बाके । सोनारीमा शनिबार बिहान माइक्रो बस र ट्रक जुध्दा भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा.१ ख १६६२ नंं. को बस र नेपालगन्जबाट दाङ तर्फ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकआपसमा ठोक्किदा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । कोहलपुर–लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका-९ मा भएको दुघटनामा ११ जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अबस्था गम्भी रहेको छ ।

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक तेजबहादुर रानाले जानकारी दिनुभयो । दुर्घटनामा परी ज्यान गुमाउनेहरुको पहिचान हुन बाँकी छ ।

29.12¡ÆC