भूमि समस्या समाधान गर्न माग पत्र पेश (मागपत्र सहित)

२४ भदौ, रसुवा  । रसुवा र नुवाकोट जिल्लामा रहेका भूमिसम्बन्धि समस्या र पुनर्निर्माण तथा पुनस्र्थापना प्रक्रियाको बारेमा भइरहेको समस्याको समाधानको लागि काठमाडौंमा विभिन्न निकायसँग भेटी छलफल गरी माग पत्र पनि पेश गरिएको छ ।

भदौं २४ गतेका दिन काठमाडौंमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पद्या अर्याललाई मन्त्रालयमा भेटी रसुवा र नुवाकोट जिल्लामा रहेका भूमिसम्बन्धि समस्या बिर्ता र गुठी समस्या समाधान गर्नको लागि माग राखी माग पत्र पेश गरियो । माननीय अर्यालले माग पत्र बुझ्दै भन्नुभयो, अहिले मन्त्रालयमार्फत भूमिसम्बन्धि कानुन बनाउँदै छौं, उठाइएको माग प्रति सकारात्मक छौं, सबै विषयलाई ऐन, कानुनमै समेटी समाधनको पहल गछौं ।

सोही दिन प्रदेश नं. ३ का मुख्य मन्त्री माननीय डोरमणि पौडेललसँग मुख्य मन्त्रीको सचिवालय भैसेपाटी ललितपुरमा भेटी भूमिसम्बन्धि समस्या समाधानको लागि माग राखियो । बिर्ता, गुठी, सुकुमबासी र विस्थापित परिवारको समस्या समाधान गर्न माग राखियो । साथै पासाङ्ल्यामु सडक खण्डको दाया बाया १५ मिटरको सीमा तोकिदिएकाले धेरै परिवार समस्यामा परेको हुँदा उनीहरूको समस्या समाधान गरिदिन माग गरियो ।

मुख्यमन्त्री पौडेलले भन्नुभयो, प्रदेश सरकार संघीय सरकारले बनाउने कानुनको पर्खाईमा छौं, संघीय कानुन नबनी प्रदेशको कानुन बनाउन अप्ठ्यारो हुने भएकाले हामी केही समय कानुन बन्ने पर्खाईमा छौं, संघीय कानुनसँग नबाझिने गरी कानुन बनाई भूमिसम्बन्धि सबै समस्या समाधान गर्न प्रतिवद्द छौं । पौडेलले भन्नुभयो, हामीले प्रदेशको नीति तथा कार्यक्रममा पनि भूमि सम्बन्धि सबै खाले समस्या समाधान गर्ने प्रतिवद्दता जनाइसेका छौं, हामी कुनै पनि समस्या बाँकी नरहने गरी काम गर्छाै ।

यस क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत, सुशिल ज्ञवालीसँग भेटी माग पत्र पेश गरियो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग मुख्यगरी रसुवाको खाल्टेमा बसोबास गरिरहेका २६० परिवार विस्थापितको पुनर्वास प्रक्रियामा खाल्टे क्षेत्रमा नै पुनर्वास गराउन माग राखियो । यस्तै भूमिहीन सुकुमबासीको पुनर्वासको प्रक्रिया अझै सुरु नभएकाले त्यसबाट भूकम्प पीडित परिवार अझ बढी मारमा परेको कारण यस्तो समस्या समाधान गर्न माग गरियो ।

भूकम्पको कारण जोखिमयुक्त क्षेत्रमा परेका घरधुरीको पुनर्वासको प्रक्रिया जटिल बन्दै गएकाले यस्तो समस्यामा परेका परिवारलाई सरल प्रक्रियाबाट पुनर्वास प्रक्रियामा सहजीकरण गर्न माग राखियो । माग पत्र बुझ्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले खाल्टे क्षेत्रको पुनर्वासको प्रक्रियामा सहजीकरण गर्नको लागि उच्च तहको विज्ञ टोली पठाई सो क्षेत्रको अध्ययन गर्ने बताउनुभयो । साथै अव पुनर्निर्माण र पुनर्वासको प्रक्रियालाई सरल बनाउनको लागि सबै जिम्मेवारी स्थानीय तहलाई दिने तयारी भएकाले आगामी दिनमा अल्झनमा रहेका विषयहरू सरल रुपमा अघि बढ्ने उहाँले बताउनुभयो ।

डेलिगेसन टिममा प्रदेश सांस्द माननीय शान्ति थिङ्, जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्ट, रसुवाको ५ वटै गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरू, जिल्ला समन्वय समितिका सदस्यहरू, वडा सदस्यहरू, विस्थापित परिवारका अगुवाहरू, जिल्ला भूमि अधिकार मञ्चका पदाधिकारी, पिपुल इन निड, नेपाल कृषिवन प्रतिष्ठान, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकासमेत गरी २३ जना प्रतिनिधि सहभागी भएका थियौं । डेलिगेसनको लागि टिम भदौं २३ गने काठमाडौं आई २५ गते जिल्ला फकिएको छ ।

अनसूची :
क. माग पत्र
१
मिति : २०७५-५-२४

मा.पद्यमाकुमारी अर्यालज्यू,
मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
सिंहदरबार, काठमाडौं ।
विषय : बिर्ता र गुठी सम्बन्धी समस्या समाधान सम्बन्धमा ।

मा. मन्त्रीज्यू,

१.    नेपालमा कानुनी हिसावले बिर्ता प्रथा उन्मूलन गरिएको ६० वर्ष लाग्यो । राजधानीको नजिक नुवाकोट र रसुवाका किसानले भने अझै बिर्ता जग्गा सम्बन्धी समस्या झेलिरहनु परेको छ । नुवाकोटमा १ हजार ५ सय ५८ परिवारले जोतभोग गरेका करिब ४,९५७ रोपनी र रसुवामा ७ सय १८ परिवारले जोतभोग गरेका करिव १,४६९ रोपनी जमिन बिर्ता अन्तर्गत छ । किसानहरूसँग कानुनबमोजिम आधिकारीकरूपमा बिर्ता जग्गा खुल्ने निस्सा तथा बिर्तावाललाई कुत बुझाएको भर्पाईलगायत कागजात प्रमाणका रूपमा छन् । वर्षौंदेखि बसोबास तथा उपभोग गरी कमाइरहे पनि वास्तविक जोताहा किसानको स्वामित्व स्थापित हुन सकेको छैन । बिर्ता समस्या समाधानका लागि छिटपुट रुपमा २०३६ सालदेखि र २०५० सालबाट बिर्ताका किसानले नियमित सङ्घर्ष गर्दै आइरहेका छन् । आन्दोलन पछि नै नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०६६ पुस २९ गते ‘ख’ श्रेणीको बिर्ता जग्गा कमाउने व्यक्तिले आफनो नाउँमा दर्ता गराउन सक्ने बेहोराको निर्णय ग¥यो । २०६७ सालमा रसुवाका १५२ परिवार किसानको नाममा बिर्ता समाप्त भई रैकर जग्गाको पुर्जा बन्यो । किसानले पुस्तौँदेखि जोतभोग गर्दै आएको केही जग्गा ऐनले नै समाप्त गरिसकेका बिर्र्तावालहरूले गैरकानुनीरूपमा आफ्नो नाममा दर्ता गराएकाले बिर्ता जग्गाको समस्या फेरी बाँकी नै रहन पुग्यो । अतः बिर्ता जग्गाको समस्या समाधान सम्बन्धमा निम्नअनुसारको माग गर्दछौं ।

