९ भदौ, नुवाकोट । यहाँको किस्पाङ गाउँपालिका वडा नं. २ सातदोबाटो स्थित फिकुरी बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भट्ट सहित क्याम्पस प्रशासनबाट क्याम्पसको भौतिक पूर्वाधार निर्माण लगायतमा ‘आर्थिक अनियमितता नभएको’ स्पष्ट पारेका छन् ।

क्याम्पसको भौतिक पूर्वाधार निर्माण निर्माणको क्रममा ४० लाख रुपयाँ बजेट बिनियोजित भएकोमा त्यो रकम दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसमा भ्रष्टाचार भएको हवाला दिदै केही अनलाइनमा प्रकाशन भएका खबरलाई राजनीतिक प्रतिशोध साध्ने नियतले केहि व्यक्तिले गरेको झूठो प्रचार भएको विज्ञप्ती मार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भट्टले बताउनुभयो ।

क्याम्पस अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तीमा आफूले क्याम्पसको नेतृत्व पाएपछि सामुदायिक क्याम्पसको रुपमा शैक्षिक अबस्थामा सुधार एवम् भौतिक पूर्वाधार निर्माण गरी जिल्लाकै अग्रणी शैक्षिक सस्थाको रुपमा स्थापित गराउन भइरहेको प्रयासलाई असफल बनाउन अख्तियारमा उजुरी दिएको भन्दै क्याम्पस परिवार विरुद्ध गलत प्रचार गरेकाले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

विज्ञप्तीमा उहाँले आफू नियमबद्ध रुपमा त्रिविको नियम अनुसार क्याम्पस अध्यक्ष भएको र क्याम्पस प्रमुख सुरेन्द्रराज भट्टले पनि तोकिएको मापदण्ड अनुसार क्याम्पस सञ्चालन गर्दै आएकाले पत्रकारिताको नाममा भएको गलत प्रवित्ति र कैफियत भएको प्रयाप्त आधार नभई अख्तियारमा उजुरी दिदैमा भ्रष्टाचार भएको भन्दै पत्रकार आचार संहिताको उल्लघंन गर्दैै केही पत्रकारले गरेको प्रचारले व्यक्तिगत तथा क्याम्पसको बदनाम भएको उल्लेख गरिएको छ ।

क्याम्पसमा अनियमितता भएको भनी उजुरी दिएको जानकारी आफूहरुले सञ्चार माध्यमबाट मात्रै थाहा भएको र अहिलेसम्म क्याम्पसमा जानकारीमा नआएको उहाँले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै, क्याम्पसको भौतिक पूर्वाधार निर्माणको लागी प्राप्त भएको ४० लाख रुपैयाँ अपुग भएकाले थप दश लाख रुपैया बढी बजेटको नमूनायोग्य काम गर्दा अनियमितता भएको भन्दै कपोलकल्पित खबर बाहिर ल्याएको भन्दै भ्रमको पछि नलाग्न विज्ञप्तीमा आग्रह गरिएको छ ।

क्याम्पसका अध्यक्ष भट्टले आफूहरु विरुद्ध बाहिर आएको समाचारको खण्डन छाप्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेपनि केहीले त्यसको बेवास्था गरेको र केहीले चित्तबुझ्दो रुपमा नछापेकाले ती विद्धरु कारबाहीको माग गर्दै हिजो प्रेस काउन्सिल नेपालमा न्यायको लागी उजुरी दिएको बताउनुभएको छ ।

सञ्चारमाध्यमबाट आएका सामाग्रि चित्त नबुझेमा काउन्सिल र अदालत दुवै निकाय मार्फत न्यायको अपिल गर्न सक्ने कानूनी प्राबधान भएकाले पहिलो पटक काउन्सिलमा गएको र आवश्यक परे आफूहरु अदालतमा समेत जान बाध्यहुने क्याम्पसका अध्यक्ष भट्टले बताउनुभएको छ ।

८ भदौ, नुवाकोट । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आगजनी अभियोगको मुद्धामा अनुसन्धान गर्न शुक्रबार नुवाकोट जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

