प्रकाण्ड चौथो पटक मध्येरातमा फेरी समातिए

अशोक ढकाल
१९ भदौ, नुवाकोट । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड रिहा हुनुभएको छ । उहाँलाई गैह्रकानुनी रुपमा प्रहरीले थुनामा राखेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले तत्कालै रिहा गर्न आदेश दिए अनुसार रिहा हुनुभएको हो ।

अदालतमा मार्फत रिहा हुनुभएका उहाँलाई पुनः नुवाकोट प्रहरीले पक्राउ गरी बम पड्काएर ज्यान मार्ने प्रयास गरेको अभियोग मुद्धामा कारबाहीको लागी भोजपुरमातर्फ लगेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान र टंकबहादुर मोक्तानको सोमबारको सयुक्त इजलाशले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई अपमान गरेको भन्दै नुवाकोट जिल्ला अदालतको रोहबरमा उहाँलाई छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै नुवाकोट प्रहरीले उहाँलाई सोमबार साँझ नै जिल्ला अदालत नुवाकोटमा बुझाएर रिहा गरेको हो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ९ स्थित सडक निर्माणमा प्रयोग भएको दुई थान स्काभेक्टर माथी गएको साउन ७ गते आगजनी गरेको अभियोग मुद्दाको अनुसन्धान गरी प्रयाप्त आधार र कारण तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै सर्वोच्चले उहाँमाथी लगाइएको अभियोग अहिलेको लागी प्रयाप्त नभएको भन्दै तत्काल रिहा गर्न दिएको आदेशको पालना गर्दै प्रहरीले अदालतमा बुझाएको हो ।

प्रहरीले अदालतमा उपस्थित गराएपछि प्रकाण्डलाई श्रेष्तेदार शिवप्रसाद बञ्जराले न्यायाधीश ऋषिराम वाग्ले समक्ष सर्वोच्च अदालतको आदेशको जानकारी गराएपछि उहाँको तर्फबाट मुद्धा लडिरहनु भएका अधिवक्ता एवम् नुवाकोट बारका पूर्व अध्यक्ष नारायण अधिकारी, बार नुवाकोटका अध्यक्ष देवराज कंडेलको रोहबरमा छाडिएपनि लगत्तै प्रहरीले पक्राउ गरी भोजपुर लैजान ‘जरुरी प्रकाउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ गर्ने क्रममा उहाँले अदालत परिसरमा वर्तमान सरकारले विभिन्न झुठो मुद्धा लगाएर जनताको जायज माग उठाउदै आएको नेकपा माओवादी लगायत विद्धरु षडयन्त्रपूर्वक लागेको भन्दै त्यस्तो धरकपड विरुद्ध शसक्त रुपमा प्रतिकारमा सबै बर्ग सङ्घर्षमा उत्रनुपर्ने आवश्यकता महशुस भएको बताउनुभयो ।
अदलतबाट रिहा भए लगत्त नुवाकोट प्रहरीले पक्राउ गरेको उहाँलाई भोजपुरमा बम बिस्फोट गराएर ज्यान मार्ने उद्योग अभियोगमा कारबाहीको लागी त्यहाँको प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर नुवाकोट प्रहरीको सहयोगमा यहाँबाट नियन्त्रणमा लिएर त्यसतर्फ लगेको छ ।

उहाँलाई भोजपुरमा गएको वर्षको प्रदेससभा एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनमा त्यहाँका उम्मेदवार शेरधन राईलाई लक्षित गर्दै बम हमला गरी घाइते बनाएको घटनामा संलग्नता रहेको दाबी गर्दै पक्राउ गरिएको छ ।

गएको साउन २२ गते कठमाडौमा प्रक्राउ पर्नुभएका ४९ वर्षका प्रकाण्डलाई विभिन्न अभियोग लगाएर थुनामा राखेको समयमा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटको आदेश दिदै गैह्रकानूनी रुपमा थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिएपनि तेश्रो पटक प्रहरीले पक्राउ गरी नुवाकोट ल्याएर आगजनी मुद्धामा काराबाहीको लागी अनुसन्धान गर्दै आएको थियो ।

यहीभदौ ७ गते मध्येरात नुवाकोट ल्याइएको उहाँलाई जिल्ला अदालतमा आगजनी अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको समयमा अदालतको आदेशको पालना गर्दै रिहा गर्न जिल्ला अदालतमा बुझाएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभएको छ ।

उहाँलाई नुवाकोट प्रहरीले आगजनी मुद्धामा संलग्नताको लागी ‘कल डिटेल’ लगायतको अनुसन्धानको लागी भन्दै हिरासतमा राखेर अनुसन्धान गर्दै आइहेको थियो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ९ स्थित सडक निर्माणमा प्रयोग भएको दुई थान स्काभेक्टर माथी गएको साउन ७ गते आगजनी गरेको अभियोगमा प्रकाण्ड विरुद्ध ६ महिना कैद र दुई करोड २३ लाख रुपैयाँ माग दाबी सहित अदालतमा दर्ता गरेको आगजनी मुद्धाको प्रारम्भिक अनुसन्धान चलिरहेको छ ।

घटनामा संलग्न रहेको अभियोगमा काभ्रे प्रहरीको नियन्त्रणमा रहेका मोहन कार्की र कृष्ण धमलालाई पनि अदालतमा उपस्थित गराउन नुवाकोट ल्याएको छ ।

