धादिङ । चिनियाँ लगानी रहेको सो उद्योग धादिङका नेताहरुका लागि ठूलो आर्थिक स्रोत बनेको छ । तर, नेताहरुबीचको स्वार्थले सो उद्योग भने भाग्ने अवस्थामा पुगेको छ ।सो उद्योग चलाउनका लागि चिनियाँ कम्पनीले नेकपाका नेताहरु भूमि त्रिपाठी र सालिकराज जमरकट्टेललाई हात लिएको थियो । उनीहरुले सो कम्पनीबाट धेरै फाइदा लिइसकेका छन् । तर, धादिङका अर्का प्रभावशाली नेता राजेन्द्र पाण्डेले आफ्नो स्वार्थ पुरा नगरेपछि विभिन्न तरिकाबाट अवरोध गर्दै आएका थिए । उनी निकट समूहले सार्वजनिक लेखा समिति उजुरी हालेको थियो । जसको मुख्य उदेश्य उद्योगसँग बार्गेङि गर्नु हो । उनीहरुको उदेश्यअनुसार लेखा समिति अन्र्तगतको उपसमितिले सो कम्पनीलाई जग्गा लिजमा दिदा प्रक्रिया उल्लंघन गरेको भन्दै सम्झौता रद्द गर्नुपर्ने प्रतिवेदन दिएको छ । नेकपाका सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले त्यस्तो प्रतिवेदन दिएको हो ।

बेनिघाट रोराङ गाउँपालिकामा निर्माणधिन सो उद्योगले धेरै काम अघि बढाइसकेको छ । यस्तो अवस्थामा जग्गा भाडाको सम्झौता रद्द गर्न संसदीय समितिले निर्देशन दिएपछि विकास हुने चलखेलको एउटा विकृत घटना बाहिर आएको हो । प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा ध्यान नदिएको जस्ता कारण देखाएर सम्झौता रद्द गर्न सिफारिस गरिएको हो । गाउँपालिकाले ५० वर्षका लागि करिब तीन सय रोपनी जग्गा उद्योगलाई भाडामा दिएको थियो । उद्योगले गाउँपालिकाको मुहार नै फेरिने भन्दै त्यसरी भाडामा दिने अधिकारीहरुलाई समेत कारबाही सिफारिस गरिएको छ । गजुरी गाउँपालिका केही अगुवाहरु समेत उद्योगसँग बार्गेनिङ गरेर विभिन्न ठाउँमा उजुरी हालिरहेका छन् ।

धादिङ मात्र देशभरी नै जिल्लाका नेताहरुलाई खुशी नबनाई कुनै पनि ठूला व्यवसाय गर्नै नसक्ने अवस्था छ । धादिङका हरेक ठूला व्यवसाय ४-५ जना नेताको कब्जामा छ । अवैध क्रसरहरु समेत सबै नेताहरुकै कब्जामा छ ।

स्रोतका अनुसार प्रदेश सांसद रहेका राजेन्द्र पाण्डेले सो कम्पनीले बालुवा र गिट्टी आफ्नो कम्पनीबाट किन्नुपर्ने दबाब दिदै आएका थिए । तर, उद्योगले अन्य क्रसरसँग किनेपछि उनी रुष्ट भएका थिए । उनकै चलखेलका आधारमा संसदीय उपसमितिले उद्योगलाई अफ्ठेरो पार्ने प्रतिवेदन बनाएको हो ।

नेताहरुले त चलखेल गर्ने नै भए । संसदीय समितिहरु समेतले वास्तविकता नबुझी विभिन्न स्वार्थ समूहको प्रभावअनुसार निर्णय गर्ने डरलाग्दो परिपाटी देखिएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेको सङुख्या नौ पुग्यो (अपडेट)

गुल्मी । अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २ जना बेपत्ता भएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए ।
ठूलोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिएको छ। पहिरोले पुरेर तिलकुमारी र उनका १० वर्षीय छाेरा दर्शनको मृत्यु भएको हो। सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ।

