निर्मला हत्या प्रकरण:एसपी डिल्ली बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त (विज्ञप्ति)

कार्तिक ८, २०७५ मा प्रकाशित | 5350 views

काठमाडौं  । निर्मला पन्त बलात्कारपछिको हत्या प्रकारणमा निलम्बित कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट तथा निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा निर्मला पन्त बलात्कारपछिको हत्या प्रकारणमा निलम्बित कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट तथा निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो । गएको साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए । पछिल्लो पटक सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुबैले लापरवाही नभएको दाबी गरेका थिए ।

तर, दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घटनमा प्रहरीबाट चरम लापरवाही, गैर व्यवसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार गरी अनुसन्धानमा पालना गर्नुपर्ने सामान्य कानुनी व्यवस्थासमेत पालाना नभएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web