प्रितमले देवकोटा र र पूजाले ढकाललाई अभिभावकत्व बनाए

विदुर । नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिक, नुवाकोट जागरण साप्ताहिक र नुवाकोट टाईम्स अनलाईनका संचालक एवं सम्पादक शिव देवकोटाले बिदुर नगरपालिका वडा नम्वर ५ माझिटारस्थित च्वाडी पब्लिक माध्यमिक बिद्यालयमा अध्ययनरत एक बिपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।

आईतबार बिद्यालयमा आयोजित एक कार्यक्रममा बिद्यालयको कक्षा २ मा अध्ययनरत छात्र प्रितम तामाङका ठूलोबुवा सोमबारे तामाङले पत्रकार देवकोटालाई अभिभावकत्व हस्तान्तरण गरेका हुन् । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्वर ३ देउरालीका प्रितमको बुवा सम्पर्कवीहिन रहेको र आमा अन्यत्र विवाह गरेर गएका कारण उनलाई ठूलोबुवा सोमवारेले संरक्षण दिईरहेको अवस्थामा सोमबारे पनि मृगौला रोगबाट पीडित भएपछि प्रितमको पठनपाठन प्रभाबित बनेको थियो । बिद्यालयका प्रधानाध्यापक टिकाराम खरेलले बिद्यालयको आग्रहमा पत्रकार देवकोटाले प्रितमले बिद्यालयमा अध्ययनरत रहेसम्म नियमित खाजा सहित अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने सहमति भएको जानकारी दिएका छन् ।

यसैगरी सोही कार्यक्रममा बिदुर नगरपालिका वडा नम्वर ५ का समाजसेवी ध्रुवप्रसाद ढकालले प्रितमकी दिदी कक्षा ६ मा अध्ययनरत पूजा तामाङको अभिभावकत्व ग्रहण गरेका छन् । त्यसक्रममा पत्रकार देवकोटा र समाजसेवी ढकालले विपन्नताका कारण शिक्षा प्राप्त गर्ने अवस्थाबाट बञ्चित हुन नदिन तामाङ दिदीभाईको अभिभावकत्व स्विकारेको बताए ।

धनुषामा चल्यो भीषण हावाहुरी, एकसय भन्दा धेरै बिजुलीको पोल ढल्यो

जनकपुर । आइतबार बिहान आएको भीषण हावाहुरीले धनुषामा वितण्डा मच्चाएको छ । हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति पुर्‍याएको छ ।

हावाहुरीले एकसय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफर्मरसमेत हावाहुरीले ढालेको प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले बताउनुभयो ।

यस्तै वितरण केन्द्र सखुवा महेन्द्रनगर अन्तर्गत ३५ भन्दा बढी पोल ढालेको प्रमुख राजकुमार रमणले जानकारी दिनुभयो । यस्तै धनुषाको पूर्वी क्षेत्र युदुकोहा वितरण केन्द्र अन्तर्गत २५ भन्दा बढी बिजुलीको पोल हावाहुरीले ढालेको छ । यदुकोहा वितरण केन्द्रका अनुसार मुजेलियाबाट जडान भएको ३३ केभी विद्यत प्रशारण लाइनमाथि तीनवटा रुख ढलेको छ ।

हावाहुरीले धेरै ठाउँहरुमा घर टहराहरु छिटफुट रुपमा भत्काए पनि पूर्ण विवरण आइनसकेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

स्वतन्त्र प्रेसको माग गर्दै पत्रकारले गराए ध्यानाकर्षण

काठमाडौ ।  नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गर्दै सत्तापक्ष र प्रतिपक्ष मुख्य दललाई ध्यानाकर्षण गराएको छ ।

महासंघले तीनै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरित कानुन निर्माण गरिरहेको, समाचार लेखेको तथा राजनीतिक आस्थाका कारण पत्रकार पक्राउ परिरहेको भन्दै प्रमुख दललाई  ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाको लागि पनि पत्रकारको प्रेस तथा अभिव्यक्ति स्तन्त्रताको रक्षा गर्न पहल गर्ने बताउनुभएको छ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी स्थापनादेखि नै आफ्नोविरुद्ध बोल्नेलाई प्रोत्साहन गर्ने गरेको भन्दै प्रेस स्वतन्त्रता कायम गर्न मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी विधेयक बनाएर हतारमा संसद्बाट पास गर्ने गरेकाले कानुन निर्माणमा संलग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको माग गर्दै महासंघले पूर्व प्रधानमन्त्रीदेखि सरोकारवाला सबै निकायलाई ध्यानाकर्षण गराइरहेको छ ।

मेरो गाँउको सिंहदरबार

0 नारायण नेपाल,

एकबारको जुनीमा
जान मन छ सिंहदरबार
खन्ती र बेल्चालिएर
हेर्न मन छ मनभरी
के हुँदो रहेछ त्यहाँको माटोमा
र फेरिंदो रहेछ
जिन्दगीको पुरै खिताब
र, बिग्रने रहेछ पूरै गणित :
सिंहदरबार भत्काउने रहर कविता कवि पुरुषोत्तम लम्साललेले लेख्नु भएको थियो । त्यही कविताको केही हरफहरु सापटी लिदै यो आलेख उर्ताने प्रयासमा छु । हिजो आज गाउँ गाउँमा सिहदरबार आएको खुब चर्चा छ देशभर । त्यही देशभरको चर्चाको सिहदरबार खोल्ने एक नमुना बेल्कोटगढी नगरपालीकालाई लिएर केही सवालहरुको चर्चा कालिघुम्तीको कथा र बेल्कोटगढीका ब्याथा आलेखमा केही दिन पहिले चलाए पछि उत्पन्न तरगंले यो दोस्रो आलेख जन्मदै छ । भजन किर्तन त भाई भारदारका झुण्डले गाउलान नि । निम्छराहरुको सवाल बोल्नु मेरो लेखकीय उपदेयता हो कललसगं कलम नै लडाउने हो । अरु लडाउन खोज त सबाल अर्कै हो । त्यो मेरो नियन्त्रणमा नहुन पनि सक्ला ? तर  कमजोरीको आत्मस्विकारोक्ती र सुधारभन्दा चोरऔला तेर्साउनेहरुले जे गर्लान तर खबरदारीको यो लहर जारी छ । जनताको पैसा के मा किन खर्च सबै हिसाब परर्दर्शी नै हुन पर्छ । केही शासकहरुको सिहासन त केही दिनको घाम छाया हो त्यहाबाट पछारीय पछि थाहा होला जनताको मर्म तर  हाम्रो कलम त निरन्तर जिवन भर हुनेछ  कलम भाच्ने दुस्साह गरे पनि कलमको डोबले लगाएको छाप युगौ सम्म कोरीरहन्छ ।

सबल बहसको हो । के हो गाउको सिहदरबार कस्को नीति र नेतृत्व गरेको छ सिहदरबारले यो प्रश्नलाई चटक्कै भुलेर सिहदरबारको रथारोहण गर्न सडकमा उरालेका लालझण्डहरुलाई विद्रुपिकरण गर्ने अधिकार आजका जिम्मुवाल मुखियाहरुलाई छैन खबरदारीको सबाल यही हो । सिहंदरबार पहुचबालहरुको हुने खानेहरुको अखडा थियो देश लुटने जनता चुस्नेहरुको अखडा थिए हिजो । आज गाँउ गाँउमा उदाएका सिहदरबारहरु यस्तै काठमाण्डौ सिहदरबारको स्थानिय संस्करण र जनता लुटने भष्टहरुको अडामा बदलिदै गएको छ ।  सिहदरबार नहिजो जनताको थियो नआज  हुने छ । तर गाउमा सिहंदरबारको अधिकार र शासन आयो भन्दा उत्साहले तिनहात बित्ता उफ्रने भुुइमान्छेहरुको पिठ्युउँमा जब करकोे भारी र विकासको नाममा भात ढिडो खाने खेतबारी र छयानमा डोजर आतंक पस्न थाल्यो त्यसपछी न्याय मुखरीत आवाजहरुलाई मुखीयाहरुले विकास विरोधीको   विल्ला भिराए दिए । भुई मान्छेका सबालहरु मुखरीत गर्न जरुरी थियो । गाउमा जनताको सिहदरबार हैन उही पुरानो सिहदरबारको अपराधिक चरीत्र र भ्रष्टाचार आएको छ आज गाउ गाउमा बास्तविकता यहि थियो ।

