विदुर । नेपाल टेलिकमको टावर मर्मत गरेर फर्कदै गरेका प्राविधिक चढेको जीप शनिबार साँझ नुवाकोटको विदुर नगरपालिका–२ मा दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् ।

बा. ७ च ९१८० नं. को बोलेरो जीप दुर्घटना हुदाँ चालक सिन्धुपाल्चोकका सानोकान्छा तामाङ सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।
उहाँको अनुसार नेपाल टेलिकमको टावर मर्मतमा खटिएका प्राविधिकहरु नुवाकोटको विदुर नपा– २ का कोषबहादुर बानियाँ, सिन्धुपाल्चोकका देव लामा, पर्साका प्रबिन खड्का र जनकपुरका निरोजकुमार शाह दुर्घटनामा घाइते भएका छन् ।
गाडीमा रहेका एक जना व्यक्ति भने दुर्घटना हुन लागेको समयमा हाम फालेकाले उनीहरुलाई केही नभएको प्रहरीले जनाएको छ ।

उनीहरुको शरीरको विभिन्न स्थानमा चोट लागेकाले उपचारको लागी काठमाडौ पठाइएको छ । टेलिकमको टावर मर्मत तथा क्षमता बृद्धिको लागी जिम्मेवारी पाएको चिनियाँ कम्पनी हुवाई माफर्त उनीहरु कार्यक्षेत्रमा खटिएका थिए ।

उक्त प्राविधिक टोलीले विदुर नपा–२ स्थित कालिकाकोटको बिटिएस टावर मर्मत गरेर सदरमुकाम विदुरतर्फ फर्कदै गर्दा सोही स्थान नजिकै कच्ची सडकमा जीप अनिन्त्रित भएर सडकबाट करीब ३० मिटर तल पुगेको थियो ।

दुर्घटना सम्बन्धि प्रहरीको प्रतिवेदन यस्तो छ ।
आज मिति २०७६/०१/०७ गते अ. १९:३५ बजेको समयमा जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं. २ स्थित NTC को टावर मर्मतार्थ पश्चात फर्कने क्रममा बा ७ च ९१८० नं.को बलेरो जिप सडक बाट अ. ३० मि.तल खस्न गई निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भई उपचारको लागी जिल्ला अस्पताल त्रिशुलीतर्फ पठाईएको, ।
निम्न:
१. जिल्ला सि.पा. हगामा गाउपालिका ६ बस्ने अ. बर्ष २४ को सानो कान्छा तामाङ,करङमा चोट अबस्था मध्यम (चालक)
२. जिल्ला पर्सा भिमसेन गाउपालिका ४ बस्ने बर्ष २२ को प्रबिन खड्का,कम्मरमा चोट अबस्था मध्यम ।
३. जनकपुर घर भएकजो अ. बर्ष ३१ को निरोज कुमार शाह,खुट्टामा चोट सामान्य ।
४.जिल्ला सि.पा.जुगल गाउपालिका घर भएको बर्ष ३९ को देव लामा,खुट्टामा चोट अबस्था मध्यम ।
५. जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं. २ कालिकाकोट बस्ने बर्ष ५० को कोष बहादुर बानियाँ,अबस्था सामान्य ।

16.49¡ÆC