तार्केश्वर गाँउपालिकाको उपाध्यक्षबाट प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात, लगाएको सर्टनै च्यातिदिइन्

दाङसिङ ।

नुवाकोटको तार्केश्वर गाँउपालिकाको उपाध्यक्ष तारादेवी रिमालले
आफूले भनेका योजनाको लागी बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक
दाहाल माथी बिहीबार कार्यकक्षमै हातपात गरेकी छिन् । उनले आफूले भनेको
ठाँउका योजनाको लागी बजेट दिन नमानेको भन्दै बिहीबार अपरान्ह चार बजेतिर
प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्ष स्थित उहाँ बसेको कुर्चीमै
पुगेर कठालो समातेर कुटपिट गरेकी हुन् । उनले कठालो समातेर लछार-पछार गरेर
दाहालको सट नै च्यातिदिएकी छिन् ।

यसअघि गाँउपालिका मार्फत
तर्जुमा भएका योजनाको सीमा बाहिर गएर चार वटा योजनामा  ६ लाख रुपैयाँ दिन
ठाडो आदेश दिएको र उक्त योजनामा बजेट दिन नीतिगत रुपमा प्रक्रियाले नमिल्ने
भनेर भनेपछि गाँउपालिकाको अध्यक्ष रमेशबहादुर वस्तीले भनेको ठाँउमा दिने,
मैले भनेको ठाँउमा नदिने भन्दै सिधै कार्यकक्षमा गएर हातपात गरेको प्रमुख
प्रशासकीय अधिकृत दाहालले बताउनुभएको छ ।

यसअघि पनि
गाँउपालिकाको अध्यक्षले भनेको स्थानमा मात्र योजना दिने गरेको र आफूले
भनेको नमानेको भन्दै धर्काउने गरेको उपाध्यक्षले बिहीबार लगाएको कपडा नै
च्यातिने गरेर हातपात गरेपछि प्रमुख प्रशासकीय अधिकृत दाहालले न्यायको लागी
शुक्रबार प्रहरी र प्रशासनमा उजुरी दिने बताएका छन् ।

तार्केश्वर
गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेबाट निर्वाचित भएपनि
उनीहरुबीचको कार्यगत एकताको अभाव हुदाँ त्यसको मारमा प्रमुख प्रशासकीय
अधिकृत परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दाहाल नुवाकोटको साविक
दुईपिपल हाल बेलकोटगढी नगरपालिका–६ का बासिन्दा हुन् । आफ्नै जिल्लाबासी
कर्मचारीलाई दुव्र्यबहार गरेर कुटपिट गरेपछि गाँउपालिकामा कार्यरत अन्य
कर्मचारी समेत अहिले त्रसित भएका छन् ।

तार्केश्वर गाँउपालिकाको उपाध्यक्षबाट प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात, लगाएको सट नै च्यातिदिइन्

दाङसिङ । नुवाकोटको तार्केश्वर गाँउपालिकाको उपाध्यक्ष तारादेवी रिमालले आफूले भनेका योजनाको लागी बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल माथी बिहीबार कार्यकक्षमै हातपात गरेकी छिन् । उनले आफूले भनेको ठाँउका योजनाको लागी बजेट दिन नमानेको भन्दै बिहीबार अपरान्ह चार बजेतिर प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्ष स्थित उहाँ बसेको कुर्चीमै पुगेर कठालो समातेर कुटपिट गरेकी हुन् । उनले कठालो समातेर लछार-पछार गरेर दाहालको सट नै च्यातिदिएकी छिन् ।

यसअघि गाँउपालिका मार्फत तर्जुमा भएका योजनाको सीमा बाहिर गएर चार वटा योजनामा  ६ लाख रुपैयाँ दिन ठाडो आदेश दिएको र उक्त योजनामा बजेट दिन नीतिगत रुपमा प्रक्रियाले नमिल्ने भनेर भनेपछि गाँउपालिकाको अध्यक्ष रमेशबहादुर वस्तीले भनेको ठाँउमा दिने, मैले भनेको ठाँउमा नदिने भन्दै सिधै कार्यकक्षमा गएर हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभएको छ ।

यसअघि पनि गाँउपालिकाको अध्यक्षले भनेको स्थानमा मात्र योजना दिने गरेको र आफूले भनेको नमानेको भन्दै धर्काउने गरेको उपाध्यक्षले बिहीबार लगाएको कपडा नै च्यातिने गरेर हातपात गरेपछि प्रमुख प्रशासकीय अधिकृतले न्यायको लागी शुक्रबार प्रहरी र प्रशासनमा उजुरी दिने बताएका छन् ।