सिङदीमा पहिराेले घर पुरिँदा माया विक र उनका १७ वर्षीय बवी विक बेपत्ता छन्। पहिरोले गाउँमा २० घर बढी जोखिममा परेको वडा सदस्य अर्जुन तरामुले जानकारी दिए।

सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन्। भिरकुनाका मनबहादुर विक, कालु विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ। ४ जना पहिरोमा बेपत्ता छन्। बेपत्ता भएकाको अहिलेसम्म केही जानकारी नआएको उनले बताए।
लिम्घाको भीरकुनाका ६ घरमा पूर्ण रुपमा क्षति पुगेको छ। तीन घरमा ९ जना बस्दै आएका थिए। लिम्घाको भीर कुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढीका बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय उद्धारमा खटिएका छन्। यहाँ अझै पनि २० घर बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताए। बिहान ३ बजेपछि यहाँ ठूलो पानी परेको थियो। अहिले पनि लेदो माटोसहित पहिरो खसेको उनले बताए।

गुल्मीका दुई स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ। सत्यवती गाउँपालिका-४, मिल्मीमा आज बिहान खसेको पहिरोमा परि ४ जनाको मृत्यु हुनाका साथै थप ५ जना बेपत्ता भएका छन्।

सत्यवती गाउँपालिका-४ का वडाध्यक्ष दानबहादुर रानाका अनुसार हालसम्म ४ जनाको शव बाहिर निकालिएको छ। 'वस्तीमाथि करिब २ सय मिटरको उचाईबाट खसेको पहिरोले ३ घर बगाएको छ। ३ परिवारका ९ जना सुतिरहेको अवस्थामा पहिरो गएकोमा हालसम्म ४ जनाको शव निकालिएको छ,' उनले भने।

मृत्यु हुनेमा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिक छन्।

गुल्मीका प्रहरी प्रमुख दीपक कुमार बस्नेतले घटना मंगलबार बिहान ४ बजेतिर भए पनि स्थानीयले करिब ५ बजेतिर थाहा पाएर खबर गरेको जानकारी दिए। अहिले घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको उनले बताए।

सो क्षेत्रमा सोमबार साँझदेखि पानी परेको र वरपरका परिवारलाई भने सकतर्कता अपनाउन आग्रह गरिएको वडाध्यक्ष रानाले बताए। वस्ती तत्काल सार्नुपर्ने आवश्यकता भने नरहेको उनको भनाइ छ।

सोही गाउँपालिकाको वडा नम्बर ३ मा पनि पहिरो गएको छ। सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ।

पहिरोमा पुरिएर १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएका प्रहरीले जनाएको छ।

टी–२० विश्वकप एसियाली छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित

काठमाडौ । टी-२० विश्वकपको एसियाली छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १ सय २३ रनको लक्ष कतारले ६ विकेटको क्षतिमा ४ बल अगावै भेट्टाएको हो।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा नेपालले सबै विकेट गुमाउँदै १ सय २२ रनको योगफल खडा गरेको थियो।

सटिक सुरुवात गरेका २ अनुभवी ब्याट्सम्यान कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए।

पारसले २८ रन बनाउँदा ज्ञानेन्द्र २३ रनमा पेवेलियन फर्किए। पारसको पारीमा ४ चौका र १ छक्का तथा ज्ञानेन्द्रको पारीमा २ चौका र १ छक्का सामेल थियो। प्रारम्भिक जोडी पेवेलियन फर्किएपछि नेपालले लगातार अन्तरमा विकेट गुमाएको थियो। १ सय ५० रन सम्मको लक्ष्य दिने सोचिएको नेपालले खराब ब्याटिङ गर्दा पराजित हुन पुगेको हो।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए। मध्यक्रममा सरद भेसवाकर (७ रन) र सोमपाल कामी (११ रन)मा आउट भएपछि दीपेन्द्रमाथि दबाब बढेको थियो। उनले ३५ बलको सामना गर्दा १ चौका र १ छक्का मात्रै प्रहार गर्न सके। घाइते भएका कारण मलेसियासँगको मैत्रीपूर्ण क्रिकेट शृंखला गुमाएका उनले आजको खेलमा जिम्मेवारी पूर्ण ढंगबाट ब्याटिङ गरेका थिए।

