दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दसैंका लागि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको छ । यातायात व्यवस्था विभागसँगको यो सहमतिसँगै अब असोज ५ गतेदेखि अग्रिम बुकिङ खुल्नेछ । आइतबार सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले बताए ।

अनुसार यातायात व्यवस्था विभागसँग अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको हो । असोज ५ गतेबाट राजधानीबाट बाहिर जाने सबै यातायातमा टिकट खुल्नेछ । तर, भाडादरको अन्तिम टुंगो भने लागेको छैन । भाडादर सरकारले निर्धारण गर्ने बताइएको छ ।

सुन प्रकरणका आरोपीहरु धमाधम रिहा,डिएसपी प्रजित केसीलाई रिहा गर्न अदालतले आदेश

काठमाडौं । साढे ३३ किलो सुनकाण्डमा मुछिएका डिएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न मोरङको उच्च अदालतले आदेश दिएको छ ।

आइतबार न्यायाधीशद्वय उमेशकुमार सिंह र उमेशराज पौडेलको संयुक्त इजलासले थुनामा रहेका प्रहरी नायब उपरीक्षक डिएसपी प्रजित केसी साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

केसीलाई थुनामा राखिरहन पर्याप्त आधार नभएको भन्दै उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
२९ भदौमा उच्च अदालत बिराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त्त ईजलासले जिल्ला अदालत मोरगको ८ जेठको आदेशलाई उल्टाउँदै अभियुक्त्त लोहनीलाई तारेखमा रहेर पुर्पक्ष गर्न दिन अन्तिम आदेश दिएको छ ।

उच्च अदालत बिराटनगरले सुन तस्करी र शनम शाक्य हत्या आरोपमा निलम्बित डिएसपी सञ्जयबहादुर राउत सहित १० जनालाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तिम आदेश गरिसेकको छ । थुनामा रहेर आदेश उल्टाउन निवेदन गर्ने २३ जना अभियुक्त्तहरुको हकमा अझै सुनवाई हुन बाँकी छ ।

जिल्ला अदालतको आदेश उल्टाउन निवेदन गर्ने अभियुक्त्तहरु मध्ये चुँडामणी उप्रेती ९गोरे०का सहयोगी लाक्पा शेर्पा, टेकराज मल्ल सहित एयरलायन्स कर्मचारी तुलाराम थारु, पुण्यप्रसाद लामा, सुन कारोवारी महाबिरप्रसाद गोल्यान सहित हेमन्त गौतम र राजन थापा, सम्बिरप्रसाद तोलाङगे र राजनकुमारको हकमा पनि उच्च अदालत बिराटनगरले जिल्ला अदालतकै आदेश सदर गर्दै कानुन बमोजिम गर्न अन्तिम आदेश गरिसकेको छ ।

अन्तिम आदेश हुन बाँकी रहेका २३ अभियुक्त्तहरुमा पुर्व डिआईजी गोबिन्दप्रसाद निरौला, निलम्बित एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायत छन् । तत्कालीन महानगरीय अपराध महाशाखा प्रमुख हुँदा सनम शाक्य हत्या र ३३ किलो सुन अनुसन्धानमा लोहनी नेतृत्वको प्रहरी खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले ९ प्रहरीसहित ६३ जनाविरूद्ध संगठित अपराध ऐन अनुसार मुद्दा चलाएको थियो ।

गृह मन्त्रालयद्वारा गठित छानविन समितिले शंका गरेपछि उनी प्रतिवादी बनाइएका थिए। गत असार ७ गते लोहनीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

चेताङको पहिरो पीडितलाई नेकपाको नेताबाट राहत वितरण (फोटो सहित)

३१ भदौ, नुवाकोट । दुप्चेश्वर गाँउपालिका वडा नं. १ घ्याङफेदीको चेताङमा गएको पहिरोबाट विस्थापित पीडितलाई प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेससभा सदस्य एवम् प्रदेस नं. ३ को उपसभामुख राधिका तामाङले आवश्यक राहत प्रदान गर्नुभएको छ ।

बुधबार गएको विनासकारी पहिरोको त्यसलगत्तै घटनास्थलमा आएर अवलोकन गरी व्यवस्थापनमा चासो देखाउनुभएका नेकपाको नेताहरुले आफ्नै पहल तथा विभिन्न सहयोगी मार्फत संकलन गरेको राहत स्वरुप खाद्यान्न, बासोबासको कपडा, भाडावर्तन आज प्रभावित परिवारलाई प्रदान गर्नुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस न ३ का उपसभामुख राधिका तामाङले पहिरोको कारण विस्थापित भएका ३८ परिवारको लागी दुई हजार किलोग्राम चालम, १५० किलोग्राम दाल, ७६ लिटर तेल, एक सय किलोग्राम नुन, ८० किलोग्राम चिउरा, एक बोरा दालमोठ लगायतका राहत सामाग्री पीडितलाई प्रदान गरिएकोे राहत वितरणको लागी घ्याङफेदी स्थित विपस्थापित बसिरहेको स्थान घ्यावरचउर आउनुभएका नेकपाको युवा नेता एवम् समाजसेवी डिबी तामाङले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार पहिरोले घरको पूर्ण क्षति बेहोरोका ११ परिवारको लागी तत्कालको लागी लत्ताकपडा, भाडावर्तन समेत उपलब्ध गराइएको र बाँकी परिवारको लागी खाद्यान्न सामाग्रि प्रदान गरिएको हो ।

