विदुर । नुवाकोटमा ब्यवसायिक रुपमा कृषि खेती गर्दै आएका किसानहरुलाइ कृषि ज्ञान केन्द्र नुवाकोटकाे आयाेजनामा बुधबार विदुरमा प्राङ्गरिक खेती सम्बन्धि एक दिने तालिम दिइएकाे छ ।
विदुर स्थित भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा सञ्चालन भएकाे तालिमकाे उद्घाटन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्राङ्गरिक खेती त्यागेर विषादीकाे प्रयोगले खेति विस्तार हुदाँ मानव स्वास्थकाे लागि जाेखिम (हानिकारक) बढाउदै गएकाेप्रति चिन्ता जनाउनुभयाे ।

"कुनै समयमा खाना खान नपाएर मान्छे मर्ने गरेका थिए तर, अहिले विषादीको प्रयोगले खाना खाएर मर्न लागेका छन् ।" प्रमुख तामाङले भन्नुभयाे " कृषिप्रधान देश नेपालमा कृषिको उत्पादन गुणस्तरीय बनाउन किसानको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसमा तालीम पछि ब्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउन सक्नुपर्छ ।"
उहाँले किसानलाइ ब्यबसायिक सहित पेशाप्रति जिम्मेवार बनाउन प्राङ्गरिक खेती अबलम्वन गर्न सकिए भविष्य उज्ज्वल रहेकाे भन्दै किसानकाे मनाेबल प्राङ्गरिक खेती तर्फ लगनशील हुनुपर्नेमा जाेड दिनुभयाे ।

तालिममा कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले प्राङ्गरिक खेतीमा उत्पादन कम हुने, उत्पािदत सामाग्री आकर्षक नहुने लगायतका मानवीय साेचाइ रहेकाले त्याे क्षणिक मात्र भएकाे हुदाँ यसबाट दीर्घकालीन फाइदा लिन सकिने तालिममा सहभागीलाई जानकारी गराउनुभयाे ।

तालीममा उपाेष्ण प्रदेशीय बागबानी विकास केन्द्रका प्रमुख रामजी देवकोटाले ब्यवसायिक कृषि खेतीकाे विस्तारले प्राङ्गरिक खेतीमा ध्यान कम पुगेकाले त्यसतर्फ किसानलाइ आकर्षण गराउन सक्नुपर्ने बताउनुभयाे ।

तालिममा सहभागीलाइ बालि संरक्षक अधिकृत एलिजा श्रेष्ठले तालिम लिनु मात्र नभइ तालिमबाट सिकेकाे सिपलाइ ब्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयाे ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई तरकारी जाेन कार्यक्रमका प्रमुख डा. कमलराज गैरे, जाेन सञ्चालक समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, जाेनका कृषि अधिकृत कृष्णप्रसाद उपाध्याय लगायतकाे सहभागिता रहेकाे थियाे ।

तालिममा जिल्लामा ब्यबसायिक रुपमा प्राङ्गरिक खेती गर्दै आएका किसान सहित नुवाकोट र रसुवाको विभिन्न स्थानीयतहमा रहेकाे कृषि शाखा प्रमुखहरुको सहभागिता रहेको थियाे ।

प्राङ्गरिक खेती सम्बन्धि तालिमलाइ जिल्लापछि अब नुवाकोट र रसुवाको प्रत्येक स्थानीयतहमा सञ्चालन गरिने केन्द्रका बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो ।

17.32¡ÆC