आखिर के हो सिहदरबार ? कसरी जन्मीयो त सिहदरबार ? त्यसको तथ्य अलि फरक छ । तर जेहोस् त्यो सिंहदरबार राज्य र जनताको लुट, र शक्तिको अहंकारको जगमा नै उभिएको छ । उनका भाइभरदार नन्दीभृगीहरुले के भन्छन मतलब छैन सत्य चाही यही हो  त्यसको अभिलासा जंगलको एक्ले वीर सिंह नै बन्ने हो । हिजो गाम पञ्चायतमा जिम्मुबाल बाको दैलोमा दहीको ठेकी र केराको हातो बोकेर बाजेको पालामा आशिष थाप्न गए जस्तो आज नयाँ जिम्मुबाल मुखियाहरुको दरबारमा कुखुराको भाले र ब्रन्डेडबोतल बोकेर जानेहरुको स्वाभीमान कहा होला र छ त्यसको हिसाब किबात त एक दिन गर्न पर्छ जनताको कठघरामा ?तर मुखियाहरु सामु हात थाप्न नपर्नेहरुले नै हो सत्यबोल्ने दानापानि र निगाहाम बाँच्नेहरुले त प्रतिरक्षा नै गर्न परेन र ? त्यो उति जरुरी छैन जनताका लागी आजका सबाल निम्छराहरु माथिको हैकमी र भारदारी रवाफ विरुद्धको शब्द विद्रोह हो ।

केही समय अघि नुवाकोटका एक पत्रकार दिनेश आर्चायले सामाजिक सञ्जालमा एक स्टायाटस् लेखेका थिए यस्तो छ भर्खरैको कथा… भन्दै  "एक पत्रकारले गुण्डाहरु सहित ब्यापारीको समुह लिएर नुवाकोट लैजान्छ । बालुबाको ठेक्का लिने र एक खानि कब्जा गर्ने डिल हुन्छ । त्यही भेटीन्छन् एमालेका एक टुक्रे नेता र उनले एमाले मेयरलाई मिलाउने ठेक्का लिन्छन् । पत्रकारले ब्यापारी बाट लिएको पैसा मध्ये ५लाख दिन्छन् ति लठैतलाई । मेयरको भागको एडभान्स पैसा सायद मेयरको हातामा परेको हुदैन त्यसैले काम हुदैन ।त्यस पछि चल्छ धम्की अपरहण र चेक बाउन्सको श्रङखला पत्रकारले पाबर देखाउछन् सरकार त दुइतिहाइ भैहाल्यो ।
नुवाकोटे पुलीसको जोर चलेन त्यसपछि पत्रकारको पाबरमा हनुमानढोकाबाट प्रहरी लैजान्छन् र नुवाकोटबाट ति नेतालाई अपरहण शैलीमा पक्राउगरी हनुमान ढोकामा राखिन्छन् अनि ताति लाग्छ एमाले नेता र संसदहरु हनुमानढोका खोरमा ।"
कथा यतिमै सकिदैन बाकी छ : बाकी कथाका किस्साहरु आउदै गरुन माया नमारुन शुभकामना तर त्यो कथा गाउको सिहदरबारको हो मेरो गाउको सिहदरबारको हो कि अन्तैको फैसला मुखियाकै हातमा छोडौ । गाउका सिहदरबारमा रहेका धेरै गुमनाम कथाहरु दुनियाले उक्लदै जाउन हाम्रो सलाम छ हाम्रो शुभकामना छ ।

बेलकोटगढीका उपमेयरले आफनो प्रतिवेदन १० असार २०७५को घोषणा  को अन्तमामा उल्लेख गरेको नारा चाही अब्बल लाग्यो । सक्छौ सपारौ सक्दैनौ नविगारौ भन्ने उनको नारा प्रतिबेदनमा मात्र हो कि ब्यावहारमा कसरी चित्रण होला  र्हेन जरुरी छ । बेलकोटगढी तीर कम्युनिष्टबाट उदाएर काग्रेसबाट अस्ताउने तरखर गरेको एक विकासप्रेमी नेताले भन्दै थिए एकदिन हेनुहोस कामरेड ।  खान चाही त सबैले खाने हो यहा । तर फरक यति छ कांग्रेस विउ राखेर खान्छ कम्युनिष्टहरु विउ नै मासेर खान्छन् यस्तो थियो प्रतिपक्ष तर्क । उनको यो भनाई रोचकै थियो कांग्रेसले बचाएको विउ कम्युनिष्ट भन्नेहरुको दैलोमा मौलाउने र कम्युनिष्ट भन्नेहरु कागें्रस भन्दा धेरै बौलाउने यस्तो कथा अन्त विरलै होला संसारमा ।

यो प्रश्नहरुको सबाल हो सबाल कम्युनिष्टकै बदनाम भएको छ । कम्युनिष्ट नाम दुरुपयोग गर्ने छुट छैन र त्यही नाममा हुने लुट जनताले स्विाकार गर्ने बाध्य छैन विद्रोह गर्नु त अधिकार हो । जनताको सपनाहरुको आज सिहंरबारले हत्या गरेको छ । त्यसैले सक्छौ सपारौ ,सक्दैनौ नविगारौ भन्ने नाराका जगमा टेकेर केही बोल्नै पर्ने देखिन्छ । तित्राको मुखै बैरी जस्तै ।

आज हामी मृगले आफनो विनाको बासना भुलेर दुनिया तिर भौतारीदै किन भुल्दै छौ आफनौ ज्ञान सिप क्षमता र आफनै विनालाई प्रश्न यही हो ?कहा कहा गरेको छौ त जनतासंग साझेदारीका प्रयासहरु सबाल यही हो ? प्राकृतिक श्रोतमा स्थानिय जनताको अग्राधिकार कम्युनिष्ट पार्टीको नीतिमा स्विकार गरीएको हुन्छ । घर आगन बारी बगेर गएको बालुव ल्याउन जनतालाई कर किन हो ? आधारभुत आवस्यकता गास बास कपास स्वास्थ शिक्षा रोजगारी निःशुल्क भन्ने नारा कम्युनिष्टहरुको थियो आज दुनियाका पुजीवादीहरुले त्यो सिके र लागु गरेका छन् हामी त्यही नारा लगाएर किन काम गर्दैनौ सबाल यही हो ?  त्यसको आधार निर्माणको लागी के के पहल भयो होला जनताले जान्न नपाउने ? जनताहरु माथि लादीएको भारी करको छुटको सबाल हो ? के किन जरुरी छ रु १०मा टिकट टासेर पाउने सुविधाहरु माथि करको थुप्रो किन लुट माथि लुट हो इतिहासको पाना पल्टाएर हेर्दा त देखेको तथ्य छ राजामहाराजाहरुको पनि जनप्रेमीहुन कर छुट गरेको आफुलाई गरीब जनताको प्रतिनिधी भन्नेहरु किन अनावश्यका करको थुप्रो प्रश्न तथ्य खोजेरै गरेको हो हिजो पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरे र विजय गरेपछि नुवाकोटलाई कर छुट गरेको तथ्य इतिहारको पानामा भेटिन्छ ।यस्तो रहेछ लिखत्  ।

नुवाकोटका चारबर्ण छत्तिसै जातलाई सेर्मा,साउन्या फागु आदी रकम माफी गरीएको छ । धामीलाई त भोट मधेस नै जगात लिइन्न थियो । राजाको विहेमा लाग्ने चुमवान कर ,राजा फेरीदा लाग्ने गदीममाखर छुट थिइो र अनिर्वाय श्रमदानमा लाग्न टाढाको इलाकामा जादा लाग्ने झारा छुट थियो भनेका रहेछन् रैतानले अनेत्र झारा नजानु तर हाम्रो कमरेडहरु सत्तामा उक्लीए पछि करको भारी किन ? आज पसिना बेचेर लालपुर्जाको बन्धकी फुकाउने र गुजारा चलाउने कतिछन् खाडीमा हामा जवानहरु हिसाब छ ? जनताको घर आगन बारी बगेर गएको बालुव ल्याउन प्रति टिप २७०० जनतालाई कर किन ?घर जग्गाको चार किल्ला प्रमाणीत गर्दा ५०० किन ? जन्म मृत्यु दर्ता समेतमा कर किन प्रश्न गर्ने नपाइने ?

