शिक्षक हत्यामा संलग्न अभियोगमा चार जना पक्राउ

१४ असोज, नुवाकोट ।
दुप्चेश्वर गाँउपालिका–६ अम्बोटेका गणेशबहादुर पण्डितको हत्यामा संलग्न अभियोगमा नुवाकोट प्रहरीले असोज १४ गते चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
गत शुक्रबार घर नजिकको जंगल स्थित भीरबाट लडेर मृत्यु भएको अबस्थामा भेट्टिएका ४६ वर्षका पण्डितको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय चार जनालाई पक्राउ गरी कर्तब्य ज्यान मुद्धामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा दुप्चेश्वर गाउपालिका–६ रामतीका ३१ वर्षका राजकुमार तामाङ, १९ वर्षका महेन्द्र तामाङ, ३६ वर्षका दिपबहादुर तामाङ र २४ वर्षका सुरेन्द्र तामाङ छन् । उनीहरुलाई नुवाकोट जिल्ला अदालतबाट चार दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्धाको अभियोगमा कारबाहीको लागी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट तालीमप्राप्त कुकुरको सहयोगमा अन्य थप तथ्य समेत संकलन गरेकाले अपराधीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
दुप्चेश्वर गाँउपालिका–३ स्थित नवज्योती प्रथामिक विद्यालयका प्रधानध्यापक पण्डित गत बिहीबार पढाएर फर्कने क्रममा हराएकोमा शुक्रबार शव भेट्टिएको थियो ।
शवको आइतबार काठमाडौ स्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरिएको भएपनि मृत्युको कारणको चिकित्सक प्रतिवेदन आउन बाँकी छ ।

सुन तस्करी काण्ड: पूर्व डिआईजी गोविन्द निरौला साधारण तारेखमा रिहा

काठमाडौ । सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दाका प्रतिवादी नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय शारङ्गा सुवेदी र जनक पाण्डेको इजलाशले निरौलालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत विराटनगरले बिहीवार निरौलालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।  आरोपित कसुरमा संलग्नता नदेखिएको भन्दै उच्च अदालतले निरौलालाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको छ । मोरङ जिल्ला अदालतले तस्करीको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करीमा निरौलाको संलग्नता रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । उच्च अदालत जिल्लाको आदेश बदर गर्दै निरौलालाई तारेखमा राखेर मुद्दाको कारबाही किनारा लगाउन भनेको छ ।

सिर्जना खत्रीको ‘नौटंकी माया’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका सिर्जना खत्रीको 'नौटंकी माया' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  हाउडेमाया गीत बाट चर्चा कमाएकी  खत्रीको नयाँ गीत सार्वजनिक भएको हो । पछि अर्को चर्चित गीतहरु बजारमा ल्याएर चर्चामा रहदै आएकी छिन ।  देश विदेशको कार्यक्रममा सधै ब्यस्त रहने गायिका सिर्जना खत्री हाउडेमाया सुमधुर आवाजकी धनि छिन ।

शब्द तथा संगीत गायिका सिर्जना खत्री हाउडेमायाको रहेको छ भने यस गीतमा गायिका सिर्जनालाइ मिस्टर आर्जेले साथ् दिएका छन् । अर्जुन तिवारीले छायांकन गरेको यस म्युजिक भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन्  चर्चित नायिका आंचल शर्मा र सरज गराचको अभिनय रहेको छ ।

निर्मला हत्या प्रकरणमा प्रहरीको गल्ती देखाइयो, बलात्कारी देखाइएन

काठमाडौं । निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने विषय समेत प्रतिवदेनमा समेटिएको छ ।

समितिले घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि बयान लिएको थियो ।

प्रदर्शनका क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले समितिलाई वयानमा बताएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, समितिले गत ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिसअनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्कुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो । कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो ।नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

बाल्टिमोरमा तुँवालाको प्रिमियर

काठमाण्डौ ।

नेपाली कथानक चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा गरिएको छ । बाल्टीमोरमै चलचित्रको २ वटा शो भइसकेको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा संगै बैदेशिक रोजगारको कथालाइ पनि समेटेको निर्माता गिरिप्रसाद सुनार बताउछन् ।सो अवसरमा चलचित्रका निर्माता तथा कलाकार गिरीप्रसाद सुनारलाइ नासो संस्थाका तर्फबाट सम्मान गरिएको थियो । मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतलगायतले सम्मान गरेका थिए ।

