वास्तविक गरिव छुटाउदै पावर लगाएर पूर्वमन्त्री र करोडपतिहरू गरिवको सूचीमा

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन् ।

खड्का परिवार गरिबको सूचीमा छ । तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन् । बाजुराका जनकराज गिरीको परिवार पनि अति गरिबको सूचीमा छ । गिरी पूर्वभूमिसुधार सहायकमन्त्री हुन् । बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टदेखि बुढीनन्दा नगरपालिका–१ का अध्यक्ष नृपराज दुवैजना गरिबको सूचीमा छन् ।

पहिलो चरणमा बाजुरा, बझाङ, कैलालीसहित २५ जिल्लमा गरिब परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराउने सरकारी नीति छ । २०७० सालमा संकलित तथ्यांकअनुसार गरिबको सूची बनाइएको छ । गरिबलाई पनि तीन वर्गमा छुट्याएर तीन महिना पनि खान नपुग्ने अति गरिबको सूचीमा राख्ने नीति छ ।

तर संकलित सूचीमा रहेका सबै वास्तविक गरिब भने छैनन् । हचुवाको भरमा तथ्यांक संकलन गरिएकाले गरिब घरपरिवार सूचीमा पर्न नसहेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

दोधारा चाँदनीको सुन्दरनगर र शान्तीटोल डुबानमा,दर्जन परिवारको बिचल्ली(फोटो/भिडियो)

पप्पु गुरुङ्ग, दोधारा ।  भारतले
नाङ्ला स्केपको ढोका खोले पछि जगबुडा नदीमा आएको बाढले दोधारा चाँदनीको २
बस्ती डुवानमा परेको छ् । गए रातीबाट आएको अबिरल वर्षा संग जगबुडा नदीमा
आएको बाढी ओभर फ्लो भएर माहाकाली नगरपालिका वडा नं. १० शान्ती टोल र वडा
नं. ८ सुन्दरनगर बस्ती जलमग्न भएको छ् । आज अपरान्ह देखि जगबुडा नदीको
जलस्तर बढेर बस्तीमा पानी पस्न थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र
स्थानियहरुले बाढीमा फसेकाहरुलाई उद्धार गर्न थालेका स्थानियहरुले बताएका
छन् ।

बाढीको क्षतिको बारे यकिन भईनसकेको बताएको
छ् । उनिहरुलाई सकुशल उच्च सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ् ।
डुबानका कारण कच्ची घर भत्कन थालेको, निर्माण सामग्री, बाली, अन्नपात र
अन्य सामग्रीको क्षति भएको माहाकाली नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष
ओंम प्रकाश रोकायाले जानकारी दिएका छन् । २०४६ साल पछिको भिषण बाढी भएको
वडा अध्यक्ष रोकायाले बताएका छन् ।

सुन्दरनगरमा परबिन्द्र रोकाया, गोपी
गुरुङ्ग, करन थापा मगर, शेर बहादुर गुरुङ्ग, निरज पुन, पुरन पुन, ज्ञान
सिंह सारु मगर, गोरे बुढा मगर, पुरन राना मगर, दिपेश सारु मगर, गोरे मगर
लगाएको घरमा जगबुडा नदीको पानी पसेको वडा नं. ८ का वडा अध्यक्ष ओंम प्रकाश
रोकायाले जानकारी दिएका छन् । ‘निकै बिचल्ली भएको छ् । अपरान्ह करिब १ बजे
तिरबाट नदीको पानी बस्तीमा पस्न थालेको हो’ वडा अध्यक्ष रोकायाले भने ।

बाढीका कारण घरमा राखिएका विभिन्न सामान
सहित निर्माणका सामग्री बगाएको छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र
स्थानियहरुको सहयोगमा उनिहरुलाई सुरक्षित स्थानमा सारिएको बताईएको छ् ।
आसपास क्षेत्रका लहरे र तरकारी बालीमा समेत नोक्सानी पुगेको छ । यस्तै
जगबुडा नदी बस्ती पसेपछि माहाकाली नगरपालिका वडा नं. १० को शान्ती टोलका ४०
घरपरिवार डुबानको चपेटामा परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल
बोडर आउट पोष्ट दोधारा चा“दनी अनुसार शँन्त्ी टोलमा ५ घर बिस्तापित भएको
बताएको छ् ।

