जिल्ला शिक्षा अधिकारी घुससहित पक्राउ

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सल्यानका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख धनबहादुर वलीलाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

वलीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

शिक्षक सुरुवा प्रक्रियामा सहजीकरणका लागि भन्दै घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोलीले मंगलबार वलीको कार्यालयमा पुगेको थियो ।

मन्त्री बिना मगरलाई कालोझण्डा देखाउने कांग्रेस कार्यकर्तामाथि निर्घात कुटपिट

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरलाई कालोझण्डा देखाएको भन्दै नेकपाका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका छन्।

कञ्चनपुरको क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का र विक्रम चन्दमाथि नेकपा कार्यकर्ताले हमला गरेको प्रहरीले जनाएको छ ।

मंगलबार कञ्चनपुरको बेलौरी पुर्नवासको नगर परिषद्मा सहभागी बन्न पुगेकी मन्त्री मगरलाई डौकी बजारमा कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए। उनीहरुले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको र जनताका काममा ध्यान नदिएको भन्दै कालो झण्डा देखाएका थिए।

कुटपिटबाट घाइते तीनै जनाको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

कञ्चनपुर क्षेत्र नम्बर १ का कांग्रेस कोषाध्यक्ष महेश जोशीले मन्त्री मगरले नेकपाका परिचालन गरेर कांग्रेस कार्यकर्तामाथि निर्घात कुटपिट गराएको बताएका छन् ।

एसइईको नतिजा बुधबार सार्वजनिक हुने

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत यस वर्ष संचालित परिक्षको नतिजा बुधबार अर्थात् भोलि प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार हालसम्म उत्तरपुस्तिकाहरुको परीक्षण सकिएको र त्यसलाई रुजु गर्ने कार्य भइरहेको छ ।

‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । कथंकदाचित प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक अधिकारीले भने । नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ । प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’

गत वर्षको चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए। उक्त परीक्षाको नतिजा असारको सुरुवातमै गरिसक्नु पर्ने भएपनि यो वर्ष ढिलो भएको बताइएको छ ।

नुवाकोटका कलाकार शिरिषको “आइ लभ यू” चर्चामा (भिडियो सहित)

विदुर । नुवाकोटका उदयमान चर्चित मोडल शिशिरजंग थापाद्वारा अभिनित “आइ लव यु” गीतको म्युजिक भिडियो सर्वत्र चर्चामा छ ।

थापासहित ज्ञानिता नेम्वाङको युगल अभिनय रहेको उक्त भिडियोलाई चर्चित छायांकार दिपक गिरीले छायांकन गरेका छन भने अमृत चापागाईको सम्पादन रहेको छ ।

गीतमा संगीत कबिन गुरुङ र मुकेश राईको शब्द रहेको छ ।

उत्कृष्ट म्युजिक भिडियो बजार ब्यवस्थापन गर्दै आएको जनता डिजिटल फिलिम्सले बजारमा ल्याएको हो ।  पिके इन्टरटेन्टमेन्ट समूहको निर्देशन रहेको गीतमा दिपा लामा र दिपक तामाङको स्वर रहेको छ ।

शिशिर जंगद्वारा अभिनित “पुर्णिमाको जुन” को म्युजिक भिडियो पनि चर्चित रहेका छन् ।

भिडियो हेनुहोस :

ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको ‘पिरिमको बाढी’ सार्वजनिक(भिडियो सहित)

काठमाडौ ।
ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी बोलको  गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय रहेको छ ।
घर हाम्रो लेकैमा, माया लाग्छ निष्ठुरीको, लटरपटर लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको छ  । श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । गायनमा श्रेष्ठलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।
गीतको भिडियोलाई  निर्देशक प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले सह निर्देशन गरेका छन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफीमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय गरेका छन् । भिडियोमा गाउँले परिबेशभित्र प्रेमी र प्रेमिकाको मिलनलाई प्रस्तुत गरिएको छ ।