तार्केश्वर गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेबाट निर्वाचित भएपनि उनीहरुबीचको कार्यगत एकताको अभाव हुदाँ त्यसको मारमा प्रमुख प्रशासकीय अधिकृत परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दाहाल नुवाकोटको साविक दुईपिपल हाल बेलकोटगढी नगरपालिका–६ का बासिन्दा हुन् । आफ्नै जिल्लाबासी कर्मचारीलाई दुव्र्यबहार गरेर कुटपिट गरेपछि गाँउपालिकामा कार्यरत अन्य कर्मचारी समेत अहिले त्रसित भएका छन् ।

भाजपाको ऐतिहासिक जित, मोदीको प्रधानमन्त्री पद कायम रहने

एजेन्सी । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ ।

मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् ।

भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् ।

चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ९६ सिटमा अगाडि छ भने अन्य १०६ सिटमा अगाडि छ ।

लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।

भाजपाको ऐतिहासिक जित, मोदीको प्रधानमन्त्री पद कायम रहने

एजेन्सी । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ ।

मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् ।

भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् ।

चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ९६ सिटमा अगाडि छ भने अन्य १०६ सिटमा अगाडि छ ।

लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।

मेलम्चीको पानी ल्याउन टुक्रा-टुक्रामा ठेक्का लगाइने

काठमाडौ । सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने भएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ ।

मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको हो ।  इटालियन कम्पनी भागेपछि आयोजनाको काम रोकिएको छ । सरकारले भने नीति तथा कार्यक्रममा नै एक वर्षभित्र मेलम्चीको पानी ल्याउने बताएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले आयोजनाको काम अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसरी काम गर्दा आर्थिक अनुशासन कायमै रहने उनले बताए ।

खानेपानी मन्त्रालयका प्रवक्ताका अनुसार सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार कामको प्रकृतिअनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइनेछ । यो दफामा विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था छ ।

‘ऐनको दफा ६६ बमोजिम खरिद गर्दा सार्वजनिक निकायले खरिदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधि जस्ता विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न आवश्यक परिमाण र समयावधिका लागि मात्र यथासम्भव प्रतिस्पर्धा गराई वा एउटा मात्र निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यको लागि वार्ता गरी खरिद गर्नु पर्नेछ,’ दफा १४५मा भनिएको छ ।

यो व्यवस्था बमोजिम दशलाख रुपैंयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्ने हुन्छ । सोको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनु पर्ने व्यवस्था छ ।

रोजेकै ठेकेदारलाई काम दिने दाउ

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा नै एक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने घोषणा गरेको छ ।

यसै अनुरूप मेलम्ची खानेपानी विकास समितिले आयोजनाको बाँकी काम थप १० वटा ठेक्का प्याकेज बनाएर टुंग्याउने गरी प्रस्ताव गरेको थियो । खानेपानी मन्त्री विना मगरले त्यसमा असहमति जनाएर सो प्रस्ताव मन्त्रिपरिषदमा लगेकी थिइनन् । तर, प्रधानमन्त्रीले नै मेलम्ची आयोजना अघि बढाउने गरी तत्काल प्रस्ताव ल्याउन मन्त्री मगरलाई दबाव दिएका थिए ।

अब सरकारले सोझै वार्ताद्वारा एउटा मात्रै व्यवसायीसँग दरभाउ पत्र मागेर दिन सकिने गरी मनित्रपरिषदले नै बाटो खोलिदिएको छ । अब मेलम्चीमा सीएमसीबाट भुक्तानी नपाएर बसेका स्थानीय ठेकेदारहरुलाई नै सोझै ठेक्का दिन सकिने अवस्था सिर्जना भएको छ ।

मन्त्री मगरले मेलम्चीमा सीएमसीबाट भुक्तानी नपाएका स्थानीय ठेकेदारलाई हानी हुने भन्दै सीएमसीनै फिर्ता ल्याउन जोड गरेकी थिइन् । तर, आयोजना र मन्त्रालयका कर्मचारीले त्यसमा समर्थन नजनाएपछि विवाद भएको थियो ।

मन्त्री मगरले नयाँ ठेकेदारहरु भित्र्याउने हो भने सीएमसीले भुक्तानी दिन बाँकी रहेको स्थानीय ठेकेदारको रकमको जिम्मा कसले लिने भन्ने प्रश्न उठाएकी छिन् ।

