कांग्रेसीहरु दिनभर बीपी, रातभर विप्लव !
काठमाडौ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्‍चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् ।
बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्री बास्कोटाले कांग्रेससँग विप्लव समूहबारे धारणा माग गरेका हुन् । उनको प्रश्‍न थियो, " हिंसाप्रति कांग्रेसको धारणा के हो ? दिनभर बीपी, रातभर विप्लव ? चार तारामा शान्ति र लोकतन्त्रका तारा कता हराए ?"
मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको बताएका थिए । संविधान, कानुन र शान्तिकाविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे ।
भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका दुई जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन, संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दाबी गर्दै आपत्ति जनाए ।
मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन नहुने जिकिर गरे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बास्कोटाले संसदीय समितिले छानबिन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे ।
सूचनाको पहुँचमा प्रधानमन्त्री कमजोर, कुन-कुन विषयमा पत्तो पाएनन् (विस्तृतमा )
काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सामाजिक सञ्जालमा ‘मजाक’को पात्र बने । त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सवका अवसरमा उपकुलपति कार्यालय र सरस्वतीको मन्दिर उद्घाटनका लागि महत्त्वपूर्ण समय खर्चिएका प्रधानमन्त्री मन्तव्यका क्रममा चिप्लिन पुगे ।
त्यसो त प्रधानमन्त्री हरेक विषयमा जानकारी राख्ने चेष्टा गर्छन् । राजनीतिक उतारचढावबाट हासिल अनुभव र अनौपचारिक शिक्षाको बलमा उनले कहिलेकाहीँ आवश्यकताभन्दा बढी नै विज्ञता प्रदर्शन गर्छन् ।
यस्तै आदतका कारण बुधबार प्रधानमन्त्री अप्ठ्यारोमा परे । त्रिविको नूतन भवन र मन्दिर उद्घाटनपश्चात् मन्तव्यका लागि मञ्चमा पुगेका प्रधानमन्त्रीले एकाएक वेद–वेदाङ्गको ज्ञान पस्कन थाले ।
प्राज्ञिक थलोमा पुगेका प्रधानमन्त्रीको धर्म–संस्कृतिको परिचर्चा स्वभाविकै थियो । तर, गायत्री मन्त्रको सन्दर्भमा पुगेपछि उनको छिपछिपे ज्ञान थला बस्यो ।
मन्तव्यका क्रममा प्रधानमन्त्रीले गायत्री मन्त्रको रचनाकारको नाम भन्न खोज्दै थिए, झ्वाट्ट सम्झन सकेनन् । केहीक्षण रोकिएर रचयिताको नाम भनेका ओलीले ‘वशिष्ठ ऋषि’ भन्दै गलत नाम उच्चारण गरे । जबकि हिन्दू धर्मग्रन्थका अनुसार गायत्री मन्त्रका सर्जक विश्वामित्र ऋषि हुन् ।
यो त भयो सामान्य त्रुटि ! प्रधानमन्त्रीको पछिल्ला केही भाषणलाईमात्रै आधार बनाउने हो भने उनी बारम्बार चिप्लँदै आएका छन् ।
“प्रधानमन्त्रीज्यू जे कुरामा पनि आफ्नो ज्ञान प्रस्तुत गर्न खोज्नुहुन्छ । औपचारिक अध्ययन नभए पनि ज्ञानको कमी छैन भन्ने देखाउन खोज्नुहुन्छ, त्यसैले अप्ठ्यारोमा पर्छ । सल्लाह लिने बानी नै छैन उहाँको,” नेकपाका एकजना केन्द्रीयले सदस्य बाह्रखरीसँगको कुराकानीमा भने ।
प्रधानमन्त्री हँसीमजाकको पात्र बनेको यो नै पहिलोपटक होइन । उनकै वक्तव्यलाई आधार मान्ने हो भने पनि उनी बारम्बार झुक्किँदै आएका छन् । कहिले उद्योगीले, कहिले मन्त्रालयका सचिवले खुलेआम झुक्याउँदै आएको कुरा दुईतिहाइ जनमतप्राप्त सर्वशक्तिमान प्रधानमन्त्री संकोचै नमानी सुनाउँदै आएका छन् ।