द्धन्द्धमा बेपत्ता भएका नुवाकोटका २३ जनाको अबस्था अझै अज्ञात

१५ भदौ, नुवाकोट । बेपत्ता भएका व्यक्तिहरुको अबस्था पत्ता लगाउने पहल स्वरुप विश्वभर मनाइने गरिएको ‘बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस’ नुवाकोटमा पनि मनाइएको छ । मुलुकमा सशस्त्र दशवर्षे युद्धको समयमा बेपत्ता भएका व्यक्तिहरुको अबस्था थाहा पाउन र पीडितलाई न्याय, पीडितलाई कानूनी कठरागामा उभ्याउन मनाउन थालिएको दिवसलाई हरेक वर्ष जस्तै यो वर्षको ३५औँ दिवस अगस्ट ३० तारिखको दिन बिहीबार नुुवाकोटबाट बेपत्ता भएका व्यक्तिहरुको स्मरण गर्दै उनीहरुको अबस्था थाहाँ पाउन दबाब सिर्जना गर्न दिवस मनाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको आयोजनामा विदुरमा आयोजित कार्यक्रममा द्धन्द्धको समयमा बेपत्ता भएका व्यक्तिको परिवारसंग अन्तरक्रिया, उनीहरुको गुनासो संकलन एवम खोजीको लागी भइरहेको पहलको अबस्था बारे छलफल गरिएको छ ।
कार्यक्रममा ककनी गाँउपालिका वडा नं.८ मात्रागाँउ थानसिंहका गायत्री पौडेलले २०६० साल माघ १३ गते राज्य पक्षबाट आफ्नो श्रीमान लेखनाथ पौडेललाई बेपत्ता बनाएर अहिलेसम्म कहाँ रहेको थाहा नै नभएकाले अबस्था पत्ता लाग्छ की भन्ने आस भने कायमै रहेको बताउनुभयो ।

यस्तै, शिवपुरी गाँउपालिका वडा नं .७ सुनखानीका मिश्रीमाँया ठकुरीले आफ्नो श्रीमान अजुर्न पाण्डे ठकुरीलाई २०५९ साल मंसिर २४ गते घरबाट नै नेपाली सेनाले लगेको र त्यो पछि उहाँको अबस्था थाहा नै नभएकाले आफूहरु थप पीडित एवम् द्धन्द्धको घाउ बल्झाएर बस्दै आएको गुनासो गर्नुभयो ।

यस्तै, तार्केश्वर गाँउपालिका वडा नं. ६ गोस्र्याङका हरीप्रसाद रिमालले आफ्नो भाई रामप्रसाद रिमाल २०६१ साल पुस ५ गते काठमाडौको बालाजुबाट नयाँबजार जान्छु भनेर हिडेको भएपनि  त्यसपछि सम्पर्कमा नै नआएकाले अझै अबस्था थाहाँ नभएको बताउनुभयो ।
तत्कालीन समयमा माओवादीमा आस्था राख्दै आएको भएर राज्यपक्षबाट बेपत्ता पारिएको आशंका भएकाले उसको जुन अबस्था भएपनि जान्न पाउने अधिकारबाट आफुहरु बञ्चित भएको दुःखेसो रिमालले गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारले शान्ति तथा पुनःनिर्माण मन्त्रालय गठन गरी द्धन्द्धको घाँउमा मलम लगाउन प्रयास गरेपनि सक्रमणकालीन राजनीतिले प्रभावकारिता नपाउदै आएपनि अहिले शान्ति स्थापना भइसकेकाले अब उनीहरुको अबस्था सार्वजनिक हुनुपर्ने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो ।

सशस्त्र द्धन्द्धको समयमा नेपालबट बेपत्ता भएका तथा हराइरहेका व्यक्तिहरुको पहिचानको लागी रेडक्रस लगायतका सामाजिक सँस्था मार्फत पहल भइहेकाले खोजबिनमा सबैको सहकार्य आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी थापाको भनाई छ । तत्कालीन समयमा द्धन्द्धमा समवेश भएका राज्य र विद्रोही दुवै पक्ष अहिले एक भइसकेकाले पीडित परिवारले आफ्नो मान्छेको अबस्था जान्न पाउने अधिकारलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

सशस्त्र द्धन्द्धको समयमा बेपत्ता भएका व्यक्तिको अबस्था पत्ता लगाउन र पीडित परिवारलाई सहानुभुति र पीडा कम बिर्साउनको लागी रेडक्रसको अन्तर्राष्ट्रिय समिति आसिआरसी मार्फत नेपाल रेडक्रस सोसाइटीले विभिन्न कार्यक्रम सञ्चालन गरी सहयोग निरन्तर पु¥याउदै आएको रेडक्रस नुवाकोटका सभापति सुरतबहादुर चित्रकारले बताउनुभयो ।

सशस्त्र द्धन्द्धको समय २०५२ फागुन १ देखि सुरु भएर शान्ति सम्झौतामा हस्ताक्षर हुने समय २०६३ मंसिर ५ गतेसम्म बेपत्ता हुनेको सङ्ख्याको पहिचान, बेपत्ता भएका व्यक्तिको परिवारलाई राहत एवम् क्षतिपूर्ति लगायतको सुविधा उपलब्ध गराएकाले अबस्था थाहाँ पाउन खोजतलास जारी राखेको रेडक्रसका सभापति चित्रकारले बताउनुभयो ।