काम छाडेर भागको सीएमसीले स्थानीय ठेकदार र आपूर्तिकर्तालाई करिब १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सीएमसी भागेपछि स्थानीय ठेकदारहरु एक भएर मन्त्री मगरलाई इटालियन कम्पनीलाई नै फिर्ता ल्याउन अनुरोध गरेका थिए । त्यसपछि मन्त्रीकै जोडबलमा सिंगापुरमा वार्ता टोली समेत पठाइयो ।

तर, टाट पल्टिएको सीएमसीले क्षतिपूर्ति, भेरिएसन, बोनस लगायतका काममा झण्डै साढे ३ अर्ब रुपैयाँ तत्काल पाउनुपर्ने शर्त राख्यो । त्यसपछि पनि मन्त्री मगर सीएमसी फिर्ता ल्याउने वा स्थानीय ठेकदारमार्फत काम अगाडि बढाउने पक्षमा थिइन् । अब मन्त्रिपरिषादे पनि विशेषा परिस्थित अनुरूप मेलम्ची अघि बढाउने बाटो खोलेकाले आयोजना र मन्त्रीले चाहेको ठेकेदारबाट काम गराउन सकिने अवस्था बनेको छ ।

सीएमसीको बाँकी कामका करिब २ अर्ब ५२ करोड खर्च हुने अनुमान छ ।

सीएमसीले २ पुसमा कम्पनी आर्थिक संकटमा परेको भन्दै ठेक्का तोडेको पत्र सरकारलाई बुझाएर काम छाडेको थियो । त्यसयता काम रोकिएको छ । सरकारले त्यसपछि सीएमसीसँग ठेक्का तोडेको थियो ।

यस्ता पनि हुन्छन दुलाहा, सिक्री नपाएको भन्दै बेहुली छाडेर फर्किए

बिराटनगर ।  मोरङको जहदा गाउ“पालिका– ४ का लक्ष्मण राजवंशी जन्ती लिएर मंगलबार राति दुलहीको घरमा पुगे ।

परम्परागत शैलीमा विवाह कार्यक्रम चल्दै थियो । तर, दाहिजोलाई लिएर बेहुलाको बोली फेरियो । उनले सुनको सिक्री र डाइनिङ टेबल पनि दिनु पर्ने माग राखे ।

दुई परिवारबीच भएको सहमतिअनुसार बेहुली पक्षले राजवंशी कै नाममा पास गरेर मोटरसाइकल किनिदिएको थियो । तर, मध्यरातमा डाइनिङ टेबल र सुनको सिक्री मागेपछि परिवार अप्ठ्यारोमा पर्‍यो ।

२१ वर्षीया बेहुली स्वमयले बिहे गर्दा ऋण लागेकाले थप दाइजो दिन नसक्ने बताइन् । तर, बेहुला तयार भएनन् ।

बेहुली र जन्ती पक्षबीच विवाद भयो । दाइजो नथपिएपछि मध्यराति १ बजे जन्ती बेहुली नलिई फर्कियो ।

बेहुली पक्षले प्रहरीमा उजुरी ग¥यो । त्यसआधारमा २४ वर्षीय राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

लक्ष्मणले सुनको सिक्री र डायनिङ टेबल माग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको श्रेष्ठले बताए । राजवंशीमाथि मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसूर बमोजिम मुद्दा दायर गरी अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले बताए ।

प्रदेश नं ३ को नाम ताम्सालिङ !

हेटौडा । प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गर्दै प्रदेशसभमा प्रस्ताव दर्ता भएको छ । सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने बताए । उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम ताम्सालिङ राख्नुपर्ने उनको भनाइ छ ।

रेडक्रसमा व्यापक भ्रष्टाचार, वर्तमान अध्यक्ष सञ्जीव थापाको टोली हटाएर नयाँ तदर्थ समिति गठन

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सञ्जीव थापाको नेतृत्वमा रहेको कार्यसमितिलाई भंग गरी नेपाल रेडक्रसमा नयाँ तदर्थ समिति गठन गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पत्र पठाई नयाँ तदर्थ समिति गठन गरेको जानकारी गराएको हो। थापा नेतृत्वको कार्यसमितिले जेठ १ देखि वैधानिकता गुमाएको थियो। सो कार्यसमितिलाई बर्खास्त गर्दै सरकारले १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको हो।

नयाँ कार्यससमितिको अध्यक्षमा डा विश्वकेशर मास्के चयन भएका छन्। मास्के पूर्व अध्यक्ष र महामन्त्री समेत हुन्। उपाध्यक्षमा कृष्ण गौतम (बर्दिया), महामन्त्री कमल प्रसाद निरौला (झापा), कोषाध्यक्ष सीताराम कोइराला ( धार्दिङ) चयन गरिएको छ।