“प्रधानमन्त्रीले सार्वजनिक रूपमा किन लाचारी प्रकट गर्नु, कि दण्डित गर्नू, कि प्रतिक्रिया नै नदिनू,” नेकपाका एक केन्द्रीय सदस्य सुझाव दिन्छन् ।
‘चिनी उद्योगीले झुक्याए’
गत दशैँताका बजारमा चिनीको भाउ एक्कासि बढ्यो । चाडबाडको मौका छोपेर चिनीको कृत्रिम अभाव सिर्जना गरिएकाले नागरिकले दुखेसो पोखे । जवाफमा व्यापारीहरूले चिनी आयातमा कडाइ गरेको बताउँथे ।
चिनीको भाउ बढेको बारे सदनमै आवाज बुलन्द भयो । सांसदहरूले सरकारसँग जवाफमा माग गरे ।
तर, त्यसको गुह्य अर्कै थियो ।
विदेशबाट पैठारी भएको चिनी प्रशस्त भण्डारण गरेर व्यापारीहरूले आयात रोक्न प्रधानमन्त्रीको निवास पुगेर हारगुहार नै गरेका रहेछन् ।
त्यसको खुलासा प्रधानमन्त्रीले गत चैतमा गरे । नेपाल उद्योग परिसंघको १६ औं साधारणसभामा बोल्दै ओलीले ‘चिनी उद्योगीले आफूलाई झुक्याएको’ बताए ।
“पाकिस्तानबाट धेरै चिनी आएर समस्या भयो भनियो । ६३ रुपैयाँमा चिनी बिकेन, ५३–५४ रुपैयाँमा बेच्न बाध्य भयौँ, कहाँ राख्ने भनेपछि चिनी आयात रोक्यौँ, आयात रोकेपछि प्रतिकिलो ८५ रुपैयाँ हुँदै एक सय पाँच रुपैयाँसम्ममा चिनी बिक्री हुन थाल्यो,” प्रधानमन्त्रीले आफूलाई झुक्याइयो भन्दै यसरी दुखेसो पोखेका थिए ।
‘मेलम्ची प्रकरणमा सचिवले ढाँटे’
काठमाडौंबासीका लागि मेलम्चीको पानी ‘मृगतृष्णा’ बनेको छ । मेलम्ची कुरी बसेका कति तिर्खाहरूको जीवनलिला नै समाप्त भइसक्यो । मेलम्ची कुरिरहेको अर्को पुस्ताको पनि कञ्चट सेताम्य भइसक्यो ।
तर, मेलम्ची विपनामा परिणत हुन सकेको छैन । गएको फागुन ३ गते सत्ताको नेतृत्व गरेदेखि नै केपी ओली सरकारले २०७६ वैशाख १ गतेको नयाँ घामसँगै उपत्यकाबासीको धारामा मेलम्चीको पानी खस्ने सपना देखाएको थियो ।
मेलम्चीको पानी सम्झिएर धूलो–हिलो सहँदै, खाँदै आएका आम उपत्यकाबासीले पनि सरकारको कुरा सहजै पत्याए । किनभने उनीहरूको आँगनमा खानेपानीको पाइप गाडेको आलो डोब थियो ।
तर, पुसमा मेलम्ची खानेपानी परियोजनाको ठेकेदार कम्पनी सीएमसी भागेपछि सरकारले पछिल्लो पटक तय गरेको मितिले पनि हावा खायो ।
सरकारकै कारण सीएमसी भागेको जनस्तरबाट टिप्पणी भइरहँदा प्रधानमन्त्रीले सचिवले ढाँटेको तर्क गर्दै आएका छन् ।
गत असार ४ गते राष्ट्रिय योजना आयोगअन्तर्गतको ‘राष्ट्रिय विकास समस्या समाधान समिति’को बैठकमा बोल्दै मेलम्ची खानेपानी परियोजनाको बाँकी कामका बारेमा सचिवले ढाँटेको भन्दै अक्षमता प्रकट गरे ।
सचिवले झूट बोलिदिँदा नागरिकको नजरमा आफू गलत हुन पुगेको र ढाँटेको सरह भएको उनको दुखेसो थियो ।
“अघिल्लो वर्ष नै आउनुपर्ने मेलम्ची ठेकेदारका कारण आएन, मलाई मन्त्रालयका सचिवले झूटो रिपोर्टिङ गर्दा धोका पाएँ । पटक–पटक मेलम्ची आउँछ भन्ने तर नआउने भएपछि मैले नोटबुकमा नै सचिवलाई मेलम्ची आउने मिति लेख्न लगाएँ, तर उनले भनेको मितिमा पानी आएन, उल्टो ठेकेदार नै भाग्यो,” प्रधानमन्त्रीको यस्तो निरिहता थियो ।
‘दूतावासबाट पत्र आएको जानकारी दिइएन’
केपी ओली सरकारको जग नै भारतीय नाकाबन्दी हो । २०७२ सालको संविधान जारी भएपछि केपी ओलीले सत्ताको नेतृत्व गरे, २५ असोजमा । त्योभन्दा अघिदेखि नै संविधानको अन्तर्वस्तुमा असहमति जनाउँदै भारतले नाकाबन्दी लगाइसकेको थियो ।
भारतीय नाकाबन्दीसामु केपी ओली टसको मस भएनन् । एकातिर भारतको नाकाबन्दी, अर्कोतिर तराई आन्दोलनको भुंग्रो । केपी ओलीले दुवैलाई चिस्याएर राष्ट्रवादी छवि झलमल्ल तुल्याए ।