बुधबार गएको विनासकारी पहिरोले क्षति पु¥याएकोे स्थानको बिहीबार अवलोकनको लागी पुग्नुभएका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री हितबहादुर तामाङले चेताङको बस्ती वर्षाको कारण बगेको पहिरोले बासोबासको लागी असुरक्षित रहेकाले त्यसको भूगर्भविद् मार्फत परीक्षण गराएपछि मात्र बस्ती बसाल्नतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँ सहित प्रदेन नं. ३ को उपसभामुख राधिका तामाङले आफ्नै खर्चमा जोहो गरेको चामल र सहयोगी मार्फत सकलन गरेको अन्य खाद्यान्न र लत्ताकपडा तथा ओढ्ने–ओछ्यानले तत्कालको लागी कष्टपूर्ण भएको दैनिकी सामान्य बनाउन सहयोग पुग्ने र आगामी दिनमा स्थानीय सरकारदेखि जिल्ला प्रशासन, प्रदेस सरकार र केन्द्र सरकार मार्फत थप सहयोग जुटाउन पहल गर्ने बताउनुभएको छ ।

राहत वितरको लागी काठमाडौमा बसेर व्यबस्थापनदेखि हेलिकोप्टर खोजेर पठाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रदेससभा सदस्य राधिका तामाङ कार्यव्यस्थता र अस्वस्थ्यताको कारण आउनु भएको थिएन भने प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ नेकपाको युवा नेता डिबी तामाङ, स्थानीय युवा तथा समाजसेवीहरु सम्देन शेर्पा, सुरज शेर्पा, राजु तामाङ, राजकुमार श्रेष्ठ, सूर्यबहादुर तामाङ, मुरारी थापा लगायतले सहयोग पु¥याउनुभएको थियो ।

यही भदौ २७ गते अर्था गएको बुधबार घ्याङफेदीको चेताङ गाँउमा बस्ती माथीबाट बगेको पहिरोले त्यहाँ रहेका ११ घरलाई पूर्ण क्षती र बाँकी घरमा समेत उच्च जोखिम बनाएपछि उनीहरु त्यहाबाट सुरक्षित स्थानमा खोजीमा घ्यावरचउरमा आएर बसोबास गरिरहेका छन् ।

पहिरोको जोखिमाम परेका मध्ये बृृद्ध दम्पत्तिलाई नेपाली सेनाले उद्धार गरी उपचार गरेर प्रशंसनीय कार्य गरेको थियो भने सरोकारवाला व्यक्ति र राहत वितरणको लागी प्रभावित स्थानसम्म हेलिकोप्टर उपलब्ध गराएर पनि नेपाली सेनाले सहयोग पु-याउदै आएको छ । यसैगरी घटनास्थलमा नेपाल प्रहरीले पनि उद्धार, विस्थापितलाई सुरक्षित स्थानमा पुर्नस्थापना, लगत संकलन तथा राहत वितरणमा सहयोग पु-याउदै आएको छ ।

विस्थापित पीडित मध्ये घर पूर्ण क्षति भएकालाई यसअघि नुवाकोट प्रशासन र दुप्चेश्वर गाँउपालिकाले १०–१० हजार रुपैयाँ उपलब्ध गराएको थियो भने घर जोखिम रहेकालाई पाँच–पाँच हजार रुपैयाँ उपलब्ध गराएको गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार विस्थापित भएका ३४ परिवारलाई गाँउपालिकाले घ्यावर चउरमा घर भाडामा लिएर बसोबासको व्यवस्था मिलाएको छ भने अब उनीहरुको लागी राहत पु¥याउन तथा सामाजिक संस्थाहरु मार्फत राहत आह्वानको लागी अबरुद्ध रहेको सडक विस्तार एवम् मर्मतको कामलाई प्रथामिकता दिएर यही सातादेखि नै काम सुरु गर्न लागिएको छ ।

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

अनु आचार्य,

३१ भदौ, रसुवा ।  रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलबिद्युत आयोजनामा शनिबार राती गएको पहिरो पुरिएर दुई जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

आयोजनामा काम गर्नको लागी पहुँच मार्ग बनाएको स्थानको अडिट नं. २ मा गएको पहिरामा पुरिएर मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षका रमेश कार्पाैला र रुकुमको भूमे गाँउपालिका वडा नं. २ का ५० वर्षका भीम रोका रहेको रसुवा प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

प्रहरीको अनुसार जलविद्युुत आयोजनामा मजदुरको रुपमा कार्यरत उनीहरुको सुतिरहेको स्थानमा माथीबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोमा परी घाइते भएका नौ जना मध्ये चार जनाको अबस्था गम्भीर भएकाले थप उपचारको लागी आइतबार बिहानकाठमाडौ पठाइएको छ ।

घाइते पाँच जनाको जिल्ला अस्पताल धुञ्चेमा उपचार पश्चात सामान्य भएको र एक चिनियाँ नागरिक सहित चार जनालाई काममाडौ पठाइएको प्रहरीले जनाएको छ ।

रसुवागढी जलबिद्युत आयोजनाको पहुँचमार्गमा शनिबार अपरान्हदेखि नै सुख्खा पहिरो बगिरहेको र राती करिब नौ बजे अकस्मात ठूलो पहाड सहितको पहिरो गएको आयोजना पक्षले जनाएको छ । पहिरोको कारण एक सय ११ मेगावाट क्षमताको आयोजनाको काम तत्कालको लागी रोकिएको छ ।

प्रदेश नं. ३ समन्वय परिषद कतारको साधारणसभा सम्पन्न

१६ सेप्टेम्बर, दोहा । प्रदेश नम्बर ३ समन्वय परिषद कतारको प्रथम साधारणसभा सभा मिति १४ सेप्टेम्बर २०१८ को दिन नज्मा स्थित शालिमार रेस्टुरेन्ट दोहामा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको शुरूवातमै अतिथि र आमन्त्रित हरु सबैलाई लन्चको साथ स्वागत गरिएको कार्यक्रमको औपचारिक शुरूवात दिनको १:०० बजेबाट आशन ग्रहणको साथ गरिएको थियो ।

