काठमाडौ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मार्फत चार टिमले एकदिवसीय अस्थायी मान्यता पाएसँगै आइसिसी क्रिकेट विश्वकप २०२३ को छनोट समिकरण पूरा भएको छ।

नामिबियामा भएको विश्वकप क्रिकेट लिग डिभिजन–२ मार्फत ओमान र अमेरिकाले पहिलो पटक एकदिवसीय मान्यता पाएका थिए। यस्तै नामिबिया र पपुवा न्युगिनीले पुन: एकदिवसीय मान्यता प्राप्त गरे। क्यानडा र हङकङको एकदिवसीय मान्यता पाउने लक्ष्य भने पूरा हुन सकेन।

चार टिमको अस्थायी एकदिवसीय मान्यता टुंगो लागेसँगै आइसिसी क्रिकेट विश्वकप लिग –२ को समिकरण पूरा भएको हो। सन् २०२३ को विश्वकपका लागि छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ मा नेपाल, युएई र स्कटल्यान्डले यसअघि नै स्थान पक्का गरेका थिए। चार नयाँ एकदिवसीय टिमहरु ओमान, अमेरिका, नामिबिया र पपुवा न्युगिनीसँग अब ७ टिमबीच लिग –२ मा प्रतिस्पर्धा हुनेछ।

लिग–२ आगामी जुलाईबाट सुरु हुने आइसिसीले जनाएको छ। यद्यपी प्रतियोगिताको खेल तालिका अहिलेसम्म सार्वजनिक गरिएको छैन। लिग–२ होम एन्ड अवेका आधारमा हुनेछ। प्रत्येक टिमले २ वर्षको बीचमा ३६ खेल्ने आइसिसीको भनाइ छ। लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

विश्वकप क्रिकेट लिगको सबै डिभिजन हटाएको आइसिसीले १२ राष्ट्रको लागि आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग आयोजना गर्नेछ। २ समूहमा हुने प्रतयोगितामा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा र भानुआटुबीच प्रतिस्पर्धा हुनेछ। दुई वर्ष चल्ने यो लिगबाट २ टिम विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा पुग्नेछन्।

२०२२ मा हुने प्लेअफमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट २ टिम विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन्।

विश्वकप छनोटमा प्लेअफका २ टिम, लिग–२ को ३ टिम र आइसिसी क्रिकेट विश्वकप सुपर लिगका पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

त्यसअघि आइसिसी क्रिकेट विश्वकप सुपर लिगमा सन् २०२२ मै १३ टिम प्रतिस्पर्धा हुनेछ। सुपर लिगमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इन्डिज र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट ८ टिम सिधैं विश्वकपमा पुग्नेछन्। ५ टिमले छनोट खेल्नेछन्।

छनोटमा १० टिमबीच भिडन्त हुनेछ। जहाँबाट २ टिम विश्वकपमा पुग्नेछन्। यसरी ४ वर्षको छनोट खेलेका १० टिमले भारतमा २०२३ मा आयोजना हुने विश्वकपमा भिड्नेछन्।

आइसिसी क्रिकेट विश्वकप सुपर लिग (२०२०–२०२२)

१३ टिम– १५६ खेल – प्रत्येक टिमको २४ खेल

टिमहरु – अफगानिस्तान, अस्ट्रेलिया,
बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स,
दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे

उत्कृष्ट ८ टिम – विश्वकप २०२३ का लागि छनोट

पुछारका ६ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा खेल्नु पर्ने

आइसिसी क्रिकेट विश्वकप लिग –२ (जुलाई २०१९– २०२१)

७ टिम– १ सय २६ खेल– ३६ खेल प्रति टिम

टिमहरु – स्टकल्यान्ड, नामिबिया, नेपाल, ओमान, पपुवा न्युगिनी, युएई र अमेरिका

उत्कृष्ट ३ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा

पुछारका ४ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफमा

आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए (२०१९–२०२१)

आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग बी (२०१९–२०२१)

दुवै समूहमा ६–६ टिम

९० खेल – प्रत्येक टिमको १५ खेल

टिमहरु – बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा, भानुआटु

समूह ए र बी विजेता गरी २ टिम – आइसिसी क्रिकेट विश्वकप प्लेअफमा

आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२२

६ टिम

आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिगका २ टिम

आइसिसी क्रिकेट विश्वकप लिग –२ का पुछारका ४ टिम

२ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता लागि छनोट

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता २०२२

१० टिमबीच प्रतिस्पर्धा

२ टिम आइसिसी विश्वकप २०२३ का लागि छनोट

आइसिसीको छनोट तालिका