दिल्लीले पञ्जावलाई हराउदाँ सन्दीपले लिए तीन विकेट

बैशाख ८, २०७६ मा प्रकाशित | 17016 views

काठमाडौ । आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जावलाई ५ विकेटले पराजित गरेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा दिल्लीले पञ्जावलाई हराएर छैटौं जित हात पारेको हो। जितसँगै दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ।

पञ्जावले दिएको १ सय ६४ रन दिल्लीले २ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्यो। दिल्लीको जितमा कप्तान श्रेयस इयरले नटआउट ५८ रन जोडे। उनले अन्तिम ओभरको चौथो बलमा जितका लागि २ रन चाहिएको अवस्थामा चौका प्रहार गरेका थिए। त्यसअघि शिखर धवनले ५६ रनको योगदान दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ७ विकेटको क्षतिमा १ सय ६३ रन जोड्यो। उसका लागि क्रिस गेलले ५९ रनको योगदान दिए। बलिङमा दिल्लीका सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले ४ ओभर बलिङ गर्दा ४० रन दिए। उनले १२ बल डट फ्याँक्दा ६ चौका र २ छक्का दिए।

उनले खेलमा पन्जावका दुवै ओपनिङ ब्याट्सम्यानलाई आउट गरे। ओपनर केएल राहुललाई विकेटकिपर रिशव पन्तबाट क्याच गराएका सन्दीपले आफ्नो दोस्रो विकेटको रुपमा क्रिस गेललाई आउट गरेका थिए।

दोस्रो ओभरमै बलिङको मौका पाएका सन्दीपले राहुललाई १२ रनमा आउट गरेका थिए। सन्दीपले १२औं ओभरको दोस्रो बलमा क्रिस गेललाई आउट गरे। पहिलो बलमा छक्का प्रहार गरेका गेल दोस्रो बलमा क्याच आउट भए। गेलले लामो सर्ट प्रहार गरे पनि कोलिन इनग्रामले बाउन्डीमा क्याच गरेर फ्याँकेका थिए। फ्याँकेको बल अक्षर पटेलले क्याच गर्दा गेल ३७ बलमा ६९ रन जोडेर आउट भए। सोहि ओभरको अन्तिम बलमा सन्दीपले साम कुरानलाई शून्य रानमा आउट गरे। कुरानलाई सन्दीपले आफै क्याच गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web