कतारका लागि नेपाली राजदुत कोइरालालाई आकस्मिक रुपमा हटाइयो

काठमाडौ । कतारका लागि नेपाली राजदुत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाउने भएको छ।

मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय सुनाएका हुन्।

'किन र के को लागि फिर्ता गरिएको नसोध्नुस्,सरकारले राम्रो कामको लागि निर्णय गरेको हो,' प्रवक्ता बास्कोटाले भने।

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले कांग्रेसको कोटाबाट नियुक्त गरेको थियो।

यस्तो छ हाम्रो न्यायलय : एनसेलबाट तत्काल कर नउठाउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतको एकल इजलासले एनसेल लाभकर विवादमा पुन: एक पटक एनसेलकै पक्षमा आदेश जारी गरेको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। दुवै पक्षलाई सर्वोच्चले बैसाख २३ गते छलफलका लागि बोलाएको छ।

सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय यथास्थानमा राख्न भनेको हो।

सर्वोच्चको यो आदेशपछि एनसेल लाभकर विवाद अझै केही समय लम्बिने देखिएको छ। ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेल सोमबार सर्वोच्च अदालत पुगेपछि यो प्रकरण पुन: तातेको हो।

एनसेलका तर्फबाट कानुन अधिकृत रमेश घिमिरेको तर्फबाट प्रसन्न श्रेष्ठले उक्त रिट वारेस राखी दर्ता गरेका थिए। एनसेलले आफूले दुई आर्थिक वर्षमा रकम बुझाएको दाबी गर्दै अब १४ अर्ब ३६ करोड मात्र लाभकर बुझाउनुपर्ने दाबी गरेको थियो। ठूला करदाता कार्यालयले भने एनसेलले अब ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो।

छि ! प्रदेस नं. २ का राज्यमन्त्रीले गरे यस्तो घिनलाग्दो काम, राजीनामा दिन दबाब

धनुषा । प्रदेशका २ का एक राज्यमन्त्रीले आफ्नै खर्चमा दलित किशोरीको विवाह गराइदिएका छन्। प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायका १४ वर्षीया बालिकाको विवाह गराएका हुन्।

आफैं उपस्थित भएर डोम समुदायको बालिकाको विवाह गराइदिएपछि राज्यमन्त्रीको राजीनामा माग गर्दै बालअधिकारकर्मीले विरोध जनाएका छन्।

मन्त्रीले बालविवाह गराइदिएसँगै प्रदेश सरकारले चलाएको 'बेटी पढाऊ, बेटी बचाऊ' अभियान व्यर्थ भएको अधिकारकर्मीको टिप्पणी छ।

राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका-३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा मंगलबार राति गराएका हुन्।

आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाई समेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले बताए। राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अविभावकको जिम्मेवारी निभाए।

वडाध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको उक्त विवाहमा दुलहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिँदै आफूले गरिब–धनी र छुवाछुतको अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च व्यहोरेको बताए।

सिरहा-५ बाट प्रदेश सांसदको चुनाव जितेका मण्डल राजपाको सहमाहासचिव पनि हुन्। २० वर्ष भन्दा कम उमेरमा विवाह गराइदिनु कानुन विपरीत हो।

'नियम कानुनको कार्यान्वयन गर्नुपर्ने मन्त्रीले कानुनको खिल्ली उडाउँदै बालविवाह गराउँदै हिँड्नु लज्जास्पद हो,' दलित अधिकारकर्मी शिवकुमार महराले भने, 'ती बालिकाको विवाहमा गरेको खर्च उनको पढाइ लेखाइ वा कुनै सिपमूलक तालिममा लगानी गरिदिएको भए राम्रो हुन्थ्यो।'

मन्त्रीको राजीनामा माग :
यसैबीच सिरहाका अधिकारकर्मीहरूले दलित बालिकाको विवाह गराइदिने राज्यमन्त्री मण्डलको राजीनामा माग गरेका छन्। अधिकारकर्मी विनोद विसुंखेले जानाजान बालविवाह गराइदिने मन्त्री मण्डलले तत्काल राजीनामा दिनुपर्ने बताए।

