रसुवा । जलविद्युत कम्पनीमध्ये सम्भावनायुक्त आयोजनाको रुपमा हेरिएको रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आजदेखि आवेदन खुला भएको छ ।

दुवै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुवैको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो । यसअघि प्रकाशित आह्वानपत्रमा भने दुवै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए ।

पूँजी बजारको पहुँच फराकिलो बनाउन भन्दै बोर्डले चैत २७ गते निर्देशन जारी गरेर सबै सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था लागू गर्न मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको थियो ।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

यसैगरी साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ । दुवै कम्पनीको शेयरमा मेरो शेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।

‘जनताको जलविद्युत कार्यक्रम’ मा समेटिए पनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँका दरले नै खरिद गर्नुपर्ने छ ।

विदुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव नेतृत्वको समूहले गरेको नेपाल बन्दको कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
बन्दको कारण नुवाकोटमा पनि बजार क्षेत्र केही खुला भएपनि सार्वजनिक यातायातका साधनहरु ठप्प भएका छन् ।

जिल्लाको मुख्य बजारहरु कोलनी, त्रिशूली, ढुङ्गे, विदुर, बट्टार, देवीघाट, ढिकरे, छहरे, रानीपौवा, बेत्रावती लगातयका स्थानमा केही बजार क्षेत्र खुला भएपनि सवारी साधन नचल्दा खासै चहल पहल देखिएको छैन ।

बन्दको कारण बिहान ९ बजेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । बन्द प्रभाव शैक्षिक सँस्थाहरुमा पनि परेको छ । बिहानी सत्रमा सञ्चालन हुने जिल्लाको विभिन्न स्थानमा रहेका क्याम्पसको पढाई प्रभावित भएको छ भने सामुदायिक तथा निजी विद्यालयहरु पनि आंशिक रुपमा मात्र खुलेका छन ।

बन्दको सयममा बिरामी बोकेका एम्बुलेन्स, पर्यटक, कुटनीतिक नियोग, पत्रकार, तरकारी तथा दुध बोकेका गाडी एंव अति आवश्यक परेका सवारी साधनलाई अबरोध नहुने नेकपाका नुवाकोट सेक्रेटरी बिन्तोष सिलवालले बताउनुभयो ।

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले नक्कली सवारी चालक अनुमति पत्र लिएर मिनीट्रक चलाउने एक जनालाई बुधबार नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको छ ।

नियमित चेकजाँचको क्रममा बट्टार बजारबाट पक्राउ परेका धुनीवेशी नगरपालिका–२ धादिङका विकास तामाङसंग रहेको सवारी अनुमति पत्र नक्कली पाइएपछि सरकारी कागजात किर्तेमा मुद्धा दर्ता गरिएको ट्राफिक प्रहरी इञ्चार्ज विकल भट्टराईले जानकारी दिनुभयो ।

उहाँको अनुसार २८ वर्षका तामाङले बोकेको सवारी चालक अनुमति पत्र जाँच गर्ने क्रममा शंकास्पद लागेपछि यातायात व्यवस्था विभागको सूचीमा भिडाउन नक्कली भएको पुष्टि भएको हो ।

उक्त सवारी अनुमति पत्र नक्कली पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रतिवेदनको आधारमा जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरि कारबाहीको लागी अनुसन्धान सुरु गरेको हो ।
तामाङसंग भएको ०६–३६७२०१ नं. को चालक अनुमति पत्र विसं २०७६ चैत २१ मा जारी भएको बनाइएको थियो ।

रसुवा । विर्ता तथा गुठी जग्ग्गाबाट पीडित भएका किसानलाई राहत दिने उदेष्यले कालिका गाँउपालिकाले विशेष घोषणा गरेको छ । घोषणाको पूर्ण पाठ यस प्रकार रहेको छ ।

नेपालमा साठी वर्षपहिले उन्मुलन भएको बिर्ता प्रथा रसुवामा अझै जीवितै छ । वर्षाैदेखि जोतभोग गर्दै आएको जग्गाको स्वामित्व (लालपुर्जा)किसानहरुसँग नहुँदा बाध्य भएर विभिन्न समस्याहरू भोगिरहेका छन् । । यस्तो समस्याले ग्रसीत किसानहरूको मात्र होइन, यस क्षेत्रका जनप्रतिनिधिको पनि टाउँको दुखाइको विषय बनेको छ । समग्र रसुवा सम्बृद्ध बनाउँन यहाँको भूमि सम्बन्धी समस्याहरु रहिरहनु विकासको बाधकको रुपमा रहेको छ । त्यसैले रसुवाको कालिका गाउँपालिकाले भूमि सुधार सम्बन्धी विशेष घोषणा कार्यक्रम आयोजना गरी लामो समयदेखि थाती रहेको बिर्ता समस्या समाधान गर्ने घोषणा गरेको छ ।