नाकाबन्दीका अघिल्तिर निरीह नबनेको अडान भारतबाट पैठारी भएका तरकारीको विषादीको अवशेष परीक्षणका झुकेको भन्दै अहिले तिनै ओलीको आलोचना चुलिएको छ ।
सरकारले पूर्वाधार र प्राविधिकको अभावमा विषादी परीक्षण गर्न नसकिएको बताइरहँदा भारतीय दूतावासले पत्र पठाएर आयात नरोक्न आग्रह गरेको खुलासा भइसकेको थियो ।
तर, केपी ओलीले ‘कुन पत्र ? कहाँको पत्र ? कस्तो पत्र ?’ भन्दै ढाँटे । त्यो पनि आफ्नै सांसदहरूलाई ! संसदीय दलको बैठकमा !
भारतीय दूतावासले पठाएको पत्र सामाजिक सञ्जालमा छ्याप्छयाप्ती भएपछि केपी ओली यहाँ पनि आफू ढाँटिएको भन्दै निरिहता प्रकट गरिरहेका छन् ।
बुधबार बेलुका नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उनले आफू ढाँटिएको भन्दै निरिहता प्रकट गरे ।
उनले कार्यक्रममा भने, “अब एउटा कुरामा चाहिँ भुल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् ।
मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन । कूटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुकामात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।”
प्रधानमन्त्रीले बिहीबार पनि लज्जित महसुस गरे ।
राजधानीमा आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रूपमा बोलेँ ।
विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।”
प्रधानमन्त्रीको यसप्रकारको ‘केटाकेटी तर्क’ले सरकारको गरिमा र ओज घटाइरहेको भन्दै स्वयम् नेकपाका नेता–कार्यकर्ता सरकारसँग रुष्ट बन्न पुगेका छन् ।
यो सामाग्रि बाह्रखरी डटकमको  लागी अक्षर काकाले तयार बनाउनुभएको हो ।
भक्तपुर केन्द्रबिन्दु बनाएर भएर भूकम्पको धक्का
काठमाडौं  ।  भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको हो  ।
भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताईएको छ । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको छ ।
नुवाकोट साहित्य प्रतिष्ठानद्वारा ४ स्रष्टा सम्मानित
विदुर । नुवाकोट साहित्य प्रतिष्ठानले शनिबार ४ जना स्रष्टालाई सम्मान गरेको छ। प्रतिष्ठानको १२औँ स्थापना दिवसका अवसरमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएबापत साहित्यका विविध क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो। प्रतिष्ठानले चार स्रस्टासहित ८ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।
महामण्डल साहित्य सम्मानबाट डा. नवराज लम्साल, कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवनाथ धमला, महामण्डल युवा साहित्य सम्मानबाट बीना थिङ र नरेन्द्रनाथ वाङ्मय काव्य सम्मानबाट प्रह्लाद पोखरेल सम्मानित भएका हुन्।
यस्तै नरेन्द्रनाथ निधि वाङ्मय प्रतिष्ठानद्वारा नेपाली विषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेकी सुभद्रा पौडेललाई नगद २५ हजार रुपैयाँसहित पुस्कार प्रदान गरिएको छ। कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।
नुवाकोटबाट एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक्कल रिमाल, रश्मी पनेरु र निशा गजुरेललाई प्रतिष्ठानले जनही नगद ५/५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो। प्रतिष्ठानले १६ वर्षदेखि नियमितरुपमा नुवाकोटको विदुरमा साहित्य कार्यक्रम गरेर स्रष्टा सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको अध्यक्ष रामकृष्ण गजुरेलले बताए।
प्रतिष्ठानले हालसम्म विविध क्षेत्रका ७० जना स्रस्टालाई सम्मान तथा पुरस्कृत गरिसकेको प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठले जानकारी दिए।