प्रदेश नम्बर ३ समन्वय परिषद कतारको तदर्थ समिति सम्योजक नन्द ढुङ्गाना ज्यु सभापति रहनु भएको कार्यक्रममा प्रमुख अतिथि देबकाजी डङ्गोल आइसिसिका सस्थापक उपाध्यक्ष रहनुभएको थियो ।  दोहाको इतिहासमै पहिलोपटक विदेशी समुदायलाई उपस्थित गराइएको कार्यक्रमको आकर्षणमा भारतीय सामाजिक समुदाय प्रमुख,यस्तै पाकिस्तान ,बङ्गलादेश ,श्रीलंका ,फिलिपिन्स देशका सामाजिक समुदायको प्रमुख व्यक्तित्वहरु रहनु भएको थियो।

यस्तै गरि विभिन्न सामाजिक ,राजनैतिक ,वैचारिक ,जातिगत र प्रादेशिक सस्थाहरु बाट पाल्नु भएको प्रमुख वा प्रतिनिधि विशेष अतिथि र अतिथी रहनु भएको कार्यक्रममा प्रदेश नम्बर ३ अन्तरगतका १३ जिल्ला सस्थाहरु आयोजक रहनु भएको थियो।आशन ग्रहण पश्चात् पानसमा बत्ती बालेर ब्यानरलाइ अनावरण गरि मातृभुमीको समान स्वरुप  नेपाली रास्ट्रीय गितको साथै कर्मभुमी कतारको सम्मान गर्दै कतारको रास्ट्रीय गीत बजाएर औपचारिक कार्यक्रमको सुभारम्भ गरिएको थियो।

उपस्थित सबैलाइ स्वागत गर्ने क्रममा स्वागत मन्तव्य आयोजक सस्था नुवाकोट सेवा समाज दोहा कतारको संरक्षक हरिकृष्ण रिमालले गर्नुका साथै स्वागत नृत्यले पनि स्वागत गरिएको थियो।सधै गरिदै आएको कार्यक्रम भन्दा पृथक बनाउने हेतुका साथ अतिथिहरुलाइ मन्तव्य राख्न सहजताको लागि  बिषय वस्तु दिएर समय सिमा समेत निर्धारण गरिएको थियो ।

बिदेशी सामाजिक समुदायबाट पाल्नु भएका बिशेष अतिथी हरुले मन्तव्यको क्रममा  अबका दिनमा हामी सबै समुदाय मिलेर सामाजिक र मानवीय हितको काममा ऐक्यबद्धता भएर अगाडि बढ्नु पर्ने  र त्यसको लागि आजैको दिन देखि सहकार्य गरेर अगाडि बढने प्रण गर्नु भएको थियो।बिचबिचमा साङ्गीतिक प्रस्तुतिका साथ कार्यक्रमलाई अझै आकर्षक र मनोरन्जनात्मक बनाइयको थियो।कार्यक्रमको मेन स्पोनसर सिटि एकस्प्रेस मनि ट्रान्सफरले गरेको थियो ।

खुल्ला शत्र कार्यक्रमको समापन गर्दै कार्यक्रम सम्योजक तथा सभापति नन्द ढुङ्गाना ज्युले सबैलाइ धन्यवाद ज्ञाप गर्दै सस्थाले भोलिका दिनमा सस्थाले सामाजिक गतिविधिमा कृयाशिल भएर काम गर्ने प्रतिवद्धता गर्दै कार्यक्रम सम्पन्न गर्न साथ र सहयोग गर्नुहुनुहुने सबैमा धन्यवाद व्यक्त गर्नु भएको थियो।बन्दसत्रमा उपस्थित सबैलाइ विधान पढेर सुनाउदै सर्वसम्मत रुपमा विधान पास गरिएको थियो ।

यसको साथै नयाँ बन्ने कार्यसमितिको लागि सर्वसम्मत उम्मेदवारी दिएर सबैले निर्वाचन मन्डली लाइ सहज वातावरण बनाइएको थियो।कार्यक्रमको सन्चालन बिष्णु भण्डारी र कबिन्द्र कंडेल ज्यु बाट गरिएको थियो।साथै कार्यसमितिमा अध्यक्ष १,उपाध्यक्ष ३(१ महिला अनिवार्य ),महासचिव १,सचीव १,कोषाध्यक्ष १,सह-कोषाध्यक्ष १, खुल्ला सदस्य ५,१३ जिल्ला सस्था बाट १/१ जनाको दरले मनोनीत सदस्य १३र निर्वाचित कार्यसमिति बाट मनोनयन हुने ३(१ जना महिला अनिवार्य) हुने गरि २९ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्विरोध चयन गरियो।

अध्यक्ष – समीर के सि

उपाध्यक्ष – बिष्णु भण्डारी

– रमेश तिवारी

महासचिव – कविन्द्र कंडेल

सचीव      -श्री बहादुर तामाङ

कोषाध्यक्ष -गौरव राज अधिकारी

सह-कोषाध्यक्ष -भक्तराम श्रेष्ठ

खुल्ला सदस्य – नेत्र कुमार वाइवा

-पुस्प मोक्तान तामाङ

-गणेश अधिकारी

– नन्दराम सुवेदी

– निकास तामाङ

१३ जिल्ला सस्थाहरुबाट मनोनीत पदनिय सदस्यहरु:-

१)केशरी प्रसाद डल्लाकोटी (धादिङ )

