काठमाडौं । धादिङ र नुवाकोटको सीमा मेघान डाँडामा भएको अल्टिच्यूट एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले बताए । गोर्खाको चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा डिकी जिवितै भेटिएकी हुन् । यद्दपी उनको उद्दार नभएको र उद्दार प्रयास जारी रहेको बताईएको छ ।

दुर्घटनामा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु रहेका छन् । शनिबार विहान काठमाडौंका लागि उडेको हेलिकोप्टर धादिङमा दुर्घटनाग्रस्त भएको थियो ।

24.12¡ÆC