सिसडोलबासीको आन्दोलनले राजधानीको फोहर उठेन, वार्तामा भयो लफडा (फोटो फिचर)
काठमाडौ । उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगे पनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ।
फोहर नउठ्दा राजधानीका चोक-चोकमा थुप्रो बनेको छ। वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ। राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन। नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन्।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ सिसडोलवासीसँग शुक्रबारदेखि वार्ता जारी रहेकाले केही दिनमै समस्या समाधानतिर जाने बताउँछन्। ‘ल्याण्डफिल्ड साइड’का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार फोहर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो। राजधानी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको पुतलीसडकवासी जीवन श्रेष्ठको गुनासो छ।
पुतलीसडकमा डेढ वर्षअघिदेखि बगिरहेको ढलको कुलो अझै काठमाडौं महानगरपालिकाले बन्द नगर्दा यस क्षेत्रमा बस्न नसक्ने वातावरण बनेको भन्दै उनले आक्रोश पोखे। केन्द्रीय सरकारका राज्य सञ्चालकहरु दैनिक हिँड्ने मार्गकै यस्तो अवस्था छ भने अन्यत्र के भइरहेको होला भनी सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो छ।
‘ल्याण्डफिल्ड साइड’मा पूर्वाधार निर्माणको जिम्मेवारी भने शहरी विकास मन्त्रालयलाई दिइएको छ। शहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ। सिसडोल नजिकैको बञ्चरेडाँडामा विभागले फोहर फाल्ने स्थानको पूर्वाधार निर्माण गरिरहेको छ।
सिसडोलबासीसँग भइरहेको वार्तामै झडप
काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा र प्रहरीबीच शनिबार झडप भएको छ।
नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो। झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएका जानकारी दिए।
एक हप्तादेखि काठमाडौंको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएको छ। फोहर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका प्रतिनिधि र स्थानीयवासीबीच पुनः छलफलको प्रयास भइरहेको छ।
११ महिनामा व्यापार घाटा १२ खर्ब
काठमाडौ । वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकको व्यापार घाटा पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा व्यापार घाटा १२ खर्ब नाँघेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा देशले १२ खर्ब ११ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ व्यापार घाटा व्यहारेको छ।
निर्यातका तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापार सन्तुलन कायम हुन सकेको छैन।
चालु आर्थिक वर्षको पहिलो ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापारमा मुलुकले करिब ८७ अर्ब ८३ करोड ४९लाख रुपैयाँ बराबरको मात्र निर्यात गरेको छ।
गत आर्थिक वर्ष २०७४/७५ मा मुलुकले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाखको वैदेशिक व्यापारमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख २६ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा १७ दशमलव ५० प्रतिशतले बढेको छ।
कुल वैदेशिक व्यापारमा ९३ दशलमव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यात भएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिका तुलनामा कुल वैदेशिक व्यापारमा आयात ०.०४ प्रतिशतले घटेको छ भने निर्यात ०.५९ प्रतिशतले बढेको छ।