मलेसियाविरुद्ध विस्फोटक अर्धशतक प्रकार गरेका विनोद भण्डारी आजको खेलमा भने ३ रनमै समेटिए। करण केसी ४ रनमा आउट हुँदा सन्दीप लामिछाने ९ रनमा रनआउट हुन पुगे।

कतारका नोमन सरवार, इकवाल हसन र तमोर साजदले समान २/२ विकेट हात पारे। इनाम उलको नाममा १ विकेट रह्यो।

१ सय २३ रनको लक्ष्य पछ्याएको कतारका इनाम उल हकले रनआउट हुनुअघि ४१ रनको पारी खेले। ३२ बल खेलेका उनले ६ चौका हिर्काएका थिए। कमरान खानले २२, नोमन सरदारले १५ तथा जाहिर इब्राहिमले १२ रनको योगदान दिए।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। करण केसीको नाममा एक विकेट रहँदा कतारका २ ब्याट्सम्यान रनआउट हुन पुगेका थिए।

नेपालले दोस्रो खेल बुधबार मलेसियासँग, तेस्रो खेलमा शनिबार कुवेतसँग र अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ।

थाइल्यान्डमा अलपत्र परेका दश जना विद्यार्थी नेपाल फर्किए

काठमाडौ । अध्ययनका लागि थाइल्यान्डको बैंकक पुगी अलपत्र परेका १० जनाको उद्धार गरिएको छ। बैंककस्थित नेपाली दूतावासले अलपत्र विद्यार्थीहरुको उद्धार गरेको हो।

अलपत्र विद्यार्थीहरु काठमाडौं बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सलटेन्सीमार्फत बैंककको इन्टरनेसनल होटल एन्ड एअरलाइन्स बिजनेश स्कुलमा फुड एन्ड वेभरेज अध्ययनका लागि पुगेका थिए।

आफूहरुले सम्झौता अनुसार सेवासुविधा नभएको भन्दै दूतावासमा खबर गरेका थिए।

दूतावासका अनुसार अलपत्र परेका १० मध्ये ३ जनालाई साउन १ गते र बाँकी ७ जनालाई साउन ३ गते उद्धार गरी नेपाल फर्काइएको छ।

दूतावासले अब्रोड स्टडिमा जाने विद्यार्थीले आफू जाने मुलुक, त्यहाँको कानुन र विद्यालय वा कलेजबारे जानकारी लिएरमात्र जानुपर्ने बताएको छ।

सिमेन्ट प्रयोग गर्ने म्याद तीन महिना मात्र

काठमाडौ । सिमेन्टको बोरामा उपभोक्ताले प्रत्यक्ष रूपमा थाहा पाउने गरी उत्पादन मिति र प्रयोगका लागि उपयुक्त समय उल्लेख गर्नुपर्ने भएको छ।

देश सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै गएपछि गुणस्तर वृद्धिका लागि यस्तो नयाँ नियम ल्याएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ। ‘सिमेन्ट उद्योगीले अब सिमेन्ट उत्पादन गरी बजारमा पठाउँदा उपभोक्ताले स्पष्ट रुपमा बुझ्ने गरी उत्पादन मिति र म्याद सकिने समय उल्लेख गर्नुपर्छ’, विभागका महानिर्देश विश्वबाबु पुडासैनीले भने, ‘म्याद सकिने समय ३ महिनाभन्दा बढी उल्लेख गर्न पाइँदैन।’