जलविद्युत क्षेत्रमा आफ्नो विशेष पहिचान बनाईसकेका ईन्जिनियर वीरेन्द्र श्रेष्ठले सार्वजनिक भिडियोमा राम्रै लगानी गरेको बताए ।  गीतसंगीत मार्फत् आफ्नो सौखलाई पूरा गरिरहेको बताउँदै श्रेष्ठले म्यूजिक भिडियोमा कुनै कम्प्रोमाईज नगरेकाले स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आशावादी बताए ।

मनिष श्रेष्ठ र युनिता श्रेष्ठको स्वर रहेको “ट्याटु खोपेर” सार्वजनिक (भिडियो सहित)

काठमाडौ ।
चर्चित लोकप्रिय कलाकार मनिष श्रेष्ठ निर्देशित नयाँ म्युजिक भिडियो “ट्याटु खोपेर” सार्वजनिक भएको छ । मनिष श्रेष्ठ र युनिता श्रेष्ठको स्वर रहेको उक्त गीतलाई गायक स्वयम् श्रेष्ठ र मनिष बरालले संगीत भरेका छन् ।

भिडियोमा बुगिउगी बिजेता डान्सर कविता नेपाली र मनिष श्रेष्ठको अहिलेसम्मकै उत्कृष्ट र फरक अभिनय देख्न सकिन्छ भने “वाउ क्रु” को पनि प्रस्तुति रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोमा प्रमोद भण्डारीले कोरियोग्राफ गरेका हुन् ।

भिडियो निर्माणमा आफूहरुले धेरै मेहनतका साथ काम गरेर अलि फरक रुपमा प्रस्तुत हुन खोजेको निर्देशक मनिष श्रेष्ठ बताउँछन् । हुनत यो भन्दा अगाडिको उनको कामहरु तारिफ योग्य नै छ ।

लामो समयदेखि कलाकारितामा संघर्ष गरेर अगाडि बढिरहेका उदयपुरका मनिष श्रेष्ठ पछिल्लो समय गिनिज वर्ल्ड रेकर्डमा ( एउटा खुट्टा काधमा राखी एउटा हातले नेपालको झण्डा फर्फराउँदै मोटरसाइकल चलाएर ) नाम लेखाउने समेत तयारी गरिरहेका छन् ।

विपन्न तथा एकल महिलाहरुलाई कृषी सामग्री वितरण

धुञ्चे । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई नौकुण्ड गाउँपालिकाका उप प्रमुख सिर्जना लामा , सोही वडाका वाडाध्यक्ष शुक्रमान पाख्रिीन लगायत सहजीकरण समितिका सदस्यहरुको उपस्थितिमा प्रत्येक जनालाई एक समारोहका विच  सत्रहजार बराबरको कृषी सामाग्री वितरण गरेको छ ।

महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेष्ठ १० गते देखि १४ गते सम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगिता सम्बन्धी तालिम प्रधान गरेको थियो । वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टीक, पाइप,हजारी,प्रिङ कल , थोपा सिञ्चाई , पम्प,टनेल फित्ता, कैची, प्राङ्गारीक मल , सुतली डोरी , सेतो प्लाष्टीक,ड्रम , कोको फिट , नर्सरी ट्रेका साथ साथै सात प्रकारका विउविजनहरुको वितरण गरिएको थियो । पहिला तालिम र यस पश्चात वितराण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरुको जीबनमा उल्लेख्य सुधार हुने अपेक्षा आफुले राखेको उप प्रमुख लामाले बताए ।

यस अघि विभिन्न संधसंस्थाले तालिम दिएता पनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरुको व्यवहारत लागु गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवाहरत लागु गरी व्यवसायी वन्न र आफ्नो जीवन स्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला बुधमाया थिङले बताईन ।

हेम मोक्तान र प्रबिशाको स्वरमा “लाखौ सपना” (भिडियो सहित)

काठमाडौ । पछिल्लो समय नेपाली नायक नायिकाहरु म्युजिक भिडियो अभिनयमा अलिक बढी ब्यस्त देखिन्छन । त्यसमा नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको नाम अगाडी आउछ ।