गएको साउन ७ गते बेलकोटगढी नगरपालिका–९ स्थित धमले–दुईपिपल सडक निर्माणको जिम्मा पाएको नागार्जुन कन्सट्रक्सन प्रालिको दुई थान स्काभेक्टरमा आगजनी गरेको अभियोगमा सरकारी वकिलको कार्यालय मार्फत नुवाकोट प्रहरीले अनुसन्धानको लागी सात दिनको म्याद माग गरेकोमा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लले तीन दिनको अनुमति दिनुभएको हो ।

अदालतले तीन दिन थुनामा राख्न अनुमति दिए पश्चात प्रकाण्डले आफू सहित आफ्नो पार्टी र वर्तमान सरकारबीच राजनीतिक असहमति रहेको कारण षडयन्त्र गरी फसाउन जालझेल गरेको प्रतिक्रिया दिनुभयो ।
काठमाडौबाट बिहीबार पक्राउ गरी नुवाकोट पु-याइएका प्रकाण्डलाई डोजर आगजनीमा उहाँ सहित १५ जनाको संलग्नता रहेको दाबी गर्दै त्यसलाई पुष्टि गर्न ‘फोन सम्पर्क’ लगायतमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।

चन्दा माग गरेको र नदिएपछि नेकपा विप्लवको टोलीले दुई थान स्काभेक्टर पूर्णक्षति हुने गरी आगजनी गरेको जिकिर गर्दै पार्टीका प्रवक्ता रहनुभएका उहाँलाई ६ महिना कैद र दुई करोड २३ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबी सहित अदालतमा आगजनी मुद्धा दर्ता गरिएको छ ।

आगजनी मुद्धा दर्ता भएपछि नुवाकोटका एनसेल टावर र जिल्लाको विभिन्न स्थानको निर्माण व्यवसायी एवम् क्रसर उद्योगको डोजरमा भएको आगजनी तथा प्रतिनिधिसभा एवम् प्रदेससभा सदस्य निर्वाचनका उम्मेदवारद्धय डाक्टर रामशरण महत र रमेश महत माथी गएको मंसिर १ मा ककनीमा भएको बम आक्रमण लगायतको संगठित अपराध विरुद्धको मुद्धा समेत ध्यानाकर्षण हुनसक्ने प्रहरीले जनाएको छ ।

७ भदौ, नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नं. १ ढिकुरेमा ३३ केभी प्रशारण लाइनको विद्युतीय तरङ्गले करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

ढिकुरेमा गाढिएको विद्युतीय पोललाई खहरे खोलामा गएराती आएको बाढीले क्षति पु¥-याएपछि झोलिएको तारबाट प्रवाह भएको विद्युतीय तरङ्गले करेन्ट लाग्दा लिखु–१ का २८ वर्षीयाँ तुलासा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा लिखु–१ का ६१ वर्षका लालप्रसाद लामिछाने र बेलकोटगढी नगरपाालिका वडा नं. १२ का मदानपुरका २२ वर्षीयाँ सुदिक्षा पौडेल गम्भीर घाइते भएका छन् ।

उनीहरुको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागी काठमाडौ पठाइएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो ।

तीन साता अघिको बाढीले ढलेको पोल मर्मत गर्ने समयमा विद्युत प्राधिकणको लापरबाहीले पुनः पोल ढलेको र त्यसको जानकारी प्राधिकरणलाई गराएपनि समयमै विद्युत कटौती नहुदाँ दुर्घटना भएको भन्दै घटनाको बिरोधमा स्थानीयबासीले गाडी सञ्चालनमा अबरोध पु-याएका छन् ।

पीडित परिवारलाई उचित क्षतिपूर्ति र विद्युतीय तार अन्यत्र सार्नुपर्ने माग गदैै स्थानीयबासीले जिल्ला सदरमुकाम विदुर सहित नुवाकोट–काठमाडौ सडक खण्डमा गाडी सञ्चालन बन्द गराएका छन् ।

६ भदौ, काठमाडौ । संघीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खारेजी नै गर्ने माग उठिरहेको समयमा यही भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले सीडीओलाई उल्टै शक्तिशाली पदको जिम्मेवारी दिएको छ ।