(क)    बिर्र्तावाल र मोही कसैले पनि दर्ता नगरेको बिर्ता जग्गा जोतभोग गर्ने किसानका नाममा सर्जमिन र वडाको सिफारिशमा दर्ता गरी जग्गाधनी पुर्जा उपलव्ध गराउने ।
(ख)    बिर्र्तावालले कानुनी प्रक्रिया मिचेर र जोतभोग गर्ने किसानलाई जानकारी नै नदिई लालपुर्र्जा बनाएकामा त्यसलाई बदर गरी हालको जोतभोग गर्ने किसानको नाममा सर्जमिन र वडाको सिफारिशमा जग्गा दर्ता गरी जग्गाधनी पुर्जा उपलव्ध गराउने ।

उल्लेखित कार्यको लागि मालपोत ऐनको खण्ड ७ को क बमोजिम समिति बनाउने वा बिर्ता उन्मुलन ऐनमा आवश्यक संशोधन गर्ने ।

२.    रसुवा र नुवाकोटका गरिब किसानहरू बिर्ता जग्गाको अलावा गुठी समस्याबाट समेत पीडित हुनुपरेको छ । किसानहरूले पुस्तौंदेखि जोतभोग गर्दै आएको जमिन र बस्ने घरसमेत नापीको समयमा किसानको नाममा नापी नगरी तत्कालिन शासक वर्गले आफ्नै, आफन्त वा घ्याङ्को नाममा जमिन दर्ता गरिदिएका कारण समस्या भएको हो ।  किसानले बसोबास एवम् खेती गरिरहेको गुठी जग्गाको सम्बन्धमा निम्नानुसारको व्यवस्था गर्न माग गर्दछौं ।
(क)    गुठी जग्गा जोतभोग गरिरहेका वास्तविक किसान र तिनले जोतभोग गरिरहेको जग्गाको लगत स्थानीय सरकारले लिने व्यवस्था गर्ने ।
(ख)    किसानले खेती गरिरहेका मोही लागेको वा नलागेको भएपनि सबै प्रकारका गुठीका जग्गा उनीहरूकै नाममा पूर्ण उपयोगको अधिकार हुने गरी स्वामित्व प्रदान गर्ने ।
(ग)    विभिन्न कारणले रोकिएको किसानले तिर्न नसकेको बाँकी बक्यौता एक पटकको लागि मिनाहा गर्ने ।
सामन्ती अवशेषको रुपमा रहेको यी दुवै समस्या समाधानको लागि यथोचित् कार्य हुने विश्वासका साथ आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दछौं ।

२
मिति : २०७५÷५÷२४

माननीय डोरमणि पौडेलज्यू,
मुख्य मन्त्री, नेपाल सरकार
प्रदेश नं. ३ .
विषय : बिर्ता र गुठी सम्बन्धी समस्या समाधान सम्बन्धमा ।

माननीय मुख्य मन्त्रीज्यू,

१.    नेपालमा कानुनी हिसावले बिर्ता प्रथा उन्मूलन गरिएको ६० वर्ष लाग्यो । राजधानीको नजिक नुवाकोट र रसुवाका किसानले भने अझै बिर्ता जग्गा सम्बन्धी समस्या झेलिरहनु परेको छ । नुवाकोटमा १ हजार ५ सय ५८ परिवारले जोतभोग गरेका करिब ४,९५७ रोपनी र रसुवामा ७ सय १८ परिवारले जोतभोग गरेका करिव १,४६९ रोपनी जमिन बिर्ता अन्तर्गत छ । किसानहरूसँग कानुनबमोजिम आधिकारीकरूपमा बिर्ता जग्गा खुल्ने निस्सा तथा बिर्तावाललाई कुत बुझाएको भर्पाईलगायत कागजात प्रमाणका रूपमा छन् । वर्षौंदेखि बसोबास तथा उपभोग गरी कमाइरहे पनि वास्तविक जोताहा किसानको स्वामित्व स्थापित हुन सकेको छैन । बिर्ता समस्या समाधानका लागि छिटपुट रुपमा २०३६ सालदेखि र २०५० सालबाट बिर्ताका किसानले नियमित सङ्घर्ष गर्दै आइरहेका छन् । आन्दोलन पछि नै नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०६६ पुस २९ गते ‘ख’ श्रेणीको बिर्ता जग्गा कमाउने व्यक्तिले आफनो नाउँमा दर्ता गराउन सक्ने बेहोराको निर्णय ग¥यो । २०६७ सालमा रसुवाका १५२ परिवार किसानको नाममा बिर्ता समाप्त भई रैकर जग्गाको पुर्जा बन्यो । किसानले पुस्तौँदेखि जोतभोग गर्दै आएको केही जग्गा ऐनले नै समाप्त गरिसकेका बिर्र्तावालहरूले गैरकानुनीरूपमा आफ्नो नाममा दर्ता गराएकाले बिर्ता जग्गाको समस्या फेरी बाँकी नै रहन पुग्यो । अतः बिर्ता जग्गाको समस्या समाधान सम्बन्धमा निम्नअनुसारको माग गर्दछौं ।

(क)    बिर्र्तावाल र मोही कसैले पनि दर्ता नगरेको बिर्ता जग्गा जोतभोग गर्ने किसानका नाममा सर्जमिन र वडाको सिफारिशमा दर्ता गरी जग्गाधनी पुर्जा उपलव्ध गराउने ।
(ख)    बिर्र्तावालले कानुनी प्रक्रिया मिचेर र जोतभोग गर्ने किसानलाई जानकारी नै नदिई लालपुर्र्जा बनाएकामा त्यसलाई बदर गरी हालको जोतभोग गर्ने किसानको नाममा सर्जमिन र वडाको सिफारिशमा जग्गा दर्ता गरी जग्गाधनी पुर्जा उपलव्ध गराउने ।

उल्लेखित कार्यको लागि मालपोत ऐनको खण्ड ७ को क बमोजिम समिति बनाउने वा बिर्ता उन्मुलन ऐनमा आवश्यक संशोधन गर्ने ।