यी २ को बेजोड अभिनय रहेको “लाखौ सपना” बोलको गीत सार्वजनिक भएको छ । उत्कृष्ट भिडियोको साथमा सुन्दर शब्द संगीतमा यो गीत बजारमा आएको छ । गीतको भिडियोमा आकाश र वर्षाले कालजय अभिनय गरेका छन् भने गीतको भावलाई बखुबी भिडियोमा अभिनय मार्फत उतारेका छन् ।  गीतमा हेम मोक्तान तामाङको शब्द र स्वर समावेश रहेको छ ।

स्वरमा उनलाई गायिका प्रबिशा अधिकारीले साथ दिएकी छिन् । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतलाई उदय राज पौडेलले अरेन्ज गरेका छन् । यस्तै गीतको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् भने राज महर्जनको भिडियोमा कोरियोग्राफी रहेको छ । टेकेन्द्र शाहले भिडीयो सम्पादन गरेका हुन् ।

यस्तै भिडियोको निर्देशन भने चर्चित फिल्म निर्देशक मिलन चाम्सले गरेका हुन् । एकसाएक चलचित्र दर्शकहरु माझ पेश गरिसकेका उनले मौका मिले सम्म बेलाबखतमा म्युजिक भिडियो पनि निर्देशन गर्ने गरेका छन् । त्यसै मध्य उनको यो नया उत्पादन हो । भिडियोलाई उनले फिल्मी शैलीमा प्रस्तुत गर्ने कोशिश गरेका छन् । गीतमा गायक तथा गीतकार हेम मोक्तान तामाङले निकै मेहेनत गरेको देखिन्छ ।

डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” (भिडियो सहित)

काठमाडौ । आधुनिक गीत गजलमा हिट हिट नंबर दिईसकेका चर्चित संगीतकार डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २”को भिडियो बजारमा आएको छ  । सार्वजनिक गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ  ।
धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पुर्बेली लोक गीतको बादसाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले वर,माया हजुर,सोल्टिनी ज्यु जस्ता दर्जनौ चर्चित लोक गीतहरु दिईसकेका छन ।

सुपरहिट गीत दिक्तेल बजारको अर्को भागको रुपमा यो दिक्तेल बजार – २ गीत निकालिएको हो। दिक्तेल बजार  १ मा शब्द र संगीत डी.आर.अटु कै  थियो ।यसमा भने शब्द प्रेम प्रसाद भट्टराईको रहेको छ भने संगीत डी.आर.अटुको रहेको छ ।
गीतमा खोटाङ जिल्लाको विभिन्न  पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ  ।

”दिक्तेल बजार २”गीतको पुरा भिडियो हेर्नुहोस ।

गायिका सरिता श्रेष्ठको आवाजमा ”प्यारो ओखलढुङगा” (भिडियो सहित)

काठमाडौ ।
न्यु अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा राजन श्रेष्ठ र सरिता श्रेष्ठको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित”प्यारो ओखलढुङगा” गीतको  भिडियो सार्वजनिक भएको छ  ।
ओखलढुङगा जिल्लाका विभिन्न रमणिय स्थानहरुको गीतमा वर्णन गरिएको छ  । सरिता श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । आफनो प्रेम सम्बन्धलाई अगाडि बढाउनको लागी आफु निकै हतारिएकी छन गायिका । दिनेश मुस्कानको छायाँकन तथा सम्पादन , निशान एस के को कोरियोग्राफी तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ  ।

सातै प्रदेशको बजेट सार्वजनिकः कुन प्रदेशको प्राथमिकता के ?

काठमाडौं । अधिकारसम्पन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदको तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् । सबै प्रदेशहरूले विनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका हुन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

आइतबार सातै प्रदेशले आउँदो आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमध्ये कुल विकास बजेट १ खर्ब ३० अर्ब ९० करोड २४ लाख ३७ हजार रुपैयाँ हो । यसको ९.०८ प्रतिशत अर्थात् ११ अर्ब ८८ करोड ९० लाख रुपैयाँ प्रदेश सांसदहरूले खर्च गर्ने गरी विनियोजन गरिएको छ ।