रेडक्रस सोसाइटी नुवाकोटको कोषाध्यक्ष एवम् बेपत्ता भएका व्यक्तिहरुको खोजतलासको लागी पहल गर्दै आउनुभएका श्रीराम पाण्डेको अनुसार सशस्त्र द्धन्द्धको समयमा नुवाकोटबाट २३ जना व्यक्ति हराइरहेको रेडक्रसको अन्तराष्ट्रिय समिति आसिआरसीमा सूचिकृत गरिएको छ ।

२०५२ सालबाट सुरु भएको सशस्त्र युद्धमा सरकारी, गैह्रसरकार तथा सार्वजनिक सरोकारका अरबौ रुपैयाँ मूल्यका ध्वस्त भएका संरचनाहरुको अझै पुनःनिर्माण समेत नहुदाँ द्धन्द्धको घाउ बिसर्न  शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्षहुन लाग्दा पनि अझै झस्काइरहेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न आयोग गठन भएको लामोसमय प्रभावकारी उपलब्धी हासिल गर्न नसक्दा बेपत्ता पारिएका आफन्त हराएका व्यक्तिको प्रतीक्षामा नै रहेका छन् ।
विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको स्थिति सार्वजनिक गरिसक्ने उल्लेख गरिएपनि त्यसके लामो समय हुदाँ पनि सरकारले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र ‘बेपत्ता छानबिन आयोग गठन गर्दा न्याय पाउने आशामा रहेकाहरु त्यसले पनि गतिलिन नसक्दा निराश बनेका छन् ।

सशस्त्र द्धन्द्धमा नुवाकोटबाट २२ जना बेपत्ताको परिवारले राहत पाएपनि रेडक्रसको अन्तराष्ट्रिय समितिले २३ जना रहेको तथ्याङ सार्वजनिक गरेको छ । तथ्याङ्कमा पनि पछिल्लो समय फरकमतहरु आइरहेका छन् ।

सङ्ख्याको विवाद अन्त्य गर्दै पीडितलाई प्याकेज मार्फत राहत वितरण गरी द्धन्द्धका पीडालाई अन्त्यको पहल गर्न सरकार सक्षम बन्न सक्नुपर्ने रेडक्रस नुवाकोटका मन्त्री हरि श्रेष्ठले बताउनुभयो ।

‘बेपत्ता सम्बन्धि अन्तरािष्ट्रय दिवस’को अवसरमा आयोजित कार्यक्रमा बेपत्ता भएका व्यक्तिको परिवारका सदस्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मदनकुमार थापा, प्रहरी नायव परीक्षक भिमलाल भट्टराई, रेडक्रसका पूर्वसभापति रामप्रसाद जोशी लगायत बेपत्ता भएका व्यक्तिको अबसथा थाहा पाउन पहल गर्दै आएका रेडक्रसकर्मी लगायतको सहभागिता रहेको थियो ।

फ्रेण्डस एफ. एम. तेश्रो वर्षमा प्रवेश

१५ भदौ, नुवाकोट । 'समुन्नत नुवाकोटको आवाज समावेश आवाज' भन्ने मुल नाराको साथ युवाहरुको अगुवाईमा युवा सञ्चार नेपाल नामक संस्था द्घारा नुवाकोटको बट्टार बजारमा प्रसारण केन्द्र बनाई दैनिक १९ घण्टा प्रसारण हुदै आएको फेण्डस एफएम दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरको छ ।

२०७३ साल भाद्र १५ गतेबाट विधिवत रुपमा प्रसारणमा आएको यस रेडियोले नुवाकोट गाउ वस्थीमा आफनो आवाज पुराउन सफल भएकोले नुवाकोट जिल्लामा रहेको रेडियोहरु मध्य पृथक खालको पहिचान बनाउन सफल यस रेडियोले सुचना समाचार मनोरञ्जनात्मक कार्यक्रम गित संगित र धार्मिक कार्यक्रम समेत प्रसारण गराई आईरहेको  रेडियोका अध्यक्ष राकेश डंगोलले जानकारी दिनुभएको छ ।

रेडियोलाई गाउ बस्तीका दुरदराजमा पुराई जनताको बालीलाई जस्ताकोतस्तै प्रसारण गर्ने उद्धेश्यका साथ आगामी दिन रेडियोको क्षमता विस्तार गरी दुरदराजमा रहेको जनतालाई सुसुञ्चित बनाउन फेण्डस एफएम सदैव लागिरहने युवासञ्चार नेपालका अध्यक्ष तथा रेडियो संचालक डंगोलले बनाउनुभयो ।

डिजिटल साउन्ड र पछिल्लो पटक नेपालमा भित्रिएको टेक्नोलोजी प्रयोग गरी प्रसारणमा आएको फेण्डस एफएम नुवाकोट, रसुवा ,धादिङ, गोरखा, आसपास मकवानपुर र काठमाडौँका आसपास मा स्पष्ट सुन्न सकिने यो रेडियो  आगामी दिनमा अझ ससक्त रुपमा अगाडि बढने निति लिएको छ ।

बिमस्टेक सम्मेलनमा आजदेखि,उद्घाटन ३:४५ मा,यस्तो छ कार्यतालिका

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा बिहीबारबाट शुरु हुँदै छ । सम्मेलनको बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयको कार्यक्रम–तालिकाअनुसार प्रधानमन्त्री ओलीले उद्घाटसँगै २२ मिनेट मन्तव्य दिनेहुने छ । त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।