२.    रसुवा र नुवाकोटका गरिब किसानहरू बिर्ता जग्गाको अलावा गुठी समस्याबाट समेत पीडित हुनुपरेको छ । किसानहरूले पुस्तौंदेखि जोतभोग गर्दै आएको जमिन र बस्ने घरसमेत नापीको समयमा किसानको नाममा नापी नगरी तत्कालिन शासक वर्गले आफ्नै, आफन्त वा घ्याङ्को नाममा जमिन दर्ता गरिदिएका कारण समस्या भएको हो ।  किसानले बसोबास एवम् खेती गरिरहेको गुठी जग्गाको सम्बन्धमा निम्नानुसारको व्यवस्था गर्न माग गर्दछौं ।
(क)    गुठी जग्गा जोतभोग गरिरहेका वास्तविक किसान र तिनले जोतभोग गरिरहेको जग्गाको लगत स्थानीय सरकारले लिने व्यवस्था गर्ने ।
(ख)    किसानले खेती गरिरहेका मोही लागेको वा नलागेको भएपनि सबै प्रकारका गुठीका जग्गा उनीहरूकै नाममा पूर्ण उपयोगको अधिकार हुने गरी स्वामित्व प्रदान गर्ने ।
(ग)    विभिन्न कारणले रोकिएको किसानले तिर्न नसकेको बाँकी बक्यौता एक पटकको लागि मिनाहा गर्ने ।

३.  पासाङल्यामु राजमार्ग आसपासका बासिन्दालाई १५ मिटर (सडक फराकिलो बनाउन) को सिमा तोकी किनबेच तथा पास गर्नको लागि बन्देज गराइदिएकाले धेरै घरधुरी समस्यामा परेका छन् । कतिपयको सडक छेऊमा घरघडेरी मात्र छ, त्यसमा पनि सडकको बीच भागदेखि १५ मिटरको सिमामा मात्र रहेकाले उनीहरू सुकुमबासी हुने निश्चित भएको छ । यस्तो समस्यामा परेका परिवारलाई सडक विभागले क्षतिपूर्ति पनि दिएको छैन भने मालपोतले किनवेचमा रोक्का गरिदिएको र नयाँ घर पनि सो सिमामा नबनाउन भनेकोले धेरै परिवार समस्यामा परेका छन् । सरकारले बैकल्पिक जग्गा पनि दिएको छैन ।  अन्त जग्गा किन्नको लागि क्षतिपूर्ति रकम पनि दिएको छैन । भूकम्प पीडितहरू नयाँ घर कहाँ बनाउने भनेर अन्योलमा छन् । यो समस्या समाधान गरिदिन माग गर्दछौं ।
यी माथिका समस्या समाधानको लागि यथोचित् कार्य हुने विश्वासका साथ आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दछौं ।
३
मिति : २०७५-५-२४

श्री प्रमुख कार्यकारी अधिकृतज्यू,
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
सिंहदरबार, काठमाडौं ।
विषय : माग–पत्र ।

पुनर्निर्माणको कामलाई गती दिन र प्रभावकारी बनाउन स्थानीयतहको अगुवाई हुनुपर्ने महशुस गरी आवश्यक प्रक्रिया अघि बढाउनु भएकोमा खुसी लागेको छ । पुनर्निमाणको कामलाई अभियानको रुपमा बढाएर सबै भूकम्प पीडितलाई सुरक्षित घर भित्र पु¥याउन अझै केही नीतिगत र प्रक्रियागत अप्ठेराहरू बाँकी नै छन् । यस क्रममा आइपरेका अप्ठेरो यहाँलाई अवगत गराई सो सम्बन्धमा आवश्यक नीतिगत र प्रक्रियागत पहल लिईदिनु हुन अनुरोध गर्दछौं ।

ज्ञ.    रसुवा जिल्लाको उत्तरगया गाउँपालिका ५ खाल्टे क्षेत्रमा २६० परिवार विस्थापित अस्थाथी टहरा बनाई बसोबास गरिरहेका छन् । सो स्थानमा एकिकृत बस्ती बसाउने पुनर्निर्माण प्राधिकरणको योजना थियो । तर, हालसम्म पनि उक्त स्थानमा एकीकृत बस्ती विकासको प्रक्रिया अघि बढ्न नसकेको हुँदा उनीहरूलाई त्यहीँ खाल्टेमा नै एकीकृत बस्ती विकास गरी बसोबासको व्यवस्था गराउनु पर्ने ।

द्द.    लाभग्राही सूचीमा रहेका तर घर बनाउने जमिन नभएका विस्थापित परिवारलाई जग्गा खरिद गर्नको लागि दिने भनिएको २ लाख रुपियाँ पर्याप्त नभएको हुँदा सरकारले नै ठाउँ हेरी सुरक्षित स्थानमा व्यवस्थित घडेरीहरू उपलव्ध गराउनु पर्ने ।

घ.    रसुवा र नुवाकोट जिल्लामा विस्थापित १० भन्दा बढी परिवार मिली जग्गा खरिद गरी बसोबास प्रक्रिया थालनी गरेका ठाउँहरुमा एकीकृत बस्ती विकासको अवधारणाअनुसार विकासका पूर्वाधार निर्माणको कार्यमा थप सहयोग गर्नुपर्ने ।

द्ध.    भूमिहीन लाभग्राहीले जग्गा खरिद गर्ने प्रक्रियाको लागि सहयोग पाएका छैनन् । रसुवा र नुवाकोट जिल्लाबाट पठाइएको भूमिहीनको विवरणअनुसार उनीहरूलाई लाभग्राही सूचीमा राखी जग्गा खरिद प्रक्रियामा सहयोग गर्नुपर्ने ।

छ.    विस्थापित सूचीमा परेका तर भूकम्पपछि आफैंले ऋण धन गरी जग्गा खरिद गरिसकेका परिवार अहिलेको कार्यविधिअनुसार उक्त २ लाख रुपियाँ पाउनबाट वञ्चित भएका छन् । यस्ता परिवारले विभिन्न वित्तिय संस्थाहरूबाट ऋण लिई जग्गाहरू खरिद गरेका छन् । यसैले यस्ता परिवारलाई पनि स्थानीय तहको सिफारिसको आधारमा स्थानान्तरणको लागि जग्गा खरिद वापतको रकम दिनु पर्ने ।

ट.    स्थानान्तरणको लाभग्राही सूचीमा परेका तर उनीहरूसँग आफ्नो पूरानो गाउँबाहेक काठमाडौंलगायत अन्यत्र जिल्लामा घडेरी मात्र भएको तर उनीहरू गाउँमा छिमेकीहरूसँग गाउँमै मिलेर बस्न चाहन्छन्, यस्ता परिवारले पनि अन्य सरह घडेरी खरिदको लागि सहयोग दावी गरिरहेका छन्, यस्ता परिवारको हकमा पुनर्निर्माण प्राधिकरणबाट निर्णय गरी उनीहरूलाई पुरानो ठाउँ छाड्न परेको आधारमा नयाँ ठाउँमा घडेरी खरिदवापतको रकम उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने ।

ठ.    स्थानान्तरणको लाभग्राही सूचीमा समावेश गरिनुपर्ने केही परिवार अझै छुट भइरहेको हुँदा स्थानीय तहले समेत सिफारिस गराई पठाएको घरधुरीलाई लाभग्राही सूचीमा राखी स्थानान्तरण प्रक्रियामा सहयोग गर्नुपर्ने ।