विसुंखेले भने, 'बालविवाहलाई कानुनले स्वतः गैर कानुनी भनेको छ, गैर कानुनी काम गर्दै हिँड्ने राज्यमन्त्रीसगँ प्रदेश सरकारले तत्काल राजीीनामा माग्नुपर्छ र पार्टीले तत्काल कारबाही गर्नुपर्छ।'

कारबाही हुन्छ :-  महासचिव सुमन
राज्यमन्त्री मण्डलले बालविवाह गराइदिएको आफ्नो जानकारीमा आए पनि केटीको उमेर आधिकारिक रुपमा पुष्टि नभएको राजपाका माहासचिव मनिष सुमनले बताए। 'यदि, केटीको उमेर २० वर्ष नकटेको भए पार्टीले छानविन गरेर मण्डललाई कारबाही गर्छ, यसमा सबैजना ढुक्क भए हुन्छ,' महासचिव सुमनले बताए।

वंशजका आधारमा नागरिकता लिन जन्मसिद्धका सन्तानको भीड

धनुषा । जिल्ला प्रशासन कार्यालयमा जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता वितरणा गर्न थालिए पनि धनुषामा भने वितरण सुरु भएको छैन।  गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिन आदेश दिएपछि महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, धनुषा, सिरहा र सप्तरीस्थित जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड लागेको छ।

महोत्तरी, रौतहट, बारा, पर्सा, सप्तरी जिल्लामा नागरिकता वितरणको काम सुरु भएतापनि धनुषामा भने टोकनको व्यवस्थामार्फत नागरिकता वितरणका लागि विभिन्न चरणको प्रक्रिया अपनाइएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले धनुषामा ०६३ र ०७० सालमा नक्कली नागरिकता समेत फेला परेकाले जन्मसिद्व तथा जन्मको आधारमा दिन लागेको नागरिकताका लागि अति नै सुक्ष्म तरिकाले अध्ययन गरिने भएकाले तयारी भइरहेको जानकारी दिए।

नागरिकताका लागि आवेदनसहित फारम लिन सुरु भएको र सो संकलनपछि प्रहरीले हरेक नागरिकता पाउने व्यक्तिको गाउँमा सर्जिमिन गर्ने र त्यसपछि नागरिकताका लागि सम्बन्धित व्यक्तिलाई फोन गरी नागरिकता वितरण गर्ने जानकारी दिए। धनुषामा ३ दिनदेखि सुरु भएको नागरिकता आवेदन फारम संकलनको क्रममा हालसम्म १ सय ५० भन्दा बढी दर्ता भएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिए।

क्रिष्चियन धर्म परिवर्तनको खेल : श्रीमान्‌को परिवार नियोजन र श्रीमतीको गर्भ तुहाए

इटहरी । ‘मलाई माफ गर्नुस् आमा मैले गल्ती गरेँ। मैले नगर्ने काम गरेछु। धर्म परिवर्तन गरेर भुल गरेँ, मलाई माफ गर्नुस्।’

आमालाई अँगालो हाल्दै चिच्याउँदै थिए, अभिषेक कार्की। आमाको मनको बाँध पनि भत्कियो। ‘यिनै क्रिस्चियनले गर्दा मेरो सम्पत्ति सकियो। मलाई सुकुम्बासी बनाउने यिनै हुन्,' उनी पनि रुन थालिन्।

नजिकै रहेकी बुहारी आयुशाले उनलाई सम्हाल्ने कोसिस त गरिन्। तर, सकिनन्। बरु आफै रोइकराइ गर्न थालिन्। 'मलाई क्युरेट गर्न लगाउने यिनै पापी हुन्,' उनी भक्कानिँदै भन्न थालिन्, 'मेरो बच्चा जन्मिँदा मलाई हेला गर्ने यिनीहरु नै हुन्।'

वरिपरिको भिड उनीहरुतिरै केन्द्रित भयो। कसैले कसैसँग बोल्न सकेनन्। बरु धेरैका आँखा रसाए।