बिहीबार पौने ६ बजे पहिलो औपचारिक कार्यक्रम सम्पन्न हुनेछ । बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीले आयोजना गर्ने रात्रिभोजमा सदस्य–मुलुकका कार्यकारी प्रमुख सहभागी हुनेछन् । शुक्रबार बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।

शुक्रबार ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन् । सम्मेलनको अन्तिम दिन बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत ग्रिड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यसैगरी ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकवाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ । त्यसपछि बिमस्टेक घोषणापत्र जारी हुनेछ ।

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या

काठमाडौं । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए ।

‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह गर्‍यौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने, ‘मदनकै बयानका आधारमा भरत बोेहरा र नवराज महरा पक्राउ परे ।’

तर, प्रहरीले कुनै आधार नै नदेखाई पछि नवराज निर्दोष देखिएको भन्दै छाडेको कर्णबहादुरको भनाइ छ । ‘अहिले त झन् घटनालाई आत्महत्या बनाएर मदन र भरतलाई पनि छाड्ने तयारी गरिरहेका छन् । यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको छु । गरिबको पक्षमा प्रहरीले कहिल्यै काम गरेन,’ उनले भने । मदन र भरतले प्रहरीसँगको बयानमा कविताले आफ्नै जुत्ताको तुना जोडेर रूखमा झुन्डिएर आत्महत्या गरेको र आफूहरू फसिने डरले रूखबाट शव झिकेर गाडेको बयान दिएका छन् ।

पक्राउपछि अभियुक्त मदनले नै ३१ असारमा किशोरीको शव गाडेको स्थान देखाएका थिए । कृष्णपुर नगरपालिका–२ वाणीका २१ वर्षीय मदन र २१ वर्षका भरतविरुद्ध २४ साउनमा अदालतमा मुद्दा दायर भएको थियो । २८ साउनमा पहिलो थुनछेक आदेशबाट मदन र भरत पुर्पक्षका लागि थुनामा छन् ।

कक्षा १२ मा अध्ययन गर्ने कविता २६ असारमा किताब किन्न भनेर घरबाट निस्केकी थिइन् । सोही दिनदेखि बेपत्ता कविताको ३१ असारमा कृष्णपुरकै लालझाडी जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानले कविताको हत्या २६ असारमै भएको झलारीका इन्चार्ज प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

१५ दिनमा दुई बालिकाको बलात्कारपछि हत्या
कञ्चनपुरमा १५ दिनको अन्तरमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । २६ असारमा घरबाट किताब किन्न भनेर हिँडेकी कृष्णपुर नगरपालिका– ८ की १७ वर्षीया कविता विष्टको बलात्कारपछि हत्या भएको १५ दिनपछि नै १० साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।

साउनमा मात्रै सात बलात्कार
यस वर्षको साउनमा मात्रै कञ्चनपुरमा बलात्कारका सात घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १ साउनमा पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिलालाई ३० वर्षीय युवक नरेश रानाले जबर्जस्ती बलात्कार गरे । भैँसी चराउन गएकी ती महिलालाई रानाले कोही नभएको मौका छोपी उखुबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए । त्यसक्रममा महिला कराएपछि स्थानीयले घटनास्थलमै पुगेर रानालाई समाती प्रहरीलाई बुझाएका थिए । प्रहरीले रानाविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएको छ ।

पुनर्वासमा उक्त घटना सेलाउन नपाउँदै ४ साउनमै ९ वर्षीया बालिका बलात्कृत भइन् । पुनर्वास–३ का २१ वर्षीय सलिम अन्सारीले घरमा कोही नभएको वेला बालिका बलात्कार गरेका थिए । अन्सारीविरुद्ध पनि कञ्चनपुर प्रहरीले जबर्जस्ती करणीमा मुद्दा चलाएको छ ।

१० साउनमा शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षीया महिलालाई ३२ वर्षीय बिन्तीराम चौधरीले बलात्कार गरे । घरमै सुतिरहेकै अवस्थामा महिलालाई बलात्कार गरी चौधरी भागेका थिए । प्रहरीमा महिलाले दिएको उजुरीका आधारमा चौधरी पक्राउ परेपछि अहिले जबर्जस्ती करणीमा मुद्दा चलाएको छ ।

१६ साउनमा पुनर्वासमै १६ वर्षीया बालिकालाई २६ वर्षीय विकास बुढाले जबर्जस्ती बलात्कार गरे । पुनर्वास–२ की बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै युवकले उखुबारीमा लगेर जबर्जस्ती गरेका थिए । बालिकाले दिएको बयानका आधारमा बुढा पक्राउ परेका थिए । बुढाविरुद्ध जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको छ ।

१९ साउनमा भीमदत्त नगरपालिका–१० जिमुवाकी पाँच वर्षीया बालिकालाई ४० वर्षका लक्ष्मण कोलीले बलात्कार प्रयास गरे । बालिकाकै घरमा गएका कोलीले घरमा कोही नभएको मौका छोपी ती टुहुरी नाबालिकामाथि बलात्कारको प्रयास गर्न खोज्दा बालिका चिच्याइन् । बाहिर स्थानीयले हल्ला गरेपछि भागेका कोलीलाई मकैबारीमा लुकेर बसेको अवस्थामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । उनीविरुद्ध पनि जबर्जस्ती करणअन्तर्गत मुद्दा चलाइएको छ ।