११महिना शिक्षक बिहिन भएर क ख ग नचिन्ने बनदेवी निमाविका विद्यार्थीहरु उत्तर पुस्तीक पल्टाउदै प्रश्न गर्नु कस्तो हो आधुनिक शिक्षाको नारा भनेर अनि जुँगाको लडाईमा लडने नेता र शिक्षाप्रेमीहरुलाई सोध्नु ति लालाबालाको जिवन अध्यारो परेर दुनियाको के उज्यालो जित्यो भनेर ?  अझै सोध्न मन छ भने सोधौ आज गाँउका प्राथमीक स्वास्थ चौकी विहीन बडाहरु छन् । स्वास्थ चौकीमा जिवनजल र सिटामोल बाहेका औषधी उतिसारे हुन्न के यो पेचिलो सबाल होइन र ? गाँउका प्राथमीक उपचार केन्द्र त २४ घण्टा नै जनसेवा तत्पर हुनु पर्दैन । र्भखरैको सामाजिक सञ्चारहरुका बेनपा ४ बडरेका इन्दबहादुर तामाङ दुबै मृगौलाले काम गर्ने छोडेर उपचारको लागी हारगुहार गर्दै अस्पतालको शैयामा छन् । सहयोग गरौ भन्दा युवाहरुले अभियान चलाएका छन् । यो एक तथ्य हो अब भन्न्होस त जनताको जिउ मासेर, भ्यु टावर बनाउने सपना देख्नेहरुको के होला भ्यु कुन्नी ?

पहिला जनता स्वास्थ र सम्पन्न भएत गाउ अलि प्रगतिपथमा लम्केला कि होइन र ?त्यसका लागी के छ होला प्रयास । बैद्य बन बैद्यहरुको विर्ता होइन आयुर्बेद विज्ञानको थलो थियो । के त्यो बौराउन सकियला त ? स्थानिय सिप कला संस्कृती श्रम र उत्पादनको केही इतिहासको तथ्य त थियो नि त्यसको विकास र विस्तरको लागी केही प्रयास भयो त ? हाइबृड बिउ विजनले स्थानिय विउ बिना पशुको नश्लसुधारले स्थाननिय प्रजातिको अन्त्य हुदै छ । जस्तो बोइलरसगै गाउका लोकल कुखरा मासिदैछै । त्यसलाई आखा चिम्लेर अनुसरण गर्ने कि केही सोच्नो हो । कतिपयका तर्क सुन्दात लाग्छ उनीहरु अब विदेशीहरुको विउ बोकेर उन्नत बुद्धीजिवी सन्तान जन्माइन्छ भन्न बेर मान्दैन् । यहीको पशुमा उत्पादन विकास गर्ने योजना किन नवनाउने , सोच्न सकिन्न  ।

नेपालको संविधानमा सम्पतिको हकसुरक्षित गर्दै भाग ३ मा लेखिएको छ ।त्यही कुरालाइ प्रष्ट पार्दै उपधारा-३ मा लेखिएको छ ,उपधारा २ बमोजीम सार्वजनीक हितकोलागी राज्यले कुनैपनि ब्यक्तिको सम्पती अधिग्रहण गर्दा क्षतिपुर्तीको आधार र कार्यप्रणाली अनुसारहुने छ । भन्ने प्रस्ट उल्लेख छ ।

भु उपयोगका दृष्टीले सयौ सडक जरुरी छ त बहस गर्ने हुन्न  गरौन बहस ,आज नगरपालीकाले कति सडकहरुको लगत कटा गरेको छ ? १५ मिटर १० मिटरको सडक अधिकार क्षेत्रको सिमांकन गरेर धितो बन्धकी समेत नहुने किन बनाउने नगरपालीकाले ? कति घर जग्गाको क्षतिपुर्ति दिएको छ ? मालपोत नापी सबै भए पछि के चाहीयो त जनतासगं डोजर धस्काए झै किटाकाट गरेर लगत कटा गरे हुन्छ नि । किन त्यो हिक्मत आएन गाउका सिहदरबारका बस्ने शेरहरुको प्रश्न यही हो ।

भुकम्प पिडितलाई दाताले दिएको रकममा कति पुग्यो पुगेन कसरी जुटायौ भनी एक शब्द नसोध्ने स्थानिय सरकारले नियन्त्रण गर्दै भुकम्प राहतको अन्तीम किस्ता दिन कबुलीयति नामाको कपाली तमसुकमा ल्याप्चे किन थिचाउने ? अझै नौटंकी गर्दै नगरपालीकाले गर्ने निणर्यमा मेरो राजीखुसी छ भनि यो कागजमा सहि गरेको छु भनी जर्वजस्ती सहि गिराउने । निर्णयमा राजी नहुनेले किन नपाउने अन्तिम किस्ता जवाफ छ  ?
विकासको नाममा लुटतन्त्र कसरी हुदैछ जनताको पसिना उदारहणको लागी हेरौ एक तथ्य नगरपालीकाको दैलोमा रहेको एक सडकमा बजेट रकम रु ८ लाख जम्मा छ । त्यहा एकदलिय समिती गठन गरीन्छ सही ठोकेर दर्ता हुन्छ ।  ८० घण्टा डोजर चलेर अन्य हुन्छ । ६ थान हिम पाइप राखिन्छ । यो वर्षको काम सकिन्छ । नगरपालिकाको दररेट ४१सय प्रतिघण्टा अनुसार ८० घण्टाको रु ३,२८०० हुन्छ । हिम पाइपको १३०००का दरले ७८,००० हुन्छ भने जम्मा खर्च ४०६००० हजार पुग्यो बाँकी यातायात र खाना खर्च कटाउदा ५००००० खर्च निस्कीयो । डोर हाजीर भ्याट बिल ,र कन्टेन्जेन्सीबाँकी काम चाही पानिले बगायो । एक तथ्य सडककाहरुको अधिकाश सत्य ।

स्थानिय नीति निमार्णमा जनताको सहभातिको सबला हो स्थानिय स्वायत्त शासनको अबधारण आज संघियताको अभ्यास जनतालाई अधिकार सम्पन्न बनाउन हो कि भेडा बाख्रा बनाउन हो जनताका ठेकेदारहरुले जानुन तर जिम्मुबालको आगनीमा दशैमा घोर्ले खसी ढालेर रमाईलो गर्दै सरर चचहुई गरे झै मात्रै गर्छन कि जनता र गाउका सबालमा पनि नीतिनिमार्ण तहमा पुगेका गाउका जान्ने सुन्नेले तथ्य र तथ्याङमा टेकेर नीति र विवेक बोकेर बहस गर्दै  नीति निमार्ण गरेका हुन कि  जसो जसो पुरेतबा उसै स्वाहा भनी तालि ठटाएका हुन सबाल यही बहसको हो ? कवि लम्सालका भावना मै अब बिदाइका शब्द ।

हेर्न मन छ मलाई
आखिर के रहेछ
सिंहदरबारको माटोमुनी
जान मन छ सिंहदरबार
घन, खन्ती र बेल्चा लिएर
बम र बारुदले ठोकेर
भत्काउन मन छ
पुरै सिंहदरबार
र, गर्न मन छ
पुरै शल्यक्रिया
सिंहदरबारको
जान्न मन छ
सिंहदरबार पुगेपछि
धेरै मान्छे
किन अमान्छे बनेर सकिन्छन् ?
उत्तर खोज्छु म
मान्छे खराब हो कि
माटो खराब हो ?

