सिके राउत पक्राउ

२१ असोज, रोतहट । स्वतन्त्र मधेसको अभियान चलाइरहेका डा. सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले राउतसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता शैलेस थापा क्षत्रीले राउतलाई पक्राउ गरेको पुष्टि गरे । ‘रौतहटबाट सिके राउतसहित ३ जनालाई नियन्त्रणमा लिइएका छौँ’, उनले भने । राउत यसअघि पनि स्वतन्त्र मधेसको वकालत गरेको अभियोगमा पटकपटक पक्राउ पर्दै आएका छन् ।

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । कक्षा ११ को नतिजा यसपटक पनि विषयगत रुपमा ग्रेडिङ सिस्टममा सार्वजनिक गरिएको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्।

त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ रजीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्।

अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो। कक्षा ११ को परीक्षा गत बैशाख र जेठ महिनमा सञ्चालन गरिएको थियो । अघिल्ला वर्षहरुमा पनि बैशाख र जेठ महिनामा परीक्षा सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रा सार्वजनिक हुन्थ्यो ।
बोर्डका अनुसार यसपटक ५ लाख ४८ हजार विद्यार्थीहरुले परीक्षाका लागि आवेदन भरेका थिए भने ४० हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिएनन् ।

पत्रकारलाई सञ्चारमन्त्रिले दशै खर्च लिन बोलाए(भिडियोे सहित)

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास समितिमा विहीबार पत्रकार र सञ्चारकर्मीलाई अपमानित गरेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ । मन्त्री बास्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आम पत्रकारहरुको अपमान भएको छ ।

भिडियो सेतोपाटी डटकमको सहयोगमा ।

माइक्रो बस र ट्रक ठोक्किदा चार जनाको मृत्यु, ११ घाइते

बाके । सोनारीमा शनिबार बिहान माइक्रो बस र ट्रक जुध्दा भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा.१ ख १६६२ नंं. को बस र नेपालगन्जबाट दाङ तर्फ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकआपसमा ठोक्किदा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । कोहलपुर–लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका-९ मा भएको दुघटनामा ११ जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अबस्था गम्भी रहेको छ ।

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक तेजबहादुर रानाले जानकारी दिनुभयो । दुर्घटनामा  परी ज्यान गुमाउनेहरुको पहिचान हुन बाँकी छ ।

भवनको नक्सा पासमा चलखेल

कञ्चनपुर । भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिम भवन संहिता लागू हुनुपूर्व प्रक्रिया पु-याएर निर्माण गरिएका सबै भवनको नक्सापास गर्न थालिएको हो । उक्त परिच्छेदमा भवन निर्माण तथा सडकसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहबाट नक्सापास नगरी भवन निर्माण गर्न नपाइने प्रावधन छ । नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सापास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगरसभाबाट उक्त संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गरिने निर्णय भएको जानकारी दिनुभयो । गत भदौ १ गतेदेखि शुरु गरिएको नक्सापास ६ महीनासम्म जारी रहनेछ ।

नगरपालिकाका वडा कार्यालयले पनि नगरसभाको निर्णयबमोजिम पुराना भवनको नक्सापास गराउन सार्वजनिक सूचना गरिसकेको छ । वडा नं २ का अध्यक्ष डम्मरसिंह कार्कीले नगरसभाको निर्णयअनुसार नक्सापास गराउन सार्वजनिक सूचना जारी गरिएको बताउनुभयो ।

उक्त नगरपालिकाले हालसम्म सात हजार ५०० भवनको नक्सापास गरिसकेको छ । नगरपालिका क्षेत्रमा २२ हजारभन्दा बढी घरधुरी छन् । नक्सापास नगरी निर्माण गरिएका भवनको सङ्ख्या अधिक भएपछि नगर प्रमुख विष्टले चालु आवमा भने भवन संहिता कार्यान्वयनलाई प्राथमिकता दिनुभएको छ ।गत आर्थिक वर्षमा नगरपालिका कार्यालयमा ३८२ भवनका नक्सा दर्ता भएकामा २७५ को पास गरिएको थियो ।

