बट्टार।

विभागीय टिम आर्मीलाई पराजित गर्दै संकटा क्लब दोस्रो नुवाकोट गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा संकटाले आर्मीलाई २–० गोल अन्तरले हराएको हो । संकटाको जितमा दुवै गोल लक्ष्मण रुचालले गरे ।

खेलको ५० औ मिनेटमा गोल गर्दै उनले संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । ८३ औ मिनेटमा रुचालले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।सेमिफाइनलमा पुगेको संकटाले फाइनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्र्तगत भोलि दुई विभागिय टोली पुलिस र सशस्त्र प्रहरीबचि प्रतिष्पर्धा हुनेछ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।

विदुर ।

नुवाकोट क्रिकेट संघको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

निर्वाचित कार्यसमितिका उपाध्यक्षमा बिनोद श्रेष्ठ, सचीवमा करण खतिवडा र कोषाध्यक्षमा बिराटमान सिंह डङ्गोल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उपेन्द्र भट्टराई, अनुजमान श्रेष्ठ, प्रज्वल सापकोटा, ओम प्रकाश श्रेष्ठ, बिष्णु प्याकुरेल , रामधन ढकाल, राजेन्द्र पनेरु, पुनम श्रेष्ठ, सुरज सिलवाल, पारस अधिकारी र दिनेश चित्रकार चयन भएका छन् ।

नेपाल क्रिकेट संघको बिधान २०५५ (संसोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय ‘स्वतन्त्र टोलि’ ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो ।

२० जिल्लाहरुलाइ सदर अर्थात पुरानै निर्वाचनलाई मान्यता दिईएको थियो भने ७ जिल्लाहरुलाइ पुन निर्वाचन गर्न पर्ने तर सदस्यता नयाँ बाड्न नपर्ने, ६ जिल्लाहरुलाइ नयाँ सदस्यता बितरण गर्दै पुन निर्वाचन गर्नपर्ने र नुवाकोट सहित ६ जिल्लाहरुलाई अप्रयाप्त संख्यामा सदस्यहरु भएतापनी एक मौका दिने निर्णय दिएको थियो ।

सोही निर्देसन अनुरुप नुवाकोट जिल्ला क्रिकेट संघको पुनः निर्वाचन आज भएको हो ।

काठमाडौ । नुवाकोटकाे बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बद्री भण्डारी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।

भण्डारीलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

भण्डारी बालाजुस्थित गुराँस रेस्टुरेन्टबाट घुस रकम लिँदालिँदै पक्राउ परेका हुन् ।
यस सम्बन्धि थप विवरण साेमबार सार्वजनिक गर्नेे अख्तियारले जनाएको ।

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ ।

आयोगले सशस्त्र प्रहरी बल, नेपाल, ११ नं गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झालाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै जवान झाले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।

आरोपी सशस्त्र प्रहरी जवान झाको थप अनुसन्धान भइरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ ।

नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । यस्तै मालपोत कार्यालय चावहिल काठमाडौँका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई रु दुई हजार घुससहित आयोगले पक्राउ गरेको छ ।

एक विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले नायब सुब्बा श्रेष्ठलाई कार्यालय परिसरबाट बिहीबार पक्राउ गरिएको हो ।

काठमाडौ ।
बर्खा लागिसक्यो। बिहान घमाइलो भए पनि दिनभर कतिखेर पानी पर्ने हो पत्तो हुँदैन।बर्खे पानीबाट बच्न बटुवाले छाता बोक्न थालेका छन् अनि बाइकवालाले रेनकोट। काठमाडौंमा सडक जलाम्य हुने भएकाले पानीमा बाइक कुदाउनुपर्छ, जोगिन ‘रेनकोट’ बोक्नैपर्छ।