गत वर्ष सांसदलाई प्रदेश निर्वाचन क्षेत्रअनुसार बजेट विनियोजन नगरेको गण्डकी प्रदेशले समेत यस पटक प्रदेश सांसदलाई रकम छुट्याएको छ । पछि कार्यविधि बनाएर खर्च गर्ने गरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकमका आधारमा एक सांसदलाई एक करोड २० लाख रुपैयाँ पर्न जान्छ ।

एक नम्बर प्रदेशले निर्वाचन क्षेत्र र मनोनीत सांसदहरूका लागि छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरेको छ । प्रतिनिर्वाचन क्षेत्र २ करोड ५० लाख र अन्य सांसदहरूलाई ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । यी दुवै कार्यक्रमका लागि प्रदेश १ ले १ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश २, ३ र सुदूरपश्चिम प्रदेशले प्रतिसांसद ३ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । ५ नम्बर प्रदेशले प्रदेशसभाका सदस्यहरूको सिफारिसमा १० लाखका दरले ६ वटा योजनामा खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । यसरी खर्च गर्दा ८७ सांसदहरूमार्फत ५२ करोड २० लाख रुपैयाँ खर्च हुन्छ ।

कर्णाली प्रदेशले भने कार्यक्रमको नाम छुट्टै प्रकृतिको राखेको छ । उसले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै आउँदो चैतसम्मका कार्यक्रम सम्पन्न गर्ने गरी जनता सडक कार्यक्रम भन्दै प्रदेश सांसदले खर्च गर्ने गरी ६३ करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो वर्षमा पनि ६३ करोड रुपैयाँ नै खर्च गर्ने गरी यही कार्यक्रमलाई निरन्तरता दिने बजेट वक्तव्यमा उल्लेख छ ।

सबै प्रदेशको २ खर्ब ५९ अर्ब
सबै प्रदेशको कुल बजेट २ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँको छ । यसमध्ये गत वर्ष जस्तै सबैभन्दा ठूलो बजेट प्रदेश ३ ले ल्याएको छ । ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार प्रदेश ३ को कुल बजेट हो । यसमध्ये चालु बजेट २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार विनियोजन गरेको छ ।

पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ र वित्तीयतर्फ ३० करोड हुने जनाइएको छ । प्रदेश ३ को तुलनामा सुदूरपश्चिमको बजेट भने झन्डै ४१ प्रतिशतले कम आएको छ । उसले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार चालु र १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार पुँजीगत बजेट हुने उल्लेख छ ।

बाँकी २ अर्ब ५२ करोड २१ लाख ७२ हजार रुपैयाँ वित्तीय बजेटतर्फ विनियोजन गरेको छ । अंकका हिसाबले प्रदेश ३ पछि सबैभन्दा ठूलो बजेट प्रदेश १ को हो । प्रदेश १ ले ४२ अर्ब २० करोड रुपैयाँको बजेट ल्याएको छ । यसपछि क्रमशः २, ५, कर्णाली र गण्डकी प्रदेश हुन् ।

यी प्रदेशहरूको बजेट क्रमशः ३८ अर्ब ७२ करोड ५६ लाख, ३६ अर्ब ४१ करोड ६७ लाख, ३४ अर्ब ३५ करोड ३४ लाख र ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँ रहेको छ । प्रदेश १ः केचना–सगरमाथा आधारशिविर द्रुत सडक । धरान–मूलघाट सुरुङमार्ग, कोसी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन । कृषि, पर्यटन, उद्योग र सामुदायिक विद्यालयको गुणस्तरमा प्राथमिकता ।

प्रदेश २ः आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता । कृषि तथा गैरकृषि क्षेत्रमा आयआर्जन बढाउने योजना । गरिब, अल्पसंख्यकलाई संरक्षण । प्रदेश ३ः औद्योगिकक्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने कार्यक्रम । चार वर्षभित्र सबै स्थानीय तहबाट
केन्द्रसम्मै चल्ने सडक ।

गण्डकीः खानेपानी, सिँचाइ र ऊर्जामा पुरानै योजना । प्रशासनिक केन्द्रलाई डेढ अर्ब, पर्यटन गुरुयोजना बन्ने ।

