबेल शान्ति पुरस्कार यतीबेला यौन हिंसाविरुद्ध काम गरेका यिनै दई जना अभियन्ता नदिया मुराद र डा. डेनिस मुकवेगेले संयुक्त रुपमा प्राप्त गरेका छन् । ‘सशस्त्र द्वन्द्वमा यौन हिंसालाई हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रयत्न गरेकोले’ पुरस्कार दिने निर्णय गरेको नर्वेजियन समितिको पुरस्कार घोषणामा उल्लेख गरिएको छ ।

उस्तै कार्य तर, फरक जीवन र भोगाई बटुलेका दुई फरक मुलुकका यी सामाजिक अभियन्ताको यात्रा अहिले विश्व चर्चित ‘नोबेल शान्ति पुरस्कार’सम्म पुगेको छ ।

र नेपालमा

नेपालमा पछिल्लो समय दैनिक हुने महिला हिंसा र बलात्कारका घटनाको तथ्याङ्क डरलाग्दो छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डले अहिले नेपाली समाज आक्रान्त बनेको छ । करिब तीन महिना पुग्नै लाग्दा पनि बलात्कारी हत्याराको पत्ता नलाग्नु र दिनानुदिन बढी रहेको एसिड आक्रमण र महिला हिंसाका घटनाले डर लाग्दो सामाजिक चित्र प्रस्तुत गरिरहेको छ । नेपाली समाज र राज्यले पनि अब ‘नोबेल शान्ति पुरस्कार’बाट केही सिक्न सकिन्छ कि !