कञ्चनपुरमा बालकसमेत बलात्कारको सिकार भएका छन् । २४ साउनमा कञ्चनपुरको वेदकोटका साढे ५ वर्षका बालक ६६ वर्षीय पुरुषबाटै बलात्कारको सिकार भएका हुन् ।

अधुरै रह्यो आमाले किनेर ल्याएको नयाँ लुगा र चप्पल लगाउने सपना

सल्यान । वागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह विकको नौ जनाको परिवार मंगलबार निक्कै खुसी थियो । उनीहरू सदाभन्दा निक्कै नै खुसी थिए, त्यो खुसी ल्याएको थियो, महिनौंपछि आमा रामकलीले किनेर ल्याएको ‘नयाँ लुगा र चप्पल ।’ दैनिक गुजारा चलाउन धौधौ रहेको विक परिवारले जसोतसो मानो काटेर भए पनि अलिकति रकम जम्मा गरेर नयाँ लुगा र चप्पल किनेर ल्याएका थिए ।

बुधबार बिहान उठेर नयाँ लुगा र चप्पल लगाउने उनीहरूको धोको थियो । तरत्यो धोको कहिल्यै पूरा भएन । मंगलबार राती नै पुरानो रहेको घरको दलिन भाँचिएर घर भत्किदा रामसिंहसहित उनका परिवारका पाँच जनाको मृत्यु भयो । स्थानीय भीम बहादुर विकका अनुसार मृतक रामसिंहको परिवार दिनभर काम गरेर दुई छाक टार्ने परिवार हुन् ।

मंगलबार मात्रै रामकलीले पाँच छोरी, एक छोरा र पति-पत्नीका लागि भनेर नयाँ लुगा र चप्पल किनेर ल्याएकी थिइन् । ‘नयाँ लुगा लगाएर विद्यालय जाने सानानानीहरूको सपना थियो होला । हिजो मात्रै वांगेलाकुरीबाट रामकलीले किनेर ल्याएकी थिइन् तर उनीहरुको त्यो सपना पूरा हुन पाएन,’ स्थानीय भीमबहादुरले भन्नुभयो ।

घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका ४० वर्षीय रामसिंहसहित उनकी पत्नी ३५ वर्षीया रामकली, छोरीहरू सात वर्षीया गंगा विक, ६ वर्षीया प्रमिला र चार वर्षीय छोरा रूपलालको मृत्यु भएको हो । अर्की नौ वर्षीया काइँली छोरी सुनिता भने सामान्य घाइते भएकी छन् । रामलालका ६ छोरी र एक छोरा मध्ये जेठी छोरीको भने बिहे भइसकेको थियो । माइँली छोरी १३ वर्षीया कमला र साइँली छोरी १० वर्षीया पुतला भने साथीको घरमा सुत्न गएकाले बाँच्न सफल भए ।

लगातारको वर्षाका कारण घरको भित्ता कमजोर बनेर भत्किँदा घरको दलानसमेत भाँच्चिएपछि घरको माथिल्लो तलामा सुतिरहेका उनीहरू तल्लो तलामा खसेका थिए । भत्किएको भित्ताले मुख र टाउको च्याप्पिदा निसास्सिएर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेका सल्यानका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले बताउनु भयो । घटना भएको घर जंगलको छेउमा एक्लै रहेको र समयमै खबर आउन नसक्दा उद्धार हुन नसकेको स्थानीयको भनाइ छ ।

चिच्याइरहेको भाइ पनि बचाउन सकिनँ : सुनिता

‘हामी सबै जना रातपर्ने बित्तिकै सुतिसकेका थियौँ । म त मस्त निद्रामा थिए, थाहा पाउँदा मेरो टाउको र चिउँडोमा चोट लागेको रहेछ । पछि थाहा पाएँ हाम्रो घरको दलिन भत्किएको रहेछ । बिउझिने बित्तिकै भाइ चिच्याइरहेको सुनें। दिदी मलाई बचाउनुस भनेर बेस्सरी भाइ कराइरहेको रहेछ ।

त्यसपछि मैले आमाबुबालाई बोलाएँ, तर कोही पनि बोल्नुभएन । नबोलेपछि मलाई लाग्यो बिहान भइसकेको रहेछ । सदाझै बुबाआमा बिहानै उठेर घाँस दाउरा गर्न गइसक्नुभएको होला र नबोल्नुभएको होलाजस्तो लाग्यो ।

म भाइ कराएको ठाउँतिर गएँ । भाइ भत्किएको भग्नावशेषमा च्याप्पिएको रहेछ । निकाल्न खोजेँ तर सकिनँ । जताततै अध्याँरो थियो । नजिकैबाट हँसिया र कुटोले माटो कोट्याएर भाइलाई निकाल्न प्रयास गरेँ, तर सकिनँ । भाइ निकै चिच्याइरहेको थियो । धेरै प्रयास गर्दा पनि निकाल्न नसकेपछि म हाम्रो घरबाट १५ मिनेटको दुरीमा रहेको हजुरबुबाको घर दौडेर गएँ र सबैलाई बोलाएर ल्याएँ । पछि हेर्दा त आमा बुबा र बहिनीहरूसमेत पुरिएर मरिसकेका रहेछन् ।’