२)धन बहादुर भुजेल (सिन्धुली )

३)अनिल लोप्चन तामाङ (नुवाकोट )

४)रामहरि तिवारी (काभ्रेपलान्चोक)

५)रुद्र बहादुर भुजेल(सिन्धुपाल्चोक )

६)सुरज सुवेदी (दोलखा )

७)कृष्ण राज तिमिल्सिना (ललितपुर )

८)राजेन्द्र देवकोटा (चितवन )
९)काठमाडौ
१०)भक्तपुर
११)मकवानपुर
१२)रसुवा
१३)रामेछाप

अन्तमामा कार्यक्रमको समापन गर्नु हुँदै नवनिर्वाचित अध्यक्ष श्री समीर खत्री ज्युले उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्नु हुँदै कार्यक्रमलाइ सफल बनाउन अहोरात्र सहयोग गर्नुहुने प्रती आभार प्रकट गर्दै आफुलाइ योग्य ठानी सस्थाको अध्यक्षमा चयन गर्नु भएकोमा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा सबैसग मिलेर सामाजिक काममा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नु भयो साथै दोहाको इतिहासमा नै एउटा नमुना तरिकाले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो।

इन्टरपोलको सक्रियताले देशबाहिर फरार अपराधीलाई सकस

३१ भदौ, काठमाडौ । मानव बेचबिखन मुद्धामा फरार रहेका दम्पत्ति मीना लामा र श्यामकुमार लामा इन्टरपोल कुवेतको समन्वयमा पक्राउ परे । त्यसैगरी एक वर्षअघि बर्दिवासको होटलमा युवतीलाई जवरजस्ती करणी गरी विदेश फरार भएका सिन्धुली मरिण गाउँपालिकाका ३१ वर्षीय सिंहलाल थिङ इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ परे । वैदेशिक रोजगार कसुरमा इन्टरपोल काठमाडौंबाट डिफ्युजन जारी भएका झापा घैलाडुब्बाका ३७ वर्षीय सोमनाथ निरौला इन्टरपोलकै समन्वयमा चीनबाट नेपाल आउनेक्रममा पक्राउ परे ।

नेपालमा अपराध गरी विदेशमा फरार हुने तथा विदेशमा अपराध गरी नेपाल आई लुक्ने लामा दम्पत्ति, थिङ, निरौला इन्टरपोलको समन्वयमा पक्राउ पर्ने प्रतिनिधि पात्र मात्र हुन् । जघन्य र ठुला अपराध गरी देश बाहिर फरार भएकाहरूलाई नेपाल प्रहरीले इन्टरपोल मार्फत नोटिस जारी गर्ने सक्रियता बढाएपछि अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका हुन् ।

हालसम्म जारी गरिएकामध्ये २९ वटा ‘रेड’ नोटिस र २४ वटा ‘डिफ्युजन’ गरी जम्मा ५३ वटा नोटिसहरू कार्यान्वयनको क्रममा छन् । अपराधी पक्राउसँगै पूर्व जारी नोटिस र डिफ्युजन स्वत: निष्क्रिय हुन्छन् । इन्टरपोलमार्फत नेपाल प्रहरीले पछिल्लो चार महिनाको छोटो अवधिमा १४ जनाको नाममा ‘रेड’ नोटिस र ११ जनाको नाममा ‘डिफ्युजन’ जारी गरेको छ । विगतमा न्यून संख्यामा मात्र यस्ता नोटिस जारी हुने गरेकोमा नोटिस जारी हुने क्रमको वृद्धिसँगै पक्राउ पर्ने अपराधीको संख्या बढेको छ । इन्टरपोल नोटिसको आधारमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् ।

देश बाहिर फरार अभियुक्त पक्राउ गर्न इन्टरपोल एनसिबी काठमाडौं मार्फत नेपाल प्रहरीको सक्रियता, चुनौती र उपलब्धीबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्री भन्नुहुन्छ, ‘इन्टरपोलका सदस्य राष्ट्रबीच एकप्रकारको सञ्जाल हुन्छ । त्यो सञ्जालमा आवद्ध भई जघन्य अपराधका नेपाल भन्दा बाहिर फरार अभियुक्तहरूलाई रेड नोटिस र डिफ्युजन आदेशको आधारमा नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याउने प्रयास विगतमाझैं गरिरहेको छ । यस काममा पछिल्लो ४ महिनामा हामीले धेरै प्रगति गरेका छौं, जुन तथ्याङ्कले पनि देखाएको छ ।’

सन् २००३ देखि हालसम्म इन्टरपोलको समन्वयमा पक्राउ परेका ३२ जनामध्ये १ अष्ट्रेलियन, १ भारतीय, २ अमेरिकी, ३ चाइनिज र १ कोरियन गरी ८ जना विदेशी नागरिक छन् भने अन्य २४ जना नेपाली छन् । पक्राउ परेकामध्ये ३ जना महिला छन् । पक्राउ परेका २४ नेपालीमध्ये १६ जनालाई इन्टरपोलसँगको समन्वयमा विभिन्न देशबाट र ८ जनालाई नेपालमै पक्राउ गरिएको हो ।

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र ‘INTERPOL-United Nations Special Notice’ गरी ८ क्रिमीनल नोटिस तथा डिफ्युजन जारी गर्दछ । यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न नेपालले इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्दछ । इन्टरपोलको सुरक्षित एवम् विश्वव्यापी प्रहरी संचार प्रणाली आई-२४/७ हो । यस प्रणालीमार्फत इन्टरपोलका सवै सदस्य राष्ट्रसँग सूचना आदान प्रदान हुन्छ । सवै सदस्य राष्ट्रका नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) ले उक्त प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्दछ । एसएसपी शैलेश थापा क्षेत्री भन्नुहुन्छ, ‘ग्बोवल भिलेजको कारणले संसार नै साघुँरो भएको र कुनै एक अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्यत्र भाग्ने कारण थपिएको समस्याको समाधानको लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको हो ।’