भदौ १ देखि कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था अनुसार अझै ३४ विषयका मुद्दा सीडीओकै क्षेत्रधिकारमा पर्ने भएका छन् । अहिले सिडियोलाई तोकिएको मुद्धा यही भदौ १ देखि लागू भएको संहिता अनुसार कहाँ लैजाने भएर अन्योल रहदै आएकाले अब पुनः प्रशासन कार्यालयमा नै दर्तादेखि अन्तिम फैसला हुने भएको छ ।

जिल्ला अदालतमा कारबाही चल्ने मुद्दामा लगाउ भएको अवस्था बाहेकका एक वर्षभन्दा कम सजाय हुने मुद्दा सीडीओले हेर्ने भएका छन् । सीडीओले हेर्ने मुद्दाहरुको विवरण कानुन, न्याय तथा संसदीय मन्त्रालय मन्त्रालयले राजपत्रमा प्रकाशनका लागि पठाइसकेको छ भने जिल्लाहरुको प्रशासन कार्यालयमा पनि त्यसलाई सूचनाको रुपमा पूर्व जानकारी गराइसकेको छ ।
संविधानले एक वर्षभन्दा कम सजाय हुनसक्ने फौजदारी मुद्दा हेर्ने अधिकार सीडीओ लगायतका अर्धन्यायिक निकायलाई प्रदान गरेको छ ।

फौजदारी कार्यविधि २०७४ को दफा १६९ ले अपराध संहितामा उल्लिखित मुद्दा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी मुद्दा हेर्ने अधिकारी तोकिदिएको अवस्थामा त्यही अधिकारीले हेर्ने व्यवस्था गरेको छ । संहिताको त्यही व्यवस्था अनुसार राजपत्र प्रकाशन गर्न लागिएको छ ।
तयारी अनुसार अपराध संहिताको दफा ७३ उल्लेखित आवश्यक वस्तु तोडफोड वा हानी नोक्सानीमा सजाय हुने कसुर बाहेकका अन्य सार्वजनिक कसुरका मुद्दा हेर्ने अधिकार सीडीओलाई दिइएको छ । यसैगरी, गैरकानुनी भेला गर्न नहुने, भेला रोक्न जारी आदेश भङ्ग गर्ने, हुलदङ्गा गर्न दुरुत्सान दिने, सार्वजनिक स्थानमा शान्ति खलल पार्ने लगायतका कसुरका मुद्दा पनि यसअघि जस्तै सीडीओले हेर्ने अधिकार दिइएको छ ।
यस्तै, अपराध संहिताको दफा ६६ को राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने, दफा ६९ को कफ्र्यू उल्लङ्घन गर्न नहुने, दफा ७० को झुठा अफवाह फैलाउन नहुने, दफा ७१ को शान्ति भङ्ग गर्न घरजग्गा वा सवारी दिन नहुने र दफा ७२ को संवेदनशील सार्वंजनिक क्षेत्रमा मसाल जुलुस गर्न नहुने विषयका मुद्दा पनि सीडीओको अधिकारमा नै दिइएको छ ।
यस्तै, मुलुकी अपराध संहिताको दफा ८४ को झुठा जानकारी दिन नहुने, दफा ८५ को बाधा विरोध गर्न नहुने, दफा ८६ को राष्ट्रसेवकलाई मद्दत गर्न इन्कार गर्न नहुने, दफा ८७ को आदेशको अवज्ञा गर्न नहुने विषयसँग सम्बन्धित कसुरका मुद्दा हेर्ने अधिकार पनि सीडीओलाई हुनेछ ।
यस्तै, दफा ११३ को सार्वजनिक बाटो नदी वा स्थलमा खतरा पु¥याउन नहुने, दफा ११६ को पशुपन्छी राख्दा लापरबाही गर्न नहुने, दफा ११७ को पशुपन्छी छाडा छाड्न नहुने, दफा ११८ को अभद्र व्यवहार गर्न नहुने, दफा १२२ को सार्वजनिक स्थलमा यौनाङ्ग प्रदर्शन गर्न नहुने, दफा १२३ को सार्वजनिक स्थलमा यौन क्रिया गर्न नहुने विषयसँग सम्बन्धित कसुरका मुद्दा पनि सीडीओको अधिकारमा राखिएको छ ।