घटना बैसाख ९ गते सोमबारको हो। इलाका प्रहरी कार्यलय इटहरी अगाडिको दृश्य। अत्यन्तै दर्दनाक पीडा पोखिएको भान हुने यो दृश्यको कारण रहेछ, इसाइ धर्म परिवर्तन। जसका मुख्य नाइके हुन्, कोरियाली धर्म प्रचारक सङ जा हान।

यसरी सुरु हुन्छ घटना :
'जीवन मुक्ति'को आसमा २०६३ सालदेखि इसाई धर्ममा लागे अभिषेक कार्की। त्यसको केही वर्षमा उनको भेट तिनै सङ जा हानसँग भयो। धर्म प्रचारमा उनी अब्बल देखिन थाले। नभन्दै उनी पाश्चरसम्म भए। त्यति मात्र होइन कोरियाली र नेपाली भाषा अनुवाद गर्ने जिम्मा पनि पाए। चर्चभित्रै उनको विवाह भयो। 'प्रभु माता' नै सबैभन्दा ठूलो हो भन्दै जीवन नै प्रभुमा समाहित गरे।

तिनै कोरियालीको लहलहैमा लागेर उनले परिवारसँगको सम्बन्ध बिगारे। परिवारले अंश स्वरुप दिएको एक कठ्ठा जग्गासमेत चर्चमा बुझाए। तिनै कोरियालीले जे भन्यो त्यही मान्दै गए अभिषेक।

विवाहपूर्व नै उनलाई परिवार नियोजन गर्न लगाइयो। जतिबेला उनी भर्खर २० वर्ष लागेका थिए। तर, अस्पतालमा २५ वर्ष भनी ढाँट्न लगाएर परिवार नियोजन गर्न लगाए तिनै कोरियाली सङ जा हानले। विराटनगरको मेरी स्टोप सेन्टरमा परिवार नियोजन गरेको उनी सुनाउँछन्।

उनीसँगै एउटै चर्चमा थिइन्, आयुशा चौधरी। दुवैले विवाह गरे। तर, केही महिनामै गर्भ रह्यो। त्यो कुरा चर्चका पाश्चरकहाँ पुग्यो। उनले गर्भपतन गर्न लगाए। त्यसपछि पुन: गर्भ रह्यो। त्यो पनि गर्भपतन गर्नुपर्छ भन्दै दबाब दिन थाले। आयुशाले पनि पाश्चरले भनेको नमाने 'नर्क' पुग्ने डरले गर्भपतन गर्न राजी भएको सुनाइन्।

२०७२ सालको भूकम्पताका लामो समय चर्च बन्द भयो। सोही समयमा उनको पेटमा पुन: रहेको गर्भ हुर्कंदै गयो। ४ महिनाको गर्भ भएकाले अस्पतालले गर्भपतन गराउन मानेन। त्यसपछि झनै दशा थपियो आयुशालाई।

पादरीहरुबाट समेत प्रश्नको तीर उनीतिर सोझिन थाल्यो, 'श्रीमान्‌ले परिवार नियोजन गरेपछि कसरी बच्चा जन्मियो?'

अन्तत: उनलाई चर्चबाटै निकालियो। अभिषेक र आयुशा दुवै चर्चका कर्मचारीको रुपमा काम गर्थे। दुवैलाई अलग गराएर सम्बन्ध छुटाउने प्रयास पाश्चरले गर्न थाले। तर, सफल भएनन्।

कलिलै उमेरमा परिवार नियोजन गरेकाले असफल भएको अभिषेक बताउँछन्। हाल उनीहरुको ३ वर्षको छोरा छ। 'छोरा जन्मिएको ३ महिनासम्म आफूलाई चर्चबाहिर आउनसमेत दिइएन,' अभिषेकले भक्कानिँदै भने, 'मेरो आमासँग सम्बन्ध बिगार्ने, मलाई परिवार नियोजन गर्न लगाउने त्यो कोरियन नै हो।’

अभिषेकका अनुसार सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भन्दै कोरियनले परिवार नियोजन गर्न लगाएका थिए।