प्रहरी अनुसार करिब १ सय भन्दा बढी घर
प्रभाबित भएको छ् । नदीको बहाव अझै तिब्र भएको कारण तटिय क्षेत्रमा बसोबास
गर्ने सबै स्थानियहरुलाई सजग रहन तथा सुरक्षित स्थानमा बस्न प्रशासनले
आग्रह समेत गरेको छ् । बिस्तापित भएका एक दर्जन परिवारहरु आफन्त तथा
सुरक्षित स्थानमा बसेका छन् भने केहीलाई घरमा भान्सा गर्ने अवस्था समेत
नरहेको स्थानियहरुले बताए ।

जगबुडा नदीको किनारमा रहेका बस्तीका धेरै
घर डुबानमा रहेको माहाकाली नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर
सुनारले जानकारी दिए । माहाकाली नगरपालिका क्षेत्रमा आएको बाढीको कारण
फसेकाहरुलाई उद्धार कार्यमा सहयोग गर्न सबैलाई अपिल गरेको माहाकाली
नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता
दिल बहादुर सिजालीले बताएका छन् ।

‘हामी तत्काल कार्यपालिकाको बैठक ढाक्ने
तयारीमा छौं’ माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली
नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए । गए राती देखि आएको
अबिरल वर्षाका कारणले आफ्नो गाँउमा बाढी आएको र बालबालिका सबै भन्दा बढी
प्रभावित भएको स्थानिय तमान सिंह गुरुङ्गले बताए ।

उता माहाकाली नगरपालिका वडा नं. १०
नेपाल–भारत सिमा क्षेत्रमा गासिएको जगबुडा पारीको बस्ती अठार नम्वर पिल्लर
बस्तीको अवस्था अज्ञात रहेको बताएको छ् । अधिकांश माहाकाली र जगबुडा नदीको
तटिय क्षेत्रमा बासोबास गर्ने बासिन्दा बाढीको डर त्रासमा छन् । असार देखि
असोज सम्म माहाकाली नगरपालिकाको नदि किनारका बासिन्दा बाढीको डर त्रासमा
दिन कटाउने गर्दछन् ।

उनीहरु भन्छन– ‘माहाकाली र जगबुडा तटबन्ध
कार्य ब्यवस्थीत नभएको कारण माहाकाली र जगबुडा नदीको तटिय क्षेत्रमा बसाबास
गर्ने स्थानियहरु उच्च जोखिममा छन’ माहाकाली र जगबुडा नदीका बस्तीमा
मानविय तथा धनमालको क्षती गर्दै आएपनि यसको दिगो समाधानको लागि यस बर्ष पनि
सरकारले नया“ योजना भने ल्याएको छैन । यस क्षेत्रको लागी बर्षेनी लाखौ
रुपैया तटबन्ध गर्नमा खर्च गरेपनि माहाकाली नदी र जगबुडा नदीको तटिय
क्षेत्रमा बसोबास गर्ने बेखबर बन्दै आएको जानकारहरु बताउछन् । साउनमा झरी
संगै बाढीको प्रवल सम्भावना रहने हुनाले पनि कुतियाकवर, सुन्दरनगर, शान्ती
टोल, बैतिफा“टा लगाएत आसपासका बस्ती अत्यन्त जोखिममा रहेको जानकारहरु
बताउछन् ।