भारतसँग मात्र ६४ दशमलव ७७ प्रतिशत व्यापार घाटा
यस अवधिमा नेपालले छिमेकी मुलुक भारतसंग मात्र ६४ दशमलव ७७ प्रतिशत व्यापार घाटा व्यहोरेको छ।
चालु आवको पहिलो ११ महिनामा भारतबाट मात्र ८ खर्ब ४१ अर्ब ६७ करोड ६७ लाख रुपैयाँको आयात भएको छ। गत वर्ष सोही अवधिमा नेपालले भारतमा ५६ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यसरी हेर्दा भारतसँगको व्यापार घाटा मात्र ७ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ नाँघेको छ। गत आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ बराबर मात्रै थियो।
स्रोतः भन्सार विभाग
त्यस्तै नेपालको दोस्रो ठुलो वैदेशिक व्यापार साझेदार चीनसँग कुल व्यापार घाटाको १५ दशममलव २३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा चीनसँगको व्यापार घाटा १३ दशमलव ५७ प्रतिशत रहेको थियो।
चीनसँग १ खर्ब ८६ अर्ब ६० करोड ४३ लाख रुपैयाँ बराबरको आयात र १ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात गर्दा व्यापार घाटा १ खर्ब ८४ अर्ब ६३ लाख ९३ हजार रुपैयाँ बराबर रहेको देखिन्छ।
कुल वैदेशिक व्यापारको ६४ दशमलव ७५ प्रतिशत भारतबाट मात्र आयात र निर्यातको ६४ लशमलव ४३ प्रतिशत पनि भारतमा नै। भारतसँगको व्यापार घाटा ७ खर्ब ८५ अर्ब ८ करोड
चालु आवको ११ महिनामा संयुक्त अरब इमिरेट्स नेपालसँग वैदेशिक व्यापार गर्ने तेस्रो ठूलो मुलुकका रुपमा देखिएको छ। गतवर्ष तेश्रो स्थानमा भियतनाम थियो।
संयुक्त अरब इमिरेट्स ३२ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको आयात र ३१ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात हुँदा कुल ३१ अर्ब ९६ करोड ३६ रुपैयाँ बराबर व्यापार घाटा देखिन्छ।
आयातमा वीरगञ्ज र निर्यातमा विराटनगर ठूलो नाका
मुलुकको सबैभन्दा ठुलो व्यापारीक नाका विरगञ्ज आयातमा आयात गर्ने सूचीमा पहिलो स्थानमा देखिएको छ। वीरगञ्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलव ७७ प्रतिशत आयात र २२ दशमलव ०५ प्रतिशत निर्यात भएको छ। यो नाकाबाट ४ खर्ब ५१ अर्ब ९३ करोड ९० लाख रुपैयाँ बराबरको आयात र १९ अर्ब ३६ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस नाकाबाट ३ खर्ब ७९ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ बराबरको आयात र १२ अर्ब ७२ करोड १६ लाख रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ।
कुल वैदेशिक व्यापारमा ९३ दशमलव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यात
निर्यातमा भने विराटनगर सबैभन्दा ठूलो नाकाका रुपमा देखिएको छ। कुल निर्यातको २९ दशमलव ५२ प्रतिशत अर्थात २५ अर्ब ९३ करोड १५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु यस नाकाबाट निर्यात भएको छ। विराटनगर नाका आयात गर्ने तेश्रो ठूलो नाका हो।
मुलुकको एकमात्र अन्तराष्ट्रिय विमास्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार नाकाबाट १ खर्ब ४२ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात र २१ अर्ब ६४ करोड २४ लाख बराबरको निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आयात गर्ने चौथो ठुलो भन्सार कार्यालय हो भने निर्यातमा दोस्रो ठुलो भन्सार कार्यालयका रुपमा देखिएको छ।
८ वटा भन्सार कार्यालयबाट भने निर्यात शून्य देखिएको छ।
कुन वस्तु बढी आयात र निर्यात?
