रसुवागढी नाकाबाट सात किलो अबैध सुन सहित स्याउ बोकेको कन्टेनर र चालक पक्राउ

बैशाख १०, २०७६ मा प्रकाशित | 6986 views

अनु आचार्य,
धुञ्चे । चीनसंग सञ्चालनमा रहेको व्यापारिक नाका रसुवाको टिमुरेहुदैँ नेपालतर्फ ल्याउन लागिएको सात किलो अबैध सुन सहित एक जना पक्राउ परेका छन् ।
चीनको केरुङबाट स्याउ बोकेर नेपालतर्फ आउदै गरेको ना. ६ ख ९०६८ नं. कन्टेनरमा ल्याएको अबैध सुन सहित त्यसका चालकलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सयुक्त टोलीले टिमुरे स्थित घट्टेखोलाबाट मंगलबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सन्तोष तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार पक्राउ पर्नेमा अबैध रुपमा सुन बोकेको कन्टेनरका चालक रसुवाको नौकुण्ड गाउँपालिकाका वडा नं. १ का ग्याल्बो घले रहेका छन् ।

विशेष सुराकीको आधारमा कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको सुन प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
अबैध सुन सहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धुञ्चेमा ल्याइएको छ भने संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web