यस्तै, संहिताको दफा १२४ को सार्वजनिक उपद्राईं गर्न नहुने, दफा १२५ को जुवा खेल्न नहुने सम्बन्धी कसुरका मुद्दा यसअघि अदालतमा रहेकोमा अब सीडीओको अधिकार अन्तरगत प्रदान गरिएको छ । दफा १२५ को उपदफा ४ अन्तर्गत तथा सट्टेबाजी गर्न नपाइने भनेर ठूलो प्रकारणको जुवालाई भने अदालतमा नै कायम राखिएको छ ।

यस्तै, संहिताको दफा १६५ मा समाजिक रीति स्थितिमा खलल पार्न नहुने, दफा २९० को पशुपन्छी प्रति निर्दयी व्यवहार प्रकट गर्न नहुने र दफा २९१ को सार्वजनिक स्थलमा पशु वा पन्छी मार्न नहुने विषयसँग सम्बन्धित कसुर पनि सीडीओलाई नै प्रदान गरिएको छ ।
यस्तै, फौजदारी संहिताको परिच्छेद तीनमा रहेको ‘सार्वजनिक अधिकारीको अख्तियारको अवज्ञा सम्बन्धि कसुर’को दफा ७५ को पक्राउ पूर्जी जारी गर्दा, तामेलीमा बाधा पु-याएको, दफा ७६ को अदालत वा न्याय क्षेत्रको सूचना बुझ्न इन्कार गरेको वा बाधा पु¥याएको, दफा ७७ को आदेश तामेल गर्न नदिई छली हिँडेको, दफा ७८ को म्याद सूचना च्यातेको वा उप्काएका विषयसँग सम्बन्धित कसुरमा पनि लाग्ने मुद्दा पनि सीडीओले नै हेर्ने भएका छन् ।

यस्तै, दफा ७९ को झुठो तरिकाले म्याद तामेल गरेको, दफा ८२ को शपथ गर्न इन्कार गरेको, दफा ८३ को जवाफ दिन इन्कार गरेको दफा ९८ को झुठा उजुरी दिएको, र दफा १०० को जमानत शर्तविपरीत अनुपस्थित रहेको विषयसँग सम्बन्धित विवादका मुद्दा पनि सीडीओले नै हेर्ने भएका छन् ।

यसैबीच, देवानी संहिताको दफा ८० मा उल्लेख भए अनुसार विवाद दर्ता सम्बन्धि व्यवस्था भने यसअघि सिडियोमा रहेको यही भदौ १ गतेदेखि जिल्ला अदालतमा सारिएको छ ।

अहिले जारी भएको मुलुक देवानी संहिता र फौजदारी संहिताले यसअघिको भन्दा सिडियोलाई थप मुद्धाको अधिकारमा बलियो बनाएको छ । यसअघि सिडियोले हातहातियार खरखजनामा मात्र कैद सजाँय तोक्दै आएकोमा अहिले त्यो बाहेक अन्य मुद्धामा पनि एक वर्षसम्मको कैद सजाँय र एक लाख रुपैयाँ जरिवाना गर्ने अधिकार प्राप्त गरेका छन् ।