बैलबन्द तटबन्ध फुट्ने खतरा

दोधारा चाँदनी नगरपालिका वडा नं. १ नजिक रहेको बैलबन्दमा महाकाली नदीको
बाँध फुट्न थालेपछि स्थानीय त्रसित बनेका छन् । महाकाली नदीले ४ वटा स्पर
बगाए पछि स्थानियहरुमा त्रास श्रजना भएको हो । समाचार तयार पारुन्जेल
बेलबन्द नजिक महाकाली तटबन्दमा तारजाली बगाउन थालेपछि नेपाल प्रहरी,
सशस्त्र प्रहरी र स्थानीयवासी पुगेका छन् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट
पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक भुप बहादुर राना अनुसार नदीले ४ वटा
तारजाली बगाउनुको साथै नदीको बहाव तिब् हुदै आएको बताएका छन् । दोधारा
चा“दनी स्थित रहेका सबै सुरक्षा सयन्त्र उच्च सतर्क बसेका छन् । तटबन्ध दिउसै देखि तारजाली नदीले बगाउन
लागेको स्थानिय दिल बहादुर सिंहले बताएका छन् । तटबन्ध फुटे दोधारा
चा“दनीका मुख्य बस्ती ठुलो त्राशद्धी मच्चाउने निश्चित भएको जानकारहरु
बताउछन् ।

खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी, खारेज भनिएका संस्थाबाटै स्वास्थ्य परीक्षण

काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् । ०७१ अघिसम्म गाम्का नेपालले साउदी अरेबिया जाने कामदारको स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरेको थियो । त्यसयता भने गाम्कामा आबद्ध मेडिकलले बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा समेत सिन्डिकेट विस्तार गरेका छन् । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।

रोजगारका लागि गल्फ मुलुकहरू साउदी अरब, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा १२ वटा संस्थाको सिन्डिकेटको एकाधिकार छ ।गल्फ कोअपरेसन काउन्सिल (जिसिसी)ले १७ फागुन ०७४ बाट साउदी, ओमन र बहराइन जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि लागू गरिएको मेडिकल सेन्टरको एसोसिएसन (गाम्का) खारेजीको घोषणा गरेको थियो । खाडी राष्ट्रका लागि गराइने ‘पूर्वमेडिकल परीक्षण’का लागि गाम्काकै वेबसाइटमा अनलाइन बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमार्फत गाम्कामा आबद्ध मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यात्मक अवस्था अहिले पनि कायम छ ।

निजामती कर्मचारीमा ठूला हाकिमहरूले निकाले बखेडा, सानालाई हुनेछ तनाव

काठमाडौं । बहालवाला सहसचिव र सचिवहरूको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुराउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० वर्ष प्रस्तावित गरिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

ऐनको धारा ५० मा ६० वर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउने व्यवस्थ छ ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको पालामा तत्कालीन समान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीको अवकाश उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो ।

विधेयक पुनरावलोकनका क्रममा ६० वर्ष उमेर हदको प्रस्तावलाई हटाएर पुनः ५८ वर्ष नै राखिएको थियो । अहिले फेरि ६० वर्ष प्रस्तवित गरिएको छ ।

प्रदेश सरकारलाई अर्को झट्का, अधिकार केन्द्रमै

काठमाडौं ।  केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ । कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले प्रदेशलाई उपसचिवसम्मका कर्मचारीको मात्रै सरुवा अधिकार दिने निर्णय गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

केन्द्रको निर्णयका कारण प्रदेश सरकारहरूले आफ्नै मन्त्रालयका सचिवसमेत हेरफेर गर्न पाउने छैनन् । प्रदेशका मन्त्रालयमा सहसचिव नै सचिव हुने व्यवस्था छ । सहसचिवको दरबन्दी तोक्ने र सरुवा गर्ने काम अब केन्द्रले नै गर्नेछ ।

मन्त्रिपरिषद्ले प्रदेशका लागि स्वीकृत दरबन्दीभित्रका उपसचिवसम्मका सम्पूर्ण कर्मचारीलाई प्रदेश सरकारले आफ्नो मन्त्रालय र मातहतका कार्यालयमा सरुवा र खटनपटन गर्न सक्ने अख्तियारी दिएको जानकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिए । प्रदेशमातहत दरबन्दी सिर्जना गरिएका राजपत्रांकित दोस्रो श्रेणी (उपसचिव) र उपसचिवभन्दा मुनिका कर्मचारी अब एकमुस्ट रूपमा प्रदेश सरकारलाई पठाइनेछ ।

