काठमाडौ । भूकम्पपछिको पुर्ननिर्माणको लागि भारतले दिएको ७५ अर्ब रुपैयाँ ऋण रकममध्ये १५ अर्ब रुपैयाँ स्वास्थ्य तथा शिक्षा क्षेत्रका भवन निर्माणका लागि खर्च भएपनि बाँकी ६० अर्ब रुपैयाँ सरकारलाई नै फिर्ता दिन लागिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ।

भूकम्पपछि भारतले नेपाललाई १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। जसमध्ये २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ ऋण रकम रहको छ। अनुदानको २५ अर्ब रुपैयाँ र ऋणमार्फतको १५ अर्ब रुपैयाँ गरी कुल ४० अर्ब रुपैयाँ पुर्ननिर्माणमा खर्च गरेपनि बाँकी ६० अर्ब रुपैयाँ अन्यन्त्रै खर्च गर्नका अर्थ मन्त्रालयसँग छलफल भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए।

‘भारतले नेपाललाई प्रतिबद्धता जनाएअनुसार २५ अर्ब रुपैयाँ प्राधिकरणलाई प्राप्त हुनेमा कुनै द्विविधा छैन, त्यो आउँछ,' –ज्ञवालीले भने, 'सहुलियत ऋणमा भारतिय एक्जिम बैंकको ५ अर्ब रुपैयाँ र अरु १० अर्ब रुपैयाँ गरी १५ अर्ब रुपैयाँ पुर्ननिर्माणका क्रममा खर्च हुन्छ। प्रतिबद्धताको बाँकी रकम अर्थात ६० अर्ब रुपैयाँ अन्तै जाने बनाउने गरी अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ।’

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माणका लागि वित्तीय व्यवस्थापन सबैभन्दा चुनौती रहेको बताइरहँदा दातृ निकायबाट ऋणमार्फत् प्राप्त रकमलाई भने सरकारले अन्तै खर्च गर्ने गरी छलफल अगाडि बढाएको हो।

पुर्ननिर्माणकै लागि भन्दै सरकारले विश्व बैंकसँग ५० करोड अमेरिकी डलर ऋण सहायता माग्ने गरी विश्व बैंकसँग छलफल भइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।

काठमाडौ । नेत्रवित्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य तथा मध्य क्षेत्रीय कमान्ड हेमन्त प्रकाश ओली कारागार चलान भएका छन् । उनलाई जिल्ला अदालत ललितपुरले मंगलबार थुनामा राख्न आदेश दिएको हो।

अदालतको आदेशसँगै उनी ललितपुरस्थित नख्खु कारागार चलान भएका छन्।

नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम बिस्फोटको घटनामा संलग्न भएको भन्दै उनीमाथि श्यामप्रसाद गुरुङले जाहेरी दिएका थिए।

श्याम प्रसादका भाइ सिमप्रसाद गुरुङले सोही विस्फोटमा परी ज्यान गुमाएका थिए भने अन्य दुई जना गम्भीर घाइते भएका थिए।

उक्त घटानापछि ओलीले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी समेत लिएका थिए।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली काभ्रैबाट पक्राउ गरेको थियो।

उनीवरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको थियो।

उनीसँगै सोही मुद्दामा पक्राउ परेका अन्य व्यक्तिहरु शिव धमला भनिने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, इश्वर परियार र विरबहादुर कडायतसमेत गरी ६ जना कारागार चलान भएक छन्।

उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। यसअघि ओलीका तर्फबाट साधारण तारेखमा रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। तर सर्वोच्चले सो रिट खारेज गरेको थियो।