६ भदौ, नुवाकोट । विदुर नगरपालिका स्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध बनेको पासाङल्हामु राजमार्गको ढुङ्गे–वेत्रावती सडक सञ्चालनमा आएको छ ।
अस्थायी डाइभर्सन बनाएर मंगलबार अपरान्हदेखि सबै प्रकारका गाडी सुचारु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अस्थायी सडक निर्माणको काम आइतबार साँझदेखि सुरु गरेर दिनरात लगाएर सानाठूला सबै गाडी सञ्चालन गर्न सकिने गरी पक्कि पुल बगाएको भन्दा केही माथीबाट सञ्चालनमा ल्याइएको हो ।
नुवाकोटबाट रसुवा जाने सडक खण्ड अन्तरगत विदुर नगरपालिकाको वडा नं. १ र वडा नं.१० जोड्ने गेर्खुखोलाको पुल बगाएपछि अबरुद्ध सडक सञ्चालनमा आएसगै आइतबारदेखि रोकिएका गाडीहरु हिजोेसाँझसम्ममा नै गन्तव्य तर्फ लागेका छन् ।
अहिले निर्माण गरेको अस्थायी कल्भर्टले साना गाडी सञ्चालनमा सहज भएपनि ठूला एवम् भारवहन गाडीको लागी भने केही असहज भएकाले पूर्ण रुपमा सहज हुनेगरी सञ्चालन गर्न केही दिन लाग्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । अस्थायी कल्भर्ट बनाएर गाडी सञ्चालनमा गेर्खुकै तिरतिरे भीरमा पहिरो बगिरेकाले त्याहाबाट गाडी सञ्चालन सहज बनाउन भने कठिनाई देखिएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभएको छ ।

रामहरि न्यौपाने,
५ भदौ नुवाकोट । रसुवामा निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माणको कार्य सम्पन्न भएको छ । सिभिल संरचना निर्माणको जिम्मा लिएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई) ले आयोजनाको चार हजार १८५ मिटर लम्बारको मुहानदेखि विद्युत गृहसम्मको हेडरेस सुरुङको आइतबार ‘ब्रेक थ्रू’ गरिएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए ।

उनको अनुसार सात मिटर गोलाकार सुरुङको दोस्रो अडिटबाट तल तथा तेस्रोबाट माथि पर्ने दुई हजार ३०३ मिटर लामो खण्ड दुई हजार ९०५ मिटर विन्दुमा पुगेर आइतबार जोडिएको हो

“मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथि एक हजार ८८२ मिटर खण्ड गत बैशाख पहिलो साता पूरा भएको थियो ।” गैरेले भने “सुरुङ निर्माणको कार्य पूरा भएसगै ठेकेदार मार्फत अब आठ महिनाभित्रै सुरुङको ढलान पूरा गरी आयोजनालाई हस्तान्तरण हुनेछ ।”

विसं २०७१ मंसिरबाट खन्न सुरु गरिएको सुरुङ साढे तीनवर्ष अवधिमा पूरा गर्ने लक्ष्य भएपनि विसं २०७२ वैशाखको विनासकारी भूकम्प, भारतीय नाकाबन्दी र भोटेकोसी नदीमा आएको बाढीले प्रभावित भएर नयाँ लक्ष्य विसं २०७६ फागुन मा पूरागर्ने नयाँ लक्ष्य छ ।
उक्त आयोजनाको पहिलो युनिट विसं २०७६ पुस, दोस्रो युनिट माघ र तेस्रो युनिट फागुनबाट सञ्चालन गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले बताए । उनको अनुसार आयोजनाको समग्र काम हाल ६८ प्रतिशत पूरा भएको छ ।
१३ अर्ब ६४ करोड रुपैयाँ लगानीमा सन् २०१४ देखि निर्माण शुरु भएकोे आयोजनामा हाल सात सय कामदार कार्यरत छन् ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी चिलिमे–त्रिशूली हब सबस्टेसनमा जडान गरी केन्द्रीय प्रशारण लाइनमा जोड्न काम थालिएको छ । सबस्टेसनसम्मको दश किलोमिटर प्रसारण लाइन आयोजना आफैंले निर्माण सुरु गरेको छ । प्रसारण लाइन निर्माण गर्ने जिम्मा मुडबरी एन्ड जोशी कम्पनीलाई दिइएको छ ।