रहेनन् साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधि

काठमाडौं  । लामो समयदेखि मिर्गौला रोगबाट पीडित साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।  यज्ञनिधिको शुक्रबार निधन भएको हो ।  बिहीबार बिहानको खाना खाएपछि घरमै अचानक लडेर बेहोस भएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा आइसियुमा राखेर उपचार गरिँदै आएकोमा शुक्रबार त्यहाँबाट सुमेरु अस्पताल लगिएको थियो। सुमेरु अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको  पारिवारिक स्रोतले जनाएको छ ।

उनको शव मण्डिखाटारस्थित निवासमा लगेर राखिने पारिवारिक स्रोतले जानकारी दिएका छन् । दाहालले २०४० को दशकदेखि लामो समय रेडियो नेपालमा ‘साहित्य संसार’ नामक चर्चित साहित्यिक कार्यक्रमका संचालन गरेका थिए। रेडियो नेपाल छाडेपछि एचबिसी, अन्नपूर्णलगायत एफएम रेडियोहरूमा पनि उनले साहित्यिक कार्यक्रम संचालन गर्दै आएका थिए।

उपसभामुख राधिका तामाङबाट क्यान्सर पीडितलाई ९० हजार पाँच सय सहयोग

२२ साउन, नुवाकोट । प्रदेश नं ३ को उप–सभामुख एवम् पूर्व कृषि विकास राज्य मन्त्री राधिका तामाङले दिवंगत भएका आफ्नो बुबाआमाको नाममा स्थापना गरेको ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ले बोनम्यारो क्यान्सरबाट पीडित हुनुभएका नुवाकोटको तादी गाँउपालिका वडा न. ४ सुन्दरादेवीका अनिता श्रेष्ठको उपचारमा आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

प्रष्तिठान अन्तरगत उपसभामुख तामाङले लामो समयदेखि क्यान्सरबाट बिरामी हुनुभएका श्रेष्ठको उपचारको लागी ९० हजार पाचसय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । बोनम्योरो क्यान्सरको उपचार गराउदै आउनुभएका श्रेष्ठलाई सोमबार सिभिल अस्पताल बानेश्वरमा नै पुगेर उहाँ सहित नुवाकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले रकम उपलब्ध गराउनुभएको हो ।

उपसभामुख तामाङले क्यान्सरबाट दिवंगत भएका आफ्नो बाबु शेरबहादुर तामाङ र आमा राम्री तामाङको स्मृतिमा स्थापना गरेको प्रतिष्ठान मार्फत क्यान्सर रोगबाट अरुले अकालमा ज्यान गुमाउन नपरोस भनेर सहयोग रकम उपलब्ध गराएको बताउनुभयो ।
बिरामीको उपचारको लागी यसअघि पनि प्रतिष्ठानको तर्फबाट उहाँले २५ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रदिप शर्माले जानकारी दिनुभयो । उक्त  प्रतिष्ठानले स्थापनादेखि नै स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न सेवामूलक कार्यको उद्देष्यलाई पूरा गर्दै आएको अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो ।

प्रतिष्ठान मार्फत यसअघि शिवपुरी गाँउपालिकाको विभिन्न वडामा रहेका विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहित कपी र कलम वितरण, स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, दीर्घरोग लागेका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
प्रतिष्ठान मार्फत अहिलेसम्म क्यान्सर तथा दीर्घरोग लागेका सात जना बिरामीलाई आर्थिक  सहयोग उपलब्ध गराएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको सचिवालयका बिनोद न्यौपानेले जानकारी दिनुभयो ।

नेपाल उसु संघमा नयाँ नेतृत्व,को-को छन् कार्य समितिमा (नामावली सहित)