बिभिन्न किसिमका सामाजिक भेदभावको बिषयमा केन्द्रित भएकोले यो चलचित्रको प्रिमियम शो बाल्टिमोरमा गरिएको नासोका अध्यक्ष गोपाल विश्वकर्माले बताएका छन् । प्रिमियर शो मा चलचित्रले उठाएको बिषय र चलचित्रको प्रस्तुतिले तारिफ बटुलेको निर्माता सुनारले  जानकारी दिए ।
दीपक परियारको निर्देशन रहेको चलचित्रमा सुशील क्षेत्री, पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरीप्रसाद सुनार भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाइ भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । नेपालमा भने चलचित्र बैसाखमा रिलिज हुने छ ।

सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले  आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।
यातायात व्यवसायी र सरकारबीच शनिबार १० प्रतिशत भाडा बढाउने सहमति भएको थियो । सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिएको हो । देशभरका विभिन्न रुटको भाडा कहाँ पुदा कति लाग्ने भन्ने विवरण आइतबार सार्वजनिक भएको हो ।

नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाका शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारीका साधनमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ । न्यूनतम चार किलोमिटरभित्र न्युनतम् १४ रुपैयाँ कायम गरिएको छ ।

५ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ८ किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै १० किलोमिटरसम्म यात्रा गर्दा २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २७ रुपैयाँसम्म तिर्नुपर्ने पर्ने भएको छ ।
यस्तै डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस्

आन्दोलनरत सवारी चालक र सरकारबीच आठ बुँदे सहमति,आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । आन्दोलनरत यातायात मजदुर र सरकारबीच आठ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तामा यातायात मजदुर आन्दोलन रोक्न सहमत भएका हुन् ।

बिगत ३ दिन दनदेखि यातायात ठप्प पारेर आन्दोलनमा रहेका चालक र सरकाबीच शुक्रबार भएको लामो वार्ता पश्चात सरकार देवानी संहिता संसोधन गर्न सहमत भएको हो । वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए ।
ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने उल्लेख छ ।

सडक दुर्घटनाको निष्पक्ष छानबिनपछि मात्र कारबाही अगाडी बढाउने पनि सहमति भएको छ । यस्तै आन्दोलनका क्रममा पक्राउमा परेका यातायात मजदुरहरुलाई रिहा गर्ने सहमति भएको छ ।

शंकरदेव क्याम्पस अनियमितता, विद्यार्थीले लगाए ताला

४ असोज, काठमाडौ । देशकै गौरव बोकेको व्यवस्थापन तथा बाणिज्य शास्त्र संकाय पढाई हुने सबैभन्दा राम्रो क्याम्पस मध्यको एक शंकरदेव क्याम्पसमा चरम लापरबाही र मनोमानी ढंगले सुल्क बृद्दी गरिएको छ l

मध्यम बर्गीय बिधार्थी अध्यान गर्न आउने उक्त क्याम्पसमा क्याम्पस प्रसाशन विधार्थीहरुको हक-हित बिपरित मध्यम बर्गीय बिधार्थीले पढ्न नसक्ने गरि सुल्क बृद्दी गरिएपछि नेकपा निकट दुइ बिधार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीको नेतृत्वमा तालाबन्दि गरिएको छ l

क्याम्पसमा पढाई हुने  MBM BBA BIM र  BBM  लगायतका कार्यक्रममा बिधार्थी हित बिपरित लापरबाही ढंगले १० प्रतिसत सुल्क बृद्दी गर्ने निर्णय गरेर क्याम्पस  प्रसाशन प्रमुख फरार भएका छन् l

बिधार्थी संगठनहरु लगायत हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क नहुने गरि मोबाइल अफ गरिएको छ l

बिधार्थी संगठनहरुले शान्तिपूर्ण ढंगले राखेको मागलाई बेवास्था गरेको कारण तालाबन्दी लगायत आन्दोलनमा जानु परेको क्रान्तिकारी अध्यक्ष मदन ढकालले जानकारी दिए l उक्त बिरोध कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष आशिष तुम्बाहाङ्फेले बिधार्थीको हकहितको लागि जस्तोसुकै मुल्याचुकाउन पनि तयार रहेको बताएका थिए l

शंकरदेव तालाबन्दी कार्यक्रममा अखिल क्रान्तिकारी माओवादी केन्द्र निकट र अखिल क्रान्तिकारी विप्लव निकट बिधार्थी संगठनको पनि सहभागिता रहेको थियो l

