काठमाडौ । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएको छ ।

गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो ।

चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो।

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको थियो।

जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नगरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा प्रक्रिया अपनाई दिन गृहमन्त्रीको निर्देशन थियो।

तर गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण नेउपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको थियो ।

मंगलबार पक्ष र विपक्ष दुबै पक्षसँगको छलफलपछि सर्वोच्चले निवेदकले माग गरेअनुसार गृह मन्त्रालयको परिपत्रको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको हो । यो निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरुलाई जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खुलेको छ ।

नुवाकोट । विदुर नगरपालिका–२ स्थित बट्टारमा रहेको एक स्विमिङ पुल (पौडी खेल्न बनाएको पोखरी) मा डुबेर मंगलबार एक जना गम्भीर अशक्त भएका छन् ।

विदुर नगरपालिका– ६ इनारपाटी घर भएका २३ वर्षका शंकर न्यौपाने पौडी खेलिरहेको समयमा पोखरीमा डुबेपछि उद्धार गरी उपचारको लागी काठमाडौ लगिएको नुवाकोट प्रहरीले जनाएको छ । पोखरीमा डुबेर अचेत भएका न्यौपानलेलाई उद्धार गरी विदुर स्थित चक्रदेव पोलिक्लिनिकमा उपचार पछि हेलिकोप्टरबाट अपरान्ह चार बजे काठमाडौ लगिएको हो ।

पोखरीमा ११ बजेतिर पौडी खेल्न गएका उनी करीब तीन बजेतिर डुबेको र केही समयमै उद्धार गरिएको थियो ।

काठमाडौ । राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले कडा आपत्ति जनाएको छ ।

मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे संघले पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु–टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग गर्ने सहमति भएपनि अहिले आएर भूमाफियाहरुले ब्यापारिक प्रयोजनको थलो बनाउन खोजेको आरोप लगाएको हो ।
बसपार्कलाई व्यवस्थित् र सुविधासम्पन्न बनाउन बन्दै केही वर्ष अगाडि काठमाडौं महानगरपालिका र जलेश्वर स्वछन्द विकोई विल्डर्स नामक कम्पनीका मालिक मनोज भेट्वालबीच सहमति भएको उल्लेख गर्दै संघले सो सम्झौताअनुसार काम नभएको खुलासा गरेको छ ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘काठमाडौं महानगरपालिकामा सम्पूर्ण गुठी संघ÷संस्थामा रहेका दुईमाजु गुठीको अधिनस्तमा रहेका जग्गा खानेपानी संस्थाको जग्गासमेत अनधिकृत रुपमा दलाल र भूमाफीयाले पक्की भौतिक संरचना बनाई प्रति पसल १० लाखदेखि १५ लाख र प्रति महिना भाडावापत १५ हजारदेखि २५ हजारसम्म उठाई करोडौं रुपैयाँको आर्थिक घोटाला गरिएको हुँदा यस्ता सार्वजनिक जग्गा र पहुँचका आडमा विना टेण्डर, बिना सहमति सञ्चालन गर्दापनि सम्बन्धित निकाय कामनपा, स्थानीय निकाय र नेपाल सरकारको ध्यान पुग्न नसकेको हुँदा हामी आम व्यवसायीहरुको छाता संगठन राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघको गम्भिर ध्यानाकार्षण भएको जानकारी गराउँदछौं ।’

कार्यक्रममा बोल्दै संघका महासचिव केशव अछामीले नेपालको मुटु मानिने खुलामञ्चजस्तो सार्वजनिक जग्गालाई भूमाफिया र दलालहरुले दोहन गरेको भन्दै गम्भिर आपत्ति जनाए ।

आफुहरुसंग भएका सहमतिलाई तोड्दैै आर्थिक तथा राजनैतिक पहँुच भएकाहरुलाई राज्यले करोडौँको चलखेल गर्दै सो क्षेत्रमा अतिक्रमण गराईरहेको उनको भनाई छ ।