तर, उद्योगीले म्याद सकिने मिति उत्पादन मितिको आधारमा एक वा दुई महिना मात्रै पनि राख्न पाउने उनको भनाइ छ। यसको अर्थ उद्योगबाट उत्पादन भएको सिमेन्टमा ३ महिनापछि प्रयोग गर्न उपयुक्त नहरेको स्पष्ट रुपमा खुल्नुपर्ने उनको भनाइ छ।

विभागले केही समय अगाडि मात्रै सिमेन्टको गुणस्तर वृद्धिका लागि भन्दै बोरा लेमिनेसन गर्नुपर्ने नियम ल्याएको थियो।

विभागले विस्तारै नेपाली बजारमा उत्पादन भएका सिमेन्टलाई अन्तर्राष्ट्रिय गुणस्तरसँग प्रतिस्पर्धी बनाउने उनको भनाइ छ।

पछिल्लो समय कतिपय समेन्ट उद्योगले सिमेन्टको गुणस्तरमा खासै ख्याल नगरी उत्पादनमा मात्रै जोड दिएपछि विभागले गुणस्तर कायम गर्न नयाँ नियम ल्याएको पुडासैनीले बताए।

अहिले नेपालमा ६१ वटा उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन्।

मिति कसरी थाहा पाउने?
सिमेन्ट उद्योगले उपभोक्ताले प्रत्यक्ष रूपमा थाहा पाउने गरी उत्पादन मितिसमेत राख्दैनन्।

बोरामा वर्षको ५२ हप्ता अनुसार ५२ वटै ब्याच नम्बर राखिएको हुन्छ। जस्तैः २०७६ बैसाख १ गतेदेखि ७ गतेसम्म उत्पादन गरिएको सिमेन्टका बोरामा २०७६/१ लेखिएको हुन्छ। बोरामा २०७६/५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७६ चैतको अन्तिम हप्ता उत्पादन गरिएको हो भनी बुझ्नुपर्छ।

यसकै आधारमा ब्याच नम्बर २०७६/१४ लेखिएको सिमेन्ट २०७६ सालको साउनको दोस्रो साता उत्पादन भएको हो र यसको प्रयोग गरिसक्नुपर्ने मिति २०७६ कात्तिक दोस्रोसम्म मात्रै हो भनी बुझ्नुपर्ने हुन्छ। तर सिमेन्टको स्टोरेजमा सावधानी नअपनाउँदा एकै दिनमा सिमेन्ट प्रयोग गर्न नमिल्ने हुन सक्छ।

सिमेन्ट पनि खाद्य सामग्री जस्तै उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरिसक्नुपर्छ। नत्र ‘डेट एक्सपायर्ड’ हुन्छ र निर्माण कच्चा हुन जान्छ। सिमेन्ट सही तरिकाले स्टोर गरिएको छ भने ३ महिनाभित्र प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ। नेपालमा अहिले ६१ वटा सिमेन्ट उद्योगले नेपाल गुणस्तर (एनएस) चिह्न प्रमाणपत्र लिएका छन्। यसबाहेक भारतीय ८ वटा सिमेन्टले पनि प्रमाणपत्र लिएका छन्।

नेपाली सिमेन्ट उद्योगको दैनिक क्षमता ३० हजार टन उत्पादन छ। यी उद्योगले हाल दैनिक ७ लाख बोरा उत्पादन गर्ने गर्छन्।

बाढीबाट पीडित परिवालाई तादी गाउँपालिकाकाे सहयाेग

खरानीटार । नुवाकोटकाे तादी गाउपालिका वडा नं २ मा गत असार १९ गते घट्टे खोलाले बगाएर मृत्यु भएको देबकृष्ण तामाङ र बेपत्ता हुनुभएका बिनोद तामाङको परिवारलाई सहयाेग स्वरुप तादी गाउँ कार्यपालिकाले रु २५००० हजार सहयाेग गरेकाे छ ।