मैवाखोला गाँउपालिकामा तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाँउपालिकामा तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। श्री जलजले क्लब साँघुको आयोजना तथा मैवखोला क्लव ढुंगेसाँघु, न्यू पाथिभरा क्लब फाकुम्बाको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो। मैवाखोला गाउपालिकाको साँघु संसद योगेश भट्टराईको जन्मस्थल समेत हो। मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले प्रतियोगिताका बारेमा जानकारी गराएको हो।

नेकपाका नेता एवम् संसद योगेश भट्टराई, नेपाल भलिवर संघका अधक्ष्य मनोरञ्जनरमण शर्मा तथा जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीका साथ प्रतियोगिताका बारेमा जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा संसद योगेस भट्टराईले आयोजना हुन लागेको प्रतियोगिताले देशको पर्यटन विकास र सिंगो खेलकुद प्रवर्द्धनमा योगदान पुर्‍याउने बताए।

विश्वमा पाइने ३६ प्रजातिका लालिगुराँसहरू मध्ये ३२ प्रजातिका गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेको काखमा अवस्थित उक्त स्थानमा जानुको मज्जानै बेग्लै हुने भन्दै प्रतियोगिताले राष्ट्रिय भाइचारामा समेत टेवा पुर्‍याउने संसद भट्टराईको भनाइ थियो।

त्यस्तै नेपाल भलिबल संघका अध्यक्ष शर्माले पनि ताप्लेजुङ जस्तो जिल्लामा राष्ट्रिय स्तरको उक्त भलिवल प्रतियोगिता हुन लागेकोमा  खुसी र शुभकामना व्यक्त गरे। उनले समय मिले सम्म प्रसिद्ध तीर्थस्थल पाथीभराको द्वारका रुपमा रहेको उक्त स्थानमा समय मिलेसम्म सहभागिता जनाउने आस्वासन व्यक्त गरे।

आयोजकका अनुसार प्रतियोगिता यही वैशाख २२ गते देखि २६ गते सम्म सञ्चालन हुनेछ। प्रतियोगिता अन्तर्गतका सबै खेल मैवाखोला गाउपालिका स्थित श्री नरायाणी उ.मा.वीको खेल मैदानमा हुनेछ।

७ वटै प्रदेशका ७ टिम तथा, आर्मी, पुलिस, सशस्त्र, विश्व विद्यालय अन्तर्गतको एक टिम गरी प्रतियोगितामा ११ वटै राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

खेल लिग कम नकआउटका आधारमा सञ्चालन गरिने छ। आयोजकका अनुसारको प्रतियोगितको विजेतलाई रु ३ लाख, ५१ हजार, ५ सय ५, उपविजेतालाई १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी सेमीफाइनलका उपविजेता टिमहरूलाई ५० हजार रुपैयाँ तथा विधागत पुरस्कारतर्फ वेस्ट सर्भर, वेस्ट डिफेन्डर, वेस्ट ब्लकर, वेस्ट सटर, वेस्ट कुइकर, वेस्ट ओपन स्पाइकर र वेस्ट कोचलाई जनही ७ हजारका दरले प्रदान गरिनेछ।

प्रतियोगितालाई थप आकर्षक र प्रभावकारी बनाउन विभिन्न जात/जाति तथा सांस्कृतिक झाँकी तथा स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक कार्यक्रमसमेत राख्ने आयोजकको रहेको छ।

खुलामञ्च अतिक्रमण हटाउन यसरी चल्यो डोजर

काठमाडौ । खुलामञ्चमा बनाइएका सटर काठमाडौं महानगरपालिकाले भत्काएको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार (आज) डोजर लगाएर भत्काएको हो ।

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काएको हो । डीएसपी बासुदेव खतिवडाको नेतृत्वमा नेपाल प्रहरीले सुरक्षा दिएको थियो । सटर भत्काउन डोजरसहित महनगरपालिका पुग्दा सकैले पनि अवरोध गरेन ।
खुला मञ्चमा सटर निर्माण गरिएको भन्दै चौतर्फी विरोध हुँदै आएको थियो । केही दिन अगाडि सटर भत्काउन माग गर्दै प्रदर्शनसमेत भएको थियो ।

प्लाई र जस्तापाताले बेरेर खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो । महानगरपालिकाले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सलाई काठमाडौं भ्यूटावर निर्माण गर्न सहमति दिएपछि खुलामञ्च अतिक्रमणको क्रम सुरु भएको स्थानीयले बताउँदै आएका छन् । जलेश्वरले खुलामञ्चमा भाडा लिएर अरु व्यवसायीलाई सटर सञ्चालन गर्न दिएको स्थानीयको आरोप छ ।

महानगरपालिकाका पब्लिक प्राइभेट पाटर्नरसिप शाखा प्रमुख ध्रुब काफ्लो अनुसार जलेश्वरले खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, चमेनागृह, औषधी पसल र दुईवटा शौचालय, प्रतीक्षालय, गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको थियो । तर सोही सहमति कुल्चिएर जलेश्वर स्वच्छन्द विकोई बिल्डर्सले भाडा लिएर खुलामञ्चमा ५१ वटा पसल सञ्चालन गराएको थियो ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका व्यवसायी मनोज भेटवालले महिनाकै १ देखि २ लाखसम्म भाडा लिएर सटर र पसल सञ्चालन गर्न दिएका थिए ।

हेलिकोप्टरबाट विषाक्त मासु खसालेर २० लाख जंगली बिरालो मार्दै

एजेन्सी । अष्ट्रेलियाले जंगलमा रहेका २० लाख भन्दा धेरै बिरालो मार्ने योजना अघि सारेको छ । अष्ट्रेलियाका स्थानीय वन्यजन्तुलाई नकारात्मक असर पुर्‍याइरहेको भन्दै अष्ट्रेलियाको सरकारले २० लाख जंगली बिरालोलाई मार्ने योजना अघि सारेको हो । हाल अष्ट्रेलियाका जंगलमा २० देखि ६० लाखसम्म जंगली बिरालो रहेको अनुमान छ ।

यस योजनाअनुसार आगामी वर्षबाट हेलिकोप्टरबाट विषाक्त मासु जंगलमा खसालेर बिरालोलाई मारिनेछ । अष्ट्रेलिया सरकारले विज्ञप्ति जारी गर्दै जंगली बिरालोले अष्ट्रेलियाको वन्यजन्तु र जंगली वातावरणलाई नकारात्मक असर पुर्‍याइरहेकाले त्यसलाई निवारण गर्नु यो कार्यक्रमको उद्देश्य रहेको जनाएको छ ।

अठारौँ शताब्दीमा युरोपबाट बिरालो अष्ट्रेलियामा ल्याइएको र त्यसयता बिरालोकै कारण अष्ट्रेलियाका २७ भन्दा धेरै स्तनधारी प्राणी लोप भइसकेको बताइन्छ ।

यो योजना अनुसार कङ्गारुको मासु, कुखुराको बोसो र जडिबुटीमा १०८० नाम गरेको विष मिलाएर हेलिकोप्टरबाट बिरालो रहेको जंगली क्षेत्रमा चारो हालिनेछ । १०८० नामक विषाक्त पदार्थ जनावरका लागि निकै नै घातक हुने गर्छ । त्यसपछि चारो खाएको १५ मिनेटभित्रै बिरालोको ज्यान जाने अनुमान छ ।

चारो हालेर बिरालो मार्नेबाहेक केही अवस्थामा सरकारले गोली हानेर र जालमा फसाएर समेत बिरालो मार्ने जनाइएको छ ।

त्यसबाहेक अष्ट्रेलियाका केही राज्यले जंगली बिरालो मारेर ल्याउनेलाई पुरस्कारको समेत व्यवस्था गरेका छन् । यसअनुसार क्विन्सल्याण्ड राज्यले जंगली बिरालो मारेर ल्याए ७ अष्टे«लियन डलर उपलब्ध गराउँदै आएको छ ।

सरकारको यस्तो कदमको भने अष्ट्रेलियाका पशु अधिकारवादी संस्थाले भने चर्को विरोध गरेका छन् ।