ड.   विस्थापित, भूमिहीन र अति गरिव परिवारलाई प्राथमिकतामा राखी जीविकोपार्जनको विशेष कार्यक्रम लागु गर्नुपर्ने ।

ढ.    पासाङल्यामु राजमार्ग आसपासका बासिन्दालाई १५ मिटर (सडक फराकिलो बनाउन) को सिमा तोकी किनबेच तथा पास गर्नको लागि बन्देज गराइदिएकाले धेरै घरधुरी समस्यामा परेका छन् । कतिपयको सडक छेऊमा घरघडेरी मात्र छ, त्यसमा पनि सडकको बीच भागदेखि १५ मिटरको सिमामा मात्र रहेकाले उनीहरू सुकुमबासी हुने निश्चित भएको छ । यस्तो समस्यामा परेका परिवारलाई सडक विभागले क्षतिपूर्ति पनि दिएको छैन भने मालपोतले किनवेचमा रोक्का गरिदिएको र नयाँ घर पनि सो सिमामा नबनाउन भनेकोले धेरै परिवार समस्यामा परेका छन् । सरकारले बैकल्पिक जग्गा पनि दिएको छैन ।  अन्त जग्गा किन्नको लागि क्षतिपूर्ति रकम पनि दिएको छैन । भूकम्प पीडितहरू नयाँ घर कहाँ बनाउने भनेर अन्योलमा छन् । यो समस्या समाधान गर्नुपर्ने ।

प्रथामिक उपचार दिवसमा दुप्चेश्वर माविमा नमूना अभ्यास

गोकर्ण अधिकारी
२३ भदौ, नुवाकोट ।
विश्व प्रथामिक उपचार दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवशरमा भदौ २२ गते शनिबार दुप्चेश्वर गाँउपालिका वडा नं. ६ रामतीमा रहेको दुप्चेश्वर माध्यामिक विद्यालयमा प्रथामिक उपचारको नमूना अभ्यास सहित जनचेतनाको बृद्धि गर्दै मनाइएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी र रेडक्रस नुवाकोटका प्रथामिक उपचार तालीम प्राप्त स्वय सेवकहरुले सयुक्त रुपमा भूकम्प जाँदा उत्पन्न हुने संकटासन्न अबस्थाको नमूना प्रयोगात्मक अभ्यास गरी विद्यार्थी, शिक्षक र अभिभावकमा प्रथामिक उपचार सम्बन्धि सचेतना जगाइएको हो ।

रेडक्रस नुवाकोटका प्रथामिक उपचार तालीम प्राप्त स्वय सेवक मार्फत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई तालीम सहित विपद्को समयमा उद्धार र उपचारको लागी दक्ष बनाएको रेडक्रस नुवाकोट सभापति सुरतबहादुर चित्रकारले बताउनुभयो ।

कार्यक्रममा रेडक्रस सुमन्द्रटार शाखा सभापति बलराम आचार्यले दिवसको अवशमा गरिएको नमूना अभ्यासले विपद्को सामना धर्य गरी समयमा उद्धार र प्रथामिक उपचार पाएमा ठूलो क्षति पुर्याउनबाट बचाउन सकिने सन्देश दिएको बताउनुभयो ।

कार्यक्रममा रेडक्रस नुवाकोटका उपमन्त्री सिता तामाङ, उपकोषाध्यक्ष उद्धव शर्मा रिजाल, रेडक्रस नुवाकोटका प्रथामिक उपचार तालीम प्राप्त स्वयसेवक एव्म प्रशिक्षकहरु केशव सुवेदी, समुन्द्रबाबु अधिकारी, रमेश गिरी, कुमार पाठक लगायत प्रथामिक उपचार तालीम पाएका विद्यार्थीको सभागितामा भूकम्प गएको नमूना अभ्यास र त्यो समयमा घाइते भएकाहरुको प्रथामिक उपचारको पद्धति सिकाइएको थियो ।

जर्मन सहयोग नियोग जीआईजेडको सहयोगमा सञ्चालन भएको कार्यक्रममा प्रथामिक उपचार सम्बन्धि तालीम सहित दुप्चेश्वर मावि र गंगादेवी प्रथामिक विद्यालयमा प्रथामिक उपचार सामाग्रि समेत प्रदान गरिएको थियो । जिआर्ईजेडका प्रतिनिधि गोबद्र्धन सुनार ती सामाग्रिले विपद्को समयमा तथा विद्यार्थीलाई विद्यालयमा चोटपटक लागेमा उपचार गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

गंगादेवी प्राविको लागी विव्यस अध्यक्ष रामबहादुर तामाङ र दुप्चेश्वर माविको लागी रेडक्रस समुन्द्रटार शाखा सभापति समेत रहनुभएका विद्यालयका शिक्षक बलराम आचार्यलाई रेडक्रसका जिल्ला सभापति सुरतबहादुर चित्रकारले प्रथामिक उपचारको लागी आवश्यक सामाग्रि प्रदान गर्नुभएको हो ।

नमूना अभ्यासले स्थानीय श्रोत र साधनको प्रयोग गरी सही रुपमा प्रथामिक उपचार सेवा उपलब्ध गराउन सकेमा गम्भीर अबस्थाको बिरामीलाई पनि मृत्युको मुखबाट बचाउनदेखि अङ्गभङ्ग हुनसक्ने अबस्थाबाट समेत बचाउन सकिने रेडक्रस नुवाकोटका उपकोषाध्यक्ष उद्धव शर्मा रिजालले बताउनुभयो ।

दिवसको अवशरमा दुप्चेश्वर माविमा अध्ययनरत नमूना अभ्यासमा सहभागी विद्यार्थीहरुले तालीमबाट सिकेको सिपलाई व्यवहारमा ल्याएर आगमी दिनमा हुने घटनाको लागी परिचालन हुन सहयोग पुगेको बताएका छन् ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएको शव काठमाडौमा (फोटोहरु)

अशोक ढकाल
२४ भदौ, नुवाकोट । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ आउंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइएको छ ।

घटनास्थलबाट शव संकलन गरी आज बिहान विदुर नगरपालिका वडा नं. ९ कोलनीसम्म मिनीट्रकमा राखेर ल्याइएको शवलाई तीन वटा हेलिकोप्टर मार्फत काठमाडौ लागिएको हो ।

हेलिकप्टर दुर्घटना स्थल म्यागङ गाँउपालिका वडा नं १ स्थित मेलुङपाखाको जंगलबाट चार घण्टाको पैदल र त्यसपछि २५ किलोमिटरको दुरीको सडकमा गाडी मार्फत विदुर ल्याइएको शवलाई अल्टिच्युड एयरलाइन्स, सिम्रिक एयर र हेली एभरेष्टको हेलिकोप्टरले ६ जनाको शव आज बिहान परीक्षणको लागी काठमाडौ स्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटमा शनिबार दुर्घटना हुँदा पाइलट निश्चल केसी, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ बर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, गोर्खाको चुमनुबी गाउपालिका–१ का छोवाङ नुर्बु र जापानीज नागरिक हिरोमी कोमात्सुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हेलिकोप्टर दुर्घटना हुदाँ रुखमा ठोक्किएको तर, आगलागी नभएकाले ज्यान गुमाएकाहरुको शरीरको अङ्गहरुमा सामान्य चोट मात्र लागेको अबस्था रहेको प्रहरीले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा परी घाइते हुनुभएका गोरखाको चुमनुवी गाउँपालिका–.२ का आनी डोल्पा डिकीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा सुधार हुदै आइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

