छि ! प्रदेस नं. २ का राज्यमन्त्रीले गरे यस्तो घिनलाग्दो काम, राजीनामा दिन दबाब

बैशाख १२, २०७६ मा प्रकाशित | 15766 views

धनुषा । प्रदेशका २ का एक राज्यमन्त्रीले आफ्नै खर्चमा दलित किशोरीको विवाह गराइदिएका छन्। प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायका १४ वर्षीया बालिकाको विवाह गराएका हुन्।

आफैं उपस्थित भएर डोम समुदायको बालिकाको विवाह गराइदिएपछि राज्यमन्त्रीको राजीनामा माग गर्दै बालअधिकारकर्मीले विरोध जनाएका छन्।

मन्त्रीले बालविवाह गराइदिएसँगै प्रदेश सरकारले चलाएको 'बेटी पढाऊ, बेटी बचाऊ' अभियान व्यर्थ भएको अधिकारकर्मीको टिप्पणी छ।

राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका-३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा मंगलबार राति गराएका हुन्।

आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाई समेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले बताए। राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अविभावकको जिम्मेवारी निभाए।

वडाध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको उक्त विवाहमा दुलहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिँदै आफूले गरिब–धनी र छुवाछुतको अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च व्यहोरेको बताए।

सिरहा-५ बाट प्रदेश सांसदको चुनाव जितेका मण्डल राजपाको सहमाहासचिव पनि हुन्। २० वर्ष भन्दा कम उमेरमा विवाह गराइदिनु कानुन विपरीत हो।

'नियम कानुनको कार्यान्वयन गर्नुपर्ने मन्त्रीले कानुनको खिल्ली उडाउँदै बालविवाह गराउँदै हिँड्नु लज्जास्पद हो,' दलित अधिकारकर्मी शिवकुमार महराले भने, 'ती बालिकाको विवाहमा गरेको खर्च उनको पढाइ लेखाइ वा कुनै सिपमूलक तालिममा लगानी गरिदिएको भए राम्रो हुन्थ्यो।'

मन्त्रीको राजीनामा माग :
यसैबीच सिरहाका अधिकारकर्मीहरूले दलित बालिकाको विवाह गराइदिने राज्यमन्त्री मण्डलको राजीनामा माग गरेका छन्। अधिकारकर्मी विनोद विसुंखेले जानाजान बालविवाह गराइदिने मन्त्री मण्डलले तत्काल राजीनामा दिनुपर्ने बताए।

विसुंखेले भने, 'बालविवाहलाई कानुनले स्वतः गैर कानुनी भनेको छ, गैर कानुनी काम गर्दै हिँड्ने राज्यमन्त्रीसगँ प्रदेश सरकारले तत्काल राजीीनामा माग्नुपर्छ र पार्टीले तत्काल कारबाही गर्नुपर्छ।'

कारबाही हुन्छ :-  महासचिव सुमन
राज्यमन्त्री मण्डलले बालविवाह गराइदिएको आफ्नो जानकारीमा आए पनि केटीको उमेर आधिकारिक रुपमा पुष्टि नभएको राजपाका माहासचिव मनिष सुमनले बताए। 'यदि, केटीको उमेर २० वर्ष नकटेको भए पार्टीले छानविन गरेर मण्डललाई कारबाही गर्छ, यसमा सबैजना ढुक्क भए हुन्छ,' महासचिव सुमनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web