<p>काठमाडौ । सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दाका प्रतिवादी नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय शारङ्गा सुवेदी र जनक पाण्डेको इजलाशले निरौलालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।<br><br>उच्च अदालत विराटनगरले बिहीवार निरौलालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । आरोपित कसुरमा संलग्नता नदेखिएको भन्दै उच्च अदालतले निरौलालाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको छ । मोरङ जिल्ला अदालतले तस्करीको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करीमा निरौलाको संलग्नता रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । उच्च अदालत जिल्लाको आदेश बदर गर्दै निरौलालाई तारेखमा राखेर मुद्दाको कारबाही किनारा लगाउन भनेको छ ।<br></p>
19.12¡ÆC