कालिका गाउँपालिका, रसुवाले २०७६ साल वैशाख ४ गते भूमि
सुधार सम्बन्धी विशेष घोषणा कार्यक्रम गरी आफ्नो पालिका क्षेत्रभित्र रहेको
बिर्ता समस्या गैरकानुनी भएको ठहर गर्दै समाधान गर्ने प्रतिवद्दतासहित ३
बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।
रसुवा जिल्ला कालिका
गाउँपालिकाको ५ मध्ये ४ वटा वडामा बिर्ता समस्या अझैं बाँकी छ । यहाँका
करिव एक हजार परिवार बिर्ता समस्याबाट पीडित छन् । बिर्ता समस्या समाधानको
लागि घोषणा सभामा गाउँपालिका क्षेत्रभित्रका विर्ता जग्गा जोतभोग गर्दै
आएका किसानहरु, जिल्ला समन्वय समितीका प्रमुख, प्रदेश सासंद कालिका गाउँ
पालिकाभित्रका जनप्रतिनिधिह, जिल्लाका पार्टी प्रतिनिधिहरु र अन्य
सरोकारवालाहरुसमेत गरी करिव २०० जना सहभागी भएका थिए ।
कार्यक्रममा
गाउँपालिकाअध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुले
घोषणापत्रमा हस्ताक्षर गरिसकेपछि गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल,
अधिकारीले घोषणा पत्रजारी गर्नुभएको छ ।

तत्कालिन
राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाले २०१६ सालमै बिर्र्ता उन्मूलन
भएको घोषणा गरेका थिए ।सो समयमा किसानको पहुँच सरकारी अड्डासम्म नपुगेका र
केही किसानहरुलाई जानकारी नदिई २०३४÷३५ सालमा रसुवाको जग्गा नापी हुँदा
आफ्नो जग्गा आफ्नै नाममा नपाउँन लाग्दा किसानले जग्गा आफ्नो नाममा नापेमा ३
बर्ष कैद र ठूलो परिमाणमा जरिवानारकम तिर्नुपर्छ भनेर विर्तावालहरुले
त्रास, धम्की देखाएर बिर्र्तावालहरू नै बलिया भएका थिए, र बिर्ता समस्या
अझै बाँकी छ ।

रसुवा जिल्लामा रहेको बिर्ता जग्गा ख श्रेणीको
बिर्ता हो । विर्ता उन्मुलन ऐन २०४९ को संसोधनमा यस्तो जग्गा २०४९ साल असार
मसान्तपछि कुनै विर्तावालाको नाममा दर्ता गर्न नपाउने र यदी दर्ता भएको भए
पनि मान्यता हुँदैन भन्ने स्पष्ट व्यवस्था छ । कानुनत् यस्तो व्यवस्था
भएको भएपनि राज्यशक्तिको आडमा बिर्तावालाले मालपोत कार्यालयसंग मिलेमतोमा
गैरकानुनी तवरले २०६३ सालसम्म पनि लालपुर्जा बनाई लगेका छन् । लालपुर्जा
बनाउँदा तत्कालिन स्थानीय निकायको सिफारिस भएको छैन् र स्वयम जग्गा जातभोग
गर्ने किसानलाई सूचना समेत भएको छैन् । यसरी अहिलेसम्म पनि किसानहरू
समस्यामा परिरहेका छन् ।

घोषणा सभा कार्यक्रममा सहभागी हुँदै विर्ता
पिडित किसानहरु तथा भूमि अधिकारकर्मीहरुले यहिँ विर्ता जग्गामा रगतपसिना
बगाउँदा बगाउँदै आफ्ना कैयौँ पुस्ता बितिसक्दा पनि लालपुर्जा नपाएको र
अहिले सिंहदरबारको अधिकार गाउँमा आइसक्दा पनि आफुहरुले लालपुर्जा नपाए
शान्तिपुर्णरुपमा आन्दोलनमा उत्रिने बताएका छन् । । साथै विर्ता भनिएका
जग्गाहरुमा विर्तावाल भन्नेहरुले अहिलेसम्म पाईलासमेत नटेकेको र माटो समेत
नछोएको, नामले मात्र ओगटेर राखेको अनि त्यहि माटोमा सधै परिश्रम गर्ने
किसानहरु बर्षौदेखि अन्यायमा परेकोले गाउँपालिकाले गरेको घोषणा अनुसार
किसानको हितको पक्षामा काम गरी शामन्तीप्रथाको अन्त्य व्यवहारमै गरिदिन
अनुरोध गरेका छन् ।

