त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको नक्कली भारु समातियो, संलग्न ६ जना पक्राउ

जेष्ठ १०, २०७६ मा प्रकाशित | 11052 views

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन्।

भारु नोट ल्याउनेमा ३ पाकिस्तानी र नोट लिन आउने ३ नेपाली पक्राउ परेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए। 'रकम ठूलो मात्रामा देखिएको छ,' उनले भने, 'कति छ भन्नेबारेमा केहीबेर पछि जानकारी हुन्छ।' नेपालले प्रतिबन्ध लगाएका भारु २ हजारका नोट रहेको उनले बताए।

ती विदेशीहरु भने कतार एयरवेजको जहाजबाट काठमाडौं आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web