सदस्यहरुमा दीपेन्द्र ढकाल, वीरबहादुर बस्नेत, लोकराज ढकाल, अशोक श्रेष्ठ, श्याम पोखरेल, दीपक मिश्र, गोवर्धन सम्झना, महेश्वरी राई छन्। थप सदस्यहरुमा खेमराज केसी, श्रीकृष्ण दाहाल, अरुण खनाल, तिर्थराज घिमिरे, जीवन राना छन्।  नयाँ कार्यसमितिलाई आठ बुँदे कार्यदेश दिइएको छ। मास्के नेतृत्वको नयाँ कार्यसमितिले एक वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने छ।

थापा नेतृत्वको कार्य समितिले अनियमितता गरेको भन्दै अख्तियार, गृह, परराष्ट्र तथा जिल्ला प्रशासन कार्यालय कार्यालयमा उजुरी परेको थियो। थापा नेतृत्वको कार्यसमितिले बैखाख २३ देखि २५ सम्म धरानमा गर्न लागेको महाधिवेशन प्रशासनले रोकिदिएको थियो।

नेपाल एयरलाइन्सका पाइलट सुवर्ण अवालेलाई जहाज उडाउन अदालतले अनुमति दियो

काठमाडौ । नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट सुवर्ण अवालेलाई जहाज उडानमा प्रतिबन्ध लगाउनु नपर्ने भन्दै सर्वोेच्च अलातले फैसला गरेको छ।

सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजालसले जहाज उडानमा प्रतिबन्ध लगाउनु नपर्ने भन्दै फैसला सुनाएका हुन्।

यसअघि उडान अनुमति रोकिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण मागेको थियो।  नेपाल नागरिक उड्डयन प्राधिकरणले गत साउनमा पाइलट अवालेलाई जहाज उडानमा रोक लगाउने निर्णय गरेको थियो।

प्राधिकरणको निर्णयको विरोधमा अवाले सर्वोच्च अदालत पुगेका थिए। उनले असोज २२ गते प्राधिकरणले कानुनविपरीत आफ्नो उडान अनुमति लाइसेन्स नै खारेज हुने गरी निर्णय गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिट उपर असोज २३ मंगलबार सर्वोच्चका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजालसले उडान अनुमति रोक्ने निर्णय, आधार र कारण खुलाउन भन्दै लिखित जवाफ माग गरेको हो।

सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न नेपाल वायुसेवा निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाममा यस्तो आदेश जारी गरेको हो। अवालेलाई  उडान अनुमति रोक्ने निर्णयविरुद्ध अन्तरिम जारी गर्ने वा नगर्ने विषयमा अर्को छलफलमा निर्णय गर्ने भन्दै बहसमा सहभागी हुन समेत सर्वोच्चले आदेश दिएको छ।

वरिष्ठ क्याप्टेन अवाले २०७३ चैत २८ गते जहाज कमान्ड गरेर दुबई उड्न लाग्दा ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय  विमानस्थलमा पक्राउ परेका थिए। उनीमाथि  विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १७ (१) बमोजिम बरामद भएको डलरको नेपाली बिगो ९६ लाख ९० हजार ४ सय ८ रुपैयाँ बराबरको रकम जरिवाना हुने ठहर गरिएको थियो।

अवालेविरुद्ध एक वर्षभन्दा बढी चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ चैत २२ गते उक्त रकम राजस्व अनुसन्धान विभागमा धरौटी राखेको देखिँदा त्यही रकम यस अदालतमा झिकाई जरिवानाबापत फरफारक गर्नु भनी फैसला गरको थियो । त्यसपछि निगमले पाइलट अभाव भएको भन्दै आवलेलाई पुनः उडानमा ल्याउने गरी प्राधिकरणमा लाइसेन्स नवीकरणका लागि पत्रचार गरेको थियो। निगमको पत्रचारपछि प्राधिकरणले अवालेको लाइसेन्स नवीकरणका लागि मेडिकल टेस्ट गराउने निर्णय गरेको थियो। त्यसका लागि प्राधिकरणका स्वास्थ्य सुपरिवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो।

क्याप्टेन अवालेको स्वास्थ्य अवस्था जाँच गरी सिफारिससहित प्रतिवेदन बुझाउने जिम्मेवारी उक्त समितिलाई दिइएको थियो। अवालेको स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षणपछि समितिले उनलाई उडान गर्न दिन नमिल्ने निष्कर्ष सहितको प्रतिवेदन प्राधिकरण महानिर्देशक सञ्जीव गौतमसमक्ष बुझाएको थियो। तर पुन: खग्रेन्द्रको मेडिकल बोर्डले नै उनको स्वास्थ्य अवस्था ठीक भएको भन्दै मेडिकल रिपोर्ट दिइसकेको छ।