अनु आचार्य,
धुञ्चे । चीनसंग सञ्चालनमा रहेको व्यापारिक नाका रसुवाको टिमुरेहुदैँ नेपालतर्फ ल्याउन लागिएको सात किलो अबैध सुन सहित एक जना पक्राउ परेका छन् ।
चीनको केरुङबाट स्याउ बोकेर नेपालतर्फ आउदै गरेको ना. ६ ख ९०६८ नं. कन्टेनरमा ल्याएको अबैध सुन सहित त्यसका चालकलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सयुक्त टोलीले टिमुरे स्थित घट्टेखोलाबाट मंगलबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सन्तोष तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार पक्राउ पर्नेमा अबैध रुपमा सुन बोकेको कन्टेनरका चालक रसुवाको नौकुण्ड गाउँपालिकाका वडा नं. १ का ग्याल्बो घले रहेका छन् ।

विशेष सुराकीको आधारमा कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको सुन प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
अबैध सुन सहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धुञ्चेमा ल्याइएको छ भने संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विदुर । नुवाकोटको किस्पाङ गाउँ पालिकाकाे वडा नं २ र ५
मा चलिरहेको भूकम्प प्रभावित समुदायको लागि जिविकाेपार्जन पुनःस्थापना
कार्यक्रम सम्बन्धि स्थानीय परियोजना सल्लाहकार समितिकाे बैठक मंगलबार
विदुरमा सम्पन्न भएकाे छ ।

'वल्ड रिन्यु' सँगकाे
साझेदारीमा नारी जागरण समाज मार्फत चलिरहेकाे जिविकाेपार्जन पुनःस्थापन
कार्यक्रम सम्बन्धि जानकारी दिन अायाेजित बैठकमा किस्पाङ गाउपालिका अध्यक्ष
छत्रबहादुर लामाले पुर्ननिर्माणमा पाएकाे जस्ताे उपलब्धि जिविकाेपार्जनमा
कठिनाइ भइरहेकाले सबै पक्षकाे सहकार्यबाट सफल बनाउनु सबैकाे जिम्मेवारी
रहेकाे बताउनुभयाे । उहाँले किसानलाइ परम्परागत तथा निर्बाहमुखी खेती हटाएर
ब्यबसायिक तथा अाधुनिक खेतिमा अाबद्व गराउन सक्नुपर्नेमा जाेड दिनुभयाे ।
अध्यक्ष लामाले गाउपालिकामा विषयगत शाखा भएपनि जनशक्ति अभाव र त्यसमा विज्ञ
कर्मचारी पाउनै गाह्राे भएकाले जनतालाइ गुणस्तरीय सेवा दिन चाहेरपनि
नसकेकाले सघसँस्थाहरुले चलाएकाे कार्यक्रमले केही राहत महशुस गरेकाे
बताउनुभयाे । जिविकाेपार्जनकाे लागि तरबारि खेतिकाे लागि टनेल निर्माण
लगायतमा सामाजिक सँस्थाहरुसग गाउँपालिकाले पनि केही बजेट छुट्टयाइएको
जानकारी दिनुभयाे ।

कार्यक्रममा किस्पाङ गाउपालिका
वडा २ का वडाअध्यक्ष देवनाथ भट्टले विद्युतीय चुलाे वितरणकाे लक्ष्य
ताेकिएकाे लक्षित समूह ६४७ परिवारलाइ नै समेट्न सुझाव दिनुभयाे । उहाले
विभिन्न विराेधकाबीच यसअघि मनकामनाकाे साविक वडा४, ६ र ७ निर्माण गरेकाे
निजी निवास (भवन) जिल्लाकै नमूना रहेकाले जिविकाेपार्जन कार्यक्रम पनि
त्यही अनुसार बनाउनकाे लागि सहयोगमा प्रतिबद्धता जनाउनुभयाे ।

वडा
नं ५ का वडाअध्यक्ष नरहरी भट्टले भूकम्पले पुर्याएकाे क्षतिकाे अावास
पुर्ननिर्माणमा पुर्याएकाे सहयोग राम्रो भएकाले अहिले भइरहेकाे कार्यक्रम
पनि प्रभावकारी बनाउन सुझाव दिनुभयाे । उहाले तालिम लगायतबाट उपलब्धि हासिल
गर्नतर्फ लाग्न र त्यसमा जनप्रतिनिधिकाे समेत संलग्नता रहने व्यवस्था
मिलाउन अाग्रह गर्नुभयाे ।