त्यसैगरी जिल्ला समन्वय समतिकिा
प्रमुख कुलप्रसाद भट्ट, प्रदेश नं. ३ नं. का सासंद् माननीय शान्ति थिङ,
जिल्लाका नेकपा तथा नोपली कांग्रेस पार्टि प्रतिनिधिहरु सबैले गाउँपालिकाको
भूमि सम्बन्धी विशेष घोषणाको प्रशसां गर्दै आ, आफ्नो तह र तप्काबाट यस
कार्यलाई सार्थक बनाई जोतभोग गर्ने किसानहरुको हातमा जतिसक्दो छिट्टो
लालपूर्जा दिन सबै लागिपर्ने र जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध भएको
प्रतिबद्धता जनाउँनुभएको थियो ।

साथै कालिका गाउँपालिकाका
अध्यक्ष सिताकुमारी पौडेल, अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने तथा ५
वटै वडाका वडा अध्यक्षहरुले आफुहरुले संविधानले गरेको व्यवस्था अनुरुप उक्त
निर्णय गरेको हुँदा प्रदेश तथा संघीय सरकारले गाउँपालिकाको यस किसानमुखी
कार्यको कदर गर्दै गैरकानुनी रुपमा बनेका विर्ता जग्गाको लालपुर्जा बदर गरी
किसानहरुलाई जोतभोगको आधारमा लालपुर्जा नदिएमा गाउँपालिका आफैले लालपुर्जा
बनाएर वितरण गर्ने र कुनै बाधा, अड्चन आएमा आफुहरुपनि किसानहरुसंगै
आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

गाउँपालिकाले सोहि घोषणापत्रमा
कालिका गाउँपालिकाको विर्ता समस्यालाई व्यवहारमा नै समाप्त पारी जग्गा
जोतिरहेका किसानको नाममा जग्गा दर्ता गरी जग्गाधनीपुर्जा वितरण गर्ने
लगायतका काम गर्नेगरी गाउँ पालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको
संयोजकत्वमा ५ वटै वडा अध्यक्षहरु, भूमि अधिकार मञ्चका प्रतिनिधि तथा
जिल्ला समन्वय समितिका प्रतिनिधि सदस्य र गाउँ पालिका प्रमुख प्रशासकीय
अधिकृत सदस्य सचिव रहनेगरी ९ सदस्यिय भूमिसुधार कार्यान्वयन समिती गठन समेत
गरेको छ ।

थप सूचना तथा जानकारीका लागि सम्पर्क
सिता कुमारी पौडेल, अधिकारी (कालिका गाउँ पालका अध्यक्ष) : ९८५१२१०४०५
भवानी प्रसाद न्यौपाने (कालिका गाउँ पालिका उपाध्यक्ष) : ९८५११५१२७२
शर्मिला न्यौपाने (कालिका गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत) : ९८५१२३२०९६

यस्तो छ घोषणाको पूर्ण पाठ :

बझाङ । केही समयअघि मात्रै साईपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियानसमेत सञ्चालन गर्यो । विभिन्न सडक नाटक, जनचेतनामूलक र अन्तर्क्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्याे ।

त्यसपछि स्थानीय तह र प्रहरी मिलेर गाउँगाउँमा भएका छाउगोठहरु भत्काउने अभियन पनि सञ्चालन गरे । वडा नम्बर एकदेखि ५ सम्म गाउँमा भएका छाउ गोठहरु भत्काइयो । लाखौँ रुपैयाँ लगानी गरेर छाउगोठ भत्काउनुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरे पनि गाउँपालिकाको लगानी बालुवा पानी सरह भएको छ ।

अहिले फेरि यहाँका महिलाहरु महिनावारी (छाउ) भएको समयमा ओडार र खेतबारीको कान्लामा बस्ने गरेका छन् । साईपाल गाउँपालिका वडा नम्बर ५ की धौली देवी बोहरा चैत महिनामा महिनावारी हुनुभयो । साथमा एक वर्षका छोरा थिए । गाउँमा भएको छाउ गोठ भत्काएका कारण बस्न नमिल्ने भएपछि उहाँले गाउँनजिकै रहेको धौलीओखड ओढारमा १ वर्षका छोरासहित ५ दिनसम्म बसेको बताउनुभयो । उहाँजस्तै यहाँका धेरै महिलाहरु महिनावारी हुँदा अहिले ओढार र खेतबारीका कान्लामा बस्ने गरेको महिला स्वास्थ्य स्वयंसेविका गङ्गा देवी बोहराले बताउनुभयो ।