काठमाडौं । नेपाल उसु संघ केन्द्रीय साधारण सभा सम्पन्न भएको छ । साधारण सभावाट संघमा नयाँ नेतृत्व चयन भएको छ । आइतबारका राखेपका सदस्य सचिव एबं नेपाल उशु संघ का केन्द्रीय अध्यक्ष केशव कुमार विष्टले उदघाटन गरेका थिए ।
कार्यक्रममा प्रदेश सभाका माननीय सभासद कुसुम कुमारी श्रेष्ठ, राखेप का कोषा द्येक्ष शैलेश कर्माचार्य, यन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका विभिन्न सँग संस्थाका प्रतिनिधि हरुको उपस्थिति मा देशभर बाट प्रतिनिधित्वहरुको उपस्थीत भएको थियो ।
जसमा ४८ जिल्ला र केन्द्रका २९ जना प्रतिनिधी उपस्थिति मा सम्पन्न भएको केन्द्रीय साधारण सभा बाट श्री वीर बहादुर तामाङ ज्यूको अध्यक्षतमा १६ जना निर्वाचित र १२ जना मनोनित गरी कुल २८ जनाको केन्द्रीय कमिटी निर्माण भएको छ । बाँकी सदस्य आगामी कार्यसमितिको बैठक बाट हुने सह अध्यक्ष दीपक लामाले जानाकरी दिए ।
कार्य समिति

अध्यक्ष

वीर बहादुर तामाङ

उप अध्यक्ष

जनक बर्तौला,प्रनिल ध्वज  कार्की, दीपक लामा, हरी थापा, शंकर थापा, विष्णु चन्द, दुष्यन्त बस्नेत, नानीबाबु तामाङ र राजीव महर्जन

महासचिव

लाक्पा छिरिङ लामा

सचिव

राजेन्द्र श्रेष्ठ

कोषाध्यक्ष

लानम लामा

सह कोषाध्यक्ष

ऋतु ग्यमदन

सदस्य

श्याम कृष्ण श्रेष्ठ, जंग बहादुर लामा, लबा ढुंगाना, राजेन्द्र कुमार राई, भोज राज भट्ट,शुभ राम मुनानकर्मी, सन्तोष बराइली,कृष्ण लामा, भक्त थापा, रती लामा, अम्बर कुमार थिङ, सुन्दर लामा, निर्मल लामा, नारायण गिरी रहेका छन् ।

प्लस टू पास विद्यार्थीलाई भर्ना हुन छुट्टाछुट्टै मापदण्ड तयारकुन ग्रेडले केमा भर्ना पाउँछन् ?

काठमाडौं । पहिलोपटक कक्षा १२ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक भएपछि विश्वविद्यालयले भर्नाको मापदण्ड तयार गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा विभिन्न संकाय र संस्थानले छुट्टाछुट्टै मापदण्ड तयार गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अधिकांश संकायले साधारण विषयमा डी प्लस र प्राविधिक विषयमा सी र सी प्लस ग्रेड ल्याएको हुनुपर्ने मापदण्ड तोकेका छन् । एउटै संकायमा पनि विषयअनुसार आवश्यक न्यूनतम ग्रेड फरक छ । मानविकी तथा सामाजिकशास्त्र संकायमा साधारण र प्राविधिक विषयमा फरक मापदण्ड निर्धारण भएको छ ।

मानविकी संकायका डिन प्रा। शिवलाल भुसालका अनुसार बिसिएमा भर्ना पाउन सबै विषयमा न्यूनतम ‘सी’ ग्रेड चाहिने मापदण्ड तय गरिएको छ । स्नातक तहमा पढाइ हुने मानविकीका ४० विषयमध्ये बिसिएबाहेक सबै विषयका लागि ‘डी प्लस’ ल्याएको हुनुपर्नेछ । कक्षा ११ र १२ मा जुनसुकै विषय पढेका विद्यार्थीले पनि मानविकी संकायमा स्नातक तहमा भर्ना पाउने व्यवस्था छ ।