३ भदौ, विदुर । पासाङल्हामु राजमार्ग अन्तरगत नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको पक्किपुल गेर्खु खोलाले बगाएपछि गाडी बन्द भएको छ । पुल बगाएपछि नुवाकोटबाट रसुवा हुदै रसुवागढी–केरुङ जाने सवारीसाधन रोकिएका छन् ।
शनिबार राती आएको बाढीले विदुर नगरपालिकाको वडा नं. १ र वडा नं. १० जोड्ने पक्कि पुलको दुवै तर्फको पर्खालमा क्षति पु-याएर र दुई मध्ये एकवटा पिल्लर समेत बगाएपछि पुलबाट पैदल यात्रु समेत हिडन् सक्ने अबस्था नभएको नुवाकोट प्रहरी प्रमुख बसन्त बहादुर कुंवरले जानकारी दिनुभएको छ ।
बाढीले पुल पूर्ण रुपमा क्षति पु¥याएपछि ठप्प भएको गाडी सञ्चालन गर्न बैकल्पिक स्थानको खोजी गरी काम सुरु गर्न लागिएको डिभिजिन सडक कार्यालय नुवाकोटले जनाएको छ । अन्तराष्ट्रिय नाकाको रुपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना अन्तरगत अहिले पुल बगाएको स्थानसँगै नयाँ पुल निर्माणको काम बल्ला सुरु भएकाले गाडी सञ्चालन गर्न बैकल्पिक स्थानको छनोट गर्न समेत समस्या देखिएको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले जानकारी दिनुभएको छ ।
सडक अबरुद्धहुदाँ चीनको केरुङ र रसुवाबाट नुवाकोटहुदै काठमाडौ आउने गाडीहरु सबै बेत्रवतीमा रोकिएका छन् । गाडी सञ्चालन प्रभावित हुदाँ केरुङबाट स्याऊ लगायतका फलफूल ल्याएका व्यवसायी चिन्तित बनेका छन् ।

जगदिश खनाल, नुवाकोट । नुवाकोटको थानसिंह आसपासका नागरिकहरुले निर्माण सामाग्रिको सहज उपलब्धता गराउनदेखि स्थानीयतहले लगाएको करको सीमा बढी भएको भन्दै प्रहरी प्रशासन समक्ष गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिहीबार लिखु गाँउपालिका वडा नं. ६ थानसिंहको छहरे बजारमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा सहभाग भएका लिखु गाँउपालिका, पञ्चकन्या गाँउपालिका, शिवपुरी गाँउपालिका लगायतका स्थानका बासिन्दा निर्माण सामाग्रिको ओसारप्रसारमा देखिएको अन्योलता अन्त्य गर्न प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

नागरिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकांश स्थानीय क्षेत्रमा सरोकार राख्दै आएका तथा जानकार राख्ने नागरिकहरुले नुवाकोट प्रहरीले पछिल्लो समय पु¥याउदै आएको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत अहिलेको जसरी नै शान्ति सुरक्षाको प्रत्याभूती हुने वातावरण सिर्जना गर्न सुझाब दिएका छन् ।

स्थानीयबासीले भूकम्पले क्षति पुगेको घर निर्माणको लागी खोलाबाट बालुवा झिक्नको लागी प्रहरीले समस्या बनाउदै आएको र आफूले झिकेको बालुवा आफैलाई प्रयोग गर्न ल्याउनको लागी समेत भ्याट बिल माग्ने गरेको भन्दै निर्माण सामाग्रिको ओसार पसारमा सहजता अपनाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

यसैगरी, छहरे हुदै काठमाठौ जान पछिल्लो समय ट्रिपरलाई पूर्ण रुपमा रोक लगाएको भन्दै त्यसलाई खुला गर्ने व्यवस्था मिलाइदिन प्रशासनको ध्यानाकर्षण उनीहरुले गरेका छन् । सडक संरचना कमजोर भएको बाहना बनाएर ट्रिपर सञ्चालन बन्द गर्नु जायज नभएको भन्दै छहरेबाट टोखा निस्केर काठमाडौ जान लगाएको रोक तत्कालै अन्य गर्न माग गरेका छन् ।