हाल डिफ्युजन कार्यान्वयनको क्रममा रहेका २४ जनामध्ये १ पाकिस्तानी, १ भारतीय समेत २२ जना पुरुष र २ महिला  छन् । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरुको खोजीका लागि डिफ्युजन जारी गरिन्छ । ठगी, हत्या, बलात्कार, अपहरण, बैंकिङ कसुर, तस्करीमा संलग्न एक भारतीय र २८ नेपाली गरी २९ जना अभियुक्तको नाममा रेड नोटिस कार्यान्वयनको क्रममा छ । अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरुको खोजी कार्यका लागि रेड नोटिस जारी गरिन्छ । इन्टरपोल मार्फत नोटिस जारी हुनासाथ जुनसुकै देशमा लुकेर बसेका अपराधीको गतिविधिमा कमी आउँछ र अपराधी पक्राउ पर्ने सम्भावना बढी हुन्छ ।

प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमेशराज जोशी भन्नुहुन्छ, “इन्टरपोलबाट जारी नोटिस र डिफ्युजनको आधारमा अपराधीको खोजी हुन्छ । विभिन्न देशमा गएर सम्पर्कमा नरहेका मानिसको अन्तर्राष्ट्रियस्तरमा खोजी गरी फेला परेको जानकारी दिने गरिन्छ । पछिल्लो समय धेरै नोटिस जारी हुनु र अपराधी पक्राउ पर्नु संयोग मात्रै होइन, प्रहरी सक्रियता पनि हो ।”

इन्टरपोलले हराएका तथा चोरी भएका राहदानी अपराधीले प्रयोग गरेर पहिचान बद्ली विदेश भाग्ने, आवतजावत गर्ने कार्यलाई रोक्न समेत सुक्ष्म रुपमा निगरानी बढाएको छ । यसका लागि हराएका तथा चोरी भएका भनी राहदानी बिभागमा दर्ता भएका राहदानीको विवरण इन्टरपोलको Stolen and Lost Travel Document (SLTD) डाटावेशमा सन् २०१४ देखि नियमित दर्ता गर्दै आएको छ ।

इन्टरपोल नेपालले अन्य देशका एनसिबीबाट सोध्ने यस्ता राहदानी र ट्राभल डकुमेन्टसम्बन्धी समस्याको निवारण समेत गर्दै आएको छ । अध्यागमन विभाग, राहदानी बिभाग, परराष्ट्र मन्त्रालय, अन्तर्राष्ट्रिय विमानस्थल लगायतसँग समन्वय गरी प्रभावकारी रुपमा चोरी भएका तथा हराएका ट्राभल डकुमेन्ट र फरार अपराधीको खोजी कार्य अघि बढाइएको छ । सन् २०१८ अप्रिलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अध्यागमन कार्यालयमा पनि 'Mobile INTERPOL Network Database Device (MIND) नामक डिभाइस प्रयोगमा ल्याइएको छ । नेपाल प्रहरीले हालसम्म १ लाख ८० हजार ६ सय ६१ हराएका तथा चोरी भएका राहदानीको विवरण Stolen and Lost Travel Document (SLTD) डाटावेशमा राखेको छ, जसलाई आवश्यकता अनुसार प्रकृया पुरा गरी हटाउने गरिन्छ ।

चोरी भएका तथा हराएका राहदानी खोजी गर्ने तथा र त्यसको असम्वन्धित व्यक्तिबाट हुनसक्ने दुरुपयोग नियन्त्रणबारे एसपी जोशी भन्नुहुन्छ, ‘चोरी तथा हराएका राहदानी प्रयोग गरी भेष वद्लेर हिँड्ने अपराधीलाई विमानस्थलमै ‘MIND’ डिभाइसको प्रयोग गरी पत्ता लगाइन्छ ।’

नेपालले सन् १९६७ सेप्टेम्बर २७ मा १००औं राष्ट्रको रुपमा इन्टरपोलको सदस्यता लिएको हो । इन्टरपोलका सदस्य रहेका १ सय ९२ राष्ट्रमै यसका शाखा फैलिएका छन् । अन्य सदस्य राष्ट्रसँग समन्वय गर्न प्रत्येक राष्ट्रमा ‘नेशनल सेन्ट्रल ब्यूरो’(एनसिबी) नामको छुट्टै सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ । इन्टरपोलको प्रावधान बमोजिम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोल नेपालको समेत प्रमुख हुनुहुन्छ ।

अपराध गरी विदेश फरार भएका अपराधीलाई इन्टरपोलसँग सक्रिय समन्वयमा पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्देशन दिनुभएको छ । सोही अनुरूप प्रहरी सक्रियता बढेपछि विदेश फरार भएका व्यक्तिहरू पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने प्रकृया थप प्रभावकारी भएको हो । यसले अपराधीको सकस बढेको छ । साथै अपराध घटनुको साथै विदेश फरार भएका अपराधी उम्कने सम्भावना समेत घटेको छ ।

‘दिवाकर’ : एक सच्चा राजनेता

३० भदौ, नुवाकोट । तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’को चौथो बार्षिक स्मृति सभामा उहाँलाई सम्मान प्रकट गर्दै इमान्दार र शालीन नेताको  भएको बताएका छन् ।
चार वर्ष अघि २०७१ साल भदौ ३० गते हृदयघात र मस्तिष्कघातको कारण अल्पायुमा नै ज्यान गुमाउनभएका बोगटीको निधनले नेपाली राजनीति देखि राज्यको लागी ठूलो क्षति पुगेको बताउनुभयो ।