रेडियो जालपा दश वर्षमा प्रवेश

२४ भदौ, नुवाकोट । ‘आधारभूत प्राकृतिक श्रोत संरक्षण तथा शान्ति समाज’द्धारा सञ्चालित सामुदायिक रेडियो ‘रेडियो जालपा’ एक सय चार थोप्लो पाँच मेगाहर्ज आजदेखि स्थापनाको दश वर्षमा प्रवेश गरेको छ ।

नौ वर्ष अघि २०६६ साल भदौ २४ गते आजैको दिनबाट प्रशारणको सुरु गरेको रेडियो जालपाले विभिन्न आरोह–अबरोह पार गर्दै स्थापनाको दश वर्षमा प्रवेश गरेको हो । नुवाकोट सहित छिमेकी जिल्लाहरु रसुवा, धादिङ्ग, गोरखा, सिन्धुपाल्चोक, काठमाडौ, मकवानपुर लगायतको जिल्लामा समेत सुन्न सकिने रेडियो जालपालाई इन्टरनेट अनलाइनको सहयोगमा रेडियो जालपा डटकम मार्फत रेडियोबाट प्रशारण भएका सामाग्रीहरु आफूले चाहेको समयमा सुन्न र पढ्न सकिने तथा मोबाइल एप्समा ‘हाम्रो पात्रो’बाट समेत सजिलै बजाउन सकिने भएपछि हाम्रो पहुँच विश्वको जुनसुकै स्थानसम्म पु¥याउदै श्रोताको माझमा हाम्रो उपस्थितीलाई नजिक बनाउदै आइरहेका छौ ।

नुवाकोट, रसुवा, धादिङ, गोरखा लगायतका समुदायको बोली रेडियोबाट जस्ताको तस्तै प्रशारण गर्ने रेडियो ‘रेडियो जालपा’ ले भौगोलिक विकटता, रेडियो सञ्चालनको लागि आवश्यक श्रोतको व्यवस्थापनको सहज उपलब्धताको कमीको बीच पनि रेडियो जालपा अहिले जिल्लाकै शक्तिशाली उपकरणको रुपमा अपलिङ्क जडान, विदुर र ककनीको दुई वटा स्टुडियोबाट एकैसाथ प्रशारण गर्न सकिने व्यवस्था सहित श्रोताको माझमा लोकप्रिय कार्यक्रम र प्रस्तुती पस्कदै आइरहेका छौ ।

मुख्य कार्यालय तथा प्रशारण केन्द्र ककनीको रानीपौवा रहेको सामुदायिक रेडियो ‘रेडियो जालपा’को कार्यक्रम उत्पादन कार्यालय नुवाकोटको विदुरबाट सुरु गरी अहिले हाम्रो प्रशारणमा नियमित, उत्कृष्ट कार्यक्रम र श्रोताको सुझाब मनन् गर्दै अगाडी बढाइरहेका छौ ।
व्यवसायिक पत्रकारहरुको समूहको रुपमा ‘रेडियो पत्रकार’को टोलीले जिल्लाकै सबैभन्दा बढी स्थानमा सुन्न सकिने रेडियोलाई जिल्लामा नै पहिलो पटक सामुदायिक रेडियोको अवधारणालाई आत्मसाथको अभ्यास गर्दै अरुलाई पनि पाठ सिकाउन कोशिस गर्दै आइरहका छौ ।

रेडियो जालपा दश बर्ष प्रवेशले सूचना प्राप्त गर्ने श्रोताको अधिकार प्रतिको थप जिम्मेवारी र व्यवसायिक पत्रकारिताको अभ्यासलाई अनुसरण गरेको रेडियो सञ्चालन समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठले स्थापना दिवसको अवशरमा जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दश वर्ष प्रवेशको अबशरमा रेडियो जालपाका अध्यक्ष पूर्णलाल श्रेष्ठले विज्ञप्ती मार्फत रेडियोलाई समुदायको एक शक्तिको रुपमा उभ्याउन र आम नागरिकको दैनिक जनजीवनसंग जोड्न अझ प्रयासरत रहने प्रतिबद्धता जनाउनुभएको छ ।
हाम्रो अगाडी बढ्ने यात्रामा तपाई श्रोताहरुले दिनुहुने सुझाव, सल्लाह र सहयोगले हाम्रो निश्चित गन्तव्यको यात्रा सुनिश्चित बनाउन टेवा मिल्ने रेडियोका अध्यक्ष श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै, दश वर्ष प्रवेशको अवशरमा रेडियोले जनतालाई सूसुचित हुने संबैधानिक अधिकारलाई सम्बोधन गर्दै प्रशारण गर्दै आएको कार्यक्रमलाई अधिकारसम्पन्न रुपमा स्थापित भएका स्थानीयतहसम्म केन्द्रित गरी प्रशारणमा प्रथामिकता दिदै आइरहेका छौ ।

यसअघि केन्द्रिकृत रुपमा उत्पादन हुने समाचार तथा खबर नभई स्थानीयको जिल्लालाई प्रथामिकता दिदै आएकोमा अबदेखि स्थानीयतहको केन्द्र र त्यसको कुना–कुनामा केन्द्रित हुने प्रतिबद्धता दश वर्षमा प्रवेशको अवशरमा व्यक्त गर्न चाहन्छौ ।

कालापानी गायव भएको नक्सा सरकारले किन ल्यायो प्रयोगमा ?

काठमाडौं ।  कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ । नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न सकेका छैनन् ।

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले आधिकारिक नक्सामा लिम्पियाधुरा छुटेको पुष्टि गरे । यो उनले विभागको नेतृत्व गर्नुभन्दा पहिल्यैको घटना हो । ‘नक्सा बनाउँदा तत्कालीन दरबार र शाही नेपाली सेनाको तत्कालीन जंगी अड्डाले लिम्पियाधुरा नराख्न आदेश दिएका थिए’, उनले भने, ‘त्यही कारण विभागको कित्ता नापी कालापानी र लिपुलेकभन्दा पर गएन ।’

लिम्पियाधुरा कालापानी–लिपुलेकभन्दा ३० किलोमिटर पश्चिमको भूभाग हो । लिम्पियाधुरा इलाका सरक्क छाडिदिएको नेपाल सरकारले यतिबेला कालापानी–लिपुलेक क्षेत्रसमेत छाडेर बनाएको नक्सा प्रयोगमा ल्याइरहेको छ । उक्त भूमि पनि भारतले कब्जामा लिइरहेको छ ।

