श्रीलंकाको चर्चहरुमा शृङ्खलाबद्ध बम विस्फोट, मृत्यु हुनेको सङ्ख्या दुईसय नाघ्यो

एजेन्सी । श्रीलंकामा आइतबार बिहान लगातार ६ स्थानमा बम विस्फोट हुदाँ त्यसमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय नाघेको छ । सयौ मानिस घाइते छ भने केही सम्पर्क बिहिन भएका छन् । बिहान लगातार ६ स्थानमा र दिउसो थप दुई स्थानमा बम विस्फोट भएको त्यहाँको सरकारी अधिकारीहरुले बताएका छन् । आइतबार साँझसमम २०७ जनाले ज्यान गुमाइसकेको र करिब चार सय भन्दा बढी घाइते भएको श्रीलंकाका प्रहरी प्रवक्ताले जानकारी दिएको बीबीसी अनलाईनले समाचार लेखेको छ ।

श्रीलंकामा कम बाहुल्य भएको क्रश्चियन समुदाय इस्टर पर्व मनाउन व्यस्त भएको मौकामा चर्च र होटलहरुमा श्रृङ्खलाबद्ध रुपमा  ६ वटा विस्फोट गराइएको हो । श्रीलंकाको राजधानी कोलम्बो,  मुख्य शहर नेगोम्बो र बाटीकालोआमा लगायतका स्थानमा शक्तिशाली बम विस्फोट भएको थियो भने दिउँसो देहिवाडाको एउटा होटलमा र आठौं पटक डेमाटागोडामा बम विस्फोट भएको थियो ।

ती विस्फोट परेर नौ जना विदेशी नागरिकको समेत ज्यान गएको त्यहाको प्रहरीले पुष्टि गरेको छ। जसमा एक जना चिनीयाँ नागरिक भएको पिपुल्स डेलीले जनाएको छ । अन्य नागरिकहरु कुन राष्ट्रका भनेर खुल्न सकेको छैन ।

दक्षिण एसियामा त्रास
श्रीलंकामा भएको आतंकवादी हमलाले दक्षिण एसिया भर नै त्रास फैलाएको छ । श्रीलंका सरकारले आइतबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ । सामाजिक सञ्‍जालले भ्रामक समाचार फैलाएको भन्दै फेसबुक, इन्स्टाग्राम लगायतका सञ्‍जालहरु बन्द गरिएको छ ।

विश्वभरबाट उक्त आतंककारी हमलाको घोर भर्त्सना भइरहेको छ ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हमलाप्रति दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षी मार्फत श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले बिस्फोटमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले फोन संवादका क्रममा नेपाल सरकारले जुनसुकै रंग र रुपको  आतंकवादको विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुसार मानवता विरोधी  घटनाको भत्सर्ना  गरेको बताए ।
यसैगरी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्टर सन्डेमा भएको विस्फोटमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली अपर्ण गरेका छन् । उनले ट्विट गर्दै आवश्यक सहयोग गर्न तयार भएको समेत बताएका छन् ।

टर्कीका राष्ट्रपति रसेप टाइप इर्डोगन सम्पूर्ण मानवमाथिकै ठाडो प्रहार भएको बताएका छन् । उनले ट्विटमा इस्टरमा भएको आतंकवादी हमला मानवमाथि नै प्रहार भएकोले घोर भर्त्सना गर्दछु । टर्कीका नागरिककातर्फबाट उक्त विस्फोटमा ज्यान गुमाउने सम्पूर्णलाई हार्दिक श्रद्धान्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेका छन् ।