पीडित परिवारलाइ गाउपालिका अध्यक्ष नारायण पाण्डे, उपाध्यक्ष ईश्वरि उप्रेती, प्रमुख प्रसासकिय अधिकृत अशोक बिष्ट र वडा अध्यक्ष बच्चुराम तामाङले सहयाेग रकम हस्तान्तरण गर्नुभएकाे हाे । उक्त रकम पीडित परिवारलाई थोरै भए पनि राहत महसुस भएको स्थानीय युवा प्रदीप शर्माले बताउनुभयाे ।

बाढीले बगाएर बेपत्ता बनाएकाे मध्ये देवकृष्णकाे शव दुइदिन पछि भेट्टिएकाे थियाे भने बिनाेद अझै बेपत्ता छन् ।

किरियापुत्री कल्याणकारी प्रतिष्ठानलाई सानिमा बैंकबाट २५ हजार सहयोग

बट्टार । विदुर नगरपालिका–४ बट्टार स्थित हावाघरमा निर्माणभइरहेको किरियापुत्री भवन निर्माणको सयोगार्थ सानिमा बैंकले नगद २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सहयोग रकम बैंकको तर्फबाट विदुर शाखा प्रबन्धक भोलाराज पन्तले एक कार्यक्रमको बीच सोमबार 'किरियापुत्री कल्याणकारी प्रतिष्ठान'का कोषाध्यक्ष कुबेरमान श्रेष्ठ र सदस्य धुव्रप्रसाद अर्याललाई सयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।

निर्माणको चरणमा रहेको भवनको लक्ष्य अनुसार कार्य सम्पन्न गर्न आर्थिक अभाव भएकाले बैंकले गरेको सहयोग सानो भएपनि महत्वको रुपमा लिइएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सानिमा बैंकले 'सँस्थागत सामाजिक उत्तरदायित्व' बहन अन्तरगत नगद २५ हजार रुपैयाँ किरियापुत्री भवन निर्माणको लागी उपलब्ध गराएको बैंकका जुनियर अफिसर दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उक्त बैंकले यसअघि पनि जिल्लाको अन्य स्थानमा सामाजिक एंव शैक्षिक कार्यमा सहयोग पु-याएको थियो ।

तीस महिना अघि विदुरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको उक्त बैंकको हाल जिल्लाको भौगोलिक रुपमा दुर्गममा पर्ने शिवपुरी गाँउपालिका र किस्पाङ गाँउपालिकामा पनि शाखा कार्यालय स्थापना गरेर बैकिङ्क सेवा दिदै आइरहेको छ ।

जिल्लामा भूकम्प पीडितलाई आवास निर्माण कर्जा, कृषि कर्जा लगायतको क्षेत्रमा सानिमा बैंकको योगदान महत्वपूर्ण रहको छ ।

बाढीपहिरो तथा डुबानमा ६७ जनाको मृत्यु, एक हजार ४ सय ४५ को उद्धार (पछिल्लो अपडेट)

काठमाडौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन्।

बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१, उदयपुर १०, रौतहटमा २ सय, महोत्तरीमा ५ सय, सिराहामा २, सर्लाहीमा १ सय, सप्तरीमा २५, सिन्धुलीमा ७०, धादिङमा १७, चितवन १ सय ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १/१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३/३ जना, महोत्तरी र मकवानपुरमा २/२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १/१ जना गरी ३२ जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन्। उनीहरुको खोजी कार्य जारी छ।

साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा ३९ जना घाइते भएका छन्। घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ। साथै महोत्तरी बर्दिबास नगरपालिका १ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाइभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ। साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

बाढीबाट पीडित भएकालाई कांग्रेस सांसदले पाँच दिनको तलब दिने

काठमाडौ । नेपाली कांग्रेसका संघीय सांसदले बाढी पहिरो प्रभावितलाई पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्।

बाढी पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने कांग्रेसले जानकारी दिएको छ।

यससँगै विपदबाट उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्ने समय सरकार संसदको सामना गर्न नै तयार नहुनु दुखद् पक्ष भएको कांग्रेसले जनाएको छ।

