रेडक्रसको सहयोगमा खानेपानी योजना पुर्ननिर्माण

अशोज २४, २०७५ मा प्रकाशित | 3632 views

रसुवा । भूकम्पले क्षति गरेको रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ मा ‘सिस्नेरी मुहान गरी गुम्बाडाँडा तथा मुख्यटोल खानेपानी योजना’ नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाको सहयोगमा सञ्चालनमा ल्याइएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिका वडा नंं ५ भोर्लेमा २६ घरधुरीको लागि खानेपानी योजना निर्माण पूरा भएर समुदायलाई हस्तान्तरण गरिएको रेडक्रस रसुवाले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटी रसुवा शाखामा सञ्चालित भूकम्पप्रतिकार्य कार्यक्रमको सहयोगमा १६ लाख १९ हजार ८२३ रुपयाँको लगानीमा सिस्नेरी मुहान गरी गुम्बाडाँडा तथा मुख्यटोल खानेपानी योजना पुर्ननिर्माण गरिएको हो । आयोजना अन्र्तगत १७ वटा धारा निर्माण गरिएको रेडक्रसले जनाएको छ । खानेपानी योजना अन्र्तगत सात घनमिटर क्षमताको १ वटा टयाङ्की निर्माण गरिएको छ ।

एक हजार ४१८ ट्रान्समिसन लाइनर एक हजार ६९९ मिटर वितरण लाइन बनाइएको छ । रेडक्रसको आर्थिक तथा प्राबिधिक सहयोगमा सिस्नेरी मुहान गरी गुम्बाडाँडा तथा मुख्यटोल खानेपानी आयोजना उपभोक्ता समिति मार्फत निर्माण कार्य गरेको अध्यक्ष चन्द्रबहादुर ग्लानले जानकारी दिनुभएको छ । उहाँको अनुसार रेडक्रसले १४ लाख ११ हजार ५ सय ८७ र समुदायको २ लाख ८ हजार २ सय ३६ रुपयाँखर्च गरेर खानेपानी योजनानिर्माण गरिएको हो ।

खानेपानी आयोजनाबाट प्रत्यक्ष रुपमा २६ परिवारका १६७ सदस्यहरु लाभान्वित  भएका छन् । खानेपानी आयोजना गएको वर्षको फागु्न १० गतेबाट निर्माण सुरु भएको थियो । नवनिर्मित खानेपानी आयोजना उपभोक्ता तथा समुदायलाई रसुवा रेडक्रस सभापति  बाबुलाल तामाङ्गले हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रम नौकुण्ड गाउपलिका वडा नं. ५ का वडा अध्यक्ष घम्टे गम्जन  लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी रसुवाबाट सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमको खानेपानी, सरसफाई तथा स्वच्छता गतिबिधि अन्र्तगत खानेपानी आयोजना निर्माण गरिएको कार्यक्रम संयोजक मधुसुदन थापाले जानकारी दिनुभएको छ ।
कार्यक्रमबाट सिस्नेरी मुहान गरी गुम्बाडाँडा तथा मुख्यटोल खानेपानी योजना सहित ६ वटा खानेपानी आयोजना गएको आर्थिक बर्षदेखि निर्माण सुरु गरी अहिले सबै सञ्चालनमा आएका छन् ।

रेडक्रस रसुवाका कार्यक्रम संयोजक संयोजक थापाको अनुसार भूकम्पबाट पीडित भएका समुदायलाई स्वच्छ खानेपानी आयोजना उपलब्ध गराउने उद्देष्यले अनुरुप कार्यक्रम लागू भएको साविकका गाविसमा रेडक्रसले खानेपानी आयोजना निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web