तासको खालमा प्रहरीको छापा, भाग्ने क्रममा दुईको ज्यान गयो

काठमाडौ । काठमाडौंको मूलपानीमा घरमा जुवातास खेलिरहेकाहरुलाई प्रहरीले पक्रने क्रममा २ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ४३ वर्षका सरोज घले र ३० वर्षका सुमन लामा रहेका प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुलेको छैन् । प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा घरको तेश्रो तल्लाबाट हामफाल्दा उनीहरुको ज्यान गएको प्रहरीको दावी छ ।

जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रहरी नायव उपरीक्षक डीएसपी होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइ राखिएको घरमा पुगेको थियो ।

प्रहरी पुग्नेबित्तिकै जुवा खेलिरहेका २ जना तेश्रो तल्लाबाट हाम फालेका थिए । हामफालेका दुवै जनाको  उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

जुवाकाे अड्डाबाट २३ जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । साथै उनीहरुबाट चार लाख रुपैयाँ पनि बरामद गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

‘सुन्दरी खेती’ आयोजक मालामाल

काठमाडौ । २०१७ जुलाई २० मा 'मिस ब्युटी क्विन २०१७' को फिनाले भयो। बेस्ट स्टाइलिस्टको टाइटल पाइन् एल्जिना राईले। भोलिपल्ट सबैतिर समाचार। टाइटल जितेको वधाईका खबरले उनको फेसबुक वाल भरिए। तर, त्यहाँ वर्षिएका वधाईका संदेशले उनलाई मख्ख बनाउनै सकेन। टाइटल अवार्ड हुँदा पनि खुशी बन्न नसक्नुका धेरै कारण रहे, एल्जिनासँग।

भक्तपुरस्थित एल्जी ब्युटी पार्लरकी संचालक हुन् एल्जिना। त्यहीँ पुगेर आयोजकले प्रतियोगिताका लागि फर्म भराएका थिए। उनलाई भनियो- 'मिस ब्युटिसियन नेपाल' हुँदैछ।' त्यसैका लागि फर्म भरेकी उनले टाइटल भने मिस ब्युटी क्विनबाट जितिन्। अनौठो लाग्नेगरी एउटा प्रतियोगिताबाट अर्को प्रतियोगिताको टाइटल हासिल गर्दाको घटनाक्रम रोचक छ।

'भाग लिनुस्, फाइदा हुन्छ' भन्दै ढोकामै आएकालाई सोझै फर्काउन मन लागेन उनलाई। अनि चर्चामा आउने लोभ कसलाई नहोला र? त्यसमाथि नयाँ कुरा जानिने लोभ पनि। फर्म भरिन् – शुल्क ५ सय रुपैयाँ। त्यसपछि प्रशिक्षण, भ्रमण आदिका लागि भनेर १२ हजार रुपैयाँ पनि बुझाइन्। र, मिस ब्युटिसियन बन्ने सपना देख्न थालिन्।

प्रशिक्षण सुरु भयो। त्यही बीचमा उनीसँग थप ३ हजार मागियो।  'किन त?' उनले सोधिन्।

'तपाईंले त झुक्केर मिस ब्युटिसियन होइन मिस ब्युटी क्विनको फर्म भर्नुभएछ।'

एल्जिनाले ३ हजारको मुख हेरिनन्। तर, कहिले फिल्ड भिजिटको नाममा त कहिले थप प्रशिक्षणको नाममा छुट्टै रकम तिर्नेक्रम जारी रह्यो।

'र्‍याम्पमा यसरी हिँड्ने र यसरी बोल्नेबाहेक केही पनि सिकाएनन्। मलाई त लागेको थियो ट्रेनिङमा धेरै कुरा सिकिनेछ,' केही आक्रोशित हुँदै थपिन्, 'भाग लिएको १५/२० जना सबैले एउटा एउटा उपाधिबाहेक केही पाएनन्।'