वर्षायामलाई लक्षित गरेर मुलुकमा बर्सेनि करोडौंका छाता र रनेकोट आयात हुने गरेकोे छ। तयारी छातामात्र होइन, छाता बनाउन प्रयोग हुने कपडा पनि विदेशबाटै आयात हुन्छ। चालू आर्थिक वर्षको पछिल्ला १० महिनामा ५७ करोड ९३ लाख २९ हजारभन्दा बढी मूल्यका छाता र रेनकोट आयात भएका छन्

। मुलुकमै छाता र रेनकोट उत्पादन हुनसके करोडौं रुपैयाँ विदेशिनबाट रोकिन सक्छ।

भन्सार विभागको तथ्यांकअनुसार १० महिनामा मुलुकमा ३१ करोड ३७ लाख ९१ हजार ६ सय रुपैयाँका ३६ लाख ५९ हजार ४ सय ७ छाता थान भित्रिएका छन्।

१० महिनामा ३६ लाख ५९ हजार थान छाता र ४ लाख ९३ हजार थान रेनकोट भित्रिए

१० महिनाको अवधिमा २६ करोड ५५ लाख २९ हजार रुपैयाँका ४ लाख ९३ हजार ५ सय ९१ थान रेनकोट भित्रिएका छन्।

सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रत्येक बेरोजगार नेपालीलाई वर्षको कम्तीमा सय दिन रोजगारी दिने उल्लेख छ। छाताजस्ता कैयौं वस्तु मुलुकमै उत्पादन गर्न सकिए पनि कार्यक्रममा उल्लेख छैन।

कृषिजन्य उत्पादनको आयात पनि उस्तै छ। धनियाँ, कागतीदेखि पूजामा प्रयोग हुने जौंसम्म बाहिरबाट ल्याउनुर्छ। भाषणभन्दा योजनाबद्ध काम गर्न सक्ने हो भने यी उत्पादनको आयात घटाउन सकिन्छ। यसबाट रोजगारी सिर्जनासँगै आयात रोकिन सक्छ। परिणामस्वरुप, बर्सेनि अर्बौं रुपैयाँको व्यापारघाटा कम हुदै जानसक्छ।

मुलुकमै साना उद्योग स्थापना गर्ने वातावरण बनेको छैन्। व्यवसायीले अझै मुलुकभित्र लगानीको वातावरण नबनिसकेको बताइरहेको बेला छाताजस्ता सयौं वस्तु विदेशबाट आयात भइरहेका छन्।

विभागको तथ्यांकअनुसार विभिन्न शीर्षकमा छाताको आयात भएको छ। सबैभन्दा धेरै ‘अम्रेला एन्ड सन अम्रेला’ शीर्षकमा ३३ लाख ६४ हजार ७ सय ३६ थान छाता आयात भएका छन्। यी ल्याउँदा मुलुकबाट २७ करोड ६७ लाख ८३ हजार बाहिरिएको छ।

त्यस्तै, ‘गार्डेन अर सिमिलर अम्रेला’ शीर्षकमा ३ करोड ६९ लाख ८९ हजार मूल्यका २ लाख ९३ हजार २ सय ६८ थान छाता आयात भएका छन्। अर्को शीर्षक ‘अम्रेला एन्ड सन अम्रेला’ शीर्षकमा १ हजार ४ सय ३ छाता १ करोड १३ लाख रुपैयाँमा ल्याइएको छ।

छाताको डाडी (रिब)मा प्रयोग गर्ने कपडा भनेर ४८ हजार केजी कपडा आयात भएको छ। उक्त कपडाको मूल्य ९१ लाख रुपैयाँ छ।

मुलुकमा आइरहेका रेनकोटको मूल्य छाताकोभन्दा केही कम छ। विभिन्न शीर्षकमा रेनकोट आयात भइरहेका छन्। पुरुषले लगाउने रेनकोट, महिलाले लगाउने रेनकोट र गाडीमा प्रयोग गर्ने रेनकोट भनेर उल्लेख गरिएको छ।