यस अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु मुख्य रहेकाछन्। त्यस्तै हस्तकलाका सामान चाउचाऊ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना सल, जडिबुटी आदि वस्तुको पनि निर्यात भएको छ।
आयाततर्फ ईन्धन, फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा झन्डै दुई गुणा वृद्धि भएको छ।
२ खर्ब ३१ अर्ब ७२ करोड ८० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थमात्र आयात
नेपालले आयात गर्ने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा रहेको छ। ११ महिना अवधिमा २ खर्ब ३१ अर्ब ७२ करोड ८० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थमात्र आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७५ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको देखिन्छ।
पेट्रोलियम पदार्थबाहेक नेपालले भारतबाट उच्च आयात गर्ने वस्तुहरुमा फलाम तथा तिनका उत्पादन, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। चीनबाट हुने आयातमा भने दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मल जस्ता वस्तुहरु प्रमुख रहेका छन्। युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुब्रिकेटिङ तेल र चकलेटजस्ता वस्तुहरु ठुलो मात्रामा आयात भएको देखिन्छ।
यी-यी व्यक्तिले लिएको नागरिकता रद्द हुने
काठमाडौ । सरकारले असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटोले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्णयहरु सार्वजनिक गरेका हुन् ।
सरकारले झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएका भारतीय नागरिकका नाममा जारी नेपाली नागरिकता रद्द गर्ने र ती कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक जीवन कुमार सिंह, धनुषा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुरलाई सरकारले कारबाही गर्ने भएको हो । त्यस्तै रौतहट जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनिने यमुना सिंह र कृपाली राउत भनिने कृपाली सिंह रहेका छन् ।
सवारी तथा यातायत व्यवस्था ऐन, ०४९ खारेज गरी संघीय सवारी तथा यातायत व्यवस्थासम्बन्धी विधेयक, ०७६ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिएको छ ।
यस्तै बैठकले पाँचजना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरेको बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
पाल्पा बसपार्क निमार्णका लागि जिल्लाको तानसेन नगरपालिका- ५ मा पर्ने मिलिजुली पालोको रमाइलो सामुदायिक वनको ४.९९ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गाप्रयोग गर्न र त्यहाँ रहेका १२९१ वटा रूख विरूवा हटाउन बैठकले स्वीकृति दिएको छ ।
“मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ स्थित श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको नाममा दर्ता श्रेस्ताकायम रहेको जम्मा क्षेत्रफल १७९ रोपनी १२ आना २ पैसा जग्गा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरिएको छ,” पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “झिमरक गाउँपालिका प्युठानको केन्द्र भ्यागुते कायम गर्न र रूरू गाउँपालिका, गुल्मीको नाम रूरूक्षेत्र गाउँपालिका तथा केन्द्र घ्यूवेंशी कायम गर्न स्वीकृति प्रदान गरिएको छ ।”
संघको पदमा समायोजन भएका नेपाल वन सेवाका राजपत्रांकित प्रथम श्रेणीका प्राविधिक कर्मचारीहरूमध्ये सातजनालाई प्रदेश सचिव पदमा पदस्थापना गर्ने निर्णय बैठकले गरेको छ ।  यसैगरी बैठकले फाजिल रहेका विविध सेवा रा.प. तृतीय श्रेणीका ६० जना अधिकृतलाई प्रदेश र स्थानीयतहमा रिक्त रहेका मिल्दो पदमा समायोजन गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
“सार्वजनिक लेखा समितिका सभापति माननीय भरतकुमार शाहको नेतृत्वमा सात सदस्यीय भ्रमण टोलीलाई रियाद, बर्लिन, पेरिस र लन्डनस्थित नेपाली नियोगहरूको स्थलगत अनुगमन गर्न सैद्दान्तिक सहमति दिइएको छ,” पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बताए ।
मन्त्रिपरिषद् बैठकले नयाँ र थप कार्यक्रम सञ्चालन गर्न नेपाल इन्जिनियरिङ्ग परिषद् नियमावली, ०५७ को नियम १५ बमोजिम नेपाल सरकारबाट लिनुपर्ने स्वीकृति अध्ययन, अध्यापन प्रारम्भ गर्नुपूर्व नै लिई सक्नुपर्ने व्यवस्थाको पूर्ण पालना गर्न-गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियरिङ् परिषद्लाई जानकारी गराउने निर्णय गरेको छ ।
सात सचिवको पदस्थापना, को कहा विस्तृतमा
काठमाडौ । सरकारले संघको पदमा समायोजन भएका नेपाल वन सेवाका राज पत्राङ्कित प्रथम श्रेणीका प्राविधिक कर्मचारीहरू मध्ये ७ जनालाई प्रदेश सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाका अनुसार बद्रिराज ढुंगाना प्रदेश १, नवराज काफ्ले प्रदेश २, शिवकुमार वाग्ले प्रदेश ३, विष्णुप्रसाद भण्डारी गण्डकी प्रदेश, धननञ्जय पौडेल ५ नम्बर प्रदेश, धीरेन्द्रकुमार प्रधान कर्णाली प्रदेश र मेघनाथ काफ्ले सुदूरपश्चिम प्रदेशमा पदस्थापन भएका छन् ।