कृषि ज्ञान केन्द्रका
प्रमुख केशब खनालले कृत्रिम गर्भाधान, बीउ वितरण, कृषि प्रदर्शनी लगायका
कार्यक्रममा स्थानीयतह र जिल्ला स्थित विषयगत कार्यालयसंग साझेदारी गर्न
सुझाब दिनुभयाे ।

'वल्ड रिन्यु'का कार्यक्रम संयाेजक
भगेन्द्र खत्रीले स्थानीय सरकार एंव जनप्रतिनिधिसग साझेदार र सहकार्यबाटै
अघि बढाइरहेकाे जानकारी गराउनुभयाे ।

सल्लाहकार
समितिकाे बैठकका सभापति समेत रहनुभएका नारी जागरण समाजका अध्यक्ष रमा
तामाङले महिला सशक्तीकरणकाे लागि स्थापना भएका सँस्थाले पहिलाे अवसरकाे
पाएकाे अावास निर्माण कार्यक्रम उत्कृष्ट भएकाले हाल चलिरहेको
जिविकाेपार्जन कार्यक्रम पनि सबैसँगकाे सहकार्यले सफल बनाउने बताउनुभयाे ।

कार्यक्रममा
समाजका उपाध्यक्ष शान्ता खनालले सञ्चालित कार्यक्रममा भूकम्प पीडितकाे
अार्थिक रुपमा सबल बनाउन केन्द्रित रहेकाे बताउनुभयाे भने जिविकाेपार्जन
पुनःस्थापन कार्यक्रमका कार्यक्रम संयाेजक मधुसुदन पाैडेलले कार्यक्रम
ताेकिएकाे अबधिमा सफल रुपमा पूरा गर्न प्रतिबद्ध भएर लागिरहेको बताउनुभयाे ।

'वल्ड रिन्यु'संगकाे साझेदारीमा उक्त कार्यक्रम सन् २०१८ नाेबेम्बरबाट सुरु गरेर
सन् २०१९ अम्टुबरसम्म चल्ने छ । उक्त कार्यक्रममा सामाजिक परिचालन, कृषि,
जिविकाेपार्जन, सहायता सामाग्री क्षमता बृद्वि लगायतकाे लागि रू ३ कराेड ९६
लाख ७५ हजार ९९० रहेकाे बताइएकाे छ ।

समाजले यसअघि
सम्पन्न गरिसकेकाे अावास पुर्निमार्माण कार्यक्रम अन्तरत काहुले र डेउडीमा
रु ६८ लाख बराबरको दुई वटा सामुदायिक भवन समेत थप कार्यक्रमकाे रुपमा
निर्माण गर्न लागिरहेकाे जनाएकाे छ ।

विदुर । नुवाकोटको किस्पाङ गाउँ पालिकाकाे वडा नं २ र ५
मा चलिरहेको भूकम्प प्रभावित समुदायको लागि जिविकाेपार्जन पुनःस्थापना
कार्यक्रम सम्बन्धि स्थानीय परियोजना सल्लाहकार समितिकाे बैठक मंगलबार
विदुरमा सम्पन्न भएकाे छ ।