आयातित रेनकोटमध्ये पुरुषले लगाउने र कार छोप्न प्रयोग गरिने रेनकोटको आयात ठूलो छ। पुरुष र कारको लागि भनेर आयात भएको रेनकोको मूल्य २६ करोड ४ लाख ३७ हजार छ, जसको संख्या ४ लाख ८३ हजार ३ सय ५३ थान उल्लेख गरिएको छ।

त्यस्तै, महिलाले प्रयोग गर्ने रेनकोट १० महिनाको अवधिमा १० हजार २ थान आयात भएको छ। यसको मूल्य ५० लाख ९२ हजार उल्लेख छ।

केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले आयात बढ्यो भनेर आत्तिन नपर्ने बताएका थिए। उनले भनेका थिए–औद्योगिक क्षेत्रमा प्रयोग हुने वस्तुको आयात ठूलो देखिए पनि त्यसले भविष्यमा उत्पादनमै सहयोग गर्छ।

तर, छाताजस्ता दैनिक चााहने सामानको आयातले मुलुकभित्र उत्पादनशीलता बढ्दैन। तर, सरकारको लागि राजस्व संकलन भने हुन्छ। १० महिनामा छाता आयातबाट मात्र सरकारले साढे ९ करोडभन्दा बढी राजस्व असुल गरेको छ। रेनकोटबाट पनि ९ करोड हाराहारीमा राजस्व उठाएको नेपाल न्यूज डटकममा समाचार छ ।

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन्। उनका हातगोडा अझै काँपिरहेका छन्। ओठ सुकेका छन्। सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन्। चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन्। सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोही हुँदैन।

९ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमायाको घर छ। कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन्। उनै कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइन् तर त्यो विभत्स हत्याको दृश्य देखेपछि उनले शान्तिको श्वास फेर्न पाएकी छैनन्। 'छ दिन भयो, निन्द्रा लागेको छैन। केही खाऔँ मन लाग्दैन,' चिन्तामा देखिएकी कान्छीमायाले भनिन्, 'साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने?'

त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक। बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ। बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ। 'हाम्रो ज्यानधनको सुरक्षा छैन भने उदाहरण यो घटना हो,' बजिन्द्रप्रसादले भने, 'कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन।'

मिक्लाजुङ-३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन्। वडाध्यक्ष हस्तराज फियाक फिल्ममा हेरेको काल्पनिक कथा र कतै सुनेको घटनाभन्दा विभत्स र डरलाग्दो घटना आफ्नै आँखाअघि भएपछि स्थानीय त्रासमा बाँचेको बताउँछन्।

'अहिलेसम्म एक जना मान्छेले सबैको हत्या गर्यो भन्ने पुष्टि भएको छ,' वडाध्यक्ष फियाकले भन्नुभयो, 'तर, स्थानीयवासी यसलाई स्वीकार्न तयार नहुँदा त्रास कायम छ।' यहाँका अधिकांश स्थानीय हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई कसैले सहयोग गरेको ठान्छन्। नौ जनाको हत्या भएकै दिन माखिमको शव उनको घर नजिकै फेला परेको थियो।

मिक्लाजुङ–२ दशमीका चन्द्रवीर शेर्माले भने, 'स्थानीयवासी एक्लै हिँड्न र रातको समयमा निस्कन सक्ने अवस्था छैन, घरमा सुत्नसक्ने अवस्थामा छैन।' विभत्स हत्याको दृश्य अधिकांश स्थानीयका आँखामा ताजै छ।

मृतक धनराज शेर्माकी छिमेकी यामकुमारी फियाकले भने, 'यस्तो घटना हामीले कहिल्यै सुनेका समेत थिएनौँ। नौ/नौ जनालाई एक्लैले मार्योभन्दा हामीले कसरी विश्वास गर्ने?' आफूहरु राम्रोसँग सुत्न नसकिरहेको यामकुमारीको भनाइ छ। 'साना नानीलाई अब केही हुन्न भनेर सम्झाउँनै सकेका छैनौँ', यामकुमारीले भनिन्, 'आधामासु भएर बाँचिरहेका छौँ।'