नापी एवं सीमाविज्ञ श्रेष्ठले लिपुलेक छुट्दा ३ सय १० वर्गकिलोमिटर जमिन गुमाउनु परेको बताए । ‘कित्ता नापीमा कालापानी र लिपुलेक नेपालतिर नै छ । तर लिम्पियाधुरा भने जानी–जानी छुटाइएको छ’, उनले भने, ‘नापीले राख्ने की भनेर राय लिएको थियो । तर, तत्कालीन दरबार र शाही सेनाद्वारा नराख्न दबाब आएपछि लिम्पियाधुरा नराखेको हो ।’ उनले त्यसमा तत्कालीन दरबार र सेनाको विशेष ‘इन्ट्रेस्ट’ रहेको बताए ।

यी हुन् कागज मिलाउन सिपालु एनजिओहरू, सरकारको ध्यानै पुगेन

काठमाडौं । कानून बनाउनेदेखि अन्य आन्तरिक कार्यमा व्यस्त भइरहेका बेला केन्द्रदेखि सातै प्रदेशका सरकारलाई मुलुकमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी (एनजीओ/आईएनजीओ) संस्थाका गतिविधिप्रति ध्यान दिने फुर्सद नै छैन । ती संस्थाको अनुगमन र नियमन गर्ने आधिकारिक निकाय समाज कल्याण परिषद्समेत कुहिराको कागजस्तो भएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

हालसम्म परिषद्मा आबद्धता लिएका रहेका ४८ हजार ५ सय एनजीओ र २ सय ३० आईएनजीओका कामको अनुगमन र नियमन हुन नसक्दा तिनीहरूका गतिविधिले मुलुकमा कस्तो प्रभाव परिरहेको छ भन्नेबारे आम नागरिक नै बेखबर हुनुपरेको छ । यद्यपि अहिलेसम्म १२ वटा एनजीओ र ४ वटा आईएनजीओलाई सचेत गराइएको परिषद्को दाबी छ । तर उक्त सचेत पनि नागरिकले दिएको उजुरीका आधारमा गराइएको हो ।

नागरिकबाट परेका उजुरीमा उद्देश्यबमोजिम काम नगरेको, स्वीकृत नै नलिई काम गरेको, संस्था खोलेर पनि व्यक्तिगत खाता सञ्चालन गरेको र धार्मिक आस्थालाई प्रवर्द्धन गर्ने गरेको पाइएपछि तिनीहरूलाई गल्ती नदोहो¥याउने सर्तमा सचेत गराइएको परिषद्का सूचना अधिकारी हरि तिवारीले बताए । उनले १ सय ५ वटा आईएनजीओको उपलब्धि मूल्यांकन गरिसकेको दाबी गर्दै भने, ‘आईएनजीओ दर्ताका लागि सम्बन्धित देशमा दर्ता भएको हुनुपर्छ । र, कम्तीमा २ करोड रुपियाँ नेपाली बजेट उल्लेख गरिनुपर्छ ।’

संस्था दर्ता ऐन २०३४ आएपछि यस्ता संस्था दर्ता हुन थालेका हुन् । यस्ता संस्थाले विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, आत्मनिर्भर, सञ्चार जस्ता विषयमा काम गर्दै आएको बताएका छन् । परिषद्का अनुसार एनजीओ आईएनजीओका नाममा वर्षेनी ४६ अर्ब रुपियाँ बजेट खर्च गरिए पनि उक्त लगानी बालुवा पानी जस्तै भएको सरोकारवालाको आरोप छ । नियमित रुपमा ती संस्थाको मूल्यांकन नहुँदा सुशासन प्रवद्र्धनमा चुनौती देखिएको उनीहरुको विश्लेषण छ । यी संस्थाको दर्ता संख्या उल्लेखनीय भए पनि गुणात्मक परिणाम नदेखिएको बताउँदै कास्कीका सर्वसाधारण निर्देश पोख्रेलले भने, ‘अधिकांश एनजीओ आईएनजीओ कागज मिलाउन सिपालु छन्, काममा भने इमानदार छैनन् । यिनीहरूलाई नियमनमा ल्याउनैपर्छ । नत्र बजेट मात्रै स्वाहा हुन्छ ।’

हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु, एक जना घाइते (फोटो फिचर)

गोकर्ण अधिकारी
२३ भदौ, नुवाकोट ।
गोरखाबाट काठमाडौ आउदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते गोर्खाको चुमनुवी गाउँपालिका वडा नं. २ का आनी डोल्पा डिकीलाई हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मृत्यु हुनेमा पाईलट निश्चल केसी, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ बर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, गोर्खाको चुमनुबी गाउपालिका वडा नं. १ का छोवाङ नुर्बु र जापानीज नागरिक हिरोमी कोमात्सु रहेको प्रहरीले जनाएको छ ।

गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको म्यागङ गाउपालिका वडा नम्बर १ स्थित बर्सुन्चेतको जंगल स्थित रुखमा ठोक्किएर दुर्घटना भएको अबस्थामा अपरान्ह ३ बजे उद्धारको लागी गएको प्रहरी चौकी किम्ताङको टोलीले.भेट्टाएको थियो ।

गोरखाको चुमनुवी गाँउपालिका वडा नं. १ सामागाँउबाट आज बिहान ७ बजेर ५० मिनेटमा काठमाडौतर्फ उडेको हेलिकोप्टर बिहान ८ बजेर पाँच मिनेटमा दुर्घटनामा परेको थियो । भौगोलिक विकटता, ठूलोवर्षा सहितको बाक्लो हुस्सु र बाक्लो जंगल क्षेत्रमा भएको दुर्घटनाको स्थान पहिचान र उद्धारको लागी कठिनाई भएको प्रहरीले जनाएको छ ।

बेगनास तालमा डुंगा पल्टियो,पाँच जना बेपत्ता,दुई जनाको मृत्यु

पोखरा । पोखराको बेगनास तालमा डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् ।  दुई जनाको मृत्यु भएको छ । ७ जना सवार डुंगामा दुई महिला र तीन बालबालिका बेपत्ता भएका हुन् ।दुर्घटनामा दुई महिला र दुई पुरुषको उद्धार गरिएको थियो।उद्धार गरिएका ४ जना मध्ये दुई महिलाको अस्पतालमा मृत्यु भएको हो।
बेगनासताल पारी एक स्थानीयको घरमा दर खाने कार्यक्रममा जाने क्रममा ९ जना सवार डुङ्गा पल्टिएको हो । घटनास्थलमा अहिले प्रहरी र स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेका छन् । डुंगामा सपना खनाल, रवि खनाल, शंकर खनाल, शिव खनाल, किष्ण कुमारी बजगाई, कमल नाथ कँडेल, नीता पौडेल, सपना सवार थिए ।  घटनाबारे थप विवरण आउँदैछ ।