सोही प्रतिवदेन अनुसार गौतमले अवालेको लाइसेन्स नवीकरणको विषयमा निर्णय गर्न मन्त्रालयका सचिव कृष्ण देवकोटासँग पनि राय लिएका थिए। देवकोटाको निर्देशनलगत्तै प्राधिकरणले अवालेलाई उडान अनुमतिमा रोक लगाउने निर्णय गरेको थियो।

करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागिर सुरु गरेका ५६ वर्षीय अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए। पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०’ जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए।

नुवाकोटमा भएको अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटना प्रतिवेदन सार्वजनिक, पाइलटलाई दोषी देखाइयो

काठमाडौ । २०७५ भदौ २३ गते  गोरखाको चुमनुब्री गाउँपालिकास्थित सामागाउँबाट यात्रु लिएर काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा मानवीय त्रुटि र मौसमको खराबी कारणका रुपमा औंल्याइएको छ ।

दुर्घटनाका विषयमा छानबिन गर्न गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई हालै बुझाएको प्रतिवेदन अनुसार प्रतिकुल मौसमका बेला पाइलटले समयमै उचित निर्णय लिन नसक्दा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
नुवाकोट र धादिङको सिमाना मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको थियो।

७ जना सवार यस दुर्घटनामा एक जनाको जिवितै उद्दार गरिएको थियो भने
पाइलटसहित ६ जनाको निधन भएको थियो । घटनामा जापानी नागरिक रोमी कामात्सु,
रामेछापका दिल्लीबहादुर गुरुङ (४०) दोलखाका हीरा शेर्पा (३५) गोरखा
चुमनब्रीका छोवाङ नुर्बु, सुनिल तामाङ (२२) र पाइलट निश्चल केसीले ज्यान
गुमाएका थिए।

प्रतिवेदन अनुसार हेलिकोप्टर आउँदै गरेको रुटमा
बादलले ढाकेको थियो । पाइलटले बादलको परवाह गरेनन् । तर, अत्यधिक बादलका
कारण अगाडी कस्तो भूगोल छ भन्नेबारे उनले भेउ पाउन सकेनन् । सोही कारण
हेलिकोप्टर पहाडमा ठोक्किएको छानविन प्रतिवेदनको निश्कर्ष छ ।

हेलिकोप्टर
उडाउँदा बादलभित्र छिर्नु गम्भीर त्रुटि मानिछ । नेपाल नागरिक उड्डयन
प्राधिकरणका अनुसार नेपालमा हेलिकोप्टरलाई भीजुअल फ्लाइट रुल ९भीएफआर०को
उडान मात्र गर्न पाउने अनुमति छ । यस्तो नियममा पाइलटले आफ्नो आँखाले तलको
जमिन देख्नुपर्छ ।

बादलमाथि रहेको अवस्थामा बादलभित्र नउडाएर खुला
आकास रहेको क्षेत्रबाट उडान गर्नुपर्छ । तर, नेपालमा भने हेलिकोप्टर
चालकहरुले बारम्बार यो नियमको उल्लंघन गर्ने गर्छन् । सोही कारण हेलिकोप्टर
दुर्घटनाको दर पनि उच्च छ ।

ईपीएस मार्फत कोरिया जान चाहनेको परीक्षाको केन्द्र र मिति तोकियो (विवरण सहित )

काठमाडौ । सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ।

यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोकेको छ। यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौं जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ। शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिए।

शाखाका अनुसार ९२ हजार ३७६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन्। सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन परेको छ। आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन्। यो पटक आवेदन दिनेको सङ्ख्या गत वर्षभन्दा १० हजार ११२ जनाले बढी हो।

पाँचथर हत्याले जन्माएका प्रश्नै-प्रश्न

काठमाडौ ।

१. नौजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे ?

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको छ । ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ । दुई परिवारको हत्यामा अर्का ज्वाइँ मानबहादुर मोखिमको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ । तर, मानबहादुर पनि मुख्य घटनास्थलभन्दा करिब २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मानबहादुरसँग मोटरसाइकललगायत कुनै सवारीसाधन नभएको स्पष्ट भएको छ । तर, सोमबार राति ससुरा र ज्वाइँको घरमा सुतेका नौजनाको हत्या गरेर मानबहादुर बिहान हुनुअघि २५ किलोमिटर टाढा कसरी पुगे ? प्रहरीले जवाफ दिन बाँकी छ ।

२. सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो ?