यो शान्त बस्तीलाई अहिले त्रासले गाँजेको छ। स्थानीयवासी निर्धक्क भएर बोल्न सकिरहेका छैनन्। 'घरेलु हतियार साथमा लिएर, राम्रोसँग ढोका थुनेर सुत्न आग्रह गरिरहेका छौँ', स्थानीय अगुवा बजिन्द्रप्रसाद फियाकले भने, 'अहिले त प्रहरी र आफन्तको घुँइचो छ। भोलि स्थानीयवासी मात्रै भएका दिन कसरी डर हटाउने ? केही भन्न सकिरहेका छैनौँ।'

आमाबाबुको काजकिरिया गरिरहेकी बमबहादुरकी जेठी छोरी दिलमाया फियाक स्थानीयको कुराले आफूहरु असुरक्षित भएको महसुस गरिरहेको बताउनुहुन्छ। 'सबैले डर मात्रै देखाउँछन्। घटनामा ज्वाइँ (मानबहादुर माखिम) बाहेक अरुको पनि हात छ भन्छन्', दिलमायाले भनिन्, 'खोइ भोलि कसरी ज्यान जोगाउने?'

स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न प्रहरीले अझै घटनास्थल छोडेको छैन। पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेल ठूलो घटनापछि स्थानीयमा त्रास हुनु स्वभाविक भएको बताउँछन्। 'यत्रो घटना घट्यो, स्थानीयवासी त्रासमा हुनु स्वभाविकै हो', पौडेलले भने, 'त्रास कम गर्न तथा सामूहिक हत्याका थप प्रमाण फेला पार्न प्रहरीको एउटा टोली घटनास्थलमा परिचालित छ।'

प्रहरीको उक्त टोली केही दिन घटनास्थलमै रहने भएको छ। घटनाको विस्तृत अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली आज फिदिम फर्कंदैछ। पौडेलले भने, 'अनुसन्धानपछि टोली फिदिम आउनेछ।'

। पशुपतिनाथ जग्गाधनी । मोही व्यक्ति । जग्गा प्रयोगचाहिँ चर्चका लागि । कुत बुझाउनुपर्ने क्रिश्चियन समुदायको चर्चले । जग्गा प्रयोग गरेबापत पशुपतिनाथलाई बर्सेनि कुत बुझाउँछ क्रिश्चियन समुदायको संस्थाले । काठमाडौं महानगरपालिका-७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो । मिसनरिजले जमिन वर्षमा १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको छ ।

दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ। ‘यो हिन्दु धर्म लोप गराउने षडयन्त्र हो,’ पशुपतिनाथ मन्दिरका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘हिन्दुको क्षेत्रमा अन्य धर्मले अतिक्रमण गर्नु हुँदैन। यो कानुनविपरीत छ।’

एक धर्मको क्षेत्रको जमिनमा अर्काे धर्म वा सम्प्रदायले संरचना बनाउनु कानुनविपरीत हुन्छ। सर्वाेच्च अदालतको नजिरअनुसार पनि एक धर्मको स्वामित्वमा भएको जमिनमा अन्य धर्मले प्रयोग गर्न पाउँदैन।

विदुर । नुवाकोटको तार्केश्वर गाँउपालिकाकाको प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले आफूलाई गाँउपालिका उपाध्यक्ष तारादेवी रिमालबाट कुटपिट गरेको भन्दै न्यायका लागी आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको छ ।
आफूले सिफारिस गरेका योजनाको लागी बजेट दिन नमानेको भन्दै उपाध्यक्ष रिमाले कुटपिट र दुव्र्यबहार गरेको भन्दै पक्राउ गरेर कारबाही गर्न मागगर्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले प्रहरीमा किटानी जाहेरी दिएको बताउनुभयो ।