'वल्ड रिन्यु' सँगकाे
साझेदारीमा नारी जागरण समाज मार्फत चलिरहेकाे जिविकाेपार्जन पुनःस्थापन
कार्यक्रम सम्बन्धि जानकारी दिन अायाेजित बैठकमा किस्पाङ गाउपालिका अध्यक्ष
छत्रबहादुर लामाले पुर्ननिर्माणमा पाएकाे जस्ताे उपलब्धि जिविकाेपार्जनमा
कठिनाइ भइरहेकाले सबै पक्षकाे सहकार्यबाट सफल बनाउनु सबैकाे जिम्मेवारी
रहेकाे बताउनुभयाे । उहाँले किसानलाइ परम्परागत तथा निर्बाहमुखी खेती हटाएर
ब्यबसायिक तथा अाधुनिक खेतिमा अाबद्व गराउन सक्नुपर्नेमा जाेड दिनुभयाे ।
अध्यक्ष लामाले गाउपालिकामा विषयगत शाखा भएपनि जनशक्ति अभाव र त्यसमा विज्ञ
कर्मचारी पाउनै गाह्राे भएकाले जनतालाइ गुणस्तरीय सेवा दिन चाहेरपनि
नसकेकाले सघसँस्थाहरुले चलाएकाे कार्यक्रमले केही राहत महशुस गरेकाे
बताउनुभयाे । जिविकाेपार्जनकाे लागि तरबारि खेतिकाे लागि टनेल निर्माण
लगायतमा सामाजिक सँस्थाहरुसग गाउँपालिकाले पनि केही बजेट छुट्टयाइएको
जानकारी दिनुभयाे ।

कार्यक्रममा किस्पाङ गाउपालिका
वडा २ का वडाअध्यक्ष देवनाथ भट्टले विद्युतीय चुलाे वितरणकाे लक्ष्य
ताेकिएकाे लक्षित समूह ६४७ परिवारलाइ नै समेट्न सुझाव दिनुभयाे । उहाले
विभिन्न विराेधकाबीच यसअघि मनकामनाकाे साविक वडा४, ६ र ७ निर्माण गरेकाे
निजी निवास (भवन) जिल्लाकै नमूना रहेकाले जिविकाेपार्जन कार्यक्रम पनि
त्यही अनुसार बनाउनकाे लागि सहयोगमा प्रतिबद्धता जनाउनुभयाे ।

वडा
नं ५ का वडाअध्यक्ष नरहरी भट्टले भूकम्पले पुर्याएकाे क्षतिकाे अावास
पुर्ननिर्माणमा पुर्याएकाे सहयोग राम्रो भएकाले अहिले भइरहेकाे कार्यक्रम
पनि प्रभावकारी बनाउन सुझाव दिनुभयाे । उहाले तालिम लगायतबाट उपलब्धि हासिल
गर्नतर्फ लाग्न र त्यसमा जनप्रतिनिधिकाे समेत संलग्नता रहने व्यवस्था
मिलाउन अाग्रह गर्नुभयाे ।

कृषि ज्ञान केन्द्रका
प्रमुख केशब खनालले कृत्रिम गर्भाधान, बीउ वितरण, कृषि प्रदर्शनी लगायका
कार्यक्रममा स्थानीयतह र जिल्ला स्थित विषयगत कार्यालयसंग साझेदारी गर्न
सुझाब दिनुभयाे ।

'वल्ड रिन्यु'का कार्यक्रम संयाेजक
भगेन्द्र खत्रीले स्थानीय सरकार एंव जनप्रतिनिधिसग साझेदार र सहकार्यबाटै
अघि बढाइरहेकाे जानकारी गराउनुभयाे ।

सल्लाहकार
समितिकाे बैठकका सभापति समेत रहनुभएका नारी जागरण समाजका अध्यक्ष रमा
तामाङले महिला सशक्तीकरणकाे लागि स्थापना भएका सँस्थाले पहिलाे अवसरकाे
पाएकाे अावास निर्माण कार्यक्रम उत्कृष्ट भएकाले हाल चलिरहेको
जिविकाेपार्जन कार्यक्रम पनि सबैसँगकाे सहकार्यले सफल बनाउने बताउनुभयाे ।