अभिषेक मात्र होइन झापा बिर्तामोडका सुनिल श्रेष्ठ पनि आफूलाई सङ जा हानले घरजग्गा बेच्न बाध्य पारेको बताउँछन्। पीडित श्रेष्ठका अनुसार आफूलाई मन नहुँदा नहुँदै तिनै कोरियालीले दबाबमा पारी जग्गा बेच्न लगाए। 'त्यसको दशांस परमेश्वरको नाममा लगेका हुन्,' उनले भने।

सङ जा हानबाट पीडित बनेका अर्का पात्र हुन्, सूर्यमान विक। आफूलाई भने अर्का कोरियाली नागरिक मुन्छङजुले जग्गा बेच्न लगाएको उनको भनाइ छ।

तिनै अभिषेक जसले इसाई धर्मका बारेमा प्रश्न गर्दा उनीमाथि धर्म विरोधीको आरोप लगाइएको थियो। धर्मविरोधी र दिमाग बिग्रिएको भन्दै अरोप लगाएर एक्लो बनाउन खोजेको उनको भनाइ छ। प्रश्नको सामना गर्न नसकेपछि भौतिक आक्रमणमा उत्रिएको उनी बताउँछन्।

यिनै धर्मका पादरीहरुले सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भने तर किन भएन? भन्ने जस्ता १५ वटा प्रश्न गरेका थिए। जुन प्रश्नको सामना गर्नुको साटो आफूलाई धर्मविरोधी भन्दै आक्रमण सुरु भएको उनको भनाइ छ।

‘मेरो कारण मलाई समर्थन गर्नेहरुमाथि आक्रमण भएको हो,’ उनले भने, ‘नेपाली नेपाली भिडाएर कोरियनले फाइदा लिन खोजेको मात्र हो।’

आफ्नो प्रश्नमा समर्थन गर्ने केही विश्वासीहरुलाई नै कोरियन नागरिकले आक्रमणको योजना बनाएको उनको भनाइ छ।

बैसाख ७ गते शनिबार सोही चर्चकी विश्वासी प्रमिला राईको समूहले इटहरी-२ की अनु राईमाथि आक्रमण गरेको थियो। तिनै कोरियालीको नेतृत्वमा गएको टोलीले उनलाई आक्रमण गरेको हो।

अनुका श्रीमान् वीरबहादुर राईका अनुसार साँझको समय आफू घर पुग्दा घरभरि मानिस थुप्रिएका थिए। 'के रैछ भनी सोध्न खोज्दा आफ्नै श्रीमतीमाथि हमला भएको रहेछ,' उनी भन्छन्, 'कारण बुझ्दै जाँदा चर्चविरोधी भयो भनेर आक्रमण भएको पाएँ।'

सन् २०१२ मा विश्व प्रलय हुन्छ भन्दै श्रीमतीलाई सन्तान जन्माउन हुन्न भनेर एकोहोरो बनाएको वीरबहादुर सुनाउँछन्। 'त्यसपछि उनले कहिल्यै सन्तान जन्माउन मानिनन्। धन्न मेरो छोरी जन्मिइसकेको भएर मात्र, नभए म नि:सन्तान बन्नेवाला  थिएँ,' उनले दुखेसो पोखे, 'यो धर्मात्माहरुको भन्दा पनि पापात्माहरुको स्थान हरेछ।’

कोरियाली धर्म प्रचारकको कारण इटहरीको धेरै परिवारको बिल्लीबाठ भएको छ। भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक सङ जा हानका कारण परिवारभित्रै विग्रह सुरु भएको हो।

अर्का एक युवाले नाम नबताउने सर्तमा  भने, ‘मेरो परिवारमा पनि त्यही चर्चको कारण समस्या आइरहेको छ। आफू बाहिरै बसेर धर्ममा लाग्ने बताए पनि श्रीमतीले सधै चर्चमा नबसे डिभोर्स गर्ने धम्की दिँदै आएकी छन्। अहिले पनि म उनलाई धेरै माया गर्छु तर त्यही कोरियालीले कन्भिन्स गराएको कारण श्रीमती मबाट छुट्न चाहन्छिन्।’