“आफ्नै कार्यकक्षमा सेवाग्राहीका काम गरेर बसिरहेको थिए ।” जाहेरी दिनुअघि प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापासंग छलफल गर्ने क्रममा दाहालले भन्नुभयो “ गाँउसभामा समावेश नभएका विभिन्न चारवटा योजनामा रु छ लाख बजेट तर्जुमा गर्न दिएको निर्देशन कानूनले नमिल्ने बताउदाँ कुटपिट भयो ।”

प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल

गाँउपालिका उपाध्यक्ष रिमालले भने आफूले दाहाललाई कुटपिट नगरेको जिकिर गर्नुभयो । उपाध्यक्ष रिमालबाट बिहीबार अपरान्ह चार बजेको सममया भएको कुटपिटबाट आफूले
लगाएको कपडा (सर्ट) च्यातिएको तथा अभर्द ब्यवहार र गालीगलौज भएको दाहालले
प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

उपाध्यक्ष तारादेवी रिमाल

“सिफारिस भएका केही योजनामा उहाँ (प्रमुख प्रशासकीय अधिकृत)ले ‘कानूनले नमिल्ने’ बताएपछि मैलै कारण खोजेको हो ।” रिमालले भन्नुभयो “स–साना योजना समावेश गरेर जनतालाई सेवा दिन कसरी मिल्छ मिलाउनुहोस् भन्दा अफवाह फैलाइएको हो ।”

प्रमुख प्रशासकीय अधिकृतलाई उपाध्यक्षबाट भएको दुव्र्यबहारका विरुद्ध जिल्लाका बाह्रवटै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले सयुक्त रुपमा बिज्ञप्ती मार्फत आपत्ति जनाउदै कारबाहीको माग गरेका छन् ।
अन्यायमा परेकालाई न्याय दिन गठित ‘न्यायिक समितिका संयोजक’ समेत रहने गाँउपालिका उपाध्यक्षबाट कर्मचारीमाथी भएको कुटपिट र दुव्र्यबहारप्रति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सहित सबै संघ–संगठनले दोषीलाई कारबाहीको मागगर्दै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई समेत ज्ञापन–पत्र बुझाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल लगायत जिल्लाका अन्य स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरु जिल्ला प्रशासन कार्यालयमा शुक्रबार प्रजिअ र जिल्ला प्रहरी प्रमुख समक्ष शान्ति सुरक्षा माग गर्दै ।

विभिन्न कर्मचारी संघसंगठनहरुले निकालेको विज्ञप्तीहरु :

काठमाडौ । सरकारले प्रदेश र स्थानीय तहका लागि ऐनद्वारा निर्धारित ‘बजेट ल्याउने दिन’ परिवर्तन गर्ने भएको छ । केन्द्र सरकारले भने जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।

संविधान र अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार संघीय सरकारको बजेट १५ जेठमा आउनैपर्छ । तर, प्रदेश र स्थानीय तहको बजेट घोषणा मिति संविधानले तोकेको छैन ।

संविधानले नरोक्ने भएकाले आगामी आर्थिक वर्ष ०७६-७७ को बजेटका साथ पेश हुने आर्थिक ऐनमार्फत प्रदेश र स्थानीय तहको बजेट ल्याउने मिति परिवर्तन गर्न लागिएको हो ।

१० दिन पछि सार्ने तयारी !

प्रदेश अर्थमन्त्रीहरुले असार महिनाको १ गते भित्र बजेट प्रदेश सभामा पेश गर्नुपर्ने विद्यमान व्यवस्था छ । त्यस्तै गाउँपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने कानूनी प्रावधान छ ।

तर, गत चैत २८ मा बसेको अन्तर–सरकारी वित्त परिषदको बैठकमा प्रदेश तथा स्थानीय तहले तल्ला सरकारहरुको बजेट ल्याउने अन्तिम म्याद १० दिन बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।

अन्तर–सरकारी वित्त परिषद बैठकको निश्कर्ष अनुसार प्रदेशको बजेट ल्याउने दिन १० असार र स्थानीय तहको बजेट ल्याउने दिन अधिकतम असार २० सम्म पु¥याउन लागिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