संबिधान दिवसमा उत्तरगया गाँउपालिकाबाट सरसफाई र वेत्रावती बजारमा दिपावली

३ असोज, रसुवा । संबिधान जारी भएको तेश्रो वर्षको अवशरमा आज विभिन्न कार्यक्रम गरी मुलुकभर नै मनाइएको छ  ।

संबिधान दिवस मनाउने क्रममा आज उत्तरगया गाउँपालिकाको आयोजनामा रसुवा र नुवाकोटको संगस्थल पवित्र तिर्थस्थल  उत्तरगया धाम क्षेत्रको सरसफाई तथा रसुवा प्रबेसद्वा र बेत्रावती वजारमा आज साझ मैनवत्ती प्रज्वलित गरि दीपावली गरिएको छ ।

गाँउपालिकाको अध्यक्ष उपेन्द्र लम्साल सहित गाँउपालिका उपाध्यक्ष, प्रमुख प्रसासकीय अधिकृत लोकेन्द्र ज्ञावली तथा गाँउपालिकाको कर्मचारीहरू वेत्रावती बजारका स्थानीयबासी, नागरीक समाज,  नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।

पहिरो पीडितको पुर्नस्थापनाको लागी दुप्चेश्वर गाँउपालिकाको अपिल

३ असोज, नुवाकोट । गएको भदौ २७ गते बुधबार अविरल वर्षासगै गएको पहिरोबाट बिस्थापित भएकाहरुको पुर्नस्थापनाको लागी दुप्चेश्वर गाँउपालिको सहयोगको अपिल गरेको छ ।

नुवाकोट यस दुप्चेश्वर गाउँपालिका वडा नं १, साविक घ्याङफेदी गा.वि.स. वडा नं ९ स्थित चेताङ बस्तिमा गत श्रावण २८ गते तथा भाद्र २७ गतेको दिन गएको विनासकारी पहिरो बाट ४४ घर परिवार विस्थापित हुनु परेको छ । पहिरो गए पश्चात गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य टोली (RRT) ले गरेको निरिक्षणबाट ११ घर पूर्ण रुपमा क्षति र बाँकी ३३ घर परिवार समेत विस्तापित भएको निश्कर्ष निकालेको  गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।

यो विषम परिस्थितिमा सिङ्गो गाउँपालिका परिवार स्तब्द भएको उहाँले बताउनुभएको छ ।
"विपतको यो समयमा उद्धार एवं राहत कार्यमा संलग्न जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु तथा आम सर्वसाधारणहरुमा गाउँपालिका आभार व्यक्त गर्दछ"गाँउपालिकाले अपिल गरेको विज्ञप्तीमा भनिएको छ ।

सिङ्गो गाउँनै पहिरोको चपेटोमा परेको यस दुःखद घडीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका विभिन्न व्यक्ति, संघ संस्था, सामाजिक रुपमा क्रियासिल निकायहरु, स्थानिय स्तरमा संचालित जलविद्युत तथा अन्य आयोजनाहरु, समाजसेवी, बुद्धिजिवी, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु तथा सम्पूर्ण सहयोगी हातहरुलाई विपतमा परेका चेताङबासीको सहयोगार्थ हार्दिक अपिल गरेको गाँउपालिकाले विज्ञप्तीमा सबैलाई सहयोग पुर्याउन आग्रह गरेको छ

मिति २०७५/६/१ मा बसेको दुप्चेश्वर गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले राहतकार्यलाई व्यवस्थित बनाउनको लागि एकद्धार प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

जस अनुसार आर्थिक सहयोग संकलनको लागि एभरेष्ट बैक दुप्चेश्वर शाखा समुन्द्रटारमा रहेको विपद् ब्यबस्थापन समिति को च.हि. नं.०६४००१०५२००२१३ मा जम्मा गर्न र जिन्सी सहयोगका लागि दुप्चेश्वर गाउँपालिका, विपद् व्यवस्थापन समितिसँग सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराउँदै सबै सहयोगी हातहरुलाई राहत सहयोगको लागि आब्हान गरेको गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभएको छ ।

दलबहादुर र ललितमानले स्वास्थ्य चौकीलाई एक करोड २० लाखको जग्गा दिए

३ असोज, नुवाकोट । तारकेश्वर गाउँपालिकाको वडा नं. ५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले दुई बाबुछोराले करोड भन्दा बढी पर्ने जग्गा निःशुल्क प्रदान गरेका छन् ।

स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका वडा नं ५ साविक गोस्र्याङ गाविसको वडा नं. ८ का ७२ वर्षका दलबहादुर लामा र उहाँको छोरा ललितमानले दुई-दुई रोपनी जग्गा प्रदान गर्नुभएको हो ।