त्यसैगरी जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, यूरोपियन कमिसनका सभापति जिन क्लाउड जन्केरलगायतले पनि हमलाको घोर भर्त्सना गर्नुका साथै विस्फोटमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली र आफन्तलाई समवेदना तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पोप फ्रान्सिसले पनि उक्त क्रूरतापूर्ण हमलाको निन्दा गरेका छन् । इरानका विदेशमन्त्री जाभाड जारिफले ट्वीट गर्दै आत‌ंकवादको कुनै धर्म नहुने भएकोले विश्वव्यापीरुपमा हमला भइरहेको बताएका छन् । उनले मृतकप्रति श्रद्धान्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्त रहन जनतालाई अपिल गरेका छन् । सुरक्षाको उचित बन्दोबस्तका लागि सुरक्षाकर्मी खटाइएको र आक्रमणकारीको खोजी गर्ने उनले बताएका छन् । श्रीलंकाका अर्थमन्त्री मंगल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोट गराइएको भन्दै प्रजातन्त्र,  स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । तर श्रीलंकाका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई आतंककारी घटना भन्दै दोषी पहिचान भइसकेको र चाडै संलग्नहरु पक्राउ पर्ने दाबी गरेका छन् ।
उनले घटनाबारे गुप्तचर निकाय,  प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन् । उनले आवश्यक कारबाही गर्ने र जुनसुकै धार्मिक अतिवादमा लागेका भए पनि छौड्दैनौँ भनेका छन्  । उनले आठवटा विस्फोटमध्ये अधिकांश आत्मघाती विस्फोट गराएको बताएका छन् ।

सात जना पक्राउ
बेलायती समाचार सँस्था बीबीसीका अनुसार हमलामा संलग्न भएको अभियोगमा सात जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । जसमा दुई जनालाई डेमाटोगोडा र अन्या पाँच जनलाई कोलम्बोबाट नियन्त्रणमा लिइएको हो । लाइभ मिन्ट डटकमका अनुसार आक्रमणको प्रकृति हेर्दा इस्लामिक स्टेट अट्‍याकु आईएस हमला भएको बताइएको छ । तर, फरेन्सिकले कस्तो प्रकारको विस्फोटक पदार्थ प्रयोग भएको भन्‍ने पुष्टि गर्न बाँकी रहेको जनाएको छ । त्यहाँको गुप्तचर निकायले हमलाको प्रकृति र अन्य सम्पूर्ण विस्फोटको विषयमा अनुसन्धान गरिरहेको छ ।

यो हमला विश्वकै ध्यान तान्‍ने रणनीतिका साथ योजनाबद्ध तरिकाले गराइएको हुनसक्ने बताइएको छ । यसमा हामीले दुई कुरालाई विशेष ध्यान दिनुपर्दछ । पहिलो कुरा यो आत्मघाती विस्फोट गराइएको हो । अर्को भनेको भारत र इन्डोनेसियाबाट आईएसले कब्जामा लिइएका युवाहरुलाई यसमा प्रयोग गरिएको हो । तर, यो हमला कसले गराएको भन्ने यकिन भने भइसकेको छैन भनेका छन् ।

श्रीलंकामा आतंकवादको ठूलो इतिहास छ । लिबरेसन टाइर्गस अफ तामिलले लामो समय त्यहाँ आतंक सिर्जना गरेको थियो । तर, यो हमलामा भने तामिल टाइगरको कुनै संग्लनता नभएको समाचार संस्थाहरूले जनाएका छन् । सन् २००९ मा सुप्रिमो भेलुपिल्लिया प्रभाकरणलाई श्रीलंकन सेनाले हत्या गरेपछि तामिल टाइगरको अस्तित्व समाप्त भइसकेको छ । यसमा कुनै पनि तामिल समूहका व्यक्तिको संलग्नता नभएको ती अधिकारीले लाइभ मिन्टलाई बताए ।

पाकिस्तानमा पनि सुरक्षा सर्तकता बढाइयो
श्रीलंकाको गिर्जाघरमा हमला भएपछि पाकिस्तानमा रहेका चर्च घरहरुमा  पनि सुरक्षा सर्तकता बढाएको छ । त्यहाँ पनि हमला हुनसक्ने सम्भावना रहेको औंल्याउँदै सुरक्षा सर्तकता बढाएको जनाइएको छ ।