साथीकोमा सुत्न जाँदा बचे

पुरिएर पाँच जनाको ज्यान गए पनि माइँली छोरी १३ वर्षीया कमला र साइँली छोरी १० वर्षीया पुतला भने बाँच्न सफल भए । उनीहरू मंगलबार बेलुकी नै साथीको घरमा सुत्न भनेर गएका कारण बाँच्न सफल भएका हुन् । माइँली छोरी पुतलाले भनिन् ‘हामी साथीको घरमा सुत्न भनेर गएका थियौँ, राती एक्कासी घर भत्किएर भाइ च्याप्पिएको खबर सुनेपछि घरमा आएका हौँ ।’

अभिभावकसहित दुई दिदीबहिनी र एक भाइ गुमाएर निक्कै भावविह्वल भएकी पुतलाले भनिन्, ‘घरको दलान पहिले पनि सामान्य हिँड्दासमेत हल्लिने गरेको थियो । घर पुरानो छ भनेर बुबाले भन्नु त हुन्थ्यो तर हामीसँग पैसा थिएन ।’ यसैबीच, घटनास्थल पुगेका प्रमुख जिल्ला अघिकारी कमलराज ढकाल, वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी, जिल्ला प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले पीडित परिवारको लागि सहयोग हस्तान्तरण गर्नुभयो ।

प्रजिअ ढकालले पीडित परिवारका लागि राहत र किरिया खर्चबापत एक लाख सहयोग रकम मृतक रामलाल विकका बुबा देवीलाल विकलाई हस्तान्तरण गरे ।

यस्तै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले नगरपालिकाले पनि पीडित परिवारलाई राहत सहयोग गर्ने बताउनु भयो । उनले पीडित परिवारमा बाँच्न सफल १३ वर्षीया कमला, १० वर्षीया पुतला र नौ वर्षीया सुनिताको पालनपोषण र शिक्षादीक्षाको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभयो ।

महराको नयाँ रुप, संसद रोकेर विदेश घुम्न जाँदै

काठमाडौं ।  मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झण्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठक रोकेर विदेश जाने तयारीमा छन् ।
‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’ मा सहभागी हुन उनी १० सदस्यीय टोली लिएर आगामी २२ गते चीनको ल्हासा जान लागेका हुन् । टोली २७ गते फर्किने कार्यक्रम छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सभामुखको निजी सचिवालयले महरा चीन जान लागेको पुष्टि गर्‍यो । ‘चीन जाने कार्यक्रम तय भएको छ’, सभामुखका प्रेस विज्ञ डिल्ली मल्लले भने । टोलीमा नेकपाकी शान्तिमाया तामाङ, हेमकुमार राई, कांग्रेसकी रंगमती शाही, फोरमका उमाशंकरप्रसाद अरगरिया र राजपाका एकवाल मियाँलगायत ६ जना सांसद छन् ।

असोज २ सम्म मौलिक हकसम्बन्धी १५ वटा विधेयक संसद्ले पारित गरी प्रमाणीकरण भइसक्नुपर्छ । बल्ल एउटा विधेयकमा दफावार छलफल सुरु भएको छ । संविधानको धारा ४७ मा संविधान जारी भएको तीन वर्षमा मौलिक हक कार्यान्वयन गर्ने कानून बनाइसक्नुपर्ने अनिवार्य व्यवस्था छ । आगामी असोज ३ गते तीन वर्ष पुग्दै छ । तर बिमस्टेक सम्मेलन र सभामुखको विदेश भ्रमणका कारण प्रतिनिधिसभा बैठक जम्मा आठ दिन बस्न सक्छ ।

प्रकाण्डलाई फेरी तीन दिन थुनामा राख्न अदालतले अनुमति दियो

१३ भदौ, नुवाकोट ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले तीन दिन थुनामा राख्न बुधबार फेरी तेश्रो पटक अनुमति दिएको छ । अदालतको अनुमति सगै गएको शुक्रबार जिल्ला अदालतमा आगजनी अभियोगमा मुद्धा दर्ता गरी प्रहरी हिरासतमा रहनुभएका पूर्वमन्त्री प्रकाण्डलाई आइतबारसम्म अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

गएको शुक्रबार जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेकोमा अनुसन्धान प्रक्रिया जारी रहेको भन्दै प्रहरीले समय माग गरेपछि जिल्ला न्यायाधीश ऋषीकेश वाग्लेको अनुपस्थिती रहेकाले श्रेष्तेदार शिवप्रसाद बञ्जराले थप तीन दिन अनुसन्धानको लागी नियन्त्रणमा राख्न प्रहरीलाई अनुमति दिनुभएको हो ।

यसभन्दा अघिको समयमा जस्तै, नुवाकोट प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत ६ दिनको लागी समय माग गरेको भएपनि निमित्त जिल्ला न्यायाधीश समेत रहनुभएका श्रेष्तेदार बञ्जराले यो तेश्रो पटक पनि थप तीन दिनको समय थप गर्नुभएको हो ।

गएको साउन २२ गते कठमाडौमा प्रक्राउ पर्नुभएका पूर्वमन्त्री प्रकाण्डलाई विभिन्न अभियोग लगाएर थुनामा राखेको समयमा सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको आदेश दिदै गैहैकानूनी रुपमा थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिएपनि तेश्रो पटक प्रहरीले पक्राउ गरी नुवाकोटमा ल्याएर यहाँको बेलकोटगढी नगरपालिका वडा नं. ९ स्थित सडक निर्माणमा प्रयोग भएको दुई थान स्काभेटरमा जलाएको अभियोग लगाइएको छ ।