हराएको १७ वर्षपछि घर आए प्रताप

रोल्पा । द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । चार/पाँच वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यति बेलाको केही कुरा पनि राम्रोसँग याद छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दोलनमा लगेका थिए ।

यो विसं २०६०/६१ कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारीसँगै उनलाई पनि आफ्नै फौजमा लगे । कति यातना दिए, कति गाली खानुपर्‍ यो त्यो क्षण सम्झिदा पनि अहिले उनका आँखा रसाउछन् । सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सिसकेका थिए । सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् ।

तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङ्गमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन । दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले) चार/पाँच वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् ।

तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।

“धेरैसँग हार गुहारसमेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पुर्‍याइदिन चाहेन्न उल्टै आफूले पाल्ने र आफैसँग बस भनेर भन्थे”, उनले पुराना दिनहरु सम्झिँदै भने, “मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइन” एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो ।

सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले । बिस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए । त्यो कुन ठाउँ थियो अहिले उनीलाई याद छैन । त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले ।

उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी गर्न बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे । उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले । कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायासँग भयो ।

कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए । उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो । खोजी गर्दै जाँदा रोल्पाको दुर्गम गाउँ मणि गाउँपालिका–१ एक जबाङ गाउँका भएको पत्ता लाग्यो ।

वर्षौसम्म घरबाट छोडिएका घर्ती आफ्नो घर जान पाउने भए । गाउँपालिकाका अध्यक्षसहितको टोलीले आज गाउँपालिकाकै खर्चबाट उनलाई उनको घरसम्म पुर्या‍इ दिए ।

गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो । त्यसपछि त उनको घरसमेत पत्ता लाग्यो ।

सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको परिवारमा एकाएक खुशी छायो । उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसकेका थिए । “भिडन्तमा परेर छोराको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौँ”, उनले आँखा रसिलो पार्दै भने, “हामीले छोराको खोजी त धेरै गरेका थियौ ।”

प्रतापकी दिदी मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो । तर उनका बुबा खलवीर घर्तीले मनकुमारी पनि अहिले जीवितै छिन् । उनी त्यति बेला भागेर भारतमा गएकी र उतै विवाह गरेको उनले बताए ।

भन्ने समाजसेवा, गर्ने क्रिश्चियन धर्मको प्रचार (फ्लो-अप)

काठमाडौ ।
सन् २००८ मा जम्मा ४ वटा चर्च रहेको सुनसरीको इटहरीमा हाल त्यो संख्या बढेर ७५ भन्दामाथि पुगेको छ। एउटा चर्चमा न्यूनतम २ सय विश्वासीहरूले प्रार्थना गर्ने गरेका छन्।

इटहरीमा चर्चको संख्या बढिरहँदा कतिपय भने विवादमुक्त छैनन्। केही दिनदेखि विवादमा तानिएको ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ (सियोन) इटहरीको सबैभन्दा धेरै विश्वासी भएको चर्च हो।

यहाँ नियमित आउने विश्वासी दुई हजारभन्दा बढी संख्यामा छन्। सियोनले कोरियन सामाजिक संस्था ‘इन्टरनेसनल वी लभ फाउन्डेसन’को लोगोमा विश्वासी बढाउने कामलाई तीव्रता दिँदै आएको छ। फाउन्डेसनले यहाँ विशाल चर्चको समेत स्थापना गरेको छ।

सोही चर्चबाट विस्थापित युवा अभिषेक कार्कीले उक्त संस्थाको माध्यबाट क्रिस्चियन धर्म प्रचारको शृंखला व्यापक बढिरहेको जानकारी दिए।

फाउन्डेसनको आधिकारीक न्युज पोर्टल ‘एक्जामिन द वर्ड मिसन सोसाइटी चर्च अफ गड’मा विश्वभर मिसनको प्रचार व्यापक भइरहेको बताइएको छ। सन् १९९९ मा कोरियामा सुरु भएको यस फाउन्डेसनले २०१० बाट औपचारिक रुपमा अभियान चलाएको पाइन्छ। फाउन्डेसनको आधिकारिक वेबपेजका अनुसार ५१ वटा देशमा १ लाख ५५ हजार सदस्य आबद्ध भइसकेका छन्।

कोरियन महिला ‘जाङ घिल जा’ अर्थात् ‘चर्च अफ गड’ (उनीहरुकै भाषामा ‘माता परमेश्वर’) संस्थापक रहेको उक्त संस्थाले विश्वव्यापी रुपमा आफ्नो प्रभाव विस्तार गर्दै गइरहेको छ। तिनै महिलालाई माता परमेश्वर मान्ने ‘वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड’ भने सन् १९६४ मा कोरियाली नागरिक आन साङ होङ ले खोलेका हुन्।

फाउन्डेसनको ब्लगमा उल्लेख भए अनुसार अपांग बालबालिका, महिला, वृद्धवृद्धा, अपांग, प्रकोपपीडित, शरणार्थी र गरिबको क्षेत्रमा काम गर्ने भनी देखाएको छ। जहाँ सन् २०१८ बाट संयुक्त राष्ट्रसंघको ‘विश्वव्यापी सूचना विभागमा’ मान्यता पाएको दाबी गरिएको छ। त्यही आधारमा यसले नेपालमा पनि आफ्नो प्रचारलाई व्यापक बनाइरहेको छ।

0 सो फाउन्डेसनले नेपाल सरकारबाट अनुमतिसमेत लिएको छैन। सुनसरीका प्रमुख जिल्ला अधिकारी ओमप्रकाश अधिकारी आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउँछन्।

इटहरी-३ स्थित पुरानो युकी चाउचाउको फ्याक्ट्री भएको भवनमा चर्च स्थापना गरी पूर्वी नेपालका १६ जिल्लामा धर्म प्रचार गर्ने गरिएको छ। त्यति मात्रै होइन भारतको सिक्किम, दार्जिलिङ, बिहार लगायत खाडी मुलुकसम्म पनि इटहरीकै चर्चको नेतृत्वमा धर्म प्रचार भइरहेको छ। उक्त फाउन्डेसन अन्तर्गत नेपालमा मात्रै ठूला १ सय ५३ चर्च छन्। तर, यीमध्ये काठमाडौंको बसुन्धरामा रहेको चर्चमात्र नेपाल सरकारको जानकारीमा छ। अरु चर्चबारे नेपाल सरकार र स्थानीय प्रशासनसमेत अनभिज्ञ छन्। सोही फाउन्डेनसको आधिकारिक अनलाइनमा वी लभ फाउन्डेसन डट ओआरजीका अनुसार ६७ देशमा यसले शाखा विस्तार गरिसकेको छ। जसमा २ लाख ९१ हजार ५ सय ५३ सदस्य आबद्ध रहेका छन्।

सो फाउन्डेसनले नेपाल सरकारबाट अनुमतिसमेत लिएको छैन। सुनसरीका प्रमुख जिल्ला अधिकारी ओमप्रकाश अधिकारी आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउँछन्। तर, सोही फाउन्डेसनको कार्यक्रममा सांसददेखि उच्च पदस्थ कर्मचारीसम्म सामेल भइरहेका छन्।

इटहरीमा मुख्य कार्यालय रहेको ‘इन्टरनेसनल ट्रेनिङ एन्ड रिसर्च सेन्टर’ले मन्टेश्वरी पढाउने शिक्षिकालाई तालिम दिन्छ। त्यति मात्र होइन आफ्नै मन्टेश्वरी पनि सञ्चालनमा छ।

मन्टेश्वरीमार्फत विद्यार्थीलाई फाउन्डेनको कार्यप्रति आकर्षित गराउने गरिएको छ। हाल उक्त सेन्टरले इटहरीबाहेक पूर्वका ५ स्थानमा शाखा सञ्चालन गर्दै आएको छ।