नेकपाको एकता अन्तिम टुङ्गोमा पुग्यो, अबको नौ महिनाभित्रै जिल्ला अधिवेशन हुने

काठमाडौ । पछिल्लो ११ महिनादेखि जारी रहेको नेकपा एकताको गतिरोध किनाराको नजिक पुगेको छ । विष्णु पौडेलले मध्यमार्गी प्रस्तावमा नेताहरूबीच सहमति जुटेपछि सहमतिको वातावरण अनुकुल देखिएको हो । राजकीय, सांसद्, राजनीतिक नियुक्तिमा भएकाले पनि जिल्ला अध्यक्ष बन्न पाउने नीतिगत सहमतीपछि नेकपाको गतिरोध किनारा लाग्ने आशा जगाएको पौडेलले बताए ।
नेकपा निकट स्रोतका अनुसार महासचिव पौडेल सुरूदेखि नै जनप्रतिनिधिलाई जिल्ला अध्यक्ष बनाउनपर्ने तर्कमा उभिँदै आएका थिए । पार्टी अध्यक्ष, सचिवालय सदस्य दोहोरो जिम्मेवारीमा हुनु हुने तर सांसद् बनेकै आधारमा जिल्ला अध्यक्षहरूलाई रोक्दा न्यायसंगत नहुने भन्दै उनले सचिवालयमा कुरा राख्दै आएका थिए ।

पौडेलको प्रस्तावमा नेताहरू सहमत थिएनन् । गण्डकी र पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज समेतको भारी बोकाइएपछि नेता नेपाल रुष्ट बनेका थिए । र, उनले एक व्यक्ति एकपद र जिम्मेवारी बाँडफाँटको मापदण्ड वरीयता हुनुपर्ने अडान राख्दै आएका थिए । तर, ओली पक्ष आफ्नो अडानमा टसको-मस नभएपछि र एकता प्रक्रिया नै अवरुद्ध बनेपछि नेपाल पौडेलको तर्कमा सहमत हुन पुगेको बताइएको छ ।

स्रोतले जनाए अनुसार एमाले र माओवादी केन्द्रबीच ४५ र ३२ जिल्ला भागवण्डा गर्ने सहमति भइसकेको छ । एमालेले पाउन जिल्लामा साविककै अध्यक्षलाई जिम्मेवारी दिने र माओवादी केन्द्रले पाएका ठाउँमा पनि त्यसैगरी एकता टुंग्याउने सहमति नेताहरूको बीचमा भएको छ ।

“माओवादी केन्द्रमा कुनै पनि मापदण्डले काम गर्दैन । ठूला भएकाले प्रचण्डको निर्देशन नै त्यहाँ हुबहु लागु हुन्छ,” पूर्व-एमालेका नेता बताउँछन् । स्रोतका अनुसार मंसिर-पुस भित्रै जिल्ला अधिवेशन गर्नेगरी तत्कालका लागि एकता टुंग्याउने सहमति भएको छ ।

नेकपाको धारा २९ ले जिल्ला कमिटीको संख्या निर्धारण गरेको छ । भूगोलका जिल्ला कमिटी– १२५ (प्रदेश कमिटीका सदस्यबाहेक) बनाउने र आवश्यक भएमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर १० का दरले सदस्य थप्न सकिने प्रावधान छ ।

यसर्थ नेकपाको काठमाडौं जिल्ला कमिटी २२५ सदस्यीय हुनेछ । नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय भएकाले १५० सदस्यीय पोलिटब्युरो गठन गर्न सकिने छ । ५५ र ४५ प्रतिशत भागवण्डाको आधारमा पोलिट्ब्युरो टुंग्याउन लागिएको नेकपाका नेताहरूले जानकारी दिएका छन् ।

चीनमा भीषण आगलागी, अग्नी नियन्त्रकसहित कम्तिमा ३० को मृत्यु

एजेन्सी । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ। चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन्।

मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउँसोसम्म सम्पर्कमा नआएका बताइएको छ।

अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ।

आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन्।

स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो।

घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ । अग्नि नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेका छन्।

शवहरुको पहिचान गरी उनीहरुका आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन्।

दिल्लीले पञ्जावलाई हराउदाँ सन्दीपले लिए तीन विकेट

काठमाडौ । आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जावलाई ५ विकेटले पराजित गरेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा दिल्लीले पञ्जावलाई हराएर छैटौं जित हात पारेको हो। जितसँगै दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ।