बेलकोटगढी नगरपालिकको धमले–दुईपिल सडक खण्डको स्तरोन्नतिको जिम्मेवारी पाएको नागार्जुन कन्स्ट्रक्सन प्रालीको दुई थान स्काभेटरमा आगो लगाउन संलग्न रहेको अभियोगमा प्रकाण्ड विरुद्ध ६ महिना कैद र २ करोड २३ लाख रुपैयाँ मागदाबी सहित अदालतमा दर्ता गरेको आगजनी मुद्धामा कारबाहीको लागी अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभएको छ ।

घटनामा उहाँ सहित नेकपाको महासचिव नेत्रविक्रम चन्द, नुवाकोटका सेक्रेटरी सागर तिमिल्सिना, महिलासंगठनका नेता सबिता तामाङ, नुवाकोट जनसरकार प्रमुख विन्तोष सिलवाल सहित १५ जनालाई विपक्षी बनाइएको छ ।

प्रदेस नं. ३ को नाम ‘नेवाः ताम्सालिङ्ग’ र सरकारी भाषा तामाङ र नेपालभाषा राख्न माग

१३ भदौ, नुवाकोट ।
तीन नम्बर प्रदेशको नाम ‘नेवाः ताम्सालिङ्ग’ र सरकारी भाषा तामाङ र नेपाल भाषा हुनुपर्ने माग गर्दै बुधबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश नं. ३ मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेवार, तामाङ, लगायत आदिवासी जनजाती समुदायको ऐतिहासिक बस्ति र प्रदेसमा समुदायगत, भाषिक, साँस्कृतिक अबस्थालाई निरन्तरता दिन माग गर्दै नेवाः ताम्सालिङ्ग समन्वय समिति नुवाकोटले मुख्य मन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाइएको हो ।

प्रदेशको नाम नेवाः ताम्सालिङ्ग राख्दा द्वन्द पनि मेटिने, पहिचान पनि भेटिने र बहुपहिचानको नाराले समेत सार्थकता पाउने दाबी नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष एवम् नेवा ताम्सालिङ्ग समन्वय समितिका अध्यक्ष जयमान वाइवाले बताउनुभएको छ ।
नेवाः ताम्सालिङ्ग नामाकरणले पिछडिएका समुदायलाई शसक्तिकरण गर्न सहज र  मुलुकको आर्थिक समृद्धिका लागि उत्पीडित एवं पिछडिएका जनतासँगको भाबनात्मक सम्बन्ध बलियो हुने तामाङले बताउनुभएको छ । उहाँको अनुसार ज्ञापन पत्र मार्फत आदिवासी जनजातीको सन्दर्भमा उनीहरुको स्वशासन, आत्मनिर्णयको अधिकार, जल, जमिन र जंगल माथीको प्राथमिक अधिकार, प्राकृतिक श्रोत साधन माथीको अधिकार, उद्योगधन्दा, परियोजनाको कार्यान्ययनलाई सम्बोधन गर्न प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
सरकारी बोलचालीको भाषा प्रदेशका बाहुल्य समुदायहरुले बोल्ने नेपाल भाषा र तामाङ भाषा कायम गर्न नेवाः ताम्सालिङ्ग समन्वय समितिले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रदेशमा रहेका शैक्षिक सँस्थामा आदिवासी समुदायले बोल्ने मातृभाषा शिक्षालाई पाठ्यक्रममा अनिवार्य रुपमा समावेश गर्न माग गरिएको नेवाः देय् दबुका सह संयोजक  रामप्रसाद जोशीले बताउनुभएको छ । मातृ भाषा राष्ट्रको सम्पती भएकोले कामकाजको भाषाको रुपमा तामाङ र नेपाल भाषा उपयोगी हुने भन्दै उहाँले प्रदेश सरकार मार्फत आदिवासी जनजातीको भाषिक, सामाजिक एवं साँस्कृतिक अधिकारलाई संरक्षण र प्रवद्र्धन गर्न प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापा मार्फत प्रदे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेवाः ताम्सालिङ्ग समन्वय समितिले बुझाएको ज्ञापन पत्र प्रदेस सरकारको लागी त्यसको सम्बोधन समेत त्यहाँबाट नै हुने भएकाले छिटो माध्यमबाट पठाइदिने बताउनुभएको छ ।

प्रदेस नं. ३ को नाम, राजधानी सरकारी बोलिचालीको भाषा निर्धारणको लागी भइरहेको अन्योललाई अन्त्य गर्न भन्दै यसभित्र पर्ने १३ वटै जिल्लामा रहेको तामाङहरुकोे छाता सँस्था नेपाल घेदुङ र नेवार समुदायको छाता सँस्था नेवाः देय् दबूले सयुक्त रुपमा सयुक्त रुपमा नेवाः ताम्सालिङ समन्वय समिति गठन गरी आफ्ना माग पूरा गर्न चरणबद्ध रुपमा दबाब दिदै आएको छ ।