मन्टेश्वरी मात्र होइन समाजसेवा जस्तो देखिने गरी मिसनरी परिचालन गरी वृद्धाश्रममा पनि सेन्टरले आफ्नो उपस्थिति देखाउन थालेको छ। इटहरी उपमहानगरपालिका-१६ मा अवस्थित रामजानकी वृद्धाश्रममा मिसनले बारम्बार राहत सामग्री बाँड्दै आएको छ।

'एना सफ्टवेयर डेभलपमेन्ट कम्पनीसमेत दर्ता गराई त्यसमार्फत पनि धर्म प्रचार हुने गरेको छ,' सोही चर्चबाट भरखरै बाहिरिएका एक युवा भन्छन्, 'कम्पनीले सफ्टवेयर बेच्चे र सूचना संकलनको काम गर्छ। नेपालमा पनि सो कम्पनीमार्फत मिसनरी फैलाउने काम भइरहेको छ।'

नक्कली धर्मको संज्ञा
इसाई धर्मभित्र मुख्यत: प्रोटेस्टेन्ट र क्याथोलिक गरी दुई सम्प्रदाय छन्। तर, पछिल्लो समय इसाई धर्म हो भन्दै प्रचार गर्ने सियोन यी सम्प्रदायभित्र पर्दैन। युनिफिकेसन, मोर्मोन, जेओबा विटनेस, विश्राम मण्डली, चर्च अफ क्राइस्ट लगायत अन्य धेरै समूहमा यो धर्म विभाजित भएको छ। हाल सबैभन्दा धेरै प्रचारको अभियानमा लागेको सियोनले आफू अरुभन्दा पृथक् र खास क्रिस्चियन भएको दाबी गर्दै आएको छ।

केही दिनअगाडिको घटनाप्रति इंगित गर्दै इसाई समाज इटहरीले एक विज्ञप्ति नै जारी गर्‍यो। सो विज्ञप्तिमार्फत समाजले केही दिनदेखि क्रिस्चियन समाजलाई विवादित बनाउने काम भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ। हाल विवादमा रहेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज क्रिस्चियन नभई अन्य कुनै मिसनरी भएको उसको दाबी छ। उनीहरु प्रभु यशुलाई नमान्ने भएकाले उनीहरु इसाई हुन नसक्ने तर्क समाजले गरेको छ।

यो सामाग्रि नेपाल लाईभसंगको सहकार्यमा तयार गरिएको हो ।

नेपाल सहित सात टिमले दुई वर्षमा १२६ खेलमा प्रतिस्पर्धा गर्ने (तालिका सहित )

काठमाडौ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मार्फत चार टिमले एकदिवसीय अस्थायी मान्यता पाएसँगै आइसिसी क्रिकेट विश्वकप २०२३ को छनोट समिकरण पूरा भएको छ।

नामिबियामा भएको विश्वकप क्रिकेट लिग डिभिजन–२ मार्फत ओमान र अमेरिकाले पहिलो पटक एकदिवसीय मान्यता पाएका थिए। यस्तै नामिबिया र पपुवा न्युगिनीले पुन:  एकदिवसीय मान्यता प्राप्त गरे। क्यानडा र हङकङको एकदिवसीय मान्यता पाउने लक्ष्य भने पूरा हुन सकेन।

चार टिमको अस्थायी एकदिवसीय मान्यता टुंगो लागेसँगै आइसिसी क्रिकेट विश्वकप लिग –२ को समिकरण पूरा भएको हो। सन् २०२३ को विश्वकपका लागि छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ मा नेपाल, युएई र स्कटल्यान्डले यसअघि नै स्थान पक्का गरेका थिए। चार नयाँ एकदिवसीय टिमहरु ओमान, अमेरिका, नामिबिया र पपुवा न्युगिनीसँग अब ७ टिमबीच लिग –२ मा प्रतिस्पर्धा हुनेछ।

लिग–२ आगामी जुलाईबाट सुरु हुने आइसिसीले जनाएको छ। यद्यपी प्रतियोगिताको खेल तालिका अहिलेसम्म सार्वजनिक गरिएको छैन।  लिग–२ होम एन्ड अवेका आधारमा हुनेछ। प्रत्येक टिमले २ वर्षको बीचमा ३६ खेल्ने आइसिसीको भनाइ छ। लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

विश्वकप क्रिकेट लिगको सबै डिभिजन हटाएको आइसिसीले १२ राष्ट्रको लागि आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग आयोजना गर्नेछ। २ समूहमा हुने प्रतयोगितामा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा र भानुआटुबीच प्रतिस्पर्धा हुनेछ। दुई वर्ष चल्ने यो लिगबाट २ टिम विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा पुग्नेछन्।

२०२२ मा हुने प्लेअफमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट २ टिम विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन्।

विश्वकप छनोटमा प्लेअफका २ टिम,  लिग–२ को ३ टिम र आइसिसी क्रिकेट विश्वकप सुपर लिगका पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

त्यसअघि आइसिसी क्रिकेट विश्वकप सुपर लिगमा सन् २०२२ मै १३ टिम प्रतिस्पर्धा हुनेछ। सुपर लिगमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इन्डिज र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट ८ टिम सिधैं विश्वकपमा पुग्नेछन्। ५ टिमले छनोट खेल्नेछन्।

छनोटमा १० टिमबीच भिडन्त हुनेछ। जहाँबाट २ टिम विश्वकपमा पुग्नेछन्। यसरी ४ वर्षको छनोट खेलेका १० टिमले भारतमा २०२३ मा आयोजना हुने विश्वकपमा भिड्नेछन्।

आइसिसी क्रिकेट विश्वकप सुपर लिग (२०२०–२०२२)

१३ टिम– १५६ खेल – प्रत्येक टिमको २४ खेल

टिमहरु – अफगानिस्तान, अस्ट्रेलिया,
बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स,
दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे

उत्कृष्ट ८ टिम – विश्वकप २०२३ का लागि छनोट

पुछारका ६ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा खेल्नु पर्ने

आइसिसी क्रिकेट विश्वकप लिग –२ (जुलाई २०१९– २०२१)

७ टिम– १ सय २६ खेल– ३६ खेल प्रति टिम

टिमहरु – स्टकल्यान्ड, नामिबिया, नेपाल, ओमान, पपुवा न्युगिनी, युएई र अमेरिका

उत्कृष्ट ३ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा

पुछारका ४ टिम–  आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफमा

आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए (२०१९–२०२१)

आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग बी (२०१९–२०२१)

दुवै समूहमा ६–६ टिम

९० खेल – प्रत्येक टिमको १५ खेल

टिमहरु – बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा, भानुआटु

समूह ए र बी विजेता गरी २ टिम – आइसिसी क्रिकेट विश्वकप प्लेअफमा

आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२२

६ टिम

आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिगका २ टिम

आइसिसी क्रिकेट विश्वकप लिग –२ का पुछारका ४ टिम

२ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता लागि छनोट

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता २०२२

१० टिमबीच प्रतिस्पर्धा

२ टिम आइसिसी विश्वकप २०२३ का लागि छनोट

आइसिसीको छनोट तालिका

उपचारमा लापर्वाही भएको भन्दै सिएमसी अस्पतालमा तोडफोड

चितवन ।  भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि आक्रासित आफन्तले अस्पतालमा नै तोडफोड गरेका छन् ।
गत २९ चैतमा ज्वरो आएको र पेट दुखेको भनेर अस्पताल भर्ना भएका गोरखा भुजेलका ९ वर्षका बालका रुप्सन घिमिरेको शुक्रबार उपचारको क्रममा निधन भएको थियो । बालक घिमिरेको उपचारमा अस्पतालले गम्भिर लापवौही गरेको भन्दै पीडितका आफन्तहरु आन्दोलित बनेका छन् ।

पीडित पक्षले अस्पतालको मुल गेटमा तोडफोड गरेका छन् । स्थानीय प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेर सुरक्षा दिएको छ ।

मृतकका बाबु रुपेशले मेडिकल कलेजको गम्भिर लापर्वाहीका कारणले छोरा गुमाउनु परेको दुखेसो गरे । भन्छन्, ‘वैशाख २ गतेसम्म मेरो छोरा मज्जासँग खेलिरहेको थियो । टाठो पनि थियो तर, त्यही दिन सुई हाल्दा हाल्दै बच्चा बेहोस भयो । त्यसपछि भेन्टिलेटरमा राखियो र अब मेरो छोरा रहेन ।’