घटनामा ससुरा बमबहादुर फियाक, श्रीमती पुर्सीमाया र ३५ वर्षीया छोरी मनकुमारीको हत्या भएको छ । त्यस्तै, बमबहादुरकी साइँली छोरीका छोरा आसे फियाकको पनि त्यही घरमा हत्या भएको छ । त्यस्तै, बमबहादुरका ४१ वर्षीय माइँला ज्वाइँ धनराज शेर्मा, उनकी ४० वर्षीया श्रीमती जस्मिता, कक्षा ९ मा पढ्ने १४ वर्षीया छोरी युहाना, कक्षा ४ मा पढ्ने आठ वर्षीया मुना र कक्षा १ मा पढ्ने ६ वर्षीया इच्छाको पनि हत्या भएको छ । सो गाउँमा सिलाइ–कटाइसम्बन्धी तालिम चलेको र गत साता धनराजको घरमा खाजा खाने सबैजसो गाउँले बिरामी भएको स्थानीय अस्पतालले पनि पुष्टि गरेको छ । नुनमा सिसाको धुलो मिसाएर हत्याको प्रयास गरेको भन्दै ज्वाइँ मानबहादुरमाथि नै आशंका गरिएको थियो । साढुको घरमा आएर भान्सामा पसेर उनले तरकारीमा सिसा कसरी मिसाए ? अहिलेसम्म खुलेको छैन । उनी त्यो दिन गाउँमा आएको कसैले पुष्टि गरेको छैन ।

३. खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन ?

तालिममा सहभागी भएर खाजा खाएका सातजना स्थानीय बिरामी भएका थिए । पाँचजनालाई जिल्ला अस्पताल लगिएको थियो भने दुईजना गम्भीर बिरामीलाई स्थानीय समर्पित हस्पिटल लगिएको थियो । समर्पितका डा. विशालचन्द्र सुवेदीले मंगलबार राति नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘दुईजना बिरामी बेहोसजस्तै अवस्थामा आउनुभएको थियो, उहाँहरूले कुनै प्रश्नको जवाफ दिन सक्नुभएको थिएन । तर, अर्को दिन बोल्न सक्नुभयो । घाँटी र पेट दुखेको बताउनुभयो । उहाँहरूका आफन्तले सिसाको धुलो मिसिएको नुन पनि लिएर आउनुभएको थियो । जिल्ला प्रशासन र प्रहरीका हाकिमहरू पनि आउनुभएको थियो । तर, बिरामीहरू ठीक हुँदै गएपछि हामीले डिस्चार्ज गर्‍यौँ । त्यसपछि अनुसन्धान के भयो ? हामीलाई जानकारी छैन ।’ खानामा सिसा मिसाएर सामूहिक हत्याको प्रयास कसले र किन गरेको थियो ? प्रहरी प्रशासनले किन अनुसन्धान गरेन ? प्रश्न अनुत्तरित छ ।

४. मात्र एकजनाले खुकुरीले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् ?

प्रहरीको प्रारम्भिक अनुसन्धानले मानबहादुरले माइतमा बस्दै आएकी श्रीमती, ससुराली र साढुदाइको परिवार सखाप पार्ने योजनाअनुसार हत्या गरेको संकेत गरेको छ । उनीहरूको घरेलु विवाद रवि इलाका प्रहरी कार्यालयसमेत पुगेको थियो । प्रहरीले मिलापत्र गराए पनि श्रीमती माइत बस्दै आएकी थिइन् । तर, पारिवारिक विवादले मानबहादुर मानसिक तनावमा भएको स्थानीयहरूले बताएका छन् । तर, मानसिक रूपमा विचलन भएको व्यक्तिले खुकुरीले दुई परिवार सखाप कसरी गरे ? एकजना व्यक्तिले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् भन्ने प्रश्न अनुत्तरित छ ।

५. हत्यारा ठानिएका मानबहादुरको पनि ‘आत्महत्या’ तर तीनवटा टिसर्टमा रगत

ससुराको घरमा श्रीमतीसहित चारजना र १० मिनेट टाढा साढुको घरका पाँचजनाको हत्या गरेपछि करिब २५ किलोमिटर टाढा लुमाङदिनको जंगलमा गएर मानबहादुरले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । तर, करिब दुई किलोमिटरअगाडि उनको झोला भेटिएको छ । झोलामा सेन्डोसहित तीनवटा टिसर्ट र एउटा हाफपाइन्ट भेटिएको छ । यी सबै कपडा रगताम्मे छन् । एउटा व्यक्तिले तीन–तीनवटा टिसर्ट किन लगायो ? सबैमा रगत कसरी लाग्यो ? यो प्रश्नले घटनालाई रहस्यमयी बनाएको छ ।