सबै जिल्लामा समिति गठन गरी दबाबमूलक कार्यक्रम अन्तरगत  बुधबार प्रदेस भित्रका सबै १३ वटा जिल्लाबाट प्रदेस सरकारलाई ज्ञापन पत्र बुझाएको समितिका केन्द्रीय प्रतिनिधि सुरेन शाक्यले जानकारी दिनुभएको छ ।

अब गाँउगाँउमा हेलिप्याड बन्ने

१२ भदौ, नुवाकोट ।
प्रत्येक स्थानीयमा कम्तिमा एउटा हेलिप्याड बनाउने गरी सरकारले ल्याएको योजना कार्यान्यवनका लागि तयारी तीव्र पारिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले त्यसका लागि हेलिप्याडको डिजाइन गरिरहेको छ ।
नेपाल सरकारले बजेटमाफत नै प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने कार्यक्रम ल्याएर त्यसको लागि झण्डै २० अर्ब बजेट विनियोजन गरेको छ । विभिन्न समयमा हेलिकोप्टरमार्फत घाइते, बिरामी, गर्भवती लगायतको उद्दार गर्न तथा विपदका समयमा राहत वितरणका लागि पुग्न अहिले कठीन हुने गरेको छ ।
नेपाल सरकारले सबै स्थानीयतहमा कम्तिमा एउटा हेलिप्याड बनाउने गरी नीति ल्याएको छ । हेलीप्याड निर्माणले पर्यटन प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । प्राधिकरणको महानिर्देशक सञ्जीव गौतमले हेलिप्याडहरु निर्माणको डिजाइन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
हेलिप्याड निर्माणका खुला स्थान आवश्यक पर्छ भने करिब कम्तिमा ४० मिटरको बर्गाकार जमिन चाहिने भएकाले सरकारले सरकारी जग्गालाई प्रथामिकता दिने र त्यो नपाए अधिग्रहण गरेर प्रक्रिया अघि बढाउने जनाएको छ । सहज रूपमा हेलिकोप्टेर बस्न सक्ने बनाउनको लागी ढलान सहितको सामान्य हेलिप्याड बनाउन ४० लाख रुपैयाँसम्म खर्च लाग्ने सरकारले जनाएको छ ।

पाँच दिनपछि आयो बिजुली, जनजीवन सामान्य बन्दै

अशोक ढकाल
१२ भदौ, नुवाकोट । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण शाखाको लापरबाहीको कारण बिहीबारदेखि अबरुद्ध भएको विद्युत सुचारु भएको छ ।

गएको बिहीबार बिहान लिखु गाउँपालिका वडा नं. १ ढिकुरेमा करेन्ट लागेर एक महिलाको मृत्यु र दुई घाईते भएपछि त्यसको मर्मत गर्न काटिएको लाइन पाँच दिनपछि सोमबार साँझदेखि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । देवीघाटदेखि चौघडा जाने सबस्टेसन ३३ केभी लाइनमा परेर पैदल यात्री तुलसा अधिकारीको मृत्यु भएको थियो भने दुई जना अझै काठमाडौको ग्राण्डी अस्पतालमा उपचार गर्दै आइरहेका छन् ।

बिहीबारदेखि वितरण शाखाले विद्युत लाईन मर्मत सम्भार ढिलाई गरेपछि माथिल्लो भेग लिखु, तादी, शिवपुरी, पन्चकञ्या, दुप्चेश्वर र सूर्यगढी गाउँपालिका विद्युत सेवाबाट बिहिन हुदै आएका थिए । विद्युत सेवा नहुदाँ बत्ति बाल्न, सञ्चार माध्यम रेडियो, टिभी, मोबाइल सेवा सञ्चालन गर्नबाट स्थानीय बासिन्दा बञ्चित भएकोमा विद्युत सुचारु भएपछि कठिनाई भएको दैनिकी सहज हुदै आएको छ ।

पाँच दिनपछि बल्यो विद्युत, जनजीवन सामान्य बन्दै

अशोक ढकाल
१२ भदौ, नुवाकोट । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण शाखाको लापरबाहीको कारण बिहीबारदेखि अबरुद्ध भएको विद्युत सुचारु भएको छ ।

गएको बिहीबार बिहान लिखु गाउँपालिका वडा नं. १ ढिकुरेमा करेन्ट लागेर एक महिलाको मृत्यु र दुई घाईते भएपछि त्यसको मर्मत गर्न काटिएको लाइन पाँच दिनपछि सोमबार साँझदेखि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । देवीघाटदेखि चौघडा जाने सबस्टेसन ३३ केभी लाइनमा परेर पैदल यात्री तुलसा अधिकारीको मृत्यु भएको थियो भने दुई जना अझै काठमाडौको ग्राण्डी अस्पतालमा उपचार गर्दै आइरहेका छन् ।

बिहीबारदेखि वितरण शाखाले विद्युत लाईन मर्मत सम्भार ढिलाई गरेपछि माथिल्लो भेग लिखु, तादी, शिवपुरी, पन्चकञ्या, दुप्चेश्वर र सूर्यगढी गाउँपालिका विद्युत सेवाबाट बिहिन हुदै आएका थिए । विद्युत सेवा नहुदाँ बत्ति बाल्न, सञ्चार माध्यम रेडियो, टिभी, मोबाइल सेवा सञ्चालन गर्नबाट स्थानीय बासिन्दा बञ्चित भएकोमा विद्युत सुचारु भएपछि कठिनाई भएको दैनिकी सहज हुदै आएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web