साईपाल गाउँपालिका वडा नम्बर ४ मा समेत उस्तै अवस्था छ । वडा नम्बर ४ को जगेरामा जनप्रतिनिधि, प्रहरी र बुद्धिजीवीहरु मिलेर गाउँमा भएको एउटा छाउगोठ भत्काए । घरभित्र महिनावारी भएको समयमा बस्न नमिल्ने भन्दै यहाँका महिलाहरुले छाउगोठ भत्काएको तीन चार महिनाभन्दा बढी जगेरा खोलाको ओढारमा बस्ने गरेको स्थानीय बासिन्दा कटु रोकायाले बताउनुभयो । झण्डै २६ परिवार बसोबास गर्ने यस गाउँका सबै महिलाहरु देवी देउताको डरका कारण महिनावारी भएको समयमा घर भित्र बस्न नमान्ने उहाँको भनाइ छ ।

ओढारमा महिलाहरुलाई थप समस्या हुने गरे पछि यहाँका महिलाहरुले आफ्नै लगानीमा छाउगोठ समेत निर्माण गरेका छन् । गाउँभरिका महिलाहरु नै एकजुट भएर टिनका पातहरु खरिद गरी छाउगोठ निर्माण गरेका हुन् । गाउँकै मिस्त्रीलाई छाउगोठ बनाउने जिम्मा दिएर महिलाहरु कसैले ढुङ्गा, कसैले माटो बोकेर नै छाउगोठ निर्माण गरेको स्थानीय पुतली रोकायाले बताउनुभयो । महिलाहरुलाई समस्या पर्दा, बिरामी पर्दा सजिलो होस् भन्ने उद्देश्यले गाउँकै महिलाहरु मिलेर स्थापना गरेको कोषबाट झण्डै २०/२५ हजार रुपैयाँको खर्चमा नयाँ छाउ गोठ निर्माण गरेको लक्षीमा रोकायाले बताउनुभयो ।

अहिले यो गाउँका महिलाहरु आफू महिनावारी भएको समयमा छाउ गोठमा नै बस्ने गरेको बताउँछन् । यो गाउँको सिको गर्दै धुलीका महिलाहरुसमेत पैसा संकलन गरेर सबैको साझा छाउ गोठ निर्माण गर्न जुटेका छन् । ‘एक घरबाट कति पैसा दिन पर्ने हो ? थाहा छैन’, स्थानीय बासिन्दा घुरन विकले भन्नुभयो । गाउँका सबै महिलाहरु अहिले गाउँनजिकै छाउगोठ निर्माणमा लागेका छन् ।

वडा नम्बर ४ कै शैनगाउँका महिलाहरु भने अहिले पनि खुला आकाशमुनि नै बस्ने गरेका छन् । गाउँनजिकै खोला छेउमा रहेको सार्वजनिक छाउ गोठ स्थानीय जनप्रतिनिधिहरु आएर भत्काइ दिएपछि महिनावारी भएका महिलाहरु बाहिर खुला आकाशमा नै रात काट्ने गरेका छन् । ‘हामी लागो देउतालाई पूजाआजा गर्ने मान्छे । छुवाछुत गरे पछि देउताले हामीलाई बसी खान दिन्न । घर भित्र बसौं भने पनि स–साना टहरा जस्ता छन् । खाना पकाउने, सुत्ने सबै एकै ठाँउमा छन् । अनि हामीले कसरी घरभित्र बस्नु’, स्थानीय महिला अमृता विकले भन्नुभयो ।

अरु छुवाछुतभन्दा पनि महिनावारी भएको समयमा बढी विभेद हुने गरेको यहाँका महिलाहरुले बताएका छन् । पुरुषले घरभित्रै बस्न आग्रह गरे पनि देवी देउताको डरले आफूहरु महिनावारी हुँदा र सुत्केरी भएको समयमा छाउगोठमा नै बस्ने गरेको उनीहरुको भनाइ छ ।

यसको अन्त्यका लागि अहिले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेकोसाईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो । तर यो प्रथा अन्त्य गर्न निकै चुनौती छ । यो समस्या साईपाल गाउँपालिकाको मात्र नभएर नेपाल र विशेषगरी बझाङ जिल्लाभरिको नै रहेको दाबी गर्दै अध्यक्ष धामीले पहिला आफूबाट नै अभियान सञ्चालन गर्नका लागि जनप्रतिनिधिलाई आग्रह गरेको बताउनुभयो ।

‘विभिन्न सडक नाटकका साथै अन्तर्क्रियाका सबै प्रक्रिया अघि बढाई सकेका छौं । अब सबै कार्यक्रम जारी राख्दै स्थानीय तहबाट दिइने सबै सेवा सुविधा समेत रोकेरै भए पनि छाउपडी प्रथा अन्त्य गरेरै छोड्छौं’, अध्यक्ष धामीले भन्नुभयो ।