व्यवस्थापन संकायमा पनि भर्ना पाउनका लागि साधारण र प्राविधिक विषयमा वर्गीकरण गरी छुट्टै मापदण्ड निर्धारण गरिएको छ । कक्षा १२ मा सबै विषयमा न्यूनतम डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन संकायको बिबिएस भर्ना पाउने व्यवस्था गरिएको छ । अन्य सबै प्राविधिक विषयमा भर्ना पाउन न्यूनतम सी ग्रेड चाहिने मापदण्ड निर्धारण गरेको डिन प्राडा डिल्ली शर्माले बताए ।

व्यवस्थापनका बिबिएसबाहेक बिबिए, बिआइएम, बिएचएम, बिबिएम, बिपिए, बिटिटिएम, बिएमएसजस्ता विषय अध्ययनका लागि कक्षा ११ र १२ मा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्नेछ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानले विषयअनुसार फरक भर्ना मापदण्ड निर्धारण गरेको छ । बिएससीका लागि कक्षा ११ र १२ मा सबै विषयमा न्यूनतम सी ल्याएको हुनुपर्नेछ । त्यसैगरी, कम्प्युटर साइन्स र फुड टेक्नोलोजीमा भर्ना पाउन न्यूनतम सी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

त्रिविको शिक्षाशास्त्र संकायमा कक्षा ११ र १२ मा सबै विषयमा न्यूनतम डी प्लस ग्रेड ल्याउने विद्यार्थीले भर्ना पाउनेछन् । शिक्षाशास्त्र संकायका डिन प्राडा कृष्णप्रसाद गौतमले सबै विषयमा डी प्लस ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना हुने अवसर दिने निर्णय भएको बताए ।

शिक्षाशास्त्र संकायमा स्नातक तहमा १६ विषय छन् । शिक्षाशास्त्र पढाइ हुने कलेजहरू धेरै गाउँमा रहेको अवस्थालाई ध्यान दिएर न्यूनतम डी प्लस निर्धारण गरेको उनले बताए ।

इन्जिनियरिङ अध्ययन संस्थानले मान्यता प्राप्त संस्थानबाट भौतिक शास्त्र, रसायन शास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई माध्यमिक तहरए लेभलर इन्जिनियरिङ डिप्लोमा तह वा सोसरहको परीक्षामा कुल पूर्णांकको ४५ प्रतिशत तथा लेटर ग्रेडिङ प्रणालीमा भए सबै विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरेको विद्यार्थीले आवेदन फारम भर्न पाउने व्यवस्था गरेको छ । त्रिविबाट इन्जिनियरिङमा स्नातक तहमा ११ कार्यक्रम सञ्चालित छन् ।

हचुवामा गरियो गरिबको वर्गीकरण, अपहेलित हुने गरी परिचयपत्र

काठमाडौं । सरकारले पहिले २५ जिल्लामा गरिब घरपरिवारको पहिचान गरेको थियो । रुकुुम दुईवटा जिल्लामा विभाजित भएपछि २६ जिल्ला भएको छ ।

ती २६ जिल्लामा २७ लाख ८८ हजार ७ सय ४४ जनसंख्या गरिब देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

२६ जिल्लामा ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवार गरिब रहेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयको तथ्यांक छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डका निर्देशक रामहरि गैरेका अनुसार ती घरपरिवारमध्ये ५० प्रतिशत अति गरिब, ३० प्रतिशत मध्यम गरिब र २० प्रतिशत सामान्य गरिबमा पर्छन् ।

सरकारले असारबाट २६ जिल्लाका ३ लाख ९१ हजार आठ सय ३१ घरपरिवारलाई गरिबी परिचयपत्र वितरण सुरु गरेको छ । परिचयपत्र तीनथरीका बनाइएका छन् । अति गरिब परिवारलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो रंगको परिचयपत्र वितरण भइरहेको छ ।

बोर्डले हचुवाको भरमा अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर घरपरिवार पहिचान गरेको छ ।  परिभाषित गरिएका अति गरिब, मध्यम र सामान्य गरिब के आधारमा छुट्याएको भन्ने प्रस्ट छैन ।