उद्धार, राहत र पुर्नस्थापनाका विषयमा संसदमा गम्भीर छलफल गर्न अत्यावश्यक भएको कांग्रेसले जनाएको छ। कांग्रेस र राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभामा बाढी पहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषय प्रस्ताव प्रति सत्तापक्ष सकारात्मक नदेखिएको प्रमुख सचेतक बालकृष्ण खांडद्धारा जारी विज्ञप्तीमा भनिएको छ। ।

यसैबीच संघीय संसदका अन्य कार्यसूची स्थगन गरी बाढी पिडितका विषयमा गृहमन्त्रीको जानकारी माग गर्दै कांग्रेस र राजपाले संसदमा दर्ता गराएको विशेष महत्वको प्रस्तावको सुनुवाई भएको थिएन।

संसदको धारणा सुनी सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्ने समयमा सरकारले जनतालाई विश्वास र भरोसा दिलाउन नसकेको ठहर गरेको छ। संसदलाई वेवास्ता गर्नुलाई कांग्रेसले असंवेदनशील, अनुत्तरदायी र असहिष्णुता कार्य भनी खेद प्रकट गरेको छ।

बिपी कोइराला स्वास्थ्य-विज्ञान प्रतिष्ठानमा करोडौ भ्रष्टाचार, पूर्व-उपकुलपति सहित ८ जना विरुद्ध मुद्

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति सहित ८ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानासहित बिगो रकम असुलको मागदाबी सहित मुद्दा दर्ता गरेको हो। प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरीत बदनियतपूर्वक गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध आज सोमबार विशेषमा आरोप पत्र दायर गरेको हो।

अख्तियारले सबैभन्दा बढी पूर्व उपकुलपति दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरेको छ। त्यसपछि अस्पतालका तत्कालिन निर्देशक अरविन्द कुमार सिन्हादे ३ करोड ७५ लाख ३० हजार ६ सय १९, रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय पाँच, लेखा प्रमुख दिनेश राज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको उल्लेख छ।

यस्तै उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्राली र वायोमेड इन्टरनेसनलका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्विकेम डिस्टिव्युटर्सका प्रोपाइटर उमेश अग्रवालले क्रमश: १ करोड ४ लाख र ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

बाढीपहिरो वितण्डा अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो, दुई हजारभन्दा बढीको उद्धार, २१ अझै बेपत्ता

काठमाडौ । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३२ जनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परी २१ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ।

मृतकहरुको संख्या
बाढी पहिरोमा परी ललितपुरमा ६ जना र भोजपुरमा ५ जना, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा र बारा १/१ जना गरी ३२ जनाको ज्यान गएको हो।

विभिन्न स्थानमा भएको सडक समेत अवरोध भएको र प्रहरीले हटाउने कार्य गरिरहेको मन्त्रालयले जनाएको छ।

हेर्नुहोस् राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले बेलुका ७ बजे तयार गरेको विस्तृत रिपोर्ट :

नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, एक दर्जन नेता पुगे हिरासतमा

काठमाडौ । परीक्षण नगरिकनै भारतबाट नेपालमा तरकारी भित्राउने सरकारी निर्णय बिरुद्ध नेपाल विद्यार्थी संघले काठमडौमा आायोजना गरेको मसाल जुलुस पर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ। नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदीप अधिकारी, विजय ढुङ्गाना, मनोज राना, सौरभ घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिपजंग साह, अमृत लामिछाने, उत्सव अवस्थी, अनिल महर्जन लगायत रहेका छन्।

उनीहरुलाई अहिले महानगरीय प्रहरी बृत्त बालाजुमा राखिएको छ । उनीहरुले प्रहरी हिरासत भित्रै बिरोध प्रदर्शन गरिरहेको विद्यार्थी नेता निरञ्जन थापाले जानकारी दिनुभयो ।

19.74¡ÆC