नेकपा नुवाकोटले शनिबार बान्द्रे स्थित सहित प्रतिस्ठानमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेकपाका नेता नारायणप्रसाद खतिवडाले फरक फरक पार्टीमा भएपनि आफूहरु एक अर्कालाई आफ्नो पार्टीमा भित्र्याउन प्रयासरत रहेको स्मरण गराउादै उहाँमा रहेको इमान्दारिता अहिलेको राजनीतिमा अभाव रहेको बताउनुभयो ।

चौथो स्मृति बार्षिकी सभामा नेकपाका नेताहरु हितबहादुर तामाङ, बद्री मैनाली, केशवराज पाण्डे, हिरानाथ खतिवडा, आशमायाँ तामाङ, बिमला सुवेदी, शिव खाती, लगायतले उहाँले पु¥याएको योगदान, उच्च तहमा रहदाँ पनि देखिन सरल जीवन तथा इमान्दार व्यक्तिको रुपमा चर्चा गरेका छन् ।

कार्यक्रममा नेकपा नुवाकोका सहअध्यक्ष पुष्प लामिछानेले बोगटीले पु-याएको योगदानको कारण मुलुकमा पञ्चायती शासनको अन्त्य, बहुदलीय शासन व्यवस्थाको स्थापना, जययुद्धको सफलतादेखि मओवादी पार्टीलाई हैसियत प्राप्त दलको रुपमा स्थापित गराएर निष्ठावान नेताको खडेरीलाई समेत चिर्न सफल भएको बताउनुभयो ।

नुवाकोटको साविक तुप्चे गाविस वडा नंम्बर २ को भित्रिनिटारमा २०१० साल साउन ३ गते  बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट जन्मनुभएका पोष्टबहादुर बोगटी निम्न मध्यम परिवारको सदस्यको रुपमा हुर्किएर माओवादी पार्टीको उपाध्यक्ष र दुई दुई पटकसम्म मन्त्री बन्न सफल हुनुभएको यिथो ।

बुवा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भएर पोष्टबहादुर बोगटीे सानैदेखि सामाजिक कार्यमा अभ्यस्त रहदै बितेर गएपनि धेरै छाप छोड्नुभएको छ । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गर्नुभएका पोष्टबहादुर बोगटी राजनीतिमा पनि सरल, मिलनसार र इमान्दार तथा नैतिकवान र त्यागी नेताको रुपमा चिनिदै आउनुभएको छ ।

बोगटीका एक छोरा र दुई छोरी मध्ये छोरा रबि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेको समयमा २०५९ असार ७ गते धादिङको सत्यदेविमा तत्कालिन समयमा शाही नेपाली सेनाको निर्मम रुपमा हत्या गरेको थियो ।

राजनीतिक यात्रा र जिम्मेवारी समाजसेवीको छवि भएका बोगटीको २०३५ सालमा राजनीतिक यात्रा सुरु गर्नु भयो । भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिष्टप्रति लाग्ने प्रेरणा मिलेको बोगटीले बताउदै आउनुभएको थियो ।
चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका समयमा २०२५ साल आसपास आफूमा कम्युनिष्टप्रतिको आस्था बढेको बोगटीले बताउने गर्नुभएको थियो । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भएर २०३७ सालमा संयुक्त चौथो मसालमा आबद्ध हुनुभएको थियो ।
पुष्पलाल समूहले २०३५ र २०३६ सालको आन्दोलनमा धोका दिएपछि पुष्पलाल समूह छाडेर संयुक्त चौथो मसालमा उहाँ जोडिन पुग्नुभएको हो ।

संयुक्त चौंथो महाधिवेशनसम्ममा उहाँ जिल्ला समिति सदस्य भइसक्नु भएको थियो । २०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व बोगटीले नै गर्नुभएको थियो ।

त्यसै समयमा बोगटीकै निर्देशनमा बारा, पर्सा, रौतहट लगायत तराइका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा मसालको जिल्ला सेक्रेटरीको जिम्मेवारी उहाँले सम्हाल्नुभएको थियो ।

२०४३ मंसिरमा क्षेत्रीय ब्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपब्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम ब्यूरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समिति सदस्यका रुपमा बोगटीले जिम्मेवारी सम्हाल्नुभएको थियो ।
शान्ति प्रक्रियामा आउँदा समेत उहाँले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हाल्नु भएको थियो भने एकीकृत नेकपमा माओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भुमिका निर्वाह गर्नुभएको थियो । २०६९ सालमा हेटौडामा सम्पन्न एकीकृत नेकपा माओवादीको एकताको सातौ राष्टिय महाधिवेशनमा बोगटी पार्टीको महासचिवमा सर्वसम्मत रुपमा चयन हुनुभएको थियो । त्यसपछि पहिलो पटक निर्वाचनको विधिबाट पदाधिकारी चयन हुदाँ बोगटीले १ सय ९ मत प्राप्त गरि उपाध्यक्षमा पदमा चयन हुनुभएको थियो ।

२०६२-२०६३ को जनआन्दोलनको सफलतासँगै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट उहाँ सभाषद्मा विजयी हुनुभएको थियो । संविधानसभा सदस्य हुँदै उहाँ एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक समेत रहदै आउनुभएको थियो । उहाले झलनाथ खनाल नेतृत्वको सरकार हुँदा सञ्चार मन्त्रालय सम्हाल्नु भएको थियो । त्यसलगत्तै बनेको डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारमा उर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भएको थियो ।