केन्द्र सरकारको बजेट आइसकेपछि अत्यन्तै छोटो समयमा प्रदेशले संघको नीतिसँग मेल खाने गरी बजेट बनाउनुपर्ने र प्रदेशको बजेटका आधारमा स्थानीय तहले उत्तिकै चापमा बजेट बनाउनुपर्ने भएकाले तल्ला सरकारहरुले बजेट ल्याउने दिन पुनरावलोकनको प्रस्ताव गरेका थिए ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाका अनुसार पछिल्लो अन्तर–सरकारी वित्त परिषदको बैठकले प्रदेश र स्थानीय तहको बजेट ल्याउने मिति हेरफेर गरेको हो ।

आगामी आर्थिक वर्षको आर्थिक ऐनमार्फत स्थानीय र प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने अन्तिम दिनको सीमा पुनरावलोकन गर्ने निर्णय भएको ज्वालाले बताए । ‘संघीय सरकारको बजेट ल्याउन जेठ १५ को मिति संविधानले नै तोकेको हो,’ ज्वाला भन्छन्, ‘तर, अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनमा संशोधन गर्नुपर्ने विषयलाई आर्थिक ऐनबाट सम्बोधन गर्ने निर्णय भएको छ ।’

संघीय अर्थमन्त्रीको संयोजकत्वमा अन्तर–सरकारी वित्त परिषद् रहने संवैधानिक प्रावधान छ । केन्द्र, प्रदेश र स्थानीय तहबीच अन्तर–सरकारी वित्त व्यवस्थापनका विषयमा आवश्यक परामर्श र समन्वय गर्न यो परिषद् सक्रिय हुन्छ । परिषदमा प्रदेशका अर्थमन्त्रीहरु सदस्य रहन्छन् ।

परिषदमा गाउँपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुखमध्ये प्रत्येक प्रदेशबाट दुईजना सदस्यका रुपमा प्रतिनिधित्व गर्छन् । अर्थ मन्त्रालयले सदस्यका रुपमा तीनजना सदस्य तोक्न पाउने प्रावधान छ । अर्थ मन्त्रालयका सचिव सदस्य सचिवका रुपमा रहन्छन् ।

परिषदको बैठक चैत महिनामा वार्षिक र अन्य समयमा आवश्यक परेका बेला बस्न सक्ने गरी तोकिएको छ ।

किन फेर्नुपर्यो मिति ?

संघीय सरकारले ल्याउने बजेट वास्तवमा राष्ट्रिय बजेट हो । किनकि संघले आफ्नो बजेटबाटै प्रदेश र स्थानीय तहका लागि छुुट्याउने ४ प्रकारको अनुदान (वित्तीय समानीकरण, समपूरक, विशेष र सशर्त) छुट्याउँछ । तल्ला सरकारका लागि मुख्य स्रोत यही नै हो । यी अनुदानका आधारमा प्रदेश र स्थानीय तहले नेपाल सरकारको नीति तथा कार्यक्रम, राष्ट्रिय लक्ष्य र उद्देश्य पूरा गर्ने गरी बजेट बनाउनुपर्ने हुन्छ ।

त्यसबाहेक राजस्व बाँडफाँटबाट जाने रकम पनि संघीय बजेट आएपछि मात्रै तय हुन्छ । त्यसकारण पनि संघीय बजेट आउनासाथ तल्ला सरकारले गुणस्तरीय बजेट ल्याउन समय नपुगेको गुनासो गर्दै आएका छन् ।

अर्कोतर्फ स्थानीय तहले बजेट बनाउँदा केन्द्रसँगै प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटलाई पनि आधार मान्नुपर्ने हुन्छ । यसप्रकार बजेट बनाउने सन्दर्भमा तीनवटै सरकार एक अर्कासँग अन्तर सम्बन्धित रहेका छन् ।