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जिवितै

काठमाडौं । धादिङ र नुवाकोटको सीमा मेघान डाँडामा भएको अल्टिच्यूट एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते अवस्थामा रहेको  प्रहरीले जनाएको छ ।
जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले बताए । गोर्खाको चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा डिकी जिवितै भेटिएकी हुन् । यद्दपी उनको उद्दार नभएको र उद्दार प्रयास जारी रहेको बताईएको छ ।

दुर्घटनामा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु रहेका छन् । शनिबार विहान काठमाडौंका लागि उडेको हेलिकोप्टर धादिङमा दुर्घटनाग्रस्त भएको थियो ।

निजामति सेवा दिवसको अवशरमा बृक्षारोपण

२१ भदौ, नुवाकोट । निजामति सेवा दिवसको अवसरमा कृषि सामाग्रि केन्द्र लिमिटेडको परिसर विदुरमा आज बृक्षारोपण गरिएको छ ।

निजामति कर्मचारी युनियन संघको आयोजनामा कृषि सामाग्रि केन्द्रको कार्यलय परिसरको खाली स्थानमा आज बिहान फूल, हरियाली, फलफूल तथा रुख प्रजातीका विरुवाको वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापाले निजामति कर्मचारीहरुको पर्वको रुपमा रहेको दिवसलाई नुवाकोटमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने क्रममा सबैका सहभागितामा वृक्षारोपण गरी रचनात्मक कार्यको सन्देश दिएको बताउनुभएको छ ।

यस्तै, नेपाली काँग्रेसका युवा नेता रमेशकुमार महतले निजामति कर्मचारी मार्फत राज्य संयन्त्र सञ्चालन हुदै आएको बताउनुभएको छ । उहाँले २०७० सालमा देशमा उत्पन्न भएको संकट समाधानको लागी पूर्व–प्रधानन्याधीशलाई अन्तरिम मन्त्रीपरिषद्को अध्यक्ष बनाएर उहाँकै नेतृत्वमा दोश्रो संबिधानसभाको निर्वाचन समेत समपन्न गराएको स्मरण गराउदै निजामति कर्मचारीको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

यस्तै, जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले राजनीतिक नेतृत्वले नीति निर्माण गरेपनि त्यसको कार्यान्वयन कर्मचारीले गर्नुपर्ने भएकाले समन्वयन र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

यस्तै, आधिकारिक ट्रेड युनियनका केन्द्रीय महासचिव सुबोधकुमार देवकोटाले निजामति सेवा दिवसलाई कर्मचारीको क्षमता बृद्धि तथा कार्य क्षमता र अनुभवको आधारमा पदोन्नती एवम् रोजगारीमा सेवा, सुरक्षा तथा सुनिश्चित भविष्यको लागी आफूहरुले संघर्ष गर्दै आइरहेको बताउनुभएको छ ।

यस्तै, युनियन संघका जिल्ला अध्यक्ष निलमकुमार भुसालले मुलुकभर एक लाख भन्दा बढी रहेको निजामति कर्मचारीले पु¥याएको योगदान र जीवनको उर्वर समय राष्ट्रिय सेवाको भावमा खर्चिएकाले राज्यले उचित सम्मान र सेवा प्रतिको आकर्षण बढाउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा नेपाली सेनाको श्रीनाथ गणका गणपति अञ्जन रुपाखेती, जिल्ला समन्वय समितिका समन्वय अधिकारी सच्युतराज उप्रेती सहित विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पेशागत कर्मचारी संगठनका प्रमुख एवम् पं्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

निजामति सेवा दिवसको अवसरमा यसअघि बुधबार कर्मचारी संगठनको आयोजनामा कर्मचारी मिलन केन्द्र विदुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

‘नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नाराको साथ मनाउन लागिएको निजामति सेवा दिवसको अवशरमा २२ गते शुक्रबार मुख्य दिन बिहान बट्टारदेखि विदुरसम प्रभातफेरी सहित प्रवचन एवम् अन्तरक्रिया लगायतका कार्यक्रम गरी दिवस मनाउन लागिएको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।

एक दिवसीय ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

२० भदौ, पोखरा । जिल्ला प्रहरी कार्यालय पर्वत र जि.ट्रा.प्र.का. पर्वतको आयोजनामा पर्वत जिल्लाको ट्राफिक व्यवस्थापन, सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्युनिकरण सम्बन्धी एक दिवसीय कार्यक्रम पर्वत जिल्लाको कुश्मामा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल,विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय पर्वतका प्रजिअ. गुरूदत्त ढकाल, ४नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.उ.बिरेन्द्र कुमार बस्याललगायत सम्बन्धित सरोकारवाला निकायका कार्यालय प्रमुखहरू, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरू, बुद्धीजिवी,समाजसेवी,पत्रकार लगायतको उपस्थितीमा बिहान कुश्माको शिवालय चोकबाट जनचेतनामुलक –याली निकाली कुश्मा बजार परिक्रमा गरी पर्वत उद्योग बाणिज्य संघको हलमा पहिलो चरणको कार्यक्रम समापन भएको छ ।

दोश्रो चरणको कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा प्रस्तुत कार्ययोजनामा छलफल तथा अन्तरक्रिया गर्नुका साथै सवारी दुर्घटना न्युनिकरण,सडक सभ्यता अभिबृद्धि र व्यवस्थित ट्राफिक व्यवस्थापन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतबाट भएका कार्यहरु एवं सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि अगामी दिनमा सम्बन्धित सरोकारवाला निकायहरूको भुमिका बारेमा अन्तरक्रिया तथा छलफल गरिएको छ ।

सहभागी भएकाहरुले यस्ता कार्यक्रम र छलफलले सवारी दुर्घटना न्युनिकरण गर्न तथा ट्राफिक जनचेतना बृद्धि गराउन महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् ।

रेडक्रस स्थापना दिवस, फलफूल वितरण र वाटर बाथ उपकरण प्रदान

गोकर्ण अधिकारी,
१९ भदौ, नुवाकोट ।
‘रेडक्रस M सबै ठाउँमा, सबैका लागि–मुस्कान’ भन्ने नाराको साथ मंगलबार मुलुकभर ५६औँ नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस मनाइएको छ ।

नेपालमा ५५ वर्ष अघि २०२० साल भदौ १९ गते रेडक्रस सोसाइटीको स्थापना भएको सम्झनामा मंगलबार नुवाकोट सहित मुलुकभर मानवीय सेवामा खटिने स्वंय सेवकको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापन लगायत रेडक्रसका गतिविधिको बारेमा अन्तरक्रिया, विपद् प्रभावितलाई राहत वितरण लगायत विविध कार्यक्रम गरी रेडक्रस दिवस नुवाकोटमा पनि मनाइएको छ ।

दिवसको अवसरमा रेडक्रस नुवाकोट शाखाको आयोजनामा जिल्ला अस्पताल त्रिशूलीमा भर्ना भएका बिरामीलाई फलफुल वितरण र त्याहाँ रेडक्रस मार्फत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रलाई तापक्रम सन्तुलित बनाउन सहयोग पुग्ने ‘वाटर बाथ’ उपकरण प्रदान गरिएको छ ।