२०७० सालमा भएको दोश्रो संविधान सभाको चुनावमा भने उहाँ नुवाकोट क्षेत्र नम्बर ३ बाट दिनुभएको उम्मेदवारीमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य हुनुभएको थियो । पोष्टबहादुर बोगटीको राजनीतिक जीवनमा विभिन्न समयमा कठिनपूर्ण जेल जीवन पनि बिताउनुभएको थियो ।

कुकुर नियन्त्रण गर्न गाँउलेदेखि प्रहरी समेत परिचालन

३० भदौ, नुवाकोट । लिखु गाँउपालिकाको वडा न १ को ढिकुरे बजारमा भुस्याहाँ कुकुरको आतंकले स्थानीयबासिन्दा त्रसित भएका छन् । ढिकुरे बजार सहित त्यसको आसपासको क्षेत्रमा भुस्याहा कुुकुर छ्यापछ्याप्ती रहेकोमा त्यसमध्ये एउटा कुकुरले गाँउका मानिस र पशुचौपायलाई टोक्न थालेपछि स्थानीयबासी आतकिंत भएका छन् । भुस्याहा कुकुरले एकैदिन दुई जना मानिस र १८ वटा भन्दा बढी पशु चौपायलाई टोकेको स्थानीयबासी रामधन ढकालले जानकारी दिनुभयो ।

उहाँको अनुसार एकै दिन जसलाई भेट्यो उसैलाई टोक्दै हिड्न थालेको कुुकुर गाँउमा समेत नदेखिएपछि इलाका प्रहरी कार्यालय ढिकुरेको प्रहरीको सहयोगमा स्थानीयबासी नियन्त्रणमा लागेका छन् । कुकुरले टोकेको मानिस र पशु चौापयलाई सम्भावित रेबिजको जोखिमबाट बचाउनको लागी त्यस विरुद्धको खोप लगाएपनि त्यसको सही मात्रा गर्ने तारिका थाहाँ नहुदा स्थानीयबासी त्रसित भएको ढकालले बताउनुभयो ।

ढिकुरेको बजार क्षेत्र र फाँटमा रहेका बस्तीहरुमा भुस्याहा कुकुरेले मच्चाएको आतंक र त्यसको टोकाईबाट पुग्ने असरको बारेमा स्थानीय सरकार तथा पशु सेवा विभाग अन्तरगत जिल्ला स्थित कार्यालयबाट समयमै सतकर्ताको लागी ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

कुकुर नियन्त्रण गर्न गाँउलेदेखि प्रहरी समेत परिचालन

३० भदौ, नुवाकोट । लिखु गाँउपालिकाको वडा न १ को ढिकुरे बजारमा भुस्याहाँ कुकुरको आतंकले स्थानीयबासिन्दा त्रसित भएका छन् । ढिकुरे बजार सहित त्यसको आसपासको क्षेत्रमा भुस्याहा कुुकुर छ्यापछ्याप्ती रहेकोमा त्यसमध्ये एउटा कुकुरले गाँउका मानिस र पशुचौपायलाई टोक्न थालेपछि स्थानीयबासी आतकिंत भएका छन् । भुस्याहा कुकुरले एकैदिन दुई जना मानिस र १८ वटा भन्दा बढी पशु चौपायलाई टोकेको स्थानीयबासी रामधन ढकालले जानकारी दिनुभयो ।

उहाँको अनुसार एकै दिन जसलाई भेट्यो उसैलाई टोक्दै हिड्न थालेको कुुकुर गाँउमा समेत नदेखिएपछि इलाका प्रहरी कार्यालय ढिकुरेको प्रहरीको सहयोगमा स्थानीयबासी नियन्त्रणमा लागेका छन् । कुकुरले टोकेको मानिस र पशु चौापयलाई सम्भावित रेबिजको जोखिमबाट बचाउनको लागी त्यस विरुद्धको खोप लगाएपनि त्यसको सही मात्रा गर्ने तारिका थाहाँ नहुदा स्थानीयबासी त्रसित भएको ढकालले बताउनुभयो ।

ढिकुरेको बजार क्षेत्र र फाँटमा रहेका बस्तीहरुमा भुस्याहा कुकुरेले मच्चाएको आतंक र त्यसको टोकाईबाट पुग्ने असरको बारेमा स्थानीय सरकार तथा पशु सेवा विभाग अन्तरगत जिल्ला स्थित कार्यालयबाट समयमै सतकर्ताको लागी ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

निर्मला हत्या प्रकरण डीएसपी अंगुर जिसीसहित ५ प्रहरी निलम्बनमा

काठमाडौं ।  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेस गरिएको छ। हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले शनिबार गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेस गरेको हो।
प्रारम्भिक प्रतिवेदन पेसपछि निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान कार्य जिम्मेवारीपूवर्क नगरेको भन्दै गृह मन्त्रालयले पाँचजना प्रहरीलाई निलम्बन गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का डीएसपीसहित पाँच जना प्रहरीलाई निलम्बन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको प्रेस विज्ञप्तीमा कञ्चनपुर भीमदत्त नगरपालिका २ की निर्मला पन्तको हत्या र त्यसपछिका विकसित घटनाहरुका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले प्रारम्भिक प्रतिवेदन पेस गरिसकेको जानकारी दिएका छन् ।
उक्त प्रतिवेदनमाले बालिका हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हुँदा यअसअघि नै निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिशचन्द्र भट्ट, प्रहरी निरीक्षक ऐकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरी अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिइएको विज्ञप्तीमा उल्लेख छ ।