पञ्जावले दिएको १ सय ६४ रन दिल्लीले २ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्यो। दिल्लीको जितमा कप्तान श्रेयस इयरले नटआउट ५८ रन जोडे। उनले अन्तिम ओभरको चौथो बलमा जितका लागि २ रन चाहिएको अवस्थामा चौका प्रहार गरेका थिए। त्यसअघि शिखर धवनले ५६ रनको योगदान दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ७ विकेटको क्षतिमा १ सय ६३ रन जोड्यो। उसका लागि क्रिस गेलले ५९ रनको योगदान दिए। बलिङमा दिल्लीका सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले ४ ओभर बलिङ गर्दा ४० रन दिए। उनले १२ बल डट फ्याँक्दा ६ चौका र २ छक्का दिए।

उनले खेलमा पन्जावका दुवै ओपनिङ ब्याट्सम्यानलाई आउट गरे। ओपनर केएल राहुललाई विकेटकिपर रिशव पन्तबाट क्याच गराएका सन्दीपले आफ्नो दोस्रो विकेटको रुपमा क्रिस गेललाई आउट गरेका थिए।

दोस्रो ओभरमै बलिङको मौका पाएका सन्दीपले राहुललाई १२ रनमा आउट गरेका थिए। सन्दीपले १२औं ओभरको दोस्रो बलमा क्रिस गेललाई आउट गरे। पहिलो बलमा छक्का प्रहार गरेका गेल दोस्रो बलमा क्याच आउट भए। गेलले लामो सर्ट प्रहार गरे पनि कोलिन इनग्रामले बाउन्डीमा क्याच गरेर फ्याँकेका थिए। फ्याँकेको बल अक्षर पटेलले क्याच गर्दा गेल ३७ बलमा ६९ रन जोडेर आउट भए। सोहि ओभरको अन्तिम बलमा सन्दीपले साम कुरानलाई शून्य रानमा आउट गरे। कुरानलाई सन्दीपले आफै क्याच गरेका थिए।

सरकारलाई विप्लवले दियो यस्तो चेतावनी

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफ्नाे पार्टीमाथिकाे दमन नराेकिए सरकारविरुद्ध सशक्त प्रतिराेध गर्ने चेतावनी दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सशक्त प्रतिराेधका लागि आफूहरुलाई बाध्य नपार्नसमेत भनेका छन्।

'केपी सरकारले हाम्राे पार्टीमाथिकाे दमनलाई राेकेन, प्रतिबन्ध हटाएन, नेता कार्यकर्ताकाे गिरफ्तारी राेकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिराेध गर्न बाध्य हुनेछाैं। हामी अहिले पनि भन्दैछाैं हामीलाई बाध्य नपारियाेस्', विज्ञप्तिमा भनिएकाे छ।

उनले जनताकाे साथ लिएर गरिने यस्ताे प्रतिराेधबाट निस्कने परिणामकाे जिम्मेवारी सरकारले लिनुपर्नेसमेत जिकिर गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय सदस्यहरु चुडामणि ओली 'आदर्श', चन्द्रबहादुर खड्का 'असल' र विश्वलाई सरकारले पक्राउ गरेकाे जनाउँदै उनले गिरफ्तारीमा पर्ने सबै नेताकार्यकर्ताकाे रिहाइकाे माग गरेका छन्। नेता विप्लवले पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई चरम यातनासमेत दिइएकाे दाबी गरेका छन्।

टेलिकमको टावर बनाउन गएका प्राविधिक चढको जीप नुवाकोटमा दुर्घटना, पाँच घाइते

विदुर । नेपाल टेलिकमको टावर मर्मत गरेर फर्कदै गरेका प्राविधिक चढेको जीप शनिबार साँझ नुवाकोटको विदुर नगरपालिका–२ मा दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् ।