प्रदेश ५ः आन्तरिकराजस्वतर्फ महत्वाकांक्षी लक्ष्य । सीमान्तकृत र लक्षित वर्गको आवास सुविधाका लागि ७५ करोड ।

कर्णालीः सुरुङ मार्ग, द्रुत मार्ग, विद्युत् उत्पादनजस्ता महत्वाकांक्षी योजनादोहोरिएनन् । राजस्वको लक्ष्य आधा घट्यो ।

सुदूरपश्चिमः कृषिलाई उच्च प्राथमिकता । बाजुरा र दार्चुलामा ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियान ।

काठमाडौं उपत्यकामा चोरको बिगबिगी,यस्ता हुन्छन् पाकेटमाराका कोड भाषा

काठमाडौं । राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान! प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ ।
पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ । व्यावसायिक पाकेटमाराले विभिन्न क्षेत्र छुट्ट्याएर कोड भाषा प्रयोग गरी पैसा, मोबाइल तथा सुन चाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएका छन् ।
प्रहरीले जेठमा मात्रै ८२ जना पाकेटमारा तथा चोरलाई रंगेहात पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचना आएपछि जेठभर सुरु गरेको विशेष अभियानका क्रममा ७८ पुरुष र ४ महिला पाकेटमारा तथा चोरहरु पक्राउ परेको जनाएको छ ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात व्यवसायीसँगको सहकार्यबाट सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन गरी उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाए। याे खबर आजको राजधानी दैनिकमा छापिएकाे छ।

‘एक महिने अवधिमा प्रहरीले ठूलो सफलता पाएको छ, यसबाट राजधानी थप सुरक्षित हुनेछ,’ उनले भने ।

पक्राउ परेकालाई परिसरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अभियानका क्रममा सार्वजनिक यातायातमा २ देखि ६ जनासम्मको समूह बनाई बसमा छिर्ने र पैसा भएको व्यक्ति बनाई गोप्य भाषा ९कोड भाषा० प्रयोग गरी घेराबन्दीमा पार्ने र त्यसपछि मोबाइल, नगद तथा सुनचाँदी पकेट मारेर भाग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

एकजना पाकेटमाराले त आफू प्रहरी हबल्दार भएको भन्दै प्रस्तुत गरेको समेत प्रहरीले जनाएको छ ।
पाकेटमाराका कोड भाषा
पैसा–द
मोबाइल–कान
पाकेटकारी पीडित– रामे
पाकेटकारी गर्ने (मास्टर)–काशी
पैसा धेरै छ–टानको द
पैसा थोरै छ–जुटको द
गाडी–काचा
केटा– छापा
केटी– भद्री
पुलिस आयो– ठूल्दाइ आयो
ड्राइभर–माम
खलासी– मले
गाडीबाट झरेर भाग–टप्की
गाडीभित्र अगााडि सर– अकल जा
गाडीभित्र पछाडि सर– चिछल जा

अभियानका क्रममा पाकेटमारी गर्दै गरेको अवस्थामा विभिन्न व्यक्तिको ६ लाखभन्दा बढी नगद बरामद गरी तत्काल सम्बन्धितलाई फिर्ता गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी गराए । सो क्रममा पाँचथरका नगेन्द्र लिम्बूको २ लाख नगद पाकेट मार्ने क्रममा प्रहरीले रंगेहात पक्राउ गरी लिम्बूलाई फिर्ता गरिसकेको छ।

बरामद भएको ९३ हजार रकम चोरी मुद्दा चलाई अदालतबाट प्रमाणित गरेर फिर्ता गर्ने क्रममा रहेको जानकारी दिइयो ।

परिसरका अनुसार कानुनबमोजिम पहिलोपटक पक्राउ पर्नेलाई एक महिना जेल तथा बिगो बराबरको जरिमाना, दोस्रोपटक पक्राउ पर्नेलाई दुई महिना जेल सजाय र बिगो बराबरको जरिमाना वा दुवै सजाय हुने र सार्वजनिक सेवा अवरुद्ध गरेको अभियोगमा मुद्दा चलाइनेछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web