धनुषा । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार मध्यान्ह प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गर्नुभएको हो । गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गर्नुभएकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

विपतमा आ-आफ्नो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्ने संदेश मुख्यमन्त्री पौडेलले दिनुभएको छ । यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेल बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण पनि गर्नुभएको थियो ।

प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ । बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गर्नुभएको थियो ।

मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेश सिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, प्रदेश २ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कोमल खत्रीलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौ । नेपालले अन्तरिक्षमा पहिलो पटक उपस्थिति जनाउँदैछ । अहिलेसम्म आफ्नो स्याटेलाइट नभएको नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागेको हो ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन ।

विश्वविद्यालयले आफ्नो ‘बर्ड–३’ परियोजना अन्तर्गत नेपाल, जापान र श्रीलंकाको ‘नानो स्याटेलाइट’ छुट्टाछुट्टै समयमा प्रक्षेपण गर्न लागेको हो । जसको संयोजन जापानको ‘ज्याक्सा’ले गर्नेछ । अन्तरिक्षको अध्ययन अनुसन्धान गर्ने अमेरिकाको नासा जस्तै जापानको ‘ज्याक्सा’ हो ।

नेपाल र श्रीलंकाले पहिलोपटक स्याटेलाइट पठाउन लागेका हुन् भने जापानले दुवै स्याटेलाइटको अनुगमन र नजिकबाट निरीक्षण गर्नेछ ।

नेपाली भूउपग्रहलाई ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यू–बिसु’ नाम दिइएको छ । तीनै स्याटेलाइट ‘नानो’ अर्थात सानो क्षमताका भएका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाली स्याटेलाइट : जापानमा बन्यो, अमेरिकाबाट उड्ने !

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नो उपस्थिति देखाउन लागेको स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा बनेको हो । अन्तरिक्ष अनुसन्धानमा निकै अगाडि बढिसकेको यो विश्वविद्यालयले भूउपग्रह निर्माणदेखि प्रक्षेपणसमेत गर्ने गरेको छ ।

बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिनेछ । नासाको मुख्यालयबाट नेपाली झण्डा र नास्टको लोगो अंकित स्याटेलाइट पहिलोपटक प्रक्षेपण हुनुले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा पनि टेवा पुग्नेछ ।

यसअघि नेपालका कुनै पनि प्रविधि नासा मुख्यालयसँग जोडिएका थिएनन् । नेपालको विज्ञान तथा प्रविधिको विकासमा यो महत्वपूर्ण कोशेढुंगा हुने नास्टका वैज्ञानिकहरुको विश्वास छ ।

आउँदो तीन वर्षमा पूर्ण क्षमताको ‘मेगा स्याटेलाइट’ निर्माण गरेर प्रक्षेपण गर्ने महत्वाकांक्षी योजना बनाएको सरकारका लागि पनि यो ‘नानो स्याटेलाइट’ प्रक्षेपण सहकार्यको प्रस्थान बिन्दु बन्नेछ ।

‘नानो स्याटेलाइट’ प्रक्षेपणपछि पनि त्यसबाट आउने सबै जानकारी जापानकै विश्वविद्यालयबाट लिनुपर्नेछ । परीक्षणका रुपमा रहने नेपाली स्याटेलाइटलाई नासाले पनि आफ्नो निगरानीमा राख्नेछ ।

स्याटेलाइटबाट फाइदा के–के हुन्छ ?

सानो आकारको यो स्याटेलाइटले तत्काल नमुनाको मात्रै काम गर्नेछ । अमेरिकाबाट प्रक्षेपण भइसकेपछि एक महिनासम्म ‘इन्टरनेसनल स्पेस’मा बस्नेछ । यसपछि बिस्तारै यसलाई नेपाली आकाशको माथि ल्याउने प्रयत्न हुनेछ ।

जसबाट नेपालको भूभाग, मौसमी अवस्था, भौगोलिक बनाउटबारे अध्ययन गर्न सहज हुनेछ । अहिले महंगो मूल्य तिरेर भारत, चीनलगायत तेस्रो देशको स्याटेलाइटबाट काम चलाइरहेको नेपालले यसपछि ‘मेगा स्याटेलाइट’ निर्माण सुरु गर्नेछ ।

यसका लागि नास्टले खुमलटारमा रहेको आफ्नो कार्यालय परिसरमा ‘ग्राउण्ड स्टेशन’ निर्माण गर्दैछ । झण्डै २० लाखको लगानीमा ग्राउण्ड स्टेशन निर्माणका लागि नास्टले बोलपत्रसमेत आह्वान गरिसकेको छ । जेठ २० गतेसम्म निर्माण गरिसक्ने उद्देश्य राखिएको स्टेशनका लागि विदेशबाट उपकरण मगाउने काम पनि भइसकेको छ ।

