चार तहको सुरक्षा घेरा नाघ्दै प्रधानमन्त्री ओलीलाई मञ्चमै देखाइयो कालो झण्डा

बैशाख ७, २०७६ मा प्रकाशित | 927 views

काठमाडौ । प्रधानमन्त्री खड्गप्रसाद (केपी शर्मा ओली चार तहको सुरक्षा घेरामा घेरिएर शनिबार बुटवल स्थित  जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न पुग्नुभएको थियो ।
त्यही बलियो बनाइएको सुरक्षा घेरा तोडेर ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाइदिएका हुन । कालो झण्डा देखाउने ती व्यक्ति बुटवल ११ मजुवाका रुद्रमणी घिमिरे रहेको इलाका प्रहरी कार्यायल बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए। घिमिरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिएको छ।

जितगढी किल्ला एउटा गढी भएकाले यसको सुरक्षाको मुल नेतृत्व नेपाली सेनाले गरेको प्रहरीले जनाएको छ। सुरक्षाकै कारण देखाउदै पत्रकारहरुलाई समेत मञ्चदेखि टाढै राखिएको थियो।

तीन तहको सुरक्षा व्यवस्था गरिएको भनिएको कार्यक्रममा घिमिरेले ‘मेरो देश प्राण भन्दा प्यारो छ, उजिर सिंह जिन्दाबाद’ भन्ने नारा लगाउँदै मञ्चको अगाडि बढेर कालो झण्डा देखाएका थिए। कालो झण्डा लिएर घिमिरे अगाडि बढेपछि प्रधानमन्त्रीले केहीबेर रोकिए। तत्काल प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेपछि प्रधानमन्त्री ओली मुसुक्क हाँस्दै ‘कसैले उहाँलाई पठायो होला, केही छैन’ भन्दै फेरि भाषण सुरु गरेका थिए।

कर्णेल उजिर सिंहले २०३ बर्ष अगाडि आजकै दिन बुटवल जितगढी किल्लाबाट अग्रेजलाई परास्त गरी फर्काएका थिए। सोही दिनको सम्झनामा जितगढीमा बिजयउत्सव समारोह गरिएको हो। समारोहलाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमाले महासचिव विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web