उक्त प्रतियोगिताको शीर्ष विजेता मनीषा पाण्डेलाई २५ हजार नगद रुपैयाँ दिने भनिएकोमा १० हजारमात्र दिइएको उनले बताइन्। भनिन्, 'फर्म भर्दा विजेतालाई उपलब्ध गराउने भनिएको ब्युटिसियन सम्बन्धि तालिमसमेत दिएनन्। बेक्कार दु:ख गरेर कमाएको पैसा खर्च भयो।'

‘सुन्दरी खेती’
एल्जिना सहभागी भएको प्रतिस्पर्धा अमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको हो। अमाजोन त्यही कम्पनी हो जसले ६ वर्षयता हरेक वर्ष यस्तैखाले  ६/७ वटासम्म इभेन्ट संचालन गर्दै आएको छ।

यो कम्पनी यति सक्रिय छ कि, एकै दिन दुईवटा प्रतियोगिता समेत आयोजना गर्न सक्छ। त्यसको उदाहरण हो गत सेप्टेम्बर १९ मा राष्ट्रिय नाचघरमा आयोजित दुई प्रतियोगिता। एउटा विवाहित महिला केन्द्रित ‘मिसेस ग्लोबल नेपाल २०१८’ र अर्को अविवाहित युवक केन्द्रित ‘मिस्टर ह्यान्डसम २०१८’।

एउटा हलमा दुई कार्यक्रम, एकपछि अर्को। अस्वभाविक तर ‘सफलताका साथ’ सम्पन्न भएको दाबी आयोजक अमाजोनको छ। कम्पनीका व्यवस्थापक कमल खतिवडा भन्छन्- ‘समय र स्थानको उपयोगका लागि दुई कार्यक्रम एक साथ गरेका हौं।’

मिसेस ग्लोबल नेपाल, मिसेस नेपाल आइडल, नर्सिङ आइडल, मिसेस नेपाल एसिया प्यासिफिक, ब्युटिसियन नेपाल, मिसेस मंगोल नेपाल, मिस एण्ड मिसेस धादिङ नेपाल, मिसेस ब्युटी क्विन नेपाल, मिसेस हिमालयन नेपाल, क्यापिटल क्विन नेपाल, कोशी क्विन आदि अमाजोन इन्टरटेनमेन्टले आयोजना गरेका सौन्दर्य प्रतियोगिताका नामहरु हुन्।

आयोजक कमल खतिवडा भन्छन्, 'हामी विवाहित र पेशा विशेष क्षेत्रमा लागेका महिलाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि मञ्च दिन चाहन्छौं। टेक्निकल्ली हामीलाई पनि गाह्रो छ। तर, पनि सकेसम्म स्तरीय प्रतियोगिता गर्न कोसिस गर्छौं।'

मिस नेपाल ग्लोबल २०१२ की शीर्ष विजेता निलम चन्द अहिले आफैँ सौन्दर्य प्रतियोगिता संचालन गर्छिन्। मिस फारवेस्ट नेपालका आयोजक चन्द एउटै कम्पनीले छोटो समयको अन्तरालमा धेरै कार्यक्रम गर्दा स्तरीय नबन्ने दावी गर्छिन्।

'प्रतियोगिता प्ल्याटफर्म हो। आफूमा भएको कला देखाउने, क्षमता बढाउने। तर, त्यसो भन्दैमा जति पनि कार्यक्रम हुनु, जस्तो पनि हुनुलाई ठीक भन्न सकिँदैन,' उनले भनिन्, 'स्तर कायम राखे र साँच्चै राम्रो प्रशिक्षण दिन सके मात्र आयोजक र प्रतियोगी दुवैलाई राम्रो हुन्छ।'

कला प्रस्फुटनका लागि ठाउँ खोज्नुलाई केही आयोजकले व्यापारका लागि प्रयोग गरेको उनको दावी छ। भन्छिन्, 'केही आयोजकले गर्दा सबै सौन्दर्य प्रतियोगितालाई गलत रुपमा हेर्न थालियो।