निर्माणाधिन सटरहरुलाई प्रतिक्षालय बनाउने बहानामा बिना कुनै आधार करोडौं रकमको चलखेल गर्दे सरकारी सम्पत्तिको चरम दुरुपयोग भईरहेको उनले आरोप लगाए ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य लिलाबहादुर दाहालले अहिलेको सरकार जनताको हो कि भुमाफियाहरुको भन्दै प्रति प्रश्न गरे ।

‘समृद्ध नेपाल, सुखि नेपाली’ को नारा लगाउने सरकारले भारतीय पुजारीले जनकपुरको २४ बिघा जमिन बेच्दा सरकार र सरकारका भूमिसुधारमन्त्री कानमा तेल हालेर सुतिरहेको पनि उनको आरोप छ ।
उनले सरकारले दलाल तथा भूमाफियाहरुलाई प्रोत्साहन गरिरहेको भन्दै बालुवाटार बेचिँदा देशमा सरकार नभएको आभाष भएको दुःखेसो पोखे ।
तीन वर्ष पहिला खुलामञ्चमा अस्थायी बसपार्क बनाउँदा प्रतिक्षालय बनाउने भनेपनि अहिले करोडौं रकमको चलखेल गरेर सटरहरु निर्माण हुँदापनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने काठमाडौं महानगरपालिकाजस्तो स्थानीय सरकार मौन रहेकोमा उनले आक्रोस पोखे ।
यो प्रकरणमा महानगरले छानबिन नगरी पन्छिन खोजेकोे पनि उनको आरोप छ । सो क्षेत्रमा निर्माण भईरहेका संरचनाहरु तत्काल नहटाए आफुहरु कडा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

केही व्यक्ति मिलेर खुलामञ्चलाई कमाई गरि खाने भाँडो बनाउन खोजेको भन्दै उनले पहिला आफुहरुको आन्दोलनमा दमन गर्ने महानगर प्रहरी अहिले कहाँ र के हेरेर बसेको छ ? भन्दै उनले प्रश्न गरे ।

त्यस्तै नेपाल स्वरोजगार व्यापार श्रमिक संघका महासचिव राजकुमार श्रेष्ठले आफुहरुको पहिला तीन महिना लामो आन्दोलनको स्मरण गर्नपनि सरकारको ध्यानाकर्षण गराए ।
महानगरले ब्यवसाय गर्न टेन्डर निकाल्नुपर्ने भएपनि कुनै आधिकारिक बिल भरपाईनै नदिई व्यवसायीहरुबाट करोडौं रकम असुलिरहेको उनको भनाई छ । १० देखि १५ लाखसम्म खल्तीमा हाल्दा पसल चलाउन दिईरहेको भन्दै उनले बसपार्क सञ्चालनको सम्झौता नै गलत रहेको दाबी गरे ।

देशमा कुनैपनि नागरिकलाई अबैधानिक काम गर्न छुट नरहेको भन्दै उनले व्यवसायीहरुले महानगरसंग कुनै सम्झौता गरेको हो भने उक्त सम्झौता सार्वजनिक गर्नपनि उनले माग राखे ।
उनले भने,‘यो क्षेत्रलाई यदि व्यापारिक प्रयोजनको निम्ति दिने हो भने पहिलो प्राथमिकता स्वरोजगार श्रमिकहरुले पाउनुपर्छ ।’ राष्ट्रको सम्पत्तिको दुरुपयोग गर्न खोज्नेलाई तत्काल सार्वजनिक गरी कानूनबमोजिम कारबाही गर्नुपर्नेपनि उनको माग छ ।

संघले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘लामो समय आन्दोलन गर्दा तत्कालिन गृह सह–सचिव यादव प्रसाद कोइरालाको संयोजकत्वमा ९ सदस्य कार्यदल निर्माण गर्दै तीन दिनभित्रमा ठाउँ खोजी व्यवस्थापन गर्ने निर्णय भएकोमा सोही ठाउँ आम व्यवसायीहरुको माग हुँदा सो क्षेत्रलाई कुनैपनि हालतमा प्रयोग गर्न नपाईने र नदिने भनिएर व्यापारीहरुलाई विचल्लीमा पारियो ।