६. हत्यामा संलग्न भनिएका मानबहादुरको झोला र शव दुई किमि टाढा

रगतले लतपतिएका सेन्डोसहित तीनवटा टिसर्ट झोलामा भेटिएका छन् । खुकुरी पनि त्यहीँ छ । तर, दुई किलोमिटर पर झुन्डिएको अवस्थामा फेला परेका मानबहादुरले कालो पाइन्टमाथि हरियो टिसर्ट लगाएका छन् । हरियो टिसर्टभित्रको सेतो सेन्डो पनि लत्रिएको अवस्थामा देखिन्छ । तर, यी कुनै पनि लुगामा रगतको निसाना देखिँदैन । हत्यापछि आत्महत्या गर्न हिँडेका मानबहादुरले सम्पूर्ण कपडा किन फेरे ? उनीसँग दुईवटा सेन्डोसमेत कसरी भए ? घटना लुकाउनु थियो भने २३ किलोमिटर हिँडिसकेका उनले  कपडा किन लुकाए ? थप दुई किलोमिटर हिँड्नासाथ आत्महत्या कसरी गरे ? यो प्रश्न झन् रहस्यमयी छ ।

७. खुकुरीले हानेर नौजनाको हत्या गर्ने मानबहादुरको शरीरमा रगतको निसान छैन

जुन रूखमा मानबहादुर झुन्डिएका छन् त्यसको फेदमा चप्पल भेटिएका छन् । तर, चप्पलमा रगतको कुनै निसान छैन । चप्पल पनि हतासिएको मान्छेले राखेजस्तो छैन । ढोकामा जस्तै मिलाएर राखिएको अवस्थामा छन् । त्यत्रो नरसंहारमा संलग्न भएको मान्छेको शरीर, लुगा र चप्पलमा समेत रगतको निसान किन छैन ? आत्महत्या नै गर्नु थियो भने उनले रगत किन पखाले ? उनले रगत लागेको कपडा फेरेका हुन् भने प्रमाण लुकाउन चाहन्थे । तर, प्रमाण लुकाउन खोजेको मान्छेले आत्महत्या किन गर्‍यो ? हत्या गर्न खुकुरी बोकेर हिँडेको मान्छेले आत्महत्या गर्न डोरी कसरी बोक्यो ? यी प्रश्नको जवाफ प्रहरीले खोज्नुपर्नेछ ।

क्रूर बन्दै समाज, आफन्तभित्रै हत्या बढ्दो, सात महिनामा श्रीमती हत्याका ६७ घटना

सामान्य
विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार
हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् ।समाजका
मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको
प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य विषयमा समाज र
घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न
प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाएको छ ।’

गत
साउनदेखि माघसम्म सात महिनामा देशभर चार सय ९२ व्यक्तिको हत्या भएको
तथ्यांक छ । जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान
कार्यालयको तथ्यांक छ । साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७
पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् ।

१५
आमाबुबा छोराबाट मारिएका छन् । आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको
हत्या गरेका छन् । चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ ।
यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू–ससुरा र
जेठानीको हत्या गरेका छन् ।

त्यस्तै, नातिले हजुरबुबा,
सासू–ससुराले ज्वाइँछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका
घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पोखरेलले बताए ।

आफन्त नै संलग्न बडिखेल हत्या : जेठानबाटै नगरकोटी परिवारको हत्या

१६
असोज ०६० मा दसैँको महाअष्टमी परेको थियो । ललितपुरको लेलेमा भानु नगरकोटी
र उनका परिवार मासुभात खाएर सुतेका थिए । सोही रात भानुसहित ३० वर्षीया
श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ
वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । यो सामूहिक हत्याको घटना
लामो समयसम्म रहस्यमै रह्यो । तर, १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि
भयो ।

भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या
गरेको महानगरीय अपराध महाशाखाले पुष्टि गर्‍यो । सुरुमा पक्राउ परे पनि
संलग्नता पहिल्याउन नसकेपछि प्रहरीबाट छाडिएका उनी २ भदौ ०७२ मा संलग्नता
पुष्टि भएर पक्राउ परेका थिए । आफ्नी श्रीमतीसँग ज्वाइँ भानुको अनैतिक
सम्बन्ध रहेको आशंकामा चन्द्रबहादुरले मदिराको नसामा मध्यराति
बहिनीज्वाइँको परिवारकै हत्या गरेको अनुसन्धानमा खुलेको हो । तर, जेल परेको
एक वर्षमै चन्द्रबहादुरको मृत्यु भइसकेको छ ।