प्रायोजक नै निर्णायक
शहर, समुदाय, जात विशेष सौन्दर्य प्रतियोगिताहरु बढ्दो छ। तर, यस्ता कार्यक्रम केही वर्षसम्म निरन्तर हुन्छ त केही सीमित संस्करणपछि सधैका लागि बन्द। केही भने एकपटक हुन्छ र आयोजकले नयाँ नाम दिएर उस्तै प्रतियोगिता गराउँछन्। नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष दिनेश शाही भन्छन्, 'सौन्दर्य प्रतियोगिताको नाममा मौलाएको यस्तो धन्दा रोकिनु पर्छ। आजसम्म यस्ता प्रतियोगिताहरुको नियमन गर्ने निकाय नै छैन।'

प्रतियोगिता र प्रशिक्षणको नाममा १०/१२ जना जम्मा गरेर सबैलाई टाइटल बाढ्नु यस्ता आयोजकका विशेषता बनिसकेको छ।
'यहाँ मनलाग्दी चलेको छ,' शाही प्रश्न गर्छन्,'प्रायोजकलाई निर्णायक बनाइन्छ। विषय, क्षेत्रको आवश्यक जानकारी र ज्ञान नभए पनि केही फरक छैन।'

उनले यो मनोमानी नरोकिएसम्म प्रतिस्पर्धी स्वयं सचेत रहन पर्ने जनाए। यस्ता प्रतियोगितामा घोषणा गरिएको पुरस्कार नदिने, टाइटलको लागि बार्गेनिङ हुने, प्रतियोगीलाई टिकट बिक्री गर्न लगाउने आदि ट्रेन्ड मौलाएको जानकारी दिए। यसअघि फेस अफ दि वर्ल्ड प्रतियोगिताका लागि आयोजकले १० लाखसम्मको बार्गेनिङ गरेको बारे एक्सक्लुसिभ रिपोर्ट पहिलोपोस्टमा प्रकाशित थियो।

१४ वर्ष यता मिस नेवाः आयोजना गर्दै आएकी हेमा मानन्धर पनि संख्यात्मक रुपमा बढेका सबै सौन्दर्य प्रतियोगिताले गुणस्तर कायम गर्न नसक्ने दावी गर्छिन्। उनी स्वयं पनि मिस नेवाः, मिस लिटिल नेवाः, किड्स क्विन लगायत प्रतियोगिता आयोजक तथा व्यवस्थापक हुन्। भन्छिन्, 'वर्षमा यतिवटा गर्ने भन्ने योजना र यस्तो स्टान्डर्डको गर्ने भन्ने कन्फिडेन्स हुनुपर्छ। त्यस्तै प्रशिक्षण, व्यवस्थापन र अवसर उचित हुन आवश्यक छ।'

आयोजकको पृष्ठभूमि र व्यवस्थापन टिम नहेरी प्रतियोगितामा सहभागी हुन नहुने उनको तर्क छ। अन्यथा मानसिक तथा शारीरिक हिंसा पर्नसक्ने उनको संकेत थियो।

समुदाय विशेषकी सुन्दरी
मिस शेर्पा आयोजक तथा व्यवस्थापक छेलह्मु शेर्पा युवतीहरु भाषा, संस्कृतिको बारेमा बुझ्नदेखि आफूमा भएको प्रतिभा देखाउन, निखार्ने उद्देश्यले सहभागी हुने बताउँछिन्।

शेर्पा भन्छिन्, 'समुदाय विशेष प्रतियोगिताहरुमा सीमित सहभागी हुन्छन् जसले गर्दा आफ्नै समुदाय भित्र पहिचान स्थापना गर्न, समुदायको प्रतिनिधित्व गर्न सहज छ।'