त्यसो त बजेट बनाउने प्रक्रिया भने पुस मसान्तबाटै शुरु हुन्छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश र स्थानीय तहले आगामी आवका लागि आय व्ययको प्रक्षेपणसहित विवरण पुस मसान्त मै अर्थ मन्त्रालयमा पठाउनुपर्छ ।
त्यस प्रकारको विवरणमा व्यय अनुमान, आफ्नो स्रोतबाट संकलन हुन सक्ने अनुमानित राजस्व, राजस्व बाँडफाँटबाट प्राप्त हुन सक्ने अनुमानित रकम, अनुदानबाट प्राप्त हुन सक्ने अनुमानित रकम र बजेट घाटा पूर्ति गर्न आवश्यक पर्ने अनुमानित रकम र त्यसको स्रोत उल्लेख गर्नुपर्छ ।

तल्ला सरकारहरुबाट आय व्ययको अनुमान आइसकेपछि नेपाल सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको फागुन मसान्त भित्रै राजस्व बाँडफाँट र वित्तीय समानिकरण अनुदान वापत आगामी आवमा उपलब्ध गराउने अनुमानित स्रोतको विवरण तल्ला सरकारलाई पठाउनुपर्छ । अनुमानित विवरणका आधारमा त्यसपछि प्रदेश सरकारले बजेटको तयारी थाल्न सक्छन् ।

प्रदेशले आफ्नो बजेट बनाउँदा बनाउँदै वित्त आयोगको सिफारिसमा स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराएपछि स्थानीय सरकारहरुले पनि आफ्नो बजेटको तयारी थाल्न सक्छन् ।

तर, बजेटमा राख्ने कूल अंकमा भने दुबै सरकारले राष्ट्रिय बजेट कुर्नैपर्छ । प्रदेश र स्थानीय सरकारले वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त रकम र करसम्बन्धी अधिकारसहित आफ्नो आन्तरिक आयका आधारमा आफ्नो कार्यक्रम बजेटमा समेट्न पाउँछन् । अन्य अनुदान भने सर्तसहित आउने गर्छन् ।

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन्।

भारु नोट ल्याउनेमा ३ पाकिस्तानी र नोट लिन आउने ३ नेपाली पक्राउ परेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए। 'रकम ठूलो मात्रामा देखिएको छ,' उनले भने, 'कति छ भन्नेबारेमा केहीबेर पछि जानकारी हुन्छ।' नेपालले प्रतिबन्ध लगाएका भारु २ हजारका नोट रहेको उनले बताए।

ती विदेशीहरु भने कतार एयरवेजको जहाजबाट काठमाडौं आएका थिए।

काठमाडौ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्न गएको सरकारी टोली आज काठमाडौं फर्किएको छ।

सगरमाथाको उचाई मापनका लागि सगरमाथा पठाएको सरकारी टोली त्यसको सफल मापन गरी बिहीबार काठमाडौं फर्किएको हो। सो टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिन्र्नु्। उनले टोलीले परम्परागत र आधुनिक दुवै तरिकाबाट सर्वेक्षण गरेको रिर्पोटको आधारमा ६ महिनाभित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने पनि स्पष्ट पारे।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमाथि प्रश्न उठाउन थालेपछि सरकारले पहिलो पटक आफ्नै स्रोत र साधनमा नापी विभागमा प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी विभागकै नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई गत चैत्र २७ गते त्यसतर्फ पठाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना लिएर गएको टोलीलाई मन्त्री अर्यालले सगरमाथाको बेस क्याम्पमा पुगेर बिदाई गरेकी थिइन्। सो टोलीले गत जेठ ८ गते बिहान ३ गते सगरमाथाको उचाई चुमी १ घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाईको सर्वेक्षण गरेको हो।