000

‘इन्टरनेसनल वी लभ यु' फाउन्डेसनको नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय छन् ।

विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी। हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन्।

भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउन्डेसनले काम गरिरहेको छ। तर, फाउन्डेसनको लोगोमा धर्म प्रचार गरेको विषयमा भने सरकारदेखि स्थानीय प्रशासन अनभिज्ञ देखिन्छन्।

तिनै कोरियालीको निर्देशनमा इटहरी-३ कि अनु राईलाई घरमै गएर कुटपिट गरेपछि रहस्य बाहिर आएको हो। गत शनिबार उनै साङ जा हानको नेतृत्वमा गएको टोलीले उनीमाथि जाइलागेको थियो। कुटपिटपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय  इटहरीका आइतबार नै किटानी जाहेरी दिएका छन्। तर, प्रहरीले उनलाई अझैसम्म पक्राउ गर्न सकेको छैन।

प्रहरी भन्छ- कि मिलेमतो गर्नुस्, नभए अदालत जानुस् :
खुलमखुल्ला धर्म प्रचार गर्न नपाउने कानुनी व्यावस्था भए पनि यी कोरियालीले भने धर्म प्रचारको छुट पाएका छन्। भिजिट भिसामा १० वर्षअगाडि नेपाल आएका सङ जा हान लगायत धर्म प्रचारमा लागिरहेका छन्। धर्म प्रचारमा मात्र होइन 'परमेश्वरको नाममा' पैसा उठाएर कोरिया भित्र्याउने खेलमा लागेको पीडितहरु बताउँछन्।

उनलाई पक्राउ गर्नुको साटो प्रहरीले छलफलमा बसेका पीडित र पत्रकारलाई नै इलाका प्रहरी कार्यालयबाहिर निकालेको थियो। इन्सपेक्टर धनेन्द्र हाङ खजुमले रुखो स्वरमा ‘किन यहाँ बसेको बाहिर निस्कनुस्’ भन्दै निकालेका थिए। त्यही बेला पीडितहरु भने न्यायको आशामा प्रहरी कार्यलयबाहिर रुवाबासी गरिरहेका थिए। भोलिपल्ट मंगलबार निवेदन दिन पुन: इलाका प्रहरी कार्यालय पुगेका पीडिततलाई प्रहरीले निवेदन नै दर्ता नगराई फर्काइदिएको छ। 'कि मिलेमतो गर्नुस्, नभए अदालत जानुस्' भन्दै प्रहरीले धक्की दिएको पीडितहरुले गुनासो गरे।

ती कोरियन नागरिक उपस्थित नभए आफूहरु वार्तामा नबस्ने पीडित पक्षको अडान थियो। 'अदातल गए झन्झट हुने, बरु यहीँ मिलेमतो गर्नुस् भने,' पीडित अनु राईले भनिन्, 'यदि झन्झट बेहोर्न मन भए अदातल जानु भन्दै मिलेमतो गर्न बाध्य बनाइएको छ।'

यो सामाग्रि नेपाल लाईभबाट साभार गरिएको हो ।

नुवाकोटका किसानलाई प्राङ्गरिक खेती सम्बन्धि एक दिने तालिम

विदुर । नुवाकोटमा ब्यवसायिक रुपमा कृषि खेती गर्दै आएका किसानहरुलाइ कृषि ज्ञान केन्द्र नुवाकोटकाे आयाेजनामा बुधबार विदुरमा प्राङ्गरिक खेती सम्बन्धि एक दिने तालिम दिइएकाे छ ।
विदुर स्थित भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा सञ्चालन भएकाे तालिमकाे उद्घाटन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्राङ्गरिक खेती त्यागेर विषादीकाे प्रयोगले खेति विस्तार हुदाँ मानव स्वास्थकाे लागि जाेखिम (हानिकारक) बढाउदै गएकाेप्रति चिन्ता जनाउनुभयाे ।