कार्यक्रममा
समाजका उपाध्यक्ष शान्ता खनालले सञ्चालित कार्यक्रममा भूकम्प पीडितकाे
अार्थिक रुपमा सबल बनाउन केन्द्रित रहेकाे बताउनुभयाे भने जिविकाेपार्जन
पुनःस्थापन कार्यक्रमका कार्यक्रम संयाेजक मधुसुदन पाैडेलले कार्यक्रम
ताेकिएकाे अबधिमा सफल रुपमा पूरा गर्न प्रतिबद्ध भएर लागिरहेको बताउनुभयाे ।

'वल्ड रिन्यु'संगकाे साझेदारीमा उक्त कार्यक्रम सन् २०१८ नाेबेम्बरबाट सुरु गरेर
सन् २०१९ अम्टुबरसम्म चल्ने छ । उक्त कार्यक्रममा सामाजिक परिचालन, कृषि,
जिविकाेपार्जन, सहायता सामाग्री क्षमता बृद्वि लगायतकाे लागि रू ३ कराेड ९६
लाख ७५ हजार ९९० रहेकाे बताइएकाे छ ।

समाजले यसअघि
सम्पन्न गरिसकेकाे अावास पुर्निमार्माण कार्यक्रम अन्तरत काहुले र डेउडीमा
रु ६८ लाख बराबरको दुई वटा सामुदायिक भवन समेत थप कार्यक्रमकाे रुपमा
निर्माण गर्न लागिरहेकाे जनाएकाे छ ।

कुर्दिस्तान, ईराक ।

नेपाली नयाँ बर्ष २०७६ लाई ईराकको कुर्दिस्तानमा रहेका नेपालीहरुले सामुहिक रुपमा भव्यताका साथ मनाएका छन् ।

प्रवासी नेपाली एकता समाज कुर्दिस्तानले आयोजना गरेको १० औं शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम नेपाली नयाँ बर्ष २०७६ बैशाख ६ गते सम्पन्न भएको हो ।

प्रवासी नेपाली एकता समाज कुर्दिस्तान, ईराकको आयोजनामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष समेत रहेका अध्यक्ष नविनकुमार लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङ कुर्दिस्तानका अध्यक्ष च्याङ्बा लामा (नुरी) को उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च दोहक, नेपाली महिला समाज कुर्दिस्तान, नेपाली युवा समाज कुर्दिस्तान लगायत आधा दर्जन संघसंस्थाको सहयोग र प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कुर्दिस्तानमा रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको सहभागीतामा भएको नेपाली नयाँ बर्ष २०७६ को शुभकामना तथा सांस्कृतिक कार्यक्रममा अन्य देशका नागरिकहरुको समेत सहभागीता रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष प्रवासी नेपाली एकता समाज कुर्दिस्तान, ईराकका अध्यक्ष नविन कुमार लामाका अनुसार भारतीय, श्रीलंका, बंगलादेशी सहित कुर्दिस नागरिकहरुको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रमको संयोजन आयोजक संस्थाका महासचिव सलामसिंह लामाले गर्नुभएको थियो भने संस्थाको तर्फबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरि कार्यक्रम सञ्चालन संस्थाका सचिव रञ्जिव कुमार लामाले गर्नुभएको थियो ।

कार्यक्रम स्थलमा नेपालमा घाँटीको अपरेशनका क्रममा आर्थिक अभाव झेलिरहेका दिल बहादुर तामागंको लागि संस्थाका सदस्य तथा सामाजिक अभियन्ता प्रकाश लामाको संयोजनमा ८ लाख ७० हजार ईराकी दिनार संकलन गरिएको थियो । संकलीत रकम केहीदिन भित्रमै पिडित सम्म पुर्याउने संस्थाले जनाएको छ ।

नयाँ बर्षको शुभकामना सहित आयोजित कार्यक्रमको नारा

सम्पूर्ण नेपालीहरुको भाषा, धर्म, संस्कृती, भेषभुषा, चाडपर्व, तपाई हामीहरुकै पहिचान,