आज दिनभर नुवाकोट सहित आसपासमा बत्ति नहुने

२९ भदौ, नुवाकोट । विद्युत मर्मतको कारण नुवाकोट सहित त्रिशूली फ्युज शाखा स्थित सवस्टेशनबाट वितरण गरिएको विद्युत सेवा रसुवा र धादिङमा समेत अबरुद्ध भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणको काठमाडौबाट आएका प्राविधिकहरुले त्रिशूली सवस्टेशनका उपकरण परिवर्तन एवम् मर्मतको काम गरिरहेकाले बिहानदेखि अबरुद्ध भएको विद्युत सेवा सञ्चालन हुन करिब ३ बज्ने लाग्ने विद्युत प्राधिरकण नुवाकोट–रसुवा वितरण शाखा प्रमुख सन्तोष कुमारले जानकारी दिनुभएको छ ।
विद्युत प्रशाण लाइनका उपकरण पुरानो भएको र केही बिग्रेर काम गर्न नगर्ने भएपछि नयाँ परिवर्तन एवम् मर्मतको काम भइरहेको उहाँले बताउनुभएको छ । त्रिशूली स्थित सवस्टेशनमा मर्मतको काम भइरहेकाले त्याहाबाट वितरण गरिएको विद्युत आज बिहानदेखि पूर्ण रुपमा बन्द भएको हो ।

चेताङमा उद्धार टोली पुग्यो, दर्जन भन्दा बढी घर बाढीले तहसनहस

२९ भदौ, नुवाकोट । दुप्चेश्वर गाँउपालिका वडा नं. १ घ्याङफेदीको चेताङमा गएको पहिरोले त्यहाँ रहेका ११ घर लडाएको छ भने बाँकी घर उच्च जोखिममा परेका छन् । बस्तीमाथी बाट आएको पहिरोले चेताङमा भूकम्प गएपछि सरकारी अनुदान सहयोगमा निर्माण गरेका ११ परिवारको पक्कि घर पूर्ण रुपमा क्षति पुगेको र ३३ परिवार बस्दै आएको घर समेत उच्च जोखिममा परेका छन् ।

चेताङमा पहिरोले पु-याएको क्षतिको स्थलगत लगत संकलनको लागी तथा पीडितलाई राहत वितरण गर्न हिजो त्यहाँ गएको सरकारी टोली र जनप्रतिनिधिको अनुसार पहिरोले दोर्जे शेर्पा, दावा शेर्पा, आङबाबु शेर्पा, काकी शेर्पा, सनम शेर्पा, सोनाम शेर्पा, गकी शेर्पा, पुतली शेर्पा, सेरमेन्दो शेर्पा, दावाबिन्दु शेर्पा र  टेवाधर्के शेर्पाको घर पूर्ण रुपमा क्षति भएको छ ।

घटनास्थलमा लगत लिन पुग्नु भएका जिल्ला प्रशासन कार्यालय नुवाकोटका नायव सुब्बा निलमकुमार भुसालको अनुुसार पहिरोले घरको क्षति बेहोरेका घरबाट अन्नपात, भाडावर्तन, धनसम्पत्ति, पशु–चौपाय केही निकाल्न नसकेकाले त्यसको विवरण हुनेक्रम जारी रहेको छ ।

चेताङमा गएको पहिरोले त्यहाँ रहेको पाँच किलोवाट र सात किलोवाटको दुईवटा लघुजलविद्युत आयोजना, तीन वटा पानीघट्ट, मानबहादुर शेर्पाको कुखुरा र्फम, तीन वटा झोलुङ्गे पुलमा क्षति पु¥याएको छ । पहिराले चेताङमा रहेका विभिन्न घरका खाद्य तथा गैह्रखाद्य सामाग्रि, पशुचौपाय, पानीको मुहान, पाइप लाईन धारा, पैदलमार्ग लगायतमा समेत क्षति पु¥याएको भएपनि त्यसको विवरण आउन बाकी रहेको प्रशासन कार्यालयका नायव सुब्बा भुसालले बताउनुभएको छ ।

घटना स्थलमा गएको दुप्चेश्वरी गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ सहितको टोली, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयको प्रतिनिधिहरु जारी रहेको वर्षा र पहिरो बगिरहेकाले हिजो घ्यावरमा नै रोकिएको टोली आज बिहान चेताङ पुगेको छ । चेताङबाट प्रभावित भएका बासिन्दा सहित करिब ६० जनाको टोली अहिले पहिरोले पु-याएको क्षतिको बिहानैदेखि लगत संकलनमा व्यस्त रहेका छन् ।

सरकारी कर्मचारी एवम् जनप्रतिनिधिहरुको टोलीले चेताङबाट विस्थापित भएर घ्यावरमा आएर बसिरहेकालाई तत्कालको लागी राहत र खाद्यान्नको व्यबस्था मिलाएर त्यसपछि आज घटनास्थलतर्फ गएको हो । विनासकारी भूकम्प पश्चात चेताङ गाँउ पहिरोले जोखिममा रहेको त्यस स्थान मानव बसोबासको लागी योग्य नभएकाले अब सुरक्षित स्थानमा स्थान्तरणको समेत गाँउपालिकाले व्यबस्था मिलाउने तयारी अघि बढाएको जनाएको छ ।

घटनास्थलमा हिजो बिहान हेलिकोप्टर मार्फत प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेससभा सदस्य एवम् तीन नं. प्रदेसको उप–सभामुख राधिका तामाङ सहितको टोलीले अवलोकन तथा त्यहाँको स्थलगत जानकारी लिर्दै पीडितको उद्धार र उनीहरुको लागी सुरक्षित बासस्थानको व्यवस्था मिलाउनको लागी पहल गर्ने बताएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web