एक महिनापछि स्याटेलाइटले पठाएका तस्बिर खुमलटारमै रहेको ग्राउण्ड स्टेशनले ‘रिसिभ’ गरेर अनुसन्धानका लागि सहयोग गर्नेछ । अहिले स्याटेलाइटले पठाएका तस्बिर जापानमा रहेको क्युटेक विश्वविद्यालयको ग्राउण्ड स्टेशन, नासाको मुख्यालयमा पनि प्राप्त हुनेछन् ।

यो स्याटेलाइटले तत्कालै तस्बिर पठाउनुबाहेक अरु काम गर्ने छैन । सूचना प्रविधिका क्षेत्रमा अहिले भइरहेका सबै काम अन्तर्राष्ट्रिय स्याटेलाइटबाटै हुनेछन् । तस्बिरबाहेक नेपालको मौसमी अवस्था, पर्वतीय श्रृङ्खला, हिमनदीको अवस्थालाई अनुसन्धान गर्न पनि यसले सहयोग पुर्याउनेछ ।

यसका साथै मेगा स्याटेलाइट निर्माण, यसको प्रक्षेपण र सञ्चालनका लागि पनि न्यानो स्याटेलाइट सहयोगी बन्नेछ ।

बिहीबार रात अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने नेपाली स्याटेलाइटको नासाले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रत्यक्ष प्रशारण हेर्न याँहा क्लिक गर्नुहोस् ।

काठमाडौ । समता स्कुललाई वल्र्ड बुक अफ रेकर्ड, लण्डन ले “शिशु कक्षा देखि स्नातकोक्तर सम्म न्युनतम शुल्क (मासिक १ डलर) मा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था” शिर्षकमा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यु तथा पुर्व प्रधानमन्त्रीद्धय श्री पुष्पकमल दाहालज्यु एवं श्री माधव कुमार नेपाल ज्युको संयुक्त बाहुलीबाट प्रदान गरेको प्रमाण–पत्र लाई लिएर केही सञ्चार माध्यमले नक्कली हो भनी निराधार रुपमा यस अन्तर्राष्टिय संस्थाको गरिमामा आँच आउने प्रकारकोे कपोकल्पित समाचार सम्प्रेषन गरेको प्रति यस संस्थाको गम्भिर ध्यानाकार्षण भएको छ ।

यसले संस्थाको मान र प्रतिष्ठामा आँच हुदाँ वल्र्ड बुक अफ रेकर्ड खेद प्रकट गर्दछ । वल्र्ड बुक्स् अफ रेकर्ड विश्वव्यापी रुपमा बैज्ञानिक आधारमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो ।

यस संस्था बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत, मरिसियसमा कानुनतः दर्ता भई आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । आधिकारिक प्रतिनिधि मार्फत विश्वव्यापी रुपमा वल्र्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक साँस्कृतिक, सांगितिक लगाएत क्षेत्रमा उल्लेख्य योगदान पु-याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ ।

साथै यस्ता तथ्यहिन, अपुष्ट समाचारहरु सम्प्रेषण हुदाँ सर्वसाधरणमा भ्रामक सन्देश प्रवाह हुने भएकोले भ्रामक समाचार हरु सम्प्रेषन नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गर्दै पत्रकारिताको आचारसंहिताको परिधिमा रहेर सत्य तथ्य कुराहरुमात्र सम्प्रेषन गर्न आग्रह गर्दछौँ ।

हामी निरन्तर नेपाल र नेपालीमा रहेका प्रतिभाको सम्मान गर्दै विश्वसामु पहिचानको बाटोमा डो-याउने छौँ । नोटः संस्था सँग सम्बन्धित कुनै आधिकारिक जानकारी लिन आवश्कता परेमा निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

सागर कटवाल
नेपाल प्रतिनिधि, वल्र्ड बुक अफ रेकर्ड

काठमाडौ । कवि तथा साहित्यकार, प्रथम मेचि–महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहणको क्रममा रिपोर्टर्स क्लब नेपालको झण्डा सगरमाथाको चुचुरोमा फहराउने भएका छन् ।
मंगलबार साँझ रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर क्लबका सभापति ऋषि धमलाले सापकोटालाई क्लबको लोगो अंकित झण्डा हस्तान्तरण गरेका छन् । सापकोटाले अगामी जेठको पहिलो साताभित्र सगरमाथा आरोहण गरिसक्ने विश्वास दिलाए । उनको टिम अहिले सगरमाथाको आधार शिविर पुगिसेकको छ ।