बोर्डले कुल गरिब भनेर पहिचान गरेका परिवारमध्ये ५० प्रतिशत अति गरिब, ३० प्रतिशत मध्यम गरिब र २० प्रतिशत सामान्य गरिब भनेर संख्या तोकेको छ । बोर्डको कार्यालयमा जम्मा भएको संख्यालाई अनुमानका भरमा प्रतिशतमा भाग लगाइएको हो ।

बोर्डका निर्देशक गैरेले भने, ‘कतिसम्म आम्दानी गर्ने र कस्तो घर हुने परिवारलाई अति गरिब, मध्यम गरिब र सामान्य गरिब भन्ने प्रस्ट आधारविना नै सुरुका ५० प्रतिशतलाई अति गरिब, त्यसपछिका ३० प्रतिशतलाई मध्यम गरिब र बाँकी २० प्रतिशतलाई सामान्य गरिब भनेर पहिचान गरियो ।’

ओलीले किन फेरे एकाएक बडी गार्ड !

२० साउन, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन्।
आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए।

यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो।

लिम्बु यसअघि तत्कालीन सभामुख सुवास नेम्वाङको सुरक्षामा खटिएका थिए।

प्रधानमन्त्रीलाई सामान्यतया डिएसपीको कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हुन्छ । गत पुसमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुभन्दा केही दिन अघि नै डिएसपी भट्टराई नेपाल प्रहरीका १० सुरक्षाकर्मीसहित सुरक्षा खटिएका थिए।

जापान सरकारको सहयोगमा मंगलादेवीमा सुविधासम्पन्न भवन

१७ साउन, छाप, लच्याङ, नुवाकोट । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत नुवाकोटको सूर्यगढी गाँउपालिका वडा नं. १ लच्याङ्ग स्थित छापमा रहेको मंगलादेवी आधारभूत विद्यालयमा निर्माण गरिएको बाह्र कोठे पक्कि भवन समुदायलाई हस्तान्तरण गरिएको छ ।

तीन वर्षअघिको विनासकारी भूकम्पले पूर्ण क्षति पु-याएको विद्यालयको लागी नयाँ भवन जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा तीन करोड ३९ लाख ३३ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधि सहित बहुविपद् प्रतिरोधात्मक भवनको बिहीबार एक कार्यक्रमकाबीच समुदायको लागी विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । विद्यालय हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङले सुबिधासम्पन्न भवन निर्माण भएकाले यसको संरक्षण गर्दै विद्यालयबाट ज्ञान प्राप्त गर्न समुदायलाई आग्रह गर्नुभयो ।

यस्तै, गाँउपालिकाको उपाध्यक्ष मञ्जु बुढाथोकीले भवन संरचनाको निर्माणसगै विद्यार्थीलाई आधुनिक तथा समयसापेक्ष अध्ययनमा जोड दिनको लागी पाठ्यक्रमको निर्माण, विषयगत शिक्षामा समेत जोड दिनुपर्ने बताइन् ।
कार्यक्रममा उक्त विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य समेत रहनुभएका वडा नं. १ का वडाध्यक्ष इमानसिंह तामाङले लच्याङको शिक्षाको अवबस्था निकै कमजोर भएको र माध्यामिक तहसम्मको अध्ययन गर्ने विद्यालय समेत नभएकाले त्यसमा नयाँ निर्माण भएको भवनको सदुपयोग गर्न सरोकारवालाहरुबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वयन इकाई नुवाकोटका प्रमुख मदनकुमार थापाले शिक्षा सुधारको लागी भौतिक संरचनाको निर्माणको साथसाथै विद्यालय प्रशासन र सरोकारवालाहरु गम्भीर भएर क्रियाशिल हुनुपर्ने बताउनुभयो
नयाँ निर्माण गरिएको भएको भवनको साचो र निर्माण सम्पन्न प्रमाणपत्र निर्माणको जिम्मेवारी पाएको कम्पनीका प्रतिनिधि गणेशबहादुर तामाङले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको नुवाकोट प्रमुख बीरेन्द्रजंग थापालाई प्रदान गरेपछि उक्त साचो र प्रमाणपत्र उहाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर तामाङलाई प्रदान गर्नुभयो । उक्त विद्यालयको साचो र निर्माण सम्पन्नताको प्रमाणापत्र प्रदान गर्दै इकाई प्रमुख थापाले नुवाकोटमा भूकम्पले क्षति पु-याएका विद्यालयको पुर्ननिर्माण अन्तिम चरणमा पुगेकाले अब शिक्षाको गुणस्तरीयतामा सबैपक्षबाट एक्यबद्धताको आवश्यकता रहेको बताउनुभयो ।