उनकाअनुसार अस्पतालले ३ गते डिस्चार्ज गर्ने जानकारी दिएको थियो । तर, २ गते अचेत भएपछि भेन्टिलेटरमा राखियो । १० गतेसम्म रुप्सनलाई सञ्चो हुुने आश्वासन दिएको मेडिकल कलेजले त्यसपछि भने बाच्ने नबाँच्ने भगवान भरोसा भएको बताउन थालेको रुपेश बताउँछन् ।

वैशाख १३ गते करिव ४ बजे बच्चाको मृत्यु भएपछि शव बुझ्न अस्पतालबाट फोन गरेको उनले बताए । ‘रातको साढे १० बजे अस्पतालबाट फोन आयो, छोराको मृत शरिर बुझ्नु पर्‍यो, हस्ताक्षर गर्न आउनुहोस् भन्दै’ रुपेश भन्छन्, ‘मैले बिहानसम्म अस्पतालमै राख्न आग्रह गरेको थिए तर, विहान आउँदा छोराको शव छैन । रातारात गायब गराइयो ।’

आफ्नो अनुमति विना अस्पतालले रातारात छोराको शव गायव बनाएको आरोप रुपेशले अस्पताल माथि लगाएका छन् । बालकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

बालकको मृत्यु भएपछि स्थानीय प्रशासनको रोहबरमा वार्ता पनि भयो । अस्पतालले उपचार खर्च व्यहोर्ने तर, अन्य क्षतिपुर्ति नदिने अडान लिएपछि वार्ता निस्कर्षमा नपुगेको सहभागीहरु बताउँछन् ।

उपचारमा डा। सन्तोष पाठक र डा।शान्ति रेग्मीको टिम खटिएको थियो । चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालले ज्वरो र छातीको संक्रमण भएर आएका बालकको निमोनियाका कारण निधन भएको दाबी गरे । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

भूकम्प गएको चार वर्ष कहाँ के के भयो (विस्तृतमा )

काठमाडौ । २०७२ बैसाख १२ गते विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्‍यायो। बैसाखमा भूकम्प भए पनि भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणको कमाम भने पुसदेखि मात्रै सुरु भयो। त्यसयता ४० महिनासम्म केके गतिविधि भए?

भूकम्पको ४० महिने समयरेखा–

२०७२ पुस
पुस ५ भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ जारी।

पुस १०
मन्त्रिपरिषद्‌द्वारा  वरिष्ठ इन्जिनियर एवं सहरी योजनाविद् सुशील ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त।

पुस १२
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले औपचारिक रुपमा काम सुरु गरेको।

२०७२ माघ
भूकम्प अतिप्रभावित जिल्लाहरूमा भूकम्प प्रभावित आवास पुनर्निर्माण लगत सङ्कलन कार्य दोलखाबाट सुरु।

माघ २
१९ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रत्नपार्कस्थित रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरी पुनर्निर्माण महाअभियान सुरु।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौं उपत्यकाको प्राचीन बस्ती बुङ्मतीको गुरुयोजना सार्वजनिक गरी निजी घर पुनर्निर्माणको शुभारम्भ।

२०७२ फागुन
निर्देशक समितिद्वारा राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापना नीति, २०७२ पारित। मन्त्रिपरिषद्‌द्वारा  भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि, २०७२ पारित।
उपत्यकाबाहेकका भूकम्प अतिप्रभावित ११ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु। दोलखा जिल्लाको लादुक गाविस वडा नम्बर ८ का घर धनी जगतबहादुर खत्रीसँग पहिलो अनुदान सम्झौता।

२०७२ चैत
मन्त्रिपरिषद्‌द्वारा  भूकम्प प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी नियमावली, २०७२ पारित। भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी कार्यविधि, २०७२ पारित।
भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य अघि बढाउन सात वटा उपक्षेत्रीय कार्यालय खोल्ने प्राधिकरणको योजना अनुसार दोलखाको  चरिकोटमा पहिलो उपक्षेत्रीय कार्यालय स्थापना र सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा प्राधिकरणको एक विशेष सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय।

२०७३ बैसाख
बैसाख १२
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘गोरखा भूकम्प’ एक वर्ष पुगेको स्मृतिमा केद्रविन्दु बारपाक पुगेर भूकम्प स्मृति उद्यान तथा बारपाक–४ का गोपाल बिकको घर शिलान्यास।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भूकम्पपीडित सर्वे तामाङको निजी आवास पुनर्निर्माणको शिलान्यास।

बैसाख ३०
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी पञ्चवर्षीय योजना सार्वजनिक गरी पुनर्निर्माणका लागि ५ वर्षमा ९ खर्ब रुपियाँ लाग्ने अनुमान प्रस्तुत।

२०७३ जेठ
प्राधिकरणद्वारा ‘भूकम्पबाट प्रभावित व्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कार्यविधि, २०७२’ स्वीकृत।

भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्वास तथा स्थानान्तरणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने  सम्बन्धी कार्यविधि, २०७२’ प्राधिकरणद्वारा पारित।

संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनद्वारा टर्कीको इस्तानबुलमा आयोजित विश्व मानवीय सम्मेलनलाई सम्बोधन गर्दै भूकम्पबाट क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरूको पुनर्निर्माणमा संयुक्त राष्ट्रसङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त।

२०७३ असार
भूकम्पबाट आंशिक क्षति भएका घर मर्मत सम्भार एवं प्रबलीकरण गर्न ५० हजार रुपियाँ उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने प्राधिकरणको निर्णय। पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि पारित।

भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माण तथा पुनर्स्थापना गर्न आवश्यक जनशक्ति विकासका लागि व्यवस्थित र योजनाबद्ध रूपमा तालिम सञ्चालन गर्न प्राधिकरणद्वारा तालिम सञ्चालन तथा व्यवस्थापन निर्देशिका पारित।

२०७३ साउन प्राधिकरणद्वारा पुनर्निर्माणसम्बन्धी कार्यमा स्थानीय समुदायको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न ‘पुनर्निर्माण सामुदायिक समितिसम्बन्धी निर्देशिका, २०७३’ पारित।

२०७३ भदौ
भूकम्पपीडितलाई निजीआवास पुनर्निर्माणमा सरकारबाट दिइने अनुदान २ लाखबाट वृद्धि गरी ३ लाख रुपियाँ उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय।

भूकम्पबाट क्षति भएको सुन्दरीजलस्थित बिपी संग्रहालय पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाद्वारा शिलान्यास।

२०७३ असोज
भूकम्पपीडितले घर पुनर्निर्माणका लागि पाउने अनुदान रकम पहिलो किस्तामा ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपियाँको हुने व्यवस्था।

२०७३ कात्तिक
वैदेशिक सहायताद्वारा सञ्चालित पुनर्निर्माणसम्बन्धी कार्यमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरू एवं नागरिक समाजबीच आवश्यक समन्वय र सहजीकरण गर्न गराउन प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अध्यक्षद्वारा विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन।

भूकम्पबाट क्षति भएका निजी घरको पुनर्निर्माण, प्रबलीकरण वा मर्मत गर्न‘पर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउन ‘निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३’ पारित।

२०७३ मङ्सिर
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा करिब २३ करोड रुपैयाँ लागतमा पुनर्निर्माण भएको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपाको उद्घाटन।

२०७३ पुस
सरकारद्वारा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गर्ने निर्णय।

कार्यकारी समितिको बैठकद्वारा विभिन्न विश्वविद्यालय अन्तर्गतका इन्जिनियरि सङ्काय कलेजमा सिभिल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई २०७३ माघ २१ देखि फागुन २० सम्म एक महिनाका लागि पुनर्निर्माण अभियानमा स्वयंसेवकका रूपमा खटाइदिने व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय।