त्यसलाई जोगाईराख्ने युवा पुस्ताहरुको अभियान

राखिएको थियो ।

कार्यक्रममा उपस्थित हुनुभएका तथा समय अभावका कारण उपस्थित हुन नसक्नुभएका सबैप्रति संस्थाका अध्यक्ष लामाले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौ । त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार
साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका
हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन
जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।

यसो गर्दा केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ ।

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी एकताले साविक नेकपा एमाले र माओवादी केन्द्रमा खुसीको लहर आइरहेपनि घटुवामा परेपछि केन्द्रीयस्तरका नौ नेता भने निराश भएका छन् ।

तत्कालिन एमालेका जिल्ला अध्यक्षहरुलाई निरन्तरता दिने सन्दर्भमा भएको सहमति अनुसार अध्यक्ष नपाएको जिल्लामा सचिवमा घटुवामा उनीहरु परेका हुन । तर तत्कालिन माओवादीतर्फका ८ जना र पूर्वएमालेका १ जना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका छन् । यद्यपी उनीहरुको केन्द्रीय सदस्य पद पनि यथावत रहने भएको छ ।

सोमवार अपरान्ह सार्वजनिक भएको जिल्ला अध्यक्ष र सचिवहरुको सूचीमा नौ केन्द्रीय सदस्य जिल्ला सचिव बनाइएका छन् । उनीहरुले अब पार्टी बरियतामा आफूभन्दा जुनियरको मातहत रहेर काम गर्नुपर्नेछ । बरियतामा केन्द्रीय सदस्यभन्दा तल जिल्ला अध्यक्ष रहन्छन् ।

सार्वजनिक गरिएको सुची अनुसार केन्द्रीय सदस्यको मातहतमा सचिव हुने मोरङका गोपी अछामीमात्र छन् । मोरङमा तत्कालिन एमालेका अध्यक्ष समेत रहेका र हाल केन्द्रीय सदस्य बढुवा भएका बिनोद ढकाल अध्यक्ष बनेका छन् ।

केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा डाचाराज वाग्ले सर्लाही, युवराज भट्टराई रौतहट, दावा तामाङ सिन्धुपाल्चोक, श्रवण यादव धनुषा, हिमाल शर्मा काठमाडौं, शालिकराम जमरकट्टेल धादिङ, दधिराम न्यौपाने रुपन्देही र प्रमोदनारायण यादव सिरहाका रहेका छन् ।

नेकपाका कार्यकर्ताले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश मन्त्री तहका नेताहरुलाई जिल्ला कमिटी सचिव बनाइएकोमा आश्चर्य व्यक्त गरेका छन् । यसैबीच केन्द्रीय सचिवालयका केही नेताले जिल्ला सचिवको साटो सहअध्यक्ष बनाउन प्रस्ताव गरेका छन् ।

पूर्व माओवादीबाट जिल्ला अध्यक्ष बनाइएका धेरै नेता केन्द्रीय कमिटी सदस्य भए पनि पूर्व एमालेबाट जिल्ला अध्यक्ष बन्नेमा विनोद ढकाल र कृष्ण राईमात्र केन्द्रीय सदस्य हुन् । उनीहरु तत्कालिन जिल्ला अध्यक्ष भएकाले निरन्तता पाएका हुन् ।

बाँके । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विप्लव समूहको कार्यकर्ता भएको आरोपमा पक्राउ परेका कोहलपुर ११, बाँकेका दानबहादुर फडेरालाई जिल्ला अदालतले आइतबार साधारण तारेखमा रिहा गरेको छ । तर, अदालत परिसरमै धरपडक गर्न खोजेपछि फडेराले मानवअधिकार आयोगलाई गुहारे । अदालत नजिकै बाँके गाउँ पिपलचौतारामा रहेको कार्यालयबाट टोली अनुगमनका लागि गयो ।