उहाँको अनुसार जापान सरकारको ऋण सहयोगमा ‘आपतकालीन विद्यालय पुर्ननिर्माण’ कार्यक्रम मार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको मंगलादेवी विद्यालय सहित ५७ विद्यालय मध्ये यसअघि रालुका मावि विद्यालय समुदायलाई हस्तान्तरण भइसकेको र अब केहीको निर्माण सम्पन्न नजिक र केही ठेक्का प्रणाली मार्फत काम सुरु गर्न लागिएको छ ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले आधारभूततहसम्म अध्ययन हुदै आएको मंगलादेवी विद्यालयमा विद्यार्थी सङ्ख्या प्रायाप्त भएको र सूर्यगढी गापाको वडा नं. १ मा एउटा पनि मावि विद्यालय नभएकाले कक्षा बृद्धि गर्दै लैजाने सोच रहेको बताउनुभयो ।

यस्तै प्रधानध्यापक दत्तप्रसाद न्यौपानेले विद्यालयमा हाल साढे तीन सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेकाले उनीहरुको लागी भवन सहित भौतिक सामाग्रिको समस्या पूरा भएकाले अब शिक्षाको गुणस्तरीयतामा बृद्धि गर्न आफूहरु केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो । प्रअ न्यौपानेको अनुसार विद्यार्थीको लागी माध्यामिक तहसम्म अध्यापन गराउने लक्ष्य, हिउदको समयमा चरम अभाव हुने खानेपानीको व्यवस्थापन, कम्युटर कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशालाको आवश्यकता पूरा गरी शिक्षामा विद्यार्थीको आकर्षण बढाउन लक्ष्य बनाइएको छ ।

जाइकामा मार्फत कार्यरत डिजाइन एण्ड सुपरिभिजन कन्सल्टेनका जिल्ला अनुगमन ईञ्जिनियर गणेश कंडेलको अनुसार जापान सरकारको सहयोगमा निर्माण भइरहेका ५७ मध्ये निर्माण सम्पन्न भएको श्याम सुन्दर, हिमडुङ्ग एण्ड थोकरले सयुक्त रुपमा निर्माणको जिम्मेवारी पाएको मंगलादेवी विद्यालय तोकिएको समयमा उक्त कम्पनीको पहिलो र जाइका मार्फत निर्माण भइरहेको मध्ये दोश्रो विद्यालयको रुपमा निर्माण सम्पन्नको नजिक पुगेकाले हस्तान्तरण सम्पन्न गरे पनि पूरा गर्न बाँकी रहेका केही संरचना समयमा नै सम्पन्न गर्न निर्देशन दिइएको छ ।

निर्माणको जिम्मेवारी पाएको कम्पनीका प्रतिनिधि गणेशबहादुर तामाङले विद्यालयको कक्षाकोठा निर्माण सम्पन गरी अस्थायी टहरमा अध्ययन गर्दै आएका विद्यार्थीलाई पक्कि भवनमा स्थान्तरण गर्न भवन हस्तान्तरण गरिएकाले बाँकी रहेको निर्माणको कामलाई तोकिएको मापदण्ड अनुसार नै पूरा गरिने प्रतिबद्धता जनाउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web