२०७३ माघ
झुटा विवरण पेस गरी लाभग्राही सूचीमा नाम समावेश भई निजी आवास पुनर्निर्माण सम्झौता गरेका व्यक्तिहरूलाई त्यसरी लिएको रकम फिर्ता गर्न आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गर्ने कार्यकारी समितिको निर्णय।

२०७३ फागुन
कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रोत्साहित गर्न एकीकृत बस्ती निर्माण विकाससम्बन्धी सद्भावना दूत बनाउने कार्यकारी समितिको निर्णय।

२०७३ चैत
सर्वेक्षण सम्पन्न भई पहिचान भएका भूकम्प प्रधावित १७ जिल्लाका लाभग्राहीसँग अनुदान सम्झौता गरी अनदुान वितरण सुरु।

जोखिमयक्तु बस्तीका बासिन्दा एवं घरपरिवारको स्थानान्तरण सम्बन्धी आवश्यक व्यवस्था मिलाउन प्राधिकरणद्वारा ‘जोखिमयक्तु बस्ती स्थानानन्तरण तथा पुनर्स्थापना सम्बन्धी कार्यिवधि, २०७३’ पारित।

२०७४ बैसाख
आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र एवं सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा सर्न चाहने भूकम्पपीडितलाई घडेरी जग्गा खरिद गर्न दुई लाख रुपियाँ उपलब्ध गराउने सम्बन्धी मापदण्ड तयार गर्न प्राधिकरणद्वारा कार्यटोली गठन।

२०७४ जेठ
प्राधिकरणद्वारा ‘जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा सर्न चाहने भूकम्पपीडितलाई बसोबासयोग्य जग्गा खरिदसम्बन्धी मापदण्ड, २०७४’ पारित।

प्राधिकरण कार्यकारी समितिद्वारा ‘न्यनूतम मापदण्ड अनरप नबनेका गारोवाला भवनहरूका लागि सुधार तथा अपवाद मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ स्वीकृत।

२०७४ असार
पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७४ स्वीकृत।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको १०औं निर्देशक समितिको बैठकद्वारा आर्थिक वर्ष २०७४/२०७५ का लागि १ खर्ब ४५ अर्ब ९३ करोड रुपियाँको  बजेट स्वीकृत।

निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरणमा समयसीमा तोकेर अभियान चलाउने  निर्णय, भूकम्प प्रभावित १७ जिल्ला हेर्ने गरी थप आठ स्थानमा प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालय स्थापना गर्ने  निर्णय।

२०७४ साउन
चिनियाँ उपप्रधानमन्त्री वाङयाङ र  उपपध्रानमन्त्री तथा परराष्ट्मन्त्री  कृण्णबहुर महराद्वारा चीन सरकारको  सहयोगमा पुनर्निर्माण हुने वसन्तपुर दरबार क्षेत्रस्थित नौतले दरबार पुनर्निर्माणको संयक्त रूपमा शिलान्यास।

स्वास्थ्य मन्त्रालय अन्तर्गत आयोजना समन्वय एकाइद्वारा प्रस्तावित ‘स्वास्थ्य भवन पुनर्निर्माण कार्यविधि, २०७४’ प्राधिकरण कायर्कारी समितिद्वारा स्वीकृत।

२०७४ भदौ
भूकम्प प्रभावित जिल्लाका पीडितहरूका लागि एकीकृत बस्ती विकास गर्ने  सम्बन्धमा तर्जुमा गरिएको ‘एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७४’ प्राधिकरणद्वारा स्वीकृत।

२०७४ कात्तिक
प्रमुख कार्यकारी अधिकतृ डा गोविन्दराज पोखरेलले दिएको राजीनामा मन्त्रिपरिषदद्वारा स्वीकृत। नेपाल सरकारका पूर्वसचिव युवराज भुसाललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त।

२०७४ मंसिर
हरेक वडामा एक जना प्राविधिक जनशक्ति पुर्‍याउने लक्ष्य अनुसार प्राधिकरणद्वारा नयाँ नियुक्ति पाएका ११ सयभन्दा बढी इन्जिनियर , सब  इन्जिनियर र असिस्टेन्ट सबइन्जिनियरलाई भूकम्प प्रभावित जिल्लामा परिचालन।

२०७४ माघ
प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकद्वारा पहिलो किस्ता लिएका लाभग्राहीले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने अवधि २०७४ चैत मसान्तसम्म कायम।

२०७४ फागुन
गोरखा र नवुाकोटमा निजी आवास पुननिर्माणमा सामाजिक–प्राविधिक सहयोगका लागि भारत सरकार, युएनडिपी र  युएनओपिएसबीच छट्टाछट्टै  समझदारी पत्रमा हस्ताक्षर।

२०७४ चैत
प्राधिकरणको परामर्श परिषद्को तेस्रो  बैठकद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने संसद् सदस्यहरू मध्येबाट समावेशी सिद्धान्तका आधारमा १४ जना सदस्य मनोनीत गर्दै परिषद्लाई पूर्णता।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, निर्देशक समितिको  बैठकद्वारा पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्दै  निजी आवास पुनर्निर्माणलाई जोड दिने निर्णय।

केन्द्रीय एवं जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइको मौजुदा संगठनमा फेरबदल गरी नयाँ संरचना पारित।

२०७५ बैसाख
पुनर्निर्माणमा प्रदेश सरकार र प्रदेशसभा सदस्यहरूलाई जानकारी तथा सहभागी गराउने उद्देश्यले प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना।

२०७५ जेठ
राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा भूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणका लागि टेन्डर आह्वान।

२०७५ असार
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वसन्तपुर दरबार क्षेत्रमा रहेको पुननिर्मित गद्दी बैठकको उद्घााटन।

२०७५ साउन
पुनर्निर्माणमा भारत सरकारले  प्रतिबद्धता जनाएको अनुदान रकममध्ये पहिलो किस्ताबापत २ अर्ब १० करोड ४३ लाख रुपियाँ अर्थ मन्त्रालयमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई हस्तान्तरण।

मन्त्रिपरिषद् बैठकद्वारा सुशील ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकार अधिकतृ पदमा नियुक्त।

२०७५ भदौ
कार्यकारी समितिको बैठकद्वारा काभ्रेपलान्चोक, सिन्धपुाल्चोक र रामेछापका गरी पाँच वटा नयाँ बस्ती बनाउने योजना स्वीकृत।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकद्वारा निजी आवास पुननिर्माण लगायतका विभिन्न कार्य स्थानीय तहलाई जिम्मा दिने निर्णय।

पुनर्निर्माण भएका निजी घरहरूको ५ वर्षका लागि ५ लाखसम्मको बीमा गर्नका लागि ५० प्रतिशत सम्बन्धित घरधनी र  ५० प्रतिशत सरकारले आर्थिक दायित्व वहन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा लेखी पठाउने निर्णय।

२०७५ असोज
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकण समितिको ८ औं बैठक सम्पन्न।

सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी। तीन लाख रुपियाँको निजी आवास पुननिर्माण सहुलियत कर्जा उपलब्ध गराउने निर्णय।

पुनर्निर्माण पुनर्सथापनाका लागि गैरसरकारी संस्था परिचालन सम्बन्धी स्रोत संशोधन विधेयक २०७५ स्वीकृत।

२०७५ कात्तिक
धरहराको पुननिर्माण सुरु।

२०७५ चैत
निजी आवास अनुदानको लाभग्राहीमा  नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको स्थानीय तहमा खटिएका तोकिएका इञ्जिनियरमार्फत छुट तथा पुन जाँच सर्वेक्षण सुरु।

प्राधिकरणरद्वारा रसुवा जिल्लाको विभिन्न जोखिमपूर्ण बस्तीबाट विस्थापित एक सय नौ भूकम्पपीडितलाई सुरक्षित स्थानमा आवास पुनर्निर्माण गर्न खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहित सरकारी उच्चस्तरीय टोलीद्वारा अरनिको राजमार्गको निरीक्षण। दुई महिनाभित्र तातोपानी नाका पुन: सञ्चालन हुने जानकारी।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web