आज फेरि त्यही राज्यको खाली जग्गालाई दलाल र भूमाफीयाहरुले करोडौं उठाएर खाने भाँडो बनाईएको हुँदा सम्बन्धित निकायमा हामी व्यवसायीहरुका प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाउने र भेटेरै जानकारी गराउने काम गर्यौं ।
संघले राज्यको सम्पत्तिमाथि दोहन गर्ने भूमाफिया र दलालहरुलाई कारबाही गर्नुपर्ने माग गरेको ।

विदुर । नुवाकोट उद्योग बाणिज्य संघको दशौ अधिवेशन मार्फत निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले सँस्थालाई चुस्त, पारदर्शी एंव व्यवसायिक हितको पक्षमा विभिन्न सातवटा निर्णय गरेको छ ।

मंगलबार विदुरमा सम्पन्न भएको बैठकले गाँउपालिका तथा नगरपालिकास्तरीय संघको इकाई स्थापनाको लागी पहल गर्न समिति गठन, उद्योगी व्यवसायीको हितका लागी पचास हजार रुपैयाँको संरक्षण अक्षयकोष स्थापना, व्यवसायिक विपत् व्यवस्थापनको लागी कार्यविधि अनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको संघका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

प्रवक्ता राजभण्डारीको अनुसार बैठकले संघमा नयाँ दर्ता गर्ने व्यवसायीको विवरण आधुनिक प्रविधिको तथ्याङ्कमा समावेश गर्ने, जिल्लामा अन्यत्रबाट अनाधिकृत रुपमा भित्रने व्यापारी नियन्त्रणको लागी प्रवेश गर्ने नाकाहरुमा कडाई गर्ने, इलम प्रशिक्षण केन्द्र सञ्चालनको लागी अध्यक्ष तारबहादुर कार्की, बरिष्ठ उपाध्यक्ष गिता अमात्य लगायत रहेको एक कार्यदललाई सिफारिस गर्ने निर्णय भएको छ ।

बैठकले दशौ अधिवेशन मार्फत अत्याधिक मत दिएर ताराबहादुर कार्की नेतृत्वको प्यालनलाई नै बिजयी गराएको भन्दै सम्पूर्ण मतदातालाई धन्यावाद ज्ञापन र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग पुर्याउने प्रति कृतज्ञत जनाएको छ । संघको नयाँ नेतृत्व चयन भएसगै विभिन्न बैंक तथा वित्तीय सँस्थामा रहेका खाता सञ्चालनको लागी कोषाध्यक्ष दिनेश श्रेष्ठको हस्ताक्षर अनिवार्य हुने र अध्यक्ष र महासचिव मध्ये कुनै एक हुने गरी तीनजनाको हस्ताक्षर रहने निर्णय गरेको छ ।

काठमाडौ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी प्रतिबन्धविरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितको सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेका हुन् ।
ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक बकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक बकवास फासीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’
विप्लवले काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरफ्तार गरेको बताएका छन् । त्यस्तै बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य सुदर्शन सहित ९ जनासहित फागुन २८ गतेपछि देशै भरी नेता र कार्यकर्ता गरी दर्जनौँको सङ्ख्यामा गिरफ्तारी गरि गरिसकेको घरमा सुतिराखेका जनता, नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम चलाएको भन्दै आपत्ति जनाएका छन् ।

संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिबन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । त्यस्तै वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौ । केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ । यस्तो क्षेत्रबाट एक्स–रे तथा परावैजनी तरङ्ग अत्याधिक मात्रामा निस्कन्छ । तरङ्गमा हेर्दा यो क्षेत्र उज्यालो देखिन्छ । यस्ता क्षेत्रबाट अन्तरिक्षमा तीव्र गतिका विद्युतीय कण प्रसारण हुने गर्छन् । यसलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ ।