बिरामीलाई फलफूल वितरण तथा उपकरण प्रदान कार्यक्रममा रेडक्रस जिल्ला सभापति सुरतबहादुर चित्रकारले जिल्ला अस्पताल त्रिशूलीमा भर्ना भएर उपचार पु¥याउदै आएका बिरामीको स्वास्थ्य अबस्थाको जानकारी लिदै उनीहको उपचारमा पु¥याउदै आएको सेवालाई थप गुणस्तरीय बनाउन चिकित्सकलाई आग्रह गर्नुभएको छ । रेडक्रस जिल्ला सभापति चित्रकारले नुवाकोटमा २०३४ सालमा स्थापना भएको रेडक्रसको जिल्ला शाखाले निरन्तर आफ्ने उद्देष्य अनुसार सेवा पु¥याउदै आइरहेकाले सबै ठाउँमा, सबैका लागि–मुस्कान’ भन्ने नारा सार्थक बनाउन आफूहरु प्रतिबद्ध भएर सेवा पु¥याउदै आइरहेको बताउनुभएको छ ।

रेडक्रस स्थापना दिवसको अवशरमा जिल्ला अस्पताल त्रिशूलीमा भर्ना भएका बिरामीको लागी फलफुल वितरण गर्न आयोजित कार्यक्रममा जिसस उपप्रमुख अप्सरा थापाले सामाजिक सँस्थाको रुपमा नेपाल रेडक्रस सोसाइटीको भूमिका र छवी विश्वमा नै नमूना रहेकाले त्यही अनुसार नुवाकोटमा पनि भइरहेको कार्यको प्रंशसा गर्नुभएको छ । उपप्रमुख थापाले भूकम्प पछिको विपतको समयमा नुवाकोटमा रेडक्रसले उद्धार र उपचार तथा त्यसपछिको पुर्ननिर्माणमा जारी राखेको सहयोग र स्वास्थ्य तर्फ रक्तसञ्चार केन्द्र सञ्चालन र प्रथामिक उपचारको लागी सञ्चालन गरिरहेको तालीमले प्रत्यक्ष लाभपुग्दै आएको बताउनुभएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीको लागी फलफूल वितरण कार्यक्रममा रेडक्रस नुवाकोटका  पूर्वसभापति एवम् सल्लाहकार समितिका संयोजक रामप्रसाद जोशी, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन देवकी पुडासैनी, डाक्टर मधुकर दाहाल, डाक्टर रेमकुमार राई, रेडक्रस मार्फत सञ्चालनमा रहेको विपत प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक शारदा खतिवडा, रेडक्रस नुवाकोटका मन्त्री हरी श्रेष्ठ, उपमन्त्री सिता तामाङ, उपकोषाध्यक्ष उद्धवशर्मा रिजाल, रेडक्रसका जिल्ला कार्यसमितिका सदस्यहरु दिलमान शाक्य, नवराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।

यसैबीच, रेडक्रस नुवाकोटले जिल्ला अस्पताल त्रिशूलीमा सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रको लागी तापक्रम सन्तुलित बनाउन सहयोग पु-याउने अतिआवश्यक रहेको ‘वाटर बाथ’उपकरण अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ ।
रेडक्रसका जिल्ला सभापति सुरतबहादुर चित्रकारले अस्पतालका निमित्त मेसु देवकी पुडासैनीलाई उपकरण हस्तान्तरण गर्दै त्यसमार्फत रक्त सञ्चार केन्द्रमा तापक्रम सन्तुलित बनाएर सेवा प्रवाह प्रभावकारी बनाउन आग्रह गर्नुभएको रेडक्रस मार्फत सञ्चालित विपद् प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक शारदा खतिवडाले जानकारी दिनुभएको छ ।

रेडक्रस नुवाकोटले नुवाकोटमा विपद्को समयको लागी २५ सय परिवारलाई गैह्रखाद्य सामाग्रि उपलब्ध गराउन सक्ने गरी तयारी अबस्थामा रहेको छ भने यसको साथै विदुरमा सामुदायिक आँखा जाँच केन्द्र, त्रिशूली अस्पतालमा रक्तसञ्चार केन्द्र, विभिन्न शाखा मार्फत ६ वटा एम्बुलेन्स सेवा, प्रथामिक उपचार स्वंयसेवक उत्पादन, जुनियर रेडक्रस सर्कल मार्फत विद्यालयहरुमा रेडक्रसको सिद्धान्त र सेवाको भावलाई कार्यन्वयन गराउदै आइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट सहित मंगलबार ७७ वटै जिल्लामा शाखा, एक हजार ५ सय ८ भन्दा बढी उपशाखा, पाँच हजार ४१० भन्दा बढी जुनियर सर्कल र ८६५ भन्दा बढी युवा सर्कल सक्रिय रहेका छन् । सबै निकायमा ९० हजार स्वयंसेवक र १० लाख ६० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीले ३५ लाखभन्दा बढी भूकम्प पीडितलाई मानवीय साहायत अन्तर्गत विविध क्षेत्रमा सहयोग पु-याइरहेको छ । अहिले विशेष गरी भूकम्पबाट अति प्रभावित भएका नुवाकोट, रसवा, धादिङ लगायतका १४ जिल्लामा आवास पुर्ननिर्माण, जिविकोपार्जन एवम् आयआर्जन, खानेपानी तथा सरसफाई लगायतको क्षेत्रमा रेडक्रसको सहयोग जारी रहेको छ ।

रेडक्रसले भूकम्प, गएको वर्षको तराई मधेशको डुबानमा आफ्ना स्वयंसेवकमार्फत गरेको मानवीय सहयोगले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रशंसा पाएको छ । भूकम्प पछिको पुर्ननिर्माणमा रेडक्रसले सञ्चालन गरेको आफ्नो आवास आफै निर्माण गर्ने कार्यक्रममा तालीम प्रदान, समूहगत रुपमा काम गरेर हराउदै गएको पर्म विधिलाई समेत पुन ताजगिकरण गराउदै आइरहेको रेडक्रस नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन, आकस्मिक सेवा र संकटासन्नता न्यूनीकरण गतिविधि लगायत अहिले ७२ जिल्लाका १०६ स्थानबाट रक्तसञ्चार सेवा, २१० वटा बाहन मार्फत् एम्बुलेन्स सेवा र दुईवटा अस्पताल मार्फत आँखा हेरचाह गतिविधि सञ्चालन गर्दै आइरहेका छ ।

यस्तै, आन्तरिक सशस्त्र संघर्ष, प्राकृतिक बिपत्ति अथवा शान्ति स्थापनाको सबै परिस्थितिमा विगत ५५ वर्षदेखि नेपाल रेडक्रसले पारस्परिक सहयोग र समझदारीका आधारमा आफ्नो सेवा निरन्तर प्रदान गर्दै आइरहेको रेडक्रस नुवाकोट शाखा सभापति सुरतबहादुर चित्रकारले बताउनुभएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web