मैवाखोला गाँउपालिकामा तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिता हुने

बैशाख १४, २०७६ मा प्रकाशित | 12802 views

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाँउपालिकामा तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। श्री जलजले क्लब साँघुको आयोजना तथा मैवखोला क्लव ढुंगेसाँघु, न्यू पाथिभरा क्लब फाकुम्बाको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो। मैवाखोला गाउपालिकाको साँघु संसद योगेश भट्टराईको जन्मस्थल समेत हो। मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले प्रतियोगिताका बारेमा जानकारी गराएको हो।

नेकपाका नेता एवम् संसद योगेश भट्टराई, नेपाल भलिवर संघका अधक्ष्य मनोरञ्जनरमण शर्मा तथा जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीका साथ प्रतियोगिताका बारेमा जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा संसद योगेस भट्टराईले आयोजना हुन लागेको प्रतियोगिताले देशको पर्यटन विकास र सिंगो खेलकुद प्रवर्द्धनमा योगदान पुर्‍याउने बताए।

विश्वमा पाइने ३६ प्रजातिका लालिगुराँसहरू मध्ये ३२ प्रजातिका गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेको काखमा अवस्थित उक्त स्थानमा जानुको मज्जानै बेग्लै हुने भन्दै प्रतियोगिताले राष्ट्रिय भाइचारामा समेत टेवा पुर्‍याउने संसद भट्टराईको भनाइ थियो।

त्यस्तै नेपाल भलिबल संघका अध्यक्ष शर्माले पनि ताप्लेजुङ जस्तो जिल्लामा राष्ट्रिय स्तरको उक्त भलिवल प्रतियोगिता हुन लागेकोमा  खुसी र शुभकामना व्यक्त गरे। उनले समय मिले सम्म प्रसिद्ध तीर्थस्थल पाथीभराको द्वारका रुपमा रहेको उक्त स्थानमा समय मिलेसम्म सहभागिता जनाउने आस्वासन व्यक्त गरे।

आयोजकका अनुसार प्रतियोगिता यही वैशाख २२ गते देखि २६ गते सम्म सञ्चालन हुनेछ। प्रतियोगिता अन्तर्गतका सबै खेल मैवाखोला गाउपालिका स्थित श्री नरायाणी उ.मा.वीको खेल मैदानमा हुनेछ।

७ वटै प्रदेशका ७ टिम तथा, आर्मी, पुलिस, सशस्त्र, विश्व विद्यालय अन्तर्गतको एक टिम गरी प्रतियोगितामा ११ वटै राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

खेल लिग कम नकआउटका आधारमा सञ्चालन गरिने छ। आयोजकका अनुसारको प्रतियोगितको विजेतलाई रु ३ लाख, ५१ हजार, ५ सय ५, उपविजेतालाई १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी सेमीफाइनलका उपविजेता टिमहरूलाई ५० हजार रुपैयाँ तथा विधागत पुरस्कारतर्फ वेस्ट सर्भर, वेस्ट डिफेन्डर, वेस्ट ब्लकर, वेस्ट सटर, वेस्ट कुइकर, वेस्ट ओपन स्पाइकर र वेस्ट कोचलाई जनही ७ हजारका दरले प्रदान गरिनेछ।

प्रतियोगितालाई थप आकर्षक र प्रभावकारी बनाउन विभिन्न जात/जाति तथा सांस्कृतिक झाँकी तथा स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक कार्यक्रमसमेत राख्ने आयोजकको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web