यसैगरी, स्थानीयबासीले अहिले स्थानीयतहले लगाएको एकीकृत कर र व्यवसायिक करको सीमा निकै धेरै भएकाले घटाउनको लागी पहल तथा समन्वयन गरिदिन प्रहरी र प्रशासनले ध्यान दिनुपर्ने, नगारिकता बनाउनको लागी प्रहरीले गर्ने सर्जिवन मुचुल्का वडा कार्यालयमा भएमा सहजता मिल्ने, घरेलु मदिरा नियन्त्रण, जुवा तास बन्द, गाँजा लगायतका अबैध जन्य सामाग्रिको नियन्त्रणमा ध्यान दिन प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयबासीले राखेको जिज्ञासाको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले ट्रिपर नियन्त्रणको लागी नुवाकोटबाट नभई काठमाडौबाट भएको निर्णयको कार्यान्वयन गरिएको भन्दै यहाँबाट सञ्चालनको लागी सहजिकरणको प्रयास भइरहेको बताउनुभएको छ । यसैगरी नुवाकोटका प्रहरी प्रमुख बसन्त कुंवरले प्रहरीको भूमिका कानूनको कार्यान्वयन गराउन पाएको आदेश पूरा गर्नुपर्ने भन्दै नदीजन्य सामाग्रिको अबैध ओसारपसार, लागूपदार्थ जन्य सामाग्रिको नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ ।

कार्यक्रमम लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठले स्थानीयतहले पाएको अधिकार अनुसार नदीजन्य लगायतका निर्माण सामाग्रीमा गाँउसभा मार्फत सकेसम्म न्युनतम कर लगाएर ओसारपासारलाई बैधानिकता बनाउन सहजता पु¥याउदै आएको बताउनुभएको छ । उहाँले करको बृद्धिको भन्दा पनि संकलन भएको करको सही रुपमा कार्यान्वयन गराउन तर्फ सहयोग गर्न र दुरुपयोग भएमा मात्र बिरोध गर्न आग्रह गर्नुभएको छ ।
लिखु गाउपालीका वडा नं ६ का वडाअध्यक्ष हरिशरण लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा लिखु गाँउपालिका उपाध्यक्ष रोजिना राई, पञ्चकन्या गाँउपालिका उपाध्यक्ष सिता खड्का सहित लिखु, पञ्चकन्या, शिवपुरी गाँउपालिकाको विभिन्न वडाका जनप्रतिनिधहरुको सहभागिता रहेको थियो ।

३० साउन, नुवाकोट । म्यागङ गाँउपालिका वडा नं. २ बुङताङबाट त्रिशुलीतर्फ आउदै गरेको बस विदुर नगरपालिका वडा नं. ९ लामाटारमा बुधबार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ५६ जना घाइतेको उपचार जारी रहेको छ ।
बुङताङबाट त्रिशूली आउदै गरेको पासाङल्यामु यातायात सेवा समितिको बा.२ ख २८०४ नम्बरको बस लामाटारमा मिनीट्रकलाई बाटो दिने क्रममा दुर्घटना हुदाँ गम्भीर घाइते भएका मध्ये विदुर नगरपालिका वडा नं. ७ महादेवखर्कका मोतीमाँया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

५६वर्षका तामाङको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारको लागी हेलिकोप्टर मार्फत ग्राण्डी अस्पताल काठमाडौमा पु-याएको केही समयमै मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकाहरु घिसिङ तामाङ, वीरबहादुर विश्वकर्मा, पूर्ण लामा, होमबहादुर लामा, प्रेमसिंह तामाङ, उत्तम तामाङ, बिबामायाँ तामाङ र मंगली तामाङको काठमाडौ विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको अनुसार बाँकी ४८ जना घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । घाइते भएका ४० जना पुरुष र १६ जना महिला अधिकांश बुङताङ, देउराली र साल्मेका स्थानीय बासिन्दा परेका छन् ।

त्रिशूलीबाट निर्माण सामाग्रि बोकेर भैरमकोट जान लागेको मिनीट्रकले लामाटारको उकालेमा बाटो नदिएपछि ‘साइड’ दिन पछि हटेको बस अघिबढ्ने क्रममा सडकको छेउ भासिएर दुर्घटना हुदाँ करिब ५० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ८ बजे बुङताङबाट त्रिशूलीतर्फ यात्रु लिएर आइरहेको बस त्रिशूलीबाट भैरमकोटतर्फ जान लागेको मिनीट्रकले बाटो नदिएपछि पछि हटेको बस अघि बढाउने क्रममा सडकको डिल भासिएर दुर्घटनामा परेको बसको धनी बुङताङका मानबहादुर तामाङले जानकारी दिनुभयो । कच्चि सडक र उकालो समेत रहेको भन्दै मिनीट्रकले पछि हट्न नमानेपछि यात्रुले भरिभराउ भएको बस पछि हटेर मिनीट्रकलाई अघि बढ्न दिएको थियो । मिनीट्रकलाई जान दिएपछि अघि बढ्न खोजेको बस सडकको डील भासिएर दुर्घटनामा परेको प्रत्यक्षदर्शी भगवती सुनारले बताइन् ।