रसुवामा सफल भयो प्याराग्लाइडिङ उडान
ठूलोस्याफ्रु । गोसाइकुण्ड गाउँपालिक–५ ठूलोस्याफ्रुमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले बिहीबार ठूलो स्याफ्रूमा परीक्षण उडान गरेको हो । प्याराग्लाइडिङको उडान परीक्षण तीन दिनसम्म चल्ने छ । साहसिक खेलको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्य सहित जिल्लामै पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडान गरिएको समितिका सचिव दावा तामाङले बताए ।
दुर्सागाङदेखि ठूलो स्याफ्रूसम्म बिहीबार ३ वटा उडान भरिएको छ । काठमाडौंबाट आएका ४ जना पाइलटले दुर्सागाङबाट उडान भरेर ठूलो स्याफ्रूमा १२ मिनेटमा अवतरण गरेका थिए । उत्तरी मोहडामा फर्केको जमिन र सन्तुलित हावा चल्ने क्षेत्र रहेकाले प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न सकिने सम्भावना रहेको प्याराग्लाइडिङका पाइलट विजय चौलागाइले बताए ।
परीक्षण उडान सफल भए अनुमति लिएर व्यावसायिक रूपमै प्याराग्लाइडिङ व्यवसाय अघि बढाउने योजना गाउँपालिकाको रहेको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । व्यावसायिक उडानका लागि कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाइने छ उनले बताए । यहाँ स्थानबाट लाङटाङ र गोसाइकुण्ड पदयात्रामा जान सकिन्छ ।
एसईईको नतिजा सार्वजनिक (नतिजा हेर्ने तरिका सहित)
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।
मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए।
एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।
नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो।यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।
परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन्।
यस्तै, ३.२० देखि ३.६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७, २‍‍.८० देखि ३.२० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ , २.४० देखि २.८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २.४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ।
९५ हजार ३०७ जनाले १.६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले ०.८० देखि १.२० जीपीए पाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा थाहा पाउन सकिनेछ । www.moest.gov.np, www.doe.gov.np, www.see.gov.np,www.see.ntc.net.np, www.neb.gov.np बाट नतिजा हेर्न सकिनेछ ।
यो बाहेक १६०० मा कल गरेर पनि नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ ।
एसईईको नतिजा सार्वजनिक नतिजा हेर्ने (तरिका सहित)
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।
मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए।
एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।
नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो।यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।
परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन्।
यस्तै, ३.२० देखि ३.६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७, २‍‍.८० देखि ३.२० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ , २.४० देखि २.८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २.४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ।
९५ हजार ३०७ जनाले १.६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले ०.८० देखि १.२० जीपीए पाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
गलबन्दीमा शम्भु राईको नाम राख्ने भन्दै प्रकाश सपुत र शम्भु राईवीच यस्तो भयो चारबुँदे सहमति
काठमाडौ ।
‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राइले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।
लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेपछि शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा नै उनीहरुको सहमति भएको छ । सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।
यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राइको नाम समावेश गरि प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने अािर्थक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।
शम्भु राइले कानुनी उपचार खोज्दै प्रतिलिपी अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमती पनि दुई गायकविच भएको छ । योसँगै ‘गलबन्दी’ विवादमा देखिएको शम्भु र प्रकाशको लफडा किनारा लागेको छ ।
&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web