प्रसारण हुने पदार्थ र कणको घनत्व, गतिको आधारमा यसलाई सामान्यदेखि घातक भनी वर्गीकरण गरिन्छ । प्रसारण पृथ्वीतिर भए यसको वरिपरि घुमिरहेका अन्तरिक्षयान तथा पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेका देशको विद्युतीय प्रसारण संरचनामा असर गर्ने सोसाइटीले जनाएको छ । सूर्यको गतिविधिलाई वैज्ञानिकहरु सूक्ष्म रुपले अध्ययन गर्छन् । भूउपग्रहमा असर गर्ने भएकाले सूचना तथा सञ्चार प्रविधि, मौसम पूर्वानुमान तथा दिशानिर्देश जस्ता अन्तरिक्षसँग सम्बन्धित सेवा प्रभावित हुन्छन् ।

काठमाडौ ।
महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पा-यो । एपिएफले सेनालाई २ – १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए । सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २ – ० को सोझो सेटमा पराजित हुंदै तेश्रो स्थानमा खुम्चिन बाध्य भयो ।

पुलिस र सुदूर पश्चिम संयुक्त रुपमा तेश्रो स्थानमा रहे । एपिएफले सेमिफाईनलमा पुलिसलाई ३ – ० को सोझो सेटले पराजित गरेको हो । यस्तै सेनाले सुदूरपश्चिमलाई ३ – १ ले पन्छाउँदै फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१ । १८, २१ । १४ ले पाखा लगाउँदै फाईनल प्रवेश गर्ने आशा दिलाएता पनि अन्य खेलाडीहरुले दाहालको लयलाई समात्न नसकेका कारण सेनालाई जित सुम्पना बाध्य भयो ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलमा पुलिसका पूर्ण बहादुर बोहराले प्रदेश ३ का भोज बहादुर गुरुङ्खलाई २१ । १३, २१ । १२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

यस्तै प्रदेश ५ का बिश्व नेपाल र पुलिसका जिवन आचार्यको जोडी पनि दोश्रो चरण प्रवेश गर्न सफल भए । बिश्वले सुदूरपश्चिमका प्रियांशु सिंह क्षेत्रीलाई ११।२१, २१।१३, २१।६ ले तथा जीवनले प्रदेश ३ का निश्चल बस्नेतलाई २१।७, २१।११ ले पराजित गरे ।

Province 1 1 1 19 21
Province 2 6 3 2 11
Province 3 4 7 22 33
Gandaki Province 1 2 11 14
Province 5 4 5 11 20
Karnali Province 0 0 2 2
Farwest Province 6 5 9 20
Nepal Army 17 20 14 51
Nepal Police 13 10 11 34
APF 11 10 15 36
NRNA 1 0 2 3
Total 64 63 118 245

शेराबगर । नुवाकोटको शिवपुरी गाउपालिका वडा नं ८ मा रहेको महेन्द्र प्रथामिक विद्यालले आफूहरुको विद्यालय अन्यत्रको विद्यालयमा गाभिन लागेको भन्दै आएको हल्ला गलत भएको भन्दै खण्डन गरेको छ ।

विद्यालयले आज एक विज्ञप्ती जारी गर्दै निराधार हल्ला मात्र भएकाले सोमबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानमा सहभागी हुनको लागी सरोकारवाला सबैलाई आग्रह गरेको प्रअ रामबहादुर सिटौलाले जानकारी दिनुभयो ।

