२२ साउन, नुवाकोट । प्रदेश नं ३ को उप–सभामुख एवम् पूर्व कृषि विकास राज्य मन्त्री राधिका तामाङले दिवंगत भएका आफ्नो बुबाआमाको नाममा स्थापना गरेको ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ले बोनम्यारो क्यान्सरबाट पीडित हुनुभएका नुवाकोटको तादी गाँउपालिका वडा न. ४ सुन्दरादेवीका अनिता श्रेष्ठको उपचारमा आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

प्रष्तिठान अन्तरगत उपसभामुख तामाङले लामो समयदेखि क्यान्सरबाट बिरामी हुनुभएका श्रेष्ठको उपचारको लागी ९० हजार पाचसय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । बोनम्योरो क्यान्सरको उपचार गराउदै आउनुभएका श्रेष्ठलाई सोमबार सिभिल अस्पताल बानेश्वरमा नै पुगेर उहाँ सहित नुवाकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले रकम उपलब्ध गराउनुभएको हो ।

उपसभामुख तामाङले क्यान्सरबाट दिवंगत भएका आफ्नो बाबु शेरबहादुर तामाङ र आमा राम्री तामाङको स्मृतिमा स्थापना गरेको प्रतिष्ठान मार्फत क्यान्सर रोगबाट अरुले अकालमा ज्यान गुमाउन नपरोस भनेर सहयोग रकम उपलब्ध गराएको बताउनुभयो ।
बिरामीको उपचारको लागी यसअघि पनि प्रतिष्ठानको तर्फबाट उहाँले २५ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रदिप शर्माले जानकारी दिनुभयो । उक्त प्रतिष्ठानले स्थापनादेखि नै स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न सेवामूलक कार्यको उद्देष्यलाई पूरा गर्दै आएको अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो ।

प्रतिष्ठान मार्फत यसअघि शिवपुरी गाँउपालिकाको विभिन्न वडामा रहेका विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहित कपी र कलम वितरण, स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, दीर्घरोग लागेका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
प्रतिष्ठान मार्फत अहिलेसम्म क्यान्सर तथा दीर्घरोग लागेका सात जना बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको सचिवालयका बिनोद न्यौपानेले जानकारी दिनुभयो ।

21.12¡ÆC