मिस नेपाल वा अन्य राष्ट्रियस्तरका प्रतियोगितामा अङ्ग्रेजी भाषा मान्य छ तर तामाङ वा शेर्पा भाषामा बोल्न पाइँदैन। यस्तोलाई क्यास गरेका हुन् उनीहरुले।

हेमाका अनुसार कुनै पनि भाषा वा संस्कृति विशेष प्रतियोगिताले सांस्कृतिक प्रवर्द्धनका लागि योगदान पुर्‍याउँछ।

'यसमा आयोजकको उद्देश्य प्रष्ट र निस्वार्थ हुनुपर्छ', उनी भन्छिन्,' तर पनि हिजोआज जात, समुदाय, स्थान, पेशा, विशेष टाइटल राखेर सौन्दर्य प्रतियोगितालाई कमाउने भाँडोमात्र बनाइएको छ जसका कारण अविश्वास बढ्दो छ। प्रतियोगीहरु कम हुँदैछन्।'

देशमा सुन्दरी प्रतियोगिताको खेती, बाहिरकोमा रित्तो हात
मिस्टर इन्टरनेशनल नेपाल २०१८ साजिद अलाम व्यवस्थित र मर्यादित सौन्दर्य प्रतियोगिता मात्र प्रतिभावान् व्यक्तिका लागि अवसर बन्ने बताउँछन्। उनले गत अप्रिल ३० मा म्यानमारमा भएको मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गरेका थिए।

'हाम्रोमा व्यवस्थापन, तालिम आदि कमजोर महसुस गरेँ। अब गुणस्तरमा ध्यान दिन आवश्यक छ,' उनले भने, 'आयोजकहरुले धेरै प्रतियोगिता गर्ने प्रतिस्पर्धा गरेर हुँदैन। समय लिएर योजनावद्ध ढङ्गमा ट्यालेन्टहरुलाई निखार्न पर्‍यो। जसले अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्छ, जित्न सक्छ।'

मिस नेपाल अर्थ २०१२ नग्मा श्रेष्ठ, मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये उत्कृष्ट ८ मा पुग्ने पहिलो नेपाली सुन्दरी हुन्। उनको सौन्दर्य प्रतियोगिता यात्रा मिस नेपाल र मिस अर्थमा सीमित भने भएन। राष्ट्रिय स्तरका तीन र अन्तर्राष्ट्रिय तीन गरी ६ सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेकी उनी भन्छिन्, 'हामीमा तयारी गर्ने ट्रेन्ड नै विकास भएको छैन। कार्यक्रम मात्र गरेर हुँदैन नि। उद्देश्य हुनुपर्छ।'

उनका अनुसार कुन लुगामा कसरी हिँड्ने, कुन लुगामा कसरी बस्ने, कसरी खाने, कसरी बोल्ने, पोजिसन कुन ठीक, कुन बेठीक सबै सिकेर आएकासँग नेपालबाट टाइटलमात्र जितेर गएकाहरुले कसरी प्रतिस्पर्धा गर्नु?
न मापदण्ड न नियमन
गत वर्षको साउन ३ गते मिस काठमाडौं नेपाल आयोजना हुने घोषणा गरियो। कसमस इन्टरटेनमेन्ट हाउसका निर्देशक रहेका डेविडजंग बस्नेतले सौन्दर्य प्रतियोगिताहरुको थिम परिवर्तन गर्ने उद्देश्य रहेको बताउँदै पत्रकार सम्मेलन गरे। तर, कार्यक्रम भयो भएन अत्तोपत्तो नै भएन।

'हामीले मल्ल होटलमा कार्यक्रम आयोजना गरेका थियौं। यसबारे समाचार नदिएका मात्र हौं,' डेभिडको दावी छ। पत्रकार सम्‍मेलन आयोजना गरेर प्रतियोगिता घोषणा गरेका उनले फिनाले बारे चाहिं जानकारी आवश्यक नलागेको तर्क राखे। उनको प्रतिक्रियाले पनि नेपालमा संचालन भइरहेका यस्ता प्रतियोगिता कति जिम्मेवार र जवाफदेयी छन् प्रस्ट पार्छ। प्रतियोगितामा सहभागी हुने अधिकांश भने सुन्दरी प्रतियोगिताका नाममा हुने यस्ता 'खेती'को विरुद्ध धेरै खुलेर लाग्न सक्दैनन्।