फडेराले आफू सुरक्षाकै कारण घर जान नसक्ने र आफ्ना कुरा राख्ने बताएपछि आयोगको कार्यालयमा ल्याइयो । पूर्व लडाकू फडेराले आफू विप्लव समूहप्रति आस्था राख्ने भएपनि आपराधिक गतिविधिमा सक्रिय नभएको बताएका छन् । तर, एकाएक प्रहरीले आयोगकै कार्यालय घेरा हाल्यो । राति करिव साढे १० बजे
डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले आयोग कार्यालयको गेटमा आएर ढोका
खोल्न दबाव दिनुका साथै कार्यालय परिसर घेराबन्दीमा राख्यो । आयोगको
नेपालगञ्ज कार्यालयका प्रमुख कार्यालय परिसरमै बस्ने भएकाले फडेरा जोगिए ।
तर, प्रहरीले आयोगको कार्यालय घेराबन्दी गर्न छाडेन ।

डीएसपी रमेशबहादुर सिंह

सूचना अधिकारी द्धारिकाकुमारी अधिकारीकाअनुसार सोमबार दिउँसोसम्म आयोगको कार्यालय परिसरमा प्रहरीको उपस्थिति थियो । फडेरा अहिले पनि कार्यालयमै बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारीको रोहबरमा फडेरालाई छोड्न प्रयास भएपनि सोमबार त्यो कार्य पूरा हुन सकेन ।

आयोगको आपत्ति :
अदालतले तारेखमा छाडेका व्यक्तिलाई लिएर प्रहरीले कार्यालय नै घेराउ गरेपछि मानवअधिकार आयोगको नेपालगञ्ज कार्यालयले केन्द्रीय कार्यालयमा खबर ग¥यो । आयोगले कार्यालय घेराबन्दी गर्नु र कार्यालय प्रमुखलाई दबाव दिनु आयोगको स्वतन्त्रता, स्वायत्तता र मर्यादामाथि ठाडो अस्तक्षेप भएको बताएको छ ।

आयोगले फडेरालाई सकुसल घर फिर्ता पठाएरर परिवारको जिम्मा लगाएर आफूलाई जानकारी दिन प्रमुख जिल्ला अधिकारी र बाँके प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।

साथै डीएसपी सिंहको कामकारबाही र व्यवहार बारे छानविन गरी विभागीय कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिएको छ ।

आयोगले फडेरा र उनको परिवारका सदस्यलाई मानसिक वा अन्य यातना नदिन समेत प्रहरीलाई सचेत गराएको छ ।

काठमाडौ । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । बिमान दुर्घटना भएपनि मानवीय क्षति भने भएको छैन ।
सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।
9Nkk ल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

महोत्तरी । पिपरा गाउँपालिकाका अध्यक्षको निधन भएको छ। बिरामी भएर काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको हो । ४५ वर्षको उमेरमा चौधरीको अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

चौधरीको मृत शरीरलाई महोत्तरी पिपरा लगिने भएको छ । उनी राष्ट्रिय जनता पार्टीको तर्फबाट गाउँपालिकामा निर्वाचित भएका थिए।

काठमाडौ । जारी रहेको आठौं राष्ट्रिय खेलुकद अन्तर्गत एथ्लेटिक्सको महिला ५ हजार मिटर दौडमा प्रदेश ३ की सन्तोषी श्रेष्ठले बनाएको कीर्तिमान निर्णायकको गम्भीर गल्तीको कारण अन्योलमा परेको छ। निर्णायकले गम्भीर गल्तीले सन्तोषीको कीर्तिमान नै अन्योलमा पारिएको हो । दाङको बेलझुन्डी रंगशालामा आइतबार सम्पन्न भएको प्रतिस्पर्धामा निर्णायकले ल्याप गणनामा गल्ती गरेको भन्दै सहभागी खेलाडी र प्रशिक्षकले खुलेरै विरोध जनाएपनि त्यो अझै सच्चिएको छैन ।