आरोहण चुनौतिपूर्ण भएपनि प्रधानमन्त्री ओलीको उत्साह र मन्त्री अर्यालको हौसलाका कारण आफूहरुले सगरमाथाको सफल आरोहण गरी त्यसको उचाईको सर्वेक्षण गर्न सफल भइएको टोलीका नेता प्रमुख नापी अधिकृत गौतमले जानकारी दिए।

मन्त्री अर्यालले सगरमाथाको उचाईको सर्वेक्षण पहिलो पटक नेपाल आफैंले गरेको र त्यसको वास्तविक उचाई टोलीले ल्याएको सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरेर ६ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिएको पनि बताइन्।

एजेन्सी । १७औं भारतीय लोसकभा निर्वाचनको मतगणना सकिएको छ। मतगणनाअनुसार वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी(भाजपा) एक्लैले सुविधाजनक बहुमत प्राप्त गरेको छ।

एक क्षेत्रबाहेक ५ सय ४२ क्षेत्रमा निर्वाचन भएको थियो। बहुमतका लागि भने २ सय ७२ सिटमा जित हात पारे पुग्छ। तर, भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले कूल ३ सय ३ सिटमा जित हात पारेको छ।

यसपटकको निर्वाचनमा भाजपाले सन् २०१४ को निर्वाचनमा भन्दा बढी मत पाएको हो। सन् २०१४ मा भाजपाले २ सय ८२ स्थानमा जितेको थियो।

भाजपा नेतृत्वको गठबन्धन एनडिएले कूल ३ सय ५३ क्षेत्रमा विजयको झण्डा गाडेको छ। यो दुई तिहाइका लागि चाहिने भन्दा करिब ९ सिट कम हो। दुई तिहाइका लागि ३ सय ६२ क्षेत्रमा जित्न आवश्यक हुन्छ।

उता भारतीय राष्ट्रिय कांग्रेस भने यसपटक पनि संसद्मा औपचारिक विपक्षीको मान्यता पाउन समेत असमर्थ भएको छ। कांग्रेस जम्मा ५२ क्षेत्रमा मात्रै विजयी भयो। भारतीय संसद्मा विपक्षीको औपचारिक मान्यता पाउन कूल सिट ५ सय ५५ को १० प्रतिशत स्थानमा जित हासिल गर्नुपर्ने हुन्छ।

जसअनुसार एक्लै ५५ सिट जितेको पार्टीले मात्रै भारतीय संसद्मा विपक्षीको मान्यता पाउँछ।

कांग्रेस सन् २०१४ को निर्वाचनमा पनि विपक्षी दलको मान्यता पाउन असमर्थ भएको थियो। उक्त निर्वाचनमा कांग्रेस जम्मा ४४ सिटमा मात्रै विजयी भएको थियो।

जीतसँगै अब मोदी दोस्रो पटक प्रधानमन्त्री बन्नेछन्। जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि मोदी भारतका एक यस्ता प्रधानमन्त्री बनेका छन्, जसले लोकसभा निर्वाचनमा दोस्रो पटक पार्टीलाई पूर्ण बहुमत दिलाउन सफल भएका छन्।

सन् १९५१–१९५२ भन्दा पहिले लोकसभा निर्वाचनमा जवाहरलाल नेहरुको अगुवाइमा कांग्रेसले तीन चौथाइ सिट जितेको थियो। त्यसपछि कांग्रेसले नेहरूकै नेतृत्वमा १९५७ र १९६२ को निर्वाचनमा पनि पूर्ण बहुमत ल्याएको थियो।

सन् १९६७ मा भएको लोकसभा निर्वाचनमा जवाहरलाल नेहरूकी छोरी इन्दिरा गान्धीलाई ५ सय २० क्षेत्रमध्ये २ सय ८२ क्षेत्रमा जित प्राप्त भएको थियो। लोकसभा निर्वाचनमा इन्दिरा गान्धीको यो पहिलो जित थियो।

१९७१ को लोकसभा निर्वाचनमा पनि इन्दिरा नेतृत्वको कांग्रेसले ३ सय ५२ सिट जितेको थियो।