विभिन्न कार्यक्रममा निर्णायकका रुपमा रहँदै आएका मोडल दीपक घिमिरे भन्छन्,'सबै उस्तै हुँदैनन्। सबै नराम्रो र सबै राम्रो पनि होइनन्। यस्तोमा कुनै मापदण्ड नबन्दा अनुगमन नहुँदा प्रतियोगीहरु नै सचेत रहनु पर्ने देख्छु।'
पहिलो पोष्ट अनलाइनको सहयोगमा ।

सुन तस्करी प्रकरण: एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

काठमाडौं  । साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न भएको आरोपमा निलम्बनमा परेका दुई प्रहरी अधिकृतका निलम्बन फुकुवा भएको छ।   सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको हो । फौजदारी अभियोगमा प्रतिवादी रहेकालाई गृहमन्त्रालयले निलम्बन गरेको थियो ।  प्रहरी अधिकारीलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न बैशाख २१ मा आदेश दिएको थियो । तर, उच्च अदालत विराटनगरले विभिन्न मितिमा साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भइसकेका छन् ।

प्रहरी नियमावलीको २०७१ को नियम ११५ को उपनियम ८ मा अनुसार निलम्बन फुकुवा गरिएको स्रोतले जनाएको छ । तीनैजना प्रहरी अधिकारीले साधारण तारेखमा रिहा भएपछि निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए । सनम शाक्य हत्याको अनुसन्धानका लागि अपराध महाशाखाको टोली कार्यक्षेत्र नाघेर मोरङ गएको, प्रमाण नष्ट गरेको र मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई भगाउन सघाएको खुलेको थियो । तत्कालिन महाशाखा प्रमुख रहेका एसएसपी लोहनीले डिएसपी केसीको नेतृत्वमा टोली मोरङ पठाएका थिए ।

सरकारले २० चैत २०७४ को मन्त्रिपरिषद्को निर्णयले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले यी तीनै अधिकारीको घटनामा संलग्नता रहेको अभियोग सहित प्रतिवादी बनाएको थियो । मोरङ उर्लाबारीका सनम शाक्यको १८ फागुन २०७४ मा अपहरणपछि हत्या भएको थियो । पौडेल नेतृत्वको अनुसन्धान टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ महिनामा ३ हजार ८ सय किलो सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो ।

यस्तै विमानस्थलमा कार्यरत रहँदा र मकवानपुर प्रहरी प्रमुख भै सकेपछि पनि एसपी खनाल र गोरेबिच निकट सम्बन्ध रहेको अनुसन्धानमा खुलेको थियो । अनुसन्धान टोलीले बरामद गरेका डायरीमा खनाललाई पाँच लाख रुपैयाँ तस्करीमा सघाए बापत भुक्तान गरेको खुलेको थियो ।

गोठाटारबाट बालक अपहरण भएको हल्लाले प्रहरीलाई दिनभर तनाव,यसरी फैलियो हल्ला

काठमाडौं ।  बालक अपहरण भएको हल्लाले प्रहरीलाई दिनभर तनाव भएको छ । बुधबार दिउँसो साढे २ बजेको आसपासमा काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका भनि खबर फैलिएको थियो ।  तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लगेको हल्ला फैलिएसँगै

महानगरीय प्रहरी परिसार काठमाडौं, अपराध महाशाखा, प्रहरी प्रभाग काँडाघारी, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त गौशाला, प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी परिसर भक्तपुरबाट समेत प्रहरीको छुट्टा–छुट्टै टोली परिचालन भयो । घटनास्थलको सीसीटीभी फुटेज समेत अध्ययन गरियो । अपहरणमा परेको भनिएका बालकको पहिचान खोज्न स्थानीयसँग सूचना पनि संकलन थालियो । तर कसैले पनि आफ्नो बच्चा हराएको भन्दै प्रहरीलाई सूचना दिएन ।