भोजपुरका तीन बालबालिकाको हत्या रहस्यमै :

०७४
असारमा भोजपुर अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो ।
स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३
वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको
थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लागेको
छैन ।

नेपालगन्जमा ससुराबाटै ज्वाइँसहित परिवारका ६ को हत्या :

नेपालगन्जका
दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको २३ फागुन ०६२ मा
रहस्यमय तरिकाले हत्या भएको थियो । घटनाको १३ वर्षपछि गत असोजमा
हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो
हत्याकाण्ड गराइएको खुल्यो । दीपकको नामको सम्पत्ति श्रीमतीको नाममा
नामसारी गरिएको थियो । हत्याका वेला श्रीमती भारत गएकी थिइन् ।

नागरिकताका लागि दाइको परिवारकै हत्या :

सप्तरीको
राजविराजमा गत वर्ष जेठमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज
बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या
भएको थियो । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेका थिए । दाइले
नागरिकता बनाउन सहयोग नगरेको बहानामा छिमेकीको सहयोगमा उनले हत्या गरेका
थिए । दाइको सम्पत्ति हात पार्नसमेत परिवारकै हत्या गरेको प्रहरी
अनुसन्धानमा खुलेको थियो ।

समाजमा विचलन बढ्यो : डिआइजी विश्वराज पोखरेल
प्रवक्ता, नेपाल प्रहरी

पछिल्लो
तीन वर्षको तथ्यांक हेर्ने हो भने औसतमा दिनमा कर्तव्य ज्यानका दुई घटना
भइरहेको देखिन्छ । पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा
हुने सानातिना झै–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक
लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेका छन् । पाँचथरको
घटनाको अनुसन्धान हुँदै छ, तर आपराधिक समूहबाट होइन कि जस्तो देखिन्छ ।

तराईतिर
हेर्ने हो भने दाइजोका कारण समेत हत्या भएका छन् । सामाजिक परिवेशभित्रको
विचलनबाट सिर्जित हत्याका घटना बढेका छन् । परिवारभित्र र नातेदारभित्र
हत्या भएका छन् । हाम्रो संस्कृतिमा आएको विचलन नै यसको मुख्य कारण हो
जस्तो लाग्छ । सामाजिक मूल्य–मान्यता फेरिँदै गएका छन् । एउटा विषयमा
परिवारका सदस्यभित्रै हेर्ने दृष्टिकोण फरक हुने गरेको छ । आफू केन्द्रित
भएर सोच्ने प्रवृत्ति समाजमा बढ्दै गएको छ । यस्तो सोच र मान्यताले हत्या
घटना बढेका छन् ।

प्रहरीले पनि त्यस्ता घटना रोक्न नयाँ कार्यशैली
अवलम्बन सुरु गरेको छ । अहिले हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई
प्रभावकारी रूपमा गाउँ–गाउँमा लिएर गएका छौँ । सायद यो कार्यक्रमले यस्ता
घटनामा कमी आउनेछ ।

नेपालीमा रिस धेरै, सहनशीलता कम : हेमन्त मल्ल
अवकाशप्राप्त डिआइजी
अमेरिकालगायत
देशमा यस्ता सामूहिक हत्याका घटना हामीले विगतमा पनि सुन्दै आएका हौँ ।
नेपालमा पनि यस्ता घटना हुन थालेका छन् । यसको एउटा कारण द्वन्द्वको
प्रभावसमेत हो । द्वन्द्वले पनि मान्छेलाई यस्ता घटनामा योगदान दिएको हुन
सक्छ । द्वन्द्वग्रस्त देशमा काम गरेर फर्किएका व्यक्तिमा पनि यस्तो आँट र
क्रुरता हुन सक्छ ।

यस्ता घटनाका पछाडि हाम्रो सामाजिक–आर्थिक कारण
पनि प्रमुख छ । गरिबीले मान्छेलाई अपराधतर्फ डोर्‍याउँछ । जघन्य
अपराधपछाडिका कारण हेरिनुपर्छ ।

अर्काे कुरा, नेपालीमा सहनशीलता
एकदमै कम छ । सडकमा मोटरसाइकलले छोयो भने पनि मारौँलाजस्तो गरी झगडा गरेको
देखिन्छ । नेपालीमा रिस अत्यधिक देखिन्छ । रक्सी र लागुऔषधजस्ता पदार्थको
सेवनले पनि यस्ता घटना बढाएका हुन सक्छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web