५ हजार दौडका लागि ट्र्याकमा साढे १२ राउन्ड दौडनुपर्छ। तर निर्णायकले पहिलो ३ प्रतिस्पर्धीका लागि एक ल्याप कम गरेको भन्दै एथ्लेटिक्सका प्रशिक्षक तथा पूर्व ओलम्पियन हरिबहादुर रोकाया ट्र्याकमै विरोधमा उत्रिएका थिए। दौड पूरा हुने बित्तिकै रोकाया झोक्किएर हिँडेका थिए। उनको चार ल्याप बाँकी रहँदा निर्णायकले तीन ल्याप मात्र बाँकी रहेको भन्दै खेलाडीलाई जानकारी गराएको प्रति असन्तुष्टि जनाएका हुन् ।

ुम आफैंले ल्याप गन्ती गरिहरेको थिएँ। पाँच ल्याप बाँकी रहँदासम्म ठिकै थियो। तर चार ल्याप बाँकी नभनी अग्रपक्तिमा रहेका ३ खेलाडीलाई ३ राउन्ड बाँकी भन्दा छक्का परेको भन्दै रोकायाले ट्र्याकमै असन्तुष्टि पोखेका थिए।

दौडमा सन्तोषीले निर्धारित दूरी १६ मिनेट ३०.६ सेकेन्डमा पार गरी स्वर्ण जितेकी थिइन्। सन्तोषीले आर्मीकी विश्वरुपा बुढा र एपिएफकी विन्द्रा धान्के श्रेष्ठलाई पछि पारेकी हुन । विश्वरुपाले १६ मिनेट ४६.१ सेकेन्ड र विन्द्राले १७ मिनेट ०३.८ सेकेन्डमा दौड पूरा गरेका थिए।

सन्तोषीको यो टाइमिङ राष्ट्रिय कीर्तिमान हो। यसअघि यो विधाको कीर्तिमान कान्छीमाया कोजुका नाममा थियो। उनले सन् २०१० मा ग्वान्झाउ एसियाडमा १६ मिनेट ४९.९८ सेकेन्ड निर्धारित दूरी पार गरेर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

तर सन्तोषीले बनाएको यो कीर्तिमानलाई मान्यता दिने वा नदिने विषयमा फिल्डमा रहेका निर्णायकले कुनै प्रतिक्रिया दिन चाहेनन्। एक निर्णायकले नाम उल्लेख नगर्न आग्रह गर्दै पत्रकार समक्ष पदक जितेकी विश्वरुपाले नै असन्तुष्टि जनाएकी बताए । त्यसैले गल्ती भएको हुन सक्ने देखिएको छ। यस विषयमा आफूहरु छलफलमा लागेको उनले बताए ।

दोस्रो भएकी विश्वरुपाले पनि दौड सकिए लगत्तै ल्याप गन्तीमा ढिलाई भएको भन्दै विरोध गरेकी थिइन्। यो स्पर्धामा लामो समयदेखि प्रतिस्पर्धा गरिरहेकी उनले यस्तो ट्र्याक र गतिमा कुदेर राष्ट्रिय कीर्तिमान बन्न नसक्ने भन्दै असन्तुष्टि जनाएकी थिइन्।

एथ्लेटिक्समा विद्युतीय घडीको उपयोग हुन नसक्दा विवाद आइरहने गरेको छ। नेपालमा हुने राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म विद्युतीय घडीको प्रयोग हुन सकेको छैन। निर्णायकहरुले पराम्परागत हाते घडीको प्रयोग गरेर समय मापन गर्ने गरेका छन्।

जारी प्रतियोगिताको एथ्लेटिक्समा गल्ती भएको यो पहिलो पटक होइन। यसअघि भएको महिला १० हजार मिटर दौडमा पनि निर्णायकले ल्याप गन्तीमा गल्ती गरेका थिए। जसकारण पछिल्ला केही खेलाडीले तीन ल्याप बढी दौडिनु परेको थियो।