जग्गा दाताले जिल्ला मालपोत कार्यालय नुवाकोटमा आएर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्य चौकीका इञ्चार्ज प्रेम रोकायले जानकारी दिनुभएको छ । उहाँहरुले प्रदान गर्नुभएको जग्गाको मूल्य जिल्ला मालापोत कार्यालयको सरकारी दररेट अनुसार एक् करोड २० लाख रुपैयाँ रहेको छ ।

अहिले स्वास्थ्यचौकी भएको स्थानमा नयाँ भवन निर्माणको लागि जग्गा अभाव भएपछि स्वास्थ्यचौकी नजिकै पर्ने जग्गाधनीले जग्गा उपलब्ध गराएपछि भवन निर्माणको लागि सहज भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ५ का वडाअध्यक्ष समेत रहनुभएका चुडामणिप्रसाद गजुरेलले जानकारी दिनुभएको छ ।

तीन नं. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेकाले जग्गा प्राप्त भएकाले अब नयाँ भवन निर्माणको काम अघि बढाउने उहाँले बताउनुभएको छ ।

अहिले भएको भवन साढे तीन वर्षअघिको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको र प्रयाप्त स्थान समेत नहुदाँ सेवा प्रवाहमा किठनार्इृ हुदै आएकाले नयाँ भवन निर्माणपछि स्वास्थ्य सुधारमा सहयोग पुग्ने स्वास्थ्य चौकीका इञ्चार्ज रोकायले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार स्वास्थय चौकीमा रहेका दुई जना अनमी पदको कर्मचारी नहुदाँ प्रसुती सेवा केन्द्र सञ्चालन गर्न कठिनाई हुदै आएकाले अहिले कायम भएका समस्या नयाँ भवन निर्माण पछि समाधान हुने विश्वास गरिएको छ ।

पहिरो पीडितलाई उत्तरगया गाँउपालिकाबाट राहत विरतरण

२ असोज, वेत्रावती  । रसुवाको उत्तरगया गाँउपालिका वडा नं. १ सल्लेटारमा गएको पहिरोबाट पीडित भएका परिवारलाई उत्तरगया गाँउपालिकाले राहत वितरण गरेको छ ।
गएको भदौ २६ गते गएको सुख्खा पहिरोबाट घरको पूर्ण क्षति बेहोरेका तथा जोखिम भएर विस्थापित भएका सात परिवारलाई आज गाँउपालिकको अध्यक्ष उपेन्द्र लम्सालले पीडितलाई राहत स्वरुपमा अस्थायी आवास निर्माणको लागी निर्माण सामाग्रि सहित खाद्यान्न वितरण गर्नुभएको हो ।
गाँउपालिकको अध्यक्ष लम्सालले सात घरपरिवरालाई अस्थायी आवास बनाउन एक परिवारको लागी दुई बण्डल जस्तापाता, एक–एक बोरा चामल, दुई–दुई किलो दाल र नुन, दुई–दुई लिटर तेल, मस्यौरा लगायतका सामाग्रि प्रदान गर्नुभएको हो ।

जोखिममा परेका बस्तीका बासिन्दालाई तत्कालको लागी बासस्थान र खाद्यान्नको प्रबन्ध मिलएकाले आगामी दिनमा सुरक्षित स्थानमा बसोबास मिलाउन पहल गर्र्ने गाँउपालिकाको अध्यक्ष लम्सालले बताउनुभएको छ । विस्थापित परिवारलाइ राहत वितरणको लागी किस्पाङ गाँउपालिका वडा नं. २ का वडासदस्य बद्री देवकोटा, सल्लेटारका स्थानीय समाजसेवी मकर तामाङ लगायतले सहयोग पु-याउनुभएको थियो ।

मैलुङ–स्याफ्रुबेसी सडक खण्डको माथीबाट एक साता अघि आएको सुख्खा पहिरोले हस्तबहादुर तामाङ, रत्नबहादुुर तामाङ, कान्छा तामाङ, भीमलाल तामाङ, डल्ले तामाङ र बीरबहादुर तामाङ, गोपाल तामाङ लगायतको घरमा क्षति पु¥याएको थियो भने त्यहाँ रहेका बाँकी बस्ती पनि पहिरोको जोखिममा रहेका छन् । पहिरोमा परेर घाइते भएका सैनिकको अझै पनि उपचार भइरहेको छ रसुवा प्रशासनले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web