यो पनि पढ्नुहोस् । नुवाकोटमा बस दुर्घटना, ५७ जना घाइते, आठ जनालाई काठमाडौ पठाइयो

३० साउन, नुवाकोट । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं. २ बुङताङबाट त्रिशुलीतर्फ आउदै गरेको बस विदुर नगरपालिका वडा नं. ९ लामाटारमा आज बिहान पौने १० बजे दुर्घटना हुदाँ ५७ जना यात्रु घाइते भएका छन् ।
दुर्घटना गम्भीर घाइते भएका आठ जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारको लागी काठमाडौ पठाइएको छ । बुङताङबाट त्रिशूली आउन लागेको बा.२ ख २८०४ नम्बरको बस लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुदाँ चालक ज्ञानबहादुर तामाङ सहित ५७ जना घाइते भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो ।

प्रहरीले तयार गरेको जिल्ला अस्पताल त्रिशूलीमा भर्ना भएका घाइतेहरुको नामावली ।

बाँकी घाइते बाँकी ४९ जनाको जिल्ला अस्पताल त्रिशूलीमा नै उपचार भइरहेको छ ।
प्रहरीको अनुसार घाइते ४० जना पुरुष र १७ जना महिला छन् भने उनीहरु अधिकांश बुङताङ, देउराली र साल्मेका स्थानीय बासिन्दा रहेका छन् ।
त्रिशूलीबाट निर्माण सामाग्रि बोकेर भैरमकोट जान लागेको मिनीट्रकले लामाटारको उकालेमा बाटो नदिएपछि साइट दिन पछि हटेको बस अघिबढ्ने क्रममा सडक भासिएर दुर्घटना हुदाँ करिब ५० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौं । पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको देखिन्छ । मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ । यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हुन पुग्छन्,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने ।

गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन् । २ हजार २ सय ८७ सर्वसाधरण घाइते भए । ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए । १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन् ।

गृहको तथ्यांकअनुसार ७ वर्षको अवधिमा प्राकृतिक विपद्मा १२ हजार ७ सय ६२ ले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा धेरै ०७२ मा भूकम्पका कारण क्षति भएको छ । भूकम्पमा मात्रै ८ हजार ९ सय ७० जनाको त ज्यान नै गयो ।

सात वर्षमा प्राकृतिक विपद्मा बेपत्ता हुनेको संख्या एक हजार पुगेको छ । बेपत्ता हुने पनि सबैभन्दा धेरै भूकम्पकै वेला धेरै छन् । यस अवधिमा मुलुकभर १ सय ९७ सर्वसाधारण बेपत्ता हुन पुगेका थिए ।

प्राकृतिक विपद्मा मात्रै प्रत्येक वर्ष कम्तीमा सवा ३ अर्बको धनमाल क्षति हुने गरेको छ । गृहको तथ्यांकअनुसार प्रत्येक वर्ष सबैभन्दा धेरै बाढी, पहिरो र आगलागीका कारण धनजनको क्षति हुने गर्छ । गत वर्ष मात्रै २ अर्ब ५९ करोड ९१ लाखबराबरको क्षति भएको थियो । यो विपद्मा ३३० ले ज्यान गुमाए ।

काठमाडौं । कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।
गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्री गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरूले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् । ‘हामीबाट खरिद गर्ने व्यवासयीले कर तिर्दैन् तर, हामीले तिर्नुपरेको छ’, वैतडी सिद्धपुरका गणेश धामीले भने ।