रसुवागढी आयोजनाको सुरुङ ‘ब्रेक थ्रू’

भदौ ६, २०७५ मा प्रकाशित | 3771 views

रामहरि न्यौपाने,
५ भदौ नुवाकोट ।  रसुवामा निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माणको कार्य सम्पन्न भएको छ । सिभिल संरचना निर्माणको जिम्मा लिएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई) ले आयोजनाको चार हजार १८५ मिटर लम्बारको मुहानदेखि विद्युत गृहसम्मको हेडरेस सुरुङको आइतबार ‘ब्रेक थ्रू’ गरिएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए ।

उनको अनुसार सात मिटर गोलाकार सुरुङको दोस्रो अडिटबाट तल तथा तेस्रोबाट माथि पर्ने दुई हजार ३०३ मिटर लामो खण्ड दुई हजार ९०५ मिटर विन्दुमा पुगेर आइतबार जोडिएको हो

“मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथि एक हजार ८८२ मिटर खण्ड गत बैशाख पहिलो साता पूरा भएको थियो ।” गैरेले भने “सुरुङ निर्माणको कार्य पूरा भएसगै ठेकेदार मार्फत अब आठ महिनाभित्रै सुरुङको ढलान पूरा गरी आयोजनालाई हस्तान्तरण हुनेछ ।”

विसं २०७१ मंसिरबाट खन्न सुरु गरिएको सुरुङ साढे तीनवर्ष अवधिमा पूरा गर्ने लक्ष्य भएपनि विसं २०७२ वैशाखको विनासकारी भूकम्प, भारतीय नाकाबन्दी र भोटेकोसी नदीमा आएको बाढीले प्रभावित भएर नयाँ लक्ष्य विसं २०७६ फागुन मा पूरागर्ने नयाँ लक्ष्य छ ।
उक्त आयोजनाको पहिलो युनिट विसं २०७६ पुस, दोस्रो युनिट माघ र तेस्रो युनिट फागुनबाट सञ्चालन गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले बताए । उनको अनुसार आयोजनाको समग्र काम हाल ६८ प्रतिशत पूरा भएको छ ।
१३ अर्ब ६४ करोड रुपैयाँ लगानीमा सन् २०१४ देखि निर्माण शुरु भएकोे आयोजनामा हाल सात सय कामदार कार्यरत छन् ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी चिलिमे–त्रिशूली हब सबस्टेसनमा जडान गरी केन्द्रीय प्रशारण लाइनमा जोड्न काम थालिएको छ । सबस्टेसनसम्मको दश किलोमिटर प्रसारण लाइन आयोजना आफैंले निर्माण सुरु गरेको छ । प्रसारण लाइन निर्माण गर्ने जिम्मा मुडबरी एन्ड जोशी कम्पनीलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web