बा. ७ च ९१८० नं. को बोलेरो जीप दुर्घटना हुदाँ चालक सिन्धुपाल्चोकका सानोकान्छा तामाङ सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।
उहाँको अनुसार नेपाल टेलिकमको टावर मर्मतमा खटिएका प्राविधिकहरु नुवाकोटको विदुर नपा– २ का कोषबहादुर बानियाँ, सिन्धुपाल्चोकका देव लामा, पर्साका प्रबिन खड्का र जनकपुरका निरोजकुमार शाह दुर्घटनामा घाइते भएका छन् ।
गाडीमा रहेका एक जना व्यक्ति भने दुर्घटना हुन लागेको समयमा हाम फालेकाले उनीहरुलाई केही नभएको प्रहरीले जनाएको छ ।

उनीहरुको शरीरको विभिन्न स्थानमा चोट लागेकाले उपचारको लागी काठमाडौ पठाइएको छ । टेलिकमको टावर मर्मत तथा क्षमता बृद्धिको लागी जिम्मेवारी पाएको चिनियाँ कम्पनी हुवाई माफर्त उनीहरु कार्यक्षेत्रमा खटिएका थिए ।

उक्त प्राविधिक टोलीले विदुर नपा–२ स्थित कालिकाकोटको बिटिएस टावर मर्मत गरेर सदरमुकाम विदुरतर्फ फर्कदै गर्दा सोही स्थान नजिकै कच्ची सडकमा जीप अनिन्त्रित भएर सडकबाट करीब ३० मिटर तल पुगेको थियो ।

दुर्घटना सम्बन्धि प्रहरीको प्रतिवेदन यस्तो छ ।
आज मिति २०७६/०१/०७ गते अ. १९:३५ बजेको समयमा जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं. २ स्थित NTC को टावर मर्मतार्थ पश्चात फर्कने क्रममा बा ७ च ९१८० नं.को बलेरो जिप सडक बाट अ. ३० मि.तल खस्न गई निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भई उपचारको लागी जिल्ला अस्पताल त्रिशुलीतर्फ पठाईएको, ।
निम्न:
१. जिल्ला सि.पा. हगामा गाउपालिका ६ बस्ने अ. बर्ष २४ को सानो कान्छा तामाङ,करङमा चोट अबस्था मध्यम (चालक)
२. जिल्ला पर्सा भिमसेन गाउपालिका ४ बस्ने बर्ष २२ को प्रबिन खड्का,कम्मरमा चोट अबस्था मध्यम ।
३. जनकपुर घर भएकजो अ. बर्ष ३१ को निरोज कुमार शाह,खुट्टामा चोट सामान्य ।
४.जिल्ला सि.पा.जुगल गाउपालिका घर भएको बर्ष ३९ को देव लामा,खुट्टामा चोट अबस्था मध्यम ।
५. जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं. २ कालिकाकोट बस्ने बर्ष ५० को कोष बहादुर बानियाँ,अबस्था सामान्य ।

भारतबाट नेपाल आउदै गरेको बसमा विष्फोटक पदार्थ भेट्टियो

काठमाडौ । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा बम बनाउन प्रयोग हुने बिष्फोटक सामाग्री  बरामद गरिएको छ। पश्चिमी नाका कैलालीको गड्डा चौकी हुँदै काठमाडौं आउन लागेको बसबाट शुक्रबार राति शसस्त्र प्रहरीको टोलीले उक्त सामाग्री  बरामद गरेको हो।  राति करिब पौने एक बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरिएको शसस्त्र प्रहरी बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक  नेत्र केसीले जानकारी दिए।

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहितका विस्फोटक सामाग्री बरामद गरिएको उनले बताए। बरामद भएको सामान सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएर राखेको थियो। तर, शनिबार बिहान मात्रै उक्त समाग्री बिस्फोटक पदार्थ बनाउन प्रयोग हुने रहेको पत्ता लाग्यो। सामानका पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परे । डिएसपी केसीले भने, 'त्यसपछि हामीले अन्य जिल्लाका प्रहरी युनिटलाई जानकारी गराएर बस नियन्त्रणमा लिन सफल भयौं।'

