१६ सेप्टेम्बर, दोहा । प्रदेश नम्बर ३ समन्वय परिषद कतारको प्रथम साधारणसभा सभा मिति १४ सेप्टेम्बर २०१८ को दिन नज्मा स्थित शालिमार रेस्टुरेन्ट दोहामा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको शुरूवातमै अतिथि र आमन्त्रित हरु सबैलाई लन्चको साथ स्वागत गरिएको कार्यक्रमको औपचारिक शुरूवात दिनको १:०० बजेबाट आशन ग्रहणको साथ गरिएको थियो ।

प्रदेश नम्बर ३ समन्वय परिषद कतारको तदर्थ समिति सम्योजक नन्द ढुङ्गाना ज्यु सभापति रहनु भएको कार्यक्रममा प्रमुख अतिथि देबकाजी डङ्गोल आइसिसिका सस्थापक उपाध्यक्ष रहनुभएको थियो । दोहाको इतिहासमै पहिलोपटक विदेशी समुदायलाई उपस्थित गराइएको कार्यक्रमको आकर्षणमा भारतीय सामाजिक समुदाय प्रमुख,यस्तै पाकिस्तान ,बङ्गलादेश ,श्रीलंका ,फिलिपिन्स देशका सामाजिक समुदायको प्रमुख व्यक्तित्वहरु रहनु भएको थियो।

यस्तै गरि विभिन्न सामाजिक ,राजनैतिक ,वैचारिक ,जातिगत र प्रादेशिक सस्थाहरु बाट पाल्नु भएको प्रमुख वा प्रतिनिधि विशेष अतिथि र अतिथी रहनु भएको कार्यक्रममा प्रदेश नम्बर ३ अन्तरगतका १३ जिल्ला सस्थाहरु आयोजक रहनु भएको थियो।आशन ग्रहण पश्चात् पानसमा बत्ती बालेर ब्यानरलाइ अनावरण गरि मातृभुमीको समान स्वरुप नेपाली रास्ट्रीय गितको साथै कर्मभुमी कतारको सम्मान गर्दै कतारको रास्ट्रीय गीत बजाएर औपचारिक कार्यक्रमको सुभारम्भ गरिएको थियो।

उपस्थित सबैलाइ स्वागत गर्ने क्रममा स्वागत मन्तव्य आयोजक सस्था नुवाकोट सेवा समाज दोहा कतारको संरक्षक हरिकृष्ण रिमालले गर्नुका साथै स्वागत नृत्यले पनि स्वागत गरिएको थियो।सधै गरिदै आएको कार्यक्रम भन्दा पृथक बनाउने हेतुका साथ अतिथिहरुलाइ मन्तव्य राख्न सहजताको लागि बिषय वस्तु दिएर समय सिमा समेत निर्धारण गरिएको थियो ।

बिदेशी सामाजिक समुदायबाट पाल्नु भएका बिशेष अतिथी हरुले मन्तव्यको क्रममा अबका दिनमा हामी सबै समुदाय मिलेर सामाजिक र मानवीय हितको काममा ऐक्यबद्धता भएर अगाडि बढ्नु पर्ने र त्यसको लागि आजैको दिन देखि सहकार्य गरेर अगाडि बढने प्रण गर्नु भएको थियो।बिचबिचमा साङ्गीतिक प्रस्तुतिका साथ कार्यक्रमलाई अझै आकर्षक र मनोरन्जनात्मक बनाइयको थियो।कार्यक्रमको मेन स्पोनसर सिटि एकस्प्रेस मनि ट्रान्सफरले गरेको थियो ।

खुल्ला शत्र कार्यक्रमको समापन गर्दै कार्यक्रम सम्योजक तथा सभापति नन्द ढुङ्गाना ज्युले सबैलाइ धन्यवाद ज्ञाप गर्दै सस्थाले भोलिका दिनमा सस्थाले सामाजिक गतिविधिमा कृयाशिल भएर काम गर्ने प्रतिवद्धता गर्दै कार्यक्रम सम्पन्न गर्न साथ र सहयोग गर्नुहुनुहुने सबैमा धन्यवाद व्यक्त गर्नु भएको थियो।बन्दसत्रमा उपस्थित सबैलाइ विधान पढेर सुनाउदै सर्वसम्मत रुपमा विधान पास गरिएको थियो ।

यसको साथै नयाँ बन्ने कार्यसमितिको लागि सर्वसम्मत उम्मेदवारी दिएर सबैले निर्वाचन मन्डली लाइ सहज वातावरण बनाइएको थियो।कार्यक्रमको सन्चालन बिष्णु भण्डारी र कबिन्द्र कंडेल ज्यु बाट गरिएको थियो।साथै कार्यसमितिमा अध्यक्ष १,उपाध्यक्ष ३(१ महिला अनिवार्य ),महासचिव १,सचीव १,कोषाध्यक्ष १,सह-कोषाध्यक्ष १, खुल्ला सदस्य ५,१३ जिल्ला सस्था बाट १/१ जनाको दरले मनोनीत सदस्य १३र निर्वाचित कार्यसमिति बाट मनोनयन हुने ३(१ जना महिला अनिवार्य) हुने गरि २९ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्विरोध चयन गरियो।

अध्यक्ष – समीर के सि

उपाध्यक्ष – बिष्णु भण्डारी

– रमेश तिवारी

महासचिव – कविन्द्र कंडेल

सचीव -श्री बहादुर तामाङ

कोषाध्यक्ष -गौरव राज अधिकारी

सह-कोषाध्यक्ष -भक्तराम श्रेष्ठ

खुल्ला सदस्य – नेत्र कुमार वाइवा

-पुस्प मोक्तान तामाङ

-गणेश अधिकारी

– नन्दराम सुवेदी

– निकास तामाङ

१३ जिल्ला सस्थाहरुबाट मनोनीत पदनिय सदस्यहरु:-

१)केशरी प्रसाद डल्लाकोटी (धादिङ )

२)धन बहादुर भुजेल (सिन्धुली )

३)अनिल लोप्चन तामाङ (नुवाकोट )

४)रामहरि तिवारी (काभ्रेपलान्चोक)

५)रुद्र बहादुर भुजेल(सिन्धुपाल्चोक )

६)सुरज सुवेदी (दोलखा )

७)कृष्ण राज तिमिल्सिना (ललितपुर )

८)राजेन्द्र देवकोटा (चितवन )
९)काठमाडौ
१०)भक्तपुर
११)मकवानपुर
१२)रसुवा
१३)रामेछाप

अन्तमामा कार्यक्रमको समापन गर्नु हुँदै नवनिर्वाचित अध्यक्ष श्री समीर खत्री ज्युले उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्नु हुँदै कार्यक्रमलाइ सफल बनाउन अहोरात्र सहयोग गर्नुहुने प्रती आभार प्रकट गर्दै आफुलाइ योग्य ठानी सस्थाको अध्यक्षमा चयन गर्नु भएकोमा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा सबैसग मिलेर सामाजिक काममा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नु भयो साथै दोहाको इतिहासमा नै एउटा नमुना तरिकाले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो।

23.12¡ÆC