उपसभामुख तामाङको पहलमा महेन्द्र माविलाई कम्प्युटर उपलब्ध

अशोज २२, २०७५ मा प्रकाशित | 1647 views

२२ असोज, शिवपुरी । यहाँको शिवपुरी गाउँपालिकाको वडा नं ३ लिखुको काउलेमा रहेको महेन्द्र माध्यामिक विद्यालयलाई मण्डेला अर्रगनाईजेशन माफत विद्यालयलाई १५ थान कम्प्युटर प्रदान गरिएको छ । उपसभामुख राधिका तामाङको विषेश पहलमा प्राप्त भएको ती कम्युटरहरु एक कार्यक्रमको विच आइतबार विद्यालयका प्रध्यानध्यापक शिवलाल राईलाई हस्तान्तरण गरिएको छ । उपसभामुख तामाङले आफूले अध्ययन गरेको विद्यालयको लागी सहयोग अन्तरगत दाताबाट जुटाएर कम्युटर प्रदान गरेकाले त्ससको सही रुपमा सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

उहाँले  प्रदेस सरकारले प्राविधिक शिक्षालाई निति बनायर लागिरहेको र अब स्थानिय तहमा प्राविधिक शिक्षा आबश्यक रहेकोले स्थानिय सरकारले यसमा जोड दिनु र्पने र शिक्षा क्षेत्रको विकासको लागि सधै लागिपरिरहने बताउनुभयो। कार्यक्रममा विषेस अतिथि शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले शिक्षाको गुणस्तर सुधारहुदै गईरहेको र अहिले गाउँपालिकाले सबै विधालयमा विधुतिय हाजिरको जडान भएको र शिक्षाको विकासको लागि गाउँपालिका सधै लागिरहेको कम्प्युटर प्रदान गर्न सस्थालाई धन्यवाद दिनु भयो ।

वडा अध्यक्ष रामहरी थापाले समाज विकासको मुख्य आधार शिक्षा भएको र शिक्षाको विकासको लागिसधै लागिरहने बताउनु भयो । कार्यक्रममा शिवपुरीका समाजसेवि तथा नेकपा  नेता पदम उप्रेतिले विकासको आधार नै शिक्षा भएकोले अब विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन र्गन आबश्यक रहेको बताउनुभयो ।

कम्युटर उपलब्ध गराउने मण्डेला अरर्गनाईजेसनका महासचिब मिलन लामाले शिक्षाको विकासमा  टेवा पुयाउन सस्थाले सक्ने सहयोग गरीरहने बताउनु भयो । कार्यक्रम मा विधालयका विर्धाथिले स्वागत गित नाटक प्रस्तुत गरीइको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कालि बहादुर तामाङले शैक्षिक सुधारको लागी पछिल्लो समय विभिन्न प्रयासहरु भइरहेकाले सबैको सहयोगले सुधार हुदै आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web