राउतवेशीमा पक्कि पुल बनाउन सुरु, तीन महिनामा सम्पन्न गर्ने लक्ष्य

मंसिर २, २०७५ मा प्रकाशित | 4853 views

नुवाकोट । दुप्चेश्वर गाँउपालिकालाई सिन्धुपाल्चोकहुदै सिधै काठमाडौ जानको लागी सहज बनाउन राउतवेशी स्थित ठाडो खोलामा गाडी सञ्चालन गर्न पक्कि पुलको निर्माण थालिएको छ ।

पुलको शनिबार नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी र काँग्रेस युवा नेता रमेशकुमार महतले सयुक्त रुपमा उद्घाटन गर्दैै तोकिएको समयमा गुणस्तरीय सामाग्रि प्रयोग गरी कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

साविक राउतवेशी गाविसको वडा नं. ४ राउतवेशीबाट वडा नं. ३ गतार जोड्ने गरी निर्माण गर्न थालिएको १५ मिटर लम्बाईको पक्कि पुल बनाउन डिभिजन सडक कार्यालय नुवाकोटले तीन करोड रुपैयाँ बजेटमा निर्माण व्यवसायी नागार्जुन कन्स्ट्रक्सनलाई जिम्मेवारी दिइएको छ ।

पुल निर्माणको समयसीमा आगामी असोजसम्म भएपनि तीन महिनाभित्र सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माणलाई तिव्रता दिने प्रतिबद्धता जनाएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । तोकिएको समयमा पुल निर्माण सम्पन्न गर्नको लागी निर्माण व्यवसायीलाई सहयोग पु-याउने र त्यहाँ बिना अबरोध सहज रुपमा काम गर्ने वातावरण बनाउन गाँउपालिकाले कुनै कसुर बाँकी नराख्ने अध्यक्ष तामाङले बताृनुभएको छ ।  उहाँको अनुसार पुल निर्माणले दुप्चेश्वर गाँउपालिकाको राउतवेशीको माथिल्लो भूभाग, गाँउखर्क, बेतिनी सहित सिन्धुपाल्चोक जिल्लाको विभिन्न बस्तीलाई समुन्द्रटारहुदै नुवाकोटको अन्य स्थानमा आउन–जान र काठमाडौ जोड्न निकै सहज हुने भएको छ ।

पुलको अभावमा हिउदयाममा मात्र सञ्चालनमा रहेको सवारी साधानलाई बाह्रै महिना चलाउन सकिने भएकाले पुल निर्माणको काम सुरु गरेपछि लाभान्वित स्थानीयबासी उत्साहित भएका छन् । गाँउपालिका अध्यक्ष तामाङको अनुसार पुलको निर्माणले जिल्लाको गाँउखर्क, बेतिनी र राउतवेशीमा उत्पादन हुने कृषि उपज, पशुपक्षीजन्य सामाग्रि, जडिबुटी, अन्नबालीलाई बजार पु-याएर किसानहरुले राम्रो लाभलिन सक्ने प्रयाप्त सम्भावना सिर्जना गरेको छ ।

पुलको सिलन्यास कार्यक्रममा तादी गाँउपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे,
लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठ, जिसस नुवाकोटका सदस्य मायाँ
शेर्पा, नेपाली काँग्रेस नुवाकोटका सदस्य नरेश तामाङ लगायतको सहभागिता
रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web