आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता : निर्णायकको गम्भीर गल्ती

बैशाख ९, २०७६ मा प्रकाशित | 14230 views

काठमाडौ । जारी रहेको आठौं राष्ट्रिय खेलुकद अन्तर्गत एथ्लेटिक्सको महिला ५ हजार मिटर दौडमा प्रदेश ३ की सन्तोषी श्रेष्ठले बनाएको कीर्तिमान निर्णायकको गम्भीर गल्तीको कारण अन्योलमा परेको छ। निर्णायकले गम्भीर गल्तीले सन्तोषीको कीर्तिमान नै अन्योलमा पारिएको हो । दाङको बेलझुन्डी रंगशालामा आइतबार सम्पन्न भएको प्रतिस्पर्धामा निर्णायकले ल्याप गणनामा गल्ती गरेको भन्दै सहभागी खेलाडी र प्रशिक्षकले खुलेरै विरोध जनाएपनि त्यो अझै सच्चिएको छैन ।

५ हजार दौडका लागि ट्र्याकमा साढे १२ राउन्ड दौडनुपर्छ। तर निर्णायकले पहिलो ३ प्रतिस्पर्धीका लागि एक ल्याप कम गरेको भन्दै एथ्लेटिक्सका प्रशिक्षक तथा पूर्व ओलम्पियन हरिबहादुर रोकाया ट्र्याकमै विरोधमा उत्रिएका थिए। दौड पूरा हुने बित्तिकै रोकाया झोक्किएर हिँडेका थिए। उनको चार ल्याप बाँकी रहँदा निर्णायकले तीन ल्याप मात्र बाँकी रहेको भन्दै खेलाडीलाई जानकारी गराएको प्रति असन्तुष्टि जनाएका हुन् ।

ुम आफैंले ल्याप गन्ती गरिहरेको थिएँ। पाँच ल्याप बाँकी रहँदासम्म ठिकै थियो। तर चार ल्याप बाँकी नभनी अग्रपक्तिमा रहेका ३ खेलाडीलाई ३ राउन्ड बाँकी भन्दा छक्का परेको  भन्दै रोकायाले ट्र्याकमै असन्तुष्टि पोखेका थिए।

दौडमा सन्तोषीले निर्धारित दूरी १६ मिनेट ३०.६ सेकेन्डमा पार गरी स्वर्ण जितेकी थिइन्। सन्तोषीले आर्मीकी विश्वरुपा बुढा र एपिएफकी विन्द्रा धान्के श्रेष्ठलाई पछि पारेकी हुन । विश्वरुपाले १६ मिनेट ४६.१ सेकेन्ड र विन्द्राले १७ मिनेट ०३.८ सेकेन्डमा दौड पूरा गरेका थिए।

सन्तोषीको यो टाइमिङ राष्ट्रिय कीर्तिमान हो। यसअघि यो विधाको कीर्तिमान कान्छीमाया कोजुका नाममा थियो। उनले सन् २०१० मा ग्वान्झाउ एसियाडमा १६ मिनेट ४९.९८ सेकेन्ड निर्धारित दूरी पार गरेर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

तर सन्तोषीले बनाएको यो कीर्तिमानलाई मान्यता दिने वा नदिने विषयमा फिल्डमा रहेका निर्णायकले कुनै प्रतिक्रिया दिन चाहेनन्। एक निर्णायकले नाम उल्लेख नगर्न आग्रह गर्दै पत्रकार समक्ष पदक जितेकी विश्वरुपाले नै असन्तुष्टि जनाएकी बताए ।  त्यसैले गल्ती भएको हुन सक्ने देखिएको छ। यस विषयमा आफूहरु  छलफलमा लागेको उनले बताए ।

दोस्रो भएकी विश्वरुपाले पनि दौड सकिए लगत्तै ल्याप गन्तीमा ढिलाई भएको भन्दै विरोध गरेकी थिइन्। यो स्पर्धामा लामो समयदेखि प्रतिस्पर्धा गरिरहेकी उनले यस्तो ट्र्याक र गतिमा कुदेर राष्ट्रिय कीर्तिमान बन्न नसक्ने भन्दै असन्तुष्टि जनाएकी थिइन्।

एथ्लेटिक्समा विद्युतीय घडीको उपयोग हुन नसक्दा विवाद आइरहने गरेको छ। नेपालमा हुने राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म विद्युतीय घडीको प्रयोग हुन सकेको छैन। निर्णायकहरुले पराम्परागत हाते घडीको प्रयोग गरेर समय मापन गर्ने गरेका छन्।

जारी प्रतियोगिताको एथ्लेटिक्समा गल्ती भएको यो पहिलो पटक होइन। यसअघि भएको महिला १० हजार मिटर दौडमा पनि निर्णायकले ल्याप गन्तीमा गल्ती गरेका थिए। जसकारण पछिल्ला केही खेलाडीले तीन ल्याप बढी दौडिनु परेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web