सिसडोलबासीको आन्दोलनले राजधानीको फोहर उठेन, वार्तामा भयो लफडा (फोटो फिचर)

असार १५, २०७६ मा प्रकाशित | 11699 views

काठमाडौ । उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगे पनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ।

फोहर नउठ्दा राजधानीका चोक-चोकमा थुप्रो बनेको छ। वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ। राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन। नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन्।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ सिसडोलवासीसँग शुक्रबारदेखि वार्ता जारी रहेकाले केही दिनमै समस्या समाधानतिर जाने बताउँछन्। ‘ल्याण्डफिल्ड साइड’का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार फोहर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो। राजधानी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको पुतलीसडकवासी जीवन श्रेष्ठको गुनासो छ।

पुतलीसडकमा डेढ वर्षअघिदेखि बगिरहेको ढलको कुलो अझै काठमाडौं महानगरपालिकाले बन्द नगर्दा यस क्षेत्रमा बस्न नसक्ने वातावरण बनेको भन्दै उनले आक्रोश पोखे। केन्द्रीय सरकारका राज्य सञ्चालकहरु दैनिक हिँड्ने मार्गकै यस्तो अवस्था छ भने अन्यत्र के भइरहेको होला भनी सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो छ।

‘ल्याण्डफिल्ड साइड’मा पूर्वाधार निर्माणको जिम्मेवारी भने शहरी विकास मन्त्रालयलाई दिइएको छ। शहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ। सिसडोल नजिकैको बञ्चरेडाँडामा विभागले फोहर फाल्ने स्थानको पूर्वाधार निर्माण गरिरहेको छ।

सिसडोलबासीसँग भइरहेको वार्तामै झडप

काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा र प्रहरीबीच शनिबार झडप भएको छ।

नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो। झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएका जानकारी दिए।

एक हप्तादेखि काठमाडौंको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएको छ। फोहर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका प्रतिनिधि र स्थानीयवासीबीच पुनः छलफलको प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web