उक्त बस नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिमिल्सिनाले भने शसस्त्र प्रहरीले उक्त समाग्री बरामद गरेकोले विस्तृत विवरण आफूले पाइनसकेको जानकारी दिए। नागरिकसँग उनले भने, 'शसस्त्रले बरामद गरेको सामाग्री जिल्ला प्रहरी कार्यालयमा ल्याउन टोली गएको छ। त्यसपछि मात्रै के कति परिणामा छ थाहा हुन्छ।'

चार तहको सुरक्षा घेरा नाघ्दै प्रधानमन्त्री ओलीलाई मञ्चमै देखाइयो कालो झण्डा

काठमाडौ । प्रधानमन्त्री खड्गप्रसाद (केपी शर्मा ओली चार तहको सुरक्षा घेरामा घेरिएर शनिबार बुटवल स्थित  जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न पुग्नुभएको थियो ।
त्यही बलियो बनाइएको सुरक्षा घेरा तोडेर ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाइदिएका हुन । कालो झण्डा देखाउने ती व्यक्ति बुटवल ११ मजुवाका रुद्रमणी घिमिरे रहेको इलाका प्रहरी कार्यायल बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए। घिमिरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिएको छ।

जितगढी किल्ला एउटा गढी भएकाले यसको सुरक्षाको मुल नेतृत्व नेपाली सेनाले गरेको प्रहरीले जनाएको छ। सुरक्षाकै कारण देखाउदै पत्रकारहरुलाई समेत मञ्चदेखि टाढै राखिएको थियो।

तीन तहको सुरक्षा व्यवस्था गरिएको भनिएको कार्यक्रममा घिमिरेले ‘मेरो देश प्राण भन्दा प्यारो छ, उजिर सिंह जिन्दाबाद’ भन्ने नारा लगाउँदै मञ्चको अगाडि बढेर कालो झण्डा देखाएका थिए। कालो झण्डा लिएर घिमिरे अगाडि बढेपछि प्रधानमन्त्रीले केहीबेर रोकिए। तत्काल प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेपछि प्रधानमन्त्री ओली मुसुक्क हाँस्दै ‘कसैले उहाँलाई पठायो होला, केही छैन’ भन्दै फेरि भाषण सुरु गरेका थिए।

कर्णेल उजिर सिंहले २०३ बर्ष अगाडि आजकै दिन बुटवल जितगढी किल्लाबाट अग्रेजलाई परास्त गरी फर्काएका थिए। सोही दिनको सम्झनामा जितगढीमा बिजयउत्सव समारोह गरिएको हो। समारोहलाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमाले महासचिव विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण लगायतले सम्बोधन गरेका थिए।

दाङसिंङ माविका प्रअमाथी आक्रमण, दोषीलाई कारबाही नगरे स्थिती बिग्रनसक्ने शिक्षक संघको चेतावनी

विदुर । तार्केश्वर गाँउपालिकामा रहेको दाङसिंङ माध्यामिक विद्यालयका प्रधानध्यापक अजयकुमार शाहलाई स्थानीय टेकबहादुर तामाङले निर्घात कुटपिट गरेका छन् ।

यही बिहीबार विद्यायलमा कार्यरत रहेको समयमा तामाङले कार्यक्षेत्रमा पुगेर कुटपिट गरेको नेपाल शिक्षक संघले विज्ञप्ती मार्फत जनाएको छ ।
घटनाको बिरोधमा संघले शुक्रबार बिज्ञप्ती जारी गर्दै शान्ति क्षेत्र विद्यालयमा पेशागत जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेका प्रअ माथी गुण्डागर्दी शैलीमा भएको आक्रमणको निन्दा गरिएको छ । संघका अध्यक्ष रामबहादुर थापाले जारी गर्नुभएको बिज्ञप्तीमा बिना कारण इमान्दार, निशस्त्र व्यक्ति माथी दुव्यबहार, कुटपिटमा उत्रिनु जघन्य अपराध मात्र नभई शक्तिको आडमा सिङ्गो शैक्षिक सँस्था र समाजलाई नै आतंकित पार्ने अमानवीय र अक्षम्य व्यवहार भएको भन्दै खेद व्यक्त गरिएको छ ।