"कुनै समयमा खाना खान नपाएर मान्छे मर्ने गरेका थिए तर, अहिले विषादीको प्रयोगले खाना खाएर मर्न लागेका छन् ।" प्रमुख तामाङले भन्नुभयाे " कृषिप्रधान देश नेपालमा कृषिको उत्पादन गुणस्तरीय बनाउन किसानको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसमा तालीम पछि ब्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउन सक्नुपर्छ ।"
उहाँले किसानलाइ ब्यबसायिक सहित पेशाप्रति जिम्मेवार बनाउन प्राङ्गरिक खेती अबलम्वन गर्न सकिए भविष्य उज्ज्वल रहेकाे भन्दै किसानकाे मनाेबल प्राङ्गरिक खेती तर्फ लगनशील हुनुपर्नेमा जाेड दिनुभयाे ।

तालिममा कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले प्राङ्गरिक खेतीमा उत्पादन कम हुने, उत्पािदत सामाग्री  आकर्षक नहुने लगायतका मानवीय साेचाइ रहेकाले त्याे क्षणिक मात्र भएकाे हुदाँ यसबाट दीर्घकालीन फाइदा लिन सकिने तालिममा सहभागीलाई जानकारी गराउनुभयाे ।

तालीममा उपाेष्ण प्रदेशीय बागबानी विकास केन्द्रका प्रमुख रामजी देवकोटाले ब्यवसायिक कृषि खेतीकाे विस्तारले प्राङ्गरिक खेतीमा ध्यान कम पुगेकाले त्यसतर्फ किसानलाइ आकर्षण गराउन सक्नुपर्ने बताउनुभयाे ।

तालिममा सहभागीलाइ बालि संरक्षक अधिकृत एलिजा श्रेष्ठले तालिम लिनु मात्र नभइ तालिमबाट सिकेकाे सिपलाइ ब्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयाे ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई तरकारी जाेन कार्यक्रमका प्रमुख डा. कमलराज गैरे, जाेन सञ्चालक समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, जाेनका कृषि अधिकृत कृष्णप्रसाद उपाध्याय लगायतकाे सहभागिता रहेकाे थियाे ।

तालिममा जिल्लामा ब्यबसायिक रुपमा प्राङ्गरिक खेती गर्दै आएका किसान सहित नुवाकोट र रसुवाको विभिन्न स्थानीयतहमा रहेकाे कृषि शाखा प्रमुखहरुको सहभागिता रहेको थियाे ।

प्राङ्गरिक खेती सम्बन्धि तालिमलाइ जिल्लापछि अब नुवाकोट र रसुवाको प्रत्येक स्थानीयतहमा सञ्चालन गरिने केन्द्रका बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो ।

हाकु काले अब ‘राम-राम’मा

काठमाडौ । हाकु काले अर्थात सौगात मल्ल केहि समय चलचित्र क्षेत्रबाट टाढा रहेर पुनः  अभिनयमा फर्कदै एकपछी अर्को चलचित्रमा व्यस्त छन् । सौगातले चलचित्र ‘राम राम’मा काम गर्ने भएका छन् । सुवर्ण थापाको निर्देशनमा बन्ने चलचित्रमा सौगातका अलावा अरु कलाकारको अन्तिम टुङ्गो लाग्न भने बाँकी छ ।
यस अघि निर्देशक सुवर्ण र सौगातले चलचित्र फन्कोमा एकसाथ काम गरिसकेका छन् । दशैँबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रका लेखक दिनेश महत हुन् । अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने राम रामको निर्माण अगावै विभिन्न देशमा विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ ।

बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो (फोटो र भिडियो सहित)

डडेल्धुरा । डडेलधुरामा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्। भीमदत्त राजमार्गअन्तर्गगत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर कर्णाली रिभरको रात्रि बस दुर्घटना भएको हो।

यसअघि ७ जनाकाे मृत्यु भएको बताइए पनि ५ जनाकाे मात्र पुष्टि हुन सकेकाे डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए। धनगढीबाट बझाङका लागि छुटेको  ना६ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरी घटनास्थल पुगेर घाइतेहरुकाे उद्धार गरिरहेको बताइएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट प्रहरी निरीक्षक खड्का नेतृत्वको टोली गएको छ। घाइतेहरुलाई डडेलधुरा अस्पताल ल्याइँदैछ।

मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन।

विनासकारी भूकम्प गएको चार वर्ष : अझै बनाउन सुरु गरिएन २० प्रतिशत घर

काठमाडौ । विसं २०७२ साल बैसाख १२ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासका भवनहरूमध्ये २० प्रतिशत घरहरू निर्माणको कुनै पनि चरणमा प्रवेश गर्न सकेको छैनन्।

निर्माणको चरणमा गइसकेका बाँकी ८० प्रतिशत घरहरूमा ५० प्रतिशत भवन पुनर्निमाण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। भूकम्प र त्यसपछिका पराकम्पका कारण भएको संरचनाहरूमा भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनामा प्राधिकरणले गरेको उपलब्धिका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणले ५० प्रतिशत निजी आवास निर्माण सम्पन्न भइसकेको जानकारी दिएको हो।

निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धि हासिल भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

निजि आवास निर्माणका लागि अनुदान सम्झौता भएका ७ लाख ६२ हजार ३ सय ७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर परिवार पुर्ननिर्माणको प्रकृयामा रहेका छन्।

त्यसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुर्ननिर्माण सम्पन्न गरी आ–आफ्नो घरमा प्रवेश गरिसकेका छन्।

निर्माणको प्रक्रियामा गएका बाँकी ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ परिवार पुर्ननिर्माणको क्रममा रहेका छन्।

बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो

डडेल्धुरा । डडेलधुरामा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्।

भीमदत्त राजमार्गअन्तर्गगत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर कर्णाली रिभरको रात्रि बस दुर्घटना भएको हो।

यसअघि ७ जनाकाे मृत्यु भएको बताइए पनि ५ जनाकाे मात्र पुष्टि हुन सकेकाे डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए। धनगढीबाट बझाङका लागि छुटेको  ना६ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरी घटनास्थल पुगेर घाइतेहरुकाे उद्धार गरिरहेको बताइएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट प्रहरी निरीक्षक खड्का नेतृत्वको टोली गएको छ। घाइतेहरुलाई डडेलधुरा अस्पताल ल्याइँदैछ।

मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन।

बुधबार बिहानै गयाे दुई ठूला भूकम्पको कम्पन

विदुर । बुधबार बिहानै भूकम्पको दुई ठूला धक्का महशुस गरिएको छ । नुवाकोट सहित अासपासकाे जिल्लामा बिहानै भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् ।

फेरि अर्को झड्का महशुस भएको छ । ६:३० मा पहिलो कम्पन गएपछि पुनः ६ :४१ मा फेरि अर्को कम्पन गएको हाे । पहिलो भूकम्पको कम्पन ५.२ रेक्टर र दोश्रो कम्पन ४.३ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोहोरिएर कम्पन आएपछि नुवाकोट, काठमाडौ उपत्यकाबासी लगायत कम्पन महशुस भएका स्थानका बासिन्दा त्रसित भएका छन् । घरमा रहेका सर्वसाधारण पनि घर बाहिर निस्किएका छन् भने अहिले सर्वसाधारणहरु खुल्ला ठाउँ नजिक जान थालेका छन् । पहिलो कम्पनको १० मिनेटपछि अर्को कम्पन आएपछि केही त्रास सिर्जना भएको छ ।

विसं २०७२ बैशाख १२ को गोरखा भूकम्प : कति क्षति र कति भयो पुर्ननिर्माण (विस्तृतमा)

काठमाडौ । हरेक वर्ष वैशाख १२ ले गोरखा भूकम्पको सम्झना गराउँछ । बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको चौथो वर्ष लाग्यो ।

इतिहासमा रेकर्ड भएकामध्ये गोरखा भूकम्प पनि एक हो । भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लियो । २२ हजार तीन सय नागरिक घाइते भए । ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुग्यो । बितेका तीन वर्षमा मुख्य भौतिक संरचनाको क्षति र प्रगतिको तथ्य र तथ्यांक यस्तो छ :

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web