क्लबको झण्डा हस्तान्तरण गर्दै सभापति धमलाले सफल सगरमाथा आरोहणको लागि शुभकामना दिए । उनले भने,‘सापकोटाजी सबै साहित्यकारहरुको प्रतिनिधित्व गरेर किर्तीमानी आरोहणमा निस्किँदै हुनुहुन्छ, यो हामी सबैको लागि खुशी र गौरवको विषय हो । त्यसमा पनि देशका सबै पत्रकारहरुको प्रतिनिधित्व गरेर क्लबको झण्डा बोकेर आरोहणमा निस्किन लाग्नुभएको छ, हामी सबै हर्षित छौं । म २० हजारको पत्रकारको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
सापकोटाको आरोहण सबै साहित्यकारहरुको लागि मार्गनिर्देश बन्नेपनि धमलाको भनाई छ ।

उनले भने,‘हिमाल चढ्न आँट, साहस र मेहनत चाहिन्छ । उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो साहित्यक आरोही बनेर किर्तीमानी राख्न जाँदैहुनुहुन्छ । उहाँ सफल हुनेमा हामी विश्वस्त छौं ।’ सापकोटाको यो अभियानमा रिपोर्टर्स क्लबलगायत सिँगो पत्रकारिता जगतको साथ, सहयोग र समर्थन रहेको पनि धमलाले विश्वास दिलाए ।
उता, क्लबको झण्डा ग्रहण गर्दै आरोहणमा निस्किन लागेका साहित्कार सापकोटाले खुशी व्यक्त गरे । उनले आफू सगरमाथाको सफल आरोण गर्नेमा पूर्ण विश्वस्त रहेको पनि स्पष्ट पारे । क्लब र यसका सभापति धमलाले आफ्नो सर्वाधिक महत्वपूर्ण अभियानमा साथ र सहयोग गरेकोमा आफू निकै खुशी रहेको बताउँदै आभारी व्यक्त गरे ।

सापकोटाले भने,‘क्लबको सहयोग र साथले मलाई थप उर्जा प्रदान गरेको छ। क्लबको लोगो अंकित झण्डा बोकेर म चुचुरोमा फरफराउनेछु ।’
सर्वोच्च शिखर सगरमाथा आरोहणमा ५ वटासम्म विश्व कीर्तिमान बनाई पहिलो नेपाली साहित्यकारको रुपमा विश्वको ध्यानाकर्षण गराउने लक्ष्य रहेको सापकोटाको भनाई छ । साहित्यकार तथा धावक ‘विकल्प’ले आफु साहित्यिक ब्यानर बोकेर सगरमाथा चढ्ने पहिलो साहित्यकार बन्न गैरहेको दाबी गरे । सम्पुर्ण नेपाली साहित्यकारहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरमा उभिएर कविता वाचन गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउनेपनि उनले विश्वास दिलाए । सर्वोच्च शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गर्दे नेपाल प्रज्ञा–प्रतिष्ठानको लोगो, गौतम बुद्धको मुर्ती, पशुपतिनाथ मन्दिरको आकृति, गीता र त्रिपिटकलाई पनि शिखरमा पु¥याउने सापकोटाले सुनाए ।

मेची–महाकालीको माटो तथा पानी, कौडिन्य ऋषिको मुर्ति, राष्ट्रकवि र शताब्दि पुरुष सत्यमोहन जोशीद्धारा हस्ताक्षर गरेको रामायण तथा बिभिन्न ३० जति श्रष्टाहरुको फोटोपनि सगरमाथामा प्रर्दशन गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

उनले हिमाललाई आधार बनाएर नेपाली साहित्यको विकास गर्नुपर्ने धारणा सुनाए । उनले भने,‘समुन्द्र भएका देशहरु पानी र समुन्द्रको बारेमा साहित्य सृजना गर्छन, मरुभुमि भएका देशहरु बालुवा र मरभुमिको बारेमा साहित्य कोर्छन भने हामीले हिमालको बारेमा साहित्य किन नकोर्ने ?’ आफुद्धारा लिखित पुस्तक ‘इम्जात्से हिमशिखर चुम्दा’ र महाकबि देवकोटाको मुना–मदन पनि संगै चुचुरोमा लैजाने उनले बताए ।

काठमाडौ । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ ।

यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गर्न सबै तयारी सकिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ वैज्ञानिक रविन्द्र ढकालले जानकारी दिए ।

स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागिएको हो ।

कस्तो छ ?

यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । प्रक्षेपणका लागि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेलाई यो स्याटेलाइट हस्तान्तरण भइसकेको छ ।

वैज्ञानिक रविन्द्र ढकालका अनुसार यो स्याटेलाइट जेठको पहिलो वा दोस्रो साता अन्तरिक्षमा रिलिज हुनेछ । त्यसपछि यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ ।

‘यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि हामी पनि अध्ययन अनुसन्धान थाल्न सक्छौं,’ ढकालले भने, ‘स्पेश इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई पनि यसले निकै सहयोग पुग्नेछ । उनीहरूलाई नेपालमै बसेर स्पेशबारे जानकारी लिने अवसर मिल्नेछ ।’

यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नाष्टको भनाइ छ ।

यो स्याटेलाइट पठाउन लागेको खर्च सरकारले नै ब्यहोरेको छ । नेपाली स्याटेलाइट-वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ ।

ढकालका अनुसार केही दिनमै नेपाली स्याटेलाइट-१लाई नेपालकै पहिलो स्याटेलाइटका रुपमा दर्ता गरिँदैछ ।

भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्नेछ । यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरुको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नाष्टको भनाइ छ ।

कुर्दिस्तान । विगत लामो समय देखी सामाजिक कार्यमा र नेपालीहरुको विभिन्न चाँड पर्वमा नेपालीहरुलाई एकै ठाउमा भेटघाटको अवसर जुराई एक अर्का बिच शुभकामना आदन प्रदान गर्दै आएको नेपाली एकता समाज कुर्दिस्तान, ईराकले नयाँ वर्षको अवशरमा शुभकामना अदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

नेपाली टिपिकल स्वादिष्ट खाना र केही समयको लागी भए पनि मनोरञ्जन गराउने उदेश्यले नेपालीहरुको निमित्त कार्यक्रम आयोजना गरेको बताइएको छ । नेपाल सरकारको पहुच नभएको ईराक जस्तो देशमा रहेर पनि असम्भव कामहरुलाई पनि सम्भव बनाउदै नेपालीहरुको निमित्त मलम पट्टी बन्दै आएको सम्पुर्ण नेपालीहरुको साझा संस्था प्रवासी नेपाली एकता समाज कुर्दिस्तान, ईराकले कार्यक्रममा सहभागी हुनको लागी सूचना जारी गर्दै पायक पर्ने सम्पूर्णलाई उपस्थित हुनको लागी समेत आह्वान गरेको छ ।

कार्यक्रम सम्बन्धमा यस्तो छ सँस्थाले निकालेको सूचना :

कुर्दिस्तान,ईराकमा रहनु हुने सम्पुर्ण प्रवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरू लगाएत यहाँ कुर्दिस्तान, ईराक स्थित सामाजिक कार्यमा अग्रसर रहदै आएका विभिन्न सामाजिक संघ,संस्था, Save The Children, (UN)United Nations, Red Cross, Social Fund हरूमा आवद्ध भई काम गर्दै आउनुभएका नेपालीहरुमा पनि यस संस्था मार्फतबाट गर्न गईरहेको शुभकामना आदन-प्रदान कार्यक्रममा सहभागी भई उक्त्त कार्यक्रम सफल बनाइदिनु हुन चुलो निम्तो स्वरूप सम्पुर्णमा हार्दिक निमन्त्रणा पनि गर्दछौ।

मिती – २०७६ बैशाख ६ शुक्रबार (19 April 2019 Friday)
स्थान – होली नवरोज हल (अर्बिल)।
समय – बिहान १० देखी ७ साझ सम्म।
सम्पर्क – +964 750 348 9189
आयोजक – प्रवासी नेपाली एकता समाज कुर्दिस्तान, ईराक ।

नोट :- समीअब्दलरहमान पार्कबाट कार्यक्रम स्थल सम्म जानको लागी निशुल्क यातायातको सुविधा र कार्यक्रमबाट उठिएको रकम सामाजिक कार्यमा र दिनदखीहरुको निमित्तका साथै असहाय बालबच्चाहरुको निमित्त।विशेष प्रथामिकता कुर्दिस्तान,ईराकमा रहनुहुने नेपालीहरुलाई आपत विपतको समयमा के कस्तो समस्याको प्रकृया हेरी सहयोग गरिने।

काठमाडौ । प्रहरीले ललितपुरको नख्खुम भएको बम विस्फोटको घटनामा संलग्न मुख्य योजनाकार वीर बहादुर कठायतलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कठायतलाई सुन्धाराबाट पक्राउ गरेको हो ।

कठायत विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेको अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले बताएका छन् । २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना अझै फरार रहेका छन् ।

यस्तै फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको एसपी राठौरले बताए । सो विस्फोटमा परी ३ जना घाइते भएका थिए ।