विद्यालयले जारी गरेको विज्ञप्ती यस्तो छ ।

प्रेस विज्ञप्ती

शिवपुरी
गा.पा. वडा नं. ८ का सम्पूर्ण अभिभावकज्यूहरु शैक्षिकसत्र २०७६ सालको
सुरुवात भएसँगै यस श्री महेन्द्र आ. विद्यालयको विषयमा अभिभावकहरुलाईनै
भ्रममा पार्ने खालका टिकाटिप्पणीहरु जस्तो विद्यालयनै खारेज हेने विषयलाई
अन्यत्रै लैजानुस् भनी अभिभावकहरुलाई भ्रमित गर्ने खालका कपोकल्पीत झुट्टा
सूचनाहरु यस समुदायलाई फैलाएको कुरा जानकारीमा आएको छ । तसर्थ यस्ता झुट्टा
कुराहरु नगर्न र नगराउन र साथै यस्ता निराधारकुराहरुमा कुनै सत्यतानभएकोले
त्यस्तो कुरामा विश्वास नगर्नका लागी हाम्रा सम्पुर्ण अभिभावकह हरुलाई
अनुरोध गर्दछौ । साथै यस्ता अनावश्यक हल्ला फैलाउने माथी पनि प्रचलित कानुन
बमोजीम कारवाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ । नयाँ
शैक्षिक सत्र २०७६ मा आफ्ना नानीबाबुहरुलाई मिति २०७६/०१/०२ देखि
२०७६/०१/१० सम्म यसै विद्यालयमा भर्ना गराई सामुदायिक निद्यालयको संरक्षण र
सुधारमा सहयोग गर्नुहुन सम्पूर्ण अभिभावकहरुमा आग्रह गर्दछौ ।

बोधार्थः

शि. वि. तथा स. इ. विदुर

शिवपुरी गा.पा.का. सेरावगर

शिवपुरी गा.पा. वडा नं. ८ को कार्यालय

प्र.अ.

राम बहादुर सिटौला

श्री महेन्द्र प्रा.वि.

धुञ्चे । रसुवाली कवि सोमबार पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा रसुवाका जिल्ला कमिटी सदस्य साहित्यकार ठाकुर प्रसाद तिमिल्सिनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता भएको भन्दै उनलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हो । शसस्त्र प्रहरीको विशेष टोलीेले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रसुवाको कालिका गाउँपालिका ३ का तिमिल्सिना काम विशेषले काठमाडौँ आएको बेला काठमाडौँ महागरपालिका १६ बालाजुको हिलेगाउँबाट पक्राउ परेका हुन् । पक्राउ परेका तिमिल्सिनालाई शसस्त्र प्रहरीको टोलीले प्रहरीलाई महानगरीय प्रहरी वृतलाई बुझाउन लागेको छ।

काठमाडौ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले अबैध नगद सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही बैसाख २ गते कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski को साथबाट डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैया ५८ हजार र Aakuv Stecki को साथबाट डलर ६ हजार १ सय र युरो ५ हजार सहित पक्राउ गरेको छ । त्रिभुबन अन्तरराष्ट्रिय बिमान स्थलको अन्तरराष्ट्रिय उडान तर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा निजहरूलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौ । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुभएकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उहाँका आफन्त सूर्य अधिकारीले जानकारी दिए। उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।

नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गर्नुभएको थियो । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेकि थिइन् ।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको शुरुआत समेत गरिएको थियो । गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरेर विवरण सङ्कलन कार्यको सुरुआत भएको थियो । दिवङ्गत भण्डारीका दुई छोरा र एक छोरी छन् ।

पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ । जिल्लाका ६० वटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ ।

नेपाल सरकारले पाँचथरका एक लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य भइरहेको छ ।

काठमाडौ । स्रोत साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार आफ्नो एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै नयाँ युनिटको माग आए पनि स्थापना गर्न नसकिएको बताएका हुन् ।

हलचोकस्थित सश्स्त्र प्रहरीको मुख्यालयमा पत्रकार सम्मेलन गरी उनले नयाँ युनिट स्थापनाका लागि एक सय ६९ वटा स्थानबाट माग आएको बताए ।

खनालले ठूला जलविद्युत आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाहरुमा सशस्त्र प्रहरी बलको माग भइरहे पनि जनशक्तिको अभावमा नयाँ युनिट राख्न सक्ने अवस्था नरहेकोे स्पष्ट पारे ।

सूचनामा सबैको पहुँच पु-याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले नयाँ मोबाइल एप्स सोमबारबाटै संचालनमा ल्याइएको छ । मातहतका कर्मचारी र सशस्त्र प्रहरी बलबारे सर्वसाधारणलाई जानकारी लिन सहजहोस् भन्ने उद्देश्यले एप्स संचालनमा ल्याइएको खनालले बताए ।