खोजी शुरू गरिएको करीब २ घण्टासम्म पनि अपहरणमा परेको भनिएको बच्चाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि प्रहरीले कन्ट्रोल रुममा फोन गर्ने व्यक्तिको खोजी गर्‍यो ।

बालक अपहरणमा परेको भन्दै प्रहरीलाई फोन गर्ने व्यक्ति गोठाटारमै बस्ने स्थानीय रहेछन् । तर उनले आफूले बालकको अपरण भएको देखेका रहेनछन् ।

आफूलाई एकजना गाउँलेले बालक अपहरण भएको कुरा सुनाएपछि प्रहरीलाई खबर गरेको उनको जवाफ आयो । त्यसपछि प्रहरीले उनलाई सूचना दिने व्यक्तिको खोजी गर्‍यो ।

ती व्यक्तिले पनि आफूले बच्चा अपहरण भएको नदेखेको बताए । तर पसलमा हल्ला सुनेको प्रहरीलाई जानकारी दिए ।

प्रहरीले पसलमा सोधपुछ गर्‍यो । त्यसपछि पत्ता लाग्यो, एक ७० वर्षीया वृद्धाले बालकलाई २ जनाले गाडीमा हालेर लग्दै गरेको देखेकी रहिछन् । बालकलाई गाडीमा लग्दै गरेको देखेपछि उनलाई कसैले अपहरण पो गरेका हुन् कि भन्ने लागेछ । त्यसपछि उनले पसलमा भएका अन्य व्यक्तिसँग सुनाइन् । त्यसरी नै हल्ला फैलिएको थियो । अन्तिममा बालक अपहरणको वास्तविकता ७० वर्षीया वृद्धाको भ्रम मात्रै रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

बंगबन्धु गोल्डकप:पहिलो खेलमा नेपाल पराजित,सेमिफाइनल यात्रा कठिन

काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तरगत आफ्नो पहिलो खेलमा साविक विजेता नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । नेपाल ताजकिस्तानसँग २-० गोलअन्तरले पराजित भएको छ।
बंगलादेशको सिलटमा मंगलबार भएको खेलमा बलियो टोली ताजकिस्तानले दुबै हाफमा नेपालविरुद्ध दुर्इ गोल गरको थियो।

बंगलादेशको सिलेटस्थित रंगशालामा भएको खेलमा पहिलो र दोस्रो हाफमा १–१ गोल खाँदै नेपाल ताजिकिस्तानसँग पराजित भएको हो ।  यो पराजयपछि नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ ।
ताजिकिस्तानसँग पराजित भएपछि समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा नेपालले जित निकाल्नै पर्छ । नेपालको अघिल्लो चरणको यात्रा बिहीबार ताजिकिस्तान र प्यालेस्टाइनबीच हुने खेलको नतिजामा पनि भर पर्नेछ ।

निगमको घाटा अर्ब माथि (भिडियो सहित)

१६, असोज, काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ । उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।

खोलामा माछा मार्न गएका शेरबहादुरको डुबेर मृत्यु

१४ असोज, नुवाकोट ।
खोलामा माछा मार्न गएका पञ्चकन्या गाँउपालिका–२ कविलासमा शेरबहादुर मगरको डुबेर मृत्यु भएको छ ।
शनिबार साँझ माछा मार्न गएका ५५ वर्षका मगरको घर नजिकै पर्ने लिखु खोलामा डुबेर मृत्यु भएको अबस्थामा आज शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो ।
छोरा राजु मगरसंग माछा मार्न गएका उनी नफर्केपछि खोजी गर्ने क्रममा किसानले पानी ल्याउन बनाएको कुलाको बाँध स्थित तारजालीमा अड्किएर पानीमा डुबी मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।
शव परीक्षणको लागी जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web