विज्ञप्ती मार्फत संघले घटनामा संलग्न रहेका दोषीलाई जतिसक्दो चाडो कानूनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाही गर्न र घाइते अबस्थामा रहेका प्रअलाई उचित उपचार सहित न्याय दिलाउनको लागी माग गरिएको छ । मागको सम्बोधन नभए परिस्थिती नियन्त्रण भन्दा बाहिर समेत जानसक्ने गरी सम्पूर्ण शिक्षकहरु चरणबद्ध विरोधमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।

पार्किङ गरी राखेको बसमा अकस्मात आगो लागेपछि…

काठमाडौ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा पार्किङ गरी राखेको बसमा आगलागी भएको छ । ग १ ख ३८८४ नम्बरको गाडीमा आगलागी भएको हो ।

लागुपदार्थ प्रयोग कर्ताहरुले चुरोट खाएर चुरोटको ठुटो फालेको हुन सक्ने प्रहरीले आशंका गरिएको छ । बसमा लागेको आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घटनाको बिस्तृत विवरण आउन बाकीँ छ ।

प्रहरी हिरासतमा नै बाकलको मृत्यु, घटना घटाउनेकै नेतृत्वमा छानबिन समिति गठन

झापा । प्रहरी हिरासतमा दलित नाबालकको मृत्यु प्रकरण सम्बन्धमा गलत सूचना दिने प्रहरी अधिकारीकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालय झापाले छानबिन समिति बनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले १५ वर्षीय नाबालक किरण कार्कीडोली दर्जीको पहिचान लुकाई १९ वर्षीय भारतीय नागरिक भएको र उनले थुनुवा कोठामा आत्महत्या गरेको सूचना ४ वैशाखमा म्यासेन्जरमार्फत नयाँ पत्रिकाकर्मीलाई दिएका थिए । जबकि, प्रहरीले दर्जीको शव २ वैशाखमा परिवारलाई जबर्जस्ती बुझाएकै दिन उनी नेपाली नागरिक भएको र १५ वर्ष पूरा भएको खुलिसकेको थियो ।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति बनाएको हो । छानबिन समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव अधिकारी र असइ नवराज थापा छन् । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

डिएसपी सुवास खड्कालाई निलम्बन गर्न माग :
घटना सार्वजनिक भएपछि झापाका दलित अधिकारकर्मीले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सुनियोजित रूपमा नाबालकको हत्या गरेको दाबी गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्कालाई तत्काल निलम्बन गर्न माग गरेका छन् । अधिकारकर्मीसहितको उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने दलित अधिकारकर्मीको माग छ । ‘प्रहरीले भनेभन्दा फरक ढंगले बालकको मृत्यु भएको छ, त्यसकारण प्रहरीभित्र बनेको छानबिन समिति हामीलाई स्वीकार्य छैन,’ उत्पीडित अधिकार मञ्च झापाका अध्यक्ष टीकाराम मंग्रातीले भने ।

यू–१६ पूर्वी क्षत्रीय क्रिकेट प्रतियोगिता : नेपालले म्यानमारलाई सहजै हरायो

काठमाडौ । एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाली टोलीले जित निकालेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको हो । शनिबार भएको खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको म्यानमारले १३ ओभर २ बलमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो । म्यानमारले दिएको ५९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा अर्जुन कुमालले सर्वाधिक २३ रन बनाए । उनले अविजित रहँदै यो योगफल तयार पारेका हुन् । यस्तै सुवास ऐरले ११ रन बनाउन सफल भए । बलिङतर्फ म्यानमारका काउङ क्याले २ विकेट लिन सफल भए ।

यसअघि म्यानमारका लागि काउङ क्याले सर्वाधिक १९ तथा क्रिस्टोफरले ११ रन बनाउन सफल भए । उनी बाहेका म्यानमारका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । बलिङतर्फ नेपालका कप्तान विशाल बिक्रम केसीले ४ विकेट लिए । जितसँगै समूह ‘ए’ को नेपालले २ अंक जोडेको छ । नेपाल साविक विजेता पनि हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web